Dec 16, 2007

प्रभावशाली पूर्व मिस नेपाल माल्भिका सुब्बा

माल्भिका सुब्बा, पूर्व मिस नेपाल एवं टेली एंकर। जन्म - २०३८ साल, शिक्षा - मास कम्युनिकेसन्स एन्ड जर्नलिजममा स्नातकोत्तर अध्ययनरत। मिस नेपालका
११ श्रृंखलाका सुन्दरीमध्ये माल्भिका सबैभन्दा प्रभावशाली रहेको स्वयं पूर्व मिस नेपालहरूले सार्वजनिक कार्यक्रममा स्वीकार गरेपछि उनको उचाइ अझ बढेको छ। माल्भिका मीस नेपाल भएयता धेरै युवतीहरुले उनलाई रोल मोडेल मान्ने गरेका छन्। कान्तिपुर टेलिभिजन तथा नेपाल वानमा टेलिभिजन एंकरको भूमिका निभाइसकेकी माल्भिकाले मिस नेपालकी संयोजकका रूपमा पनि काम गर्दै आएकी छिन्।

मिस नेपाल हुनुका फाइदा त धेरै होलान् तर तपाईंलाई कुन फाइदा बढी प्रभावकारी लाग्यो ?
युवापुस्ताले मलाई रोल मोडल मान्नु र थप ज्ञान एवं आत्मविश्वास प्राप्त गर्नुलाई मैले प्रभावकारी फाइदा मानेकी छु । तर त्यसबाहेक यही बेलादेखि म आफ्नो खुट्टामा पूर्ण रूपमा उभिएँ ।
तपाईंको कुन खुबीले ताज दिलाएजस्तो लाग्छ ?
सुन्दर भएर मात्र हुँदैन, भित्री ज्ञानको सौन्दर्य पनि हुनुपर्छ । मैले आफ्ना कुरा राम्ररी भन्न सकें । विशेषगरी मनको कुरा भन्न सक्ने खुबीले मुख्य भूमिका निभाएको थियो ।
के सानैदेखि मिस नेपाल हुन चाहनुहुन्थ्यो ?
होइन, डाक्टर हुन चाहन्थें ।
डाक्टर बन्ने सपनाबाट कहिले ब्युँझिनुभयो ?
जब नौ क्लासदेखि साइन्स मन परेन ।
अब विवाह गर्ने बेला भएन र ?
के विवाह पनि यही समयमा गर्नुपर्छ भन्ने हुन्छ र ?
त्यसो भए विवाह गर्ने सोच अहिलेसम्म आएको छैन ?
छ, सम्भवतः अर्को वर्षसम्म गर्छु ।

प्रेमविवाह रुचाउनुहुन्छ कि मागीविवाह ?
प्रेमविवाह, किनभने मेरो पूरै परिवारले प्रेमविवाह गर्नुभएको छ ।
त्यसो भए प्रेमी पनि फेला पारिसक्नुभयो ?
त्यसै भन्नुपर्‍यो ।
कति वर्ष भयो ?
मिस नेपाल भएदेखि ।
कस्तो पुरुष रुचाउनुहुन्छ ?
बुझकी, टाइम दिन सक्ने र सहयोगी ।
त्यसो भए यी सबै कुरा तपाईंको प्रेमीमा छ ?
अहिलेसम्म यी सबै कुरा पाएकी छु तर विवाहपछि के होला भन्न सकिन्न ।
कस्ता पुरुष मन पर्दैनन् ?
मनमा पाप भएका, अरूको कुरा काट्ने एवं अहं भावना भएका ।
तपाईंको कमजोरी के हो ?
म छिट्टै चित्त दुखाउँछु । यो मेरो कमजोरी हो ।
आफ्नो राम्रो कुराचाँहि के लाग्छ ?
ममा धैर्यता छ । म अरूका कुरा बुझ्ने प्रयास गर्छु । साथीभाइलाई केयर गर्छु । ममा अहं भावना छैन ।
तपाईंलाई सबैभन्दा नरमाइलो लागेको कुरा के हो ?
बुबाको मृत्यु । बुबाको रहरले नै म जन्मिएकी हुँ । दुईवटा छोरा भएर लामो समय बितेपछि उहाँले छोरीको रहर गर्नुभएको थियो रे । म उहाँकी पुल्पुलिएकी छोरी थिएँ ।
कोबाट बढी प्रभावित हुनुहुन्छ ?
मेरी आमाबाट ।
किन ?
उहाँ नै हाम्रो घरको सर्वेसर्वा हो । बुबा हुँदादेखि नै उहाँले नै घर ह्यान्डल गर्नुभएको थियो । हाम्रो परिवार मातृसत्तात्मक परिवार हो । आफ्नो खुट्टामा आफै उभिनुपर्छ, अरूको भर पर्नुहुन्न भन्ने ज्ञान उहाँले नै मलाई दिनुभएको हो । २० वर्षको उमेरदेखि म आफ्नै खुट्टामा उभिनुमा उहाँको ठूलो हात छ ।
तपाईंले चढ्ने बाइक आफैले किन्नुभएको हो ?
हो । बाइकमात्र किन, मैले नुहाउने स्याम्पुदेखि परिहनसम्म सबै म आफैले कमाएकी हुँ । टुथपेस्टदेखि टबेलसम्म सबै आफैले कमाएको पैसाबाट जोड्छु । तपाईंको सपना के हो ? आफैले कमाएको एउटा राम्रो घरमा बस्ने । आफैले एउटा गाडी किन्ने ।
नेपालमा कमाएको पैसाले यी सबै कुरा नपुग्न पनि सक्छ नि ?
नपुगे पनि मलाई यही चाहिन्छ भन्ने जिद्दी गर्न छाडेकी छु । जे छ, त्यसैमा रमाउन चाहन्छु । नेपालमा जन्मेर ठूलो कुरा खोज्नु राम्रो पनि होइन ।
तपाईं प्रतिभाशाली हुनुहुन्छ, विदेश जाने हो भने राम्रो कमाइ गर्न सक्नुहुन्थ्यो नि, होइन र ?
तपाईंले भनेको कुरा सही हो तर मलाई नेपाल नै मन पर्छ । मास कम्युनिकेसन पढ्न दुई वर्षका लागि थाइल्यान्ड गएकी थिएँ तर दुई महिनामै र्फकन बाध्य भएँ । हिमाल देखे पनि नेपालको सम्झना आउने, पहाड देखे पनि नेपालको सम्झना आउने । त्यहाँ बस्नै सकिन । फेमिलीबिना म बाहिर बस्न नसक्ने रहेंछु ।

