Apr 29, 2012

सर्व लिम्बूवान संघ गठन

प्रकास याक्सो 
यो पृथ्वीमा विभिन्न मानव जातिहरुले प्राचीनकालदेखि बसोबास गर्दै आएका छन् । बसोबास गर्दै आउने विभिन्न मानव जातिहरुमध्ये केहीका पुर्खाहरुले फिरन्ते जीवन विताउँदै आएका थिए भने केहीका पुर्खाहरुले निश्चित सिमाना बाँधेर भू–राज्य निर्माण गरी राज्य गर्दै आएका थिए । यसरी निश्चत सिमाना बाँधेर राज्य गर्दै आउनेहरुमध्ये आजका याक्थुङ (लिम्बू) हरुका पुर्खाहरु पनि एक थिए । याक्थुङ (लिम्बू) राजवंशका १५९ पुस्ताहरुमध्ये ३८ औं पुस्ताका राजा तथा नेबालाजेका २१ औं राजा यलम्बरहाङ (११९८–१२८९) का पनाति ४१ औं पुस्ताका पुर्खा तथा नेबालाजे (काठमाण्डौं उपत्यका) का २४ औं राजा लिम्बूहाङ (या. सं. १३०१–१४०६) ले आफ्ना १८ औं पुस्ताका पुर्खा राजा साङदोलुङहाङ (या.सं. ५५८–६४३) ले स्थापना गरेका पैतृक राज्य नेबालाजे ज्यादै सानो भएकोले ठूलो राज्य निर्माण गर्नका लागि पिता वालम्बाहाङ (या.सं. १२६८–१३५६) सँग याक्थुङ संवत १३२२ सालमा आज्ञा मागेका थिए । पिता वालम्बाहाङले पनि ठूलो राज्य निर्माण गर्न ज्यादै दुःख कष्ट हुने भएकोले दुःख गरेर ठूलो राज्य निर्माण गर्छौ भने तिमीले निर्माण गरेको सम्पूर्ण राज्यको नाम तिम्रो नाम लिम्बूहाङबाट राख भनी आज्ञा दिएका थिए । पिताबाट आज्ञा भएपछि उनले पनि याक्थुङ संवत १३२६ देखि १३९६ साल (७० वर्ष) सम्म दुःख कष्ट गरेर एक राष्ट–राज्य (सुमोङ लाजे) निर्माण गरे । उनले आफूद्वारा निर्मित त्यस राज्यको नाम आफ्नै नाम लिम्बूहाङबाट ‘लिम्बूवान’ राखे । उक्त निर्मित लिम्बूवान राज्यको चार किल्ला साँध सिमानाहरु निम्नअनुसार रहेका छन्ः पश्चिम सिमानाः– फुङवाघङ (सुनकोशी नदी) को शिर सक्वालुङ हिमाल, नेबालाजे (काठमाण्डौं उपत्यका) उत्तरको मिङसेलुङ पहाड, नेबालाजेकै पश्चिमपट्टिको साङदोलुङ पहाड र चेङवाघङ ‘बाग्मती नदी’ (तायातुम्भेङ मैदानको साङताक सिमाना) सम्म । स्पष्टताः ‘तायातुम्भेङ मैदान’ भनेको मैदानसंगै जोडिएको चुरे पहाडको फेदीदेखि उँधो दक्षिणतिर ५० कि.मि. सम्मको मैदानी भूमि हो । यो तायातुम्भेङ मैदान यसै ५० कि.