Dec 28, 2010

लिम्बुवान एकताको पहल र वर्तमान गतिविधिहरु

छवि सम्बाहाम्फे,लिलिमहाङ
मिति २०६४ पुष १२ गतेका दिन संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय सदस्य तथा संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका महासचिव कुमार लिङदेनले परिषदका अगुवा कार्यकर्ता भेला बोलाएर झापाको बिर्तामोडस्थित मेची यातायात भवनमा २ दिन छलफलगरि परिषदका अध्यक्ष सन्जुहाङ पालुङवा, महासचिव फागोहाङ वनेम, केन्द्रीय सदस्य जनक चेम्जोङ र रामभक्त कुरुम्बाङलाई कार्वाही गरेको घोषणागरि आपुनो अध्यक्षतामा नयाँ संघीय लिम्बुवान राज्य परिषद गठनगरि पार्टी फुटाएका थिए । उनी किरातधर्म तथा साहित्य उत्थान संघको यूवा परिषद अध्यक्षतामा कार्यरत रहेको बेलामा पनि संघका वरिष्ठ नेताहरुलाई उर्लावारीमा कोठाभित्र थुनि मार्ने षडयन्त्र गरेका हुन । त्यसपछि लारुम्बामा संघको आकस्मिक बैठक बसि तत्काल कुमार लिङदेन रहेको यूवा परिषदलाई विघटन गरिएको थियो । राष्ट्रिय जनमुक्ति पार्टीको धरानमा भएको महाधिवेशनमा कुमार लिङदेनले महासचिव दावी गरेका थिए । उनलाई महासचिव नबनाईएपछि त्यहाँबाट पनि बिद्रोह गरेर राष्ट्रिय जनमुक्ति पार्टी नेपाल गठन गरेर त्यसको महासचिव पहिलो महाधिवेशनबाट भए । त्यसपछि पार्टी एकताको नाममा फेरि राष्ट्रिय जनमुक्ति पार्टीसँग वार्ता गरी केन्द्रीय सदस्यमै आफुसहित कमल छाराहाङलाई लिएर सबै साथीहरु छाडेर दुईजना मात्र पुरानै पार्टीमा फर्किए । २०६२ को राजाद्वारा घोषित नगर निर्वाचनमा जनमुक्ति पार्टीमा अपसि मतमतान्तर भएपछि चुनावमा भागनलिने समुहहरु छट्टिएर अलगभई संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च खोलेका हुन । यो मन्चबाट राजनीतिक अभ्यास गर्दैआउनेक्रममा आन्दोलन नउठेपछि संघीय लिम्बुवान राज्य परिषद गठन भएको हो । परिषद गठन भएर मिति २०६३ फगुन १८ देखि २० गतेसम्म पानथरको फेदेनमा प्रथम राष्ट्रिय राजनैतिक सम्मेलन सम्पन्न भएपछि मिति २०६४ श्रावण २२ गतेबाट लिम्बुवान स्वायत्तता प्राप्तिको आन्दोलन सशक्त ढंगबाट अगाडि बढेको हो । आन्दोलनले उचाई िलंदै गएपछि नेपाल सरकारले वार्तामा बोलायो र लिम्बुवानबाट लिङदेन वार्ता समितिमा नपरेपछि उनले मन्चको छुट्टै वार्ता समिति गठनगरि आफु वार्ता संयोजक भएर वार्तामा भागलिएका थिए । सन्जुहाङ पनि आफैमा एकलकाँटे स्वभावको भएकोले मन्च र राज्य परिषदवीच बढ्दै गएको दुरी कमगर्न भन्दा पनि दुईजना नेतृत्वको आपसि होडवाजीमा अस्वस्थ प्रतिस्पर्धा गर्न लागे । यसैको निहुँमा सहीद राजकुमार आङदेम्बेको