यामबहादुरले रोएको धनकुटा

जनकऋषी राई
यामबहादुर लिम्बूले आफ्नो गाडी तोडफोड गर्नेहरुलाई अंगालो मारेर रुदै माफि दिए । यो कुनै कथा वा चलचित्रको दृश्य होइन र यामबहादुर पनि कथित पात्र होइन । धनकुटाको जिल्ला प्रहरी कार्यालय हाताभित्र यामबहादुर रोएर माफि दिएको घटना धनकुटा जिल्लाको एउटा नजिर बन्यो जुन नजिरले धनकुटालाई सधैं लज्जित बनाइरहने छ । श्रावण २८ गते धनकुटा जिल्लाको घण्टे भन्ने स्थानमा यामबहादुरले मोटरसाईकललाई ठक्कर दिएको भन्ने शंकाको आधारमा धनकुटा जिल्ला स्वास्थ्य कार्यालयमा उनको कार तोडफोड गरियो । तोडफोडको नेतृत्व तत्कालिन नेपाली कांग्रेस -प्रजातान्त्रिक) का जिल्ला सभापति निर्मल कर्माचार्यका दुई होनहार छोराले गरेका थिए जसले माफी माग्ने समयमा निन्याउरो अनुहार लिएर गल्ति भएको र गल्ति नदोहोरिने प्रतिज्ञा समेत गरे । तर, समय वितिसकेको थियो शंकाको भरमा गाडी तोडफोड गरेर माफी मिनाहा पाएको त्यो तोडफोड तथा गुण्डागर्दी समूहमा अभिशेक कर्माचार्य, आशिष कर्माचार्य, कमल अधिकारी, सञ्जय श्रेष्ठ रहेका थिए ।गुण्डागर्दी देखाएर आफ्नो बाहुबलको अस्तित्व स्थापना गर्ने सोच लिएका उनीहरुलाई प्रहरीले गिरफ्तार नगर्दा सहजै अनुमान गर्न सकिन्थ्यो- नेपाली कांग्रेस -प्रजातान्त्रिक)को राम्रो प्रभाव प्रहरीमा पनि परेको थियो । यस कुराको पुष्टि हुने आधार भनेको डीएसपी नरबहादुर केसीसमेत छलफलमा उपस्थित हुदा वारदात गर्ने गुण्डाहरुलाई छलफलमा उभ्याउने आवश्यकता ठानिएन । अझ डीएसपी नरबहादुरले क्षतिपूर्तिको सवालमा गुण्डागर्दी गर्नेप्रति उदार हुदै पीडित पक्षलाई भनेका थिए- 'तपाईंहरुले कमाउन सकिहाल्नु हुन्छ किन धेरै क्षतिपूर्तिमा कस्ने ।' डीएसपीले सुनेको हुनसक्छ कि यामबहादुरको परिवार लाहुरे हो भनेर । तर, सवाल यामबहादुरको परिवार लाहुरे हो कि होइन भन्नेसाग भन्दा पनि यामबहादुरको क्षतिपूर्ति गर्ने कि नगर्ने भन्ने विषयसाग जोडिएको थियो ।डीएसपीको उक्त आशयले लाहुरेहरुको गाडी तेडफोड गर्नु अपराध होइन भन्ने आश्रयको सन्देश दिएको थियो । जबकि यामबहादुरको माग थियो- गाडीको क्षतिपूर्ति दिइनुपर्छ । स्वयम् प्रहरी बसेर गाडी बनाउने ठाउमा फोन गर्दा करिब ९० हजार लाग्ने कुरा बताईएको थियो । त्यसबेला निर्मल कर्माचार्यको पनि उपस्थिति थियो । तर, डीएसपीले त्यो सवाल छुन चाहेन अर्थात जति लाग्छ त्यति दिईनुपर्छ भनेर अभिव्यक्ति दिन सकेन, जो सवाल महत्वपूर्ण थियो । डीएसपी चुप लागेर एकसाथ दुईवटा नकारात्मक कुरालाई बढावा दिए- पहिलो त धनकुटाकै सबैभन्दा सम्पन्न व्यक्ति निर्मल कर्माचार्यको राजनीतिक छविलाई अपराधसाग जोडेर अपराधलाई राजनीतिको समानान्तर पाटोमा ल्याए भने अर्कोतर्फ तोडफोड गरेर सामाजिक आतङ्क फैलाउनेलाई छुट दिएर गुण्डागर्दीलाई हौसला दिए । यसले स्पष्ट पार्छ, नरबहादुर केसी जस्तो डीएसपी देशभरी हुने होभने राजनीतिक रूपले कति अपराधीहरु सुरक्षित बन्न सक्छन्- यो प्रश्न सारा धनकुटेलीले डीएसपीलाई सोध्न आवश्यक छ ।यामबहादुर लिम्बूसाग जोडिएको अर्को घटना मोटरसाइकल हो । जतिबेला हामी छलफलमा बसेका थियौं- लिम्बूसाग क्षतिपूर्ति माग्न आएको भनेर एक हुल समाजसेवी मोटरसाइकल चालक -जो दुर्घटनामा परेका थिए) मिलन श्रेष्ठको तर्फबाट आएका थिए । श्रेष्ठका बुबा इन्द्रबहादुर श्रेष्ठ -जो मन्दिर निर्माण कार्यमा व्यस्त र स्थानीय रूपमा समाजसेवी भनेर चिनिएका) पनि थिए । ती समाजसेवीहरुले कतिसम्म झुट बोले भने गाडी तोडफोड भएको सुनेको तर को-को हो थाहा नपाएको बताए । जबकि ती समाजसेवीहरु धनकुटाको तल्लो कोप्चेबाट आएका थिए जहा