Oct 18, 2007

गजेन्द्र इस्वो

हालै काठमाण्डौंमा सम्पन्न नेकपा (माओवादी) को पांचौ विस्तारित बैठकले किराँत गणराज्य अन्तर्गत रहेको लिम्बुवान खम्बुवानलाई छुट्टै स्वायत्त प्रदेशको मान्यता दिने निर्णय गरेपछि विशेष गरी पूर्वाञ्चलको लिम्बुवान क्षेत्रमा एउटा सुखद तरंग पैदा गरेको छ। एउटा शसक्त पार्टीको केन्द्रीय बैठकले लिम्बुवान राज्य घोषणा गर्नुले पूर्वाञ्चल क्षेत्रका लिम्बु र गैर लिम्बुहरु माझ कस्तो प्रतिकृया उत्पन्न गराएको छ भने बारेमा धरानका केही प्रतिष्ठित लिम्बु बुद्धिजिवीहरुसंग ४ वटा सामूहिक जिज्ञासा राखिएको थियो जस्तो-
-१) नेकपा -माओवादी) को विस्तारित बैठ्कले लिम्बुवान स्वायत्त राज्यको अवधारणा र प्रस्ताव अघि ल्याएकोमा तपाईको कस्तो प्रतिकृया रहेको छ ?
-२) लिम्बुवान स्वायत्त राज्यको मागप्रति सरकार सकरात्मक नहुनुको करण के होला ?
-३) लिम्बुवान स्वायत्त राज्यको बारेमा नेपाली कांग्रेस र एमालेको अवधारणा के पाउनु भएको छ ?
-४) किराँत प्रदेशमा लिम्बुवान- खम्बुवान राज्यको संरचना कस्तो हुनु पर्छ ?
------------------------------------------------------------------------------------------------------------
गजेन्द्र इस्वो - प्रि.या.चु. का केन्द्रीय सदस्य
-१) माओवादीले लिम्बुवान राज्यलाई स्वीकारेको कुरालाई स्वागत छ । तर पार्टीको नीति, कार्यान्वयन पक्ष हेर्न वाँकी छ ।
-२) यो सरकार संघीय राज्यकै पक्षमा छैन भने लिम्बुवान, खम्बुवानको कुरै छाडौ ।
-३) कांग्रेसको तर्फबाट त केही कुरा स्पष्ट छैन, तर एमालेले पनि कार्यक्रम दिन खोज्दैछ तर कार्यान्वयन गर्न सकेको छैन।
-४- लिम्बुवान खम्बुवान केही मतभिन्नता छ। केही साथीहरुले किराँत फुटेको भनि रहेका छन्। तर लिम्बुवान खम्बुवान आ-आफ्नै अस्तिवमा छन् भन्ने कुरा विर्सनु हुदैन।
-५) किराँत याक्थुम चुम्लुङ्गले लिम्बुवान राज्यको दावी होईन स्वयत्त शासनको माग चाहि गर्दछ। किन भने यो एउटा जातीय संस्था हो। आत्मनिर्णयको अधिकार सहितको स्वयत्त राज्य माग्ने हो।
अन्तर्वार्ता र तस्वीर आनन्द श्रेष्ठ / एचकेनेपाल डट कमबाट साभार

No comments: