Nov 27, 2007

जातीय स्वायत्तताको खोजी


नवीन वनेम

बेगल मौलिक पहिचान र चिनारी भएको लिम्बु आदिवासी किराती जाति हो । मौलिक भाषा, धर्म, संस्कृति, रीतिरिवाज, साहित्य, लिपि र भेषभूषा भएका लिम्बुहरु नेपालको पल्लोकिरात वा अरुण पूर्वको पहाडी भू-भागमा बसोबास गर्दछन् । नेपालमा ३५ लाख नौ हजार तीन सय ८९ जनसंख्या भएको यो जाति भारत, बेलायत, हङकङ, ब्रुनाई, सिंगापुरलगायत विभिन्न ठाउँहरुमा छरिएर रहेका छन् । आफ्नै सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिकस्वरुप बोकेको यो जाति हाल अस्तित्व साथै हक अधिकारको लागि प्रयासरत छ । मुन्धुममा आधारित किरात धर्म मौलिक धर्म हो भने भाषा, लिपि, साहित्य र संस्कृति हाक्पारे, पालाम, ख्याली, मेरिङ साम्लो, तुम्याहाङ साम्लो, मिक्वा साम्लो, मेखिम साम्लो, केलाङ आदि चिनारीका माध्यमहरु हुन् । त्यस्तै, धार्मिक अनुष्ठान सम्पन्न गर्ने मुख्यतः फेदाङमा, साम्बा, येबा तथा सेवासाबाहरु हुने गर्दछन् ।
लिम्बु जातिले आफ्नो अस्तित्वको निमित्त ऐतिहासिक यात्रा तय गरेको पाइन्छ । मानवशास्त्री र इतिहासविद्हरुका अनुसार मानव एक चलायमान जाति हो । यिनीहरु एक ठाउँबाट अर्को ठाउँमा अस्तित्वको निमित्त संघर्ष गर्दै, घुमन्ते फिरन्ते अवस्था पार गर्दै, पशुपालन र कृषियुग हुँदै आधुनिक युगमा प्रवेश गरेका हुन् । यही क्रममा लिम्बुहरु चीनको युआन प्रान्तको शिचुवान प्रदेशमा बसोबास गर्ने शान मकवान जातिका थिए, र तिनै जातिका मानिसहरु थाइलैण्ड, भियतनाम हुँदै बर्माको उत्तरी भागमा बर्साईं सरे, जुन ठाउँलाई मङकवान भनिन्छ । बर्माको मेकङ नदी आसपासको उपत्यकामा विरोधीहरुसँगको भीषण युद्धमा धेरै जिउधनको नोक्सानी व्यहोरेपछि बाँकी दश जना युद्ध सरदारहरु आसामको कमरुप हुँदै आजको किरात प्रदेशमा बसोबास गर्न थालेका हुन् । तथापि, यिनीहरु चिनियाँ मूलका नभएर भोट-बर्मेली परिवारका सबैभन्दा पूराना जातिहरु हुन् । उनीहरु मंगोलियन नश्लका भएपनि चिनियाँ जातिसँग नजिकको सम्बन्ध छैन । इण्डो-मंगोलोइड नश्लका किरातीहरुको आगमन नेपालमा उत्तर तथा उत्तर-पूर्वी दिशाबाट भएको र अन्य जनजाति वा सम्प्रदायभन्दा पहिले आएका थिए । किरातीहरुले पश्चिममा काठमाण्डौ उपत्यकासम्म आर्थिक, सामाजिक गतिविधिहरु सञ्चालन गरेका थिए । विशेषतः पूर्वी पहाडी इलाकाहरु तामाकोशी, अरुणकोशी, तमोर उपत्यकाहरुमा भस्मे फाँडी मलिलो जग्गाहरुमा खेतीपाती गर्थे । अन्नपातका बीउविजन, भैसी, सुँगुर र अन्य जनावरहरु घरेलुकरण गर्दै कृषियुगमा प्रवेश गरेका थिए । काठमाण्डौको गोकर्ण केन्द्र बनाई उपत्यकाभित्र पनि खेतीपाती गरेका थिए । यही समयमा काठमाण्डौ उपत्यकामा खसहरु गाई, बाख्रा, भेडासहित घुमन्ते, फिरन्ते अवस्थामा मातातीर्थ केन्द्रित भइरहने गर्थे, जो इण्डो-आर्यन भाषा बोल्दथे । उपत्यकाभित्र किराती गोत्रका भोट बर्मेली भाषा बोल्नेहरु र खसहरुबीच सामाजिक सम्बन्ध सुमधुर थियो । खसहरु -गोपालवंशी पनि भनिन्छ)ले किरातीसँग खेतीपाती गर्न सिकेका थिए । यसरी, उपत्यकाभित्र दुबै जातिले खेतीपाती र जनावरहरु घरेलुकरण गरेकाले पहिलोपटक नयाँ किसिमको राजनीतिक, आर्थिक, सामाजिक व्यवस्था सुरुवात भएको हो ।
यहीक्रममा गोपाल वंशीअनुसार ३२ पुस्ता, कर्कपेट्रिक वंशावलीअनुसार २७ पुस्ता, डेनियल राइट वंशावलीअनुसार २९ पुस्ता, इतिहास प्रकाशनअनुसार २५ पुस्ता, प्रेमबहादर माबोहाङका अनुसार ३३ पुस्तासम्म किराती राजाहरुले काठमाण्डौ उपत्यकामा शासन गरेका थिए । बौद्ध दर्शनबाट किराती राजाहरु प्रभावित भएका थिए । सातौं किराती राजा जितेदास्तीको पालामा स्वयम्भु चैत्य र मञ्जुश्री चैत्यको दर्शन गर्न गौतम बुद्ध आई १३५० शिष्यहरु बनाएको भनिन्छ । किरात वंशलाई लिच्छवीहरुले धपाएपछि पूर्वतिर लागेका हुन् । यसरी पूर्व लाग्नेहरु राई, लिम्बु, याक्खा, धिमाल, मेचे, कोचे, सुनुवार आदि हुन् । त्यसताका काठमाण्डौ एउटै किरात प्रदेश थियो । वल्लोकिरात, माझकिरात, पल्लोकिरात भनि भू-भाग विभाजन गर्ने काम गोरखा राज्यको विस्तार क्रममा भएको पाइन्छ । किराती शब्द समूहवाचक वा राजकीय हो भने विभिन्न मूल्य, मान्यता, भौगोलिक, सांस्कृतिक स्थिति, भाषिकरुपले गर्दा खम्बु, लिम्बु, याक्खा, सुनुवार, जिरेल, सुरेल, मेचे, कोचे र धिमालको रुपमा विभाजित भएका हुन् । तर, धेरै सामाजिक मूल्य, मान्यतामा सामिप्यता रहेको छ ।यसरी, अरुणपूर्व रहेका किरातीहरुमध्ये लिम्बु जातिहरुमा आफ्नो छुट्टै सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक संरचना रहन गएको हो । उनीहरुमा बौद्ध धर्मदर्शनले कुनै प्रभाव नपारेको पाइन्छ, किनकि आफ्नै मुन्धुम दर्शनबाट निर्देशित सामाजिक अवस्था र स्वायत्त कृषि प्रणाली हुनुको साथै आपुंगी राजनीतिक प्रणाली वा विभिन्न सरदारी प्रथा वा प्रणाली रहेको थियो । जसमध्ये विजयपुर गढी सबभन्दा शक्तिशालीरुपमा रहेको थियो । विभिन्न समयमा विभिन्न थुमका प्रमुखहरुलाई लालमोहर प्रदान गरेको पनि पाइन्छ । तमरखोला, माइखोला, मेवाखोला, याङरुप, आठराय, पान्थर, फेदाप, चारखाल, चौबीस, छथरजस्ता थुमहरुले विजयपुरमा सम्बन्ध राखी आफ्ना थुमहरुमा आपुंगी राज गरेको र सम्बन्धन प्राप्तिको लालमोहर लिने गरेको र लिम्बुवान संघीय प्रणालीअनुरुप सञ्चालन भएको पाइन्छ । लिम्बुवानमा धेरै समयसम्म उत्तरको भोट क्षेत्रबाट र पूर्वको सिक्किमबाट कयौंपटक आक्रमण भएको थियो, फलतः सामाजिक, आर्थिक, राजनीतिक अवस्था कमजोर हुन पुग्यो । भनिन्छ, भोटबाट आउने लामाहरुले किराती पुरुषहरुलाई खोजीखोजी मार्ने गर्दथे, र धेरै समयसम्म किराती नारीहरुले आफ्ना पुरुषहरुलाई लुकाएर बचाएका हुन् । लामाहरुको भेषमा डमरु र घण्टी बजाउँदै घरघर चहारेको भन्ने मत रहेको छ । त्यस्तै, सिक्किमका लाप्चाहरुले पनि धेरैपटक आक्रमण गरेको पाइन्छ । तथापि, समयसमयमा भोटसँग व्यापारिक र वैवाहिक सम्बन्धहरु भएका थिए । त्यसताका वस्तु विनिमय प्रणाली थियो । लिम्बुवानमा कपासबाट धागो बनाई लुगा बनाउने, प्रशस्त कृषि उत्पादन गर्ने र पशुपालनजस्ता मुख्य आर्थिक गतिविधिहरु हुन्थे ।
लिम्बुवानको सामाजिक व्यवस्था पूर्णतः मौलिक थियो । मुन्धुम मुख्य स्रोत वा अलिखित कानुनसरह थियो । यसलाई येत्हाङहरुले समयसमयमा परिभाषित गरेको अनुमान छ । येत्हाङहरु को थिए भन्ने प्रश्न रहेपनि सोधुङगेन लेप्मुहाङ, कान्देनहाङ, माबोहाङ, सिरीजंगाहाङ, मुहिगुम अङसीमाङ फाल्गुनन्द लिङ्देन आदि किरात दर्शनका मुख्य प्रवर्तकहरु हुन् । सामाजिक व्यवस्थापनका निमित्त गरिने सम्मान, पुरस्कार, दण्ड, सजाय, प्राकृतिक श्रोत साधनको व्यवस्थापन, थिति थाम्ने, नीति, नियम निर्माण गर्ने कार्य तुम्याहाङहरुको निर्णयमा आधारित हुन्थ्यो । यदि एक जना तुम्याहाङले अस्वीकार गरेमा निर्णय असम्भव हुन्थ्यो ।
इशाको एघारौं शताब्दीमा लिच्छवी राज्य टुक्रेर धेरै राज्यहरु बन्न थाले । चौधौं शताब्दीमा मल्लहरुले काठमाण्डौ कब्जा गरे । यहीबेला मल्ल राजा जयस्थिति मल्लले हिन्दू दर्शनबाट प्रभावित भई समाजलाई पेशागत आधारमा ब्राम्हण, क्षेत्री, वैश्य र शुद्र गरी चार जातमा विभाजन गरे । चौधौं शताब्दीमा भारतमार् इश्लाम धर्मको जेहादका कारण पहिलोपटक ब्राम्हण, ठकुरीहरु नेपालको पश्चिम कर्णाली इलाकाहरुमा खसहरुसँग शरण लिई लुक्न थाले । त्यस्तै, द्रव्य शाहको राज्य प्राप्तिसँगै गोरखा राज्यको स्थापना भयो, र काठमाण्डौ उपत्यकाको शासक भएपश्चात् चौबीसे बाइसे र किरात प्रदेशहरुको समेत महाराजा हुने चाहनाले क्रमशः मकवानपुर हुँदै बाइसे, चौबीसे, चौदण्डी, विजयपुर हात पारेपछि लिम्बुवान पनि हात पारे । कतिपय थुमहरुले सम्झौता गरे भने कयौंपटक लिम्बुवानसँग हार खानु पर्यो । यही क्रममा चैनपुरमा गोरखासँग भीषण लडाइँ भएको थियो ।
लिम्बुवानका सेनापति काङसोरे थिए भने गोरखातर्फा रघुवीर राणा थिए । रघुवीर राणा र काङसोरेबीच भएको लडाईंमा रघुवीर मारिए । अन्त्यमा, हारजीत नभएपछि सम्पूर्ण सेनाहरु बिनाहतियार उपस्थित भए । तर, तत्कालै गोरखा सेनाहरुले बालुवामा लुकाई राखेको तरवार झिकी काङसोरे मारियो । र, पुनः भीषण युद्ध भयो । यसरी, विभिन्न कारणवश वि.सं. १७७४ मा लिम्बुवान नेपालमा गाभियो । त्यसताका हिन्दूकरण नमानी आफ्नै येत्हाङ थितिमा चल्ने आधारमा किपट प्रणालीअन्तर्गत सम्झौता भएको थियो । जसमा लिम्बुवान भूमिमाथि लिम्बु जातिको मात्र अधिकार रहेको थियो । उनीहरुले दक्षिणपूर्वी र पूर्वी भागबाट हुने आक्रमणको प्रतिरोध गर्नुपर्ने शर्तमा लिम्बुवान गाभिएको थियो । न्यूनरुपमा कर शाहवंशी राजालाई बुझाउनु पर्दथ्यो । तत्पश्चात् लिम्बुवानमा पहिलोपटक बाहुन, क्षेत्री, मगर, गुरुङहरु चौबीसे, गोरखा, मकवानपुरबाट बसाईं सरे, र नयाँ सामाजिक संरचना सुरुवात भयो । विभिन्न प्रलोभनहरु देखाई लिम्बुवान समाजलाई टुक्राउने क्रम जारी रह्यो, लिम्बुवानमा सुब्बा नियुक्ति गर्ने प्रचलन ल्याइयो । जसमा ६० मुरी फल्ने जग्गा रैकर गराएपछि सुब्बा नियुक्त गरिन्थ्यो, र सुब्बाहरुले आफ्नो रैती राखी तिरो कर उठाउने प्रचलन सुरुवात भयो ।यसरी धेरै लिम्बुहरु सुब्बा हुने सुरमा आफ्नो किपट भूमि रैकर बनाई गुमाए । लिम्बुवानमा पछि पनि सिक्किमबाट आक्रमण भइरह्यो । त्यहीबेला पान्थरका ५२ सुब्बाहरु योङहाङ सुब्बाको नेतृत्वमा काठमाण्डौ आई रणबहादुर शाहसँग युद्ध गर्न हतियार माग गरे । रणबहादुरले ढाल, तरवार, त्रिशुल, नगरा, निशान, बन्दुक, शंख, नरसिंगा मौलो थापी दसैंको नवमीको दिन बलि चढाउनु पर्ने शर्तमा दिई पठाए । यो पहिलोपटकको सांस्कृतिक अतिक्रमण थियो । दसैंको कर पनि असुल्न थालियो । मौलो काटेको पञ्जाको निशानको लागि लिम्बुवानमा धेरैपटक तिलिंगा आतंक मच्चाइयो । वि.सं. १९१० मा जंगबहादुर राणाद्वारा ल्याइएको मुलुकी ऐनमा अपमानजनकरुपमा नमासिन्या मतवाली लिम्बु जाति भन्दै व्याख्या गरिएको र गाई हत्या मानव हत्यासरह अपराध हुने कानुन ल्याइएपश्चात् नेपाली समाजमा असमानपूर्ण व्यवहार जातको आधारमा गरिन थालियो । छथर थुमका आठ पहरिया राईहरुले दसैं नमान्ने भनी प्रतिरोध गरे, र विद्रोह गरेपछि रामलीहाङ र दीक्षमा मारिए । २००७ सालमा जहानियाँ राणा शासनविरुद्धको जनक्रान्तिमा जि.वि. याक्थुङबा, बि. बि. चेम्जोङ र रामप्रसाद राईजस्ता जनसेनानीहरुले क्रान्तिको अगुवाई गरेका थिए । तर, उनीहरुलाई केवल सत्ता हत्याउन प्रयोग गरी अन्त्यमा फालिएको थियो । राणा शासनकालमा भाषा, धर्म, साहित्य, संस्कृतिको जगेर्ना र विकासको सवाल गम्भीर अपराधसरह थियो । तथापि, दोस्रो विश्वयुद्धताका इमानसिं चेम्जोङ, मुहिगुम अङसीमाङ फाल्गुनन्द लिङ्देन र त्येअङसी सिरीजंगाबाट उल्लेखनीय कार्यहरु भएका छन् । इमानसिं चेम्जोङद्वारा गरिएको इतिहास, भाषा, साहित्यप्रतिको योगदान, लिम्बुवान सुधार संघ, फाल्गुनन्दद्वारा गरिएको किरात धर्मदर्शन, सत्य धर्म मुचुल्का र विभिन्न योगदान, त्येअङसी सिरीजङगा सिंथेबेबाट गरिएको भाषा प्रचारप्रसार र सर्म्बर्द्धनसम्बन्धी योगदान लिम्बु जातिको पहिचान र अस्तित्वसँग जोडिएको छ ।
यही क्रममा श्री ५ महेन्द्रबाट २०२१ सालमा ल्याइएको भूमिसुधार ऐनबाट पर्ूण्ारुपमा लिम्बुवानको किपट प्रथा उन्मुलन गरी लिम्बुवानसँगको सन्धि उल्लंघन गरिएको छ । र, एक जाति, एक भाषा, एक धर्म, एक भेष, एक राज्यको नीतिअनुरुप लिम्बु भाषा, धर्म, संस्कृति, साहित्यप्रति घोर अन्याय गरियो । सोही अवधिमा किरात धर्म तथा साहित्य उत्थान संघ २०३६ सालमा स्थापना भई झिनोरुपमा भाषा, धर्म, साहित्यको कार्य सुरुवात भयो । राज्यले एकाधरुपमा राज्य संयन्त्रमा लिम्बु जातिको प्रतिनिधित्व गराएपनि लिम्बु जातिको पक्षमा कार्य गर्ने वातावरण उपलब्ध गराइएको छैन । २०४६ सालमा प्रजातन्त्रको पुनःस्थापनापश्चात् संविधानमा व्याख्या गरिएको बहुजाति, बहुभाषी, बुहसांस्कृतिक नेपालमा सबै जातजातिको भाषा, धर्म, संस्कृतिको विकास कायमै राखी राष्ट्रिय एकतालाई अझ बलियो बनाउने अवसर प्रदान भयो ।
मानव समाज वर्गीय र लैंगिक आधारमा मात्र नभई सांस्कृतिकरुपमा पनि विभाजित छ । नेपाली समाज ब्राम्हण, क्षेत्री, राई, लिम्बु, मगर, गुरुङ आदि जातीय आधारमा सांस्कृतिकरुपले बेगल पहिचान राख्दछ । सोहीअनुरुप आज लिम्बु युवा तथा विद्यार्थीहरु मानव समाजभित्र आफ्नो अस्तित्व र पहिचानको निमित्त संघर्षरत छन् । यद्यपि, नेपाल अधिराज्य मात्र भएको, तर राष्ट्र हुन नसकेको अवस्था छ । नागरिकता वा राहदानीमा नेपाली लेखाउने राज्यको लादिएको नीति छ । सदियौंको गौरवान्वित इतिहास बोक्ने लिम्बु जातिले आफ्नै भूमिमा दोस्रो दर्जाका नागरिकको व्यवहार झेल्नुपर्ने अवस्था छ । युवाहरु व्यावहारिक र वैज्ञानिक शिक्षा लिएर पनि राष्ट्र विकास, एकता कायम गर्नबाट बञ्चित भई लाहुर, मुग्लान र अरबजस्ता ठाउँहरुमा परदेशिनु पर्ने बाध्यता छ । फलतः सांस्कृतिक पहिचानको फैलावट र विकासको साटो सांस्कृतिक विकृति बढ्नुको साथै पश्चिमीकरणले व्यापकता पाएको छ । राज्यको विभेदकारी नीतिका कारण सरकारी र प्रशासन सेवामा लिम्बुहरुको उपस्थिति शुन्य छ । सरकारी कामकाजको भाषा केवल खस नेपाली भाषा मात्र राज्यले परिभाषित गरेको र राज्यले पूर्णतः मौलिक याक्थुङ भाषा बोल्न नसक्ने अवस्थामा पुर्याएको छ । लिम्बु युवाहरुलाई विदेशी सेवामा कार्य गर्ने वातावरण बनाई आर्थिकरुपमा पराधीन तुल्याइएको र लिम्बु समाज विशेषतः कृषि र पशुपालनमा निर्भर भएकोले उनीहरुको जीवनस्तर उकास्न राज्यले वैज्ञानिक कृषि प्रणाली र कार्यक्रम अगाडि नल्याउनुले लिम्बुहर

