Aug 26, 2008

परिच्छेद - ४

(१) सामाजिक व्यवस्था
लिम्वुवान आदिवासी लिम्वुहरुको भूमि हो अर्थात लिम्वुहरु लिम्वुवानको भूमिपुत्रहरु हुन् । यस भूमिमा पहिले लिम्वुहरुको मात्र वसोवास रहेको पाईन्छ । समयान्तरमा विभिन्न चरणहरुदेखि लिएर वर्तमान अवस्थासम्म आईपुग्दा विविध जातजातियुत्त लिम्वुवान भएको छ । तसर्थ यी सवै जातजातिको लागि लिम्वुवान स्वायत्त राज्यले सवै क्षेत्रहरु जस्तो भाषा, संस्कृति, धर्म, शिक्षा, रोजगारी, व्यापार, व्यावसाय आदिमा समान दृष्टिकोणले व्यवहार गर्नेछ । सवैलाई साझा राज्यको महशुस गराउनेछ । राज्यप्रति वफादार वनाउनेछ । यसको लागि समावेसी लोकतन्त्र सिद्धान्तले समेटेर लैजाने दृष्टान्त रहेको छ ।
अतःजातिय समन्वय र समानताको सिद्धान्तलाई अवलम्वन गरी तमाम लिम्वुवानका जनताहरुलाई राज्यको मूल प्रवाहमा समाहित गरी वर्ग विहिन शोषण रहित समाजको सृजना गरी एक विशिष्ट एवं प्रगतिशील समाजको निर्माण गरी लिम्वुवान राज्यको सर्वाङ्गीण विकास गर्ने उद्धेश्य रहेको छ ।
(२) तराईवासी समुदायको सवाल
लिम्वुवानको तराई क्षेत्रमा मात्र वसोवास गर्ने जातिहरुमा धिमाल, मेचे, कोचे, राजवंशी, थारु, किसान, ताजपुरीया, सतार आदि पर्दछन् भने अन्य विभिन्न जातजातिहरुको पनि वसोवास उल्लेख्य रुपमा रहेको छ । यी जातिहरुको समान सहभागीता या समावेसीताको लागि आवश्यकता अनुसार व्यवस्था गरेर कार्य गर्न उपयुक्त ठानिनेछ ।
(३) अन्य जाति तथा दलितको सवाल
लिम्वुवानकों इतिहास तथा लिम्वु मुन्धुममा जातिय असमानता एवं छुवाछुत कहि पाईदैन । लिम्वुवान राष्ट्रिय मोर्चा जातिय असमानता र विभेदको सदा विपक्षमा छ । लिम्वुवानमा लिम्वु जाति वाहेक अन्य साना ठुला जातिय समुहहरु जस्तो याख्खा, लोहरुङ, याम्फु, अठप्रे, लेप्चा, सेर्पा, भोटे आदि वासिन्दाहरु छन् । त्यस्तै गरेर गुरुङ, मगर, राइ, सुनुवार, नेवार, वाहुन, क्षेत्री तथा दलित जातिहरु कामी, दमाई ,सार्की आदि जातिहरुको वसोवास पाईन्छ । यी सम्पूर्ण जातिहरु कसैलाई पनि नछुटाइ समान व्यवहार गरी राज्यमा समान सहभागीताको लागि वसोवासको आधारमा र छरिएर वसोवास गर्ने जातिहरुको सवालमा जनसंख्याको समानुपातिक आधारमा तथा आवश्यकता अनुसार अल्पसंख्यक समुदायको जातिहरुलाई लिम्वुवान राज्यमा समान सहभागीताको लागि अवसर प्रदान गरिने व्यवस्था प्रत्याभूत गरिनेछ ।
लिम्वुवानमा आदिकालदेखि कुनै पनि जातिय छुवाछुतको व्यवहार नभएकोले यस्तो व्यवस्था लिम्वुवानमा अमान्य हुनेछ । दलितहरु हिन्दू वर्णाश्रम मित्र पर्ने भएकोले उनीहरुलाई हिन्दू धर्म सम्प्रदायमा पनि समानताको व्यहार अपनाईनु पर्छ भन्ने हाम्रो मान्यता रहेकोछ ।
(४) विशेष जातिको सवाल
राष्ट्रको कुनै पनि संघीय गणराज्यमा संवोधन नगरीएको तथा लिम्वुवानमा मात्र वसोवास भएको जातिलाई राज्यले विशेष जातिको रुपमा सम्वोधन गर्ने व्यवस्था अख्तियार गर्नेछ । जाति, भाषा, धर्मको आधारमा राज्यले कुनै भेदभाव गर्ने छैन ।
(५) महिला सवाल
लिम्वु महिलाहरुमा जातिय विभेदकारी निती छैन । उनीहरुलाई समान अवसर समाजले परापूर्वककालदेखि दिएको मात्र होईन स्थान पनि समाजमा उच्च छ । अन्य समुदायको महिलाहरुको सवालमा पनि कुनै विभेदकारी निती रहने छैन । सवैलाई राज्यको सवै क्षेत्रमा उल्लेख्य सहभागीताको समान अवसर प्रदान गरिनेछ । अथार्त लिङ्गीय आधारमा विभेद नगरी समानताको व्यवहार हुनेछ ।
(६) धर्म तथा संस्कृति सवाल
राज्य भित्र मानिने सवै प्रकारको धर्म तथा संस्कृतिलाई फल्न फुल्न र प्रयोग गर्न स्वतन्त्रता रहनेछ । लिम्वुवान राज्यलाई वहुधार्मिक, वहुजातिय, वहुसांस्कृतिक राज्यको रुपमा व्याख्या गरी धर्म निरपेक्ष राज्यको रुपमा परिभाषित गरिनेछ । धर्म, संंस्कार तथा संस्कृतिको सवालमा राज्यले कुनै भेदभाव गर्ने छैन ।



No comments:

Post a Comment