निर्मल कर्माचार्य जस्ता सभापति पनि बस्ने गर्छ । हामीले भन्नौं- हाम्रो कारसाग मोटरसाईकल ठोक्किएको हो भने कारको कुनै पनि भाग कुच्चिनु पर्छ वा रङ उप्किएको हुनुपर्छ । तर, समाजसेवीहरु त्यो कुरा मान्न तयार भएनन् । हुल बाधेर अझ घाईतेको बारेमा किन कुरा भएन भन्दै अड्डी कसेका थिए । यसरी वैज्ञानिक तथ्नविना कारले ठक्कर दिएको प्रमाणित गराउन सकेमा ति समाजसेवीहरुलाई दुईटा फाईदा थियो- पहिलो त क्षतिपूर्ति दिनु पर्दैनथ्नो या निःशुल्क रूपमा गुण्डागर्दी गर्नेलाई चोख्याउन पाईन्थ्यो, दोस्रो मोटरसाइकल चालक मिलन श्रेष्ठ -जोसाग लाईसेन्स थिएन र सिकारु पनि थिए ।) को उपचार यामबहादुर लिम्बूले गरिदिनु पथ्र्यो । दुईटा हातमा लड्डु देखेर धनकुटेली समाजसेवीहरु जसरी भए पनि यामबहादुरलाई गल्ति देखाउन उत्साहित थिए । मन्दिर बनाएर पुण्य कमाउने वा नाम सुबास गर्ने चाहना राख्ने इन्द्रबहादुर श्रेष्ठ -मिलन श्रेष्ठका बुबा) पनि हो मा हो मिलाउदै यामबहादुरको गल्ति देखाउन तम्सिएका थिए । मन्दिर बनाउने मान्छेमा इमान्दारिता हुनुपर्छ । कारले ठक्कर दिएको होभने कार कुच्चिएको हुनुपर्छ भनेर तर्क राख्दा 'छोरालाई थाहा छ, छोराले भनेको ठोक्किएको हो रे ۧ इत्यादी भनेर बनाउदै गरेको मन्दिरप्रति नै अन्यान हुने अभिव्नक्ति दिए । किरातीमा एउटा उखान छ- 'राजदन्ड नलागे पनि देउ दन्ड लाग्छ ।' तत्कालको लागि राजदन्ड नलाग्दा तर भविष्यमा देउदन्ड निश्चित छ । जसरी हामी भन्ने गर्छौं कुरुवा कुच्याएर सामान बेच्ने पसलेको सास जानको लागि छातिमा कुरुवा राख्नुपर्छ रे । अर्थात मन्दिर बनाएर झुटो बोल्नुभन्दा मन्दिर नबनाई सााचो बोल्नु ठीक हो ।डीएसपी नरबहादुर केसीले अपराधिक मानसिकताकालाई संरक्षना दिएको भनेर कसरी प्रष्ट हुन सकिन्छ भने बाइक आफै लडेको देख्ने मान्छे पनि प्रमाणको रूपमा भेटिएका थिए । यति हुदाहुदै पनि किरात प्रदेशको इमान्दार लिम्बूप्रति डीएसपी पूर्वाग्रही देखिएका थिए । यामबहादुर लिम्बूले गुण्डागर्दी गर्ने अभिभावक वा गुण्डागर्दीलाई संरक्षण गर्ने समाजसेवीसाग आकाशै खस्ने गरी रकम मागेका थिएनन् । सोझो लिम्बूको सोझो कुरा थियो- 'कि त क्षतिपूर्ति हुनुपर्‍यो, कि त जेल हाल्नु पर्‍यो ।जे होस् यामबहादुर लिम्बू धरानबाट पटक-पटक धनकुटा धाएर गुण्डागर्दी गर्नेलाई रुदै माफि दिए । यसले नाटक तथा कथा लेखनमा प्रतिष्ठा कमाएका अशेष मल्लको धनकुटालाई के व्यंग्य गर्छ कुन्नि ? नेपाली साहित्यका उत्कृष्ट समालोचक डा. दयाराम श्रेष्ठ 'सम्भव' को धनकुटालाई कस्तो असर गर्छ कुन्नि ? 'किराती लोककथा' लेख्ने धनकुटाका शिवकुमार श्रेष्ठको जिल्ला धनकुटामा एउटा किराती रुदै अपराध गर्नेलाई क्षमा दिदा किराती लोककथाको कुन पात्रसाग तुलना गर्ने हुन् कुन्नि ? यो उत्तरको खोजी तबसम्म जारी रहनेछ जबसम्म धन्कुटामा राजनीतिक वा तथाकथित समाजसेवीको रूपबाट अपराधीको संरक्षण गर्ने प्रयास जारी रहन्छ । पछि सुनियो- डीएसपीले निर्मल कर्माचार्यको होनहार सुपुत्र जोगाए वापत निर्माण कार्यको लागि मोटो चन्दा र कक्टेल पार्टीको अफर भएछ । यो कुरा कतिसम्म सत्य हो मन्दिर बनाउने इन्द्रबहादुर श्रेष्ठलाई सोधे ठीक होला ।मान्छे मार्ने शैलीमा उत्रिएका ती गुण्डाहरुमाझबाट पनि यामबहादुर लिम्बूलाई जोगाउने प्रहरी निरीक्षक दुर्गा निरौलालगायत उनका कमाण्डका प्रहरीहरु धन्यवादका पात्र हुन् । यसले तल्लो तहका प्रहरीहरु जनताप्रति कति इमान्दार र निष्ठावान छन् भनेर प्रमाणित गरिदिएको छ । गाडी तोडफोड भए पनि निरौलाको टोलीले मानवीन क्षति हुनबाट रोकेका थिए
Source: Hamro Pusta Weekly

