Apr 17, 2010

वीर्य उत्पादन घटाउँछ सफ्ट ड्रिङसले

दैनिक एक लिटरजति कोला पिउने पुरुषको वीर्य कमी भएको अनुसन्धानले पत्ता लगाएको छ । गर्मी बढ्न थालेपछि चिसो पेय सबैका प्रीय बन्न थाल्छन् । महिला, पुरुष र बालबालिका सबैको रोजाइमा पर्छ कोल्ड ड्रिङस ।
तर, खाँदा मीठो भए पनि सफ्ट ड्रिङस अस्वस्थ्यकर हुने विभिन्न अध्ययनले देखाउँदै आएका छन् । एक अध्ययनअनुसार दैनिक एक लिटरजति कोला पिउने पुरुषको वीर्य उत्पादनमा नकारात्मक असर गर्छ ।
डेनमार्कमा गरिएको सो अध्ययन अनुसन्धानकर्ताका अनुसार दैनिक एक लिटर कोला पिउने पुरुषको वीर्य उत्पादनमा ३० प्रतिशतले कमी आउँछ । थोरै वीर्य उत्पादन हुँदा पुरुषको सन्तानोत्पादन क्षमतामा असर पर्छ ।
अनुसन्धानकर्ताले कोलाले पुरुषको प्रजनन स्वास्थ्यमा गर्ने असरबारेमा अध्ययन गरेका थिए । अध्ययनमा दुई हजार पाँच सय पुरुषलाई सहभागी गराइएको थियो । अनुसन्धानमा सफ्ट ड्रिङस नपिउने पुरुषको वीर्यको स्तर उच्च भएको पाइयो । कोला नपिउने पुरुषको प्रत्येक मिलिलिटर सिमनमा पाँच करोड वीर्य भेटियो । कोला नपिउने पुरुषको जीवनशैली पनि स्वस्थकर भएको अनुसन्धानले पत्ता लगाएको छ ।
तर, यता दैनिक एक लिटरजति कोला पिउने पुरुषको वीर्य कमी भएको अनुसन्धानले पत्ता लगाएको छ । दैनिक कोला पिउने पुरुषको प्रत्येक मिलिमिटर सिमनमा जम्मा तीन करोड ५० लाख वीर्यमात्र पाइएको अनुसन्धाताले बताएका छन् । यसैगरी, अत्यधिक कोला पिउने पुरुषको जीवनशैली पनि अस्वस्थकर रहेको पाइएको छ । उनीहरूले धेरै फास्टफुड खाने, थोरै फलफूल र हरियो तरकारी खाने गरेको पाइएको छ ।
कोला लगायत सफ्ट ड्रिङसमा पाइने क्याफिनले पुरुषको वीर्यको गुणस्तर न्यून बनाउने सम्बन्धमा अहिले ठोकुवा गर्न नमिल्ने अनुसन्धानकर्ता डा. टिना कोल्ड जेनसन बताउँछिन् । क्याफिनले पुरुषको प्रजनन स्वास्थ्यबारेमा गर्ने असरबारेमा ज्यादै थोरै अध्ययन भएकाले क्याफिनलाई यसको सम्पूर्ण दोष दिन नमिल्ने उनको तर्क छ ।
त्यसैले यससम्बन्धमा थप अध्ययन गरिनुपर्ने उनको भनाइ छ । 'तर, अत्यधिक कोला पिउने पुरुष अन्य पुरुषको तुलनामा धेरै फरक रहेको हामीले अनुसन्धानमा पायौँ,' कोपेनहेगन स्थित रिग्स हस्पिटलकी चिकित्सक टिना भन्छिन् । यस अनुसन्धानको प्रतिवेदन अमेरिकन जर्नल अफ इपिडिमियोलोजीमा छापिएको छ ।
कोलासहित अन्य सफ्ट ड्रिङसले पुरुषको वीर्यको उत्पादन र गुणस्तरमा मात्र कमी ल्याउँदैन । यसले मोटोपना, चिनी रोगजस्ता थुप्रै रोग निम्त्याउने अनुसन्धानले पत्ता लगाएका छन् ।
१९९८ मा अमेरिकाको सेन्टर फर साइन्स इन पब्लिक इन्टे्रस्टले गरेको अध्ययन प्रतिवेदन 'लिक्विड क्यान्डी : हाउ सफ्ट ड्रिङस आर हार्मिङ अमेरिकन्स हेल्थ' मा बच्चाद्वारा सफ्ट ड्रिङसको उच्च सेवन र यसले स्वास्थ्यमा पार्ने अवसरबारेमा उल्लेख गरिएको छ । सफ्ट डि्रंक्स धेरै सेवन गर्ने बच्चाको दाँत सड्ने, पोषणको कमीबाट हुने रोग लाग्ने, मोटोपना र मुटु रोग लाग्ने जोखिम बढी हुने प्रतिवेदनमा भनिएको छ । सफ्ट ड्रिङसको बढ्दो प्रयोग घटाउन पनि प्रतिवेदनले आग्रह गरेको छ ।
अमेरिकामा पाँच सय ४८ स्कुले विद्यार्थीलाई १९ महिना लगाएर गरिएको अध्ययनअनुसार कोला लगायतका सफ्ट ड्रिङसले शरीरको मोटाइ बढाउँछ । अध्ययनअनुसार बच्चाले दैनिक लिने हरेक सफ्ट ड्रिङसले ० दशमलव २४ केजी तौल बढाउँछ । अमेरिकी बालबालिकामा रहेको उच्च मोटोपनाको कारण सफ्ट ड्रिङसलगायत फास्टफुड र जंकफुडको अत्यधिक सेवन मानिएको छ ।
यसैगरी, सफ्ट ड्रिङस र मोटोपना सम्बन्धमा आठ वर्ष लगाएर ५० हजार महिला नर्समा अध्ययन गरिएको छ । अध्ययनअनुसार दैनिक सफ्ट ड्रिङस पिउने महिलाको तौल अध्ययन अवधिमा आठ केजी बढयो । तर, कहिलेकाहीं मात्र पिउने वा सफ्ट ड्रिङस पिउन कम गर्दै लगेका महिलाको तौल आठ वर्षमा केवल २ दशमलव आठ केजी मात्र बढेको पाइयो ।

