Jun 29, 2008

नारायणहिटी संग्रहालयको स्वरूप

ज्ञानमणि नेपाल
भीमसेन थापाले सैन्यशिविर छाउनी बनाएको क्षेत्रमा पुरानै घरमा जुद्वशमशेरले एउटा म्युजियम खोलेका थिए । त्यसबेला खुकुरी-तरवार लिएर युद्ध गर्ने वीर भनेर परिचित नेपालीको महत्त्व आकर्षा बढाउन एकीकरणताका देश-विदेशका विभिन्न राज्यबाट जितेर ल्याएका हतियारकै प्रचुरता रह्यो, केही विशिष्ट वस्तु नगण्यमात्रामा राखिएका भए पनि । त्यसैबेला चासो गरेर खोजीमेली गरेको भए राणादरबारमा अरू भारदारका र अन्यत्र विभिन्न ठाउमा त्यसै छरपष्ट भएका अमूल्य वस्तु, विभिन्न ऐतिहासिक दस्तावेज, मूर्ति, थाङ्काचित्र अनगिन्ती पाइने थिए । पछि बाहिरका र स्रि्रौनगढका केही मूर्ति संकलन गरी मूर्ति संग्रहालय बनाइए पनि त्यो अधूरै छ ।
वसन्तपुर दरबारलाई मुद्रा संग्रहालय नाम दिए पनि त्यस्तो आकर्षायुक्त भएन । पाटन दरबारलाई मूर्ति संग्रहालय भने पनि यो नाममात्रको छ । नेपालका मूर्ति र पुरातात्विक वस्तुको सुरक्षा सर्म्बर्द्धन हुनु परै रह्यो । पुरातात्विक स्थलको उत्खनन व्यापक रूपले हुनसकेको छैन । काठमाडौं प्राचीनतम सहर हो । यसमा उत्खनन हुने क्षेत्र धेरै छन्, तापनि अव्यवस्थित सहरीकरणले त्यो असम्भवजस्तै भएको छ । कपिलवस्तुमा केही उत्खनन भए पनि सुरक्षाको समस्या ठूलो छ । पञ्चायतकालभरि भूमिगत गिरोहका नामले चर्चित माफिया समूहद्वारा मूर्ति अन्य अमूल्य वस्तु, दस्तावेज र वन्यजन्तुका अप्राप्य आखेटोपहारको चोरी निकासीको अवैध धन्दा गुप्त रूपले सञ्चालित भइरह्यो । यसरी देशको ठूलो सांस्कृतिक क्ष्ति भयो । पछि कतिपय मूर्ति विदेशबाट फर्काइएका छाउनीको म्युजियममा राखिएका छन् । हाम्रा हराएका मूर्तिको परिचय भनी एक मूर्तिविज्ञले सयौं मूर्तिको विवरण प्रकाश गरेका छन् ।
यस्ता ऐतिहासिक सांस्कृतिक वस्तु खोज्ने, फिर्ता ल्याउने, सुरक्षित गर्ने अभिभारा नारायणहिटी बृहत् संग्रहालयको काधमा छ । यस्तो काम तदारुकतासाथ सरकारतर्फाट गरी-गर्राई यस संग्रहालयलाई भरिपूण पार्ने प्रयत्न हुनुपर्छ । डोल्पाबाट चोरी निकासी भएका बौद्ध गुम्बाका मूर्ति भोटबाट फर्काई ल्याएको विवरण भर्खरै आएको हो ।
भक्तपुर दरबारलाई चित्र संग्रहालयको नाममात्र दिइएको छ । पुराना चित्रको संग्रह खोजी खबर उत्साहबर्द्धक भएन । भक्तपुरकै एक चित्रावलीको विरह लाग्ने दृश्यले मेरो चित्त पोलेको हुदा यो प्रसङ्ग उल्लेख गर्न चाहन्छु । यद्यपि अति गोप्य कोठामा रहेको चित्रावली त्यस संग्रहालय मातहत छैन । अति
पुरानो तलेजु मन्दिरको चोक भित्री तलाको एक लामो कोठाको भित्तामा स्रि्रौनगढका राजादेखि भक्तपुरका भूपतिन्द्र मल्लसम्म राजाका सजीव चित्र लहरै भित्तामा कु“दिएका रहेछन् । दुभाग्य, पछि त्यस कोठाको उत्तर तल दलानमा भान्सा बनेछ । दुला त छैनन्, भित्तामा कालान्तरमा कालिमा छाएर ती अप्राप्य
अमूल्य सांस्कृतिक चित्रका आकृति छ्याप्पै छोपिए । विदेशिने त विदेशि गए, रहेकाको गति यस्तो, कतिको यस्तै बेहाल छ ।
धनकुटा संग्रहालय, पृथ्वी संग्रहालय, कपिलवस्तु संग्रहालय आदि क्षेत्रीय संग्रहालय पनि छन् । तिनको चहक छैन । कपिलवस्तु संग्रहालय त झन् पुरातात्विक वस्तुले सजिसजाउ चहलपहलपूण हुनुपर्ने थियो । खुलेको छ-छैन थाहा हुन्न । सामान कति सुरक्षित होलान्, भन्न सकिन्न । पुरातात्विक वस्तु संग्रह गर्ने स्थल भनेर मुस्ताङमा पाइएका प्राचीन सामान पनि राखिएका रहेछन्, तर तिनको पहिचान खुलाइएको छैन ।
नारायणहिटी संग्रहालय कस्तो बन्ला भन्ने आमचासो छ । केही वर्षेखि मेरा मनमा लागेको यस संग्रहालयको सामान्य प्रारूपको स्वरूप संक्षेपमा यहा“ चित्रण गर्छु । यस संग्रहालय भवनको सुरक्षित मूलकोठामा अब कतै देख्न पनि नपाइने र नबन्ने पनि राजचिह्न श्रीपेच, सिंहासन, छत्र, दण्ड, चवर रहनुपर्छ । राजाले लाउने राजषि पोसाक, उनले पाएका विभूषण, तक्मा, उपहारका सामान एवं रानी, युवराज, युवराज्ञीहरूका शिरपगरी राजषि पोसाक र अरू रत्नजडित गरगहना र उनले पाएका तक्मा, उपहार पहिले-पहिलेका अन्य राजा-राजपरिवारका त्यस्तै रत्नजडित गरगहना परपोसाक रहनुपर्छ । दरबारभित्र रहेका पुराना जो बेच्न वा हिनामिना गर्नै नहुने सांस्कृतिक किम्मती वस्तु र अन्य राजा-राजपरिवारले उपयोग गरेका विशेष चिज, सवारी साधन जस्तो- डोली, तामदान, पालकी, विशेष प्रकारका साइकल, मोटर आदि सजावटका सामान, विशेष प्रकारका विस्तरा-पलङ-खाट, बाकस-दराज, पुराना चित्र, नया तस्वीर, सुनचादीका पूजाका भाडाबर्तन, सुनचादीका भाडाकुडा-थाल-कचौरा रहनुपर्छ । दरबारले चलाएका जे-जे चिजवस्तु संग्रहालयलाई सुहाउने हुन्छन्, ती सबै त्यहा रहनुपर्छ ।