लिम्बुवानको राजनैतिक आधार

जनक चेम्जोङ
राष्ट्र भन्नाले राज्य ,देश ,मुलुक जस्ता र्निर्जीव र अमुर्त कुरा हाईन् , मानिसहरुको ठूलो समुह वा समुदाय हो । अझ राष्ट्रको परिभाषा यसरी लगाईएको पाउछौ । 'कुनै निश्चित भूभागसंग सामान्यतया एउटै भाषा वोल्ने र एउटै राजैनैतिक चरित्र वा राजनैतिक आकाक्षां भएको मानिसहरुको ठूलो समुदाय नै राष्ट्र हो । यस आधारवाट कसि लगाएर हेर्ने हो भने लिम्वु जातिय समुदाय एउटा राष्ट्र हो । लिम्वु जाति परापूर्वकालदेखि लिम्वुवान भूमिमा वस्दै आएका छन् ।उनिहरु एउटै साझा भाषा याक्थुङ्गपान वोल्दछन् र लिम्वुवान जातिहरुमा हामी याक्थुङ्गवा हौं भन्ने गर्व गर्ने राजनैतिक चरित्र वोकेका छन् भने लिम्वुवान राष्ट्र-राज्य निमाण गर्ने राजनैतिक आकाक्षां पनि छ । यहि नै लिम्वु राष्ट्र निर्माणको मुख्य आधार हो । यो पूजिवादी र्दार्शनिकहरुको मान्यता पनि हो । साम्यवादी विचारकहरु मध्ये जोसेफ स्टालिनका अनुसार 'राष्ट्र भनेको ऐतिहासीक रुपले विकसीत स्थिर मानव समुदाय हो,जुन साझा संस्कृतिमा प्रतिविम्वीत हुने साझा भाषा ,साझा भूभाग ,साझा आर्थिक जीवन र मनोवैज्ञानिक संरचनाको आधारमा र्निर्मित हुन्छ । यो परिभाषा अन्र्तगत लिम्वु जातिलाई हेर्ने हो भने लिम्वु राष्ट्र हुने कुरामा कुनै शंका उत्पन्न हुदैन् । लिम्वु किरात महावंसवाटै बिकसित भएको स्थिर मानव समुदाय हो । जसको साझा भाषा-सिरिजंङ्गा लिपि सहितको याक्थुङपान) ,साझा भूभाग (लिम्वुवान) कृषिमा आधारीत साझा आर्थिक जीवन र विभिन्न कालखण्डमा रक्त मिश्रति विभिन्न जातिय ईकाई-दश चिनीया सरदार ,श्यान मकवानवंशी ,चोकफुङ प्रथा द्धारा मिलेर वनेको लिम्वु जातिय मनोवैज्ञानिक संरचना नै हालको लिम्वु जाति (राष्ट्र) हो ।यहि आधारले लिम्वु राष्ट्र/राज्य आजको लिम्वुवान वन्न सक्ने प्रसस्त राजैनैतिक आधार हो । जातिय मुक्ति आन्दोलन र लिम्वुवान जुन देशमा राष्ट्र-जाति)हरु भाषिक ,धार्मिक सामाजिक र सास्कृतिक अधिकारवाट ओझेलमा पारिएका हुन्छन्, तिनिहरुको राजनैतिक अधिकार स्थापना गराउने महत्वपूर्ण पक्ष नै राष्टिय मुक्ति आन्दोलनको वैज्ञानिक वाटो हो । राष्ट्रिय मुक्तिको प्रश्न तिनै राष्ट्र (जाती)हरु संग गासिएको हन्छ , जो राष्ट्रको रुपले विकास भईसकेको अवस्थामा पनि राज्य भित्र आफनो पनलाई गुमाई दोश्रो नागरिकका रुपमा बाचिरहेका हन्छन् ।त्यस्तो परिस्थितिलाई सामना गरिरहेका समुदायले आफनो अधिकारका लागि अगाडी आउनु ,विद्रोहको निम्तिसंगठित हुनु कुनै नौलो कुरो हाईन् ।राष्ट्रिय मुक्ति भन्नाले स्वतन्त्रता प्राप्त गर्ने विषय मात्र होईन ,यो राष्ट्रहरु पराधिनतावाट मुक्त भईर् समान राजनैतिक आधार स्थापना गर्ने सवाल हो ।तसर्थ राष्ट्र/ राज्यको निमाण र राष्ट्रहरुको राजनैतिक अधिकार स्थापना गर्ने सवाल हो । तसर्थ राष्ट्र/ राज्यको निमाण र राष्ट्रहरुको राजनैतिक अधिकार बहाली गराउने आन्दोलन विशुद्ध मानव अधिकार बहालीको आन्दोलन पनि हो ।यो आन्दोलनको मुख्य उद्धेश्य नेपालको विद्यमान जातिय अन्तर विरोधलाई दीर्धकालीन समाधानको लागि उठाईएको अभियान पनि हो ।हाम्रो देशको विशिष्ट अन्र्तर सामाजिक परिस्थिति भनेको बहुजातिय ,बहुभाषि ,बहुधार्मिक र बहुसास्कृतिक विशेषतायुक्त छ । यस प्रकारको विशिष्टतामा अवस्थित मुलुकको संरचनालाई तदानुरुपले सम्वोधन गरी देशको भूगोललाई समायोजन गर्नु राष्ट्रिय मुक्ति आन्दोलनको कार्यभार वनेको छ । एकात्मक राज्य व्यवस्था ,अतिकेन्दि्रकृत शासन र शाही सामन्तवादी राज्य सत्ता तहसनहस गरी जनताको लोकतान्त्रिक गणतन्त्र स्थापना नभए सम्म राष्ट्रिय मुक्ति आन्दोलन सार्थक र परिणाममूखि वन्न सक्दैन् ।राष्ट्रिय मुक्ति संधात्मक वा संघिन प्रणालीको माध्यमवाट राज्यको पुर्नसंरचना गर्नाले मात्र सम्भव हुदैन् । किनकी संधात्मक वा संघियता एकात्मक राज्यको अधिकार निक्षापीकरण गर्ने एउटा विधि बाहेक केहि पनि होईनन् ।जवसम्म राष्ट्र-जाति)हरुलाई राजनैतिक अधिकारद्धारा सम्पन्न वनाउन सकिदैन् तवसम्म राष्ट्रिय मुक्तिको प्रश्न अधुरो नै रहन्छ ।राष्ट्रिय मुक्ति आन्दोलनको वाटोमा अघि वढदा एकात्मक राज्यलाई संधिय ढाचामा रुपान्तरीत गर्नु एउटा उपयुक्त उपाय हो ।तर, नेपालको विशिष्ट सामाजिक परिस्थितिलाई तदानुरुपले सम्वोधन हुन सकेन भने संधात्मकता वा संधियता अर्थपूर्ण राजनितिक सामाधान ठहर्न सक्दैन् ।यसर्थ हामीले उठाएको राष्ट्रिय -जातिय) मुक्ति तमाम जनताको मुक्ति हो र समान अधिकारको बहाली गराउने राजनैतिक समाधान हो । यसका लागि राष्ट्र?राज्यको निमाण र राष्ट्रिय पहिचान प्रत्याभूत भएको सम्वैधानिक व्यवस्था गर्न राष्ट्रिय मुक्ति आन्दोलनलाई उचाईमा उठाईरहेका छौ , र त्यो लिम्वुवान स्वायत्त राज्यको प्रस्ताव लिम्वुवानवासीको साझा माग भएको छ ।हामी लिम्वुवान राष्ट्र-राज्य जातिय अधिकार स्थापनाका लागि प्रस्ताव गरिरहेका छैनौ । यो राष्ट्र- राज्य एतिहासीक पहिचानको लागि हाम्रा महानपूर्खाहरुले साम्राज्यवादीहरुको हातवाट बहादुरीका साथ लडी संरक्षण गरेको विरताको गाथा बोकेको भू-स्थलहो ।