विषयलाई लिएर मिति २०६४ कार्तिक ८ देखि ११ सम्म ईलाममा सम्पन्न दोश्रो बिस्तारित बैठकमा कुमार लिङदेन समुहले परिषदका केही नेताहरुलाई ज्यानसम्म मार्ने योजनासम्म बनाई प्रस्तुत भएका थिए । तर त्यो कुरा जानकारी भएपछि उनको त्यो षडयन्त्रलाई सफल हुन दिईएन । संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चले त्यसबेलासम्म आपुनो विधान नल्याएकोले त्यो बैठकबाट विधान ल्याउने र राज्य परिषदको राजनैतिक हैसियत विधानतः स्पष्ट गर्नका लागि कुमार लिङदेनलाई जिम्मेवारी तोकियो । तर, विधान बनाउनेतिर भन्दापनि उनी मधेसी जनअधिकार फोरमका किसोर विश्वास समुहसँग मिलि काठमाण्डौंमा सम्मेलन गर्नेतिर लागे । काठमाण्डौंको सम्मेलनमा भागलिन जानका लागि परिषदकै केन्द्रीय कार्यालयमा बैठक बस्यो । त्यस बैठकमा छलफल हुँदा बहुमत सदस्यले भागलिन जानु हुँदैन भनेर निर्णय पारित गरेको थियो । तर, कुमार लिङदेन आपुनो समुह लिएर त्यो सम्मेलनमा भागलिन काठमाण्डौं आए । त्यसमा पनि राज्य परिषदले केही कार्वाही गरेन । त्योबेला देखि नै उनले पार्टी विभाजनका लागि अनुकुल वातावरण बनाउदै लगे । सहीद राजकुमार आङदेम्बेको सहयोगको नाममा उर्लावारी, दमक आदि ठाउमा ढाटथाप्ने अभियान चलाउन लागे जबकी त्यस विषयमा परिषदले कुनै निर्णय गरेको छैन । चारैतिर वातावरण तनावग्रस्त बन्दैगयो त्यसमा अध्यक्षको हैसियतले सन्जुहाङले संयोजन गर्ने पहल गर्नुपथ्र्यो तर उनले आपसि विवाद मिलाउने कुनै प्रयास गरेनन् । २०६४ मंसिर २४ गते सन्जुहाङकै घरमा आकस्मिक बैठक बस्यो । त्यस बैठकले केन्द्रीय सदस्य तथा झापा जिल्ला अध्यक्ष ज्ञानुहाङ ईम्बोङलाई साधारण सदस्यता नरहनेगरि निलम्वनको कार्वाही गर् यो । यो निलम्वनको कार्वाहीलाई निहुँबनाएर कुमारजीका समुहहरु पार्टी फुटाउनका लागि जोरजुलुम लागिपरे । त्यसैको परिणामस्वरुप मिति २०६४ पुष १२ गतेको भेलालाई टेकेर पार्टी विभाजन गरिएको हो । त्यसपछि पार्टी फुटाएको सम्पूर्ण आरोप सन्जुहाङलाई थोपर्ने खेती नै जस्तो कुमार लिङदेनले गर्दैल्याए । लिम्बुवानको सबैतिर सन्जुहाङले पार्टी फुटाकोले मैले नयाँ राज्य परिषद गठन गरेँ भनि हल्लागरि िहंडे । कस्तो अचम्म आफु पार्टी फुटाउने भैरहेको राज्य परिषदसँग कुनै सल्लाहा र समन्वय नगर्ने नयाँ राज्य परिषद बनाउने अनि पार्टीचािहं सन्जुहाङले फुटायो भनि अनर्गल हल्ला गरििहंडने । कुमारजीलाई ताप्लेजोङको जिल्ला सम्मेलनमा मैले भनेको थिएँ अहिले लिम्बुवानवासी जनताहरु पार्टीनेताहरु एकजुट भएर लिम्बुवान स्वायत्तताको आन्दोलन सशक्त ढंगले