अरू ऐतिहासिक सांस्कृतिक सम्पदा जस्तै- जैसीकोठादेखि परराष्ट्र सम्बन्धका सबै गोप्य दस्तावेज, मुख्यतः दरबारमा रहेका लालबाकस, प्रकाशित ग्रन्थका पुस्तकालय, पाण्डुलिपिको संग्रहका अभिलेख, छुट्टाछुट्टै भवन, कक्ष, बाकसमा सजाएर सुरक्षित राख्ने व्यवस्था हुनुपर्छ । दरबारभित्रका सामग्री कति उपलब्ध हुनेहुन्, त्यसको लेखाजोखा भएको छैन । पहिले भए नेपाल सरकारको हात माथि पथ्र्यो, अब त त्यहाका दरबारका कर्मचारीको निर्भर भो । सामग्री हस्तान्तर गरी लिने सरकारी अधिकृत र विशेषज्ञका लागि यो कार्य चुनौतीपूण छ ।
साढे दुइ सय वर्षेखि सञ्चित दरबारका भण्डार, बाहिरी-भित्री सबै खुलस्त रूपले राष्ट्रलाई र्समर्पण गर्ने उदार भावनाले खुसीसाथ दरबारको सा“चो समाएर बसेका दरबारिया अधिकारीले सुम्पिदिनुपर्छ । दरबारका धेरै भवन, कक्ष, कोठा, पुराना रत्नजडित दर्शनीय वस्तु, गरगहनाले सजिसजाउ भरिपूण हुनन् ।
यदरबारक्षेत्र ऐतिहासिक सांस्कृतिक स्थल पनि हो । यसको गिर्दा, बाहिर्रर् इशानमा प्राचीन राजा मानदेवले र उनकी रानीले स्थापना गरेका विक्रान्त मूर्ति, महादेव मूर्ति, पारीको सरस्वती मूर्ति मन्दिर र भित्रको नारायणस्थान र धाराको कथाले पनि यसको ऐतिहासिक महत्त्व दर्शाउछ । राजनपत्तनबाट बनेको लाजिम्पाट नामले पनि पुरानो राजपुरको सम्भावना हुन्छ । अहिले यसको पूवतिर नेपालका प्रसिद्ध देवदेवी मन्दिर स्थापना गरिदिए यसमा धार्मिकजनको भेराइचो बढ्नेछ । उत्तरतर्फनिङ्मापा क्यागुत्पा शाक्यप्पा डुक्पा आदि रातो टोपी, पहेलो टोपी, कालो टोपीवाला सम्प्रदायका बौद्ध गुम्बा बनाई हिमाली भेगका असुरक्षित रहेका तिब्बती पुस्तक पात्रा र बौद्घ बोधिसत्व तारादेवीका मूर्ति ल्याएर सजाएर राख्ने । पहाड, तर्राई भेगका जातजातिले मानेका-पुजेका गैडु गोसाइ वायुका थान, मस्टा बाह्रमण्डली आदि कुलायन थान, चण्डी थान, महाराजी थान, तिनमा चढाउने वस्तु फूलघोडा आदि सिरुवामा पुजिने कुलथान आदि राख्न सकिन्छ । अर्को विशाल भवनमा हिमाल, पहाड, तर्राईमा बसेका राज्यभरका जातजातिको छुट्टाछुट्टै दुरुस्त अनुहारका मूर्ति बनाई तिनले लाउने सबै प्रकारका परपोसाक, उपयोग गर्ने सामान र सांस्कृतिक वस्तु सजाएर राख्ने र जातजातिको संस्कृति दर्शाउने सामानका संग्रहालय राख्ने । लङ मिलाएर नृत्य संगीत वाद्यशाला छुट्टाछुट्टै निर्माण गर्ने र तिनमा भरतनाट्य शास्त्रीय संगीत चर्यानृत्य, चर्यागीत, नेपालमा चलेका धाननाच, थारू, मैथिली, अवधी, भोजपुरी नृत्य संगीत वाद्यहरूको नित्य अभ्यास गराउने तथा दर्शकलाई दैनिक प्रदर्शन पनि गर्ने । नेपालमा चलेका बाजा नायखिम -नैयरबाजा) गुजराती बाजा, पञ्चैबाजा, नौमती आदि सुषिर ताल बाजाहरू संग्रह गर्ने । प्रज्ञा-प्रतिष्ठान र भद्रकालीमा केही बाजाको संग्रह छ जसको परिचयसाथ वर्गीकरण छैन । हाम्रा देशमा चलेका पुराना मनोरञ्जनका साधन खेलकुद प्रदर्शनमा ल्याउने र त्यस्ता नृत्य खेल अभ्यास पनि गराइरहने ।
नेपालमा पाइने पुतली लगायतका वन्यजन्तु र वनस्पतिका नमुना, पशुपक्षीका हाडछाला जोडेर दुरुस्त पारेका स्वरूप रहेको प्राकृतिक विज्ञान संग्रहालय पनि स्वयम्भूमा छ । दरबारमा पाइने आशा गरिएका आखेटोपहार विशिष्ट किसिमका हुने निश्चितै छ । एउटा संग्रहालयलाई पुग्ने आखेटोपहारका सामान दरबारमै भण्डार गरिएका छन् । यी सबैलाई संकलन र पहिचान गरी पाएसम्म तिनको इतिहाससमेत खोजी राख्ने । ती हात्तीका हाड-दात, बाघका छाला-दाह्रा-हाड, गौरीगाई, जरायो, बराठका सिङ, गैंडाका खाग र विभिन्न खालका मृगचर्म, भालुका छाला, ओतका छाला छुट्टै प्राकृतिक विज्ञान भवनकक्षमा सजाएर राख्ने । देशका अति दुलभ वनस्पति र वनऔषधीका नमुना पनि राख्नसके यसको महत्त्व विदेशमा समेत बढ्नेछ ।
