Jun 8, 2011

लिम्वुवानको लागि सवै लिम्वुवानवादीहरु एक हुन आवश्यक

दिल पालुङवा लिम्वु

पृष्ठभूमि
लिम्वुवानवारे नयां पुस्तालाई विगतभन्दा केही वढी मात्र ज्ञान भएको महशुस भैरहेको अवस्थामा अझै अधिकांश युवाहरु लिम्वुवानको इतिहासवारे,अवस्थावारे अनविज्ञनै रहेका छन् । लिम्वुवान के हो,कति हो र किन खोजिरहेका छन्-उनीहरु भन्ने गर्दछन् । कोही त विरोध पनि गर्दछन् । वरु अन्य जातिहरुले समर्थन गर्दछन् । यसको मूख्य कारण भनेको के हो भने लिम्वुवान वारे राम्रो जानकारी सम्वन्धितहरुलाई नपुग्नु हौ । लिम्वुवान विगतमा पनि थियो, विचमा समाप्त पारीयो र अहिले पून हुनुपर्दछ भनिएको वारे वुझ्न नितान्त आवश्यक छ ।
नेपाल राष्ट्रको उत्पत्ति भएको पृथ्वीनारायणको एकिकरण अभियान वि.सं१८३१ देखि मात्र हो । त्यो भन्दा हजारौं वर्षअघिदेखि लिम्वुवानको अस्तित्व थियो । गोर्खाले युद्धमा नजितेको कारण लिम्वुवानलाई स्वायत्त अधिकार दिएर नेपालको स्वशासित क्षेत्र वनाएको थियो । लिम्वुहरुलाई स्वशासन सुम्पिएको थियो । सोही मुताविक लिम्वुवान सञ्चालित थियो । तर वि.सं२०२१ सालमा भूमिसुधारको नाम लिएर राजा महेन्द्रले लिम्वुवानको भूमि अधिकार किपट प्रणाली र स्वशाशनको अधिकार समाप्त पारे । त्यो भन्दा पहिलेदेखि पनि लिम्वुवानको अधिकारहरु कटौतीको क्रममा पारिएको थियो ।
लिम्वुवानको अधिकार कटौती गर्न शुरुभएदेखिनै लिम्वुहरुले नेपाल सरकारमा आफ्नो अधिकार कटौती नगर्न आग्रह गरेका थिए । तर सरकारवाट सुनुवाई पटक्कै भएन । यद्धपी यो माग गर्ने क्रम जारीनै रहयो । यस क्रममा धेरै लिम्वुहरुले शाहदात प्राप्त गरे । यही क्रमको निरन्तरता अहिलेसम्म भैरहेको छ । पहिले पञ्चायत कालमा भूमिगत भएर काम गरिन्थ्यो । अहिले खुला रुपमा लिम्वुवानको वारेमा आवाज उठाउन पाईएको छ । यो हाम्रै पूर्खाहरकौ लिम्वुवान प्रतिको वलिदान तथा लगावकै कारण हो । तर पहिले लिम्वुहरु एकै ठाउमा रहेर काम गर्थे । अहिले विभिन्न समुहमा आवद्ध छन् । त्यस्तै पहिले देश राजाले चलाउथे । अहिले पार्टीहरुले चलाउछन । यद्धपी विभाजित सानो समुह भएर काम गर्नु अवश्य पनि कमजौर हुनु हो । यसर्थ सवैजना गोलवन्द हुन नितान्त आवश्यकता छ । एकतामानै वल हुनेछ ।

गोलवन्दको तरिका
विगत वर्षहरुमा पञ्चायत कालदेखिनै लिम्वुवानको लागि आवाज उठाउने पार्टी भनेको लिम्वुवान मूक्ति मोर्चा(वीर नेम्वाङ) थियो । त्यसपछि माओवादी पार्टी भातृसंगठनकोरुपमा लिम्वुवान राष्ट्रिय मूक्ति मोर्चा, त्यसपछि लिम्वुवान राष्ट्रिय मोर्चा(हङकङमा स्थापित),त्यसपछि संघीय लिम्वुवान राज्य परिषद-केही समयपछि फुटेर यही नामको दुइवटा,सञ्जुहाङ र कुमार),त्यस्तै अन्य केही पार्टीहरु छन् । त्यसपछि एमाले, कांग्रेस, जनमुक्ति आदि पार्टीहरुकौ भातृसंगठनहरु प्नि स्थापना भएका छन् ।
स्थापनकालदेखि सञ्जुहाङको नेतृत्वमा रहेको संघीय लिम्वुवान राज्य परिषदले व्यापक लिम्वुवानी समर्थन जुटाउन सफल भएको थियो । सडक आन्दोलन पनि उत्कर्षा पुगेको थियो । यस आन्दोलनलाई हङकङमा स्थापित लिम्वुवान राष्ट्रिय मोर्चालै पनि भरमग्दुर सहयोग गरेको थियो । स्थिती थाम्नै नसक्ने भएर अन्तरिम सरकार वार्ता गर्न वस्न वाध्य भएको थियौ । वार्तापछि आन्दोलनको स्थगन र लिम्वुवान स्वायत्त राज्यको स्थापनाको सुनिश्चितताको सम्झौता भएको थियो । समझौतामा सरकारको तर्फबाट तत्कालिन शान्ति मन्त्री रामचन्द्र पौडेल र संघीय लिम्वुवान राज्य परिषदको तर्फबाट अध्यक्ष सञ्जुहाङ पालुङवाले हस्ताक्षर गरेका थिए । त्यसपछि यो पार्टीमा वाहिरी र भित्री शत्तिहरु लागेर फुटाईकन छाडे । लिम्वुवानवादीहरुको मन खिन्न भएर गयो । अन्तरपार्टी कलह निम्त्याएर सञ्जुहाङ र कुमार दुवैको पार्टी पून फुटेर वसेका छन् । यद्धपी यी दुइ पार्टीहरु नै अहिलेको निर्णायक खेलाडि हुने देखिन्छ । तसर्थ लिम्वुवानको खातिर यी पार्टीहरु पहिला जुट्नु आवश्यक देखिन्छ । त्यस्तै क्रमश सवै लिम्वुवानवादी पार्टी एकजुट भएर अघि वढ्नु पर्दछ । त्यस्तै अन्य पार्टीमा आवद्ध लिम्वुवाननवादीहरुलाई पनि मोर्चामा आवद्ध गराउदै लैजानु पर्दछ । अन्य पार्टीकाले समर्थन गर्नेछन् । विरोध गर्दैनन किनकी उनीहरु आफ्ना पार्टी छोड्न चाहदैनन । तर लिम्वुवान भारी मात्रामा चाहान्छन् ।
यहा विचारणीय कुरा के छ भने लिम्वुहरु ९९ प्रतिशत लिम्वुवान चाहान्छन् । त्यस्तै अन्य लिम्वुवानवासीहरु प्नि लिम्वुवान चाहन्छन् । यो कुरा वुझेर कार्य गर्नुपर्ने हुन्छ । किनकी लिम्वुवानले छुट्टै स्वतन्त्र लिम्वुवान चाहेका होईनन् । उनीहरुले संघीय नेपालको स्वायत्त लिम्वुवान राज्य मात्र चाहेका हुन् । जुन कुरा अन्तरिम संविधानमा संघीय नेपाल हुने भनेर उल्लेख भैसकेको छ । उही मोडलमा मात्र फरक हो ।