मि. को दरले बाग्मती नदीदेखि सप्तकोशी नदीसम्म अवस्थित छ । ‘साङताक सिमाना’ भनेको तायातुम्भेङ मैदानको बाग्मती नदीदेखि पूर्व सप्तकोशी नदीसम्मको दक्षिणी सिमाना हो । यो साङताक सिमाना लिम्बूवान राज्य निर्माणकालमा लिम्बूहाङले सिमाना कायम गरी नामकरण गरेको सिमाना हो । साङताक सिमानाभन्दा मुनिको भूमि कसैको हकदावी नभएको खाली मैदान भूमि थियो । त्यस भूमिलाई त्यसबेला लिम्बू भाषामा ‘लाम्फाङ तेम्बे’ भनिन्थ्यो । लाम्फाङ तेम्बेको अर्थ निरपेक्ष मैदान, स्वतन्त्र मैदान भन्ने हुन्छ । लिम्बूवानको साङताक सिमाना हाल सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी जिल्लाको ठीक दक्षिण भारत भूमिमा पर्दछ । साङताक सिमानाभन्दा मुनिको भूमि कसैको हकदावी नभएको खाली मैदान भूमि थियो । त्यस भूमिलाई त्यसबेला लिम्बू भाषामा ‘लाम्फाङ तेम्बे’ भनिन्थ्यो । लाम्फाङ तेम्बेको अर्थ निरपेक्ष तथा स्वतन्त्र मैदान भन्ने हुन्छ । दक्षिण सिमानाः– चेङवाघङ (बाग्मती नदी) देखि पूर्व लिम्बूवानको तायातुम्भेङ मैदानको साङताक सिमाना नै सिमाना हुँदै तुम्सिङवाघङ (सप्तकोशी नदी) सम्म, त्यहाँदेखि दक्षिणतिर सप्तकोशी नदी हुँदै फुङसिङवाघङ (गंगा नदी) सम्म, त्यहादेखि गंगा नदी हुँदै फुङसिङवा–लुम्दाङवा घङ (गंगा–ब्रह्मापुत्र नदी) को दोभानसम्म र त्यहाँदेखि ब्रह्मापुत्र नदी हुँदै लुम्दाङवा–तिङदाङवाघङ (ब्रह्मापुत्र–टिष्टा नदी) को दोभानसम्म । पूर्वी सिमानाः– ब्रह्मापुत्र–टिष्टा नदीको दोभानदेखि उँभो हिमालतिर टिष्टा नदी हुँदै टिष्टा नदीको शिर थाक्केनलुङ नाङलुङ (थाक्केनलुङ हिमाल) सम्म । उत्तर सिमानाः– टिष्टा नदीको शिर थाक्केनलुङ नाङलुङ (थाक्केन हिमाल) देखि पश्चिमतिर सम्पूर्ण हिमालहरु हुँदै फुङवा घङ (सुनकोशी नदी) को शिर सक्वालुङ नाङलुङ (सक्वालुङ हिमाल) सम्म । लिम्बूवान राज्य निर्माणकालमा थाक्केनलुङ हिमालदेखि सक्वालुङ हिमालसम्मका सबै हिमालहरु लिम्बूवानमा गाभिएकाले छेङसेङलुङ नाङलुङ (कञ्चनजङ्गा हिमाल), फक्ताङलुङ नाङलुङ (कुम्भकर्ण हिमाल), चमजमलुङ नाङलुङ (सगरमाथा हिमाल) लगायत सम्पूर्ण हिमालहरु लिम्बूवान राज्यमा पर्दछन् । लिम्बूवान निर्माण भएको बेला यसका छेउछेउमा तिब्बत लगाायत अरु कुनै पनि राज्यहरु अस्तित्वमा थिएनन् । लिम्बूवान राज्यका निर्माता लिम्बूहाङले ‘याक्थुङ राज्य लिम्बूवानमा अर्को जातिका मानिसहरु नभएकाले लिम्बूवान बाहिर भेटिए उनीहरुलाई ल्याएर बस्ति बसाउन सकिने छ’ भनेका छन् । यो कुरा उनीद्वारा याक्थुङ संवत १३९६ सालमा संस्करणित निर्मित याक्थुङ विधानको धारा– ७ मा उल्लेख छ । यसरी आजका लिम्बू (याक्थुङ) हरुका पुर्खा राजा लिम्बूहाङले धेरै दुःख–कष्ट