जो उनिहरुले आफना भावी सन्तानका लागि सन्तानान्तरण गर्न चाहेका थिए । र आज हामी लिम्वुवान राष्ट्र राज्य निमाण्ना गरि लिम्वुवानी जनताको समृद्धि ,विकास र नयाँ नेपालको स्वरुप कोर्न चाहन्छौ । लिम्वुवान लिम्वु जातिहरुको एतिहासीक धरोहर हो तर लिम्वु जातिको विशेषाधिकार भएको लिम्वुवान स्वतन्त्र राज्यको माग भने होईन् ।तसर्थ ,राष्ट्रिय मुक्ति आन्दोलनको अग्रगामी परिवर्तन लिम्वुवान राज्य स्थापना गर्न मुखारित भएको छ । र आज यो हाम्रो अनिवार्य सर्त पनि हो । संघियता र संधात्मक प्रणालीभित्र लिम्वुवान म्ुालुकले भोलिको नेपाल संघिय संरचना अन्र्तगत संघीय ढाचामा राज्यको पुनंसंरचना गर्ने विषयलाई आत्मसाथ गरिसकेको छ ।यद्यपी कुन खाले वा कस्तो प्रकारको संघीयतामा प्रवेश गर्ने भन्ने विषयमा मुलुक सहमत हुन सकेको छैन् । जव सम्म मुलुकको संघीयताको प्रश्नमा शाहीसामन्तवादी राज्यसत्ता, हिन्दु सामाजिक, सास्कृतिक र धार्मिक मुल्य मान्यता, प्रतिक्रियावादी- प्रतिगामी राज्य संरचना तथा यथास्थितीवादी दलाल नोकरशाहीहरुको समूल अन्त्य हुदैन तव सम्म सार्थक र परिणाममुखि संघियता तयार हुन सक्दैन् ।यसकारण नेपालको संघिनता भित्र आत्मनिणर्यको अधिकार र स्वतन्त्र राज्यको मागलाई घनिभूत रुपले उठाउदै सामन्तिवादी-राज्यसत्ताको ध्वंस नै लिम्वुवान स्वायत्त राज्यको स्थापनाका लागि संघिय लिम्वुवान राज्य परिषदले आफनो अभिष्ट ठानेको छ ।कतिपय लिम्वुवान नामका अन्य राजनितिक संगठनहरुले पनि संघियतालाई प्रमुख मुद्धा वनाएका छन् ।तर,उनिहरु संघिय राज्य र अधिकार निक्षेपिकरणको सैदान्तिक पक्षहरुवारे अस्पष्ट नै रहेको देखिन्छ ।कतिपय साथीहरु प्रान्तिय राज्य र स्वशासनका पक्षमा छन् भने हामी आत्मनिणर्यर्को अधिकार सहितको लिम्वुवान स्वतन्त्र राज्यको पक्षपाति छौ ।तसर्थ ,लिम्वुवानको नाममा धेरै विवाद र भ्रम रहेकाले त्यसलाई राजनैतिक दृष्टिकोणवाट चिरफार गर्ने अभिभारा संघिय लिम्वुवान राज्य परिषदको काँधमा आएको छ । लिम्वुवान मुक्ति वा स्वतन्त्र राष्ट्र-राज्य निर्माण गर्ने ऐतिहासीक यस घडीमा लिम्वुवानवासी जनताले हाम्रो संगठनमाथी ठूलो आशा एवंम विश्वास लिएका छन् ।हाम्रो सानो गल्ती वा कमजोरीले लिम्वुवान स्थापनामा ठूलो क्षति पुग्नेछ यसर्थ हामीले गम्भिर र संयमित भर्न परिस्थितिको ठोस व्याख्या र विश्लेषण गरी निणर्य लिनु हामी सवैको कर्तव्य हुन आएको छ ।अहिले समावेशीकरणको नाममा संघिय समावेशी लोकतान्त्रिक पद्धतिको विकास गराउन नेपाली समाजका अगुवाहरु लागी परेका छन् ।समाजको संन्तुलनलाई वचाई राख्न समावेशीकरणको सिद्धान्त हाम्रो देशमा नवीन तथा नौलो विषय होईन् । यो शब्द प्रयोग अगावै जातिय प्रतिनिधित्व गराउने चलन अद्यावधि कायमै छ ।यो प्रयोगवादी राजनीतिक सिद्धान्त नेपालमा असफल भएवाट राज्यले अग्रगामी निकाश खोज्न राज्यकै नयाँ संरचनालाइ विशेष जोड दिएको हो ।त्यस संरचनामा हामी जातिय आधारमा संघीय र स्वायत्त लिम्वुवान राज्यको प्रस्तावलाई प्रमुखताका साथ उठाउदै आएका छौ ।र, यो लिम्वुवान मुक्ति आन्दोलनको नाममा उचाईमा उठेको संघिय संरचनाका पक्षपातिहरुको आन्दोलन हो । लिम्बवान राष्ट्र?राज्य निमाणका वाधकतत्व लिम्बुवान राष्ट्र निर्माण सम्बन्धी बाधकका रुपमा घरेलु सामन्तवाद नै प्रमुख शत्रु रहेको छ । घरेलु सामन्तवाद भन्नाले लिम्बुवानलाई अहिले सम्म दोहन गरी एकात्मकवादी शासनसत्ताको नजिक पुगेका प्रतिगामी कित्ताका मतियारहरु हुन् । जबसम्म जाति -राष्ट्र) रहनछन् तबसम्म बुझ्न स्वभावैले जातीय मुद्धाउठिरहन्छ । तर जातीयताभित्र रहेको वर्गीय चरित्रलाई जबसम्म बुझ्न सकिन्न त्यतिबेलासम्म जातीय आन्दोलनले सामन्तवादलाई नै सघाइरहेको हुन्छ । त्यस्तो आन्दोलनमा सम्पूर्ण जनताको सहभागिता हुन आउँदैन यस कारण र राष्ट्रिय मुक्ति आन्दोलन सामन्तवादी कित्ताबाट अलग र वर्गीय चरित्रको नजिकबाट उठाउनु पर्दछ । यसो गर्न नसकिए सामन्तवादी वर्गीय कित्तामा उभिने राष्ट्रिय मुक्ति आन्दोलन अन्ततोगोत्वा त्यो जातीन हिंसा वा साम्प्रदायिक भड्कावमा परिणत हुन पुग्दछ । यस अर्थमा लिम्बुवान राष्ट्र?राज्य निर्माण गर्न बाधक रहेको घरेलु सामन्तवाद जति खतरनाक छ त्यो भन्दा बढी खतरनाक तीनका मालिक विदेशी सामन्तवाद र त्यसका पृष्टपोसकहरु रहेका छन् । जसले वर्तमान राजतन्त्र र केही राजनीतिक पार्टी वा दलहरुलाई अत्यन्त नजिकबाट सघाई रहेका छन् । यस प्रकारको विशेष परिस्थितीलाई हामीले अध्ययन गर्न सकेनौ भने हाम्रो आन्दोलन साम्प्रदायिकतामा परिणत हुन पुग्दछ । र हाम्रो आन्दोलनलाई सामन्तवादी या प्रतिकृयावादी शक्तिको घुसपैठद्धारा साम्प्रादायिकतामा रुपान्तरण गर्ने खतरा रहिरहन्छ , जसबाट हामी सचेत हुनुपर्छ । हामी अतिजातिवादका पृष्ठपोषक होइनौ ।
लेखक - संघीय लिम्बुवान राज्य परिषदका केन्द्रिय सदस्य हुन् ।
Source: Hamro Pusta Weekly