Apr 10, 2010

यौनको उमेरसँग सम्बन्ध

उमेरको भिन्दाभिन्दै अवस्थामा यौनलाई लिएर हाम्रो व्यवहार परिवर्तन भइरहेको हुन्छ । यौन गुरु ट्रेसी काक्सले आफ्नो 'बेस्ट सेलिङ बुक,' 'सेक्सटेसी,' मा कुन उमेरका व्यक्तिको यौनलाई लिएर कस्तो प्राथमिकता रहन्छ भन्नेबारे चिरफार गरेका छन् ।
पुस्तकअनुसार उमेरको २० औं वर्षमा अधिकांश युवाहरू हरेक दुई घन्टामा यौनको सपनामा रुमलिरहेका हुन्छन् । यो उमेरका युवती भने यौनको कल्पना गर्दा परम्पराबाट टाढिएर सोच्ने गरेका छन् । उनीहरू युवतीसँग यौन क्रियाकलापको सपना देख्छन् वा फेरि युवती वा युवक दुवैसँग यस्तो सपना देख्ने गरेको पुस्तकमा उल्लेख छ ।
सन् २००६ मा २ हजार व्यक्तिमा गरिएको सर्वेक्षणअनुसार ७६ प्रतिशत महिला, महिलासँग यौनको समय चरम सन्तुष्टि (औरगेज्म) अनुभव गर्छन् जब कि पुरुषसँग यौनमा चरम सन्तुष्टिसम्म पुग्ने महिलाको प्रतिशतमात्र ५० थियो । २० वर्षको उमेरमा यौना आसनबारे युवक एवं युवती भने सबैभन्दा बढी प्रयोग गर्ने कुरासमेत पुस्तकमा जनाइएको छ ।
३० वर्षको उमेरमा करिब सबैले यौनलाई लिएर प्रयोग गर्ने गरेको दाबी गर्ने गरेका छन् । र, उनीहरू अलि खुकुलो वातावरणमा यौन सम्पर्क गरिसकेका हुन्छन् । जहाँ किशोरका लागि यौन क्रिया गर्नु नै प्रयोग हुन्छ त्यही तीन दशक नाघिसकेकाहरू सामान्य सार्वजनिकस्थलजस्तै समुद्रको किनार, अँध्यारोमा, कुनै पार्कको बेन्चमा यौनलाई बढी महत्त्व दिए । यो उमेरको व्यक्तिमा वाइल्ड सेक्सलाई लिएर उत्सुकतासमेत देखिएको पुस्तकमा उल्लेख छ । यस्तै यो उमेरको व्यक्तिमा सावर वा बाथटवमा नुहाउँदा यौन निकै प्रचलित रहेको समेत पुस्तकमा जनाइएको छ ।
महिलाले यो उमेरमै समलैंगिक पुरुषसँग राम्रो सम्बन्ध गाँस्छन् । स्ट्रेट सेक्सुअल प्रेफरेन्स भएकी महिला 'गे' केटोलाई रुचाउँछन् । जब कि 'गे' केटो स्ट्रेट केटीलाई रुचाउँछ । स्ट्रेटको यहाँ अर्थ भने विपरीत लिंगको व्यक्तिसँग सेक्सुअल प्रेफरेन्स राख्नु हो ।
३० वर्ष उमेरको व्यक्तिलाई सामान्यतया सन्तान हुन्छन् त्यसैले उनीहरू यौनलाई लिएर अलि मन्द भइसकेका हुन्छन् । तर, हैरानीको कुरा के छ भने गर्भावस्थाको समय धेरैजसो दम्पती एक महिनामा चारदेखि पाँच पटकसम्म यौन सम्बन्ध राख्छन् ।
डा. काक्सका अनुसार ३० वर्ष उमेरभन्दा माथिका करिब ९० प्रतिशत महिलाहरू चरम सुख प्राप्त गर्छन् । जब कि ३० वर्षभन्दा कम उमेरको भने २३ प्रतिशत महिलामात्र चरम सुख अनुभव गर्न सक्छन् ।
पुस्तकका अनुसार यौनको समय ४० वर्षका पुरुषलाई लिंगोत्थान (इरेक्सन) समस्या आउन थाल्छ । यो उमेरका पुरुष आफ्ना साथीसँग धोकेबाजीसमेत गर्छन् । उनीहरू बढी अश्लील फिल्म हेर्छन् र सेक्स च्याट गर्छन् । यो उमेरका महिला यौनमा बढी आकषिर्त हुन्छन् र आफूभन्दा कम उमेरको पुरुषसँग बढी झुकाव राख्छन् । यो उमेरका व्यक्ति भने यौनलाई लिएर बढी चनाखो हुन्छन् ।
प्रेम, यौन र धोका
पुरुषमा सदैव गरिने शंका सही सावित भइरहेको छ । विशेषज्ञ चिकित्सक लुआन बि्रजेनदाइनका अनुसार पुरुष यौनमा अत्यधिक रमाउँछन् । उनीहरू आफ्नो भावना लुकाउँछन् र धोकेबाजीमा समेत लिप्त रहन्छन् ।
पुरुषमा पाइने हार्मोन टेस्टोस्टेरानको कारणले उनीहरू महिलाको स्तनतर्फ बढी नियाल्छन् । लुआनले महिलालाई सल्लाह दिएका छन् कि पुरुषलाई पुरुष नै रहन दिउँ र त्यसको मस्तिष्कसँग तालमेल बसाउने प्रयास नगरौं ।
लुआनले आफ्नो पुस्तक 'मेल ब्रेन ए ब्रेक थ्रो अन्डर स्टान्डिङ अफ हाउ मेन एन्ड ब्वइज थिंकिङ,' मा पुरुषको यौन प्रसंगबारे थुपै्र खुलासा गरेका छन् ।
पुरुष यौनबारे एकोहोरिने कुरासमेत पुस्तकमा उल्लेख छ । यौनको बारेमा सोच्ने पुरुषको मस्तिष्कको खण्ड महिलाको यौनबारे सोच्ने खण्डको दाँजोमा अढाई गुणा ठूलो हुन्छ ।
पुरुषहरू महिलाको स्तनतर्फ नियाल्छन् किन भने उनीहरू आफ्नो हार्मोनको कारणले स्वयंलाई रोक्न सक्दैनन् ।
यो पुस्तकमा पुरुषलाई बढीभन्दा बढी यौन साथी चाहिने कुरासमेत औंल्याइएको छ । पुस्तकअनुसार एउटा आम पुरुषलाई आफ्नो सम्पूर्ण जीवनकालमा औषत रूपमा १४ जना महिला यौन साथीको चाहना हुन्छ । महिलाको भने मात्र एक वा दुईकै चाहना हुन्छ ।
पुस्तकमा पुरुष यौनको बारेमा बढी झूटो हुनेसमेत उल्लेख गरिएको छ । महिलासँग झूटो बोल्न पुरुषलाई बढी असजिलो हुँदैन ।
यस्तै महिलाका लागि यौन सम्बन्धभन्दा पहिलो प्रक्रिया अर्थात् प्राकक्रीडा (फोर-प्ले) धेरै बढी महत्त्वपूर्ण हुन्छ । जब कि पुरुषका लागि यो सबैभन्दा पहिले गरिने तीन मिनेटको मात्र काम हो । डा. लुआनले भनेका छन् कि यसको मतलब यो होइन कि कुनै व्यक्तिले यदि बलात्कार गर्छ भने यो उसको संरचनाको कारणले हो ।

