Oct 18, 2007

मनोज मेयाङ्गन्वो

-हालै काठमाण्डौंमा सम्पन्न नेकपा (माओवादी) को पांचौ विस्तारित बैठकले किराँत गणराज्य अन्तर्गत रहेको लिम्बुवान खम्बुवानलाई छुट्टै स्वायत्त प्रदेशको मान्यता दिने निर्णय गरेपछि विशेष गरी पूर्वाञ्चलको लिम्बुवान क्षेत्रमा एउटा सुखद तरंग पैदा गरेको छ। एउटा शसक्त पार्टीको केन्द्रीय बैठकले लिम्बुवान राज्य घोषणा गर्नुले पूर्वाञ्चल क्षेत्रका लिम्बु र गैर लिम्बुहरु माझ कस्तो प्रतिकृया उत्पन्न गराएको छ भने बारेमा धरानका केही प्रतिष्ठित लिम्बु बुद्धिजिवीहरुसंग ४ वटा सामूहिक जिज्ञासा राखिएको थियो जस्तो-
-१) नेकपा -माओवादी) को विस्तारित बैठ्कले लिम्बुवान स्वायत्त राज्यको अवधारणा र प्रस्ताव अघि ल्याएकोमा तपाईको कस्तो प्रतिकृया रहेको छ ?
-२) लिम्बुवान स्वायत्त राज्यको मागप्रति सरकार सकरात्मक नहुनुको करण के होला ?
-३) लिम्बुवान स्वायत्त राज्यको बारेमा नेपाली कांग्रेस र एमालेको अवधारणा के पाउनु भएको छ ?
-४) किराँत प्रदेशमा लिम्बुवान- खम्बुवान राज्यको संरचना कस्तो हुनु पर्छ ?
------------------------------------------------------------------------------------------------------------
मनोज मेयाङ्गन्वो - नेकपा एमाले सुनसरी -१ न. क्षेत्रीय सचिव
-१) - माओवादीले लिम्वुवान राज्यलाई स्वायत्तता दिएर ठीक गरेको छ। म पनि लिम्वु र खम्वु एकै ठाँउ हुनु हुदैन भन्ने गर्थे तर एमालेले अझै त्यस्तो गर्न सकेको छैन।
-२) - सरकारको मूख्य घटक नेपाली कांग्रेस संघीयताको कुरामा कहिल्यै पनि स्पष्ट भएन। कांग्रेस जस्तो पार्टीबाट स्पष्ट नीति नआउनुले अझै संघर्ष गर्नु पर्ने देखिन्छ। खास गरी कांग्रेस कै लिम्बु, खम्बु दाजुभाई र नागरिक समाजले पार्टीलाई जोडदार दवाव दिनु पर्छ। अव कांग्रेस अमुकरुप चुपचाप बसेर धर पाउदैन। भूगोलको आधारमा मात्र लिएर जान सकिदैन। मधेसी र जनजातिलाई सम्वोधन नगरी गएमा नेपाल पृथक हुन सक्छ।
-३) एमालेको १२ औं केन्द्रीय कमिटीको बैठकले ७ वटा आधारमा संघीय राज्यको अवधारणा अघि सारेको छ। जस्तो-जातीय आधार, भाषा, संस्कृति, जनसंख्या भूगोल र जनसंख्या आदि । संघीय राज्यको प्रारुपको वारेमा एमालेले अहिले विशेषज्ञहरुसंग परामर्श लिई रहेको छ।
-४) किराँत याक्थुम चुम्लुङ्ग भनेको एउटा जातीय संस्था हो। यसले लिम्बुवान राज्यलाई मान्यता दियो भन्दैमा माओवादीलाई समर्थन गर्नु पर्छ भन्ने छैन। बरु सम्विधान सभामा कुन पार्टीले अधिकतम लिम्बु उम्मेदरवारलाई उठाउछ त्यही पार्टीलाई सहयोग गर्नु पर्छ ।
-५) लिम्बुवान राज्यभित्र धिमाल याख्या जस्ता जातीलाई उपराज्य दिएर स्वयात्तता प्रदान गर्नु पर्छ ।

नर प्रसाद लिम्बु

हालै काठमाण्डौंमा सम्पन्न नेकपा (माओवादी) को पांचौ विस्तारित बैठकले किराँत गणराज्य अन्तर्गत रहेको लिम्बुवान खम्बुवानलाई छुट्टै स्वायत्त प्रदेशको मान्यता दिने निर्णय गरेपछि विशेष गरी पूर्वाञ्चलको लिम्बुवान क्षेत्रमा एउटा सुखद तरंग पैदा गरेको छ। एउटा शसक्त पार्टीको केन्द्रीय बैठकले लिम्बुवान राज्य घोषणा गर्नुले पूर्वाञ्चल क्षेत्रका लिम्बु र गैर लिम्बुहरु माझ कस्तो प्रतिकृया उत्पन्न गराएको छ भने बारेमा धरानका केही प्रतिष्ठित लिम्बु बुद्धिजिवीहरुसंग ४ वटा सामूहिक जिज्ञासा राखिएको थियो जस्तो--१) नेकपा -माओवादी) को विस्तारित बैठ्कले लिम्बुवान स्वायत्त राज्यको अवधारणा र प्रस्ताव अघि ल्याएकोमा तपाईको कस्तो प्रतिकृया रहेको छ ?-२) लिम्बुवान स्वायत्त राज्यको मागप्रति सरकार सकरात्मक नहुनुको करण के होला ?-३) लिम्बुवान स्वायत्त राज्यको बारेमा नेपाली कांग्रेस र एमालेको अवधारणा के पाउनु भएको छ ?-४) किराँत प्रदेशमा लिम्बुवान- खम्बुवान राज्यको संरचना कस्तो हुनु पर्छ ?
------------------------------------------------------------------------------------------------------------
नर प्रसाद लिम्बु- संस्थापक सदस्य किरात याक्थुम चुम्लुङ्ग
-१) माओवादीले बल्ल सहि निर्णय गरेको छ। यसले अव राजनीतिक ध्रुविकरण गराउंछ र किराँत याक्थुम चुम्लुङ माओवादी धारमा आउनु पर्छ। कुमार लिङ्गन्देन, जय केरुङको पार्टी र कियाचुले मागेको कुरा एउटा शसक्त राजनीतिक पार्टीले उठाए पछि उसलाई समर्थन गर्न बाध्य भएका छन्। अव ध्रुवीकरणमा नआउनेहरु शंकाको घेरामा पर्ने छन्। किन भने लक्ष्य स्पष्ट भए पछि अव फाटो भएर हिड्नुको औचित्य छैन।
-२) तर वर्तमान सरकार सकारात्मक छैन् । आखिर सरकारले लिम्वुवान, खम्वुवानसंग वार्तामा आउनु नै थियो भने आन्दोलन गर्नु अघि किन मौन बस्यो- सरकारलाई त कुन संस्थाले आन्दोलन गर्दैछ भन्ने कुरा पनि राम्रो ज्ञान थिएन भन्ने कुरा शुरुमा सरकारले ‘लिम्बुवान मञ्च’ भनेर आन्दोलकारीहरुलाई पठाएको चिठ्ठीबाट पुष्टि हुन्छ।
-३) एमालेले नाराको रुपमा मात्र संघीय नारा उठाएको छ। जातियताको आधारमा हुदैन भनेको छ। मौलिक आधार अघि सारेको छ तर त्यसबाट जनजातिको पीडा, अधिकार समेटन् सक्दैन। कांग्रेस एउटा निश्चित जाती र वर्गको मात्र पार्टी भएको स्पष्ट छ।
-४) लिम्बुवान, खम्बुवान छुट्टै राज्य भए पनि किराँत प्रदेश महासंघको ढाँचामा बनाईनु पर्छ जहां जातिहरुको स्वतन्त्र राज्यहरु कायम रहने छ ।