अगाडि बढाओस भनेर चाहना गरिराखेको अवस्थामा हामी किन यसरी एकसाथ हुनबाट सकिराखेका छैनौ लिम्बुवान चाहना राख्नेहरुको भावना कसरी समेटेर जानेभनि प्रश्नगर्दा कुमारजी यस विषयमा आफुले केहीगर्न नसक्ने भनेर मलाई जवाफ दिनुभयो । त्यसको दुईदिन लगत्तै पानथर जिल्लाको सम्मेलन थियो त्यहाँ वहाँहरुले आपुनो पक्षधर कार्यकर्ताहरुलाई जिल्ला परिषदमा स्थापित गर्ने जबर्जस्ति दवावहरु गर्दैआउनु भयो । हामीले सम्झ्यौं जिल्ला सम्मेलनमा केन्द्रीय अतिथि बोलाईएपछि अतिथिको काम सम्मेलन सफलताको शुभकामना दिने र फर्कने तर कुमारजीका गु्रपहरु (मिसेकहाङ) लगायत जिल्ला सम्मेलनको बन्दसत्रमा बसि अवान्छित हस्तक्षेप गर्नलागे । ती कुराहरु हामीले सुनिबस्यौं र त्यो वास्तवमा राजनीतिक चरित्र र सँस्कार होईन भनेर मुल्याङनगर्दै समिक्षा गर् यौं । यस्तो चरित्रबाट परिमार्जन नभई कसरी हामी शासकीय राजनीति गर्न सक्छौं । अराजक र िहंस्रक सैलीको चरित्र प्रदर्शन गरेर कुनैपनि समुदायलाई सकारात्मक प्रभाव पार्न सक्दैनौं । विडम्वना ! यस्तै चरित्र र सँस्कारले गर्दा लिम्बुवानमा फुटविभाजनलाई मलजल गर्दैल्यायो । म चाहन्थें कम्तिमा अन्य राजनीतिक पार्टीमा राजनीतिक अभ्यास गरेर आपुनै जाति र माटो मुक्तिका लागि आफैले नेतृत्व गरेको राजनीतिक पार्टीमा सहभागि हुनआएकोले आफुले जानेका केही प्रविधिहरु साथीभाईहरुमा हस्तान्तरण गर्नुपर् यो भन्ने लागेको थियो तर त्यस्तो वातावरण कहिल्यै भएन । साथीहरु अपसि लडाईमै व्यस्त रहन थाले । म अलमल्लमा परें । लिम्बुवान प्राप्तिको लागि रोजी रोटीको अवसर त्यागेर पूर्णकालीन कार्यकर्ता हुन परिषदमा प्रवेस गरेको थिएँ । त्यतिबेला राजनीतिकरुपमा नत लिम्बुवानका नेताहरु खारिएका थिए न कार्यकर्ताहरु नै । त्यस अवस्थामा कुनै नेता तथा कार्यकर्ताहरु आफुलाई राजनीतिक रुपान्तरण गर्न ईच्छुक थिएनन् । भावनाको भरमा आन्दोलन गर्न उत्साहित मात्र थिए । राजनीतिमा विना सैद्धान्तिक मार्गदर्शन आफुले चाहेको लक्ष्य हासिल हुनसक्दैन त्यसैले राजनीतिक सँस्थाले सैद्धान्तिक र वैचारिक धरातल निर्माण गर्न जरुरी छ । तर कुमारजीको आजसम्मको अभ्यासमा सैद्धान्तिक र वैचारिक मार्गदर्शन निर्माण गरेको देखिएन । मानिसलाई अन्यौलमा पारेर हामीले पनि राजनीति गर् यौंभने हामीमाथि उत्पीडनको तमास मच्चाउने अहिलेका राजनीतिक खेलाडिहरु र हामीवीचमा के अन्तर छ तसर्थ हामी उत्पीडितहरु आपुनो लागि राजनीति गरिरहेका छौं भने हामीले मुल्यमान्यता पारदर्शिता आत्मसम्मान गौरव र स्वाभिमानको राजनीति गर्ने हो । त्यसको