निस्कर्ष
लिम्वुवानको लागि सम्पूर्ण लिम्वुहरु सहमत छन् । लिम्वुहरु देशविदेश जहाँ वसेपनि लिम्वुवानप्रति चिन्तित छन् । लिम्वुवानको लागि भावानात्मकरुपमा संगठित छन् । लिम्वुवानलाई विविध सहयोग पुर्याई रहेका छन् । यो कुरा सम्वन्धित सवैले वुझ्नुपर्ने हुन्छ । तर विडम्वना हामीमा पनि संकूचित घेराहरु रहेका छन् । हुनत यो कुरा नचाहदा नचाहदै गर्नु परेको छ । त्यो के भने हङकङमा स्थापित लिम्वुवान राष्ट्रिय मोर्चा नेपालमा सञ्चालित संयुक्त आन्दोलनमा सहभागि भएर अघि वढ्न चाहने कुरा स्वयं अध्यक्ष नेपाल गएर प्रस्ताव राख्दा स्वीकार्य भएन । कसरी हुन्छ हामी लिम्वुवानी आन्दोलनलाई आवशयक सहयोग गर्न सकिने वताउदा पनि हुन सकेन । तर आर्थिक सहयोग चाही माग्ने गर्दछन् । वास्तवमा यस्तो तरिका सकारात्मक होईन । त्यसलाई मिलाएर समायोजन गरेर लैजानुपर्दछ । त्यस्तै यु.के लाई पनि भनियो । तर अवको वाटो भनेको के हुनुपर्दछ भने र्सवप्रथम लिम्वुवानको लागि मात्र खोलिएका पार्टी एकिकरण गर्दै जाने र अन्य पार्टी भातृसंगठनहरुलाई पनि आवद्ध गर्दै लैजाने । विदेशमा स्थापित लिम्वुवानी संगठनहरुलाई पनि एकिकरण गर्ने तथा त्यस्तो हुन नमिल्नेलाई समन्वय गरेर अघि वढेर जाने । लिम्वुवानमा स्थापित र र्सवमान्य नेताको अभाव भएकोले गर्दा कसैको नेतृत्व स्वीकार्य मानिएको छैन । तर यो परिपाटीलाई ध्यान दिदै वर्तमान घडिको लागि कसैको पनि नेतृत्वलाई स्वकिार्ने । जुन मतदानको आधारमा वहुमतको आधारमा चयन होस । हुनत हो, सुवास नेम्वाङको नेतृत्व लिम्वुवानले चाहन्छन् । तर त्यो परिपूर्ति हुदैन । कोही चाहन्छन् पद्मसुन्दर लावती लगायत वरिष्ठ राजनितीकर्मी तथा वैरागी काईला, वालकृष्ण मावोहाङ, चैतन्य मेन्याङवोहरु आदिजस्ता वुद्धिजिवीहरुले नेतृत्व गरुन । तर यो पनि भैरहेको छैन र तल्लो स्तरवाट उठिरहेका नयां नेताहरुले लिम्वुवान हांकिरहेका छन् । अव हाकिने पनि स्थिती हुदैछ । तर माथि उल्लेखित व्यक्तिहरु नेतृत्वमा नआएतापनि उहाहरुको समर्थन आफ्नो ठाउमा रहेको कुरालाई विर्सन हुदैन ।
लिम्वुवानवादी एकठाउमा आएपछि लिम्वुवानका अन्य आदिवासीहरु जस्तै लोहरुङ, अठप्रे, याख्खा, मेवाहाङ आदिसंग छलफल चलाउदै ऐतिहासिक लिम्वुवानको आधार तथा दाजुभाईको रुपमा भातृत्व कायम गर्दै अघि वढ्ने तथा अन्य जातिहरुको सवालमा पनि लिम्वुवानको ऐतिहासिक पाटोलाई उजागर गर्दै लिम्वुवानको खातिर अघि वढ्ने । यसो भएमा लिम्वुवानले जनर्समर्थन प्राप्त गर्न सक्छ र शान्तिपूर्ण तवरवाट आफुले सोचेको सम्झेको लिम्वुवान प्राप्त हुनेछ ।