किरात राज्य पतनका प्रमुख कारणहरु


लिच्छवीहरुबाट परास्त भएर पूर्व लागेपश्चात किरातीहरुको राज्य इतिहास लामो समयसम्म कतै देखा पर्दैन । तर इमान सिंह चेमजोङ्ग भन्नुहुन्छ -इसाको छैंठौ शताव्दीभन्दा अघि काठमान्डौ पूर्व एउटै किरात राज्य थियो । खास-खास भन्ने हो भने विजय नारायणले विजयपुर राज्य स्थापना गरेपश्चात मात्र किरात राज्य भनौँ या विजयपुर राज्यको इतिहास प्रमाणिकरुपमा अघि बढेको छ । यिनी कामरुप आसामबाट आएका कोच बशीं किरातहरुका सन्तान हुन् भन्ने कुरामा प्राय इतिहासकारहरुको एकैमत रहेको पाइन्छ । विजयनारायणभन्दा सात पुस्ताअघिका राजा पुङलाइङ, जो मोरोङ राज्यका राजा थिए ले हिन्दू मत ग्रहण गरी आफ्नो नाम समेत अमर राय राखे । विजयपुर राज्यको स्थापनाकालतिर पहाडतर्फ फेदापथुममा मुरेहाङ खेवाङ नाम गरेका प्रतापी राजा राज्य गर्दथे भन्ने कुरा धेरै इतिहासकारहरुले भन्दै आएका छन् । यिनैको सहयोगले विजयपुर राज्य त्यतिबेला शक्तिसम्पन्न बनेको थियो ।विशेषगरी लिच्छवीहरुबाट खेदिएर पूर्व गएका किरातीहरुको वास्तविक इतिहास यो बेलासम्म अथवा विजयपुर राज्य स्थापनाकालसम्म कतै स्पष्टरुपमा देखा पर्दैन । विजय नारायणकै पालादेखि सेन वंशीहरु किरात राज्यमा हावी भए । विजयपुर राज्यमा राजा हुने प्रथम सेन राजा लोहाङ सेन थिए । किरात राज्यमा सेन वंशीहरुको प्रवेशलाई पछि अर्कै शीर्षकमा व्याख्या गरिने छ । अब उप्रान्त यो लेखको शीर्षकको औचित्यमाथि विचार गरिने छ । नेपाल राज्यको एकीकरण गर्न भनी हातमा नाङ्गो तरवार लिएर गोर्खाबाट निस्किएका राजा पृथ्वी नारायण शाहको उच्च महत्वाकाँक्षा नै किरातलगायत अरु राज्यको पतनको प्रमुख कारण थियो भन्दा अवश्य गल्ति हुँदैन, यद्यपि किरात राज्य पतन हुनुमा अरु केही कारणहरु प्रमुख छन् जसको चर्चा गर्ने अभिष्टसहित यो लेख लेख्न थालिएको छ ।
किरातहरु स्वतन्त्रताप्रेमी हुनुको कारणबाट किरात प्रदेशमा संघात्मक शासन व्यबस्था भएको कुरा यहाँ बुझ्न आवश्यक छ । किरात प्रदेशमा थुप्रै आपुँगी राजाहरु भएकोबाट यसको पुष्टि हुन्छ । त्यसैगरी पल्लो किरात अथवा लिम्वूवान राज्यमा दश लिम्वू राजाहरुले राज्य गरेको इतिहासबाट पनि थप पुष्टि हुन गएको छ । यसरी हरेक थुम या गढिमा एक राजाले राज्य गर्ने संघीय राज्य व्यबस्था अर्न्तगत तत्कालीन किरात प्रदेशमा अनेकौं स्वतन्त्र किरात राज्य भएको कुरा स्वत पुष्टि हुन्छ । संघीय राज्य व्यवस्था अर्न्तगतका किराती राजाहरु संघीय हुनुकै कारणबाट शक्तिहीन पनि थिए भन्न सकिन्छ । नाम मात्रैको केन्द्रीय सरकार विजयपुरको यी किरात राज्यमा कुनै हस्तक्षेप थिएन । विजयपुर राज्यमा सैनिक शक्तिको आवश्यकता पर्दा सघाउने र्सत बाहेक यसलाई केन्द्र सरकार मान्नुको अरु कुनै कारण प्रमाणित हुन आउँदैन । यसरी किराती राजाहरु स्वतन्त्र थिए तर संगठित थिएनन् । उनीहरुले किरात प्रदेश भित्रकै छिमेकी राज्यबाहेक कुनै दिन बाहिरी शत्रुको सामना कसरी गर्ने भन्ने विषयमा कहिले सोचेनन् भनेर कसरी भन्न सकिन्छ भने उनीहरुले आफ्नो परंम्परागत बाँसको बिषालु धनुकाँड र तरवारलाई मात्र आफ्नो रक्षाकवचको रुपमा विश्वास गरिरहे तर्सथ बाहिरी दुनियाँमा भइरेको अनेकौं दुरमारक आधुनिक हात हतियारको विषयमा थाहै पाएनन् अथवा पाएर पनि उक्त हात हतियार (बन्दुक) किन्ने या सँकलन गर्ने विषयमा उदासीन रहे । संभावित शत्रु आक्रमणको सामना गर्न उनीहरुले आक्रमणपर्ूव खास पहल नगरेको देखिन्छ । यस बीचमा मित्र शक्तिको पहिचान गरेर दरिलो सैनिक संगठनको तयारी गर्न सकेको भए पृथ्वी नारायण शाह धुलीखेल पूर्व बढ्नै सक्ने थिएनन् कि भनेर भन्न सक्ने प्रशस्त आधारहरु छन् । किनभने धुलीखेल नजिकको चौकोट राज्यमा महेन्द्र सिंह राईको फौजलाई तह लगाउन पृथ्वी नारायण शाहलाई यति गाह्रो पर्यो कि लगभग त्यहींबाट नेपाल एकीकरणको यात्रा टुङ्गनि खोज्दै थियो तर इतिहासले प्रमाणित गरिसकेको छ पृथ्वी नारायण जीवनमा हार खाने राजा थिएनन् तर्सथ चौकोटमाथि पटक-पटक ६ महिनासम्म आक्रमण गरी यो राज्य गोर्खा राज्यमा गाभे तर चौकोट जस्तो सानो केवल पचास, साठी घर मात्र भएको राज्यले पृथ्वी नारायणको ३३२ जवान मारिदिए ।
किरातहरु संगठित नहुनुको दुष्परिणाम यहींबाट सुरु हुन्छ । चौकोटमा शत्रुको निर्ममतापुर्वक आक्रमण भइरहँदा माझकिरात र पल्लो किरात हातमा दहि जमाएर बसिरहे, कम्तिमा माझकिरात र पल्लोकिरात संगठित हुने पहलसम्म भएको देखिदैन तर्सथ माझकिरात उपर शत्रुको आक्रमण हुँदा पनि पल्लो किरातको अवस्था पनि त्यहीं रह्यो । किरातहरु आफ्नो राज्यबाट बिमुख हुनुमा आफै कति जिम्मेवार रहेछन भन्ने कुराको संक्षिप्त व्याख्या माथिको अनुच्छेदमा गरियो, अब किरात राज्य पतनको मूलकारणचाँहि के रहेछ त्यसतर्फविचार गरौं । घर सबैभन्दा कमजोर त्यहींबेला हुन्छ जुनबेला घरका सदस्य स्वयम घरको विरुद्धमा षड्यन्त्र गर्दछन् र शत्रुको साथ दिन्छन् । यहाँ दुरुस्त त्यस्तै भएको छ । त्यो बेला विजयपुर र चौदन्डी किरात राज्यमा किरात चौतरियाको सहयोग लिएर सेन राजाहरु राज्य गर्दथे । माथि नै भनियो, किरात राज्यमा सेन राजाहरु किन र कसरी राजा भए यस बिषयमा अर्कै शीर्षकमा छलफल गरिने छ । किरात राज्यमा राजाहरु नाममात्रका थिए । संपूर्ण शासनभार किरात चौतरियाको हातमा हुन्थ्यो । राजा विजय नारायणको पालादेखि सुरु भएको परम्परा मुताविक किरातीहरु पुस्तैनी रुपमा चौतरियाको शक्तिशाली पदको हकदार हुन्थे । यसरी किरात चौतरियाको प्रत्यक्ष शासन त्यहाँका क्षेत्री बाहुनलाई मनपरिरहेको थिएन । प्रथम त यिनीहरु कट्टर हिन्दू भएको हुनाले गोभक्षकहरुबाट शासित हुँदा कदापी खुशी थिएनन् । दोस्रो हिन्दू धर्म अनुसार बिष्णु अवतार केवल क्षेत्रीय राजपुत मात्र हुन सक्थे । तेस्रो जातीय विभेदकारी भावना यिनीहरुमा जस्तो अरु कुनै जातमा नहुने कुरा आजैका क्षेत्री बाहुनलाई हेरेर पनि थाहा पाउन सकिन्छ । यता मानवीय दृष्टिकोणको समानभाव राखेर किरात चैतरियाले किरात राज्यमा क्षेत्री बाहुनहरुलाई दिवानसम्मको पद दिलाए । दरवारमा राजगुरु बनाए, सेनामा प्रवेश हुने समान अवशर प्रदान गरे ।