गरेर लिम्बूवान राष्ट्र राज्य निर्माण गरेकाले आदिबासी (पहिलोबासी) लिम्बूहरुलाई लिम्बूवानको विषयमा आवाज उठाउने स्वसिद्ध मौलिक तथा नैसर्गिक अधिकार रहन्छ । लिम्बूवान राज्यमा बसोबास गर्दै आएका अन्न्य जातजातिहरुको पनि लिम्बूवानसँग अभिन्न सम्बन्ध हुने भएकोले यो राज्य अन्तर्गत उनीहरुको बसोबास गर्ने तथा पहिचान जोगाउने मौलिक अधिकार हुन्छ । साथै आफू बसेको लिम्बूवान भूमिको सर्वाङगीण विकासका लागि आवाज उठाउने स्वसिद्ध मौलिक अधिकार पनि हुन्छ । राजा लिम्बूहाङद्वारा निर्मित ‘लिम्बूवान राज्य’ हाल नेपाल, भारत र बंगलादेश गरी ३ देशहरुमा विभाजन भएर बसेको छ । तीन देशमा विभाजित सम्पूर्ण सकल लिम्बूवान (Entire Origional Limbuwan) एवं तत्लिम्बूवानसंग सम्बन्धित विविध विषयहरुका बारेमा आवाज उठाउने तथा माग बुलन्द गर्ने संघ वा संस्था आजसम्म कहीँ कतै पनि स्थापना नभएकोले उपरोक्त कार्यहरु गर्नका लागि एक संघ स्थापना गर्न उचित र नितान्त वान्छनीय भएकोले याक्थुङ संवत ५९८९ साल सिसेक्पा १९ लुङनाम (वि.सं. २०६८ साल साउन १५ गते/इस्वी संवत २०११ जुलाइ ३१ तारिख) आइतबारका दिन ब्रमाण्ड शेर्मा को अध्यक्षतामा बसेको पहिलो बैठकले बैठक बसेकै दिन ‘सर्व लिम्बूवान संघ (All Limbuwan Association) विधिवत रुपमा स्थापना गर्यो । स्थापित तथा गठीत उक्त संघका पदाधिकारी सदस्यहरुको नाम निम्नअनुसार छन्ः
 (१) अध्यक्षः ब्रमाण्ड शेर्मा 
(२) महासचिवः वृत्तान्त यक्सो 
(३) अर्थसचिवः अलौकिक नाल्बो
(४) सदस्यः दिव्यादृष्टी लिम्बू 
(५) सदस्यः नाम्बिनहाङ शेर्मा 
(६) सदस्यः चन्द्रबीर लिम्बू 
(७) सदस्यः ज्ञानेन्द्र यक्सो 
(८) सदस्यः नाराहाङ याक्थुङ 
(९) सदस्यः दिलप्रकाश यक्सो 
(१०) सदस्यः सेसेहाङ याक्थुङ 
(११) सदस्यः पापोहाङ शेर्मा 
संघको आवश्यकता अनुसार समय समयमा साङगठनिक कार्य गर्नका लागि ब्रमाण्ड शेर्मा (अध्यक्ष), वृत्तान्त यक्सो (महासचिव) र अलौकिक नाल्बो (अर्थसचिव) रहने गरी ३ सदस्यीय कार्यसमिति पनि बैठक बसेकै दिन गठन गरिएको छ । यो सर्व लिम्बूवान संघ नेपाल, भारत र बंगलादेशमा विभाजन भएर रहेको लिम्बूवान भू–भागहरुको विषय उठाउने एक अन्तर्राष्ट्रिय संस्था हो । लिम्बूवान राज्यका भूभागहरु नेपाल अवस्थित लिम्बूवानको भूभागः सुनकोशी नदीको शिर सक्वालुङ हिमाल–मिङसेलुङ पहाड–साङदोलुङ पहाड–बाग्मती नदी पूर्व, सिक्किम–मेची नदी पश्चिम, भारत उत्तर र तिब्बत–चीन दक्षिण यति चार सिमाना भित्र नेपाल अन्तर्गत रहेको लिम्बूवानको भूभागहरु नेपाल अवस्थित लिम्बूवान हो । यो लिम्बूवान भूभाग अन्तर्गत नेपालमा पर्ने जिल्लाहरु निम्नअुसार छन्ः 