स्मार्टफोनले छोडपत्र गराउन थाल्यो

मोबाइल र इन्टरनेटको हाइब्रिड उत्पादन स्मार्टफोनले घरायसी सम्बन्ध बिगार्न थालेको पाइएको छ । मोबाइलका कारण पति-पत्नीको अन्तरंग-सम्बन्धमा समेत असर पारेको गुनासा पुरानो भइसके र समाजले पचाउन थालिसक्यो । तर, पछिल्लो समयमा इन्टरनेट सुविधा भएका मोबाइलहरू (स्मार्टफोन) को प्रयोगले वैवाहिक सम्बन्ध नै बिग्रीएका समाचार प्रशस्त आइरहेका छन् । आफ्नो पति हरदम स्मार्टफोनमा झुम्मिरहेका कारण छोडपत्र दिनुपरेको न्युयोर्ककी एलिसा सान्ड्राले बताइन् । 'दिनभरि अफिसमा हुन्थ्यो, राति घर आएपछि स्मार्टफोनमा । घरायसी कुरा गर्ने समय नै छैन,' उनले भनिन्, 'यसरी कसरी घर चल्छ ?' स्मार्ट फोनमा उत्पादनहरूलाई घर बिगारेको मुद्दा हाल्नुपर्ने उनको सुझाब छ । बर्मिङघम बस्ने ओपेर मस्कटले छोडपत्र गरेको एक महिना भयो । स्मार्टफोनले नै उनको वैवाहिक सम्बन्ध टुक्रयायो । 'जतिखेर पनि स्मार्टफोनमा फोहरी कुरा हेरिराख्थ्यो,' उनी भन्छिन्, 'स्मार्टफोन लिएपछि हामीबीचको शारीरिक सम्बन्ध पनि पातलिन थाल्यो ।' अति नै भएपछि सम्बन्ध तोड्नुपरेको उनले बताइन् । महिलाहरूको दुस्मनका रूपमा देखिएको स्मार्टफोनले व्यापारिक रूपमा भने ठूलै सफलता पाइरहेको छ । रिसर्च कम्पनी गार्टनरका अनुसार सन् २००९ मा स्मार्टफोनको बिक्री ३० प्रतिशतको हाराहारीमा बढेको छ । सन् २०१० मा यो वृद्धि ३५ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । अधिकांश महिलाको गुनासो भनेको आफ्ना पतिहरू हरदम फेसबुक वा अन्य सामाजिक सञ्जालका वेबसाइट, अश्लील सामग्री हेर्न व्यस्त हुने गरेका छन् । यसले गर्दा उनीहरू घरायसी समस्याप्रति उदासीन हुँदै गएका छन् । बिहान मेल चेकबाट सुरु हुने इन्टरनेट दुनियाँको सफर राति पनि नसकिने दिनचर्याबाट आफूहरू पीडित भएको महिलाको गुनासो छ । स्मार्टफोनका कारण मानसिक समस्या भोगिरहेको महिला दिनहुँजसो आफ्नो क्लिनिकमा आउने मनोचिकित्सक इसाबेल ब्रुकलिनले बताइन् । 'उनीहरूमा खाली घर बिग्रेको चिन्ता छ । पतिले बच्चाको पनि वास्ता नगर्ने तथा अन्य क्रियाकलापमा पनि सहभागी नहुने गरेको गुनासो ल्याउँछन्,' उनले भनिन् । पश्चिमा मुलकमा देखिएको यो समस्या अहिले भारतमा पनि देखिएको छ । भारतीय वरिष्ठ अधिवक्ता गीता लुथराले एक वर्षअघिसम्म नआउने प्रकृतिका मानिस आउने गरेको बताइन् । 'मेरा पति हरदम फोनमै व्यस्त हुन्छन्, मसँग कुरा गर्ने समय नै हुन्न उनलाई' भन्दै महिला आउने थालेका छन्,' उनी भन्छिन् । उनीहरूलाई फोनकै कारण सम्बन्ध टुट्दैन भन्नेमा विश्वास लागेपछि फोनकै कारण सम्बन्ध पातलिएको भन्नेमा उनीहरू विश्वस्त भएको उनले बताइन् । भारतको प्रतिष्ठित बैंकका प्रमुख कार्यकारी अधिकृतकी श्रीमती (नाम गोप्य राखिएको) हालसालै अदालतमा छोडपत्रका लागि निवेदन दिएकी छन् । उनले आफ्नो पति स्मार्टफोनमा व्यस्त भएका कारण नै छोडपत्र लिनुपरेको उल्लेख गरेको अदालतका कर्मचारी बताउँछन् । 'स्मार्टफोन नै श्रीमतीसरह भएको उनको दाबी छ,' उनलाई उद्धृत गर्दै ती कर्मचारीले भने ।भारतीय बजारमा पाँच वर्षअघि स्मार्टफोन भित्रिएको हो । क्यानेडेली कम्पनी रिचर्स फर मोसन (आरआइएम) को ब्ल्याकबेरी भारतमा भित्रिएको पहिलो स्मार्टफोन हो । तत्पश्चात् भारतीय बजारमा एप्पलको आइफोनदेखि लिएर गुगलको नेक्सन वानसमेत भित्रिइसकेका छन् । रिसर्च कम्पनी एसेडियाका अनुसार भारतमा २००८ मा ५० लाख स्मार्टफोन बिक्री भएको थियो । गार्टनरका अनुसार सन् २००९ मा कुन मोबाइल बिक्रीमा स्मार्टफोनको हिस्सा ५ प्रतिशतको हाराहारीमा थियो । सन् २०१० मा यो प्रतिशत ७ देखि ८० पुग्ने अनुमान छ ।
आइफोनमा एक सय सुविधा थपिने
आइफोनको उत्पादक एप्पल कम्प्युटर्सले इन्टरनेट प्रयोगकर्ता लक्षित उच्चकोटिको मोबाइल आइफोनको नयाँ संस्करणमा एक सय सुविधा थप गर्ने भएको छ । यसै वर्ष आउने नयाँ मोडलको आइफोनमा एक सय नयाँ फिचर थपिने जानकारी कम्पनीको प्रमुख कार्यकारी अधिकृत स्टिभ जब्सले दिएका हुन् । यसका लागि अपरेटिङ सिस्टम नै परिमार्जन गरिएको उनको भनाइ छ ।
नयाँ आउने आइफोनमा मोबाइल
एड्भरटाइजिङ प्लेजटर्फम आइएड थपिनेछ । जसमा एप्पलबाहेक अन्य कम्पनीले उत्पादन गरेको एप्लिकेसनको विज्ञापन हुनेछ । गत जनवरीमा वायरलेस मोबाइल एड्भरटाइजिङ नेटवर्क क्वाट्ट्रो वायरलेस खरिद गरेपश्चात नै एप्पल मोबाइल एड्भरटाइजिङमा आउने अपेक्षा गरिएको थयो । कम्पनीले क्वाट्रो वायरलेस ३० करोड अमेरिकी डलरमा खरिद गरेको थियो । कम्पनीले मोबाइल विज्ञापनबाट उल्लेख्य मात्रामा आम्दानी गर्ने विश्लेषकहरूको अनुमान छ । आधा दशकअघि बजारमा आएको आइफोनका पाँच करोड सेट बिक्री भइसकेको कम्पनीले जनाएको छ । आइफोन उच्च वर्गका मानिसको प्रिय मोबाइल सेटका रूपमा रहेको छ ।
यसैगरी, अबको आइफोनमा
मल्टी-टास्किङ सुविधा उपलब्ध हुनेछ । आइफोनमा प्रतिस्पर्धीका रूपमा बजारमा आएका अन्य स्मार्टफोनमा एकैपटकमा धेरै एप्लिकेसन चलाउन सकिने (मल्टी टास्किङ) फिचर उपलब्ध भइरहेका छन् । 'यस्तो सुविधा बजारमा ल्याउने हामी नै पहिलो नै होइन, तर पनि यो सविधा थपिएपछि आइफोन झनै बलियो हुनेछ,' जब्सले भने ।आइएड मोबाइल एड्भरटाइजिङको दुनियाँमा एप्पलको पहिलो पाइला हो । यस्तो विज्ञापनबाट प्राप्त आयमध्ये ६० प्रतिशत रकम डेभलपरहरूलाई नै जाने कम्पनीले जनाएको छ । कम्पनीले आइफोनको नयाँ अपरेटिङ सिस्टम (ओएस ४.०) विस्तारै आइपड टच तथा आइप्याडमा विस्तारै प्रयोगमा ल्याउने जब्सले बताए । कम्पनीको मुख्यालय क्यालिफोर्नियामा भएको प्रदर्शनी गरिएको आइफोनका अन्य फिचरमा एप्लिकेसनहरू छुट्टै फोल्डरमा राख्न सकिने, धेरैखाले सुविधा प्रदायकबाट प्राप्त भएको इमेल एकै ठाउँमा संग्रह हुनेखालको परिमार्जित मेल, आइबुक्सजस्ता सुविधा रहेका छन् ।
सातामा साढे ४ लाख आइप्याड बिक्री
एप्पल कम्प्युटर्सले उत्पादन गरेको पोर्टेवल साइजको ल्यापटप आइप्याड-४ नै ४ लाख ५० हजार थान बिकेका छन् । कम्पनीले अघिल्लो साता मात्रै आइप्याड बिक्री सुरु गरेको हो । मोबाइल तथा ल्यापटप दुवैको फिचर समावेश भएको आइप्याड अहिले अमेरिकामा मात्रै बिक्री भइरहेको छ । यही महिनाको अन्त्यसम्ममा आइप्याड बेलायत, क्यानाडा, अस्ट्रेलिया तथा युरोपका केही मुलुकमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।कम्पनीका अनुसार आइप्याडमा मात्रै पछिल्लो पाँच दिनमा ६ लाखवटा इलेक्ट्रोनिक किताब तथा ३५ लाख एप्लिकेसन डाउनलोड गरिएका छन् । कम्पनीको प्रमुख कार्यकारी स्टिभ जब्सले आफूहरू सकेसम्म छिटो विश्वभरि नै आइप्याड ल्याउन लागिपरेको बताएका छन् ।