Dec 15, 2007

लिम्वूवान व्लगसाइट सम्वन्धमा केहि कुरा

टंक सम्वाहाम्फे
केहि महिना अगाडी लिम्वूवान शिर्षकमा एउटा कविता लेखे पछि लिम्वूवान सम्वन्धिका कुराहरुले मलाई पछ्याई रह्यो । मनमा पहिले देखि नै विदेशमा वसेर पनि लिम्वूवानको आन्दोलनलाई कसरी सहयोग गर्न सकिन्छ होला भनेर सोच्दै थिए । लिम्वू भएको हैसियतले आफ्नै क्षेत्रवाट केहि योगदान दिन सके राम्रो हुने थियो भन्ने लागि रह्यो । तर गर्ने कसरी - कुनै गतिलो उपाय संग साक्षातकार हुन सकेको थिएन । गर्ने मन भएर पनि कहिले कहि यस्तो हुदो रहेछ । केहि समय म यसरी नै समयलाई खेरो फाली रहे । वास्तवमा समय अत्यान्तै महत्वपूर्ण हुन्छ यदि सदुपयोग गर्न सकियो भने । दिनहरु वित्दै जादा लिम्वूवान सम्वन्धि एउटा व्लगसाईट निर्माण गर्ने योजना वन्यो । योजना वनाएर मात्रै अवश्य काम पुरा हुने होईन । पाठकहरुको लागि गतिलो सामग्री चाहियो तव न व्लगको यात्रामा आउने हुन् । जसोतसो लिम्वूवानको नाममा लिम्वूवान व्लगस्पोट डटकम वनेरै छाड्यो । विस्तारै लिम्वू सम्वन्धि विविध जानकारी मुलक कुराहरु सम्प्रेषण गर्दै लैजाने उदेश्य सहित यो व्लगसाईट तपाईहरुको सामु आएको छ । आखीर व्लगसाईट नै किन - वेबसाईट नै बनाउन सकिन्थ्यो तर हंगकंग जस्तो समय अभाव हुने ठाउलाई मध्यनजर गरेर अलि सजिलो उपाय राजेको हुँ । यहा व्लग सन्चानल गर्ने समय नै नभएको वेला वेबसाईट कहिले निर्माण गरेर पाठकहरुको सामु ल्याउने- यिनै कारणहरुले गर्दा पनि व्लगलाई अगाडी बढाउनु परेको हो । तर आजको साईवर भिलेजमा व्लगसाईट वेबसाईट भन्दा कमजोरी छैन । अहिले विश्वमा व्लगको प्रयोगकर्ता दिनानुदिन वढ्दै गएकाछन् । किनभने वेबसाईटको जस्तो वेब डिजाईन,डोमीन नेम र र्सभरको झन्झट व्यहोरी रहनु पर्दैन । जसरी पनि पाठकहरुको सामु सम्प्रेषण गर्नु पर्ने सामग्रीहरु सम्प्रषण भएरै छाड्छन् । वेबसाईटमा जस्तै विभिन्न आकर्ष डिजायनहरु देखाउन नसकिएला तर जसोतसो वेब कै हाराहरीमा उभेको छ व्लगसाईट पनि । लिम्वूवान सम्वन्धि अन्य वेबसाईट र व्लगसाईटहरु अवश्य नभएका होईनन् तर हंगकंगबाट भने त्यस्तो प्रकारको गतिविधी सन्चालन गर्ने कुनै साईटहरु नभएकोले पनि म यो काम गर्न हौसीएको छु । हंगकंगमा लिम्वूहरुको उपस्थिती उल्लेख्य छ । त्यसैले आफ्नो भाषा संस्कृति जगेर्ना गर्न यो ठाउमा पाईला टेके देखि नै लागि परेका छन् । आजको युगमा वेबसाईट र व्लगसाईट यति लोकप्रिय भएर गयो प्रत्येक मान्छे त्यहि साईटहरुमा सधै रमिरहेको पाईन्छ । किनभने मोवाईल इन्टरनेट प्रणालीले हरेकको गोजी मै विश्व गतिविधीलाई पुर्याई दिएको छ । चाहेको वेला विश्वको घट्ना तुरुन्तै जानकारी लिन सकिन्छ । त्यहि अनुरुप हंगकंगको गतिविधीलाई अन्य मुलुकमा छरीएर रहनु भएका लिम्वू दाजुभाई दिदीवहिनीहरुको समक्ष पुर्याउनु यस व्लगर्साईटको उदेश्य भित्रका कुरा हुन् । मुल उदेश्य भने लिम्वूवान स्वायत राज्य पुन स्थापनाको लागि जनर्समर्थन जुटाउनु हो । उदेश्य भित्र कै उदेश्यहरु भाषा संस्कृति भेषभुषा विकास साथै संरक्षण गर्नु पनि हो । तर सवै सेवाहरु यो व्लगसाईटले दिन सक्छ सक्दैन म अहिले नै त भन्न सक्दिन तर सक्दो प्रयास भने निरन्तर जारी रहने नै छ । यो एक्लो प्रयासले कहिले पनि सम्भव हुदैन । यसको लागि तपाई हामी लिम्वू दाजुभाई दिदीवहिनीहरु जुट्नु अनिवार्य छ । हातमा हात र साथमा साथ भए मात्र सवै कुरा सम्भव भएर जान्छ । समयसापेक्ष मानिसले आफ्नो पाईला चाल्दै लानु पर्ने भएकोले हरेक पक्षलाई हामीले मनन् चिन्तन गर्दै लानु हाम्रो कर्तव्य भित्र पर्दछ । हामी लिम्वू जातिहरु नेपालको पर्रि्रेक्षमा निक्कै पछाडी परेका छौ । यसो हुनुको प्रमुख कारण राज्यले उपेक्षा गर्नु हो । हामी संग पनि सीप क्षमता छ तर त्यसलाई राज्यले उपयोग गरी दिएको छैन । जुनवेला नेपालमा फुटाउ र शासन गर भन्ने निति लागु गरीएको थियो अप्रत्यासीत रुपले तर त्यो निति सवै जनताले थाहा पाए पछि धेरै समय टिक्न सकेन । फलस्वरुप विभिन्न चरणका आन्दोलनहरु भए नेपालमा र भैरहेकाछन् । निरन्तर चलिरहन्छ नेपालका जनताले चाहे अनुरुप शासन प्रणाली जव सम्म नेपालमा आउदैन वरु आन्दोलनको स्वरुप वढ्दै जान्छ । तिनै आन्दोलन भित्रको आन्दोलन लिम्वूवानको आन्दोलन पनि हो । संयुक्त राष्ट्र संघले समेत अनुमोदन गरेको निती जातिय उत्थानको लागि आत्मनिर्णय अधिकार सहित स्वायत राज्य पाउने अधिकार भएकोले लिम्वूहरु पनि जातिय उत्थानको लागि लिम्वूवान स्वायत राज्य पुन प्राप्तिको लागि आन्दोलनमा होमीएका हुन् । हालको अन्तरीम सरकारले त्यतातिर खासै ध्यान नमोडे पनि कुनै न कुनै दिन सरकारले लिम्वूवान स्वायत राज्य घोषणा गर्न बाध्य हुनु पर्छ । यदि सरकारले यसो गरेन भने लिम्वूहरु भोलि गएर अन्य शसस्त्र गतिविधीमा उत्रन सक्छन् । त्यसको लागि समय मै सरकारी पक्षले आफ्नो ध्यान जातिय स्वायत राज्यको पक्षमा मोड्नु पर्ने हुन्छ । केन्द्रिकृत सरकारले नेपालका जनजातिहरुलाई सदियौ देखि थिचोमिचोमा पार्दै आएका छन् । तसर्थ अव त्यो थिचोमिचो जनजातिहरु सदासदाको लागि अन्त्य चाहान्छन् । सरकारले चाडो भन्दा चाडो लिम्वूवान स्वायत राज्य घोषण गरोस् भन्ने सम्पूर्ण लिम्वानवासी लिम्वूहरु चाहान्छन् । अन्यथा जति यो घोषणलाई पछाडी सार्दै लगिन्छ उति उति जटिल समस्याहरु थपीदै जान्छन् । विश्वको अन्य मुलुकहरुमा पनि जातिय स्वायत राज्यहरु भएको थुप्रै उदाहरणहरु छन् । तर नेपालमा भने पुरानो मानसिकता पालेका नेताहरुले जातिय स्वायतता माग गर्नु देश बिखण्डन तिर धकेल्नु हो भन्ने सोच्दछन् । हामीले कहि पनि सुनेका छैनौ जातिय स्वायत राज्य घोषणा गरेर देश बिखण्डीत भएको त्यो मात्र तानाशाही मनोवृति हो । किनभने सम्पूर्ण शक्ति आफ्नै हातमा लिएर अरुलाई उठ्न नदिने महत्वकांक्ष पाल्नु हो त्यो । अहिलेको विश्व परिस्थितीमा धेरै हेरफेर भैसकेको छ । त्यसलाई पनि हामीले मध्यनजर गर्नु पर्ने हुन्छ । आफुलाई जे लागेको छ त्यहि निती मात्र अख्तियार गर्ने हो भने देश पुन विद्रोहको दलदलमा फस्न सक्छ । देश विकास र जातिय उत्थानको लागि नेपालको परिवेशमा संघीय राज्य अन्तर्गत जातिय स्वायत राज्यहरु हुनु युग सुहाउदो नै हुनेछ । पृथ्वी नारायण शाहको पाला देखि ज्ञानेन्द्र शाह सम्मको केन्द्रिकृत शासन तपाई हामीले देखेकै हौ तर खोई काहा जातिय उत्थान भयो र- वरु उल्टै पीडीत दमीत उपेक्षित वन्नु पर्यो । तसर्थ नेपालमा राजतन्त्रको अन्त्य संगै लोकतन्त्र घोषणा गरी जातिय स्वायत राज्य दिई हरेक जातिहरुलाई सम्वोधन गर्नुपर्छ । आज सम्म हामी नेपाली जनताले चाहेको पनि त्यहि नै हो जस्ले गर्दा सम्पूर्ण देश र जनताको भलाई होस् ।

Dec 10, 2007

अविनन्द्र इङ्गनाम

गा.वि.स.को वार्ड सदस्य हुदै १६ वर्ष शिक्षक भएर काम गर्नु भएका अविचन्द्र इङ्गनाम हाल हङकङमा हुनुहुन्छ ।

किरात याक्थुङ चुम्लुङ हङकङ भू.पू.अध्यक्ष,नेपाली महासंघ हङकङ भू.पू.उपाध्यक्ष,एन.आर.एन.एन.सी.सी.हङकङ र्यसमिती भू.पू.सदस्य र हाल लिम्वूवान राष्ट्रिय मोर्चा हङकङ वर्तमान महासचिव हुनुहुन्छ । के भन्नु हेरौ वहाको विचार

शुसन साम्सोहाङको लिम्वू गीतिसंग्रह ‘माराम’