सिरिजङा खेने

लोकेश याक्थुङ्बा

सिरिजङा खेने?लिम्बुवान् लाजे यक्यक्;हा केगन्दु
साम्यो यारिम् हानु सिक्कुम् रे इक्वा सेख्खाए केहन्दु

सक्सक्ले फुङ्हा फेक्तेर् पेगे पाङ्फे सबुर्
खामाक्मा लाम्हा ओतेर पेगे इक्सा कबुर्
निसाम्हिम् चोक्नु याक्थुङरे निङ्वा थाङ्थङ् केज;न्दु
साम्यो यारिम् हानु सिक्कुम् रे इक्वा सेख्खाए केहन्दु

कुमेइ इङ्ख्;ङ् केलेरुकेध केहीङ्;मन लुगेसाङ्
ताआरो लरी केबी केन्देनेन् याम्मु आलुङ्;मा तुगेसाङ्
मुन्धुमे चेङ्नु सिक्साम्बा चोक्नु लिम्बुवान् केगन्दु
साम्यो यारिम् हानु सिक्कुम् रे इक्वा सेख्खाए केहन्दु।

फाकुम्बा-१,ताप्लेजुङ्हाल्-मलेशिया

लिम्बूवान प्रदेशको माग

रविन गिरी

लिम्बूहरूले पूर्वमा छुट्टै स्वायत्त प्रदेशको माग गरेका छन्– 'पल्लो किराँत लिम्बूवान प्रदेश। लिम्बूहरूको जातीय संस्था 'किराँत याक्थुङ चुम्लुङ' को २५–२९ जेठमा झापाको दमकमा सम्पन्न छैटौँ राष्ट्रिय महाधिवेशनले यो निर्णय गरेको हो। यो अधिवेशनको उद्घाटन सभामुख सुवास नेम्वाङले गरेका थिए। लिम्बूवान प्रदेशको माग गर्ने लिम्बूहरूले पूर्वका लिम्बू र खम्बू जनजातिले दाबी गर्दै आएका भूभागलार्ई मिलाएर सिङ्गो पूर्वी नेपाललाई 'किराँत स्वायत्त प्रदेश' बनाउने माओवादीको योजनामा समेत असहमति जनाएका छन्। चुम्लुङका अध्यक्ष अर्जुन लिम्बू अब छुट्टै प्रदेशको निम्ति माओवादी लगायत अन्य राजनीतिक दल र नागरिक समाजसँग लबिङ गर्न जाने बताउँछन्। चुम्लुङ महाधिवेशनले उत्तरमा तिब्बती सिमाना, पूर्वमा भारतीय सिमाना, पश्चिममा अरुण नदी र दक्षिणमा आफैँले गठन गर्ने स्थलगत अध्ययन टोलीले सिफारिस गरे अनुसार हुने सिमाना तोकेर लिम्बूवान प्रदेशको भूभागबारे समेत निर्णय गरेको छ। यसअनुसार सो प्रदेशमा तेह्रथुम, ताप्लेजुङ्ग, संखुवासभा, पाँचथर, धनकुटा र इलाम पूरै तथा झापा, मोरङ र सुनसरीका केही भागहरू पर्दछन्। संविधानसभा गठन नभएसम्म जातीय अधिकार प्राप्त नहुने जनाउँदै चुम्लुङले आफ्नो सम्पूर्ण शक्ति संविधानसभामै केन्द्रित गर्ने निर्णय पनि गरेको छ। साथै यसले आदिवासी जनजातिको प्रतिनिधित्व हुनेगरी नयाँ निर्वाचन क्षेत्र गठन, समानुपातिक निर्वाचन प्रणालीअनुसार संविधानसभाको निर्वाचन, निर्वाचनमा विदेशमा रहेका लिम्बूहरूले पनि मतदान गर्न पाउने व्यवस्था र संविधानमा आदिवासी जन–जातिको सरोकारका विषयमा उनीहरूलाई विशेषाधिकारको माग समेत गरेको छ। सन् २००१ को जनगणना अनुसार, नेपालमा लिम्बू जातिको जनसङ्ख्या ३,५९,३७९ छ।

लिम्बुवान-खम्बुवान र वार्ता

अर्जुनबाबु माबुहाङ
सरकार र लिम्बुवान-खम्बुवानको मागका ऐतिहासिक पृष्ठभूमिलाई माओवादीहरू पहिलोपल्ट संसद भवन प्रवेश गरेको पर्सिको दिन सभामुख पद हस्तान्तरण गर्ने क्रममा बलबहादुर राईले रोचक ढंगमा उल्लेख गर्दै सुवास नेम्बाङलाई भनेका थिए, "पृथ्वीनारायण शाहले लिम्बूहरूलाई 'नमासिने राजा' हुन् भनेको ठीकै रहेछ, यो लिम्बूले मलाई दुई दिन पनि टिक्न दिएन ।" वास्तवमा पृथ्वीनारायण शाहले खम्बूहरूलाई पराजित गरी हिन्दू वर्णाश्रम व्यवस्थाभित्र 'मासिने' जातमा राखेका थिए भने आफ्ना नीतिमा लागेका लिम्बूलाई 'नमासिने' जातमा राखेका थिए । पृथ्वीनारायण शाहको मृत्यु भएको २८ वर्षपछि मात्रै बेलायती इतिहासकार पान्सिस बुकानन ह्यामिल्टन नेपाल आएका थिए । कामरूप आसामबाट आएका कोच -राजवंशी) हरूका सन्तान विजयनारायण वर्तमान मोरङ -रंगेली) बाट विजयपुरमा आई पन्ध्रौं शताब्दीतिर राजा भए । विजयनारायणले विजयपुरमा पहाडिया सरदार खेवाङका पुर्खासिंह राय र उनका सन्तानलाई वंशानुगत रूपमा चौतारिया बनिने नियम बसालेपछि लिम्बूहरू कोच राजाको अधीनमा गएको देखिन्छ । योभन्दा अगाडि १० लिम्बूहरू आपुंगी राजाको रूपमा भेटिन्छन् । मकवानपुरका लोहाङसेनले विजयपुर कब्जा गरेपछि लिम्बूहरू सेनका अधीनमा गए । १८२४ सालमा चौतारिया बुद्धिकर्ण रायले कामदत्त सेनको हत्या गरी १८३१ सम्म राजा बने । १८३४ मा प्रतापसिंह शाहले अभिमानसिंहलाई पठाएको पत्रमा 'विजयपुरको मालिक बुद्धिकर्ण हो' जस्ता अभिव्यक्तिहरू सार्वजनिक हुनुले उक्त कुरा प्रस्ट हुन्छ । १८३१ मा गोर्खालीहरूले अरुण तरे । गोर्खातिर लागेका लिम्बूहरू र पृथ्वीनारायण शाहको १८३१ मा तीनचोटी सम्झौता भयो । पृथ्वीनारायण शाहले लिम्बूहरूलाई लालमोहर गरिदिएको कागजमा 'तुंतुंतुंमांहां यंहां सन्तान', 'लिम्बू' र 'लिम्बुवान'जस्ता शब्दहरू परेका छन् । पृथ्वीनारायण शाहले लिम्बूहरूका पुर्खा तुत्तुतुम्याङ याक्थुङहाङ लिलिमहाङकाका नामबाट 'लिम्बू' जातिको नामकरण गरेको देखिन्छ भने उनीहरूको माटोलाई 'लिम्बुवान' भनेर राजनीतिक सम्बोधन गरेको बुझिन्छ । यसरी लिम्बूहरूको पुर्ख्यौली नाम अन्ततः जातीय पहिचान बन्यो । पृथ्वीनारायण शाहका नीति नमान्ने लिम्बूहरूले १८४८ मा चैनपुरको सिद्धपोखरीमा अन्तिमपटक गोर्खालीहरूसँग लडेका थिए । लिम्बू, कोच, सेन, शाह र राणाहरूको साझेदारी शासनको अवशेषको रूपमा किपट प्रथा भूमिसुधार नलागुन्जेलसम्म लिम्बुवानमा कायमै थियो । राजा त्रिभुवनले लिम्बूहरूलाई रूजु गरेको लालमोहरमा पश्चिममा अरुण, पूर्वमा मेची, उत्तरमा भोट र दक्षिणमा माल सिमाना -केराबारी-९, मोरङ) यति चार किल्लालाई पल्लो किरात लिम्बुवान भनिएको छ । सेनकालमा लिम्बुवानको प्रमुख प्रशासनिक इलाका चैनपुर थियो । चैनपुरको पुरानो चैनपुरमा गर्मीमा र मादिराम्बेनीमा जाडोमा ६-६ महिना गोला बजार लाग्थ्यो । अरुण नदीको हटिया र तमोर नदीको ओलाङचुङ लिम्बुवानका प्रमुख व्यापारिक नाका थिए । शाह र राणाकालमा चैनपुर, धनकुटा, इलाम, तेह्रथुम मुख्य प्रशासनिक इलाकाहरू थिए । सोह्र खाल्सा, बेलहारा, धनकुटा ठाउँहरू अठप्रे र खम्बूहरूको बहुलता इलाका थियो । झलहारा, छथर, मिक्लुक लिम्बूहरूको इलाका थियो । यी छ थुमको मालपोत धनकुटामा बुझाइन्थ्यो । तमोर खोला, मिवा खोला, मैवा खोला, याङरुप, फेदाप, आठराई, पाँचथर नुभो उत्तर, पाँचथर नुभो दक्षिण इलाकाहरूमा लिम्बूहरू बहुल थिए । संखुवा उत्तरमा गोवाहरूको र सभा उत्तरमा लोहरुङ, याम्फु र मेवाहाङहरूको इलाका थियो । दस मझिया, पाँच मझिया, पाँच खप्पन थुमहरू याक्खाहरूको इलाका थियो । यी तेह्रवटा थुमको मालपोत तेह्रथुमको म्याङलुङमा बुझाइन्थ्यो । त्यस्तै पुवापार, माइपार, फाकफोक र इलाम चार थुमको मालपोत इलाममा बुझाइन्थ्यो । यी इलाकाहरूमा लाप्चा र लिम्बूहरूका बहुल थिए । बोलचालमा दस लिम्बुवान सत्र थुम भनिए पनि प्रशासनिक दृष्टिकोणले लिम्बुवान इलामबाहेक १९ थुममा विभक्त थिए । पल्लो किरात लिम्बुवानको भूभाग ११,६५५ -७.९१ प्रतिशत) वर्गमिल छ । २०५८ को जनगणनाअनुसार ३,५९,३७९ -१.५८ प्रतिशत) लिम्बू छन् । लिम्बूहरूको छुट्टै शिरिजङ्गा लिपि छ भने धर्मको महलमा लिम्बूहरूले 'किरात' लेख्दै आएका छन् ।आज लिम्बूले आफ्नो पृथक इतिहास, भाषा, संस्कृति र भूगोलमाथि राजनीतिक सम्बोधन खोजेका छन् । लिम्बूहरूले खोजेको राजनीति जातीय होइन । राज्यको स्रोतको बाँडफाँडको आधारचाहिँ जातिका आधारमा हुनुपर्छ भन्ने हो । लिम्बूहरूले शासनमा भूमिका खोजेका हुन् । शासनको प्रतिफल र असरहरूको हिस्सेदारी बन्न खोजेका हुन् । लिम्बूहरूको वर्तमान राजनीतिमा हैसियत छैन । सदनमा शरीर पुगेको छ । मुद्दा पुगेको छैन । उनीहरूको स्वस्फुर्त भावनालाई निरुत्साहित गराउन प्रतिगामी वा उग्रगामी जे पनि भन्ने गरिन्छ । तर उनीहरूका आवाजलाई नेतृत्व गरिँदैन । उनीहरूको भावनालाई सम्बोधन गरिँदैन । उनीहरूलाई राजनीतिक सुनिश्चितता दिन कन्जुस्याइँ गरिन्छ । आफ्नो बोलीमात्र कानुन र आफ्नो भाषा, संस्कृतिमात्रै राष्ट्र र राष्ट्रियता हुन् भनेर अठारौं शताब्दीदेखिको मानसिकता त्याग्न सकिँदैन । अरूका इतिहास र संस्कृतिलाई सम्मान गर्न जानिँदैन । लोकतन्त्रभित्र फरकतन्त्र यसरी मौलाउँदै गइरहेको छ ।अरुण पूर्वको भूभागलाई लिम्बुवान, कौशिकी वा तमोर राज्य भनेर जसरी पनि सम्बोधन गर्न सकिन्छ । आजसम्म लिम्बूहरूले संस्कृत पर्वतिया खस भाषामात्र रटे । हिन्दू मूल्य र मान्यतालाई मात्र राष्ट्रियताको आधार मान्न बाध्य भए । आज लिम्बूहरूले आफ्नो इतिहास खोजिरहँदा उनीहरूको इतिहासचाहिँ यो देशको इतिहास बन्ने कि नबन्ने ? लिम्बुवानमा लिम्बू नामकरण भएका थुप्रै गाउँहरूभित्र लिम्बूहरूभन्दा बाहुन, क्षत्रीहरूको बसोबास बढी भएको पनि पाइन्छ । लिम्बूहरूले मान्छेको सभ्यता हुर्काएको जस्ता ऐतिहासिक विशिष्टताको आधारमा लिम्बूहरूले अरुण पूर्वका भूभागहरूलाई लिम्बुवान नामकरण हुनुपर्ने औचित्य ठहर गरेका हुन् । ००९ सालमा लिम्बुवान सुधार संघका प्रधानमन्त्री तेजबहादुर प्रसाईंले लिम्बुवान स्वायत्त राज्यको माग गरेका थिए । केही वर्षअघि डा बाबुराम भट्टराईले आफ्नो पुस्तकमा लिम्बुवान राज्य हुनसक्ने विचार प्रस्तुत गरेका थिए । कांग्रेसी नेता नरहरि आचार्यले पूर्वमा लिम्बुवान प्रदेश हुनसक्ने र उक्त प्रदेशको प्रशासकीय भाषा पनि लिम्बू हुनसक्ने तर लिम्बुवानको मुख्यमन्त्री लिम्बूहरूमात्रै हुन उचित नहुने भनेर आफ्नो विचार राख्दै आएका छन् । अहिले आएर माओवादीले सांगठनिक संरचनामा किरात क्षेत्रबाट लिम्बुवान क्षेत्र छुट्याउन बाध्य भयो । वास्तवमा पछि आउनेले अघिल्लाको भावनालाई बुझ्न सक्नुपर्ने र अघिल्लाले पछि आउनेलाई विश्वास गर्न सक्नुपर्ने वातावरण अब बन्नुपर्ने निश्चित छ । हिजोको नेपाल मण्डल आजका सम्पूर्ण नेपालीहरूको नेपाल बनेजस्तै वास्तवमा हिजोको लिम्बुवान आज सम्पूर्ण लिम्बुवानवासीहरूको लिम्बुवान बन्ने निश्चित छ । आत्मनिर्णयको अधिकारलाई लेनिनले वर्ग संघर्षसँग जोडे भने बुड्रो विल्सनले पुँजीवादसँग । बाहिरी मुलुकहरूमा आत्मनिर्णयको अधिकारलाई विशेषगरी औपनिवेशिक राष्ट्रहरूको पुनःस्थापना र मुक्तिसँग जोडिएको देखिन्छ । नेपाली माटोमा ४० सालमा सुवास घिसिङले गोर्खाल्यान्ड छुट्टै राज्य हुनुपर्ने माग गरेका थिए । गोर्खाल्यान्ड बेलायतको उपनिवेश थियो र आत्मनिर्णयको अधिकारको माग ठीक थियो । तर लिम्बुवान गोर्खालीहरूको उपनिवेश मान्न सकिँदैन । गोर्खाली शासनबाट शासितचाहिँ थियो । अन्तर्राष्ट्रिय मुलुकमा आदिवासी/जनजातिहरूको परिभाषा औपनिवेशिकतासँग जोडिएको देखिन्छ । नेपालमा ५९ आदिवासी/जनजातिका परिभाषा भने औपनिवेशिकतासँग नजोडिएर धार्मिक र सांस्कृतिक भेदभावसँग बढी जोडिएको देखिन्छ । 'आदिवासी' शब्द समयसँग सम्बन्धित छ भने 'जनजाति' शब्द सामाजिक संरचनासँग । अथवा हिन्दू वणर्ाश्रमभित्र नपर्नेहरूलाई 'जनजाति' भन्ने गरिन्छ । वास्तवमा हाम्रो मुलुकमा वर्गहरू धार्मिक र सांस्कृतिक विभेदका कारण प्रभावित हुँदै आएका छन् । नमासिने र मासिने, तागाधारी र मतुवाली, बाहुन, क्षत्री, ठकुरी र सेता मगुराली र आज जात र जाति/जनजातिका रूपमा वर्ग निर्धारित हुँदै आएका छन् । सन् २००५ -एनपीसी) को प्रतिवेदनअनुसार पहाड र तराईका उच्च जातहरूमा ७ वर्षको अवधिमा ४६ प्रतिशतले गरिबी घट्यो । तर दलित, पहाडे जनजाति र मुस्लिम समुदायमा क्रमशः २१, १० र ६ प्रतिशतले मात्र गरिबी घटेको देखिएको आधारमा यो मुलुकमा उत्पीडनको जरो धार्मिक, सांस्कृतिक भेदभाव अझैसम्म रहिरहेको प्रस्ट छ । धर्मनिरपेक्ष राज्य घोषणा गरिए पनि धर्मका नाममा राखिएका गुठीहरूको उन्मूलन हुनसकेको छैन । संखुवासभा जिल्ला आँखीभुइँ गाविसका मूलगाउँका याक्खाहरूले ०४६ सालसम्म धरानको पिण्डेश्वर मन्दिरलाई एकमुरी अन्न बराबर एकपाथी अन्न बुझाउनुपर्थ्यो । आजसम्म उनीहरूसँग धनीपुर्जा छैन । सरकार भने राजाको सम्पति राष्ट्रियकरण गरेको ढवाङ फुकिरहेको छ । धर्मका नामबाट सजाय पाएकाहरू आजसम्म छुट्नसकेका छैनन् । शिक्षा, साहित्य, संस्कृति र सञ्चारमा पर्वते भाषा र हिन्दू मूल्य-मान्यताको मात्र उपस्थिति देखिन्छ । नेताहरूले गणतन्त्रको नारा दिए पनि नीतिमा गाईतन्त्र कायमै छ । त्यसैले नेपाली माटोमा आत्मनिर्णयको अधिकार भनेको कुनै पनि समुदाय एकल जातीय सत्ता र हिन्दू धार्मिक, सांस्कृतिक विभेदबाट मुक्त भई आफ्ना परम्परागत मूल्य र मान्यतालाई वर्तमान अन्तर्राष्ट्रिय कानुनसँग जोडेर शासनको आधार खिच्दै शासनमा आ-आफ्नो हैसियत कायम गर्नु हो । लिम्बुवान, खम्बुवान र ताम्बासालिङसँग सरकार वार्तामा बस्न बाध्य हुनुले क्षेत्रीय राजनीतिले निणर्ायक मोड लिइरहेको स्पष्ट हुँदैछ । संविधानसभा निर्वाचन ऐनले भने क्षेत्रीय राजनीतिलाई समेट्नसकेको छैन । यो ऐनले क्षेत्रीय र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेका मतको औचित्य पनि पुष्टि गर्न सक्दैन । अथवा धरानको क्षेत्र नं १ मा स्वतन्त्र एउटा स्वतन्त्र उम्मेदवार लिम्बूले ५ हजार मत प्राप्त गरे पनि उसको मत कन्टेनरमा जानेछ । तर निर्वाचन ऐनले त्यही क्षेत्रमा समानुपातिक उम्मेदवार निर्वाचित हुनसक्ने व्यवस्था किटान गरेमा उल्लिखित मत प्राप्त गर्ने लिम्बू निर्वाचित हुनसक्छ । साउन २२ गतेको सरकार र जनजाति महासंघको वार्ताको परिणामले सरकारले जातीय संस्थाहरूलाई राजनीतिक पार्टीहरूको भ्रातृ संगठन बनाउन खोजेको प्रस्ट देखिन्छ ।