Apr 9, 2010

लेख्न मन लागेको छ…

स्वप्नील स्मृति
सयुक्त कविता सङ्ग्रह आस्थाको विम्ब झण्डै एक महिनादेखि मेरो कोठामा थन्किएको छ । समीक्षार्थ यसलाई पढेर टिपोट गरेको पनि झण्डै दुई हप्ता भएको छ । तर म यसलाई पहिले लेख्ने कि अन्यलाई भनेर दोधारमा छु । किनकि मलाई राम्रा लागेका अन्य कृतिहरु 'क्यू'मा लागेका उहिले नै हुन् । प्रगति मुकारुङको वादी विज्ञप्ती पूर्ण इन्फादाको अभिलेख अवशेष मिजास तेम्बेको अर्थ अवतरण केशव सिलवालको धारिला मानिसहरुलगायत थुप्रै थाक कृतिहरु थान्को लागेर बसेको धेरै भएको छ । भूपिन ब्याकुलको हजार वर्षको निद्रा प्रकाश छाङ्छा राईको पुल तरेपछि हराएको मान्छे गीतसङ्ग्रह ईश्वर चाम्लिङको स्पन्दित प्रवाश नरेश नातिको बाटो खोज्दाखोज्दै कुल रुनाहाङको रिसिया अर्को नाहाङको र प्रकाश आङ्देम्बेको नाटक सङ्ग्रह सृष्टिप्रलयको सङ्घारमा…।अरु पनि उल्लेखनीय कृतिहरु सप्रेम प्राप्त भएका छन् यिनीहरुमाथि कुनै न कुनै कारणले मैले लेख्नु छ । अघिल्लो महिना मैले ४२ केजी किताब कवाडीमा बेचेको थिएँ त्यसमा भरसक 'राम्रा र हाम्रा'जति किताब जोगाएँ । त्यो किताबमाथिको न्याय पक्कै थिएन तर मेरो ठहर खराब किताब पढ्नु खराब लेखनतिर अग्रसर हुनु हो । कमजोर किताब पढ्नु कमजोर लेखनतिर अग्रसर हुनु हो । त्यसैले ती किताब बिक्री गरेँ र आएको दामले मनपर्ने अर्को किताब किनेँ । त्यस किताबमाथि पनि बोल्ने मन छ लेख्ने सुर छ तर सुर गर्दागर्दै त्यो कृति कतै 'पुरानो' भइसकेको हो कि जस्तो पनि लाग्छ । त्यसैले लेख्नु भनेको छिटो लेख्नु पनि रहेछ । म लेख्न सिक्दै गर्दा बीचमा लेख्नै छोडिदिएको लेखक हुँ । लेखनमा 'जबर्जस्ती' गर्न मन पर्दैन । लेख्न छोडेको चार वर्ष बितिसकेको छ । २०६२ सालमा प्रकाशन भएको कविता सङ्ग्रह रङ्गैरङ्गको भीर पढेर धेरैले प्रशंसा गरे ती प्रशंसा धेरै त सहानुभूति थिए र थिए प्रशंसाका भोकाहरुले ऋण लगाएका । ती प्रशंसामा कुटनीतिको गन्ध पनि पाउँथे म । तर त्यैकारणले लेख्न छोडेको चाहिँ होइन मैले । केही दिनअघि बरिश्ठ समालोचक डा। गोविन्दराज भट्टराईज्यूको निवाशमा कामवश म पुगेको थिएँ उहाँले भन्नुभो 'लेख्नुपर्छ लेखनमा पाँच वर्षको अन्तर आए लेखक मर्छ ।' उहाँका कथन कृति प्रकाशनको अन्तरा पाँच वर्ष भयो भने कसको पाण्डुलिपि चोरेर ल्यायो भन्ने आरोप लाग्छ भन्ने थियो । केही दिनअघि चर्चित कवि मन्जुल दाइसँग भेट भो उहाँले भन्नु भो 'आउँदा मात्र लेख्ने होइन कवितालाई बोलाउनु पनि पर्छ ।' लेखक कसरी लेख्छ सायद यस प्रश्नको जवाफ छ त्यहाँ । तर मलाई अझै ढिपी गर्न मन लाग्छ लेखक किन लेख्छ ? मेरा अनन्य मित्र धर्मेन्द्रविक्रम नेम्बाङका कृतिहरु पढ्छु, लाग्छ लेखन बेकार छ । कमसेकम मैले चाहिँ लेख्नु हुन्न । भाइ चन्द्रवीरको साहित्यिक रिपोर्टिङको धपेडी देख्छु, लेखक चुप लागेर बस्नुहुन्न । दाजु समदर्शी काइँला दुवइमा छन् फेसबुकमा साहित्य-क्रान्ति गरिरहेका छन् । विमिल जी उदयपुर पुगेका छन्, चेवन श्री रङ्गवादको व्यानरमा तर्कवादको दार्शनिक उल्कापात गरिरहेका छन् । प्रकाश आङ्देम्बे फेसबुकमा लेख्छन् 'कवि जी कता हराएको क्याविनतिर हो मलाई पनि लैजानु है ।' यस्तै भए पनि प्रकाश लेखिरहेका छन् । के लेख्नु जीवन हो ? सायद म यो सिद्धान्तसँग अब धेरै सहमत छु । केही साथीहरुले हल्ला फैलाएका छन् 'स्वप्नील बिगि्रसक्यो उसले लेख्दैन ।' हल्लाको पनि निकै असर पर्दोरहेछ । किनभने जो भेट्यो उसैले मलाई सोध्छ, आजकल कतातिर हो भेट नै हुँदैन । धेरैले त नामै स्वर्गीय त्यस्तै हो नि भनेर पनि उडाउँछन् । मलाई लाग्छ उनीहरु लेख्नुलाई चानचुने कुरा ठान्छन् । तर मलाई त्यस्तो लाग्दैन, लेख्नु कहिलेकाहीँ इतिहासमा अनिवार्य भएर आउँछ त्यतिखेर खुट्टा कमाउनेहरु अन्यबेला सामान्यत प्रशस्त नै लेख्छन् । म त भन्छु, राज्यले जब तिम्रो लेखको छाँटकाँट गर्नथाल्छ त्यतिखेर लेख, अरुबेला त जसले पनि लेख्छ । म आजकल निकै व्यस्त छु किनभने फुस्रद नै फुस्रद छ । साथीहरु भन्छन् फुस्रदमा लेखेको उपन्यास कविता कथा…मलाई लाग्छ फुस्रदको अर्को नाम लेख्नु होइन । तर जोजो लेखिरहेका छन् किताब निकालिरहेका छन् बजार धाइरहेका छन् अखबारका हाउसमा ट्वाइलेट गएका सम्पादकलाई ढोकानेरै जुत्ता बोकेर कुरिरहेका छन् उनीहरुप्रति मेरो सम्मान छ । किनभने उनीहरुले के लेखिरहेका छन् नलेखे पनि म पढिरहेको छु । नबुझे पनि टाउको हल्लाइरहेको छु । उनीहरुले नलेखे साहित्य कसरी अघि बढ्छ ? म्याक्सीम गोर्कीले कहिँकतै भनेका छन् संसारमा एउटै मात्र कथा लेखिएको छ अन्य लेखकले त्यसैलाई दोहोर्याइरहेका छन् । धेरै कृतिहरु पढ्दा मलाई यस्तै लाग्छ पहिले नै कतै लेखिसकिएका हुन् कि ! गोर्कीसँग सहमत हुने-नहुने कुरा एक ठाउँमा छ अर्को अति पनि छ कसैले नलेखेको लेख्ने दुश्साहस त्यो कतिको सम्भव छ त्यो त लेख्नेलाई सोध्नुपर्छ । मैले कवि कुमार लिङ्देनको एउटा कविता पढेको थिएँ इतिहासको पन्नामा चेप्टिएर मरेरे झींगाको अमर हुने इच्छा । यो प्रसङ्ग जोड्नुको अर्थ हो कतिपय लेखक इतिहासमा अमर हुने चाहनामा लेखिरहेका छन् । मलाई लाग्छ त्यसरी लेख्न खोज्नु सबैभन्दा खत्तरनाक कुरा हो । मरेपछिसमेत अमर हुने चाहना राख्ने वर्तमानमा पक्कै पनि बढ्ता स्वार्थी नै हुन्छ । लेखेपछि अमर भइन्छ भन्ने सामान्यतया केटाकेटी लेखकलाई दिइने भ्रम हो । यो जबर्जस्ती लेखक हुने कुरा हो । लेख्दैमा कोही लेखक हुने पनि होइन नलेख्दैमा कोही अमर नहुने पनि होइन 'अमर' भन्ने आगामी समयको खाँचो र 'मेमोरी पावर'मा भर पर्ने कुरा हो । मलाई लाग्छ लेखन एउटा बाध्यता हो । जब नलेखी नसक्ने भइन्छ मान्छे तब लेखिन्छ । अनूभूतिको उत्कर्ष लेखन हो । कुनै पनि निष्कर्षको अभिलेखीकरण व्याख्या पुष्ट्याइँ नै लेखन हो । तर लेखन अहिले मानवीय इच्छा चाहना रणनीति व्यापार राजनीतिलगायत धेरै पक्षसँग जोडिएर आएको छ । नियोजित लेखनको बोलवाला बढ्दै आएको छ । लेखनमा इमान्दारिता देखिएको छैन । वर्तमानलाई इमान्दार लेख्नु नै आगामी पुस्तालाई सही अभिलेख दिनु हो । रणनीतिकतवरले लेख्नु अथवा झुटो कुरा लेख्नु जाली तमसुक लेख्नुजस्तै हो । त्यो कुनै दिन पाठकले अवश्य च्यात्छ ।