नारायणहिटी बृहत् राष्ट्रिय संग्रहालयलाई विशाल सुन्दर आकर्षाक बनाउनु त छदैछ, यसले अन्य संग्रहालयलाई पनि संघटित समृद्ध र सुचारु बनाउ“दै लैजानु आवश्यक छ । संग्रहालयको प्राङ्गणमा एउटा विशाल स्तम्भ खडा गरी त्यसमा संग्रहालयको प्रशस्ति र परिचय कुदी खडा गर्ने । नेपालको र्सवाङ्गीण नक्सा र लिखित परिचय भित्र रहने छन् । बाहिर सिङ्गमरमरको वा पत्थरको एउटा विशालकाय करिब ३०-४० मिटर लम्मा, १०-१५ मिटर चौडाको सजीव त्रिआयामिक नक्सा कु“देर त्यसमा हिमाल, पहाड, तर्राई, नदीनाला, तालतलैया, भीरपाखा, पर्वत, वनजंगल, गाउघर, बस्ती जस्ताको तस्तै उतारी स्थान, नाम र उचाइसमेत उल्लेख गरेर राख्ने । जे भएर पनि राष्ट्रिय संग्रहालय पसेपछि नेपालबारे जस्तै अनभिज्ञ मान्छे वा विदेशी पर्यटक पनि राष्ट्र भनेको यस्तो रहेछ भनेर मनमा राखेर देशको परिचय पाएर निस्कन सकोस् ।
यसलाई चाहिने खर्च वीरेन्द्र वंशकै सम्पत्तिको ट्रस्टको केही अंशबाटै जति पनि पुग्नेछ । यसमा गरिने लगानी त्यसै खेर जाने छैन । यसबाट हुने आयआर्जनले यसमा भएको लगानी पहिलो १० वर्षभत्रै उठिसक्नेछ । यसबाहेक संग्रहालय न पर्यटकको अनिवार्य गन्तव्यस्थल बन्नगई विदेशी तथा स्वदेशी पनि बौद्धिक र भौतिक रूपले भरपुर लाभान्वित बन्ने छन् ।

Jun 28, 2008

नयाँ लेखकको जन्म - घोषणापत्र

हाङयुग अज्ञात
फान्सेली लेखक तथा चिन्तक रोलाँ बार्थ (१९१५-१९८०) ले लेखकको मृत्युको घोषणा सन् १९६७ मा गरेपछि लेखकको अस्तित्वप्रति जति संशय उठ्यो, तेत्ति नै लेखकको महत्ताले साहित्यिक समालोचना र सिद्घान्तमा स्थान पनि पायो ।
बार्थको लेखकको मृत्युमा हेगलको दर्शन कलाको मृत्यु र नित्सेको दर्शन ईश्वरको मृत्युले कहीँ न कही अनदेखा प्रभाव पारेको छ ।२ नित्सेले ईश्वरको ठाउँमा महामानव र हेगलले कलाको ठाउँमा दर्शनशास्त्र उचित देखे भने बार्थले लेखकको ठाउँमा पाठकलाई अघि सारे । अर्को कुरा लेखकको मृत्यु लेखकप्रतिको विमोह नभएर, बरू लेखकलाई विवेचनाको दायराभित्र ल्याउनु थियो र बार्थ अत्यन्तै सफल पनि भए । उनको लेखकको मृत्युलाई पाठ्यपारस्परिकताको सुन्दर उदाहरण मानेका छन् उत्तरसंरचनावादीहरूले र उनलाई भाषाका उत्तम चिन्तक पनि मानेका छन् । तेसो त उनको निबन्ध लेखकको मृत्युले धेरै भ्रान्तिहरू पनि छरेका छन्- ती भ्रान्तिहरू युरोप र अमेरिकातिर चाहिँ यो बेला प्राय निर्मूल भइसकेको छ भने पूर्वीय साहित्यमा अझ पनि धेर भ्रान्तिहरू छन् । नेपाली साहित्यमा लेखकको मृत्युका विषयमा विर्मश तथा संश्लेषणभन्दा पनि टिकाटिप्पणी धेरै भएको देखिन्छ । लेखक भइकन लेखककै मृत्यु किटान गर्ने बार्थलाई कतिले वस्त्रबिनाको बादशाह पनि भन्ने गरेका छन् ।
लेखकको मृत्युलाई नजिकबाट नियाल्नेहरू भन्दछन् लेखकले जुन पाठ तयार गर्दछ त्यो पाठकमा गएपछि पाठकले आफ्नै किसिमबाट बुझिदिन्छ । तेसो हुँदा लेखकको स्वार्थभन्दा पाठकको बुझाइमा कुनै पनि साहित्यिक पाठ निर्भर हुन्छ । लेखकको स्वार्थ या उद्देश्यको पतन भएर पाठकको आफ्नै बोधको बाहुल्यता हुने हुँदा लेखकको मृत्यु स्वाभाविक हो भन्दै बार्थलाई धाप मार्छन् एकथरि विद्वानहरू भने अर्काथरि कुर्लिन्छन् लेखकको मृत्यु स्वीकार गर्नु भनेको सामन्तवाद स्वीकार गर्नु हो । थोरै थोरै दम दुवैथरिका विद्वानहरू तर्कमा देखिन्छ । पहिलो थरिका विद्वानहरूको तर्कमा यसकारण दम छ कि बार्थले उक्त निबन्धको अन्तिममा लेखकको मृत्युको मूल्य पाठकको जन्मले पूर्ति गर्नसक्ला भन्छन् । वास्तवमा लेखकको पाठमाथिको अधिनायकत्व समाप्त पारेर पाठको बहुलता पाठकले स्थापना गर्ने निष्कर्ष विद्वानहरू निकाल्दछन् जसले गर्दा पाठको परम्परागत केन्द्रीय लेखक विकेन्दि्रत हुन्छ । यसरी परम्परागत केन्द्रीय लेखकको मृत्यु हुन्छ भने बार्थले बुर्जुवा विचारधाराको सैद्घान्तिक व्याख्या तथा विश्लेषणमा धेरै समय बिताएकोले विषेशतः अर्काथरि विद्वानहरू