Nov 26, 2007

लाहुरेको साहित्य मोह -मिजास तेम्बे

सिद्धराज राई
च्याउ उम्रेझै“ साहित्य सिर्जना गर्ने युवापुस्ताको भीड बढ्दो छ । यही भीडबाट गुणात्मक साहित्य सिर्जना गरेर छुट्टै पहिचान बनाउन सफल भएका छन् मिजास तेम्बे । पेसाले उनी लाहुरे हुन् । विदेशी भूमिमा राइफल समाई दुश्मनलाई धावा बोल्ने लाहुरे मिजास जीवनको दार्शनिक पक्षलाई उजागार गर्न साहित्य सिर्जनामा उभिएका छन् । एक दुइवटा कथा, कविता, गजल र गीत लेख्नु कुनै नौलो कार्य होइन तर निरन्तर साहित्य सिर्जनामा लागि पर्नु मिजासको विशेषता हो । २०५९ सालमा ब्रिटिस लाहुरेमा भर्ती भएका मिजास स्कुले जीवनदेखि सुरु गरेको साहित्य सिर्जना गर्ने कार्यलाई निरन्तरता दिइरहेका छन् । उनी भन्छन्- 'साहित्य लेख्ने बानी लाहुर जादा पनि हटेन, झर्नै निखार्ने प्रयास गरिरहे । ताप्लेजुङ जिल्लाको ढुंगेसा“घु गाविस-७, तेम्बेमा बुबा बेनबहादुर र आमा कमलमायाको जेठो छोराको रूपमा २०३९ सालमा जन्मिएका हुन् मिजास । ताप्लेजुङकै मेवाखोला उच्च माध्यमिक विद्यालयबाट एसएलसी गरेका मिजास इटहरीको जनता बहुमुखी क्याम्पसमा स्नातक तहमा पढ्दापढ्दै ब्रिटिश लाहुरे भएका हुन् । पहिलो पटक ताप्लेजुङ साप्ताहिकमा 'भरिया बाजे ऊ' शीष्कको कविता छापिएपछि हौसिएका मिजासको 'तिमी हिंड्ने बाटोभरि फूलैफूल बिछ्याउन पाउ“' गीत दीपक थापाको संगीत र देव तेम्बेको स्वरमा रेडियो नेपालमा रेकर्ड भएको पहिलो गीत हो । पत्रपत्रिका पढ्ने बानीले सानै उमेरदेखि नै साहित्य सिर्जनातर्फआकषिर्त भएका मिजास लाहुरे हुनुभन्दा पहिला पत्रकार थिए । इटहरीको सप्तकोशी साप्ताहिक र झापाबाट निस्कने विवेचना दैनिकमा संवाददाताको रूपमा काम गरेका मिजासको राष्ट्रियस्तरका पत्रपत्रिकाहरूमा पनि साहित्य सिर्जना र लेखहरू छापिएका छन् । दिनभरि राइफल समातेर ड्युटीमा रहने र खाली समय साहित्य सिर्जनामा लिप्त हुने मिजास परम्परागत लाहुरेभन्दा फरक सोचाइ राख्छन् । उनी भन्छन्-'पैसाले केही हुदैन, मैले छोडेर जाने भनेको नै मेरो सिर्जना हो ।' नेपाली साहित्यमा शास्त्रीय साहित्य, द्वन्द्व र खण्डकाव्य लेखन हट्दै गएको र पश्चिमी साहित्यको प्रभाव बढ्दै गएको मिजासको ठम्याई छ । उनी भन्छन्- अब युवापुस्ताले नौलोकोणबाट प्रयोगवादी साहित्य सिर्जनाको खोजी गर्नुपर्छ । २०६२ सालमा उत्कृष्ट प्रवासी गजलकारको उपाधिबाट सम्मानित भएका मिजासका 'प्यास नजरको' गजलसंग्रह र 'उद्गार' गीतिएल्वम प्रकाशित कृति हुन् । त्यस्तै सीमाहीन बिम्बहरू र प्रवासी वेदनाका आवाजहरू उनका सम्पादित कृति पनि प्रकाशित छन् । आच्छा र्राई 'रसिक' स्मृति प्रतिष्ठान र आदिवासी गीतकार समाजको आजीवन सदस्य र प्रवासी साहित्य समाज ब्रनाइ बेलायतका सहसचिव पदमा रही समाजसेवाका कामहरू मिजासले गरिरहेका छन् । त्यसैगरी लाहुरे समुदायको प्रतिभा प्रस्फुटनमा सहयोग र प्रोत्साहनका लागि प्रवासी साहित्य समाज गठन गरी प्रभात पुरस्कारको स्थापना गरेको मिजास बताउछन् । अहिले लाहुरे जीवनको पहिलो छुट्टीमा नेपाल आएका मिजास 'सम्झनाको साझमा आऊ' गीत-गजल संग्रह प्रकाशनको तयारीमा जुटेका छन् । बिम्बहरू नामक कविता संग्रहको हालै काठमाडौमा विमोचन गरियो । गोरखा भर्तीका १७ जना लाहुरेहरूले लेखेका कविताहरूको संग्रह सीमाहीन बिम्बहरू'को विमोचन भिसी रामबहादुर लिम्बुले गर्नुभएको थियो । लाहुर र साहित्यलाई सगसगै लैजाने योजनामा रहेका मिजास नेपाली साहित्यमा एउटा नया इटा थप्न चाहन्छन् । उनको यो सपना कसरी पूरा हुने हो हेन बाकी छ ।

Nov 25, 2007

चाडमा गाउँ फर्किँदा

प्रेमबहादुर फ्याक

मंसिरमा संविधानसभा निर्वाचन नहुने भएपछि दसैंमै घर जाने निर्णय गरे । बसको टिकट पाउन गार्‍हो थियो । बल्लतल्ल दिवा बसको चमेरे सिटको टिकट पाइयो । त्यो दिन दमक पुगेर भोलिपल्ट लारुम्बा हुदै रवि जाने ट्याक्सी चढ्ने सोच थियो । बसबाट दमक ओर्लदै गर्दा मुसलधारे पानी पर्‍यो । लारुम्बाको बाटो गाडी चल्छ कि चल्दैन भन्ने चिन्ताले पिरोल्न थाल्यो । किनकि बर्षा हुनासाथ रतुवा खोलामा बाढी आएर गाडी चल्न सक्दैनथ्यो । गाडी नचले खोलाको बाटो हिंड्न कठिन थियो । इलाम सदरमुकाम भएर जादा पनि एक दिनमा घर पुग्न मुस्किल । नभन्दै भोलिपल्ट बिहान गाडीका स्टाफहरूले गाडी जान नसक्ने जानकारी गराए । त्यो दिन घर पुग्ने उमंग भंग भयो । बिर्तामोड-इलाम हुदै मंगलबारेसम्म गाडी र त्यसपछि ६ घन्टा पैदल हिंड्नुबाहेक अरू उपाय थिएन । दमक-लारुम्बा-रवि बाटोले स्थायित्व पाएको भए हजारौं यात्रुले कति सुविधा पाउथे होलान् । दुइ दिन लगाएर घर पुग्नुसट्टा ४ घन्टामा पुग्थे होलान् । इभाङ, बाँझो, गजुरमुखी, लुम्दे, फुएतप्पा, आमचोक, कुरुम्बा, रवि, आरुबोटे, सारङ आदि जस्ता इलाम र पाँचथरका पिछडिएका गाउँले कति छिट्टै मुहार फेर्थे होलान् । ती गाउँका बारीमा कुहिएर जाने सागपात, अम्बक, नासपाती, भोगटे, आल्चा, बखडा, आरु, स्कुस, फर्सदिले बजार पाउँथे होलान् । खरबारीका पाखामा लटरम्म फल्ने हर्र्रो, बर्र्रो र अमला कति बिक्थे होलान् । त्यहाँका पिछडिएका लिम्बूहरूको स्थिति पनि सुध्रिन्थ्यो होला ।
के गर्नु त्यो बाटोमा कुन सरकारको आँखा पुग्ने - यस्ता अनेक कुरा मनमा खेलाउँदाखेलाउँदै गाडीले बर्नेको रमाइलो चियाबारी पार गर्दै कुटीडाँडा र पाथीभराको बादलभित्र हराइसकेको पत्तै भएन । बादलुको घुम्टो चिर्दै गाडी कन्यामको सुन्दर चिया बगान, फिक्कल, गुजिल्टो परेको गोदकको ओरालो बाटो हुँदै माइखोला पुगेको पत्तै भएन । बिहानको ११ बजेतिर पुग्दा बादलुको घुम्टोले छोपिएको थियो इलाम बजार । १.३० बजेतिर खचाखच गाडी चुरेघाँटी, बिब्ल्याँटे, पुवाखोला, नेपालटार हुँदै मंगलबारेका लागि प्रस्थान गर्‍यो । नेपालटारदेखि मंगलबारेसम्मको बाटो पूरै हिलाम्मै थियो । लाग्थ्यो त्यहँ“ रोपाइ“ हुन लागेको छ । कहिले दायँ कहिले बायाँ गाडीमा बल्ड्याङ खेल्दै मंगलबारे पुग्दा साँझ पर्न लागेको थियो । त्यहाँबाट ओरालो, उकालो, जंगल अनि खोलाको बाटो ५/६ घन्टा हिँडेर पारिपट्ट घर पुग्ने आँट मलाई आएन ।
आखिर एक घन्टा हिंडेपछि धुसेनीमै बास बसियो । भोलिपल्ट फूलपातीको दिन बिहानै देउमाई खोलासम्म ओरालो झर्दा मन एक प्रकारले प्रफुल्लित थियो । खेतमा झुलेका धानका बाला समात्दै आली-आली हिंड्दा थकाइ हराएको थियो । पहिले त बाँसको फड्के पुल थियो तर देउमाई र फाकफोकको दोभानमा फलामको राम्रो झोलुङ्गे पूल बनेछ । पुल तरेर फाकफोकको किनारैकिनार धानका बालासँग खेल्दै, खोलाको चिसो पानी खाँदै अनि खोलाको एकनासे सुसाहटसँगै हिँडेको क्षण बिर्सिनसक्नु थियो । फिञ्जराबंसीको नाकै ठोक्किने उकालो काट्न मुस्किल पर्‍यो । दिउँसोको घामले निकै पसिना फुटायो । बाटा खनिएका थिए, झाडी फाँडिएका थिए खोलादेखिनै । तल पुच्छार गाउँदेखि बाजे, काका, दाइ, भाइ भेटिन थाले । फूलपातीका दिन भएकाले कोही खुकुरी भिरेर, डालो, थुन्चे बोकेर राँगा काट्न जम्मा भएका थिए । मन एक प्रकारले प्रफुल्लित थियो । घर पुग्दा थकाइ निक्कै लागेको थियो तर पनि मलाई पल्लो र तल्लो घरे काकाहरूकोमा नगई चित्त बुझेन । पहिलेभन्दा गाउँको वातावरण सुनसान थियो । मस“गै पढेका युवा कोही भारत, कोही खाडी मुलुक गएछन्, कोही लाहुरे भएछन् त कोही बिहे गरेर
छुट्टीएर बसेछन् । गाउघरमा बूढापाका र केटाकेटीमात्र भेटिए । द्वन्द्वको कारण युवाले घर छोडेछन् । उनीहरूको घरमा दशैको खुसियाली थिएन । माथिल्लो घरकी बजूलाई काका जनसेनामा लागेर नफर्केकाले दशै रमाइलो भएन । धेरैले मलाई केन्द्रमा राजनीति कस्तो छ भनेर चासो राखे । संविधानसभाबारे चासो राखे । मैले बुझेजति सम्झाए । खुसीको कुरा सधै चुलोमा बस्नुपर्ने आमाहरूको समूहले यसपटक दसैंको मौका पारेर ठूलै कार्यक्रम सञ्चालन गर्नुभयो । चेतना आएछ जस्तो लाग्यो । केही युवाले त भाले पुरस्कार राखेर भलिबल पनि खेलाए । यसपालि विगतका वर्षा जत्रो मकैको थाङ्ग्रो देखिएन गाउमा । मकै, अलैची र अदुवामा रोग लागेकाले किसान चिन्तित थिए । उनीहरूको समस्या कसले हल गरिदिने - धानबालीको स्थिति चाहि राम्रै थियो । वारिपारिका गाउ“ धानका बालाले झपक्कै ढाकिएका थिए । नौरथादेखि नगरा बजाउने साइला बाजे यो वर्षपनि उही पारामा उही नगरा बजाउदै थिए । कयौं परिवर्तनले पनि उहालाई छुन सकेनछ । फूलपातीको दिनदेखि प्रत्येक लिम्बूको घरको अगेनाको भारमा मासुको सुकुटी झुन्डिए । नवमीको दिन सुब्बाहरूका साथ मौलो पूजा गरिए पनि पहिलेको जस्तो हर्षबढाइ थिएन । दशमीको दिन सबैको निधारमा सेतो टीका -लिम्बूहरूले सेतो टीका लगाउछन् र जमरा देखिन्थे । दसैंलाई धार्मिक रूपले मात्र नभएर जमघटको अवसरका रूपमा लिएको पाइयो । टीकाको दिन ढाकर र थुन्चेमा सुगुर र कोसेली बोकेर भरियाका साथ ससुराली जाने चलन कम भएछ । ढाकर र थुन्चेलाई ब्यागले पालो दिएछ । घर-घरमा चेलीबेटी आउने क्रम सुरु भयो । बासको चोयाले बुनेका पेरुङ्गामा हरियो चिउरीको पातले कोसेली पोको पारिनुको सट्टा पुरानो कागज र प्लास्टिकले बेरिएको पाइयो । बूढापाका लिम्बू गाउमा भुवानी डुल्थे । रमाइलो भाकामा लिम्बुवान र सृष्टिको मिथक सुनाउथे । तर योपटक बूढाले भुवानी डुलेको पाइएन । त्यसो त धाननाच देखिएन, हाक्पारे र पालम पनि सुनिएन । कति रमाइलो हुन्थ्यो पहिले सोल्टी-सोल्टिनी हात समातेर रातभरि पालम गाएको सुन्दा । अहिले त केटाकेटी एकान्तमा बसेर गोप्य वार्तालाप गरेको मात्र देखियो ।
धाननाच, हाक्पारे र पालम नसुन्दा त लिम्बुवानको परिचय हराएझैं लाग्थ्यो । पालमको सट्टा घरघरमा ठूलै माइक राखेर तीन डाडा थर्किने गरी 'म तिमीलाई माया गर्छु...' 'दिलका रिस्ता....' जस्ता गीत गुञ्जिएका थिए । ज्वाइहरूले ससुराली आउदाजादा लगाउने ढाका टोपी र दौरासुरुवाल कतै देखिएन । सत्कार स्वरूप दिइने तोङ्वा -काठको ढुङ्ग्रोमा जाड हाल्ने) दिने चलन पनि हराएछ । बाहुन-क्षेत्रीका घरमा ढिंकीमा कुटेको बासनादार चिउरा खान पाइन्थ्यो पहिले तर यसपटक त बजारमा किनिएको तीतो चिउरा पो खाइयो । बरडाडामा युवा कुर्लिन्थे लिङ्गे पिङ मच्चाउदै पहिले तर यसपटक युवा तास खेल्न बढी व्यस्त देखिए । त्यो डाडाको बर पनि बूढो भएर ढलेछ । पिङको नाम कतै पनि सुन्न पाइएन ।
कान्तिपुरबाट साभार

अस्तित्व बोधको उकालीमा


टंक वनेम

टंक वनेमको कबिताले
साहित्यको बिरुवा उमार्छ कि काँडा ?
वनेम घरी घरी फक्ताङ्लुङ उक्लिन्छ
तमोरको बेगमा पौडिन्छ
उ साम्बा हो फेदाङमा होइन
किन - कामेको हो उस्को स्वर
फेदाङमाको जस्तै ।

काङ्लाचेन यकमा उभेर
फे, उध्याँउछ
तेल्लेले तेन्जियेप येबा जस्तै
आगोका लप्काहरुमा कबिता फलाक्छ
सुसुवेङबा जस्तै भविश्यको सिकार खेल्छ
सभ्यताको संस्कारमा
पात नहम्कने बेइमानी वनेम
कबिताको मैदानमा पहाड उभ्याउँछ
बिरासतको राप ताप्दै
लिँदो हो आफै
कबिता लेख्नुको मज्जा ।

किन देखेको हो यक रुङने सपना ?
किन पलाएको हो टाकुरे आकाँक्षा ?
पिपिरी पात बजाएर
के सपनाको धुन बज्छर ?
तर वनेम-
भेडा बादलको पहाड माथि उक्लिन्छ

हेर्छ तमोर बग्दै गएको मुना मैदान
हुन सक्छ-
स्वतन्त्रताको भोकले बाँचेका
ति निम्छरो मान्छेहरु
पालामको मूर्च्छनामा नाँचि रहेका देख्दा
बिद्रोहको रङ् मुछिन्छ उ भित्र
नस्टाल्जिक फोबियाका गर्तहरुले
चक्का चुली खेलाउछ तलमाथि
खाम्बुचङ थेगु वरिपरि
अस्तित्को जरामा पानी हालेर
घाम पानी ताप्ने शर्तहरुमा
पकन्दी खेल्छ रहर लाग्दै आकाँक्षा
के वनेम
इमान होइन बेइमान बोली रहेछ
हो भने वनेम
बेइमानी हो
बेइमानीको कबिता पढेर
सबै हाँसुन हा .......हा......हा......।
tankawanem@yahoo.co.uk