टंक सम्वाहाम्फे
हङकङमा नेपालीहरुको वसाइ एक दशक ननाघ्दै यहाँ बसोबास गर्ने नेपाली र्सजक,स्रष्टाहरुले गीत-संगीत ,गायन र साहित्य सिर्जनामा मात्र नभएर र्सवाङ्गीण क्षेत्रमा उल्लेखनीय रुपले योगदान दिदै आएकाछन् प्रवासमा रहेर पनि । त्यसमा पनि गीत-संगीत तथा साहित्यको क्षेत्रमा बढी क्रियाशीलता पाइएको छ । यिनै प्रमुख कारणहरुले गर्दा पनि यो क्षेत्रमा जुर्मुराएर लागी परेका सहजै थाहा पाउन सकिन्छ हङकङमा स्रष्टाहरु । महिनै पिच्छे नेपाली गीतसंगीतको कार्यक्रम आयोजना हुनु त्यस कै प्रतिफल हो । यहाँ नेपाली गीत-संगीतको लागि चाहिने आवश्यक सामङ्ग्रीहरुको अभाव रहे तापनि त्यसको वावजूद हरेक तीन महिनामा एउटा नेपाली गीतिसंग्रह निस्कने गरेको पाएको छु । त्यसैले मैले यो क्षेत्रलाई उल्लेखनीय योगदान भएको भनेर किटान गरेको हुँ । त्यसमा नेपाली विभिन्न भाषाभाषीहरुको गीत-संगीत पनि दिन-प्रतिदिन प्रकाशनमा आइरहेका छन् । हालसालै लिम्वूहरुको महान चाड चोसोक तङनामको सुअवसरमा वरिष्ठ संगीतकार तथा गायक दिनेश सुव्वाको वाहुलीवाट गायक शुसन साम्सोहाङको लिम्वूभाषाको गीतिसंग्रह ‘माराम’को विमोचन भएको थियो । उक्त संग्रह बजारमा नपुग्दै उपहार स्वरुप हात पारेँ गायिका रोसा लिम्वूबाट । संयोग नै भन्नु पर्यो, सोही गीतिसंग्रह पुन संगीतकार दिनेश सुव्वाको हातवाट पनि पाउनु । एउटै गीतिसंग्रह र्दुइ भिन्नै व्यक्तिबाट उपहार पाउनु मेरोलागि कम्ति खुसीको कुरा भएन ! गीत-संगीतको लागि सधै मरिहत्ते गर्ने मान्छे भएकोले ‘माराम’ संग्रहलाई नसुन्ने कुरै भएन । म आफै गीत गाउन र संगीत सिर्जना गर्न सक्दिन र पनि यो क्षेत्रमा केही अगाडिदेखि गाँसिदै आएको छु र्दुइचारवटा गीतहरु लेखिटोपलेर । त्यसैले नया गीत-संगीत सुन्नको लागि सधै आकषिर्त हुने गर्छु ।आज म मात्र नभएर कैयौँ लिम्वूभाषी गीत-संगीतका श्रोताहरुकालागि पनि आकर्षा को केन्द्रविन्दू बनेको छ कर्णप्रिय स्वरका धनी शुसन साम्सोहाङको गीतिसंग्रह ‘माराम’ । किनभने यो संग्रहमा सुनौँ-सुनौँ लाग्ने स्वरहरुको बेजोड प्रस्तुति हुनु नै यसको प्रमुख कारण हो । संग्रहको युगल स्वरमा साथ दिने महिला गायिकाहरुमा मञ्जु सम्वाहाम्फे, रोसा लिम्वू, मुना लिम्वू र मनु नेम्वाङ्गको कर्णप्रिय आवाज त्यत्तिकै मनमोहक छन् । म आफै पनि लिम्वूभाषी श्रोता भएर पनि होला, अनेकौँ तवरले दोहोर्याई तेहर्याई सुन्न यहाँ रहेका गीतहरुले वाध्य गरायो । ‘माराम’ गीतिसंग्रहलाई सुनिसकेपछि किन किन स्वस्फुर्तः त्यहाँ सजिएका गीत, संगीत र स्वरले कलम चलाउन उद्यत गरायो । तर्सथ म एउटा श्रोताको हैसियतले जे सुनेँ त्यही मेरो सुनाइलाई लिपिवद्घ गर्न तम्सिरहेछु । मेरो सुन्नु सम्पूर्णका अथवा सबैको नहुन सक्छ, किनभने हरेक मान्छेको सुन्ने काइदाहरु आ-आफ्नै हुने भएकोले व्यक्तिगत दृष्टिकोण मात्र भन्न चाहान्छु । म आफै लिम्वू भएर पनि होला, यो संग्रह सुन्नको लागि त्यस्तो कठिनाई व्यहोर्नु परेन । कारण के भने, यहाँ संयोजन गरिएका गीतका शव्दहरु अति सरल र सरस रहनु हो । जे होस् गायक शुसन साम्सोहाङ साथै युगल गायिकाहरुको आवाजले अन्तरसम्वेदनालाई मजै सुम्सुम्याएको आभास हुन्छ । ‘माराम’ गीतिसंग्रहलाई मैले महत्व दिएर हेर्नुको अर्को कारण के हो भने, कतिपय गायक र गीतकारहरु हङकङमै वसोवास गर्ने स्रष्टाहरु हुनु पनि हो । यो संग्रहमा कूल आठ गीतहरु संग्रहित छन् । गीत रचनातर्फ क्रमश भूपेन्द्र चम्जोङ्ग मुक्कुम, नन्द चङसु, यासेलिङ योङयाङ, शुसन साम्सोहाङ र वन्दराज योङयाङ आदिको छ भने, संगीततर्फ अशोक र्राई, रोसा लिम्वू, हेमन्त योङयाङ र शुसन साम्सोहाङको रहेकोछ । गायक शुसन साम्सोहाङको एकल गीतिसंग्रह भएर पनि एउटा गीतमा स्वर र संगीत गायिका रोसा लिम्वूले दिएकी छिन् । ‘माराम’ गीतिसंग्रहका सम्पूर्ण गीतहरुका भाव पक्षलाई यहाँ उतारौँ भने यो लेख लम्विने भएकोले छोटकरी मलाई लागेका कुरा प्रस्तुत गर्न चाहान्छु ।पहिलो गीत ‘र्सला सर’मा प्रेम स्वतन्त्रताको कुरालाई दोहोरी गायनमार्फत लिम्वूहरुले गाउने प्रचलित गायन ख्यालीको लोकलयमा मनै छुने गरी प्रस्तुत गरिएको छ । दोस्रो ‘किराती सासे’ भन्ने बोलको गीतमा च्याब्रुङको मीठो भाका समायोजन गरेर विदेसिनुको पीडा र गाउँघरमा सवै विदेसिएपछि मर्दा-पर्दासमेत मलामीको अभाव भएको कुरा साथै आफ्नो ठाउँ छाडेर विदेशमा नजान र नबस्न मार्मीक तरिकाले व्यक्त गरिएको छ । त्यसैगरी, ‘तुम्याहाङ’, ‘सुरीतिन सुरे’, ‘थेगुइत्थेक’, ‘माकाशे’, ‘सुरु आङ सुरु’, ‘आत्तिवाई’ आदि गीतहरुमा गाउँघरलाई सम्झाउने,मेलापातमा हिड्दाको क्षण, प्रेमीकासंग मेला बजारमा भेटेर माया साटासाट गरेको साथै सुख-दुखमा जिईएका पलहरुको आभास मनग्गे दिन्छ । गायक शुसन साम्सोहाङले ‘माराम’ गीति संग्रहमा लिम्वूभाषा प्रतिको लगाव र कुशलता प्रदर्शन गरेकाछन् र युगलमा साथ दिने गायिकाहरुले पनि आफ्नो स्वर तिखारेर क्षमता मजैले देखाएका छन् । गीत सुन्दा कसैले कुनै गीतमा अन्याय गरे जस्तो लाग्दैन र गरेका पनि छैनन् । सायद त्यसै कारणले हुनुपर्छ मैले ‘माराम’मा संग्रहित गीतहरुलाई दोहोर्याउदै सुनेको । लिम्वूभाषाको गीत-संगीतप्रेमीलाई यो संग्रहले राहत मात्र नभएर रोमाञ्चित नै तुल्याउने छ । त्यति मात्र नभएर यस संग्रहमा रहेका संगीत पक्षले गैरलिम्वू भाषी समेतलाई प्रभावित र आकषिर्त तुल्याउँछ । संगीत भनेको त्यस्तो एउटा भाषा हो जो विश्वका जुनसुकै भाषीले समेत सहजै बुझदछन् । त्यसैले संगीतलाई विश्व भाषा भने पनि हुन्छ, मात्र सुनेर बुझ्ने साथै आनन्द लिने तरिका आ-आफ्नो हुन्छ । मुलत गायक शुसन साम्सोहाङको स्वरमा विविधता पाइन्छ । गीत रचनालाई केलाएर हेर्ने हो भने गीतकारहरुले गीत निर्माण गर्न पसिना निक्कै पोखाएको थाहा लाग्छ । गीत संगीत र स्वर सवल भएकाले गीत सुन्दा कुनै पनि फरवार्ड गरी हालूँ जस्तो लाग्दैन, बरु दोहोर्याउन मन लाग्छ । ‘माराम’ गीति संग्रहको आवरण पनि आकर्ष छ । त्यसैले संगीत प्रेमीहरु यो देखेर पनि संग्रह लिन प्रति ललायित हुन्छन् । गायक शुसन साम्सोहाङको ‘माराम’ संग्रह गीत संगीत र स्वरको त्रिवेणी हुन पुगेको छ । लिम्वू भाषाको गीत-संगीत क्षेत्रमा माराम संग्रहलाई कोशेढुङ्गाको रुपमा लिन सकिन्छ । यिनै प्रमुख कारणहरुले गर्दा यो संग्रह संग्रहणीय र श्रवणीय छ लिम्वू दाजुभाई तथा दिदीबहिनीहरुका लागि । त्यसैले आफ्नो प्रति चाडै सुरक्षित गर्ने हो कि ?