बुर्जुवा बार्थको विरोध गर्दा यस प्रकारको लेखकको मृत्युलाई पनि सिङ्गै विरोध गरिपठाउँछन् । तेसैले जति यी दुवैथरिका विद्वानहरू ठीक छन् तेत्ति बेठीक पनि । निश्चित दृष्टिकोणका बन्दी अथवा कुनै दस्तावेजप्रति प्रतिबद्घ हुँदा जानिजानिकन कहिलेकाहीँ राम्रो कुराको विरोध हुन्छ भने कहिलेकाहीँ नराम्रो कुराको पनि समर्थन हुन्छ । लेखकको मृत्युमाथि नेपाली बौद्घकिहरूमा उचित र नयाँ विमर्शहरू हुँनु जरूरी देखिन्छ । लेखकको मृत्युलाई हेर्ने नेपाली विचारधारा के त ? हल खोज्नुको सट्टा अन्धाधुन्धको स्वीकरण र तिरस्कारले नेपाली विचारधाराको दुर्बलता मात्रै प्रदर्शित हुन्छ । धेरै जसो प्राज्ञहरू र प्राध्यापकहरू यसप्रकारको चिन्ता र चिन्तनभन्दा क्षणिक चर्चाका विषयहरूमाथि आकषिर्त भई पेटी-उभततथ) दर्शनतिर उन्मुख भएको पाइन्छ । म यस आलेखमा बार्थको लेखकको मृत्युलाई नेपाली विचारधाराले हेर्ने जमर्को गर्दै नेपाली सामाजिकतामा यसको प्रयोजन र उपादेयताका विषयमा तथा नयाँ लेखकको जन्म बारे संक्षिप्त विमर्श गर्नेछु ।
वैश्विक साहित्य सिद्घान्तव्यवस्थामा बार्थ प्रवर्तित लेखकको मृत्युको धारणा झुक्रिसकेको छ । तथापि, यसलाई महत्वपूर्ण दस्तावेजका रूपमा साहित्यिकहरूले लिने गरेका छन् । विषेशगरिकन माक्र्स र एङ्गेल्सको कम्युनिष्ट मेनिफेस्टो ले राजनीतिक वृतमा मच्चाएको हलचलझैं द डेथ अफ दि अथर ले पनि साहित्यिक वृतमा ठूलो प्रभाव पारेको छ । वार्थले लेखकको विषयमाथि लेखेर पुरै भाषा, साहित्य तथा लेखन परम्परामा नयाँ मान्यता स्थापित गरेका छन् जसले गर्दा भाषा र साहित्यमा मात्रै होइन अन्य मानवशास्त्रहरूमा समेत मृत्यु र अन्त्य-का धारणाहरू तिब्रताका साथ आए, आइरहेका छन् । इतिहासको अन्त्य, समालोचनाको अन्त्य, सिद्घान्तको अन्त्य, ग्राम्सीको मृत्यु आदिइत्यादि अन्त्यवादी (endemic) विचार तथा सिद्घान्तहरूको बोलवाला बिसौं शताब्दीको उत्तरार्धमा प्रबल देखिन्छ । लेखकको मृत्युको घोषणा भएपछि लेखकको खोजी शुरू भयो जसरी ईश्वरको मृत्युको घोषणापछि ईश्वरको खोजी शुरू भएको थियो । बार्थको यस घोषणाको दुई वर्षपछि माइकल फोकल्टले प्रश्न गरे- आखिर लेखक के हो ? यहाँबाट लेखकका विषयमा धेरै ठूलाठूला ग्रन्थहरू प्रकाशित भइसकेका छन्, रिडर रेस्पोन्स थेओरी पनि यसपछि विकसित भएको पाइन्छ । धेरै लेखक तथा सिद्घान्तकारहरूले लेखकको मृत्युलाई जति स्वीकार गरेका छन् तेत्ति नै अस्वीकार पनि । अस्तित्ववादका पिता सात्रेको साहित्य के हो ? पुस्तकजस्तै विवादास्पद लेखकको मृत्यु निबन्ध न बार्थकै नियतमा सम्पूर्ण वरण गर्न सकिन्छ न तर्काउन सकिन्छ ।
नेपाली साहित्य जगतमा लेखकको मृत्युलाई लेखक खगेन्द्र संग्रौलाले अन्तर्वार्तामा यसरी अस्वीकार गरेका छन्- लेखकको मृत्यु भइसक्यो भन्नुको अर्थ के हो भने शब्दकर्मको, चिन्तनको जीवनमा अब कुनै पनि प्रयोजन छैन । मलाई के लाग्छ भने यो विश्वको शोसक शासकहरूको दर्शन हो । विश्वका उत्पीडितहरूको निम्ति शब्दकर्मको अर्थ छ । परिवर्तनको अर्थ छ, नयाँपनको अर्थ छ । सो लेखकको मृत्युमा मेरो विमति छ । म त जीवित छु । आकृति साहित्यिक, दुबई, बर्ष ४, अङ्क १, २०६३
अब अर्को विमति पनि हेरौं- लेखकको एकाधिकार समाप्त पार्ने निहुँमा पाठक मात्रैको एकाधिकार खोजिनु हुँदैन । सो, लेखकको मृत्यु घोषणा एउटा विडम्बना मात्र हो । यसमा मेरो विमति छ ।
श्रवण मुकारूङ, सिलौटी टाइम्स, बर्ष ३, अङ्क १, २०६४
खगेन्द्र संग्रौलाको विमति अलि देब्रे तिरको राजनीति लाग्छ । लेखकको मृत्युको सोझो भाषिक अर्थतर्फको जोडमा संग्रौला खटिएको देखिन्छ । बार्थले लेखकको मृत्युमा शब्दकर्म र चिन्तनको प्रयोजन समाप्त भएको लेखेका छैनन् - उनी लेख्छन् भाषाले विषय थाहा पाउँछ व्यक्तिलाई होइन । शोसक शासकहरूको दर्शन लेखकको मृत्यु होइन । यो उत्पीडितहरूको आवाज हो । परिवर्तन र नयाँपनको आवाज हो । बार्थले अधिनायकी लेखकको मृत्युको घोषणा गरेका छन् । अधिनायकी या निरङ्कुश लेखकलाई नेपाली विचारधाराबाट निर्मूल गर्दै नयाँ लोकतान्त्रिक लेखकको वकालत गर्नु आजको आवश्यकता हो । बार्थ लेखक विरोधी होइनन् तर पुरानो लेखकीय दादागिरीको चाहिँ विरोधी छन् आफ्नो लेखकको मृत्यु निबन्धमा । पुराना नेपाली लेखकका पुराना विचारहरूको मृत्यु नै हाम्रो सन्दर्भमा लेखकको मृत्यु हो । यसकारण उपेक्षित र उत्पीडित जातिका निम्ति कलम समातेको जिकीर गर्ने खगेन्द्र संग्रौलाको नियत भनेको अति ब्राम्हणवादी, अति हिन्दुवादी तथा अति प्रतिगामी लेखकहरूलाई बचाउनु हो- लाग्दोरहेछ/ अबको समालोचनाले लेखकको नियत या नश्ल खोतल्नुपर्छ, व्याख्याको राजनीति बुझ्नुपर्छ ।३