सेक्स क्लिप्स: स्क्यान्डलको वर्ष

पछिल्लो एक दशकमा 'ग्याजेट’ मानिने क्यामेरा, मोबाइल, ल्यापटप आदि सर्वसुलभ भएका छन्। डिजे तान्त्रिकका नामले चिनिएका संगीतकर्मी किचमानले त्यही सुविधाको दुरुपयोग गरे, जसका कारण उनले त बदनामी कमाए नै, स्वच्छ छवि बनाएकी नायिकालाई समेत बदनामीको भुमरीमा धकेले। त्यस्तै अर्को घटनामा ग्ल्यामर्स छवि बनाएकी पूजा लामापनि परिन्।हातमा हतियार भयो भने चलाउन मन लाग्छ, पैसा भयो भने खर्चिन मन लाग्छ, प्रेमिका नजिकै भइन् भने चुम्न मन लाग्छ । त्यस्तै हातमा क्यामेरा भयो भने तस्बिर वा दृश्य खिच्न मन लाग्नु स्वाभाविक हो । मानिसको मन उपलब्ध वस्तु उपभोग गर्न सदैव तत्पर हुन्छ । यौन मानवीय जीवनमा अत्यावश्यक छ । यद्यपि हाम्रो समाजमा यौनको कुरा गर्नुलाई छाडा मानिन्छ । बन्द कोठाभित्र धेरैजसो वयस्कले यौनक्रीडाको अनुभव सँगालेका हुन्छन् । जुन स्वाभाविक पनि हो । अस्वाभाविक त्यतिखेर हुन्छ जब त्यो गोप्य नरहेर सार्वजनिक हुन्छ । बन्द कोठाभित्र हुने यौन क्रियालाई सामान्य मानिरहेको समाजमा घरका झ्याल-ढोका खोलेर रतिक्रिया गरियो भनेचाहिँ के होला ? यौन भिडियो र झ्याल-ढोका उघारेर गरिएको यौनक्रीडामा खासै अन्तर छैनन् ।पछिल्लो एक दशकमा 'ग्याजेट' मानिने क्यामेरा, मोबाइल, ल्यापटप आदि सर्वसुलभ भएका छन् । डिजे तान्त्रिकका नामले चिनिएका संगीतकर्मी किचमान चित्रकारले त्यही सुविधाको दुरुपयोग गरे, जसका कारण उनले त बदनामी कमाए नै, स्वच्छ छवि बनाएकी नायिका नम्रता श्रेष्ठलाई समेत बदनामीको भुमरीमा धकेले । त्यस्तै अर्को घटनामा ग्ल्यामर्स छवि बनाएकी नायिका पूजा लामा पनि परिन् । डिजे शिशिर स्याङ्देनले मोबाइलको क्यामेरा उपयोग गरी पूजासँग उनको यौन क्रियाकलाप खिचेका रहेछन् । त्यो दृश्य सार्वजनिक भयो । बदनामीको डरले उनीहरूले विवाह गर्नुपर्‍यो । क्यामेरालाई आँखासँग दाँजिएकाले यो पनि भन्न सकिन्छ कि खिचिएका यौन भिडियो उनीहरू आफैंले हेर्न खिचेका हुन् । यद्यपि 'जोसमा होस नपुर्‍याई' खिचिएका ती भिडियो सार्वजनिक नहुन् भन्ने उद्देश्य खिचाउने उनीहरू सबैको थियो होला, सार्वजनिक भएपछि धेरैका आँखाले ती भिडियो हेरेका छन् अनि उनीहरूले 'गोप्य' मानेर गरेका क्रियाकलाप सबैका लागि सुलभ भएपछि उनीहरूको चर्चा भयो, अनि बदनामी पनि । वर्ष ०६६ मा त्यस्ता भिडियोहरू सार्वजनिक भएकाले यो वर्षलाई 'सेक्स भिडियो स्क्यान्डलको वर्ष' पनि भन्न सकिन्छ । नम्रता र पूजा पर्दामा देखिएका सेलिबि्रटी भएकाले उनीहरूको यौन भिडियोको चर्चा हुनु स्वाभाविक थियो । एउटी नाम कहलिएकी नायिकाले भनिन्- 'उनीहरूको एउटा गल्तीको सजाय हामी सबै नायिकाले पाइरहेका छौं । त्यसै त चलचित्रकी नायिका भनेपछि हामीलाई समाजले गलत नजरले हेथ्र्यो । त्यसमा उनीहरूले घ्यू थप्ने काम गरे ।'
नम्रता र किच काण्ड
नम्रता र किचमानको यौनक्रीडालाई उनीहरूले एक वर्षअघि खिचेको बताइन्छ । वर्ष ०६६ को दसैंभन्दा अघिदेखि उक्त भिडियो मोबाइल, इन्टरनेट आदिको माध्यमबाट विश्वभरि फैलियो । उनीहरूको क्रियाकलापलाई मानिसहरूले मज्जा मान्दै हेरे । कतिले उनीहरूलाई गाली गरे भने कतिले आपसी समझदारीमा सम्पर्क राखिए पनि यसरी भिडियो खिच्नुचाहिँ हुँदैनथ्यो भन्ने प्रतिक्रिया पनि दिए । जे भए पनि खिच्ने किचमानभन्दा नम्रता बढी बदनाम भइन् । किनभने नम्रताको नाम किचको भन्दा लोकपि्रय थियो । भिडियोलाई 'नम्रताको भिडियो' भनिए पनि किच अर्थात् डिजे तान्त्रिकको नाम कमैले प्रयोग गरे । नम्रतालाई साइन गरेका विज्ञापनबाट पनि उनलाई हटाइयो । यही वर्ष सफलता पाएको उनको चलचित्र 'मेरो एउटा साथी छ' पछि उनलाई आशाविपरीत निर्माता तथा निर्देशकहरूले आफ्ना चलचित्रहरूबाट हटाए । त्यसपछि मानिसहरू अनुमान गर्न थाले- अब नम्रताले के गर्छिन् ?केही महिनाको गुप्तवासपछि नम्रता सार्वजनिक भइन् । भ्यालेन्टाइन डेमा उनले आफ्नो रेस्टुराँमा एउटा नाटकमा अभिनय गरिन् अनि बीच क्रिकेट फेस्टिभलको सद्भावना दूत भएर उनले मिडियामा आफ्नो प्रत्यक्ष उपस्थिति दर्साइन् । उनका सामान्य समाचार पनि छापामा आउन थाले । एचआईभीको एउटा चलचित्र खेल्नेदेखि लिएर उनका हरेक गतिविधि फेरि मिडियामा आउन थालेका छन् । एउटा दुःस्वप्नबाट बाहिर निस्किएजस्तो गरी उनले समाजको सामना गरिन् । अब मानिसहरू भन्न थालेका छन्, 'मान्नै पर्छ नम्रताको आँटलाई ।'
पूजा र डिजे शिशिर
केही वर्षअघि सञ्चारकर्मी तथा चलचित्रकर्मी दिनेश डीसीले धोखा दिएको भनी आत्महत्या गर्न तम्सिएकी नायिका, गायिका तथा मोडल पूजा लामा चलचित्रमा काम गरेर भन्दा त्यस्तै घटनाहरूबाट बढी चर्चामा आइन् । विवाह गरेर एउटा छोराको आमा भैसकेपछि छोडपत्र गरेर एक्लो जीवन बिताइरहेकी पूजा लामाले आफ्नो पछिल्ला प्रेमी डिजे शिशिर स्याङ्गदेनसँग यौन क्रियाकलाप गरेको एउटा भिडियो सार्वजनिक भयो । मोबाइल, इन्टरनेट, सिडी तथा डिभिडीमा समेत सहजै पाइन थालेको उक्त भिडियोमा पूजाले अनुहार नदेखिएका शिशिरको यौनाङ्गलाई मुखमैथुन गरेको दृश्य छ । उक्त दृश्य सार्वजनिक भएर बदनामी हुन थालेपछि अन्ततः उनीहरूले भद्रकाली मन्दिरमा विवाह गरे ।
फेवापारिको काण्ड
पोखराको फेवाताल पारी सुनसान चउरमा अधबंैसे जोडी रतिक्रीडामा मग्न भएको दुई जना प्रहरी जवानले फेला पारेपछि उनीहरूलाई थाहै नदिई मोबाइलबाट खुसुक्क भिडियो खिचे । बिस्तारै उनीहरूलाई थाहा दिएर हकारेसम्मको दृश्य खिचेपछि उक्त भिडियोलाई उनीहरूले सार्वजनिक गरे । पोखरा मात्र होइन, यत्रतत्र उक्त भिडियो क्लिप्स पाइन थालेपछि ती दुई प्रहरी जवान कारबाहीमा परे । क्लिप्समा प्रस्ट चिनिने ती जोडी पोखराकै भएको बताइन्छ ।
धरान/धनकुटामा नीलो चलचित्र काण्ड
चुलीवन सिन, धरान नर्स, दमक सेट, धरान लोकलजस्ता शीर्षकमा पूर्वका धरान, धनकुटा आदि स्थानमा निर्माण भएका नीला चलचित्रहरू फेला परे । पूर्वका स्थानीय युवाहरूको मोबाइलबाट हुँदै ती भिडियो देशदेखि विदेशसम्म फैलिए । यसका अतिरिक्त स्थानीय केही युवा-युवतीले मोबाइलका माध्यमबाट आफ्ना यौन क्रियाकलापहरू खिच्ने र रमाइलोका लागि साथीको मोबाइलमा ट्रान्सफर गरेपछि एकबाट अर्को हुँदै त्यस्ता सेक्स क्लिपहरू सर्वत्र फैलिएका थिए । मोबाइलमा मात्र होइनन्, इन्टरनेट सञ्जालमा समेत त्यस्ता भिडियोहरू अपलोड गरिएका छन् । १७ देखि २२ वर्षका युवा-युवतीहरूका यौन क्रियाकलापहरू समेटिएका ती भिडियोहरू प्रविधिको दुरुपयोगका कारण बनाइएका हुन् । एउटा उखान छ, 'बोल्न पायो भन्दैमा प्याच्च नबोल्नू, बस्न पायो भन्दैमा थ्याच्च नबस्नू ।' यो बर्ष नेपाल नै रन्काएका सेक्स भिडियो वा क्लिप्सको चर्चाले यो पनि भन्नैपर्ने भएको छ- 'खिच्न पायो भन्दैमा सेक्स भिडियो चाहिँ खिच्दै नखिच्नू ।'
कान्तिपुरबाट