यिनीहरुलाई हिन्दू धर्मावलम्वि क्षेत्री बाहुन भनेर कहिले अर्को दृष्टिकोणले हेरेनन् । उता यिनीहरु भने किरात राज्यमा कसरी हिन्दू राज कायम गर्न सकिन्छ भनी दिन रात चिन्तन गर्न लागे । त्यहीं बेला पृथ्वी नारायण शाहको अविजित युद्ध यात्रा अगाडि बढिरेको थियो । यो कुरा थाहा पाएपछि माझकिरात (हाल खोटाङ) चौदन्डि राज्यका राजगुरु हरिनन्द उपाध्याय पोखरेल र स्वरुप सिंह कार्की किरात राज्यको माटो उपहार लिएर नुवाकोट पुगे । युद्धमा तरवारभन्दा धोखा शक्तिशाली हुन्छ भन्ने मान्यता राख्ने राजा पृथ्वी नारायणले यो अवशरको राम्रो लाभ उठाए । जुन देशका जनता स्वयम् शत्रु छन् त्यो देश जित्न सबभन्दा शक्तिशाली हतियार त्यही देशका जनता हुन्छन् भन्ने कुरा पृथ्वी नारायणलाई कसले सिकाउनु पथ्र्यो र ! अतः तत्काल स्वरुप सिंह कार्कीलाई पृथ्वी नारायणले सेनापतीमा नियुक्ती गरे । हरिनन्दलाई अनेकौं बिर्ता जमिन र चौधरी पद (राजस्व संकलक) को दिलाशा दिए र कसैगरी किरात प्रदेशका क्षेत्री बाहुनलाई किरात राज्यका विरुद्धमा भड्काउन आदेश दिए । तर पृथ्वी नारायण शाह धोकाको नियती राम्रोसँग बुझ्दथे तर्सथ उनी हरिनन्द पोखरेलको भरमा मात्र परेनन्, गोप्यरुपमा किरात राज्यको हाल बुझ्न विश्वेश्वर जैसी अर्याल नामको ब्राम्हणलाई किरात प्रदेश पठाए । भनिन्छ यी ब्राम्हण्ले त्यहाँ र्दुइ वर्षबिताएका थिए । यी र्दुइ ब्राम्हणहरुको सहयोगबाट पृथ्वी नारायणले किरात राज्यको सारा हाल जान्ने मौका पाए । सँपूर्ण गोप्य सुचनाहरु, सामरिक महत्वका विषयहरु, हात हतियार, सेना, जनभावना आदि जस्ता सूचनाहरु पृथ्वी नारायणले प्राप्त गरे । पछि, खार्पा निवासी हरिनन्दको राजद्रोह चौतरिया अगम सिंह राईले थाहा पाएर यिनलाई मृत्यु दन्डको आदेश दिए तर समय ढिला भइसकेको थियो । हरिनन्द भागेर भारत पुणिर्या प्रवेश गर्यो । त्यहींबाट आफ्नो राज्य विरुद्ध षड्यन्त्र गरिरह्यो । यिनी अत्यन्तै धनाढ्य ब्राम्हण थिए । यिनले पृथ्वी नारायणलाई ठूलो आर्थिक सहयोग समेत गरेको कुरा अभिमानसिंह बस्नेतले यिनलाई लेखेको चिठिबाट बुझ्न सकिन्छ ।
र्दुइ पटक गरेर ११०५१ पटना रुपैयाँ आर्थिक सहयोग गरेको देखिन्छ । गोर्खालीहरुलाई माझकिरातमा प्रवेश गर्न दुधकोसी नदीको कारणले अत्यन्तै समस्या परिरहेको थियो । कारण, नदी तर्ने प्रयास भइरहेको बेला किराती आक्रमणको भयले आक्रान्त थिए गोर्खालीहरु । यो प्राकृतिक सुरक्षा कवच पनि हरिनन्दकै साख्खै दाइ त्रिलोचन उपाध्याय पोखरेलको षड्यन्त्रबाट गोर्खालीहरुले सजिलै तोड्न सके । हरिनन्द र त्रिलोचनकै प्रयासबाट सन १७७२ अगस्ट २५ तारिखको मध्य रातमा अत्यन्तै गोप्य तवरले सरदार रामकृष्ण कुँवर र अमरसिंह थापाको नेतृत्वमा गएको गोर्खाली सेनाले प्रथम पटक स्वतन्त्र किरात राज्यको छातीमा पाइला टेके । त्यो रात किरातबासी बाहुन क्षेत्रीहरुले गोर्खाली सेनाको भव्य स्वागत गरे । आफ्नै देशप्रति षड्यन्त्र जस्तो भयानक खेल रचेर त्यहाँका क्षेत्री बाहुनले देश र देशप्रेमको मानवीय भावनाप्रति निर्ममतापुर्वक बलात्कार गरेको त्यो कालो रात हरेक किरातीले मात्र होइन, हरेक देशभक्त नागरिकले युगौंयुगसम्म याद गर्नेछन् । त्यसपछि किरात राज्यमा गोर्खालीहरुको बर्बर आक्रमण सुरु भयो, जसको जवाफ किरातीहरुले बहादुरीका साथ गरेको कुरा कसरी खुल्न आउँछ भने पृथ्वी नारायण शाहले पटक-पटक कैयौं हातहतियार गोली गठ्ठा, रासनपानी आदि युद्धक्षेत्रमा पठाउनु परेको थियो । धेरै ठाउँमा किरातीहरुले युद्ध हारे पनि स्वभिमानी किराती राजाहरुले हार स्वीकार गरेनन् । प्रतिरोध गरिरहे । चैनपुरमा लिम्वू सेनासँग घमासान युद्ध भयो । त्यहाँको युद्धमा गोर्खालीहरुले ठूलो धोका दिए । काङ्गसोरे किराती सेनाको लिम्वू सरदार र रघु राना गोर्खाली सेनाको सरदारबीच द्वन्द्व युद्ध हुने भयो, त्यो युद्धमा जसले जित्छ त्यो दिनको युद्धमा उसैको जित हुने र्सत थियो ।
र्सत बमोजिम युद्ध भयो । युद्धमा रघु राना मारियो । रघु राना मारिने बित्तिकै र्सत उल‹न गरेर गोर्खाली सेनाले लुकाइराखेको हात हतियार निकालेर तत्काल किरात सेना उपर आक्रमण गरे । काङ्गगसोरे तुरुन्त मारियो । बदलामा किरात सेनाले पनि प्रत्याक्रमण गरे । इमानसिंह चेमजोङले उतारेको एक लिम्वू पान्डुलिपिको टिपोटबमोजिम त्यो युद्धमा सबै गोर्खाली सेनाहरु मारिएका थिए । किरातीहरुले हार स्वीकार नगरेको देखेर पृथ्वी नारायण शाहले कुटनीतिको प्रयोग गरे, त्यस अनुरुप किरात क्षेत्रमा किपट भूमि व्यवस्थाको सुरुवात भयो । किरातीहरु पृथ्वी नारायणलाई राजा मान्न वाध्य भए । कालान्तरमा किपट भूमि व्यबस्था उन्मुलन भयो, किरातहरु भुमिहीन भए । यसरी पृथ्वी नारायण शाहको अदभुत महत्वकाँक्षा, किरातहरुको कमजोर सैनिक संगठन तथा आपसमा असहयोग एवं किरातबासी क्षेत्री बाहुनहरुको कालो कर्तूतहरुको एकमुष्ट कारणबाट स्वाधीन किरात राज्य विशाल गोर्खा राज्यमा लुप्त भयो ।
नोट- सर्न्दर्भ सामग्री, किरातकालीन विजयपुरको संक्षिप्त इतिहास ( इमानसिंह चेमजोङ), किरात इतिहासका रुपरेखा (टंक बहादर राई), किरात हिजो र आज ( दुर्गाहाङ याख्खा राई)