लागि पद प्रतिष्ठा र पैसाको लागि आशक्त कदापि हुनुहुँदैन यदि हामी ती कुराहरुमा आशक्त भयौंभने हामीले हाम्रो माटो र इतिहासलाई मुक्तगर्न सक्दैनौं । तसर्थ हामीले एकअर्कालाई संयोजन र सम्मान गरेर अगाडि बढ्नुपर्छ भन्ने मान्यता म राख्दछु । मैले सन्जुहाङ नेतृत्वको राज्य परिषदमा कार्यरत हुँदा वारम्वार एकताको वार्ता अघिबढाउन प्रस्ताव राख्दैआएँ । त्यसैको सेरोफेरोमा एकपटक कुमारजीसँग एकता वार्ता गर्नका लागि भेडेटारमा कार्यक्रमको आयोजना गरें मिति २०६५ जेठ २० गतेका दिन । मैले कुमारसँग वार्ता गर्नका लागि विनम्र अनुरोध गरेर सन्जुहाङलाई घरबाटै लिएर त्यहाँ गएको थिएँ । तर कुमारजीले त्यहाँ आफु उपस्थित नभएर दोश्रो दर्जाका नेताहरुलाई पठाएका थिए । त्यस कार्यक्रममा धनकुटास्थित चुम्लुङका केन्द्रीय पदाधिकारीहरु पनि उपस्थित भएका थिए र उनीहरुलाई ठूलो आशा लागेको थियो की अब फुटेका दुई लिम्बुवान संगठनहरु एकता गर्नेछन् र आन्दोलनलाई घनिभूत बनाउने छन् । जनताको चाहना र मागलाई आत्मसात्गर्दै एकतालाई तार्किक निष्कर्षमा पुर् याउनका लागि जोरजुलुम गर्दापनि कुमारजीले त्यसलाई हावामा उडाई दिए । त्यसपछि विर्तामोडमा वार्ताको वातावरण बनाउन म आफैं लागेर तिथिमिति तयारगरि कुमारजीलाई खबर गरें तर कुमारजी आफु नआएर कनिष्ठ श्रेणीका साथीहरु पठाएर त्यसलाई पनि हावामा उडाई दिए । एकताको पक्षमा सन्जुहाङ आफैं ईच्छुक नभएता पनि उसलाई सम्झाई बुझाई वार्ताको टेवलमा पुर् याउने काम मेरो सकि्रयतामा गर्दैल्याएको कुरा धेरै साथीहरुलाई थाहाछ । लिम्बुवान एकता नभएमा आन्दोलन कमजोर हुनेछ भन्ने हामीले राम्ररी बुझेको हुनाले एकताको पक्षमा सशक्त दवाव पुर् याउनका लागि काठमाण्डौंमा एकताका लागि अन्तकिर््रया र मोटरसाईकल र् यालिसमेत मेरो पहलमा आयोजना गरेर ५०० संख्याको मोटरसाईकल र् यालि मिति २०६६ फागुन २० गतेका दिन प्रदर्शन गरियो । विगत २०६६ मंसिर २४ गते विराटनगरमा एकताका लागि संयुक्त अन्तकिर््रया कार्यक्रम संचालन गर्नका लागि कार्यक्रम आयोजना गरेर सन्जुहाङ कुमार लिङदेन र मिसेकहाङलाई समेत निमन्त्रणा गर्दा मिसेकजी आए तर सन्जुहाङ र कुमार आएनन् । त्यसबेला उनीहरु सन्जुहाङकै घरमा बसेर एकताको नाटक गरिरहेका थिए । संयुक्त लिम्बुवान मोर्चाको सुरुदेखिकै विरोधी सन्जुहाङ एकताको माहौल बलियो हुँदैगएपछि त्यसलाई तोड्नका लागि कुमारसँग मिलेमतो गरेर आपुनो संगठनका व्यापक साथीहरुको एकताप्रतिको चाहना र भावनालाई तुसारापात गर्दैल्याउने षड्यन्त्रमा जुट्नथाले । देश बिदेशमा रहेका लिम्बुवानवासी