Nov 16, 2009

हङकङ झलक्क हेर्दै नेपालतिर पनि जाउँ कि ?

दिलेन्द्र कुमार तुम्बाहाङफे
बिज्ञान प्रबिधि र ब्यापारले संसारलाई कसरी परिबर्तन गर्न सकिन्छ भन्ने राम्रो नमुना हङकङको शहरलाई लिन सकिन्छ । भूगोलको हिसाबले एक हजार बर्ग किलोमिटरमा मात्र फैलिएको यो शहरमा न यहाँ कृषी उत्पादन हुन्छ न तेल र नूनको खानी छ न त फलाम र सूनको खानी नै छ । हाम्रो देश कृषी प्रधान देश मात्र होइन अपार पाकृतिक स्रोत नदीनालाहरुको बिधुत उत्पादन क्षमता समेत ८० हजार मेगावाटको छ भने यहाँ एक किलोवाट उत्पादन गर्न सक्ने नदीनाला शून्य बराबर छ तर यसमा भिन्नता हाम्रो देश हजारौ हजार मेगावाटको सपना मात्र बोकेर बाह्रैमास लोडसेडीङको मार खेप्नु परेको छ भने हङकङमा बाहै्रमास कहिले पनि बिधुतको कमी र समस्या भोग्नु पर्दैन बरु चौबीसे घण्टा यहांको बढी भोल्टेजको प्रकाशले चकमन्न रातलाई पनि दिन जस्तै झिलीमिली बनाई दिएको हुन्छ । जब रात पर्दै जान्छ थरिथरिको रंगीन प्रकाशले झन रमाईलो र मनमोहक पारी दिन्छ । यस्तो घुम्न, बस्न रहरलाग्दो रात्रीबातावरणले होला यहाँको मान्छेहरु रातभरी जागेर दिउंसो भरि सुत्न रुचाउंछन् । समुन्द्र बाहिर भीर पहरा भन्दा बिशाल र आकाश छोए झै गगनचुम्बी महलहरुले जो कोही पनि आर्श्चय र सोचमग्न बनाई दिन्छ त्यसरी नै जमिन र समुन्द्र भित्र दर्जनौ मोटर रेलवे बिछयाएका छन् भित्र बाहिर चारैतिर यातायातको अधिकतम सुबिधाको लागी जोडिएको चील्ला सडकहरुमा अति महङो युरोपीयन चील्ला गाडीहरु मात्र प्राय गुडीरहेको हुन्छ यहीबाट अड्कल लिन सकिन्छ कि सांच्चैको बिश्वका धनी ब्यक्तिहरु नै धेरै बस्ने शहर रहेछ यहांको सरकार पनि कम छैन सयौ योजनाहरु मध्ये एउटा योजना काईतक पुरानो एयरर्पोटको लागी मात्र एकसय बिलीयन हङकङ डलर छुटयाएको छ पांच दशक अघि एउटा डुंगामा आश्रति मांझीहरुको जीबनशैलीमा आएको चमत्कारीक परिबर्तनले हाम्रा लाहुरे बूढापाकाहरु तीन छक्क पर्छन् । यहां राजनीतिक क्रान्ति ,सासंकृतिक क्रान्ति भनेको कुन बस्तुको नाउं हो थाहा छैन यहांका जनताहरुलाई । तर आर्थीक क्रान्तिको नाउंमा एकहोरो बिकाशको क्रान्ति मात्र दिन दुइगुणा रात चौगुणाको गतिमा बढीरहेको छ । उनिहरुले बिकासको एजेण्डाहरु एक दुइ दशक पहिले बनाई सकेको हुन्छ जुन योजनाहरु पहिले पारीत भए पनि दशक पछि जुन सुक्कै पार्टीको पदाधिकारीहरु भए पनि नियम पूर्वक र इमादारी साथ पुरा गर्छन् । अब हामीले लिनु पर्ने शिक्षा केहो त ? एउटा पार्टीमा सरकारले करोडौ खर्च गर्दै सर्भे सर्भेक्षण गरेर ल्याएको परियोजनाहरु अर्को सरकार आउन साथ योजना काटी भताभुङ बनाएर रकम मात्र मास्ने गर्दैनन् । जस्तो नेपालमा साना तिना परियोजनाहरु किन उल्लेख गर्ने तर अरुण तेश्रो जल-बिधुत परियोजना पूर्ण रुपमा ल्याउंन कांग्रेस सरकारले अरबौ रुपैया खर्च गरेको थियो भने यो अवसर गुम्दा बिश्व बैंक,एसियाली बिकास बैंक गर्दै थुप्रै दातृराष्टहरुबाट पाएको सहयोगको बिश्वास पनि गुमाउंनु पर्यो । नेपालमा जुनसुक्कै