Apr 6, 2010

तनाबमा सहरिया युवती

प्रस्तुतिः राजेश राई
यो उमेर समूहका धेरैजसो युवतीले ब्वाइफ्रेन्ड (प्रेमी) बनाइसकेका हुन्छन् । नभएका युवती पनि प्रेमी बनाउन लालायित हुन्छन् । ब्वाइफ्रेन्ड बनाइसकेका युवती उनीहरूबाट विभिन्न कुराको अपेक्षा राख्छन् । आफूले अपेक्षा गरेका कुरा पूरा नहुँदा युवतीमा तनाब उत्पन्न भइरहेको हुन्छ ।
सुरुमा आफ्नो ब्वाइफ्रेन्डबारे धेरै कुरामा अनभिज्ञ हुन्छन् युवती । बिस्तारै दुवैजनाको सामिप्य बढ्दै गएपछि विभिन्नखालका कमजोरी पत्ता लगाउँदै जान्छन् । ब्वाइफ्रेन्ड मा सोचेजस्तो क्षमता, दक्षता उनीहरूले पाउँदैनन् । कुनैवेला युवती यति तनाबमा हुन्छन् कि आफ्नो प्रेमीको कमजोरीका कारण 'अब उसलाई अँगालौँ वा छाडौँ' भन्ने अवस्थासम्म पुग्छ । युवतीलाई हुने तनाबका कारण आफ्नो ब्वाइफ्रेन्डमाथि अरूले गर्ने व्यवहार र टीका-टिप्पणी पनि हो । आफ्नो व्बाइफ्रेन्डमाथि अरू केटीले शंकास्पद व्यवहार वा निकै राम्रो प्रशंसा गरिन् भने पनि युवतीमा तनाब उत्पन्न हुन्छ । व्बाइफ्रेन्डलाई भनिने नराम्रो वचन वा टिप्पणीले पनि तनाबमा रहन्छन् युवती ।
व्बाइफ्रेन्डबाट धोका भयो भने तनाब त हुने नै भयो । तर, निरन्तर सम्बन्ध अघि बढिरहेका युवती पनि 'आफ्नो व्बाइफ्रेन्डबाट धोका होला कि, उसले मलाई छाडेर अरूसँगै सम्बन्ध अगाडि बढाउला कि' भन्ने शंकामा जलिरहेका हुन्छन् । यही कारण धेरै युवती आफ्नो प्रेमीलाई विश्वासभन्दा बढी शंका गरिरहेका हुन्छन् ।
ब्वाइफ्रेन्ड नभएका युवती मानसिक रूपमा प्रेमी बनाउन तयार हुन्छन् । 'यो केटा मेरो भइदिए हुन्थ्यो' भन्ने सोचिरहेका हुन्छन् युवती । आफूले सोचेजस्तो प्रेमी नभेट्दा एकखालको हीनताबोध र निराशापन युवतीमा हुन्छ र यही कारण पनि उनीहरू तनाबमा रहन्छन् ।
यस उमेरका युवती विद्यालयस्तरको पढाइ सकेर क्याम्पस तहमा प्रवेश गर्ने क्रममा हुन्छन् । के पढ्ने ? कहाँ पढ्ने ? कस्तो होला क्याम्पसे जीवन ? जस्ता एकखालको अन्योल र कुतूहलताले मनमा अशान्त भइरहेको हुन्छ । नयाँ सपना र रहरले सताइएका हुन्छन् । यसले पनि तनाब ल्याउँछ युवतीमा । रहर र सपनाको जन्मैसँगै केही न केही तनाबको पनि जन्म भएकै हुन्छ ।
परनिर्भरताबाट मुक्ति खोजिरहेका हुन्छन् । समाजमा आफूलाई स्थापित गराउन वा आफ्नो पहिचान खोज्ने प्रयत्नमा हुन्छन् । यसले उनीहरूमा धेरैखाले जटिलता पनि थपिरहेको हुन्छ । १८ वर्ष वरिपरिका युवती शैक्षिक योजना र सामाजिक पहिचानका कारण तनाब झेलिरहेका हुन्छन् ।
यो उमेरसम्म आइपुग्दा धेरैले युवावस्थाको शारीरिक समस्या र परिर्वतनबारे बुझिसकेका हुन्छन् । शरीरको नेचुरल साइकल किन हुन्छ ? संवेदनशील अंग परिवर्तनका कारण के हो ? किन परिर्वतन भएको ? आदि विषयमाथि जानकार भइसकेका हुन्छन् । यसकारण उनीहरूमा आफ्नो अंगप्रतिको उत्सुकता हराइसकेको हुन्छ । उत्सुकता कम भएपछि शारीरिक आवश्यकता महसुस हुन थाल्छ । त्यो आवश्यकता पूर्ति कहाँबाट, कसरी गर्न सकिएला ? वा यस्तो भए के हुन्छ होला ? भन्ने यौनसँग सम्बन्धित आवश्यकताले बढी कुतूहलता उत्पन्न भइरहेको हुन्छ । त्यो आवश्यकता र कुतूहलताको अपेक्षित परिणाम नआउँदा पनि तनाब हुन्छ । सहरिया युवतीको तनाबको अर्को कारण यो पनि हो ।
सहरिया युवती तनाबमा रहने अर्को कारण आफ्नै शारीरिक बनोट वा सौन्दर्य पनि हो । यो उमेर रुमानी सोच र खुला आँखाले देखिएका सपनाबाट प्रभावित भएको हुन्छ । त्यही सपनाबाट गाइड पनि हुन्छन् उनीहरू । यही अपरिपक्वताका कारण सौन्दर्यसँग जोडिएका अंगको बनोटका कारण पनि तनाब उत्पन्न हुने गर्छ । कसैको दाँत नमिलेको हुन सक्छ । कसैको आँखा नराम्रो हुन्छ त कसैको नाक, ओठ या अरू कुनै अंग । आफूलाई आफ्नै अंग चित्त नबुझेका कारण पनि उनीहरूमा चिडचिडाहट हुन्छ । फेरि साथीहरूले 'तिम्रो ओठ नराम्रो' या 'तिम्रो आँखा त नराम्रो' भन्नेखालका टिप्पणी गरिदिन्छन् । शारीरिक सुगठनप्रतिको नगेटिभ टिप्पणीले उनीहरूमा इन्फरेटिभ कम्लेक्स -हीनताबोध) उत्पन्न हुन्छ । हीनताबोध नै तनाबको उत्पनन हुनु हो ।
युवती आफ्नो शारीरिक सुगठन या सौन्दर्यसँग सम्बन्धित अंगको प्रशंसाको भोका हुन्छन् । सकेसम्म 'अरूले आफ्नो सौन्दर्यको प्रशंसा गरून्' भन्ने चाहन्छन् । प्रशंसाको आशा गरिएकोमा 'तिमी नराम्रो' भनेर टिप्पणी गरियो भने पनि युवती तनाबमा आउँछन् ।
सहरिया युवतीको तनाबको अर्को कारण 'फेसन' हो । सहरमा प्रत्येक दिन अनेकखालका फेसन भित्रिरहेका हुन्छन् । विभिन्न विज्ञापन, फिल्म र टेलिभिजन च्यानलमा युवती फेसन सो हेरिरहेका हुन्छन् । त्यो हेरेपछि युवती पनि विज्ञापन या टेलिभिजन च्यानलमा देखेजस्तै कपडा लगाउन चाहन्छन् । प्रायः यो उमेर समूहका युवतीलाई कुनै पनि कुराले चाँडो परिवर्तन गरिहाल्छ । अझ फेसनको मामलामा त सहरिया युवती धेरै 'फास्ट' छन् ।
फेसनका कारण पनि दुईखाले तनाब हुन्छ । युवतीलाई फेसनेबल कपडा लगाउँदा पनि तनाब, नलगाउँदा पनि तनाब भइरहेको हुन्छ । नेपाली समाजले उच्छृंखल खालका कपडा सजिलै स्विकारिसकेको अवस्था छैन । त्यस्ता कपडा लगाएपछि ती युवतीलाई समाजले तिरस्कारको दृष्टिले हेर्छ । यसैले तनाब उत्पन्न हुन्छ । बढी फेसेनेबल कपडा लगाएर हिँडेको देखेपछि युवतीलाई जिस्क्याउने, खिसिटयुरी गर्ने आदि हुन्छ । यस्तो वेला तिनी कपडा लगाउन पाउँदा जति खुसी हुन्छिन् त्यसको दोब्बर तनाब झेल्न बाध्य हुन्छिन् ।अर्को पाटो, जुन युवतीले फेसेनेबल कपडा लगाउन पाउँदिनन्, उनी लगाउन नपाउँदा झनै तनाबमा हुन्छिन् । 'अरूले त्यस्ता कपडा लगाएर के नै जिते र ? जस्तो गरी उनीहरूमा असन्तुष्टि पैदा हुन्छ । एक हिसाबले उनी भित्रभित्रै जल्न पुग्छिन् ।
