Oct 22, 2007
लिम्बुवान
लक्ष्मी सुन्दर निंङलेखु
म एउटा लिम्बुको छोरो
लिम्बुवान प्रदेशको असल सिपाही
यो राष्ट्रको बफादार नागरिक
त्यसैले साथी,
मलाई मेरो लिम्बुवान चाहिएकोछ ।
बुझ्नेले अर्कै के के बुझ्लान
पर तन्त्र, वर तन्त्र जे जे बुझे पनि
मलाई मेरो आमाले बोल्ने भाषा चाहिएकोछ
त्यसैले साथी,
मलाई मेरो लिम्बुवान चाहिएकोछ ।
ईतिहासमा हराएका विभूतिहरू
अबका ईतिहासमा सजिनु पर्छ
हामीलाई काङसोरेको गाथा चाहिएकोछ
त्यसैले साथि,
मलाई मेरो लिम्बुवान चाहिएकोछ ।
-------------------
शंखमुल, काठमाण्डौ
म एउटा लिम्बुको छोरो
लिम्बुवान प्रदेशको असल सिपाही
यो राष्ट्रको बफादार नागरिक
त्यसैले साथी,
मलाई मेरो लिम्बुवान चाहिएकोछ ।
बुझ्नेले अर्कै के के बुझ्लान
पर तन्त्र, वर तन्त्र जे जे बुझे पनि
मलाई मेरो आमाले बोल्ने भाषा चाहिएकोछ
त्यसैले साथी,
मलाई मेरो लिम्बुवान चाहिएकोछ ।
ईतिहासमा हराएका विभूतिहरू
अबका ईतिहासमा सजिनु पर्छ
हामीलाई काङसोरेको गाथा चाहिएकोछ
त्यसैले साथि,
मलाई मेरो लिम्बुवान चाहिएकोछ ।
-------------------
शंखमुल, काठमाण्डौ
फक्ताङ्लुङ् लिम्बुवान
कुमार लिङ्देन
बोली ननिस्कने आमाको काखको
बच्चा झैं
वल्टिपल्टि गर्दै
शदियौं देखि
फक्ताङ्लुङ्को काखमा खेलिरहेछ
एउटा पुरानो देश-लिम्बुवान
आवाज विहिन आमा
त्यो निर्जिव पहाड फक्ताङ्लुङ् उर्फ कुम्भकर्ण
बोलीको अभावमा
आँशुमिश्रित माया
आँखाबाट पोखाएर
नुहाइरहेछ एकमात्र सन्तान लिम्बूवानलाई
तमोर र काबेली भएर
आफ्नै अगाडि......
लिम्बूवानलाई पिटिएको नीलो डामहरुको
साक्षी बक्न
न्यायपुर्ण अदालत बन्ने आशामा
प्रत्येक हिउँदको चिसो तुफान सहदै
दृढतापूर्वक उभिरहेछ फक्ताङ्लुङ्ल
लिम्बूवानको एकमात्र चश्मदिद गवाह बनेर ।
(फक्ताङलुङ- कुम्भकर्ण हिमाल, लिम्बूभाषामा नाम)
बोली ननिस्कने आमाको काखको
बच्चा झैं
वल्टिपल्टि गर्दै
शदियौं देखि
फक्ताङ्लुङ्को काखमा खेलिरहेछ
एउटा पुरानो देश-लिम्बुवान
आवाज विहिन आमा
त्यो निर्जिव पहाड फक्ताङ्लुङ् उर्फ कुम्भकर्ण
बोलीको अभावमा
आँशुमिश्रित माया
आँखाबाट पोखाएर
नुहाइरहेछ एकमात्र सन्तान लिम्बूवानलाई
तमोर र काबेली भएर
आफ्नै अगाडि......
लिम्बूवानलाई पिटिएको नीलो डामहरुको
साक्षी बक्न
न्यायपुर्ण अदालत बन्ने आशामा
प्रत्येक हिउँदको चिसो तुफान सहदै
दृढतापूर्वक उभिरहेछ फक्ताङ्लुङ्ल
लिम्बूवानको एकमात्र चश्मदिद गवाह बनेर ।
(फक्ताङलुङ- कुम्भकर्ण हिमाल, लिम्बूभाषामा नाम)
Subscribe to:
Posts (Atom)