लेखकको मृत्युमा उनको विमति हुनुका कारण अर्को पनि हुन सक्छ । त्यो भनेको बुर्जुवा बार्थ । बार्थले बुर्जुवा विचारधारालाई पनि व्यवस्थित रेखाङ्कन गरेका कारण विश्वका धेरै कम्युनिष्टहरू उनका विरोधी छन् । तर, (माथि नै भनिए झैं) उनीहरूले बुर्जुवा बार्थको विरोध गर्दा क्रान्तिकारी बार्थको पनि विरोध गरिपठाउँछन् । यो दुर्भाग्य हो पुरानो वामपन्थी बुद्घजिविहरूको । नववामपन्थीहरू कुनै पनि कुराको राम्रोसित संश्लेषण गरिकन मात्रै बोल्छन्- लेख्छन् । उदाहरण, फेडरिक जेम्सनको लिनुहोस् कि डेभिड हार्भेको लिनुहोस् । तेसो र हिजोको माक्र्सवाद नवमाक्र्सवाद हुँदै आज साइबर-माक्र्सवादका रूपमा आइरहेको छ । नेपाली लेखकको मृत्यु भनेको वि.सं. १८३१ देखि यता राज्य र नेपाली साहित्यमा हालीमुहाली गर्ने क्षेत्रीबाहुन लेखकहरूको मृत्यु नसोचेर बार्थले भनेझैं निरङ्कुश र प्रतिगामी लेखकको मृत्यु सोच्नु पर्दछ । किनभने हामीलाई अग्रगामी, प्रगतिशील अथवा सृजनशील नयाा लेखक जन्माउनु छ जसले बहुलताको सम्मान गर्दै उत्पीडित तथा उपेक्षित जाति, वर्ग तथा लिङ्गको उत्थान र विकासमा लेखकीय प्रयत्न गर्न सकोस् । सप्पैभन्दा ठूला दार्शनिक माक्र्सले बोले- दार्शनिकहरूले जीवन र जगतको व्याख्या मात्रै गरे तर मानिसको समस्या भनेको जीवन र जगतको परिवर्तन गर्नु हो । नेपाली विचारधाराको सापेक्षमा बार्थको लेखकको मृत्यु धारणालाई तेही परिवर्तनको पक्रिया मानौं अथवा ब्राम्हणवादी र एकलवादी सोच परिसोचको मृत्यु मानौं अथवा सारा अतिवादहरूको मृत्यु मानौं ।- लेखकहरू असल विचारले जीवित हुनुपर्छ ।
लेखकको एकाधिकार समाप्त पारेर पाठकको एकाधिकार लाद्ने सवालमा पनि लेखकको मृत्यु घोषणा भएको होइन । बरू यो घोषणाले लेखक र पाठकबीचको समन्वयको खोजी गरेको छ । बार्थले लेखेका छन् लेखकको मृत्युको मूल्य पाठकको जन्मले तिर्छ । यदी यसलाई पाठकको एकाधिकार, सर्वोपरी या वर्चस्व भन्ने हो भने पनि यो लोकतन्त्रमा जनता नै सर्वेसर्वा भने झैं हो । राजनीतिको शासक नै साहित्यमा लेखक हुन्छ र साहित्यको पाठक नै राजनीतिमा जनता हुन्छ । बार्थले पाठकको जन्म मात्रै गराएका छन्, वर्गिकरण गरेका छैनन् । त्यो पाठक निरङ्कुश र एकाधिकारवादी भयो भने आफ्नो विमति हुने श्रवण मुकारूङको तर्क जायज छ । तर, पाठक निरङ्कुश र एकाधिकारवादी भइनहालेको अवस्थामा उहाँको विमति अलि अनौठो किसिमको कुटनीति लाग्छ ।४ तर, यो उहाँको अनुभव पनि हुनसक्छ किनभने इतिहासमा कहीँकहीँ नागरिक समाज या जनता निरङ्कुश भएको पनि पाइन्छ । यस्तो बेला पाठकलाई कविवर मोहन कोइरालाकै कविताहरू उपयुक्त देखिन्छ । कवि कोइरालाका अमूर्त कविताहरूमा अर्थ टाँसेर बोल्ने लेख्नेहरू हामीहरू नै हौं, अमेरिकनहरू आएका छैनन् उनलाई कविका रूपमा ग्रहण गर्न । तेसअर्थमा हामीले विचार गर्नुपर्ने कुरा भनेको हाम्रा पाठकहरूको किसिम पनि हो । धेरै किसिमका लेखक भएपछि धेरै किसिमका पाठक पनि हुन्छन् । धेरै किसिमका पाठकहरू मध्ये आदिबासीजनजाति, उत्पीडित तथा उपेक्षित पाठकहरूको किसिम पनि एउटा हो नै । यसकारण नेपाली समाजको बहुलतामा नेपाली पाठकहरूको पनि बहुलता छ । र, जहाँ बहुलता हुन्छ त्यहाँ एकाधिकार हुँदैन, एकाधिकार भइहालेको खण्डमा पनि त्यो कृतिम हुन्छ, स्थायी हुँदैन । परम्परागत लेखकको मृत्युपछि जन्मने नयाँ लेखक नेपाली समाजको यो बहुलतामा बाँच्नेछ ।