बिजयपुरे बुद्धिकर्णरायको छिनोफानो



टंक वनेम

इतिहासमा कलम चलाउने इतिहासकारहरुले बितेका घटनाहरुलाई अनुसंन्धान गरि इतिहासको अध्यारो बाटोमा हिड्ने यात्रीहरुलाई राँको बालेर बाटो देखाउनु हो । अथवा अध्यारोले छोपेको ज्ञानको संसारमा ज्योति बाल्नु हो । इतिहास लेखिनु पर्छ, इतिहास मेटाइनु हुन्न तर प्रमाणीत हुन सक्ने तत्थ्य घटनाहरुलाई अरु नै घटना वा पात्रहरु उपस्थित गराइ पत्यारीलो बनाउन अनेक प्रमाणको जलप लाउदै इतिहासको यात्रा गरिन्छ भने त्यो इतिहास नभएर इतिहास लेखनमा आउने बिकृति हो । त्यस्तो मनोबृतिले इतिहास मात्र भाड्दैन् देश, समाज, र जातियतामा समेत आँच ल्याउने खतरा रहिरहन्छ ।
आकाशमा सयौं ताराहरु छन् तर एउटै जूनको उज्यालोले सयौं सिताराहरुको झलमल मधुरो बनाई दिन्छ । सयौं प्रमाण पेश गरेर इतिहास लेखिए पनि एउटा सत्य प्रमाणले ति सारा इतिहासको नक्कली रुप खण्डन गरी असत्य सबुद गरि दिन्छ । नेपाली इतिहासको सर्न्दर्भमा यस्तै नक्कली सिताराहरु झलमल्लाई रहेका थिए, झाँगि रहेका छन् । तर मान्छेको चेतना हिज भन्दा आज र आज भन्दा भोली अझ तेज भएर जाँदैछ । आजका अत्याधुनीक संञ्चार माध्यम र देश बिदेशमा रहेका अरु ऐतिहासिक पुस्तक,पत्र,पत्रिका द्धारा खोजी अनुसंन्धान गर्न सजिलो भएको छ । शायद यहि कारणले मनोमानी इतिहासको हरफमा आफ्नो कलमको बिषाक्त आँसु चुहाउने इतिहासकारहरु झुट्टो साबित हुदै गइ रहेका छन् । आज भन्दा २२९ बर्ष अघिको बिजयपुरे बुद्धिकर्णरायको एउटा उदाहरण लिउँ । किराँत इतिहासकार स्व.इमानसिं चेम्जोंगले बिजयपुरे बुद्धिकर्णराय खेबाङ् लिम्बू थिए भनेर किरात इतिहासको लामो यात्रा पुरा गरी आफनो चोला उठाएका थिए । बिदेशी नामुद इतिहासकारहरुColonel Eden vansitart, Colonel Kirkpatric, Francis B. Hamilton 1819, kc Chwdhary 1960, Dr. S.k Chatterji, and Charles Mc Dougal जस्ता इतिहासकारहरु बीच पनि बिजयपुरे बुद्धिकर्णरायको बिषयमा आफनो मतहरु मिल्दाजुल्दै थिए । करिब अढाइ शय बर्ष नबाङ्गीएको बुद्धिकर्णरायको इतिहास भरखरै बाङ्गीएर बुद्धिकर्णराय देवान बन्न पुगेका थिए । तर किरात इतिहासकार श्री सि.एम देवान -याक्खा) द्धारा लिखित "बिजयपुरे बुद्धिकर्ण किरात" भन्ने पुस्तकले सटीक जवाफ दियो कि साँचो बुद्धिकर्णराय को थिए र को हुन । श्री सि.एम देवान -याक्खा) ज्यू ले इतिहास केलाउदा उहाँले जे भेटाउनु भयो जे देख्नु भयो त्यहि प्रमाणहरु जनसमक्ष ल्याउनु भयो । इतिहास लेख्ने बाटो, इतिहास लेख्ने इमानदारीता र कर्तब्य बाट कहिले पनि हलचल नभइ आफनो जातीयता र धर्मको बिरुवामा मल हाल्नु भएन । यो साहसिक अठोटले शायद आफनो जाति भित्र बिभीषण भए होलान, तर युग युगान्तरको लागि उहाँ असली किरात इतिहासकार हुन पुगेका छन् । आफनो स्वार्थ लाइ सयौं कोश टाढा राखेर इतिहासको केस्रा केलाउदै जनसमक्ष उपस्थित हुनु भनेको मानब हितमा जीवन खर्चिनु हो र सधै बाँची रहनु हो । सबैलाई घाम जस्तै छर्लङ्ग थाहा छ , श्री ५ पृथ्बीनारायण शाहको खुनी हमला पछि जित्नेहरुले आफनो इतिहासको निमार्ण गर्दा बिजयपुर मुकाम भनेर चिनिने हरिहरसेन, महापतिसेन, र कामदत्तसेन, जस्ता राजा महाराजाहरुको राज्यमा हुदै नभएको लथालिङ्गे मन्त्रि र भत्ताभुङ्गे राजा पनि थिए भनेर इतिहास निर्माण गरेका थिए । आखिर भ्रमको खेति कति दिन टिक्न सक्छर - धेरै खोज अनुसन्धानकर्ता र इतिहासकारहरुले इतिहास खोतले तर इतिहासको गर्भमा त्यस्ता नाम गरेका कुनै पनि राजा मन्त्रिले बिजयपुर दरबारमा राज्य गरेको प्रमाण पाएनन् । तर झुट्टोको बिरुवा रोपिन भने छोडिएको छैन, अहो ! बुद्धिकर्णराय त देवान थिए, अहिले आएर बुद्धिकर्ण देवान हैना र्राई पनि भएका छन् -सिलौटी टाइम्स बर्ष-२ अंक-१, २०६३-पेज-१७ - राजन मुकारुङ - किराती जातीय मुक्तिको सवाल र गणतन्त्रबादी मोर्चाको आबश्यकता) तर यो यक्ष मुद्धालाई बिभिन्न ऐतिहासिक प्रमाणहरु जुटाएर श्री सि.म देवान -याक्खा) ज्यूले फैसला गरि दिई सक्नु भएको छ । यस्तो कठिन इतिहास "बिजयपुरे बुद्धिकर्ण किरात" इतिहास लेखेर आफनो बल बुत्ता खर्च गर्नु साँचो इतिहास लेख्नेहरुको लागि एउटा असली पाठ हो । आशा गरौं श्री सि.एम देवान -याक्खा) ज्यूले देखाउनु भएको यो पाठ सिकेर अरु धेरै नेपाली इतिहासकारहरुले साँचो इतिहासको खोजि गर्ने छन् । यो लथालिङ्ग भएको किरात इतिहासको फैसला गर्ने इतिहासकार श्री सि.एम देवान -याक्खा) इतिहासले संम्झन लायकको इतिहासकार भएर संधै संधैं बाँची रहने छन् ।
यसै सन्दर्भमा उहाँले संङ्कलन् गर्नु भएको लालमोहर, दस्ताबेज र इतिहासका केहि अंशहरु हेरौं । स्वायंम् श्री ५ पृथ्बीनारायण शाह द्धारा बक्सेको लालमोहरको एक अंश यस्तो छ । "राजभारसामार्थ" श्री शुनराय, श्री कुम राय,श्री जङ् राय, भन्ने ब्याक्तिहरुलाई इति सम्बत १८३१ साल मिति श्रावण २२ रोज २ बार मोकाम कान्तिपुर राजधानी शुभाय भुभम्" भन्ने लालमोहरको अन्तमा -....ताँबा पत्रको असल्ली मुलुकी लालमोहर बाँधी माथि लेखिने लिम्बू कुल भाइलाई दियौं) भन्ने लालमोहरबाट पनि लिम्बूवानमा लिम्बूहरुकै स्वशासन चलेको सिद्ध हुन्छ । यो लालमोहरलाई अग्रेज इतिहासकार Hamilton ले पनि दोश्रो उच्च ओहोदाको पदबी बंशानुगत किरात "खेबाङ" को सन्तान दर सन्तानले अगाल्ने गर्थे भनी बर्णन गरेका छन् । त्यो किरात "खेबाङ्" थर धारी "खेबाङ लिम्बू" भएको इतिहास बाट छर्लङ्ग भएको छ
लिम्बूवानमा लिम्बूहरुको बाहुल्य रहेको यथार्थ Chales Mc Dougal को इतिहासको पाना नं. ४ मा पनि उल्लेख भएको छ । It is probable that the most important kirati chiefs this period were Limbus. Prithivi Narayan ShahÚ s proclamation to the Limbus in 1774 for example. Refers to them as the descendents of Tu tu tumyang hang. A famous chiefs of Limbuwan during the earlier period.
भावार्थः "सम्भाब्य हो कि त्यस ताकाको धेरै जसो महात्वपूर्ण किरात प्रमुखहरु लिम्बूहरु नै थिए । इ.स १७७४ -सम्बत १८३१) मा पृथ्बी नारायण शाहको लिम्बूहरु प्रतिको घोषणको उदाहरण अनुसार लिम्बूहरु आदि कालको एक प्रख्यात प्रमुख तु तु तुम्याङहाङ्का सन्तानहरु हुन" उपरोक्त घोषणको उदाहरण अनुसार पनि लिम्बूवानमा किराँत प्रमुखहरु लिम्बू नै थिए भन्नु पर्ने हुन्छ । "The Kulunge RaiÆ " नामक इतिहासको पाना नं. ७ मा Charles Mc Dougel लेख्छन् किरातहरु जस्ले सेन राज बंशको अर्ध स्वातन्त्र शासन अनुमोदन गरे, पल्लो किराँत लिम्बूवानमा ती पछि आउने हरुको -सेन बंश) समय देखि नै त्यहाँको बहु-सख्यक बिजयपुर राजधानी शासक अर्न्तगत नै थिए । र यो एक यथार्थ मानिएको छ कि सबै भन्दा धेरै तिनीहरु लिम्बू नै थिए ।
खेबाङ् बंश लिम्बूहरुले बिजयपुरमा शासन गरेको भन्ने परि प्रेक्ष्यमा डाः चैतन्य सुब्बाको "The culture and Religion of Limbus" इ.स.१९९८ संस्करणको पाना नं. २४ मा पनि बाजाहाङ् -बाजुराय) को छोरा पानो हाङ्-किराँती नाम) खेबाङ् लिम्बू भएको स्पष्ट उल्लेख भएको छ । लिम्बूहरुले बिजयपुर र मकवानपुरमा -चौदण्डी हतुवा माझ किराँत बाहेक) चौतरिया अथवा प्रधान मन्त्री भई कार्यभार सम्हालेका थिए भन्ने थप पुष्ट्याँइ गदै Colonel Eden vansitart n] The Gurkhas नामक इतिहासको पाना नं. ११३ मा उल्लेख गरेका छन् । लिम्बूवानका "लिम्बू सुब्बाहरु संग कुनै तरहले युद्ध नगर्नु हामीले मास्नु पर्ने बुद्धिकर्णराय मात्र हो" भन्ने गोरखा राजाका निर्देशनले बिजयपुर राज्यको सार्बभौमसत्ता -स्वशासनाधिकार) लिम्बू सुब्बा -सुभा) हरुसंग निहित रहेको स्वतः अनुमोदन भएको तत्थ्य अबगत हुन आउछ । अब लिम्बू र सुब्बाको सन्दर्भमा Colonel kirk Patric को इतिहासमा लेखिएको तथ्य पनि बिचार गरौं । "Account of the Kingdome of NepalÆ’ A mission on to the country in the year 1993 को पाना नं. १३ मा Subah of western turry लेखिएको छ । नेपालको पश्चिम तराइको सुब्बा, बर्तमानमा बारा भनिने जिल्लाको नाम -बारघारी) नारायणी अञ्चलमा सुब्बा रहन्थे ।
त्यस्तै उक्त इतिहासको पाना नं. ४२ मा Subahas or Governments भन्ने उल्लेख भएको छ । यहाँ "सुब्बा" अथवा "सरकार" भनिएको छ । पुनः उक्त इतिहासको पाना नं. २०२ मा The Subahas one Governores of districts भन्ने उल्लेख भएको छ । अर्थात सुब्बा भन्नाले जिल्लाको बडाहाकिम भन्ने बोध गराउछ । उक्त इतिहासकै पाना नं. २१६ मा Ride of mountains which stretches in a south east direction from the vicinity of koote to the country of the Limbooas. भनिएको छ ।
भावार्थ ...हिमाली पर्बतको धुरी कुतिको समीपताबाट पूर्बदक्षिण दिशा तर्फ लिम्बू हरुको मुलुक संम्म फैलिन्छ...) स.न. १८५६ मा तिब्बत र गोरखा बीच सन्धि भई गोरखालीले लिएको किरोंग, कुति, झुँगा, तकलखर र छेवर गुम्माको रैतिहरुको लुटिएको धनमाल र याक पशुहरु तिब्बतलाई फर्काई दिएका थिए । यस अर्थमा तत्कालीन कुति तिब्बतमा परेको बुझीन्छ । स्व.इमान सिं चेमजोङ्ले लिम्बूवानका सुब्बा र Colonel Kirk patric n] Country of Limbooas. भन्ने शब्दहरु प्रयोग गरेकोले लिम्बू भारदारले सुब्बा पद अंगालेको सिद्ध हुन्छ । बिजयपुर राज्यमा पहाडी आपुङ्गी राज्य फेदाप सम्मिलित नभइकन तिब्बतका राजा दलाइ लामाले फेदाप देशका राजा बाजाहाङका उत्तरधिकारी बिद्याचन्द्ररायलाइ गरी दिएको लालमोहर
राजा दलाई लामाको लाल-मोहर
राङशाप शु ख्येयेइ शेरक्या छियदाङ छयेडाङका लेन जोङ पेन माक पेन् कुच्छाप डिम्डुल हलाकपर चोकरिक् त्येमे गुपुनेङो गो ग्युर ।। फेदापसा बाजा हाङ्ग दिपा फास्युल फुज्याक छयेसि ।। थेना खोराङगी फाज्योद्धिकि थो प खुङ ।। नुहाङमा भागा सुम लाङ फेल दुन च्यै झयाक्ने फेन्डा छेचना मिथु थाक छयोला देलु सो सोने ङे पागी ।।
Seal of Dalai Lama मेदुक दा बा १० छ १३ लाठी ।
मोहर
तिब्बत
अर्थातः
"मेरा राज्य भरका लामा, रैति, म्याजिस्ट्रेट, गबर्नर, क्याप्टेन, पोलिटिकल एजेन्ट, जज र यिनीहरु बाहेक उत्तर दक्षिणका लिम्बू जाति/थर बंशका हाकिम रैति धनी गरिब गैहृकै मालुम -हिमालयन महायान देछेन छयोलिङ् गुम्बा धरान-१८ का प्रमुख लामा आसाङ्ग अनुसार-चोङरिक को नेपाली अर्थ -चोङ् अर्थात लिम्बू भन्ने बुझीन्छ भन्ने रीक भन्नाले जात वा थर बुझीन्छ" उप्रान्त फेदाप देशका बाजाहाङ् आफ्नो राज्य भार सब उनका पुत्रहरुलाइ जिम्मालाइकन स्वर्ग गएको छ । यो फेदाप देश बाहेक नुहाङमा भागा-सभ अरु सात फैलिएका देशहरु अघि उनिहरुका पिता-पुर्खादेखि पाई खाई चर्ची ल्याएको हो तर्सथ उपरोक्त जागीरे, ढाक्रे, लामा, गैहृले आ-आफ्नो मनमा यो मित्र राज्य सम्झी ब्याबहार गर्नु । यदि तिमीहरुले यस कुरालाई उल्लंघन गरेछौ भने यो मनमा सम्झी राख्नु कि म कुनै प्रकारले औ कहिल्यै पनि तिमीहरु पट्टी लाग्ने छैन ।
मोहर
तिब्बत
माथि उल्लेख भएको तिब्बती लालमोहरमा "चोङ" (Chong) भन्ने शब्दबाट सम्बोधन भएको देखिन्छ । तिब्बती भाषामा चोङ भनेको लिम्बू हो । पुनः अर्को परिच्छेदमा फेदापसा बाजहाङ् भन्ने शब्दले बाजहाङ् नै बाजुराय भएको इतिहास सुनिश्चित छ ।बाजुरायको उत्तराधिकारीहरु क्रमशः बिद्याचन्द्रराय, बिचित्रराय र बुद्धिकर्णराय -राय-तत्कालीन भारदारी पदबी- चौतरिया) खेबाङ लिम्बू हो भनि अग्रेज इतिहासकार Hamilton ले आफ्नो इतिहासमा उल्लेख गरि सकेकै छन् ।इसाको सातौं शताब्दीमा उत्तर हिमालयदेखि दक्षिणमा उत्तर भारतको तिरहुत, उत्तर बिहार -मिथिला प्रदेश) केहि समय तिब्बती राजा मावरोङले कब्जा गरी अधिनमा लिएका थिए । उनले पहाडी किरात भूभागलाई ४ प्रान्तमा बिभाजन गरेर प्रशासनिक ब्याबस्था मिलाएका थिए ।
१) खम्बुवान - काठमाण्डौ उपत्यका र दुधकोशी बीचको भाग ।
२) लिम्बूवान - दुधकोशी र मेची नदी बीचको भाग ।
३) लाप्चान - मेची र टिष्टा नदीको बीचको भाग ।
४) मावरोङ - उत्तर बिहार, तिरहुतको आफुले जीतेको तराइको समतल भाग ।
तिब्बती चिनिया भाषामा खम्बूवानको अर्थ कम परीश्रमले जितेको स्थान र लिम्बूवानको अर्थ बढी परिश्रमले जितेको स्थान बिशेष हुन्छ । राजा मावरोङले यही मनसायले प्रान्तहरुको नामाकरण गरेको बुझीन्छ । दश सोब्बा नेता हरुले लिम्बूवानलाई कब्जा गरेपछि याक्थुङबाहरु सोब्बा -सुभा, सुब्बा) भएर चिनिन थाले ।इ. १३६४ साल तिर बिजयपुर मोरङमा साङलाइङ नामका याकथुङबाले शासन गर्दै थिए । उनि पछि उनैका छोरा पुङलाइङ राजा भए । हिन्दु ब्राम्हृणहरुको चाकडीले प्रभाबित भएर उनले हिन्दुमत लिएर आफ्नो नाम समेत "अमर राय" राखे । यसैको प्रभाबले गर्दा याकथुङबाहरु बिस्तार बिस्तार राय भनिन थालिएको थियो । लन्डनस्थित्- ब्रिटिस लाइब्रेरीमा सूरक्षित ब्रायन हज्सनले संङकलन गरी तयार पारिएको पाण्डुलिपि हाल संम्म फेला परेका लिम्बू संम्बन्धि पुरानो लेखोट हो । सो पाण्डु लिपि, भोल्युम् ६० -पृ २४०) मा लिम्बूवानको चार किल्ला उल्लेख गरिए अनुसार "मेची नदी देखि पश्चिम अरुन नदी देखि पूर्ब वालुमसोम गोला तोक्पे गोला देखि दक्षिण चिहुरामाक्रा देखि उत्र यति भित्र लिम्बुवान" भन्ने ऐतिहासिक प्रमाण अनुसार पनि लिम्बूवानमा लिम्बूहरुले नै राज्यको शासन भार सम्हालेको बुझीन्छ । अतः माथि लेखिएको प्रमाणहरुको आधारमा पल्लो किराँत -लिम्बूवान) को बिजयपुर राजधानीको अन्तिम चौतरिया -प्रधान मन्त्री) राजभारसामार्थ देवान बुद्धिकर्णराय भन्ने थर धारी लिम्बू भएको ठोकुवा साथ भन्नु पर्ने हुन्छ । प्रतापसिंह शाहले अभिमानसिंहलाई बि.स.१८३४ श्रावण २ मा लेखेको पत्र अनुसार बुद्धिकर्ण राय खेबाङलाई बि.स. १८३४ मा मारिएको थियो । Francis B. Hamilton को इतिहास अनुसार उहाँको प्राण जान ३ दिन लागेको थियो । उनको असामयिक मृत्युले उनको आत्मा जागी मानिसहरुलाई पिरोल्न थाले कोले केहि बिजुवा/ पण्डितहरुले बुढा सुभाको समाधिस्थलमा पूजा गर्न थाले । त्यहि बूढा सुभाको समाधिस्थल नैं बर्तमान बूढा सुब्बाको मन्दिर बनेको छ ।बुद्धिकर्णराय खेबाङ लिम्बू बारे जान्न बुझन र इतिहासको गहिरो अध्यन गर्नको लागि भने इतिहासकार C.M. dewan (yakkha) द्धारा लिखित "बिजयपुरे बुद्धिकर्ण किरात" पुस्तकको नजर गर्नै पर्ने हुन्छ । यि प्रमाणहरुको आधारलाइ जानी बुझीकन पनि कसैले इतिहासकै धरातल भत्काएर पुनः नयाँ इतिहासको जग खन्ने शुभारम्भ गर्छ भने आउने सन्ततिहरुको लागि शिक्षा हो कि धोका हो चेतना भयाः ।


सन्दर्भ सूचि
C.M. Dewan (yakkha) - बिजयपुरे बुद्धिकर्ण किरात ।
प्रेम बहादुर माबोहाङ् बि.स २०११ - संक्षिप्त नेपालको इतिहास ।
इमान सिं चेमजोङ - The History and culture of Kirat people. A=D= 1967.
बैरागी काइला -बहा जर्नल, पृ.बर्ष३, अंक-३, २०६३ ।
अर्जुन माबुहाङ् - लिम्बुवान ।