पार्टीको सरकार आए पनि केवल उनिहरुको सिदान्त र उदेश्य छेपाराको कथा जस्तो मात्र हो । कुनै जनमुखी भावना र बास्तबिक राष्ट प्रेम कोही कसैसंग पनि छैन । यदी कसैसंग भएको भए राष्ट्रको यो दुरदशा अहिले भोग्नु पर्नै नै थिएन । नेता भनाउंदाहरु जब सत्तामा पुग्नसाथ ''राष्ट्र भनेको मेरो परिवार हो जनताहरु भनेको मेरो परिवारका सदस्यहरु हुन'' भन्ने जुन संकुचित ब्याबहार र संकिर्ण सोचले गर्दा सबै दुखि दरिद्र असहाय, पीडित र निमुखाहरुले पाउंनु पर्ने समान अधिकार र न्यायबाट सदा बन्चित छन् । आफ्ना परिवारलाई राजपरिवार नै बनाउंने अरुलाई दास बनाउने । मुसाले अन्न थुपारे झै राष्ट्रको ढुकुटीबाट अरबौ रुपैया लुटे पनि हुने ,कसैको बोली फुटेमा दुइ चार लाख रुपैयाले मुख टाले पनि हुने जस्ता जति पनि घृणीत शोषण छ नेपालमा जस्ले गर्दा बिकासको कुरा त किन गर्ने तर यी भ्रस्टहरुले जनताहरुको पसिना र रगत मात्र खाएको छैनन् पर्दा बाहिर बसेर राक्षसी नाईकेको रुपमा पन्ध्र हजारौ नेपालीहरुको ज्यान समेत खाई सकेका छन् । आखिर सत्तामा पुगेर रस मात्र चाखी फनक्क फर्किनु थियो भने सच्चा कम्युनिस्ट बर्गसुत्रबादको नाममा किन यत्रो नरसंहार मच्चाउनु जरुर थियो र । संघीय शासन प्रणालीको अबधारणामा कार्यकारी प्रमुख कहिले राष्ट्रपतिय प्रणाली कहिले प्रधानमन्त्रि हुने भनेर एउटा ठोस राजनीतिक दृढता नै बनाउन नसक्ने यी पार्टीले राज्यको पुनसंरचना गर्नेपनि कसरी । आफनै पार्टीले स्वार्थमा डुबेर खाली सेनासमायोजनको कुरा मात्र गरेर बस्ने यो त संबिधान निमार्ण पाश्चात पनि हुन्थ्यो त । कमसेकम संबिधान निमार्ण गरेर देखाई दिएको भए सक्कली कमरेडहरुको अनुहार मोती झै जनताहरुको सामु झल्किन्थ्यो तर 'हात्ती आयो हात्ती आयो फुस्सा' भने झै मावोबादी सरकार के नै पो होला भनेर टवां परेर बसेका जनताहरुको आंखामा बालुवाको धुलोले छारो हान्दिए पछि हर्ष न बिस्मात हुने नै भयो बिचरा सोझो जनताहरु । सामान्ति शासकहरुको राज्यक्रमलाई अलग्याएर राजनीतिक दलहरुको शासन सत्ता मात्र हेर्दा पनि लामो समयसम्म राष्ट्र हांक्ने अवसरहरु मिलेको थियो तर पालैपालो घरी-घरी चढ्ने घरी-घरी झर्ने गरेर सिङ्गो राष्ट्रलाई एउटा सानो खेलौनाको रुपमा सीमित पारियो । परिबर्तनको नाममा थुप्रै ऐतिहासिक जनआन्दोनहरुमा जनताहरुलाई समाहित गराएर नया नेपाल निमार्ण गर्न खुशिका आशाहरु अनि सुन्दर सपनाहरु बाडियो । राष्ट्रबादको नाममा कोशि संझौता ,महाकाली सन्धि गरेर राष्ट्रलाई चोइट्याईयो तर कुन नजरले तिनै दलालहरु आज संघीय राज्यप्रणालीमा जांदा देश बिखण्डन हुन्छ भनेर लगलग काप्न थालिसकेकाछन् । केन्द्रिकृत राज्यबाट संघात्मक राज्यहरुमा बांडिए पछि ति राज्यहरुको स्वाशासन आफैले आत्मनिर्भर र राज्यको स्वरुप भित्र आधारित रहनु पर्ने हुँदा केन्द्रिय सत्ताबाट खेलबाड गर्न पाउनेछैनन् । अहिलेको राज्यसत्ता या राज्यको हरेक अंङ्गहरुमा हामी सरसती हेर्दा एकल बाहुनबादी ,एकै जाती र भाषीको हालीमुहाली छ यो सत्य हो । त्यसैले आफ्ना दानापानी टुट्ने डरले सकेसम्म बरु पचास प्रतिशत आरक्षणको देखावटी कोरा प्रलोभन बांडन पनि पछि नहट्ला तर अहिलेको संबिधान निमार्ण गर्नु मर्नु जत्तिकै गाह्रो मानिरहेकाछन् । हुनत अस्तित्व धरापमा पर्दा चिच्च्याउंनु स्वाभाबिक हो यदी हामीले चाहायौं भने अस्तित्व बिहीन पार्न सकिनेहरु आत्तिएरु हो की अस्तित्व रक्षाको लागि बाहुन क्षेत्री संघ खोल्ने , सकेसम्म जनमोर्चाले संघीयता उपर बेस्सरी बिरोध सभागर्ने नभए क्षेत्रीय,जातीय,उपजातीय गुट उपगुटमा छुट्याएर लडाउंने खेलहरु प्नि भईरहेको देखिन्छ । तर म त यसरी आत्तिने कुनै कारण देख्दिन 'सानो मान्छेको सानो पित्त सानो पित्तको सानो चित' भन्ने कमजोर आत्माबल हुने जातीको यर्थातत्ता देखाउनु त जरुर नपर्ने हो तर किन यस्तो भईरहेछ आज । एउटा जातीको नाममा राज्य नामकरण गर्दैमा अरु जातीहरुलाई झोला र तुम्बी बोकाएरर कांशि लखेटने,घर बार खोस्ने,नभए सुकुम्बासी नै बनाउने भन्ने जुन शंका उपशंकाको सोच लिनु एकाईसौ शताब्दीको सभ्यतालाई धोका दिनु मात्र होइन पट मुर्खता प्रदर्शन गर्नु पनि हो बारम्बार जातीय राज्यहरुको सवाल नै एकात्मक राज्यसत्ताबाट वाक्क दिक्क भएका सबै जातजातीहरुलाई एउटा राज्य भित्र संगठिट र एकत्रित गराएर मानबीयनाताको सोच,संबदना,बिबेकशील स्नेहता आपसी सहयोगात्मक भावनामा बांधिएर सभ्य र समुन्नत मानब बस्ति बसाउनु हो । बिकेन्द्रिकरणमा जांदा आर्थिक ,राजनीतिक , सांसकृतिक तथा कानून नजिकबाट नियाल्न पाउने र पाकृतिक स्रोत साधनहरुलाई आफैले उपभोग गर्दा सहीढंगले सदुपयोग गरेर कतै द्रूत गतिमा उपलब्धिमूलक प्रगति हासिल हुन्छ कि बिकासको नयां बाटोहरु पछयाउदै चाडैं समृद्धिमा पुगिन्छ कि भन्ने मात्र हो । अहिले राजनीतिक दलहरुको खिचातानीमा जसरी लचकताको कुरा गरिरहेका छन् त्यसरी नै जातीय मुद्धा उठाउनेहरु पनि एकदमै लचकता अपनाएर शान्ति पूर्ण आन्दोलनमा रहेकाछन् यसको प्रतिउतरमा राज्यले पनि सहज रुपले पुनस्थापना गराउनु पर्छ किन भने एउटा शिक्षा मावोबादीबाट लिन सक्छौ आखिर सत्तामा पुग्नु मात्र त रहेछ अनाहकमा हजारौ नेपालीहरुको ज्यान गुम्यो । त्यसरी नै जातीय,क्षेत्रीय सशस्त्र बिद्रोहमा उत्रनुपूर्व चाँडै नै उनिहरुको माग पूरा गर्न जरुर छ जातीय राज्यहरुको एउटा रहर मात्र पनि हुन सक्छ भोली एकात्मक राज्यमा पनि मिश्रति हुन पनि सक्छन् भनेर राज्यले सकारात्मक सोच लिएमा समस्या नै खत्तम हुने हो भन्ने सम्मको मस्तिक नै नहुने नेताहरुको बथान मात्र केन्द्रमा भए पछि राजनीतिक उथलपुथल त हुने नै भयो त्यसैले अब हामीले शान्ति प्रकियालाई तार्किक निष्कर्षमा पुरयाउंदै हामीले यो सोच्नु पर्छ कि जातीय राज्य भनेको नै सबै समुदायहरुको साझा मिलन बिन्दु रहेछ भनेर सम्झीनु पर्छ जसको अर्थ हो हिजो नोपाल अधिराज्यले सबै नेपालीहरुलाई साझा फुलबारीको नक्कली बिल्ला दिइयो भने अब जातीय राज्यहरुको यो उपनाम यर्थातत्ता हो भनेर बुझनु पर्छ ।
हाल - बेलायत

No comments:

Post a Comment