नेपाली साहित्यमा भइरहेको लेखकको मृत्युलाई भानुभक्तको शालिक तोडिनुसित पनि व्याख्या गर्नु मिल्छ । तर, बार्थको निबन्ध लेखकको मृत्युको प्रयोजन लेखकको अन्त्यसित नभएर लेखकलाई विमर्शमा ल्याई नयाँ लेखकको घोषणा गर्नु थियो । भानुभक्तको शालिक तोडिनु पनि लेखकलाई विमर्शमा ल्याउनु नै हो । खस नेपाली भाषाका आदिबासीमूलका लेखकहरू भानुभक्तलाई पुरै वर्जित गरेर जान सक्दैनन् न उनको नाममा गरिने भाषिक तथा साँस्कृतिक अतिक्रमण र अतिरञ्जन स्वीकार्न सक्छन् । भाषिक एकिकरणका नाममा अन्यको जीवनदर्शन नै ध्वस्त बनाउनु यस एकाइसौं शताब्दिमा घोर निन्दनीय कृत्य हो, मानवीय विकास र प्रगतिकै लागि बाधक प्रतिविचार हो । अङ्गे्रजी र खस नेपाली भाषामा लेख्ने तर आफ्नै मातृभाषामा लेख्न नसक्ने आदिबासीजनजाति लेखकहरूको एउटा नयाँ पुस्ता नेपाली सामाजिकतामा फैलिदैँछ । मातृभाषीहरूको तर्फबाट तर्क गर्ने हो भने यस अवस्थालाई पनि लेखककै मृत्यु धारणा ख्याप्प मिल्छ । यसको साथसाथै आदिबासीजनजाति मूलका यी लेखकहरूले जुन वैचारिक र सैद्घान्तिक आधारमा लेखनकार्यलाई अगाडि बढाउँदैछन् तेसले समग्र नेपाली साहित्यमा नयाँपन भित्रिदैछ । यो नयाँपन रूप र सार दुवैमा देखिदैछ । यसो र नेपाली साहित्यमा नयाा लेखक जन्मिसकेको छ ।
उता, बार्थको निबन्धलाई जुलिया क्रिस्टेभाले पाठ्यपारस्परिकताको सिद्घान्तका रूपमा बढी चर्चा गरेकी छन् भने धेरैको मान्यमा चाहिँ संरचनावादको महान् पाठका रूपमा लेखकको मृत्युलाई लिएका छन् । फोकल्टले लेखक के हो ? आलेखमा लेखकका विषयमा अरू निष्कर्ष थपेकाछन्- ....लेखकको विलय भएको छ । ईश्वर र मानिसको मृत्यु समानरूपमा भएको छ । लेखकको उपस्थितिभन्दा लेखकको कृत्य या कर्म पाठको प्रमुख तत्व हो ।
लेखकका बारे विमर्श हुनु नकारात्मक परिस्थिति होइन । विमर्शले नै नयाँ कुरा ल्याउँछ । लेखकको मृत्युलाई धेरैले धेरै अर्थबाट हेरेका छन् र उनीहरूले धेरै नौला सिद्घान्तहरू पनि निर्माण गरेका छन् । नेपाली साहित्य जगतमा लेखकको मृत्युको बहसले नयाँ लेखकको जन्म गराउँदै विविध सास्कृति र संस्कारका नेपाली पाठकहरूको सम्मान गर्नेछ भन्ने लाग्छ । केही समययता जातीय समालोचनामा कलम घोटिरहेका वैरागी काइँलाले लेखेका छन्- नेपाली समाज इन्द्रेणी संस्कृतिले बनेको समाज हो । इन्द्रेणीमा विविध रङ्ग भएझैं नेपाली समाजभित्र विविध जाति, भाषा, धर्म र संस्कृति छन् । बहुलतालाई स्वीकार नगर्ने प्रवृति लिएको ठालु संस्कृति नेपाली समाजमा लामो समयदेखि हावी रहेर नै आजसम्म हेर्न नरूचाइएका सामाजिक पाटाहरू धेरै छन् । यी सामाजिक पाटाहरूलाई एउटै शब्दमा विविधता भन्न सकिन्छ । नेपाली समाज र संस्कृतिको समग्रता यिनै विविधताको योगले नै रचना गर्दछन् । त्यसैले हिजोसम्म अर्थहीन ठानिएका नेपाली राष्ट्रियताको अवयवका रूपमा रहेका जातीय तत्वहरू पनि साहित्यको चासोको विषय बन्दै गइरहेको छ र साहित्यमा आफ्नो स्थानको आग्रह गरिरहेको देखिन्छ । -२०६२- कवि स्व. स्वप्नील स्मृतिको कविताकृतिको भूमिका/ रङ्गै रङ्गको भीरमा प्रतिरङ्ग साँस्कृतिक चेतबाट )
साहित्यमा नेपाली समाजको यस्तो विविधतालाई पुरै इन्कार गरेर लेख्ने लेखकहरूको मृत्यु गोविन्दराज भट्टराईकै दृष्टिकोणले हेरौं उत्तरआधुनिक ऐना-२०६२)मा- मानिसलाई लेखकको उपस्थितिमा विश्वास लाग्न छाडेको छ । साहित्यमा मात्रै होइन राज्यका विविध क्षेत्रमा उत्पीडित तथा उपेक्षित मानिसलाई हिजोको ठालु लेखकको उपस्थितिमा साँच्चै नै अविश्वास छ, घोर आपत्ति छ । नेपाली समाजमा पहिलोपटक लेखकको मृत्यु थाहा पाउने चिन्तक गोविन्दराज भट्टराईको व्याख्या तर कहीँकहीँ अमूर्त लाग्छ । जसले भ्रमहरू पनि प्रवाह गर्दछन् । तर, उत्तरआधुनिक ऐना समालोचना सिद्घान्तग्रन्थमा उनले परम्परागत लेखकको अन्त्य हुने क्रमको रेखाचित्र प्रस्तुत गरेर नयाँ लेखकको जन्मबारे जो छनक दिएका छन् त्यो भने दाद दिन लायक छ ।