नोट - नेपाल डट एचके वेवबाट साभार

किरातीहरु आर्य हुन्


प्रदीप कन्दङवा बौलाएछ भनिरहनु भएको होला, यो जो पढिरहनु भएको छ । यो लेखको शीर्षक हेरेर सबैलाई यस्तो लाग्नु स्वभाविक छ । तर सत्य संधै नाङ्गो आँखाले देखेजस्तो मात्र हुँदैन । सत्यका अनेकौं रुप हुन सक्छन् । जस्तो किरातीहरु आर्य हुन् भन्ने व्यक्ति म नभएर देशका एक लब्धप्रतिष्ठित विद्वान प्रा.डा. राजाराम सुवेदी हुन् । नेपालको इतिहासको विस्तृत अध्ययन र खोज अनुसन्धान गरेर यिनले नेपालीहरुलाई लाउनु गुन लाएका छन् । त्यस अतिरिक्त समयको अत्यन्तै दूरविगतदेखि आजसम्म आफ्नो छुट्टै र विशिष्ट पहिचान बोकेर आएका सम्पूर्ण किरात जातिलाई वहाँले आफ्नो लेखमा सुरुमा सभ्य र सुसस्कृत जाति भन्दै सभ्य र सुसस्कृत भएकै कारण यो जाति आर्य भएकोमा कुनै सन्देह नरहेको कुरा उल्लेख गर्नु भएको छ ।
यसकारण म नबौलाएको तथ्य यहाँ यसरी उजागर हुन्छभने सुवेदी सर बौलाएका हुन त…?…प्रश्न उब्जिन्छ । २०४० सालको असार अङ्कको मधुपर्कमा “किरातहरु आर्य हुन्” भन्ने लेख लेखेर यिनले जुन दुष्कर्म गरे, त्यसलाई “नेपालको तथ्य इतिहास” नामक ग्रन्थमा दोहोर्‍याएर किरातप्रति यिनको दृष्टिकोणको पुन: पुष्टि गरेका छन् । हुन त किरातहरु हिन्दू हुन् भनेर आफ्नो विशाल ग्रन्थ “प्राचिन किरातको इतिहास”मा भरमार वकालत गर्ने व्यक्ति अरु कोही नभएर किरात कूलमै जन्मिएका डा. स्वामी प्रपन्नाचार्य उर्फ कालु र्राई हुन् । राइको छोराले जनई भिरेपछि होस ठेगानमा कहाँ हुन्छ र ! भन्दा पनि यिनलाई देशका ब्राम्हणहरुले कथित स्वामी आदिको झुठो मानसम्मान आदि दिएझैं नाटक गरेर किरात विरुद्ध छाद्न उक्साएका छन् भनेर शंका गर्दा अर्घेलो नहुने देखिन्छ । यिनी विद्यावारिधी गरेका एक विद्वान व्यत्ति हुन्, मान्छे ज्ञानले पूर्ण कहिले हुँदैन, यो जान्दाजान्दै पनि यिनीबाट भूल भयो होला, त्यो मान्ने कुनै आधार छैन, तर्सथ यो नियत यिनको दिमागमा छायो कसरी ? खालि शंका लाग्छ मनमा बस लागिरहन्छ ।
नहुने देखिन्छ । यिनी विद्यावारिधी गरेका एक विद्वान व्यत्ति हुन्, मान्छे ज्ञानले पूर्ण कहिले हुँदैन, यो जान्दाजान्दै पनि यिनीबाट भूल भयो होला, त्यो मान्ने कुनै आधार छैन, तर्सथ यो नियत यिनको दिमागमा छायो कसरी - खालि शंका लाग्छ मनमा बस लागिरहन्छ ।प्रा.डा.राजाराम सुवेदीले जुन दावी गरे कि किरातहरु आर्य हुन् । दावी गर्न सकिन्छ, हजारौ वर्षेखि मान्दै आएको विश्वास गलत नहोला भन्न सकिन्न । किरातहरुको मामलामा यो दावी झट्ट सुन्दै बडो बदनियतपूर्ण लाग्छ, कुरा बेग्लै हो । तर र्सूय ब्रम्हान्डको केन्द्रविन्दु हो भनेर पहिलो पटक निकोलस कोपर्निकसले भन्दा पृथ्वी ब्रम्हान्डको केन्द्रविन्दु हो भन्ने विश्वास गर्न थालिएको हजारौं हजार वर्ष बितिसकेको थियो । तर जसले जुन दावी गर्छ त्यो पुष्टि गर्ने जिम्मा पनि उसैको हुन आउँछ । यदि त्यसो हुन सकेन भने दावी केवल हास्योत्पादक किस्सा मात्र हुनजान्छ । यहाँ त्यस्तै भएको छ । नेपाली इतिहासका प्रकाण्ड विद्वान प्रा.डा. जस्तो मान्छेले किरातहरु आर्य हुनुको पछाडि उनीहरु सभ्य र सुसस्कृत जाति भएको आधार प्रस्तुत गर्नु बडो दुर्भाग्यपूर्ण हुन गएको छ । उनको यो ठुटे र बदनियतपूर्ण तर्कले के प्रस्ट हुन्छ भने संसारका सबै सभ्य जातिहरु केवल आर्य हुन् । अब यो कसरी मान्नु कि आर्यबाहेक संसारमा अरु कुनै जाति सभ्य थिएनन् र छैनन् भन्ने कुरा । भारतवर्षमा सभ्यताको जग हाल्ने पहिलो श्रेय आफैले धेरै वर्षसम्म आर्यहरुले लिएर बसे र जव सिन्धू सभ्यताको जनक किरात या द्रविड भएको तथ्य बाहिर आयो, तब यिनीहरुको धोती फुस्कियो तर पनि बेलाबखत यस्ता धताउने बरबराउने काम भइ नै रहेको छ । उनले यो कुरा लेखेर एक त आर्यहरु मात्रै संसारका सभ्य जाति हुन सक्छन् भन्न खोजेका छन् भने, अर्कोतिर ऋगवेदभन्दा जेठो छुट्टै पहिचान र अस्तित्व भएको किरात जातिको भावनामा कूठाराघात गरेका छन् । यो कुरा अरु कसैले लेखेको भए गल्ति भएछ भन्नु हुन्थ्यो तर यत्रा प्रकाण्ड विद्वानको वौद्धिकतामा कसरी शंका गर्नु ? जव यिनको वौद्धिकतामा शंका गर्ने ठाउँ रहँदैन भने यिनको नियत खोटो छ भनेर ठोकुवा गर्न सकिन्छ । आफ्नो भनाइ पुष्टि गर्न यिनले जुन तर्क पेश गरे, त्यो सम्झेर मलाई बडो उदेक लागेर आउँछ । अनेकौ सवालहरु उठ्ने भ्वाङहरु छाडेर यस्तो हास्यास्पद दावी किन गरे होलान् यिनले ? बस शंका मनमा केवल लागिरहन्छ ।