र वर्तमान समय भनेको सवैको विचार तथा अस्तित्वलाई कदर गर्दै अघि वढ्ने समय भएकोले लिम्वुवानवादीहरुले अरुको अवस्था र स्थितीलाई पनि मध्यनजर गरेर अघि वढ्नुपर्ने हुन्छ । इतिहासमा लिम्वुवानमा लिम्वुजातिको मात्र वसोवास थियो । तर अहिले लिम्वुवानमा विविध जाति वसोवास गर्दछन् । करिव १०३ जाति, ६२ भाषीहरु र ८ विभिन्न धर्मावलम्वीहरु रहेका छन् । तत्कालिन समयमा दश राज्यहरु थिए त्यस्तै परिपर्तित हुदै सत्र थुमहरु भएका थिए । अर्थात संघीय अवधारणामा लिम्वुवान सञ्चालित थियो । तर अहिले ९ जिल्लाहरुमा विभक्त छन् । वि.सं. २०५८ को जनगणनानुसार लिम्वु ३५९३५३, रार्इ ३०४३७४, वाहुन ४३५६७६, क्षेत्री ४०१६२०, थारु १५४७८१, नेवार १०२१७३, मुस्लिम ११९२२३, यादव १२२५११, तामाङ ११२०११ हरु १ लाख माथिका छन भने अन्य १ लाख मुनिका छन । त्यस्तै ४०८ गाविस, नगरपालिकामा लिम्वु १२१ मा रार्इ ५९, वाहुन ५६, क्षेत्री ५३, थारु ३४ मुस्लिम १९, राजवंशी १७, गनगार्इ ८, मगर ६, तामाङ ५, यादव ५, शेर्पा ४, गुरुङ ३ मा प्रथम संख्यामा रहेका छन् । यर्सथ लिमवुवानमा लिम्वुको स्थान अगाडि रहेपनि अन्य जातिहरुको उपस्थिती पनि उल्लेख्य रहेकोले सवैको अस्तित्वलाई स्वीकार गरेर अघिवढ्नु पर्दछ । सवैलाई समान व्यवहार गर्नु पर्दछ ।
अन्त्यमा लिम्वुवान प्राप्तिको लागि विभिन्न पार्टी विभक्तहरु सवै गोलवन्द भएर लागौं । टुटफुटको राजनिती नगरौं । पद लोलुपता नगरौं । लिम्वुवान पूनस्थापनाको समयसम्म वाहिरी र भित्री शत्रु शक्तिको वहकाईमा नलागि अघि वढौं । अवश्य हाम्रो लिम्वुवान पूनप्राप्ति हुनेछ । यसमा लिम्वुवानको सिमाक्षेत्र र अग्राधिकारलाई सदा ख्याल गरौं । सिमाक्षेत्र भन्नाले नेपालमा अवस्थित लिम्वुवान भूभाग हो । यो पूर्वमा मेची नदी, पश्चिममा (सिस्वा,संखुवा खोला,अरुण तथा सप्तकोशी),उत्तरमा हिमालय या तिव्वत र दक्षिणमा जोगवनी या भारत पर्दछ । यद्धपी लिम्वुवानको सिमाना पूर्वमा टिस्टा नदी हुदै वंगलादेश सिमाना र दक्षिणमा जलालगढ भारतभित्र पर्दछ । अव अग्राधिकार भन्नाले जल, जंगल, जमिन हुदै भाषा, लिपी, धर्म संसकार संस्कृती तथा जातिय पहिचानका कुराहरु पर्दछन् ।लिम्वुवान एकतानै लिम्वुवानको पूनस्थापना हो । यो नारालाई आत्मासाथ गरेर अघिवढौं । यसैले नै दिन्छ लिम्वुवानलाई शत्ति । यही शक्तिले नै लिम्वुवान स्थापना हुनेछ । सेवारो ।
लिम्वुवानी एकता-जिन्दावाद ।
लिम्वुवानी राष्ट्रवाद- जिन्दावाद ।
जय लिम्वुवान ।

लेखक लिम्वुवान राष्ट्रिय मोर्चाका अध्यक्ष हुनुहुन्छ ।

No comments:

Post a Comment