नागरिकहरुबाट लिम्बुवान एकताका लागि दवाव पुगोस भनेर यूकेमा रहेका साथीहरुवीचमा एउटा नागरिक समाज गठन होस भनि निर्मलजी र दीलकुमार सङबाङफेसँग सल्लाहा गरेर लिम्बुवान स्वायत्त नागरिक एकता समाज यूके गठनको लागि भरमग्दुर काठमाण्डु बसेर सहयोग गरिरहेँ । यी सबै मेरा प्रयत्नहरु लिम्बुवान एकताको लागि दरिलो दवाव पुगोस भन्ने मेरो चाहना रहेको थियो । एकताका लागि मैले संचालन गरेका हरेक अभियानमा रामभक्त कुरुम्बाङ पदम अधिकारी र जनक चेम्जोङले साथिदंदै आएका छन् । पछिल्ला कालमा माननीय राजकुमार नाल्वो लासीम पालुङवा लगायतले एकताका लागि साथसहयोग गर्दै आएका छन् । मिति २०६६ माघ ९ गते संघीय लिम्बुवान राज्य परिषद स्थायी समितिको बैठक फिदिममा बस्यो र त्यस बैठकले हाम्रो एजेण्डा मिल्ने अन्य राजनीतिक पार्टी संगठन आदिसँग एकता संयोजन र मोर्चा बनाउने भन्ने निर्णयगरि महासचिव पदम अधिकारीको संयोजकत्वमा उच्चस्तरीय कार्यदल गठन गर् यो । त्यसै मुताविक त्यो कार्यदलले संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चसँग एकता वार्ता अगाडि बढायो । त्यो वार्तालाई सहज बनाउनका लागि परिषदले मलाई पनि जिम्मेवारी दिएकोले त्यो एकता वार्तालाई टुंगोमा पुर् याउनका लागि निरन्तर सहभागि भएर कि्रयाशील भईरहें । यसै परिप्रेक्षमा विगत २०६६ फागुन ७ र ८ गते संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चको महाधिवेशन काठमाण्डुमा भयो र हामी पनि त्यो मन्चमा सहभागि भयौं । कुमार र उनका समुहहरुले त्यो महाधिवेशनलाई पनि अवैद्य भन्दै बहिष्कार गरे । त्यसपछि उनीसँग मेरो भेटहुँदा भने कुमारजी तपाई यो मन्चमा रहेको र तपाई सँगसँगै काम गर्नका लागि हामी पनि आयौं अब मिलेर जानुपर्छ भन्दै अनुरोध गर्दा उनले वैद्यताको बेग्लै मुद्दाबनाएर निर्वाचन आयोगमा दर्तागरे । त्यसपछि निर्वाचन आयोगले दुवैपक्ष मिल्नुहोस भनि आग्रह गरेपछि हामी वार्तामा बस्यौं । त्यस वार्तामा मैले नै आग्रह गरे की कुमारजी तपाईलाई कुन पद चाहियो त्यहि पद लिनुहोस मुख्यमन्त्रीदेखि प्रधानमन्त्री बनाउन हामी सहयोग गर्छौभन्दा उहाँले भन्नुभयो मत सानो पार्टी चलाउने हो ठूलो पार्टी चलाउने साथीहरुले यो मन्च छाडिदिनु पर् यो भने । त्यसपछि कुमारजी एकता गर्न मान्नुभएन । त्यसपछि उहाँ जसरी पनि मुद्दाजित्ने खेलमा लाग्नु भयो र आफुले सोचजस्तै मुद्दा पनि जित्नु भयो । हामीले लिम्बुवान लगायतका नौवटा स्वायत्त राज्य परिषद सहभागि भएको संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी गठन गरेर निर्वाचन