अर्जुन लिम्बू

वि. स. २०२१ साल असार ११ गते ताप्लेजुङको फुरुम्बो गाविसमा जन्मनुभएको हो । उहाँ भौतिक विज्ञानमा एम्.एस्.सी. र समाजशास्त्रमा स्नातकोत्तर हुनुहुन्छ । उहाँ हाल विज्ञान विषयको उपप्राध्यापकको रुपमा त्रिचन्द्र क्याम्पसमा अध्यापनरत हुनुहुन्छ । किरात याक्थुङ चुम्लुङका अध्यक्ष अर्जुन लिम्बू वैचारिक व्यक्तित्वको रुपमा चिनिनु हुन्छ । जातीय स्वायत्ततासहितको लिम्बुवानको स्थापना लिम्बू जाति र चुम्लुङको न्यूनतम लक्ष्य रहेको बताउनुहुने उहाँ लिम्बूहरुको सामुदायिक हकअधिकारको लागि चुम्लुङ निरन्तर लागिरहने प्रतिवद्धता व्यक्त गर्नुहुन्छ । सैद्धान्तिक रुपले मध्यममार्ग अपनाउन रूचाउनु हुने उहाँ शान्तिपुर्ण आन्दोलनको पक्षपाती हुनुहुन्छ । नेपालमा हुन लागेको संविधानसभाको निर्वाचनमा लिम्बू जातिलगायत नेपाल आदिवासी जनजाति महासङ्घमा आवद्ध सम्पूर्ण आदिवासी जनजाति संस्थाहरुलगायत अन्य सामाजिक शक्तिहरुको छुट्टै सदन हुनु पर्ने र राजनीतिक पार्टीको छुट्टै सदन हुनुपर्ने बताउनुहुने उहाँसँग हाम्रा प्रतिनिधी अमर तुम्याहाङ र भीमसेन लिङ्दमले लिनुभएको कुराकानीको सारसङ्क्षेप प्रस्तुत छ
किरात यक्थुङ चुम्लुङङको छैटौ महाधिवेशनले के के निर्णय गरेको छ ?
किरात यक्थुङ चुम्लुङङले आफ्नो प्रथम महाधिवेशनदेखि पाँचौ महाधिवेशनसम्म गरेका निर्णयहरु मूलतः लिम्बू जातिको सामाजिक, साँस्कृतिक, भाषिक र विकास सम्बन्धी मात्रात्मक रूपमा बढी रहे । तर २०६३ -जेठ २६-२९) मा दमकमा सम्पन्न चुम्लुङको छैटौँ महाधिवेशनले पुराना निर्णयरूलाई निरन्तरता दिँदै थप राजनैतिक सवालहरूसम्बन्धी निर्णयहरु गरेको छ । २०६२/२०६३ को ऐतिहासिक जनआन्दोलनले हाम्रो सोचाइमा आमूल परिवर्तन ल्यायो । यही परिप्रेक्षमा यसअघि हामीले गौणरूपमा उठाइआएका मुद्दाहरूलाई विशेष रूपमा उठाउनुपर्छ र व्यवहारमा मुर्तरुप दिनुपर्ने सोचाइ बन्यो । त्यहीअनुसार विचारहरू अगाडि आए । सङ्घीय लोकतान्त्रिक गणतन्त्रअर्न्तर्गत जातीय स्वायत्त लिम्बुवान राज्य स्थापना हुनुपर्ने निर्णय भयो । त्यो जातीय स्वायत्ततासहितको लिम्बुवान राज्य प्राप्त गर्नको लागि संविधानसभालाई माध्यम बनाउनु पर्छ र संविधानसभामा लिम्बूहरूको अर्थपुर्ण सहभागिता हुनुपर्ने भन्ने
निर्णय भयो । यी दुइ विषयमा किरात याक्थुङ चुम्लुङको सम्पुर्ण शक्ति केन्द्रित गर्नुपर्ने निर्णय पनि चुम्लुङको महाधिवेशनले गरेको छ । २०६२/६३ को जनआन्दोलनले नेपाली जनता र्सार्वभौम भएको मान्यता स्थापित गरेको छ । यही मान्यताअनुरूप लिम्बूहरू पनि अरू नेपाली नागरिकहरू सरह र्सार्वभौम हुन् भन्ने मान्यताका साथ उनीहरूले आफ्नो विषयमा आफैले निर्णय गर्न पाउनुपर्छ भन्ने विचार अगाडि सारिएको हो । संविधानसभाको निर्वाचनमा लिम्बूहरूको अर्थपूर्ण सहभागिताको कुरा गर्नुभयो । अर्थपूर्ण सहभागिता भनेको के हो ? हामीले भन्न खोजेको कुरा के हो भने जुन लिम्बूले संविधानसभामा प्रतिनिधित्व गरेर जान्छ उसले लिम्बूजातिको हक, अधिकार र विकाससम्बन्धी एजेन्डा लगेर जानुपर्‍यो । ऊ विना एजेन्डा साक्षीको रूपमा मात्र उपस्थित हुनुभएन । त्यो एजेन्डाभित्रको मूल मुद्दा भनेको जातीय स्वायत्ततासहितको लिम्बुवान राज्यको स्थापना हो । यीबाहेक धर्मनिरपेक्षता, भाषिक समानता, प्राकृतिक स्रोत साधनहरूमाथिको अधिकार लगायतका कुराहरू पनि एजेन्डाभित्रका विषयहरू हुन् र संविधानसभा प्रतिनिधित्व गर्न लिम्बूले ऊ लिम्बूहरूको प्रतिनिधिको हैसियतले उक्त विषयहरू उठाउन सक्नुपर्छ । हामीले अगाडि सारेको अर्को कुरा के भने संविधानसभा अल्पमत बहुमतको कुरा हुनुभएन । नेपाल राज्यभरिको जनसङ्ख्याको आधारमा लिम्बूहरू अल्पसङ्ख्यामा परेकै कारणले उसको आवाज नसुनिने अवस्था सिर्जना हुनुभएन । लिम्बूहरूको तर्फाट ऊ एकजना नै मात्र भए पनि आदिवासी लिम्बूहरूको विषयमा उसका कुराले प्राथमिकता पाउनुपर्छ । यदि उसले राखेको कुराले प्रमुखता पाएन र बहुमतको नाममा अन्य कुरा लादियो भने आफ्नो विषयहरूको वचाउको लागि उसमा विशेषाधिकार हुनुपर्‍यो, भिटो पावर प्रयोग गर्न सक्ने व्यवस्था हुनुपर्‍यो । यसो भएमा मात्रै लिम्बू जातिका हित हुनसक्छ । यर्सथ अर्थपूर्ण सहभागिता भन्नाले एजेन्डासहितको प्रतिनिधि हुनुपर्‍यो, उसको सक्रिय सहभागिता हुनुपर्‍यो र आफ्नो एजेन्डाको बचाउ गर्नुपर्‍यो । त्यसको लागि उसमा भिटो पावर पनि हुनुपर्‍यो ।

राज्यले नै नेपाल राज्य धर्म निरपेक्ष राज्य घोषणा गरिसकेको अवस्थामा धर्म निरपेक्षको नारा सान्दर्भिक छ त ?

जनआन्दोलनको बलले पुनर्स्थापित प्रतिनिधिसभाले धर्म निरपेक्ष राज्यको अवधारणालाई अन्य विषयसँगै पारित गरेको छ । यसलाई अन्तरिम संविधानमा पारियो भने हामीले उठाएको धर्म निरपेक्षताको कुरा एकहदसम्म सकिएको मान्नुपर्छ । त्यसपछि धर्मनिरपेक्षताको कुरा व्यवहारमा कसरी रूपान्तरण गर्ने त्यसलाई कसरी अनुभूत गर्ने भन्नेकुरा हाम्रो सरोकारको विषय हो । अझै पनि यसलाई व्यवहारमा लागू गर्ने गराउने सर्न्दर्भमा खवरदारीको आवश्यकता छ । यही कारण हामीले यो नारालाई निरन्तरता दिएका हौ ।

सङ्घीय संरचनाअर्न्तर्गत स्वायत्त लिम्बुवान राज्य स्थापनाको निर्णय राजनीतिक निर्णय हो । २०६२/०६३ को आन्दोलनले ल्याएको परिवर्तनपछि मात्र चुम्लुङ बाध्य भएर यो राजनीतिक निर्णय गरेको हो भन्ने आरोप छ । यसबारेमा तपाईंको के भनाइ छ ?
किरात याक्थु चुम्लुङ ले आफ्नो स्थापना कालदेखि नै लिम्बू जातिको हकअधिकारका कुराहरू उठाइआएको हो । यी हकअधिकारका कुरामा भाषिक अधिकार, सांस्कृतिक अधिकार, राजनीतिक अधिकारहरू नै हुन् । तर परिस्थितिअनुसार कुनै विषय कुनै समयमा विशेष रूपमा उठाइए र कुनै समयमा कुनै विषय गौण रूपमा उठाइए । मात्रात्मक रूपमा विषय उठानमा भिन्नता त छ । तर पनि लिम्बूहरूको राजनैतिक अधिकारहरू बारेमा धरानमा सम्पन्न चुम्लुङ को पाँचौ महाधिवेशनले नै पारित गरेको छ । त्यो महाधिवेशनमा आत्मनिर्णयसहितको लिम्बुवान राज्य हुनुपर्छ भन्ने कार्यपत्र नै प्रस्तुत भएको थियो र त्यही बेला नै हामी आत्मनिर्णयसहितको लिम्वूवान राज्यमा मात्रै लिम्बूहरूको भाषिक, संस्कृतिक, सामाजिक, आर्थिक विकास सम्भव छ । यो हाम्रो विगत १५ वर्षो अनुभवको निचोड हो । यो कुरालाई हामीले पाँचौ महाधिवेशनको समसामयिक प्रस्तावमा पनि पारित गर्‍यौँ । त्यसकै आधारमा आदिवासी जनजाति विकाससम्बन्धी एजेन्डा २०६१ बनायौँ । त्यही एजेन्डामा लिम्बूहरूको भाषाको स्थिति कस्तो हुनुपर्छ, सांस्कृतिक अवस्था कस्तो हुनुपर्छ, प्राकृतिक स्रोतसाधनमाथिको अधिकार कस्तो हुनुपर्छ लगायतका विषयहरू अगाडि सार्दै समावेशी प्रजातन्त्रमा मात्र लिम्बू जातिको पूर्ण विकास सम्भव छ भन्ने विचार अगाडि सार्‍यो । त्यसमा स्पष्टै रूपमा लिम्बुवान स्वायत्तता र लिम्बूजातिको अग्रधिकारका कुराहरू उल्लेख छन् । त्यहाँ वसोवास गर्ने अल्पसङ्ख्यकहरूको अधिकार सुरक्षित गर्ने लगायतका विषयहरू पनि त्यहाँ समेटिएका छन् । यसरी २०६२/०६३ को जनआन्दोलन हुनुभन्दा डेढ दुइ वर्षपहिले नै सम्पूर्ण लिम्बू समुदायको संलग्नतामा लिम्बूहरूको विकाससम्बन्धी एजेन्डामार्फत हाम्रो आत्मनिर्णयको अधिकार सहितको लिम्बुवानको अवधारणा अगाडि सारिसकेका थियौँ । यर्सथ जनआन्दोलनपछि मात्र चुम्लुङले राजनीतिक निर्णय गर्‍यो भन्ने आरोपमा कुनै तुक छैन । अर्को स्मरणीय कुरा के पनि छ भने वि. सं . १८३१ को तथाकथित एकीकरणपछि पनि लिम्बू जातिहरूले केही मात्रामा स्वायत्तताहरू उपभोग गर्दै आएको इतिहास र्छलङ्गै छ । १८३१ मा पृथ्वीनारायणसँग भएको सम्झौताअनुसारका लिम्बूजातिले पाएका स्वायत्तताका अधिकारहरू केन्द्रीय शासकहरू जबजब शक्तिशाली बन्दै गए तबतब खोस्दै लाने काम भयो । २०२४ सालमा आएर लिम्बुवान स्वायत्तताको समूल अन्त्य भयो । यद्यपि २०२४ अघिसम्म १८३१ मा लिम्बुवान र पृथ्वीनारायणवीच भएको सम्झौता विभिन्न किसिमले नवीकरण हुँदै आयो । यर्सथ हामीले अहिले उठाइआएको लिम्बुवान स्वायत्तता राज्यको अवधारणा कुनै नौलो विषय होइन । परापूर्वकालदेखि लिम्बूहरूले निरन्तर रूपमा उपभोग गर्दै आएको कुरा नै हो । तर पछिल्लो समयमा केन्द्रीय शासकहरूले त्यसलाई अतिक्रमण गरे । हामी हाम्रो त्यही हिजोको लिम्बुवानको अनि त्यसअर्न्तर्गत उपभोग गरिएको अधिकारहरूको निरन्तरताको रूपमा आज आत्मनिर्णयको अधिकारसहितको लिम्बुवानको कुरा गरिरहेका छौँ । राजनीतिक पार्टीले घोषित वा अघोषित रूपमा नेपालमा एकात्मक शासन व्यवस्था यहाँको बहुसांस्कृतिक, बहुभाषिक, वहुधार्मिक समाज सुहाउँदो छैन भन्ने कुरा बुझेको देखिन्छ । ०६२/०६३ को जनआन्दोलन पश्चात् पुनर्स्थापित प्रतिनिधिसभा घोषणापत्रमा पनि यही कुरालाई ध्यानमा राखी राज्य पुनर्संरचना गर्दै समावेशी राज्य प्रस्तावनामै निर्णय गर्ने कुरा उल्लेख भएको छ । यस्तै आमसहमति भए पनि राज्यको पुनर्संरचना कसरी गर्ने भन्नेमा रकफरक अभिमतहरू छन् । कसैको ठोस विचार आएको छ । कतिपय पार्टी विचार बनाउने क्रममा छन् । तर जे भए पनि पहिलेदेखि नै हामी स्वायत्तता र सङ्घीयताको विषयमा लागेकाले हामी हाम्रोबारेमा लिम्बू भएर लिम्बूहरूको अधिकारको लागि बोल्छौँ । हामीले हाम्रो अधिकारको कुरा गर्दा अधिकार उपयोग गर्दा एमाले, काङ्ग्रेस वा माओवादी वा अन्य पार्टी के भन्छ भन्ने गौण कुरा हो । हामी जनता हौँ । पार्टी जनताको अभिमतअनुसार काम गर्ने हुनाले उनीहरूले आफ्नो विचार लाद्ने कुरा हुन्न र्सार्वभौम जनताको हकमा । हामी लिम्बूहरू पनि र्सार्वभौम भएकाले कुनै राजनीतिक पार्टी नेताले आफ्नो विचारको जुवा भिराउने कुरा स्वीकार्य छैन । हाम्रो लागि हामी आफै निर्णय गर्न सक्छौँ र निर्णय अनुसार काम गर्न पनि सक्षम छौँ । वर्तमान अवस्थामा आम जनता राज्यको पुनर्संरचना सङ्घीय आधारमा हुनुपर्छ भन्ने पक्षमा छन् ।


लिम्बुवान स्वायत्त राज्यको विशेषता के हो ?
राज्य पूर्णरूपमा सङ्घात्मक शासनमा गएमा सम्पूर्ण सङ्घ राज्यहरूको अधिकारहरू समान हुन्छन् । लिम्बुवान लिम्बूहरूको ऐतिहासिक भूमि हो । वर्तमान नेपालमा लिम्बुवान भनेको अरुणपूव तिब्बत सीमाना दक्षिण, पूवमा भारत सीमासम्म हो भने दक्षिणमा सीमा निर्धारण गर्न एउटा सीमा अध्ययन टोली गठन गरी निर्धारण गर्ने महाधिवेशनले नै निर्ण्र्ाागरेको छ । यसरी हाम्रो ऐतिहासिक सीमा र हाम्रो वाहुल्यताले लिम्बुवान छुट्याउन सकिन्छ । परापूवकालदेखि लिम्बुवान भूमि आवाद गरेको, भोग चलन गर्दै आएको कारणले हाम्रो अग्रधिकार हुनुपर्छ । यसको अर्थ अरूले अधिकार नै पाउँदैनन् भन्ने होइन । पछिल्लो समयमा बसाइँसराइ गरी आउने जातिले पनि अल्पसङ्ख्यकको अधिकार पाउँछन । मानवअधिकार र आदिवासी अधिकार, बहुदलीय प्रतिस्पर्धा, प्रेसस्वतन्त्रता आदि गणतान्त्रिक राज्यका सम्पूण्ा मौजुदा कुराहरू उपभोग गर्न पाउँछन् लिम्बुवान राज्य भित्रैका अन्य आदिवासीहरूले पनि क्षेत्रगत आधारमा उनीहरूले चाहेमा आत्मनिर्णयको अधिकारसहितको व्यवस्था कायम गर्न सक्छन् । यसलाई हामीले स्वायत्तताभित्रको स्वायत्तता भनेका छौँ । यसले आन्तरिक उपनिवेशबाट सानो सङ्ख्यामा रहेका जातिहरूलाई पनि मुक्ति दिलाउँछ भन्ने हाम्रो विश्वास छ । लिम्बुवानभित्रका आदिवासी जनजातिहरूलाई पनि आन्तरिक उपनिवेशबाट मुक्त रहने वातावरण कायम हुनेछ । चुम्लुङले अगाडि सारेको आत्मनिर्णयको अधिकार कस्तो अधिकार हो ? वर्तमान अवस्थामा लिम्बूहरूले प्रयोग गर्ने आत्मनिर्णयको अधिकार भनेको नेपालकै अखण्डताभित्र प्रयोग गर्ने अधिकार हो । यही नेपालको अभिभाज्यताभित्र रहेर लिम्बूहरू आफैले आफ्नो जातिको विकास गर्न सक्छन् भन्ने हाम्रो विश्वास हो । केन्द्रीय शासन वा अन्य जातिबाट उत्पीडन चरम रूपमा भएमा त्यतिखेर विभाजन हुन सक्ने, छुटिनसक्नेसम्मको पनि यो आत्मनिर्णयको अधिकारको कुरा अगाडि बढ्न सक्छ । तर छैटौँ महाधिवेशनले यहाँसम्मको आत्मनिर्णयको छैन । मार्क्सवादी सिद्धान्तअर्न्तर्गत लेनिनले परिभाषा गरेजस्तो सँगै बस्ने या छुटिएर अलगै बस्ने नभई हामीले यसलाई संयुक्त राष्ट्रसङ्घको आदिवासी अधिकारसम्बन्धी मस्यौदा घोषणापत्रको आधारमा निर्णय गरेका छौँ । हामीले चाहेको आन्तरिक उपनिवेशीकरणको अन्त्य हो । त्यसको लागि जातीय स्वायत्तता चाहिन्छ । नेकपा माओवादीले किरात प्रान्तको विचार अगाडि सारेको छ । यसअनुसार लिम्बुवान किरात प्रदेशमा पर्छ ।