यसबाहेक अर्को एउटा निराधार र हास्यास्पद तर्क पनि उनले दिएका छन् , त्यो के भने, किरातहरु शंकर भगवानका उपासक भएको कारणले यि जाति सभ्य थिए र सभ्य भएको कारणले यि जाति आर्य हुन् । शंकर भगवानको उपासक भएको कारणले किरातीहरु सभ्य थिए भन्ने तर्क कति हाँसो उठ्दो छ । यदि शंकर भगवानको उपासक नभइदिएको भए कोही जाति सभ्य हुँदैनथ्यो होला ? या त सभ्य हुनलाई शंकर भगवानकै उपासक बन्नु पर्ने अनिवार्यता हो, प्रा.डा. सा’बको नियत बुझ्न सकिएन । भगवान शंकरलाई आर्य या हिन्दूहरुको भगवानको रुपमा पुजिन्छ तर परापूर्वकालदेखि नै भगवान शंकरको किरातरुपको बारेमा यत्रतत्र चर्चा परिचर्चा हुने गरेको पाइन्छ । यस्तो किन भयो होला, कि भगवान शंकर हिन्दू र किरातहरुको साझा भगवान थिए त ? यस्तो हुन सक्ला र ? अवश्य यस्तो हुन सम्भव छैन । उसो भए कसरी भगवान शंकर किरात र हिन्दूहरुको साझा हुन गए, एकछिन विचारौं । २२०० सय इसा पूर्वतिर सम्भवत मध्यएसियाबाट सुमेरिया, इरान, अफगानिस्तान हुँदै आर्यहरु भारत सिन्धूक्षेत्रमा प्रवेश गरे । यसरी उनीहरु त्यहाँ आइपुग्दा अत्यन्तै समुन्नत सिन्धू सभ्यताको नागरिय विकास भइसकेको थियो । त्यो समयमा त्यहाँका बासिन्दाहरु किरात द्रविड आदि थिए र उनीहरु महादेव यानी शंकरको उपासक थिए । स्थानीयबासीहरुले महादेवको लिङ्गको प्रतिमा बनाई पुजा-अर्चना गरेको देखेर तिनताक आर्यजनहरुले किरात या द्रविडहरुलाई बहुत हेय दृष्टिकोणले हेर्ने गरेको तथ्य ऋगवेदमा उल्लेख भएको कुरा डा.र्सुयमणि अधिकारीले “विश्व इतिहासको रुपरेखा” भन्ने आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । उनको अनुसार ऋगवेदमा अनार्यहरुलाई “शिष्नादेवा” अथाव लिङ्गको पुजा गर्ने जाति भनेर उपहास गरिएको छ । यसरी स्थानीयबासीहरुलाई लिङ्गपुजक भनी सुरुमा हेला र अपमान गर्ने गरेको भए तापनि महादेव या रुद्र भगवानको लोकप्रियतामा कमी आउनुको सट्टा झन्झन् बढेर गयो ।
तिनताक आर्यहरुका अनेको मध्य भगवान इन्द्र अत्यन्तै शक्तिसाली र लोकप्रिय थिए भनिएको छ, सायद महादेवलाई बदनाम गरेर सम्पूर्ण समाजमा इन्द्रलाई एकमात्र भगवानको रुपमा आर्यहरु स्थापित गराउन चाहान्थे । तर परिणाम त्यसको ठीक उल्टो भयो । महादेवको शक्ति र लोकप्रियता दिन र्दुइगुना रात चौगुनाको दरले बढेर गयो । महादेवको शक्ति र लोकप्रियतादेखि भयभित भएका आर्यजनहरुले अन्तिम र उत्तम विकल्पको रुपमा महादेवलाई अपनाए र जब त्यो समाज आर्यहरुबाट निर्देशित भयो । महादेवलाई पनि उनीहरुले आफ्नै भगवानको रुपमा प्रचार गरे तर महादेवको किरातरुप आजपर्यन्त पूर्णरुपमा लोप हुन सकेन । सच्चा इतिहासकारहरुले यो तथ्यलाई जस्ताको तस्तै व्याख्या गर्ने गरेका छन् तर सुवेदी सरले यो तथ्य किन तोडमोड गरे ? सबैको ध्यान आकृष्ट गर्न चाहान्छु म । त्यसो त जरा काट्न नसकेपछि अपनाउनु एक हिसावले बुद्धिमानी हुन्छ, त्यसको पछिल्लो उदाहरण भगवान बुद्धलाई लिन सकिन्छ । हिन्दूहरुका भगवानमध्ये सबैभन्दा दुराचारी र जाली भगवानको रुपमा बिख्यात बिष्णु भगवानको दशमध्ये नवौं अवतारको रुपमा भगवान बुद्धलाई उनीहरुले घोषणा गरिदिएपछि नियत बुझ्न अरु केही भनिरहनुपर्ला जस्तो लाग्दैन । आजभोलि बलिहाङ तङ्नाम अथवा तिहार चाड पनि हिन्दूहरुको मौलिक चाडको रुपमा स्थापित भइसकेको छ तर किरातभित्र यो चाड सम्बन्धमा छुट्टै र बडो घतलाग्दो मिथक हामीले बाउ बाजेहरुको मुखबाट सुन्दै आएका छौं । त्यो मिथक र तिहारको सम्बन्धमा हिन्दू मान्यतामा धेरै भिन्नता छ । देउसी भैलो खेली हर्र्सोल्लास मनाउनेबाहेक अरु सम्पूर्ण चलन बलात् छिराइएको हो भन्ने हाम्रो मान्यता छ । यसरी किराती मौलिकता र सस्कृतिउपर वैदिकयुगदेखि अहिलेसम्म लगातार प्रहार भइआएको भए पनि हामीले हाम्रो मौलिक पहिचान गुमाएका छैनौँ । आफ्नो बौद्धिक उचाइको प्रभाव दिएर इतिहास बङ्ग्याउन खोज्ने र हाम्रो मौलिकता उपर धावा बोल्ने तत्वहरुलाई बेलैमा चिनौँ । सावधान, पहिचान सङ्कटमा पर्न सक्छ ।