सहरका उच्च घरानियाका केहीबाहेक धेरैजसो युवती सार्वजनिक यतायातमा चढ्छन् । सार्वजानिक यातायातमा हुने भीडभाडले केटाभन्दा केटीले बढी कष्ट भोग्नुपर्छ । बसको यात्रामा युवतीलाई दुईखाले चिन्ता हुन्छ, एउटा सौन्दर्यको सुरक्षा अर्को भौतिक सुरक्षाको ।
प्रायः सहरिया युवती मेकअप गरेर, चिटिक्क भएर हिँडेका हुन्छन् । सार्वजनिक गाडीमा भीड भएपछि निश्चित रूपमा मेकअपमा त असर पर्छ नै । केस बिगि्रने, साडी बिगि्रने आदि कुराले बस चढ्नुअघि नै मनोवैज्ञानिक रूपमा उनीहरू डाउन भइसकेका हुन्छन् । बस चढिसकेपछि त्यो कुराले झनै सताउँछ ।
अर्को कुरा, कतिपय अवस्थामा युवतीले बसमा आपत्तिजनक व्यवहार, अभद्रखालको इसारा पनि झेल्नुपर्ने हुन्छ । यही कारणले सार्वजनिक यतायातका साधनमा उनीहरू आफूलाई एकदमै असुरक्षित ठान्छन् । यसैले चढ्नुअघि र बसबाट उत्रिसकेपछि पनि युवतीमा केही न केही तनाब भइरहेकै हुन्छ ।
यो उमेर समूहका अधिकांश युवती कलेज लाइफ बिताइरहेका हुन्छन् । कलेज चौघेराभित्रको विभिन्न गतिविधि पनि तनाबको अर्को कारण हो । राजनीतिक, शैक्षिक रूपमा आफ्नो सौन्दर्य देखाएर कुनै न कुनै तवरले युवती हाइलाइटेट बन्न खोज्ने प्रवृत्तिका हुन्छन् । राजनीतिमा अघि बढ्न सकिएन भने शिक्षामा 'टप' हुने । त्यो दुवै नभए सौैन्दर्यमा 'टप' बन्ने प्रवृत्ति हुन्छ युवतीमा । जसरी पनि केटाको मन जित्ने र आफूप्रति आकषिर्त गर्ने चाहना हुन्छ युवतीमा । तर, कतिपय अवस्था र सन्दर्भमा यो चाहना पूरा हँुदैन । यो अवस्थामा अरूभन्दा आफूलाई कमजोर ठान्न पुग्छन् युवती । अरूको तुलनामा आफूलाई कमजोर ठान्नेबित्तिकै उसमा तनाब उत्पन्न हुन्छ ।
यो जागिरे जीवन सुरुवातको उमेर पनि हो । तनाबको अर्को कारण युवतीले काम गर्ने कार्यालय पनि हो । स्वाभाविक रूपमा नेपालका धेरैजसो कार्यालयमा महिलाभन्दा बढी पुरुष कर्मचारी हुन्छन् । युवती चाहन्छन्, 'आफूले काम गर्ने ठाउँमा पुरुषभन्दा महिला नै बढी छन् ।' तर, प्रायः सबै कार्यालयमा महिलाभन्दा बढी पुरुष नै हुन्छन् । कार्यालय प्रमुख र सहकर्मीबाट आफूप्रति हुने व्यवहारले पनि केही न केही तनाब भइरहेको हुन्छ । 'म एक्लै छु' भन्ने महसुस गरेपछि जति राम्रो व्यवहार आफूमाथि गरिए पनि केही असजिलो र अप्ठयारो अनुभूति उनीहरूलाई हुन्छ । यस्तो भएपछि युवती तनाबमा फस्छन् । कार्यालय समयमा त तनाब हुन्छ नै । त्यसले बिहान-बेलुका पनि असर पुर्‍याइरहेको हुन्छ ।
अर्को तनाबको थलो आफ्नै घरभित्रको वातावरण हो । परनिर्भरताबाट मुक्त भएर स्वतन्त्र हुन खोज्ने उमेर हो । घरमा आमाबुबाले चाहिँ 'छोरी सानै छे' भनेर केयर गरिरहेको हुन्छ । तर, यस उमेर समूहका युवती आफ्नो कुनै पनि काम या निर्णयमा परिवारबाट हस्तक्षेप नहोस् भन्ने चाहन्छन् । 'मैले गरेको सबै कामलाई परिवारले सही भनिदिए हुन्थ्यो' भन्ने सोच्छन् । तर, आफ्नो अपेक्षाअनुसारको नतिजा परिवारबाट नआउँदा तनाब सुरु हुन्छ ।
तनाबको एउटा कारण आर्थिक समस्या पनि हो । युवतीको सम्बन्ध फेसन र विलासितासँग पनि हुन्छ । बजारमा अनेकखालको कपडा, भौतिक सुविधा र विलासिताका सामग्री भित्रिरहेका हुन्छन् । आफूसँगैका साथीले त्यसको उपभोग गरिरहेका हुन्छन् । तर, आफूले त्यसको उपभोग गर्न नपाउँदा हीनताबोध उत्पन्न हुन्छ । एउटै कलेज पढ्ने एकजना साथी सार्वजनिक गाढी चढेर आइरहेकी हुन्छिन् । त्यही कलेजकी अर्को साथी स्कुटर चढेर आइरहेकी छिन् । यस्तो अवस्थामा सार्वजनिक यातायत चढेर आउने युवतीले आफूलाई स्कुटर चढेर आउनेको छेउमा कमजोर महसुस गर्छे । 'मसँग पनि पैसा भइदिएको भए वा मेरो परिवार पनि सम्पन्न भएको भए त्यसरी आउने थिएँ,' भन्ने सोच्छन् । यस्तो अवस्थामा आफू र आफ्नो परिवारप्रति नै गुनासो पोख्छन् । र, तनाब उत्पन्न हुन्छ ।
अधिकांश सहरिया युवती शिक्षित नै हुन्छन् । 'श्रीमान्ले पालिहाल्छ, केही गर्नु पर्दैन' भन्ने मानसिकताबाट माथि उठेर 'आफ्ना लागि आफैँले गर्नुपर्छ,' भन्ने सोच विकसित हुँदै गएको छ । भविष्यप्रतिको चिन्ता तनाबको अर्को कारण हो । युवतीलाई भविष्य कस्तो होला ? भन्ने चिन्ताले सताइरहेको हुन्छ । जब युवती २३/२४ को उत्तरार्द्धमा पुग्छन्, त्यसवेला कसरी भविष्य सुरक्षित गर्न सकिन्छ भन्ने विषयले चिन्तित बनाउँछ । अब के हुन्छ ? कस्ता खालका अवसर आउँछ ? ती अवसरलाई कसरी प्रयोग गर्ने ? भन्ने चुनौती अगाडि आएर उभिन्छ । त्यसलाई कसरी सामना गर्ने ? यस्तैखालका अनेकन प्रश्नले उनीहरू घेरिन्छन् । यस्ता प्रश्नले सताइएपछि निश्चित रूपमा तनाब उत्पन्न हुने नै भयो ।
'विदेश' पनि सहरिया युवतीको तनाबको अर्को कारण हो । कसैको विदेशमा अध्ययन गर्ने चाहना हुन्छ, कसैको कमाउँदै अध्ययन गर्ने । कसैको विदेश गएर राम्रो कमाउने मात्रै चाहना । कसैको घुम्न जाने । हिजोआज यी विषय पनि तनाबका कारण बनेको छ । दस जोड दुई या स्नातक सकेपछि आर्थिक स्तर राम्रो भएका सहरिया युवती विदेश गएर
पढ्न चाहन्छन् या विदेसिन । 'विदेश गए सुनै सुन फल्छ' या 'फलाउन सकिन्छ' भन्ने एकखालको रुमानी सपना देख्छन् युवती । यही सपनाको पछि अधिकांश सहरिया युवती दौडिएका छन् । पछिल्लो समयमा अध्ययन गर्न विदेश जानु फेसन नै भएको छ । यसकारण उनीहरू त तनाबमा फस्छन् नै परिवारलाई समेत तनाबमा पारिरहेका हुन्छन् ।