लेखकको मृत्युसितै बार्थले पाठकको जन्म पनि घोषणा गरे । उनको घोषणापछि लेखकको जन्म, लेखकको पुर्नजन्म र लेखकका अवतारका सन्दर्भले साहित्यिक सिद्घान्तहरूमा बलियो उपस्थिति जनाएका छन् । सृजनशील अराजकतामा मान्यौं- कवित्व निस्सीमता अर्थात् लेखक-निराकार/ कविलेखक जातीय, सामाजिक र राजनीतिक सीमाभित्र रहेको हुने भएता पनि ऊ निश्चय नै त्यहीँ कुँजिएर बस्न सक्दैन । यसकारण ऊ जातीय, सामाजिक र राजनीतिकद्रोह गरेरै ज्ञानको अपारतामा बाँच्न चाहन्छ । हिन्दुधर्मशास्त्रलाई मात्र आधार मानेर साहित्य लेख्ने लेखकहरूको परम्परावादी मनमस्तिष्कमा विध्वंश मच्चाउँदै सृजनशील अराजकताको आन्दोलनले नेपाली साहित्यमा नयाँ विचार र चेतनाहरूको आँधि जो हुल्यो यसका प्रभावहरू नेपाली साहित्य लेखनमा प्रशस्तै देखिदैछन् । सम्भवतः नयाँ लेखकको व्यवस्थित रेखाङ्कन यहीँबाट शुरू भएको हो । आफूलाई खोज्दा अरूको अस्तित्वको पनि ख्याल गर्नु पर्छ भन्ने मन्त्रले परिचालित चेतना-अभियानमा आदिबासी इतर पनि समेटिएका छन् । मुठभेटको स्थितिभन्दा पनि सहमति र समन्वयको वातावरण नै नयाँ लेखकको तापक्रम हो ।
यसैक्रममा-अराजनीतिक ईश्वरवल्लभले रचनात्मक घोषणा गरे अवतार-अवतरण-२०६०) अर्थात् लेखक-अवतार । हिन्दुधर्मशास्त्रमा वणिर्त अवतारसिद्घान्तलाई आधार मानेर लेखकहरूको पनि अवतार हुन्छ अथवा कुनै पनि साहित्यिक पाठको अवतार हुन्छ भनिकन प्रारम्भ गरिएको यस मान्यताले तर बिचैमा दम तोड्यो । यसको एक मात्र कारण प्रागभूमिको बहुलता र विविधता मापन गरिएन । जे भएपनि पुरानो लेखकहरूको बाक्लो उपस्थितिले क्षयबोध भइरहेको चेतनामा तिक्ष्ण झट्का दिदै नयाँ लेखकको छाया-प्रतिरूपको भने झल्को पाइन्छ अवतारअवतरणमा ।
वि.सं. २०५७देखि यता नेपाली साहित्यक्षेत्रमा जति पनि साहित्यिक अभियानहरू सञ्चालित भए भइरहेका छन् , जति पनि राम्रा कविलेखकहरूको आगमन-पुनर्आगमन भए भइरहेका छन् यसको एउटै सशक्त कारण भनेको हिजोको एकाधिकारवादी परम्परागत लेखकको मृत्यु या विलय भई बहुलवादी नयाँ लेखकको जन्म हुनुले हो । चाहे बुर्जुवा लेखक होस् या प्रगतिशील, चाहे उच्चवर्गका लेखक होस् या सर्वहारा, चाहे आदर्शवादी लेखक होस् या भौतिकवादी अबका दिनमा कुनै पनि पाठशालाका लेखकहरू नेपाली सामाजिकतामा विद्यमान वैचारिक अनेकानेक र साँस्कृतिक वैविध्यलाई इन्कार गरेर अघि बढ्न सक्दैनन् । नयाँ लेखक भन्नु नै बैरागी काइँलाले भने झैं इन्दे्रणी रङ्गको लेखक हो जसले नेपाली समाजमा भएका विविधतालाई स-सम्मान लेख्छ ।
अन्तमा, लेखकका विषयमा उठेका यस्ता विचारहरूले नै यथार्थमा नेपाली साहित्यको विशालता सुम्सुम्याउन सकिन्छ । तेसैले लेखकको मृत्यु स्वीकार्नु भनेको नयाँ लेखकको जन्मलाई स्वागत गर्नु हो । अझ यतिबेला नेपालमा नयाँ लेखकको खोजी तिब्र हुँदैछ । यसो र, यथास्थितिवादी लेखकहरू वैचारिक रूपमा विचलित देखिएका छन् । पुरातन विचार र मान्यतामा लेखेर स्थापित भएका लेखकका निम्ति नयाँ थोक स्वीकार्नु साह्रो हुन्छ । तर, असल लेखकले सधैँ समय र समाजको गतिलाई आत्मसात् गर्ने हुँदा लेखकको मृत्यु धारणालाई पनि सकारात्मक रूपमा लिएर पुरानो लेखकको मलामी जान सकिन्छ । नयाँ लेखकका निम्ति धेरैधेरै विमर्शहरूको खाँचो रहेको उल्लेख गर्दै प्रचलित नेपाली साहित्यमा व्याप्त सम्पूर्ण भ्रमहरू चिरेर सृजनशील नयाँ लेखक हुर्काउने सत्कर्ममा तमाम नेपाली लेखक तथा बुद्घिजिविहरूको सहभागिता प्रथम सर्त छ ।
टिप्पणी
१. -रोलाँ बार्थले भाषा र सामाजिक जगतको सम्बन्धका बारेमा धेरै लेखे । उनले प्रारम्भिक निबन्धहरूमा लेखे- लेखनको कुनै पनि रूप या शैली लेखकको स्वतन्त्र अभिव्यक्तिको विषय होइन । लेखन सधैँ सामाजिक र विचारवैज्ञानिक मूल्यहरूले सु-सज्जित हुन्छ र भाषा कहिले पनि दोषरहीत हुँदैन । उनले संरचनावादको विकासमा धेरै योगदान दिएका छन् । उनले सङ्केतविज्ञान-कझष्ययिनथ) लाई पनि बौद्घकि जीवनको अभिन्न अवयव बनाए । उनका महत्वपूर्ण कृतिहरूमा मिथोलोजिज्, इलिमेन्ट्स् अफ सिमियोलजी, एस्/जेड आदि हुन् । उनको निबन्ध लेखकको मृत्यु इमेज, टेक्स र म्युजिक नामक कृतिमा समेटिएको पाइन्छ । रोलाँ बार्थको आधारभूत लेखकीय व्यक्तित्व थाहा पाउनका निम्ति डेभिड मेक्येको क्रिटिकल थेओरी र लेखकको मृत्युका बारेमा सामान्य धारणा निमार्ण गर्न एन्ड्रयू बेनेटको दी अथर हेर्न सक्नु हुनेछ ।-