नोट - नेपाल डट एचके वेवबाट साभार

उपस्वायत्तता हाम्रो अभीष्ट होइन


नेपालको राजनीतिक इतिहासमा लिम्वुवान स्वायत्तताको प्रश्न हाल उठिरहेका सम्पूर्ण सवालहरुभन्दा पुरानो रहेको तथ्य जगजाहेर छ । इतिहासको कालखण्डलाई पछाडि फर्केर हेर्दा लिम्वुवान स्वयत्तताको सवाल २३८ वर्ष पुरानो भइसकेको तथ्य किन खुल्न आउँछ भने र्सवप्रथम विजयपुर राज्य, गोर्खा राज्यमा एक स्वायत्त प्रदेशको रुपमा सामेल भएपछि त्यहाँका अपदस्थ राजा बुद्धिकर्ण खेवाङ (राय) ले आफ्नो राज्यको पूर्ण स्वतन्त्रताको निम्ति विभिन्न प्रयासहरु गरेका थिए । जुन सफल हुन सकेन । त्यो त्यसै स्पष्ट छ । पल्लो किरात अथवा लिम्वुवानी जनताले आफ्नो माटोप्रतिको अगाध प्रेमको कारण पृथ्वी नारायण शाहको अत्यन्तै शक्तिशाली र आधुनिक हात हतियारले सुसज्जित सेनासँग केवल धनुकाँड, भाला, खुकुरी तरवार आदिको भरमा अपराजित युद्ध लडेका थिए । यो युद्धलाई शक्ति सन्तुलनको हिसाबले र अन्य केही कारणहरुले ठ्याक्कै एङ्ग्लो नेपाल युद्धसँग दाँज्न सकिन्छ । युद्धमा जित्न नसकेपछि पृथ्वी नारायण शाहले कुटनैतिक दाउपेच गरी लिम्वुवान राज्यसँग नुनपानीको सन्धी गरे । नुनपानीको सन्धी यसलाई किन भनिएको होला, यो जान्ने उत्सुकता सबैलाई हुन सक्छ । त्यो उत्सुकताको निवारण गर्नुपर्ने लेखकीय दायित्व सम्झेर यो प्रसँग यहाँ उल्लेख गर्न गइरहेको छु । अन्यथा सन्धिमा के के भएको थियो ?- त्यो त भनिरहनु आवश्यक छैन ।जब पृथ्वी नारायण शाहले पल्लो किरातका लिम्वूहरुलाई “तिमीहरुको राज्यको स्वयत्तताको सुरक्षा हुन्छ, मात्र, तिमीहरु हामीलाई राजा मान या हाम्रो केन्द्रीयता स्वीकार गर” भन्ने प्रस्ताव गरे, तब लिम्वुवानी नेताहरुले एउटा ठूलो तामाको खड्कुँडा, फसी या भाँडामा भरी-पानी राखे, त्यसपछि त्यो भाँडामा तामाकै पाथीमा भरेर एक पाथी नुन हालेर घोल्न लगाए, गोर्खालीहरु लिम्वूहरुको यो चर्तिकाला देखेर जिल्ल परिरहेका थिए । के गर्न लागेको हो या के हुन गइरहेछ, यसको छेउ छन्द नपाएर उनीहरु अलमल र असमन्जसको स्थितिमा रुमल्लिरहेका थिए । जब भाँडामा नुन पूरा बिलाएर गयो, त्यसपछि लिम्वू राजप्रतिनिधिहरुले भने, -”ल ! हेर्नुहोस, यो भाँडामा यो नुन कसरी बिलाएर गयो । के यो भाँडाभित्र नुनको अस्तित्व देख्न सकिन्छ ?” उनीहरुले गोर्खालीहरुलाई प्रश्न गरे । गोर्खालीहरुले स्वाभाविक जवाफ दिए, -”अहँ ! भाँडाभित्र नुनको अस्तित्व देख्न सकिंदैन ।” त्यसपछि लिम्वू नेताहरुले भने -”गोर्खा राज्य यो भाँडाको पानी जस्तै छभने हामीहरु यहाँ घोलिएको नुन जस्तै छौं । हामी कसरी नुन जस्तो बिलाएर जान सक्छौं ?” लिम्वूहरुको यो प्रश्न सुनेर गोर्खालीहरुको चेत खुल्यो । त्यसपश्चात दुवै तर्फका राजप्रतिनिधिहरुले पालैपालो भाँडामा भएको नुनपानी पिउँदै कसम खाए । अभिमान सिंहको नेतृत्वमा गएको गोर्खालीहरुको समूहले लिम्वूहरुको मागबमोजिम सेन राजाहरुले जस्तै उनीहरुको माटोको पूर्ण स्वतन्त्रतामा कहिले भाँजो नहाल्ने र केही गरी भाँजो हाले यही नुनपानीको कसमले र्सवनास भई जान परोस् या गोर्खा राज्य यो पानीमा नुनसरी बिलाई जावस् भनी किरिया खाए । त्यसैगरी लिम्वू राजप्रतिनिधिहरुले पनि अबउप्रान्त गोर्खाका राजालाई आफ्नो महाराजधिराज स्वीकार्दै “नेपाल अधिराज्यको केन्द्रीयताविरुद्ध कहिले विद्रोह गर्ने छैनौँ” भनी किरिया खाए । त्यसमुताविक तसल्लीपत्रको लालमोहोर गोर्खाराजाको तर्फवाट लिम्वूहरुलाई प्राप्त भयो । जुन लालमोहोरमा स्पष्ट शब्दमा लेखिएको छ, “तिमीहरु नौ लाख किरात र्राई -खम्वुवान) जस्तो मासिने राजा होइन, तिमीहरुको माटोको अधिकार हामीले खोसे-मासे हामीले मानी-पुजी ल्याएको देवताले हाम्रो राजकाज भङ्ग गरोस् ।” यसरी उक्त सन्धी-सम्झौताबमोजिम लिम्वुवान राज्य धेरै वर्षसम्म नेपाल अधिराज्यको केन्द्रीयताअन्तर्गत एक स्वायत्त राज्यको रुपमा रहिआएको थियो । तर त्यो ऐतिहासिक सन्धी-सम्झौताको किञ्चित वास्ता नगरी लिम्वुवान राज्यको स्वायत्तता उपर केन्द्र सरकारले धावा बोल्यो । अन्ततः लिम्वूहरु आफ्नै माटोमा माटोविहीन भए । तर लिम्वूहरु चुप लागेर बसेनन् । आजसम्म स्वयत्तताको निम्ति भनेर यो देशमा सबसे धेरै पटक र सबसे लामो समयदेखि लिम्वूहरुले आवाज बुलन्द गर्दै आइरहेका छन् । त्यसैले भनेको, लिम्वुवान स्वायत्तताको प्रश्न अरु स्वायत्तताको प्रश्नभन्दा ज्यादा मौलिक, ऐतिहासिक, र सान्दर्भिक लाग्दछ । त्यसको अर्थ कदाचित यो नलागोस् कि उठेका अरु स्वायत्तताका सवालहरु असान्दर्भिक छन् ।
लिम्वूहरुको स्वायत्तताको यो एतिहासिक उचाइलाई कुल्चदै माआवादीले हठात् किरातप्रदेशको प्रस्ताव गरिदिँदा लिम्वुवानका तमाम बासिन्दाहरुको भावनामा गहिरो चोट पुगेको थियो । पछिल्लो समयमा नेपालमा जुन राजनीतिक परिदृश्यहरु परिवर्तन भए, त्यसअनुसार माओवादीहरुको आधिकारिक धारणामा पनि परिवर्तन आइसकेको छ । माओवादी केन्द्रीय नेता देव गुरुङले लिम्वुवान स्वायत्तताको सवाललाई आफूहरुले संधै सम्मान गरेको विचार व्यक्त गर्नुभएको छ । विगतमा गरिएका नौ स्वायत्त प्रदेशको अवधारणा केवल नेपाली जनतालाई अभ्यासमा उतार्न मात्र ल्याइएको वहाँको स्पष्ट धारणा आएको छ । केही समयअगाडि माओवादी केन्द्रीय सदस्य गोपाल र्राई (खम्वू) (किराती) ले अत्यन्तै निम्नकोटीको र निराधार लाञ्छना लगाउँदै “लिम्वुवान स्वायत्तताको कुरा गर्नेहरु राजावादी हुन्” भने । उनको यो अभिव्यक्ति साह्रै तूच्छ र पूर्वाग्रही लाग्दछ । विगतमा खम्वुवान मुक्तिमोर्चा गठन गरेर खम्वुवान मुक्तिको आवाज उठार्इ हिंड्दा उनको नाम गोपाल र्राईबाट गोपाल खम्वू भयो, आज किरात प्रदेशको कुरा गर्दैछन् उनी र नाम पनि एकाएक गोपाल किराती हुन पुगेको छ । यो छेपारे प्रवृत्तिले अन्ततः उनैलाई घाटा लाग्ने छ । माओवादी केही नेताहरु गोपाल खम्वूहरुको प्रभावमा परेको देखिन्छ । जस्तै राम बहादुर थापाहरुले खम्वूको बोलीमा बोली मिलाए । तर त्यो मिथ्यावचन सावित भइसकेको छ ।