Apr 4, 2010

चासोक: एक परिचय

सिर्जना सुब्बा
आज पहिलो पटक नेपालको इतिहासमा किरात चाँड उधौलीको उपलक्षमा राष्ट्रिय विदा सबै नेपालीले पाए । यो उधौली चाँड किराती समुदायले मनाउने गर्छन् र जाती समुदाय अनुसार यसलाई विभिन्न नामले चिनिन्छ । यस उधौली पर्वलाई लिम्बूहरुले चासोक भन्ने गर्दछन् भने, खम्बु (र्राई) हरुले यसलाई साकेला, याक्खाहरुले यसलाई चासुवा र सुनुवारहरुले फोलष्यादर भन्ने गर्दछन् । नेपालीमा यस पर्वलाई न्वाँगी पूजा वा मंसिर पूर्णे भनेर प्रचलित छ ।उधौली वा मंसिर पूर्णे वा न्वाँगी पूजा वा अन्य नाम जे सुकै भनिएता पनि किरातीहरुले परापूर्व काल देखि मानिआएको यस पर्वमा मुख्य गरी भूमी र प्रकृतिलाई पूजा र्ने काम गरिन्छ । खास गरी भूमीमा फलेको अन्नबालीलाई आफूले खनुभन्दा पहिले भूमी, प्रकृति र देवदेवतालाई अन्नपात दिएकोमा धन्यवाद दिई उनीहरुलाई खुशी तुल्याइ सधै त्यस किसिमको कृपा गरुन् भनी चढाइन्छ अनि मात्र आफूले खाइन्छ ।लिम्बूहरुमा चासोक पूजा विभिन्न किसिमले गर्ने गरिन्छ । तर विभिन्न किसिमले पूजा गरे पनि यसको प्रमुख जुन माथि उल्लेख गरिएको छ त्यो गरिनै पर्दछ । यस बाहेक, चासोक पूजामा बीऊ रोप्दा, गोड्दा र फल लाग्दा सम्म जमीनमा भएका विभिन्न किसिमका जीव, किरा-फट्याङ्ग्रा मारिन्छ र ती ज्यानका बदलामा आएको अन्नपातको लागि ती जमीनमा बस्ने जीवजन्तु र किरा-फट्याङ्ग्रालाइ पनि धन्यवाद दिइन्छ । प्रकृतिमा भएका अन्य जीवनको र उसको जीवनले मानिसको लागि दिएको अन्नपातको लागि पनि चासोक पूजा गरिन्छ । अन्नपात फलाउँदा विभिन्न किसिमका औजारहरुको प्रयोग गरिन्छ र चासोक पूजामा ती औजारहरुको पनि पूजा गरिन्छ । यसरी मानिस र उसले गरेको सृजनाको लागि पनि चासोक पूजा गरिन्छ । पूजा गर्ने क्रममा वनजंगल, भूमी र पानीका देवदेवतालाई पहिला पूजेर खुशी बनाइन्छ अनि त्यसपछि घर भित्र बस्ने युमा-थेबा (बाजे-बोजु देवता) लाई पूजा गरिन्छ ।चासोक पूजा गर्दा मानव विकासको चरणहरु पनि देख्न सकिन्छ । पूजा गर्दा सबभन्दा पहिलो काँचो, त्यसपछि आगोमा पोलेको र अन्तमा पानी हालेर भाँडोमा पकाएको अन्न देवतालाई चढाउने चलनले मानव विकासको इतिहासलाई पनि बताउँदछ । चासोक पूजामा विशेषगरी धान, चामल, अदुवा, जाँड, मर्चा आदि चिजहरु चढाइन्छ । यी वस्तुहरु नचढाइ खाएको खण्डमा देवा लाग्छ वा देवताले मुख बाङ्गो परिदिन्छ, हातखुट्टा नचल्ने बनाइदिन्छ भन्ने मान्यता रहेको छ । गाउँघरमा यस्तो हुने गरेको पनि देखिन्छ र फेदाङ्माले क्षमा मागी पूजा गरेपछि मात्र ठिक हुने गरेको देखिन्छ ।कृषिमा आधारित जीवन पद्धती छाडेर विभिन्न खाले पेशा अपनाएर राजधानीमा बसेका लिम्बू लागयत अन्य किरातीहरुका लागि नयाँ बालि चढाएर मात्र नयाँ अन्न खानु अप्ट्यारो कुरा हो । तर समयसंगको परिवर्त्तनलाई अंगाल्दै नयाँ परिवेशमा नयाँ किसिमले चासोक मनाउनु पनि एउटा राम्रो परम्पराको थालनी गर्नु हो । गाँउघरमा मनाएको चासोकलाई सामूहिक रुपमा मनाउदै, विभिन्न अनुष्ठान गर्नु र मेला लगाई एकै ठाउँमा नाँचगान गर्नुले अर्को किसिमको रौनकता ल्याएको छ । यस खाले आदिवासीका चाढले राष्ट्रिय मान्यता पाउँदा यसको महत्वमा फरक परेको छ र आफ्नो मौलिक सांस्कृतिक परम्परालाई जगेर्ना गर्ने होड पनि चलेको छ । मानव जातिको निम्ति प्रकृतिलाई सम्मान गर्ने यस खाले चाढको संरक्षण संम्बद्धन गर्न हामी सबैको कर्तव्य हुन आउछ ।