यसले त अर्को नयाँ आन्तरिक उपनिवेशीकरण निम्त्याउछ हैन र ?
लिम्बूहरू जातिको रूपमा विकासित भएका छन् । उनीहरू एउटा राष्ट्रको रूपमा विकासित भएका छन् । लिम्बू जातिको आफ्नै लिखित अलिखित इतिहास छ । उसको आफ्नै भाषा संस्कृति र परम्परा छ । लिम्बू जातिका पूर्खाहरूले चलाएका उपभोग गरेका जुन शासन प्रणाली छ, स्वायत्तता छ । त्यो कुनै न कुनै रूपमा अविछिन्न रूपमा कायम भइआएको छ । त्यसप्रति लिम्बू जाति गौरवान्वित छ । यर्सथ लिम्बूहरू आत्मनिर्णयको अधिकारसहितको लिम्बुवान राज्य चाहन्छन् । लिम्बुवान राज्य उनीहरूको मनगडन्ते कल्पना होइन । यो उनीहरूको हिजोको यथार्थता हो । शासकहरूले यसलाई तहसनहस गर्न चाहेर पनि आज पनि लिम्बूहरूको मनमस्तिष्कमा ताजा रूपमा कायम छ । राजनीतिक पार्टीको सर्न्दर्भमा अघि पनि भनेँ । उनीहरू जनचाहना मुताविक चल्नुपर्ने हुनाले उनीहरूले आफ्नो नीतिमा परिवर्तन ल्याउनुपर्छ । माओवादीले लिम्बुवानका जनताको कुरा सुनेर आफ्नो नीतिमा परिवर्तन गर्नुपर्छ । एमाले वा काङ्ग्रेसको नीति नै छैन भने अब उसले पनि त्यस्तो नीति बनाउनुपर्छ । प्रमुख कुराचाँहि सम्बन्धित क्षेत्रका जातिले के भनिरहेका छन्, मागिरहेका छन् भन्ने हो । हामीलाई आजसम्मका शासक जातिले शोषण गरेको, पछाडि पारेको हुनाले अब यस्तो नहोस् हामी आफैले आफू र आफ्नो क्षेत्रको विकासमा लागौँ, हामी फेरि द्वन्द्वमा नफसौँ भन्ने समयको निर्णायक मोडमा उभिएका छौँ । अब हामीले आआफ्नो ठाउँको विकास गरौँ, दिगो शान्ति कायम गर्दै समृद्ध नेपालको निर्माण गरौँ भन्ने चाहना राख्छौँ। २०६२/०६३ को जन आन्दोलनपछि हामी लिम्बूहरू पनि र्सार्वभौम भयौँ । यो र्सार्वभौम अधिकारलाई व्यवहारमा कसरी उतार्ने भन्ने कुरामा चुम्लुङ लागेको छ, लिम्बूहरू लागेका छन् । लिम्बुवान प्रान्त प्राप्त भयो भने शक्ति बाँडफाँडको आधारमा केन्द्रमा केके अधिकार रहन्छ र प्रान्तमा केके अधिकार रहन्छ ? त्यसअवस्थामा केन्द्र सरकारमा मौद्रिक, परराष्ट्र र सुरक्षासम्बन्धी अधिकारहरू रहन्छन् । यीबाहेक भाषिक, सांस्कृतिक, आर्थिक, यातायात, सञ्चार, विकास आदि सम्पूण्ा अधिकारहरू लिम्बुवान प्रान्तीय सरकारमा रहनेछन् । दुइवटा प्रान्त वा सङ्घ राज्यहरूको बीचमा फैलिने किसिमको परियोजनाहरू आयो भने केन्द्रको संयोजनकारी भूमिका रहन सक्छ । परराष्ट्र सम्बन्धमा पनि प्रान्तले आफ्नो व्यापार प्रबर्द्धनको लागि वाणिज्य दूत राख्न पाउने, सांस्कृतिक र पर्यटन प्रबर्द्धनको लागि सांस्कृतिक दूतहरू राख्न पाउनुपर्छ । यसरी नै सुरक्षामा पनि पारामिलिटरी प्रान्तले राख्न पाउनुपर्छ । चुम्लुङ सामाजिक संस्था भएर पनि राजनीतिक निर्णय गर्‍यो ।


अब चुम्लुङ राजनीतिक पार्टी रूपमा विकसित भएको हो ?
चुम्लुङ सामाजिक ऐनअर्न्तर्गत दर्ता भएकोले सामाजिक संस्था भनिएको हो । तर चुम्लुङ लिम्बू जातिको प्रतिनिधिमूलक संस्था भएपछि यसले सम्पूर्ण लिम्बूहरूको सबैखाले भावनाहरू बोक्नै पर्छ । यस्ता संस्थालाई विश्वभरि नै आदिवासी सङ्गठन भनिन्छ । त्यस्तो आदिवासी सङ्गठनले आआफ्नो देश, काल र परिस्थितिअनुसार आफ्नो भूमिका निर्वाह गर्छ । यस्ता संस्थाहरूले एउटा जातिको लागि चाहिने राजनीतिक, सामाजिक, सांस्कृतिक, भाषिकलगायत सम्पूर्ण अधिकारहरूको वकालत गर्छ । चुम्लुङको सर्न्दर्भ पनि यही । चुम्लुङ सामाजिक संस्था भएर पनि राजनैतिक कुरा गर्न सक्छ । यहीअनुसार चुम्लुङ ले लिम्बू जातिको राजनीतिक अधिकारको कुरा अगाडि बढाएको हो । आदिवासी सङ्गठन र राजनीतिक पार्टी सबैले राजनीतिक क्रियाकलाप र कुरा गर्छन् । तर उनीहरू बीचमा भिन्नता ल्याउने एउटै मात्र आधार छ । त्यो के भने राजनीतिक पार्टी चुनाव लड्छन् र सत्तामा जान्छन् तर आदिवासी सङ्गठनले त्यसो गर्दैनन् । उसले राजनीतिक कुरा राजनीतिक पार्टीसम्म पुर्‍याउने काम मात्र गर्छ ।


अर्थपूर्ण सहभागिताका लागि प्रतिनिधित्व गर्ने कुरा र उम्मेदवारी नदिने कुरा त बाझियो नि ?
हाम्रो प्रस्तावअनुसार संविधानसभाको गठन हुँदा दुइ प्रकारले हुनुपर्‍यो भन्ने हो । एउटा सदनमा राजनीतिक पार्टीको प्रतिनिधित्व हुनुपर्‍यो र अर्को सदनमा समुदायगत प्रतिनिधित्व हुनुपर्‍यो । राजनीतिक पार्टीमा पनि समावेशीय आधारमा जातीय, लिङ्गीय रूपमा प्रतिनिधित्व हुनुपर्छ र सामुदायिक प्रतिनिधित्वमा चाहिँ सङ्ख्यात्मक हिसाबले हुनुभएन । जस्तै मगरको जनसङ्ख्या १८ लाख भएकाले १८ जना या लिम्बूहरू साडे तीन लाख भएकाले ३ जना नभएर प्रत्येक जातिको १ जनाको दरले प्रतिनिधि छानिनु पर्‍यो । यसरी छानिने प्रतिनिधिहरूको भिटो पावर हुनुपर्छ । यस्तो व्यक्ति हरेक हिसावले सक्षम र राजनीतिक रूपले सचेत हुनुपर्छ तर उसले सम्बन्धित जातिको प्रतिनिधित्व गर्नुपर्छ । यस्तो प्रतिनिधिमा राजनीतिक पार्टी हृवीप लाग्ने वा कुनै पार्टी निर्देशन मान्नै पर्ने हुनुहुन्न । यस्तो प्रतिनिधिले नै साँचो अर्थमा जनजातिको प्रतिनिधित्व गर्नसक्छ भन्ने हाम्रो विश्वास छ । योभन्दा उत्तम प्रणाली अरू कुनै पार्टी नागरिकसमाजका तर्फाट प्रस्तावित भएमा नस्वीकार्ने भन्ने छैन । तर लिम्बूलगायतका आदिवासीहरूको अर्थपूर्ण सहभागिता हाम्रो अनिवार्य शर्त हो ।


चुम्लुङले अगाडि सारेका विचारहरू लिम्बूहरूको सर्न्दर्भमा मात्र हो कि अन्य जनजाति सङ्घसंस्था र महासङ्घसँग पनि समन्वय गरेर अगाडि सार्नुभएको हो ?
किरात याक्थुङ चुम्लुङको छैटौँ महाधिवेशनबाट अगाडि सारिएका विचारहरू लिम्बू जातिसापेक्ष भएर प्रस्तुत गरिएका हुन् । तर यी विचारहरू निर्माण गर्ने क्रममा नेपाल आदिवासी जनजाति महासङ्घमा आवद्ध सम्पूर्ण जनजातिहरूले छलफल गरी निकालेको सामुहिक निष्कर्षहो । यो विचार चुम्लुङको एकलौटी विचार होइन । लिम्बूहरूको भाषिक, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारहरू राजनीतिक विचारले मात्र समाधान गर्छ भन्ने निष्कर्षा चुम्लुङ पुगेको पाइयो । तर चुम्लुङले राजनीतिक सत्ता प्राप्तिको लागि उम्मेदवारी नदिने भन्नुभयो । चुम्लुङले सोचेजस्तै राजनैतिक वातावरण सृजना भएमा चुम्लुङको अस्तित्व के हुन्छ ? हामीले चाहेकै कुरा प्राप्त भयो भने लिम्बू जातिको इच्छा आकाङ्क्षाहरू संविधानमा सुनिश्चित भयो भने त्यसको कार्यान्वयन त बाँकी नै रहन्छ । संविधानमा उल्लेखित कुरालाई व्यवहारमा उतार्न सरकारलाई दवाव दिने, पैरवरी गर्ने, लिम्बू जातिको विकाससम्बन्धी जनवकालत गर्ने काम चुम्लुङले गुनगर्छ । स्वभाविक रूपले उसको भूमिकामा भिन्नता आउँछ । सङ्घीय संरचना व्यवहारमा लागू भयो भने लिम्बुवानबाहेकको मुलुकको अन्य प्रान्तहरूमा त लिम्बूहरू अल्पमतमा हुन्छन् । ती अल्पमतमा रहेका लिम्बूहरूको हक अधिकारको वकालत गर्ने काम चुम्लुङले गर्छ । अर्को कुरा हामीले परिकल्पना गरेअनुसारको समुदायगत प्रतिनिधित्वको विधायिका बनेमा लिम्बुवान स्वायत्त राज्यको प्रतिनिधित्व गरेर आउँछ र चुम्लुङले आफ्नो भूमिका निर्वाह गर्छ । तर हामीले अर्थात् लिम्बू जातिले अगाडि सारेका विचारहरू लागू नभएमा हामी वा चुम्लुङ लिम्बूहरूको राजनीतिक, सामाजिक, सांस्कृतिक हक अधिकार प्राप्तिको लागि निरन्तर संघर्षमा लाग्छ । संघर्षको रूप भने शान्तिपूर्ण नै हुन्छ । चुम्लुङमा सबैखाले राजनीतिक विचार भएका लिम्बूहरुको जमघट छ ।


भोलि चुनावमा आआफ्नो विचार र आस्था भएका पार्टी लागे भने चुम्लुङको विचार कतै अलपत्र त पर्दैन ?
चुम्लुङले सम्पूर्ण लिम्बूहरूलाई के अनुरोध गर्न खोजेको हो भने संविधानसभाको निर्वाचन संसदीय निर्वाचनजस्तो सामान्य र नियमित निर्वाचन नभई यो विशेष निर्वाचन हो । यो निर्वाचन भनेको हाम्रो हकअधिकारहरू निर्धारण गर्ने निर्वाचन हो । त्यसैले संविधानसभाको निर्वाचनमा हाम्रा सम्पर्ूण्ा राजनीतिक आस्था र विचारलाई एकपटक थाँती राखेर हाम्रो सामुदायिक हकअधिकार स्थापित गर्न जातिगत राजनीति अधिकार संविधानमा लेखाउन सामूहिक रूपमा प्रयत्न गरौँ । यहाँ सामुदायिक हकअधिकार भन्नाले भाषिक, सामाजिक, आर्थिक, सांस्कृतिक हक अधिरकारहरू हुन् । यी हकअधिरकारहरू लिम्बुवान सङ्घीय राज्यको रूपमा स्थापना गरी उपभोग गर्ने वातावरण बनाऔँ भन्ने चुम्लुङको अनुरोध हो । लिम्बू जातिको इच्छा आकाङ्क्षा संविधानमा संविधानसभा मार्फ सुनिश्चित भइसकेपछि भोलि त्यसको कार्यान्वयनको लागि हुने चुनावमा आआफ्नै आस्थाको पार्टी लागौँला, चुनाव लडौँला, प्राप्त हकअधिकारहरू व्यवहारमा उतार्न र उपभोग गर्न गराउन प्रयत्न गरौँला । तर संविधानसभाको चुनावमा भने हामी एकमत भएर लाग्नु समयको माग हो । यो एक युगमा एकपटक आएको सुअवसर हो । एक भएर यो अवसरलाई लिम्बुवान स्थापना गर्ने सुअवसरको रूपमा उपयोग गरौँ ।
चुम्लुङ महाधिवेशनबाट पारित विचार र्सवसाधारण लिम्बूहरुसमक्ष पुर्‍याउने कस्तो योजना छ ?
चुम्लुङको छैटौँ राष्ट्रिय महाधिवेशनले पारित गरेका विचारहरू प्रत्येक लिम्बूहरू र अन्य नीति निर्माण गर्नेहरूसम्म पुर्‍याउनको लागि हामीले रणनीतिहरू बनाएका छौँ । यसलाई हामीले दुइ चरणमा विभाजन गरेका छौँ । पहिलो चरणमा केन्द्रमा राजनीतिक पार्टी, नागरिक समाज, मानव अधिकारवादीहरू, सामुदायिक सङ्घसंस्थाहरू, बुद्धिजीवीहरूसँग छलफल गर्ने, चुम्लुङले पारित गरेका विचारहरू सुनाउने र त्यसअनुसार उनीहरूको विचार निर्माण गराउन पहल र प्रयत्न गर्ने काम गरिने छ र यो काम जारी पनि छ । यसरी नै सम्पूण्ा लिम्बू अगुवाहरू, विद्यार्थीहरू, पत्रकारहरूलाई पनि चुम्लुङले अगाडि सारेका लिम्बू जातिको सामुदायिक हकअधिकारहरू संविधानसभामार्फ संविधानमा सुनिश्चित गर्न गराउन एक भएर लाग्न आग्रह गर्ने काम गर्दछौँ । दोस्रो चरणको कार्यक्रममा हामी लिम्बुवानका गाउँगाउँमा जान्छौँ, हाम्रा विचारहरू व्यक्तिव्यक्तिमा पुर्‍याउनको लागि । त्यो समयमा हामी लिम्बुवान के हो भन्ने कुराभन्दा पनि लिम्बुवान कसरी प्राप्त गर्ने भन्ने विषयमा हाम्रो ध्यान केन्द्रित हुन्छ । किनभने सम्पूर्ण लिम्बूहरू लिम्बुवानको बारेमा जानकार छन् भन्ने हाम्रो विश्वास छ । तर लिम्बुवान प्राप्त गर्ने कुरामा सानासाना कुराले पनि भूमिका खेल्न सक्छन् । जस्तै लिम्बुवानमा रहेका अन्य आदिवासीहरूले पनि लिम्बुवानभित्र उनीहरूको स्वायत्तता प्राप्त हुन्छ भन्ने कुरा बुझाउन आवश्यक छ । त्यसरी नै अल्पसङ्ख्यक अन्य जातिका हकअधिकार, मानवअधिकार आदि लिम्बुवानमा सुरक्षित रहने कुरा बुझाएर लिम्बुवान प्राप्त गर्नको लागि उनीहरूको सहयोग लिनुपर्छ । अन्यक्षेत्रमा बाहुल्यमा रहेका तर लिम्बुवानमा कम सङ्ख्यामा रहेका जाति जनजातिहरूसँग वार्ता गर्नुपर्‍यो, सहयोग आदानप्रदानको प्रस्ताव राख्नुपर्‍यो, सहमति लिनुपर्‍यो । जस्तै लिम्बुवानमा रहेका नेवारहरूले लिम्बुवान प्राप्त गर्न सहयोग गरेबापत लिम्बूहरूले पनि नेवाल्यान्ड प्राप्त गर्न, तामाङहरूलाई तामासालिङ प्राप्त गर्न, र्राईहरूलाई खम्बुवान प्राप्त गर्न, गुरुङहरूलाई तमुवान प्राप्त गर्न, मगरहरूलाई मगरात प्राप्त गर्न सहयोग आदान प्रदान गर्न सहमति खोज्नुपर्‍यो, सहयोग लिनेदिने काम गर्नुपर्‍यो । यसको लागि सबै लिम्बूहरू तत्पर हुनुपर्‍यो । जातीय स्वायत्तता खोज्नेहरूसँग राष्ट्रिय स्तरमा पनि मोर्चाबन्दीको नीति अपनाउनुपर्छ । यो काम पनि हामीले अगाडि बढाउनुपर्छ र बढाउँदै पनि छौँ ।


जातीय स्वायत्ततामा राजनीतिक पार्टीलाई सहमत गराउन सकिएला ?
हामी जनजातिहरूको पहिलो प्रयास संविधानसभाको चुनावमा जाने वेलासम्ममा सबै राजनीतिक
पार्टीलाई स्वायत्तताको सवालमा एकमत भइसक्ने अवस्थाको सृजना गर्नु हो । चुम्लुङको सोचाइ अझ के छ भने स्वायत्तताको विषयलाई अन्तरिम संविधानमा नै राखौँ भन्ने हो । त्यसलाई संविधानसभाको चुनावले निर्धारण गर्नुभन्दा अन्तरिम संविधानमा नै प्रवेश गरायौँ भने अझ सहजता हुन्छ । यसको लागि हाम्रो प्रयास केन्द्रित हुन्छ र हुनुपर्छ । तर पनि हामी यो काममा सफल भएनौँ भने मोर्चावन्दीको सिद्धान्तअनुसार अगाडि बढ्नुपर्‍यो । त्यसवेला चुम्लुङलगायतका सबै जनजाति सङ्गठनहरूले सङ्घीय पक्षधर राजनीतिक पार्टीई भोट दिन आव्हान गर्न सकिन्छ जसले संविधानसभाको निर्वाचनमा ठूलो दवावको अवस्था सृजना गर्न सक्छ ।


लिम्बुवान एकलैले प्रान्तीय कुरा उठाउन सक्छ ?
प्रान्तीय कुरा भूगोल, जनसङ्ख्याको आधारमा ठूला वा सानो भए पनि अधिकारको आधारमा सबै समान हुन्छन् । मानौँ कि अन्य सबै जातिले सङ्घात्मकता वा प्रान्तीय स्वायत्तता चाहेनन् र लिम्बूहरूले मात्रै चाहे भने त्यो समयमा सङ्घीय शब्द हट्न सक्छ । त्यो समयमा पनि हामी सङ्घीयता वा जातीय स्वायत्तता उपभोग गर्न सक्छौँ, राज्य व्यवस्था एकात्मक नै रहे पनि । डेनमार्क यसको उदाहरण हुनसक्छ । डेनमार्कमा एकात्मक शासन व्यवस्था छ तर डेनमार्कभित्र ग्रिनल्यान्ड छुट्टै प्रान्तको रूपमा रहेको छ । त्यहाँ ग्रिनल्यान्ड होम रुल छ । त्यही होम रुलअर्न्तर्गत सम्पूर्ण अधिकार ग्रिनल्यान्डले प्राप्त गरेको छ । नेपालमा पनि लिम्बूहरूले मात्र जातीय स्वायत्तता मागेमा लिम्बुवान पनि डेनमार्कको ग्रिनल्यान्डजस्तै हुनेभयो ।


यसको अर्थ जसरी पनि लिम्बुवान हुनै पर्‍यो हैन त ?
मुलुक नै सङ्घीय संरचनामा गयो भने प्रान्त र केन्द्रबीचमा शक्ति बाँडफाँडमा सजिलो हुन्छ । तर वर्तमान अवस्थामा सबै सङ्घसंस्था र राजनीतिक पार्टी पनि सङ्घीय वा प्रान्तीय आधारमा राज्यको पुनर्संरचा गर्ने कुरामा केन्द्रित भएको पाइरहेका छौँ । केन्द्र र प्रान्तमा के कति शक्ति रहने भन्ने कुरा त कमै नै आएको छ । तर लिम्बूहरू किरात याक्थुङ चुम्लुङ भने लिम्बुवानको प्राप्ति न्यूनतम लक्ष्य मानेर अगाडि बढेका छन् । सोझो शब्दमा हामीलाई लिम्बुवान हुनैपर्छ । जनजाति महासङ्घ र चुम्लुङ मिलेर छाया संविधान बनाउनुपर्ने चुम्लुङको योजना रहेछ ।