किरात लिम्वू र खम्वूबीच परापूर्व कालदेखि नै भ्रातृत्वको सम्बन्ध रहिआएको छ । यद्यपि र्दुइ अलग भौगोलिक सिमानामा छुटि्टएर र्दुइ अलग संस्कृति भएका, र्दुइ अलग भाषा भएका, र्दुइ अलग धार्मिक दर्शन भएका, र्दुइ अलग जातिको रुपमा हामीहरु रहिआएका छौं । यस्तो एउटा विशिष्ट परिस्थितिमा रहेका र्दुइ भिन्न जातिहरुलाई एउटै स्वायत्त राज्यको रुपमा परिकल्पना गर्नु तमुवानलाई मगरातभित्र छिर्राई दिँदाको अवस्था जस्तै बडो विडम्वनायुक्त भएको छ । सबभन्दा ठूलो विडम्वना के भएको छभने, किरात र्राई यायोख्खाको भरखरै सम्पन्न भएको दमक महाधिवेशनले र्सवसम्मतीबाट किरात राज्यको अवधारणलाई अनुमोदन गरेको छ । यायोख्खाले यस्तो निर्णय गर्ला, सोच्नु बहुत गलत लाग्थ्यो । त्यसो त नसोचिएका धेरै घटनाहरु राजनीतिक वृत्तमा देखापरिरहेका छन् । तर्राईको आन्दोलनले नेपालको संविधान सँशोधन गरिदेला भन्ने कसले सोच्थ्यो होला उबेला । यायोख्खाले गरेको यो भ्रातृघाती निर्णय धेरै हदसम्म माओवादीको विगतको प्रस्तावमाथि उभिएको छ भनेर नभनी नहुने भएको छ । उनीहरु स्वीकार्दैनन्, कुरा बेग्ले हो । त्यसमा गोपाल खम्वूहरुको पुठ प्राप्त भएको होला, सोच्नु अस्वाभाविक लाग्दैन । तर कल्पनै गर्न नसकिने गरी राजनीतिक निर्णयहरु परिवर्तन भइरहेका छन् देशमा, त्यसरी हर्ेदा यायोख्खाले यो निर्णय लिन केही पर्खिएको भए राम्रो हुने रहेछ जस्तो देखिएको छ । यायोख्खा केन्द्रीय अध्यक्ष सूमाया र्राईले माओवादीलाई नयाँ शक्तिको रुपमा चित्रित गर्दै किरात राज्यको अवधारणा यायोख्खाको मौलिक अवधारणा भएको कुरा भन्नुभएको छ । तर योभन्दा अगाडि कहिले कुनै र्राई या र्राई समुदायले किरात राज्यको सवाल उठाएको थिएन । यो कुरा दुनियाँलाई थाहा छ । अब सूमाय र्राईको अभिव्यक्ति कुन सत्यको उपज हो, बुझ्न गाह्रो परोइन । सूमाया र्राईले उपस्वायत्तताको कुरा गर्नु भएको छ । के लिम्वूहरुको सहमति छ त्यसमा ? लिम्वूहरुलाई नसोधी र उनीहरुको भावनाविपरीत गरिएको यो निर्णयभित्र बलमिच्याँइ गर्न खोजेको ठाडो आभास पाइन्छ । लिम्वूहरुले वर्षौदेखि लडेको उपस्वायत्तताको लागि होइन, यो कुरा बुझी-बुझी बुझ पचाउनेहरुले एकदिन अवश्य पछुताउनु पर्ने छ । लिम्वूहरुले प्रस्तावित किरात प्रदेशको विरोध गर्दा कुनै र्राई समूह व्यक्तिबाट लिम्वूहरुले कि किरात शब्द छोड्नुपर्ने, कि किरात प्रदेशलाई मान्नुपर्ने, खालको अत्यन्तै असभ्य अभिव्यक्तिहरु दिएका छन् । यसको पछाडि एउटै तर्क छ, त्यो हो सम्पूर्ण किरातहरुको एउटै राज्यप्रदेश, अर्को कारण छ, किरात प्रदेशमा र्सर्वेर्सवा हुने भित्री मनासय । झट्ट हेर्दा यो आरोपजस्तो देखिन्छ, तर माझकिरात या खम्वूवान राज्यको एैतिहासिक गरिमालाई चटक्क बिर्सेर हठात किरात प्रदेशको सोच राख्नुको पछाडि एकताको भन्दा स्वार्थको गन्ध ज्यादा आउँछ । अहिले लिम्वूहरुले लिम्वुवान स्वायत्त राज्यको कुरा गर्दा किरात छाड्नुपर्ने तूच्छ कुरा आएको छ तर इतिहास हेरौं, एकपटक, के इतिहासमा अहिले प्रस्ताव गरिएको किरात प्रदेश तीन राज्यमा रमाएको थिएन ? इतिहासमा वल्लो किरात, माझ किरात र पल्लो किरातको गौरवगाथालाई दन्ते कथा ठानेका छन् कि क्या हो मान्छेहरुले ? यदि त्यो सत्य होभने, त्यो बेला माझकिरात मात्र नभएर वल्लो र पल्लो किरात कसरी रहन गयो ? आज वल्लो किरातमा किरात कोइन्च राज्यको माग भइरहेको छ । उनीहरुलाई पनि किरात छाड या किरात प्रदेशमा आओ भन्ने ?
आम किरातीहरुमा किरात शब्दप्रति केही भ्रम रहेको पाइएको छ । यो भ्रमको बीउ र्छर्ने काम पनि एकाध र्राई दाजुभाईहरुबाट भएको देख्दा एकाएक यो किरात प्रदेशको सोच देखिनुलाई सुनियोजित पो थियो कि भन्ने शंका पनि लाग्न थालेको छ । जस्तै टँक बहादुर र्राईले आफ्नो एतिहासिक पुस्तक किरात इतिहासको रुपरेखामा अनेक तर्क प्रस्तुत गर्दै, अनेक व्यक्ति विद्वानहरुको हवाला दिंदै लिम्वूहरु किरात हुन नसक्ने जिकिर गर्नु भएको छ । अनौठो के छभने, यता डा. स्वामी प्रपन्नाचार्य उर्फ कालु र्राईको दावी छ, संसारमा देखिने मङ्गोल अनुहारको मान्छेहरु सबै किरात हुन् । झट्ट यो कुरा सुन्दा बकवासजस्तो लागे पनि यसको पछाडि प्रपन्नाचार्यले गतिलो तर्क पेश गरेका छन् । जस्तै मङ्गोल शब्दको इतिहास र किरात शब्दको इतिहासको नजीरले उनको तर्कलाई बलियो बनाएको छ । मङ्गोल शब्दको सुरुवात आजभन्दा लगभग हजार वर्षअगाडि अथवा बाह्रौ शताब्दितिर मङ्गोल सम्राट चङ्गेज खाँको पालादेखि मात्र चलेको हो -जतिखेर मङ्गोल साम्राज्यको संसारभरि जगजगी थियो । चङ्गेज खाँले पूर्वमा एसियादेखि पश्चिममा युरोपसम्म आफ्नो साम्राज्य बिस्तार गरेका थिए । संसारभरि फैलिएको मङ्गोल साम्राज्यको प्रभावस्वरुप मानव नरवंशशास्त्रीहरुले संसारमा देखिने मङ्गोल कद काँठीका मान्छेहरुलाई मङ्गोलाइद भनिदिए तर ती सबै किरात थिए । किनभने किरात सभ्यताको विकाश भारतभूमिमा आर्य सभ्यताभन्दा पनि पुरानो छ । यसको एउटा ज्वलन्त प्रमाण यस्तो छ, जस्तै हिन्दूको मात्र नभएर संसारकै प्राचीन धर्मग्रन्थमध्ये एक ऋगवेदमा किरात शब्दको थुप्रै चर्चा भएको छ । यसरी हेर्दा किरात सभ्यता लगभग पाँच हजार वर्ष पुरानो देखिन्छ । प्रपन्नचार्यको भनाईलाई सहयोग पुर्‍याउने अरु कैयौं विद्वान इतिहासकारहरु छन् । जस्तै डा. कमला सांस्कृत्ययान, इमानसिंह चेमजोङ, डा. हर्षबहादुर बुडामगर आदि । यसरी हेर्दा नेपालमा बसोबास गर्ने मङ्गोल अनुहारका सबै मान्छेहरु किरात देखिन्छन् । मगर र लिम्वूहरु एउटै किरात कूलको भएको कुरा इतिहासकारहरुले धेरै ठाउँमा लेखेका छन् । अरु थुपै्र ऐतिहासिक प्रमाणहरु छन् जो केलाउन थाल्दा यहाँ विषायन्तर होला । अब माथिको पृष्ठभूमिमा लिम्वूहरुले लिम्वुवान स्वायत्तता माग्दा किरात त्याग्नुपर्ने भन्ने कस्तो कुरा हो ? यदि किरात प्रदेशको प्रस्ताव लिम्वूहरुले गरेका भए के ‘र्राईहरु कि किरात त्याग कि किरात प्रदेश स्वीकार’ भन्न मिल्छ ? किरात शब्द या सभ्यता जे भए पनि यो कसैको बाउको विरासत होइन, कसैले त्याग भनेर त्यागिने पनि होइन र अपना भनेर अपनाईने पनि होइन । यो त जन्मसिद्ध हो । नैर्सर्गिक हो । जसले यो बोली बोले पनि यो फगत पानी-फोका हो भूपिको शैलीमा ‘फगत….पानीका निर्बलिया थोपा !’