(१) काठमाण्डौं 
(२) ललितपुर 
(३) भक्तपुर 
(४) काभ्रेपलाञ्चोक
(५) सन्धुपाल्चोक 
(६) दोलखा 
(७) रामेछाप 
(८) सिन्धुली 
(९) सर्लाही 
(१०) महोत्तरी 
(११) धनुषा 
(१२) सिराहा 
(१३) सप्तरी 
(१४) उदयपुर 
(१५) ओखल्ढुंगा 
(१६) खोटाङ्ग 
(१७) भोजपुर 
(१८) सोलुखुम्बु 
(१९) संखुवासभा 
(२०) तेह्रथुम 
(२१) धनकुटा 
(२२) सुनसरी 
(२३) मोरङ 
(२४) झापा 
(२५) इलाम 
(२६) पाँचथर 
(२७) ताप्लेजुङ्ग । 
भारत अवस्थित लिम्बूवानको भूभागः नेपालको पूर्वी सिमाना मेची नदी पूर्व, सप्तकोशी नदी पूर्वको नेपाल–भारतबीचको दशगजा सिमाना दक्षिण, भारत भूमिमा सबैभन्दा पश्चिमबाट बग्ने कोशी नदीको पूर्व, गंगा नदी उत्तर, भारत–बंगलादेश सिमाना पश्चिम, भारतकै पश्चिम बंगाल तथा सिक्किम राज्यमा बग्ने टिष्टा नदी पश्चिम र तिब्बत–चीन दक्षिण यति चार सिमाना भित्र भारत अन्तर्गत रहेको लिम्बूवान भूभागहरु भारत अवस्थित लिम्बूवान हो । यो लिम्बूवान भू–भाग अन्तर्गत भारतमा पर्ने जिल्लाहरु निम्नअनुसार छन्ः (क) विहार राज्यको पूर्णीमा डिभिजन अन्तर्गत रहेका जिल्लाहरुः 
(१) पूर्णीया जिल्ला (Purnia district) 
(२) अरेरिया जिल्ला (Araria district) 
(३) किशनगञ्ज जिल्ला (Kishaganj district) 
(४) कटिहार जिल्ला (Katihar district) 
विहारकै कोशी डिभिजन अन्तर्गत रहेका जिल्लाहरुः 
(१) सुपाउल जिल्ला (Supaul district) 
(२) मधेपुरा जिल्ला (Madhepura district) 
(३) साहारसा जिल्ला (Saharsa district) 
(ख) पश्चिम बंगाल राज्य अन्तर्गत रहेका जिल्लाहरुः 
(१) माल्दा जिल्ला (Malda district) 
(२) दक्षिण दिनाजपुर जिल्ला 
(South Dinajpur district) 
(३) उत्तर दिनाजपुर जिल्ला (North Dinajpur district) 
(४) जलपाइगुरी जिल्ला (Jalpaiguri district) (टिष्टा नदी पश्चिमको भू–भाग) 
(५) कुचविहार जिल्ला (Kooch Bihar district) (टिष्टा नदी पश्चिमको भू–भाग) 
(६) दार्जिलिङ्ग जिल्ला (Darjeeling district) (टिष्टा नदी पश्चिम भू–भाग) । 
(ग) सिक्किम राज्य अन्तर्गत रहेका जिल्लाहरुः 
(१) पश्चिम सिक्कम जिल्ला (West Sikkim district) 
(२) उत्तर सिक्किम जिल्ला (North Sikkim district) (टिष्टा नदी पश्चिम) 