Dec 9, 2007

हिमालयन टोन्स र दिनेश सुब्बा

देवराज राई
गत वर्षो मार्च महिनामा स्थापना भएको हिमालयन टोन्स म्यूजिक एकेडेमीले हङकङको नेपाली समूदायका गीत, संगीतका बिधार्थीहरुलाई स्वर, पियानो, किबोर्ड तबला, मादल, हार्मोनियम, स्टाफ नोटेशन, किबोर्ड प्रोगामिङको ज्ञान मात्र नभई, म्यूजिक एरेञ्जमेण्ट र गीत रेकर्डिङ सेवा समेत प्रदान गर्दै आएको छ । सामान्य नेपाली गीत रेकर्ड गर्नु परेमा नेपाल जानुपर्ने झंझटबाट पनि मुक्त गराएको छ । हङकङको चुङकिङ मेन्सनको डी-१३ तलामा संचालन भइरहेको उक्त एकेडेमीले हङकङको नेपाली समुदायमा नेपाली संगीतको जग बसाल्न ठूलो सहयोग पुग्ने आशा गरिएको छ । विगत ११ वर्षता हङकङमा स्थाई बसोवासो गरिरहेका हिमालयन टोन्स म्यूजिक एकेडेमीका संस्थापक एवं संगीत गुरु दिनेश सुब्बा भन्छन् -"नेपाली भाइ बहिनीहरुले गीत संगीतका बारेमा केही सिकाइदिनुस भन्न थाले, मलाई पनि नेपाली समाजमा सहयोग पुग्छ भन्ने आशाले स्थापन गरेको हो ।" नेपालीहरुका चाहनाहरुलाई परिपूर्ति गर्न समाजमा नेपाली संगीतलाई माथि उकास्ने चाहना बोकेका प्रशिक्षक दिनेश सुब्बा प्रशिक्षण केन्द्रको स्थापना गर्नुका बारेमा थप भन्छन् -"हाम्रा प्रकारका गीत संगीतहरु हङकङमा पाइन्दैन । यर्सथ पनि नेपाली प्रशिक्षण केन्द्रको स्थापना गर्नु जरुरी थियो । नेपालीहरु म्युजिक ओरेण्टेड छन् । अरु माइनोरिटीहरुभन्दा नेपालीहरुले बढी मात्रामा कार्यक्रमहरु आयोजना गर्ने गर्छन् । यर्सथ पनि यहीबाट नेपाली कलाकारहरु उत्पादन गर्न जरुरी छ । नेपालीहरुको संगीतप्रतिको अभिरुचीलाई नेपाली संगीतको मूलधारमा लैजानु छ ।" सुब्बा सो एकेडेमीका प्रमुख प्रशिक्षक हुन र उनलाई उनका १६ वषिर्या छोरा निशाद सुब्बाले पनि प्रशिक्षण प्रदान गर्नमा सहयोग पुर्‍याइरहेका छन् । 'द एशोसिएटेड बोर्ड अफ द रोयल स्कुलस अफ म्यूजिक' मा पियानो विषयमा चौथो वर्षा अध्ययनरत निशादका बारेमा दिनेश सुब्बा भन्छन् -"युवा पुस्ताको चाहनालाई पूरा गर्न छोराले पियानो र गिटारको प्रशिक्षण प्रदान गर्नमा सहयोग गर्ने गरेको छ । आफ्ना बुबालाई सहयोग गर्न पाएकोमा खुशी निशाद भन्छन् -"बुबाको सपोर्टमा गिटार र पियानो बिधार्थीहरुलाई सिकाउँछु । मलाई रमाइलो लागि रहेको छ ।" हिमालयन टोन्स म्युजिक एकेडेमीको स्थापनाकालागि सहयोगी भूमिका निर्वाह गरी रहेका लिटल वर्डस किन्डर गार्टेनका सुपरभाइजर धन थापा भन्छन् -"संगीत क्षेत्रमा प्रवेश गर्ने चाहना लिएकाहरुकालागि एकेडेमी अति उत्तम स्थाल हो । यसका कुनै शंका छैन् । राइट प्लेस राइट पर्सन ।" प्रशिक्षार्थी टोपराज तामाङ एकेडेमीको स्थापनाले आफू लाभान्वित भएकोमा खुशी ब्यक्त गर्दै अगाडि भन्छन्-"सानैबाट गीत गाउँन सौख थियो तर प्रयाप्त ज्ञान थिएन । पहिलेदेखि सिक्ने चाहना थियो, प्रशिक्षण केन्द्र र प्रशिक्षकको अभावका कारण सिक्न पाएको थिइन् । अहिले चाही नेपालको ठूलो कलाकारबाट ज्ञान लिन पाइयो र सम्पूर्ण चाहना पूरा भयो । गीत संगीतमा ठूलो सपना देखिएको छ ।" युनलङबाट हरेक शनिवार, आइतवार काम बाट बचेको समय संगीतको अध्ययानमा समय ब्यतित गरी रहेका तामाङले एक एल्बम बजारमामा आइसकेको छ । धेरै पहिले देखि गीत गाउँदै हिडेका ज्ञान सुब्बा प्रशिक्षण केन्द्रका बारेमा प्रतिक्रिया दिँदै अगाडि भन्छन् -"हिमालयन टोन्स म्यूजिक एकेडेमीमा संगीत सिक्न गएको हो । दिनेश दाइले राम्रो प्रशिक्षण दिनु हुँदो रहेछ । " उता एकेडेमीका बृधा प्रशिक्षार्थी वीरवहादुर थापा भन्छन् -"उमेरमा सिक्न पाइएन । दिनेश सुब्बाले राम्ररी सिकाउँनु हुँदो रहेछ । सबै उमेरकाहरुलाई सिकाउनु साह्रै सिपालु रहेछन् । मेरा पनि केही गीत रेकर्ड भइसकेका छन् । अहिले एल्बम निकाल्ने तयारी गर्दै छु । यसमा हिमालयन टोन्सले सहयोग गरेको छ ।"