नोट - नेपाल डट एचके वेवबाट साभार

इन्द्रहाङ लिम्बु

-हालै काठमाण्डौंमा सम्पन्न नेकपा (माओवादी) को पांचौ विस्तारित बैठकले किराँत गणराज्य अन्तर्गत रहेको लिम्बुवान खम्बुवानलाई छुट्टै स्वायत्त प्रदेशको मान्यता दिने निर्णय गरेपछि विशेष गरी पूर्वाञ्चलको लिम्बुवान क्षेत्रमा एउटा सुखद तरंग पैदा गरेको छ। एउटा शसक्त पार्टीको केन्द्रीय बैठकले लिम्बुवान राज्य घोषणा गर्नुले पूर्वाञ्चल क्षेत्रका लिम्बु र गैर लिम्बुहरु माझ कस्तो प्रतिकृया उत्पन्न गराएको छ भने बारेमा धरानका केही प्रतिष्ठित लिम्बु बुद्धिजिवीहरुसंग ४ वटा सामूहिक जिज्ञासा राखिएको थियो जस्तो-
-१) नेकपा -माओवादी) को विस्तारित बैठ्कले लिम्बुवान स्वायत्त राज्यको अवधारणा र प्रस्ताव अघि ल्याएकोमा तपाईको कस्तो प्रतिकृया रहेको छ ?
-२) लिम्बुवान स्वायत्त राज्यको मागप्रति सरकार सकरात्मक नहुनुको करण के होला ?
-३) लिम्बुवान स्वायत्त राज्यको बारेमा नेपाली कांग्रेस र एमालेको अवधारणा के पाउनु भएको छ ?
-४) किराँत प्रदेशमा लिम्बुवान- खम्बुवान राज्यको संरचना कस्तो हुनु पर्छ ?
------------------------------------------------------------------------------------------------------------
इन्द्रहाङ लिम्बु- पूर्व सांसद, हाल केन्द्रिय सदस्य राष्ट्रिय जनमुक्ती पार्टी-

१) माओवादीले ४ लाख लिम्बुहरुको भावना बुझेर गरेको निर्णय स्वागतयोग्य छ ।
-२) माओवादीले त अवधारणा अघि सारेकोले अरु पार्टीहरुलाई पनि अलिकति तातो लागेको छ नत्र अन्य ७ दलबाट त माग पूरा हुने आशै नगरे हुन्छ। उनीहरु त संविधान सभा सम्म नगर्ने पार्टी हुन्। एमालेमा तल्लो स्तरका नेताहरु राम्रा छन् तर केन्द्रिय नेताहरु जस्तै माधवकुमार नेपाल, केपी ओली जस्ता वेकाम्मे मान्छेहरु मैले अरु देखेको छैन।
-कांग्रेसको कुरा गर्नु हुन्छ भने गिरिजाप्रसाद कोईराला बाचुन्जेलसम्म यो मुलुकले कहिल्यै मुक्ती पाउदैन। यिनले त देश डुवाउछ मात्र।
- अव देश माओवादी र जनमुक्ती पार्टीले चलाउंछ।
-३) अनादीकालदेखि चल्दै आएको किराँत प्रदेश हटाउनु हुदैन त्यसलाई पनि प्राविधिकरुपमा मिलाएर लैजानु पर्छ।
अन्तर्वार्ता र तस्वीर आनन्द श्रेष्ठ / एचकेनेपाल डट कमबाट साभार

देश सुब्बा

उपन्यासकार देश सुब्बा हङकङ बसोवास गर्दै आउनु भएका अत्यान्तै शसक्त उपन्यासकार तथा भयवादका प्रवर्तक हुनुहुन्छ । वहाको हाल सम्ममा तिन उपन्यास प्रकाशित भैसकेका छन् भने गीत र कवितामा पनि कलम उत्तिक्कै चलाउनु हुन्छ । लिम्वुवान स्वायत राज्य पुन स्थापना सम्वन्धि वहाको विचार सुन्न तल क्लिक गर्नुहोस् ।