(३) दक्षिण सिक्किम जिल्ला (South Sikkim district) (टिष्टा नदी पश्चिम) । 
बंगलादेश अवस्थित लिम्बूवानको भूभागः बंगलादेश–भारत सिमाना (गंगा नदीदेखि उत्तर मात्र) पूर्व, टिष्टा–ब्रह्मापुत्र नदी पश्चिम, गंगा (पदमा) नदी उत्तर र बंगलादेश–भारत (पश्चिम बंगाल राज्यको जलपाइगुरी र कुचविहार जिल्ला) सिमाना दक्षिण यति चार सिमानाभित्र बंगलादेशको राजशाही र राङ्गपुर डिभिजन अन्तर्गत रहेको लिम्बूवान भू–भागहरु बंगलादेश अवस्थित लिम्बूवान हो । यो लिम्बूवान भूभाग अन्तर्गत बंगलादेशमा पर्ने जिल्लाहरु निम्न अनुसार छन्ः 
(क) राजशाही डिभिजन अन्तर्गत रहेका जिल्लाहरुः 
(१) बोग्रा जिल्ला (Bogra district) 
(२) जयपुरहाट जिल्ला (Joypurhat district) 
(३) नाओगाउ जिल्ला (Naogaon district) 
(४) नातोरे÷नाटोरे जिल्ला (Natore district) 
(५) नवाबगञ्ज जिल्ला (Nawabganj district) 
(६) पदमा जिल्ला (Padama district) 
(७ राजशाही जिल्ला (Rajshahi district) 
(८) शिराजगञ्ज जिलला (Shirajganj district) 
(ख) राङ्गपुर डिभिजन अन्तर्गत रहेका जिल्लाहरुः 
(१) राङ्गपुर जिल्ला (Rangpur district) 
(२) ठाकुर गाउ जिल्ला (Thakurgaon district) 
(३) गाइबन्ध जिल्ला (Gaibandha district) 
(४) निल्फामारी जिल्ला (Nilphamari district) 
(५) पञ्चगरह जिल्ला (Panchgarh district) 
(६) दिनाजपुर जिल्ला (Dinajpur district) 
लिम्बूवान राष्ट्र–राज्यका निर्माता लिम्बूहाङद्वारा निर्मित प्राचीन लिम्बूवान राज्यका भू–भागहरु हाल नेपाल अन्तर्गत २७ जिल्ला, भारत अन्तर्गत (पूरै तथा आंशिक गरेर) १६ जिल्ला र बंगलादेश अन्तर्गत १४ जिल्लाहरु पर्दछन् । लिम्बूवानले लिम्बूवान भू–राज्यभित्र बसोबास गर्दै आएका जातजातिहरुको पहिचानलाई लिम्बूवान अन्तर्गत दुई पक्षीय समान हितलाई ध्यानमा राखी सम्बोधन गरेर सम्मान गर्न सक्नेछ । सम्बोधन गर्दा दुई पक्षीय समान हितलाई ध्यानमा राखिने छ । दुई पक्षीय भन्नाले लिम्बूवान राज्य र लिम्बूवान राज्य अन्तर्गत सम्बोधन गरिएको उपराज्य तथा उपक्षेत्र हुनेछन् । हामी स्पष्ट गर्न चाहन्छौं कि लिम्बूवान भनेको लिम्बू जातिले प्राचीनकालमा निर्माण गरेको वैधानिक राज्य भए तापनि लिम्बूवानमा बसोबास गर्दै आएका सम्पूर्ण जातजातिहरुले समान रुपमा फूल्न फल्न पाउने समान अधिकारको साझा फूलबारी हो ।

No comments:

Post a Comment