यो किन बनाउनु पर्‍यो ?
चुम्लुङको छैटौँ राष्ट्रिय महाधिवेशनले नेपाल आदिवासी जनजाति महासङ्घसँग मिलेर छाया संविधान बनाउने प्रस्ताव पारित गरेको छ । छाया संविधान बनाएपछि हामीले परिकल्पना गरेको संविधान कस्तो हुन्छ भन्ने हामीलाई जानकारी हुने भयो । अर्को कुरा छाया संविधान बनाउने प्रक्रियामा पसेपछि हामीमा सशक्तिकरण पनि आउने नै भयो । हाम्रो सोचाइ के छ भने यो छाया संविधान कोठामा बसेर केही व्यक्तिले बनाउने होइन । यसमा सम्पूर्ण लिम्बुवानवासीहरू संलग्न गराउने योजना छ । यसले हामीलाई संविधानसभामा राख्नुपर्ने विषय पहिचान गर्नमा पनि सहयोग गर्नेछ । ५४ जातीय संस्थाहरू महासङ्घमा आबद्ध छन् । त्यहाँ अन्य धेरै प्रस्तावहरू आउने भएकाले छाया संविधान बनाउने विषयले अहिले प्राथमिकता पाएको छैन । यो विषयको उठान भएको छ । तर वर्तमान अवस्थामा संविधान मस्यौदाले प्राथमिकता पाएको छ ।
समानताको कुरा गरिँदा चुम्लुङ आफैँले यसलाई कतिको व्यवहारमा उतारेको छ त ?
महिला सहभागिताको विषयमा किरात याक्थुङ चुम्लुङको छैटौँ महाधिवेशन ऐतिहासिक रहृयो । सदस्यहरूमा ५० प्रतिशत पहिलाको प्रतिनिधित्व रहने नीतिअनुरूप महिला केन्द्रीय सदस्यहरूको छनौट भएका छन् । मुख्य पदहरू भने क्षमता र योग्यताको आधारमा पुरुष पनि हुनसक्ने, महिला पनि हुनसक्ने व्यवस्था छ । यसरी चुम्लुङले महिला सहभागितालाई आधाआधाको सिद्धान्तको आधारमा कार्यान्वयन गरेको छ ।


अन्त्यमा ... !
विभिन्न राजनीतिक पार्टी सङ्गठित लिम्बूहरू, विभिन्न सङ्घसंस्थामा आवद्ध लिम्बूहरू, विभिन्न क्षेत्रमा कार्यरत लिम्बूहरूलगायत सम्पूर्ण लिम्बूहरू संविधानसभामार्फ जातीय स्वायत्तता सहितको लिम्बुवान र लिम्बू जातिको सामुदायिक हकअधिकार स्थापित गराउन सक्रिय र सशक्त भूमिका निर्वाह गर्न म किरात याक्थुङ चुम्लुङको तर्फाट हार्दिक अपिल गर्दछु ।

Nov 24, 2007

अब भने संगीतलाई नै क्यारियर बनाउँछु, विष्णु चेम्जोङ, नेपाल स्टार

सुमित्रा अञ्जान
वि.सं. २०४१ मा धनकुटामा जन्मिएकी विष्णु चेम्जोङ पाँच हजार सहभागीलाई उछिनेर लक्स नेपाल स्टार भएकी छिन्। धरानमा बसोबास गर्दै आएकी विष्णुले सात वर्षदेखि लगातार संगीत सिक्दै आएकी छिन्। विष्णुलाई आफूले यति ठूलो सफलता पाउन सक्छु भन्ने लागेको थिएन। भारतीय च्यानल सोनी इन्टरटेन्मेन्टले 'इन्डियन आइडल' बाट चर्चा बटुलेपछि नेपाली च्यानलहरूमा पनि त्यसको असर पर्‍यो । सरकारी च्यानल नेपाल टेलिभिजनमा त्यही प्रकृतिको 'नेपाली तारा' को समापनपछि भारतबाट सञ्चालन भैरहेको नेपाल वान टेलिभिजनमा पनि पहिलो 'नेपाल स्टार' को घोषणा भएको छ । माघ १९ को शाही घोषणापश्चात् केही समय बन्द भएपछि नेपाल वानमा प्रसारण भैरहेको उक्त प्रतिस्पर्धात्मक गायन कार्यक्रमले प्रारम्भमा जति चर्चा बटुलेको थियो च्यानलको प्रसारण पुनः आरम्भ भएपछि त्यति चर्चा पाउन सकेन । यद्यपि उक्त कार्यक्रमलाई च्यानलले आफ्नो पूर्वघोषित तालिकाअनुसार नै सञ्चालन गरिरहेको थियो । जे-जस्तो भए पनि कार्यक्रमको पहिलो चरणमा
एचके नेपाल डटकमका सम्पादक पशन तमू ,टंक सम्वाहाम्फे र विष्णु चेम्जोङ
छनौट भएका ५७ जना प्रतिस्पर्धीबाट उत्कृष्ट ५०, १५ तथा सर्वोत्कृष्ट १० मा पुगेर अन्ततः सबैलाई उछिन्दै धरानकी विष्णु चेमजोङले पहिलो 'नेपाल स्टार'को उपाधिजितेकी छिन् । धनकुटा मूल घर भए पनि विगत सात वर्षदेखि धरानमा बस्दै आएकी नेपाल स्टार विष्णुका बाबु अवकाशप्राप्त बेलायती सैनिक हुन् । एक जना दाइ र छ जना
दायाँ संगीतकार तथा गायक दिनेश सुब्बा र वायाँ लिम्वूभाषाका गायक भगत सुब्बासंग विष्णु चेम्जोङ
दिदीबहिनीमध्ये कान्छी २० बर्षिया विष्णुले उक्त उपाधिसँगै नेपाल वानबाट रु. ५ लाख बराबर साथै संगीत उत्पादक म्युजिक डटकमबाट एउटा एकल एल्बमको म्झौतामा पनि आफ्नो अधिकार जमाएकी छिन् । यसका साथै उनले
चौविसे समाज हंगकंगको सम्मान कार्यक्रममा गीत प्रस्तुत गर्दै र आफ्नै आमा र दिदीसंग
भारतका चर्चित चलचित्र निर्देशक महेश ट्टको एउटा हिन्दी चलचित्रमा पनि गीत गाउन पाउने भएकी छिन् । निर्देशक नारायण पुरी तथा गीतकार सुरेश अधिकारीले नगद तथा बहुमूल्य सरसामान जित्नुकापनि उनलाई आफ्ना चलचित्रहरूमा गीत गाउन दिने भएका छन् । यसअघि 'नेपाली तारा'को उपाधि जितेर धरानकै दीपक लिम्बूले जति चर्चा पाए त्यति 'नेपाल स्टार' ले पाउन नसकेको कुरा विष्णु स्वयं पनि स्वीकार गर्छिन् । उनले त्यस्तो हुनुमा प्राविधिक कारण भएको बताउँदै भनिन्-'नेपाल टेलिभिजन हेर्न केबुल लाइन नचाहिने भएकाले गाउँघरमा पनि सबैले 'नेपाली तारा'लाई चिने । नेपाल वान हेर्न भने केबुल लाइन नै चाहिने भएकाले गाउँघरका जनताले यसका बारेमा त्यति थाहा पाएनन् ।' प्रतिस्पर्धाका लागि अघिल्ला सम्पूर्ण चरणमा निर्णायक मण्डलमा रहेका गायक निमा रुम्बा, गायक तथा संगीतकार जेम्स प्रधान र गायिका सुकमित गुरुङले उत्कृष्ट गायन प्रतिभाको छनौट गरे पनि अन्तिम उत्कृष्ट १० मा पुगेकाहरूलाई भने दर्शक मतका आधारमा 'भोट आउट' गर्दै लगिएको थियो ।
नेपाल स्टारमा आफ्नो नाम घोषण हुँदा कस्तो लाग्यो ?
म नै हुँ भन्ने विश्वास नै लागेन ।
सबै पुरस्कार पाइसक्नुभयो त ?
छैन, फूल र टोकन मात्र पाएकी छु ।
कस्तो गीत गाउन मन पराउनुहुन्छ ?
आधुनिक गीत गाउन मन पराउँछु, तर सबै प्रकारका गीत गाउँछु ।
अहिले के सिक्दै हुनुहुन्छ ?
सुर-ताल सिक्दैछु ।
कुन बेलादेखि गार्‍हो लाग्न थाल्यो ?
टपटेनमा परेदेखि नै ।
नेपाल स्टार हुन्छु जस्तो लागेको थियो ?
थिएन, मेरो नाम घोषणा हुँदा त म एकछिन लाटीजस्तै भएकी थिएँ ।
अबको योजना के छ ?
संगीतलाई निरन्तरता दिनेछु ।
यसैलाई क्यारियर बनाउँछु जस्तो लागेको थियो ?
थिएन, जे गर्न सक्छु त्यही गर्दै जानेछु भन्ने लागेको थियो, तर अब भने संगीतलाई नै क्यारियर बनाउँछु ।
परिवारबाट कस्तो सहयोग पाइराख्नुभएको छ ?
सक्दो सहयोग पाएकी छु ।
हालसम्म कतिवटा गीत रेकर्ड गरिसक्नुभएको छ ?
दसवटा
जीवनमा सबैभन्दा खुसी कहिले हुनुभएको थियो ?
नेपाल स्टारमा आफ्नो नाम घोषणा हुँदा ।
कसैसँग प्रेम बसेको छ ?
प्रेमको कुरा गोप्य राख्दा नै राम्रो होला । यसैमा सबैको भलाइ हुन्छ ।
जीवन के हो ?
जन्म र मृत्युबीचको ग्याप ।
कान्तिपुरबाट

डायास्पोराको जङ्गलमा देश खोजिरहेका विश्वासदीपप्रति


डा. गोविन्दराज भट्टराइ
चार वर्ष पहिले गृहयुद्धका पीडा लिएर आएका विश्वासदीप तिगेला यसपालि अर्को कृति देश बोक्नुको पीडा लिएर आएका छन् । दुवै कृति नियात्रा निबन्ध हुन् । अघिल्लो कृतिबारे मैले उत्तरआधुनिक ऐना (२०६२) मा समीक्षा चर्चा प्रस्तुत गरेको छु भने यस रचनामा म देश बोक्नुको पीडाको परिचय गर्न चाहन्छु । र्सवप्रथम त विश्वासदीपको लेखकीय चेतना र साधना अनि शक्तिको नेपाली साहित्यले प्रशंसा गर्दछ । विदेशमा सैन्य सेवामा रहेका व्यक्ति तिगेलाले आफैं सुन्दर सिर्जना गर्ने र अरुलाई पनि प्रेरित गर्ने काम गरिरहेका छन् । नेपाली साहित्यको समृद्धिमा यिनले योगदान पुर्‍याइरहेका छन् । आज आएर नेपाली साहित्यको स्वरूप र दिशा परिवर्तित हुँदैछ । अवको समय बिस्तृत, व्यापक र ग्लोबल भएकाले हाम्रा साहित्यकार अथवा पाठकले एउटा सीमित क्षेत्रको, देश भित्रको मात्र सिर्जना पढेर पुग्दैन । देश बाहिर के लेखिँदैछ, कोको सिर्जनामा लागेका छन्, कसरी ती अघि बढिरहेका छन् भन्ने कुराको पनि जानकारी राख्नु पर्दछ । देशबाहिर बसेर लेखिएका रचनामा केकस्तो विशेषता पाइन्छ त्यो पनि थाहा पाउनु पर्दछ । विश्वग्रामीकरणले सीमित पारेको जगतमा के कस्ता भूगोल र संस्कृति छन्, कस्ता इतिहास र साहित्य छन्, ती बुझनु आवश्यक छ । त्यहाँ नेपाली कसरी बसेका छन्, तिनीहरूको मानसिकता के कस्तो छ, सो कुरा बुझनु आवश्यक छ । त्योभन्दा पनि महत्वपूण्ा कुरा के छ भने अन्य भूगोल, संस्कृति, भाषा र सभ्यताका मानिसका बारेमा ज्ञान हुनु अत्यावश्यक छ । नत्र हाम्रो ज्ञानको सीमा साँघुरिने छ । विश्वासदीपले यस्तो ग्लोबल ज्ञानलाई विस्तार गर्ने काम गरेका छन् । अहिले बाहिरी मुलुकतिर पसेकाहरूले आफ्नो देशबाट टाढा भएको र नौला परिवेश भोग्नु परेको परिस्थिति लेखिरहेका छन् । बाहिरी परिस्थितिको बसाइलाई डायास्पोरा भनिन्छ । अब नेपाली साहित्यभित्र पनि डायास्पोरिक लिटरेचरले स्थान पाउन थालेको छ । गतवर्षेखि गरिमाले एउटा स्तम्भ नै मासिकरूपमा डायास्पोरालाई छुट्याएको छ । उता अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले यो वर्षेखि डायास्पोरा पुरस्कार प्रदान गर्न थालेको छ । डायास्पारिक चित्र र चरित्र बोकेका कृतिहरू आउन थालेका छन् । होमनाथ सुवेदीको उपन्यास यमपुरीको महल (२०६४) एक उदाहरण हो । हङ्कङ्बाट, बेलायतबाट, अमेरिकाबाट प्रकाशित अनेक कृति पूर्वी युरोप, पश्चिमी एसिया, अप्रिmका अनेक भूभागबारे अनेक कृति प्रकाशित भइरहेका छन् । तीमध्ये एउटा हो विश्वासदीपको प्रस्तुत कृति । यो भिन्न डायास्पोराको चित्र हो । देश बोक्नुको पीडामा नौवटा निबन्ध सङ्कलित छन् । तीमध्ये पहिलो छ सधैँ मन घोच्ने केही गुनासाहरू । यो रचना नेपालकै परिवेशको छ- अन्तर्राष्ट्रिय एअरपोर्टको । त्यहाँ भएका पुराना कर्मचारी, तिनको पुरानो मानसिकता, तिनीहरूको आलश्य र अकर्मण्यता अत्यन्तै दुःख लाग्दा छन् । तिनीहरूको आलश्य र जुम्स्याईं, त्यहाँको अव्यवस्था, ढिलासुस्ती र सुविधाको अभाव देख्ता र भोग्दा लेखकलाई दुःख र पीर लाग्छ । दिग्दारी र चिन्ताले छोप्छ । हवाइअड्डा भनेको सम्पूर्ण विदेशीले सम्वन्धित देशकोबारेमा पहिलोपल्ट अनुभव गर्ने स्थान हो, प्रवेशद्वार । त्यहाँबाटै त्यस्तो अनुभव लिनु पर्दा विदेशमा हाम्रो कस्तो सन्देश पुग्ला भनी लेखक चिन्तित छन् । यो स्वाभाविक चिन्ताको अनि लज्जाको विषय हो । दोस्रो निवन्ध छ कोसोभो यात्रा जिउँदी आमाको चिहान तयारी । यो एउटा उत्कृष्ट रचना हो मर्मश्पर्शी पनि । यसमा १९९० पश्चात युगोस्लाभिया टुक्रिएपछिका विभिन्न देशले भोगेको स्थितिको संकेत छ । प्रस्तुत रचना कोसोभोमा केन्द्रित छ त्यहाँको जातीय, भाषिक र धार्मिक विखण्डनका स्थितिहरूको भयावह चित्र प्रस्तुत भएको छ । जीवनको मूल्य समाप्त छ, मानवीय संवेदना समाप्त छ; भय, त्रास, असुरक्षा र मृत्युले ढाकेको छ । यसको एउटा उदाहरण जिउँदै आमाको चिहान खनेर एउटा छोरो उनको मृत्युको प्रतीक्षा गर्दछ । तेस्रो रचनामा निबन्धकार कोसोभोबाट केन्यातिर लाग्दछन्- केन्या यात्रा एउटा सुन्दर क्षणको अन्त्यमा । अप्रिmकाको केन्या भूमी सुक्खाले ग्रस्त छ । जनता गरिबीले आहत छन् । हरेक अवस्थामा लेखक अरुको परिस्थितिसँग आफ्नो तुलना गर्दछन् । त्यहाँका गोठालाहरु देख्ता आफ्नै बाल्यकालमा गोठालो गएको, दुखी छाप्रामा पढेको वा बसेको सम्झना हुन्छ । धेरै चरित्रमा केन्या पनि नेपाल झैँ देखिन्छ । बिजुलीका खम्बा छन्, तार चुँडिएका । एड्सले प्रत्येक छमध्ये एक व्यक्ति ग्रस्त छ । कृषि र पशुप्रणाली उस्तै, पछौटेपन उस्तै । तिगेलाको निरीक्षण शक्ति अति सूक्ष्म र तीब्र छ । उनको तात्कालीनता प्रशंसनीय छ- यो घटनाको उनले जहाजमै लेखे । चौथो निबन्ध छ गरीब देशको नागरिक हुनुमा बढी मानवता । उनी वेलायतको गाँउगाउँमा पुग्छन् । त्यहाँका खेतीपातिमा डुबेका कृषक देख्ता आफ्नै बाल्यकालको सम्झना गर्छन । दुखी समाजमा हुर्केका उनी बाल्यकालको अभाव र कष्ट सम्भिnन्छन्- पढ्ने इच्छा थियो, टुकी बाल्ने मट्टीतेल फारो गर्नु पथ्र्यो । आज उनले तिनै कुरा लेख्तैछन् । अतीत र वर्तमान मिसाएर एउटा फ्युजन तर लेख्नु सजिलो छैन । लेख्तालेख्तै सिर्जनामा लागेकैले आज उनीहरुको पल्टनमा पनि एउटा माहोल बनेको अनुमान गर्न सकिन्छ । लेखनकै क्षेत्रमा विभिन्न गोष्ठीमा भाग लिने अवसरसमेत उनले पाएका छन् । दुखबाट उठेका जीवनमा धेरै उपलब्धी छन् । यो सम्झेर उनलाई ढुक्क पनि लाग्छ । पाँचौ निबन्ध छ मलेसिया यात्राको- गुफाको राजधानी मुलु यात्रा । त्यहाँ पुग्दा आफ्नो गाउँको थामडाँडा पुगेझैँ हुन्छ । त्यहाँको अवस्था देख्दा पनि आफ्नै देशको गतिको सम्झना हुन्छ- अझ दुगतिको । हत्या हिँसाले देश समाप्त छ । मनमा देश विकासको तरङ्ग उठाउँदै सारवाक क्षेत्रमा जान्छन्, त्यहाँ विश्वप्रसिद्ध गुफाको अवलोकन गर्छन्, स्थानीय बासिन्दाको जीवन शैली टिपेर फर्किन्छन् । छैठौँ निबन्ध देश बोक्नुको पीडा । यो शिर्षकबाटै पुस्तकको नाम रहेको छ । यस निबन्धले पनि अन्तर्राष्ट्रिय जगतमा नेपाली जातिको छबि धमिलो हुँदै गएको, नेपालीले हिनत्व भोग्नु परेको कुरा प्रकट गरेका छन् । त्यसै गरी सातौँ निबन्ध राम्रो सपना देखेको रातमा पनि लेखक केन्यामा छन् । अतीत स्मरणले उनलाई झस्काउँछ; उनी भावुक बन्छन् । त्यहाँको जीवन निम्न गर्तमा डुबेर एड्सले निलेको, गरीबी र अन्धकारले खाएको देख्तछन् । यो मानव सभ्यताकै लज्जास्पद पराजय लाग्दछ । यो पीडादायी चित्र उनी अँध्यारामा बसेर र्टचको सहायताले लेख्छन् । कति गाह्रो छ सिर्जना गर्नु ! एउटा सपना देख्छन् त्यो आफ्नै देशको उन्नतिको हुन्छ । यसरी सपना बिपना सबै देशकै उन्नतिको सम्झनामा समर्पित तिगेला यसकै चिन्ता र पीर बोकेर हिँड्छन्, लेख्छन् । त्यही हो उनको देश बोक्नुको पीडा । आठौँ निबन्ध छ बेलायतमा खुसीको सपिङ । यसमा बेलायतको बजार, त्यहाँका नेपाली र त्यहाँका बसाइको विशेषता उतार्छन् भने अन्तिम निबन्ध छ अफरिकाका साम्बुरु जातिको परिचय । नेपाली साहित्यका केन्द्रहरु परिवर्तित हुँदैछन् । नयाँ केन्द्र बन्दैछन् । ती अनेक डायस्पोरा हुन् । विश्वासदीपले एउटा विशेष खण्डको, अरु नेपालीले नलेखेका भूभागको, त्यहाँका बासिन्दाका जीवन र तिनका संस्कृतिको चित्र प्रस्तुत गरेका छन् । यो डायस्पोरिक चित्र हो, नवीन जो अति महत्वपूर्ण छ । नेपाली यात्रा-संस्मरण साहित्यमा तिगेलाले आफ्नो स्थान सुरक्षित राखेका छन् । उनी भित्र एउटा स्थिर लेखक उदाइसकेको छ । उनमा परिस्कार छ, नवीनता छ र फेरेसनेस । हरेक ठाउँमा उनी इमान्दार छन् र हरेक पल देशको उन्नतिको चिन्तामा छन् । यस्ता तिगेलाको देश बोक्नुको पीडा अत्यन्तै नौलो र पठनीय यात्रा निबन्धसङ्ग्रहको नेपाली वाङ्मयमा स्वागत गर्दछु ।
साहित्य डटकमबाट साभार