आयोगमा दर्तागरि सशक्त संचालन गरिरहेका छौं । लिम्बुवान एकताका लागि राजकुमार नाल्वोको संयोजकत्वमा लिम्बुवान स्वायत्त राज्य परिषद एकता संयोजन समिति गठन गरेर व्यापक लिम्बुवान एकताको पहल गरिरहेका छौं । त्यसैअनुरुप गतः जेठमहिनामा चन्द्रगढीमा सन्जुहाङ र मिसेकजीको समुहसँग बस्यौ र त्यसकै निरन्तरतास्वरुप २०६६ जेठ १२ गते मिसेकहाङ सन्जुहाङ र पार्टीवीचमा ११ बुँदे एकता सहमति कायम भएको छ । यसलगत्तै कुमारजी सन्जुहाङलाई भड्काउने खेलमा लाग्नुभयो र त्यो सहमति नमान्ने स्थितिमा सन्जुहाङ पुगे । केहीमहिना अगाडि यूकेका साथीहरुले एकताका लागि पहल गर्दा मिसेकजी र मैले सबै लिम्बुवान शक्तिहरुवीचमा निसर्त एकता गर्नुपर्छ भनि भन्यौं तर कुमार र सन्जुहाङले एकता नगर्ने र मोर्चामात्र गर्ने त्यो पनि दर्जनौं सर्तहरु तेछ्र्याएर आयोजकलाई निरास तुल्याएको कुरा दीलकुमार सङबाङफेजीलाई राम्ररी थाहा छँदैछ । पछिल्लो विकासक्रममा कुमार र सन्जुहाङले नयाँ षड्यन्त्र गर्न सुरुगरे की वीर नेम्वाङलाई साथलिएर मोर्चा बनाउने । केको लागि मोर्चा हो आन्दोलन वा विदेशमा रहेका साथीहरुको मनजित्न यदि आन्दोलनकै लागि हो भने सबै लिम्बुवानजन्य संगठनहरुको एकता नभए मोर्चा हुनुपर्छ त्यसको लागि कुमार र सन्जुहाङ दुवैको नेतृत्व र व्यक्तित्वको व्याक आलोचना भएकोले वीर नेम्वाङजीले नेतृत्व गरेमा ५र७ वटा अन्य संगठनसहित हामी पनि आउछौं भनि नेम्वाङजीसँग मेरो कुरा भएको थियो । नेम्वाङजीले यो कुरा मिटिङमा राखेपछि कुमार र सन्जुहाङ दुवै अरु संगठनसँग मोर्चा वा एकता केहीपनि नगर्ने भनेर नानाभाँतिका कपोकल्पित कुरा गरेर बसिरहेका छन् । मेरो विषय विभिन्न ठाउमा कुमारजी लगायतले लिम्बुवान एकताका लागि बाधाविरोध पुर् याउने छवि सङबाङफे हुनभनि हल्ला फैल्याईएको हल्लाहरु सुन्नमा आउदा अचम्म लागेको छ । मलाई चिन्ने साथीहरुले मेरो विषयमा राम्रै अध्ययन गरेका छन् । एकताको पक्षमा मेरो के कति योगदान छ भन्ने कुरा म आफैंले भन्नुभन्दा पनि एकताप्रति सकारात्मक सोचभएका साथीहरुसँग कुरा गर्दा अझराम्रो हुन्छ भन्ने लागेको छ । मानिसको गल्ति हुँदैन भन्ने मलाई लाग्दैन । मेरो भूमिकाबाट लिम्बुवान आन्दोलन र एकतामा के आँच आउन पुग्छ त्यसका लागि आत्ममुल्यङकन गर्न हमेसा तयारछु । राजनीतिक निर्णयगर्ने सवाल मेरो अभ्यासबाट पाएको अनुभवमा व्यक्तिकोभन्दा संस्थाको भूमिका नै प्रधान हुन्छ भन्ने मान्यता राख्दछु । तसर्थ सबै साथीहरु कसैको भ्रममा नपर्न हार्दिक आग्रह गर्दछु ।
जय लिम्बुवान !

No comments:

Post a Comment