श्रीजङ्गा लिपी



स्पष्ट अक्षरहरु वुझ्नु भएन भने अक्षरहरु माथि पुन क्लिक गर्नुहोस् तव स्पष्ट देखिनेछ

Nov 22, 2007

मुठभेडले मुडेको थाङबेन माईलाको बैँस - कथा


कथाकार-टंक वनेम

-------------जन्मेर बैँस पुगिञ्जेल उदेश्य नपालेको थाङबेन माइला साधरण एउटा किसान परिवारमा जन्मेको थियो जन्मनु मात्र थिएन जसो तसो हुर्क्यो । जीवनमा आरोह आवरोहहरु पनि सावने खोला झैं उर्लेर फेरि हिउद लाग्यो अनि खोलाको बगरमा कमिलाका लावा लश्कर लागे झैं उस्को बैँश चढाउने बर्षहरु १९, २० को ताँतिमा गनिन थाल्यो । फक्ताङ्लुङ हिमालमा जमेको हिउँ पग्लेर सलल तमोर खोला सुसाए झैं उस्को बैंस पनि छाती भित्र सुसाउन बेर लागेन । अहा ! बैंसै त हो रहेछ भनाइ नै छ भोकै मिठो मायै राम्रो, थाङबेन माइलालाइ बैँस चढेछ क्यारे एकान्तमा पालम गुनगुनाउन थाल्यो । मानौं बैँसको आगो हुर्रै बल्यो, आगो मार्ने पानी आकास बाट बर्षोर नहुने वा खोलाको दहमा पौडेर हुने । त्यो भौतिक आगो थिएन बैँसको आगो थियो । थाङ्बेन माइला अनुभब गर्दथ्यो पारी चल्लेमा लालपाते फूल रातै फुल्दा मनका च्याब्रुङ् -ढोल) बज्न थाल्थ्यो । च्याङ् ... ब्रुङ् ...च्याङ् .....। ब्रुङ् .... ब्रुङ् ....ब्रुङ् ....। तर उस्को बिहेमा यो बाजा बजाउनु कति पर्खिनु पर्ने हो उस्लाई थाहा थिएन ।
एक दिन गाउँ डुलेर थाङबेन माइला र्फकदै थियो । गाउँकै स्कुलमा पढेर ताङसादेन कान्छा पंञ्चमी डाँडाको चौतारीमा थकाइ मारी रहेका रहेछन् । कान्छालाई देख्ने बित्तिकै थाङबेन माइलाले सोध्यो हाउ कान्छा के छनी - नयाँ स्कुलको खबर खाबर - कान्छाको उत्तर थियो के हुने हाउ दाइ नयाँ स्कुल भन्छन् । स्कुलको वरीपरी बैँस पुगेका बैँसालुहरुले मायाको गुँडलाइ सके शायद कतिले अण्डा पारी सके अब ओथारो बसेर चल्ला काड्न मात्र बाँकि छ । थाङबेन माइलाले फेरी सोध्यो ,तिम्रो पनि त मायाको हाँगामा गुँड बनाउन सिन्काहरु ओसार्ने काम हुदै होला नी - हैना हाउ आम्फु पान च्याप्ने ओँठलाइ ५५५ को दस्तुर बेमतलबको हुदो रहेछ । थाङबेन माइलाले फेरी प्रश्न अघि सार्‍यो अनि केहो कान्छा स्कुलको संञ्चालक समिति छ, स्कुलका त्यत्रा पढे लेखेका माड्साबहरु छन् कहि कतै बाट कारबाही हुदैन त - खोई कारबाही त गर्नै पर्ने हो तर भरखरै ८,९, र १० कलास संम्म बढेर माध्यमिक बिद्यालय भएको छ । स्कुललाई जति धेरै छात्र छात्रा जम्मा गरेर रकम सङ्रकन गर्नुछ । सरकारले दिएको अनुदान हात्तीको मुखमा जिरा हुन्छ । सुन्नु भएन कि क्या हो - श्री कृष्ण सरले आफ्नै छात्रा जालपा लाई भगाएर डाँडा काटेको - कान्छाले लामो बयान टुङ्ग्यायो ।
थाङबेन माइलाले कान्छालाई भन्यो मदन मेला आउदै छनी हामी पनि मायाको रसरङ्गमा भने खुब झुम्नु पर्छ । आखिर पान्पाते भौतिक सुख त क्षणिक मात्र हो । एउटा सदभाब, इज्यत र आफ्नो संस्कारको मैदानमा माया लाउदै सरलाईमा सरको भाकामा च्याब्रुङ बजाएर नाच्दा पो र्स्वाग पुगेको अनुभब हुन्छ त । सांस्कृतिको मैदानमा थाङ्बेन माइला सतिसालको रुख झैं ठिङ्ग उभेको भान भयो कान्छालाई । पश्चिमी आकाशको हात्ती सुँडे डाँडामा घामको लामा लामा किरण तेर्छिएर त्यो दिन बिदाई हुने तरखर गदै थियो । कान्छाले बिदाको आज्ञा माग्दै भन्यो , माईला दाई मदन मेला जानु अघि भेटौला नी । थाङ्बेन माइलाले मुन्टो हल्लाउदै कान्छालाई बिदा गर्‍यो ।
ऋतुहरुको परिवर्तन संगै आकास गड्याङ गुडुङ् गर्‍यो शायद आकाश धर्ती बीच हुने यौन समागमको पूर्ब सुचना हो त्यो । बारीका काँध्लामा भुइचम्पा टुसायो, करेसा बारीको डिल डिलमा गुलाबी रङ्गमा आरु मुश्कुरायो, मौरीहरुको भुन भुन स्वरमा प्रकृतिले संगितको तार रेट्यो, नौ डाँडामा नरसिङ्गा बज्यो । उल्लासमय बाताबरणले थाङ्बेन माइलालाई भित्रभित्रै रोमाञ्चीत बनायो । थाङ्बेन माइलालाई महसुस भयो कि मान्छे बिना प्राकृति नसुहाए झै फस्टाउदो बैँसमा यौंन मन र मस्तिष्कको तार रेटेर जीवन बाँच्दो रहेछ । मानौं कि थाङ्बेन माइला बैँसालु फूल संगै मन मनै नाँचि रहर्‍यो । उत्ति नै खेर उत्तर तिर सेताम्मै उभेको हिम ऋङखलाहरुले माओबादी सिद्धान्तलाई रोकेन न पामीरको गाँठोले उत्तै तिर गाँठो पार्‍यो । सिद्धान्त र बिचार हावा हो आँधि हो मान्छे बाँचेको पृथ्बीमा आँधी बेहृरी नचल्ने त कुरै भएन । शायद त्यहि हावा चल्यो त्यहि आँधी चल्यो । त्यहि हावा पानीले बर्षदिनमा लाग्ने मदन मेला लाग्न रोक लगायो डाँडामा उभेको मदन भवन पनि त्यसैको सिकार बन्यो । थाङ्बेन माइलालाई आफ्नो छाँतीको पहाड गर्रल्याम्म ढले झैं लाग्यो । पारी नौं डाँडामा ढयाङ् ..ढयाङ् .... जोर नाल बन्दुक पड्कन छोड्यो न साल घारीमा ए... आङलाइन सक्ते कु,धे सारीक एइ...हा...हा ...भनेर पालमका भाकाहरु घन्क्यो त्यतै कतै तिर ।
अचानक गाँउमा एउटा हल्ला सुनियो थाङ्बेन माइला माटो भयो रे हावा भयो रे पानी भयो रे, जूनको सन्तान जूनले लग्यो रे घामको सन्तान घामले लग्यो रे । थाङ्बेन माइलाले हिडेका पाइतलाहरु आलै थियो । जस्लाई ढाक्न लाज नभएको आकाश बेसरम उदाङ्गै छाँती खोलेर हेरि रहेथ्यो । शायद निर्दयी आकाशले सुनेको थियो होला । थाङ्बेन माइलाले पनि भन्यो होला पहाडमा फुलेको बुकी फूल जस्तो घामको एकै रापमा मेरो बैँस नओइलावोस मेरो जोवन त अजम्बरी फूल हो म भमरा र मौरी संग नरमाई देह त्याग गर्न चाहान्न । तर त्यसो भएन कथाको पात्र थाङ्बेन माइला अजम्बरी फूल र भमराको रासलिला ननाँची हावा भयो, पानी भयो र तल ....तल ....सुर्साई रहर्‍यो तमोर खोलामा । गाँउका गाँउलेहरु भन्दै थिए । हाउ चुम्से थाङ्बेन माइलाको नाम लिनु हुदैन है । मात्रै आताङ्ककारी भन्नु पर्छ । उसको नाम लियो भने त हाङ् साम्बान -राजाको सजाय) भोग्नु पर्छ । अनि गाँउ नै सोतर हुन्छ । उस बेलाको शब्दमा भन्ने हो भने उ एउटा आतङ्ककारी मान्छे थियो । मुठमेडमा मारियो बश यसरी नै सयौं आताङ्ककारीहरु पूर्ण मानब जीवनको पात्र हुन नसकेर मुठभेडको शिकार भए, अधुरो अपुरो मृत्युहरुको लश्करमा लाम लागेर । गाँउको थाङबेन माइला पनि थाङ्बेन माइला नभएर आतङ्कारीको मुठभेडमा मुडिएर बेनामको मुर्कटा झैं आतङ्ककारी मात्र बन्यो ।

Nov 21, 2007

डा. महेन्द्र लावती

डा.महेन्द्र लावती अमेरिकास्थीत् प्रोफेसर हुनुहुन्छ । विगत तीन बर्ष देखि
राजनीतिशास्त्रको अध्यापन गराउदै आउनुभएका डा. लावती नेता पद्मसुन्दर लावतीका छोरा हुनुहुन्छ । निर्वाचन प्रणाली र राज्यको पुनरसंरचनाका विषयमा केही पुस्तक पनि प्रकाशित छन् वहाका । प्रस्तुत् छ यसै विषयमा हाम्रा नेपाल प्रतिनिधि देवेन्द्र सुर्केलीले समसामयिक विषयमा गर्न भएको कुराकानीः

१. विश्वको निर्वाचन प्रणालीबारे केही प्रकाश पारिदिनुहुन्छ की ?
विश्वमा मुख्यागरी, २ किसिमका निर्वाचनप्रणाली विद्यमान रहेको पाईन्छ । समानुपातिक निर्वाचन प्रणाली व्यक्तिगत आधारमा गरिने निर्वाचनप्रणाली । अंग्रेजी भाषा बोल्ने देशहरूमा समानुपातिक निर्वाचनप्रणाली रहको पाईन्छ भने गैरअंग्रेजी भाषा बोल्ने व्यक्तिगत देशहरूमा व्उगितआधारमा गरिने निर्वाचनप्रणाली ।
यसर्थ, नेपालमा गैरअंग्रेजी भाषा बोल्ने देशहरूमा जस्तो व्यक्तिगत आधारमा गरीने निर्वाचनप्रणाली विद्यमान छ । समानुपातिक निर्वाचन प्रणाली भनेके कुनैपनी पार्टी कति प्रतिशत मत पाउछ त्यतिनै सिट उसले प्राप्त गर्दछ । जस्तै ५ प्रतिशत भोट प्राप्त गर्ने पार्टी ५ वटै सिट पाउछ, १० प्रतिशत भोट ल्याउने पार्टी १० वटै सिट पाउछ । भने ब्याक्तिको आधारमा गरिने निर्वाचन कति ब्याक्तिले जित्छ त्यसैको आधारमा सिट संख्या निर्भर रहन्छ । समानुपातिक निर्वाचनप्रणालीमा जनताले व्यक्तिmलाइ भोट दिदैनन् पार्टीलाई भोट दिन्छन् । तर यहालाइ भोट दिन्छन् ।
२. नेपाल जस्तो देशमा कस्तो निर्वाचनप्रणाली राम्रो मानिन्छ ?
हुन त दुबै निर्वाचनप्रणालीको केही फाइदा बेफाइदाहरू छन् । तर, नेपालजस्तो देशको लागि चाही कुनै एउटा पक्षको जस्तो नभएर दुबै पक्षको 'मिस्रित' खालको निर्वाचनप्रणाली हुन सक्दछ । यसमा राजनितिक दलहरू, विविध जातजाति, भाषाभाषी, धर्म, समुदाय, वर्ग, लिङ्गको समानुपातिक प्रतिनिभित्व हुन सक्दछ ।

३. कसरी ?
बिभिन्न राजनितिक दलहरू, विविध जातजाती र भाषाभाषीको निर्वाचनप्रणालीमा समानुपातिक ढंगमा प्रतिनिधित्व गराउने उपयुक्त निर्वाचनप्रणाली भने कै यही हो नेपालको बिधमान निर्वाचनप्रणाली अनुशार २०५६ सालको निर्वाचनमा कांग्रेसको ३८ प्रतिशत छ तर उसको सिट १११ छ, एमालेको ३२ प्रतिशत मत छ उसको ६७ सिट छ, राप्रपाको १० प्रतिशत छ उसको २२ सिट संसदमा छ । यो समानुपातिक निर्वाचनप्रणाली भएन । यर्सथ, समानुपातिक निर्वाचनप्रणालीमा ३८ प्रतिशत मत ल्याउने काग्रसको ३८ सिटनै हुन्छ, ३२ प्रतिशत मत ल्याउने एमालेको सिट ३२ सिट नै हुन्छ । १० प्रतिशत मत ल्याउने राप्रपाको १० वटै सिट हुन्छ । यसमा १ प्रतिशत मत ल्याउने राष्ट्रिय जनमुक्ति पार्टी पनि १ सिट सुरक्षित रहन्छ ।

४. प्रसंग बदलौ, नेपालको बिधमान राज्य संरचना तपाईलाइ कस्तो लाग्छ ?
नेपालको राज्य संरचना एकदमै शक्ति केन्द्रिकृत छ । शक्ति अफ मन्त्रिपरिषदमा मात्रै सिमित रहेको छ । शक्ति र भ्रष्टचार संगसंगै जाने कुरा हुन् । जहा शक्ति बढता हुन्छ त्यहा भ्रष्टचार बढी हुन्छ । अख्तीयारको अध्यक्ष मन्त्रीपरिषदबाट नियुत्त हुन्छ भने नियुत्त गर्नेलाई नै कसरी कार्यबाही गर्छ -तर्सथ अख्तियार जस्ता निकायलाई शत्ति सम्पन्न गर्नपर्दछ ।

५. नेपालको सर्न्दर्भमा राज्यको कस्तो पुनर्सरचना हुनुपर्दछ ?
नेपालको सर्न्दर्भमा संघात्मक राज्यव्यबस्था अनुसारको राज्यपुनर्सरचना हुनुपर्दछ ।शक्ति बिकेन्द्रकरणको अवधाणाअनुशारको राज्यको पुनर्सरंचना हुनुपर्दछ । जस्तोकी केन्द्रिकृत शक्ति लाई केन्द्र, क्षेत्र र स्थानिय तहसम्म बाडफाड गरिनुपर्दछ ।अमेरीकाको उदाहरण लिनुपर्दा केन्द्रभन्दा क्षेत्रिय य निकाय बढी शत्तिशाली रहेको छ । त्यहाको क्याबिनेटभन्दा पार्लियामेन्ट शक्तिशाली रहेको हुन्छ ।

६. तर, संघात्मक राज्यव्यवस्थाले राष्ट टुक्रिन्छ भन्ने आरोप छ नी ?
यो मिथ्य आरोप हो । संघात्मक राज्य व्यवस्थाले राज्य टक्रदैन बरु राष्ट्रिय एकताको जग मजबुत हुन मद्धत पुर्‍याउछ । त्यसो हो भने संघात्मक राज्य व्यवस्था अपनाएका राज्यहरू, अमेरीका, स्वीजरल्याण्ड, बेल्जीयमजस्ता राज्यहरू टुक्रिएका छन ?

७. संघात्मक व्यवस्था नै किन त?
संघातमाक व्यवस्था नै किन हुनुपर्दछ भन्नेमा मुख्यागरी २ वटा कारणहरू छन । पहिलो कारण क्षेत्रफलको हिसाबले ठुला राष्ट्रहरू जस्तै अमेरिका । त्यस्ता देशहरूमा केन्द्रको सबैतिर ध्यान पुग्न सक्दैन । अर्को कारण नेपालजस्तो बहुजाति, बहुभाषी, बहुसांस्कूती र बहुधर्मी भएको मुलुकमा संघात्मक राज्य व्यवस्था अपरिहार्य छ ।

८. संघात्मक राज्य भएन भने के हुन्छ ?
स्रघात्मक राज्यको व्यवस्था भएन भने र बिद्रोह हुन्छ, द्धन्द हुन्छ । जस्तै श्रीलंकामा भैरहेको छ । त्यहा सन् १९७० मा फेडेरल पार्टीले र लिट्टेको टामिल टाइगर ग्रुपले बिद्रोह गरिरहृको छ । द्धन्द चर्किरहेको छ । समयमै संघात्मक राज्य व्यवस्था लागू गरिएन भने श्रीलंका जस्तै जातीय युद्ध हुने खतरालाइ कसैले नकानै सक्दैन ।

८. नेपाललाई कतिवटा संघात्मक राज्य व्यवस्थामा विभाजन गर्नु उपयूक्त होला ?
यसमा यतिवटै संघात्मक राज्य व्यवस्था हुनुपर्दछ भन्दा पनि जनताको चाहाना के छ ? त्यसै अनुरुप हुनुपर्दछ । आज घोषणा भएको संघात्मक व्यवस्था भोली जनतालाई बढी हुन सक्ला ? अथवा अपुग हन सक्ला ? यसर्थ जनताको चाहाना भावना बुफेर कतिवटा संघात्मक राज्य बनाउन पर्ने हो ? त्यो बनाउनुपर्दछ । यो नत माओवादीले बनाए जस्तो ९ वटा हुन सक्दछ । यो उनिहरूको मान्छे आकषिर्त गर्ने रणनिती हुनसक्दछ ब्यावहारीक छैन । नत हर्क गुरुङले भने जस्तै ५१ वटै हुनसक्दछ ।

९. नेपालको राजनीतिलाई कसरी मुल्यांकन गर्दै आइराख्नु भा'छ ?
नेपालमा अहिले सबै जातजाती र भाषाभाषीको चाहाना, भावनालाई सम्मान गर्न कुनैपनि राजनीतिक पार्टी छैनन् भन्दा पनी हुन्छ । नेपालजस्तो मल्टीकल्चरल देशमा आदिबासी, जनजाति, दलित, महिला, अल्पसंख्यकहरूको भावनाको यहाका ठुला राजनीतिक पार्टीले कहिल्यै बुफ्ने कोशिस गरेनन् ।यर्सथ तमाम जातजाति र भाषाभाषीहरूको सामहिक भावनाको सम्मान गर्ने राजनीतिक पार्टी खाचो रहेको मैले महसुस गरेको छु ।

१०. यसको मतलब, तपाई नेपाली राजनीतिक चाडै छाउदै हुनुहुन्छ ?
म आफै पार्टी खोल्दिन, प्रस्ताव गर्ने हो, कुरा राख्ने हो । कसैले राय, सुझाव, सल्लाहहरू मागेमा दिन्छु ।

११. नेपालको वर्तमान द्धन्दको समाधान के हो हुनसक्ला ?
समानता । नेपालको अहिलेको बिद्रोहको समाधानको उपाय भनेको समानतानै हो । समानता पनि ब्यक्तिगत समानताले हुदैन, सामुहिक समानता हुनुपर्‍यो ।

साहित्य डटकमबाट साभार