२. -सन् १८२८मा हेगल-१७७०-१८३१)ले आफ्नो एक प्रवचनमा कलाको मृत्यु भएको जिकीर गरे । उनले आधुनिक मानिसलाई नाटक, उपन्यास र कविता होइन व्याख्या र कारण आवश्यक छ र यसको पूर्ति दर्शनशास्त्रले मात्रै पूरा गर्छ तेसकारण कलाको मृत्यु भयो भनेका छन् । कलाको ठाउँ दर्शनशास्त्रले लिने आशावादी धारणाको कारण उनले कलाको मृत्यु या अन्त्य देखे, कलाका सवालमा उनी निराशावादी छन् । फेडरिक नित्से-१८४४-१९००) नास्तिक थिएनन् तर उनले ईश्वरको मृत्युको घोषणा गरे । क्रिश्चियनिटीको पतनको चिन्ताबाट प्रतिपादित विचारलाई ईश्वरको मृत्युमा घिसारेर परोक्ष ईश्वरकै वकालत गरेका छन् उनले । उनले परम्परागत ईश्वरको विश्वास र धारणामाथि प्रहार गर्दै नयाँ ईश्वरको मान्यता स्थापित गरेका छन् र त्यो नयाँ ईश्वर भनेको महामानव अथवा सुपरम्यान लेखेका छन्- अतिमानव अथवा ओभरहृयुमन कहेका छन् । बौद्घदर्शनबाट प्रभावित सोफेनआवर-१७८८-१८६०)द्वारा प्रवर्तित जगत ईच्छा र प्रतिनिधित्वका रूपमा भन्ने दर्शनबाट प्रभावित नित्सेले तर सोफेनआवरको निराशावादी दर्शन अन्तमा इन्कार गरे । हेगलले कलाको मृत्यु र नित्सेले ईश्वरको मृत्यु घोषणा गर्नुका पछिल्तिर नयाँ विचारको उदय र स्थापनातिर बल दिनु देखिन्छ ।-
३. -खगेन्द्र संग्रौला नेपालका चिरपरिचित प्रगतिशील विचारधाराका माक्र्सवादी लेखक हुन् । आफ्नो उट्पट्याङ शैलीका कारण बेला बेला विवादमा पनि मुछिदै आउनु भएको उहाँ आफ्नो लेखनलाई जातीय मुक्तिका लागि होइन वर्गिय मुक्तिका लागि प्रयोग गर्नुहुन्छ । तर, नेपालका आदिवासी जनजातिप्रति सहानुभूति र लगाव भएको बताउनुहुने संग्रौलाज्यूले गोर्खाभर्तिमा जनजाति युवाहरूलाई भर्ति गरी विदेश लैजानुको उद्देश्य बारे यसप्रकार आफ्नो विचार प्रचार गर्नुभएको छ पालाम मासिकको बर्ष ३ अङ्क १ को अन्तर्वार्तामा -स्वभावतः सोझो र चारित्रिक रूपमा बहादुर हुनु । किनभने तागाधारीहरू सूचना र ज्ञानसम्म पहुँच पुगेका हुनाले चतुर र बाठा थिए । तिनीहरूमाथि भर पर्न सकिदैन । मङ्गोल समुदाय एकदमै मिलेको लाटो, सोझो, सुरवीर अथवा आँधो भनिएर लगिएका हुन् । हकको दाबी नगर्ने, मालिकप्रति बफादार र परिआएको बेलामा ज्यानै दिने । मङ्गोलहरूको बफादारीमा कुनै शङ्का नभएको हुनाले त्यस आधारमा नै त्यो जातिलाई रोजिएको हो ।
पृथ्वीनारायण शाहले तथाकथित एकिकरणका नाममा मगर, गुरूङ, नेवार, राई, लिम्बू लगायत अन्य विविध जातिका राज्यहरूलाई अनेक षडयन्त्र गरी हडपेपछि विद्रोहको सम्भावनालाई ध्यानमा राखेर विजित राज्यका जातिलाई केही न केही विषेश व्यवस्था गरिदिए । उनले लिम्बुवानलाई युद्घ र जालझेल दुवैबाट हराउन नसकेपछि लिम्बू शासकहरूसित भने सम्झौता र सहमति बनाए । यो सम्झौता र सहमति अनुसार दक्षिणको कम्पनी सरकार-बेलायत) सित खतरा हुनसक्ने तर्क गर्दै (युनाइटेड स्टेटस् अफ) नेपालमा लिम्बुवान समावेश हुनुपर्ने र यसो गर्दा लिम्बुवानको शासनव्यवस्था उनले नलिने स्वयम् लिम्बूहरूलाई नै दिने निर्णय गरिएको थियो । गोर्खा राज्य र लिम्बुवान राज्यबीच भएको यो सम्झौता र सहमतिलाई प्राप्त ऐतिहासिक दस्तावेजहरूका अनुसार किपट-प्रथाका रूपमा व्याख्या विश्लेषण गर्ने गरिएको पाइन्छ । तर, पछि बिस्तारै राज्यसञ्चालनमा लिम्बुवानको स्वायत्ततालाई केन्द्रले अस्वीकार गर्दै लग्यो र अन्ततः महेन्द्रले भूमिसुधारका नाममा किपटव्यवस्था या स्वशासनको नामोनिशान मेटाइदिए । प्राय धेरै इतिहासकार र राजनीतिशास्त्रीहरूले किपटव्यवस्थालाई सामन्तवादका रूपमा व्याख्या गर्ने गरेका छन् तर यो गलत हो । लिम्बुवानको अस्तित्वलाई राम्रोसित अध्ययन गर्ने हो भने किपटव्यवस्था अन्तर्गत कुनै पनि लिम्बूहरू भूमिहीन थिएनन् । सबै लिम्बूहरू आ-आफ्नो सुतिखेती गरिखान्थे आफ्नो जमिनमा । हो, कसैको खेतमा धेरै अन्न फल्थ्यो होला या कसैले खेती नगरेर सिक्किमसित व्यापार गरे होलान् । अतः लिम्बूवानमा सामन्तवाद घुसाइएको र हुर्काइएको भने राणा शासनको पालामा हो । तेसकारण किपटव्यवस्थासित सामन्तवादको कुनै सरोकार थिएन ।
तथाकथित एकिकृत नेपाल राज्यका शासकहरूले लिम्बुवानलाई मात्रै होइन पृथिनारायणको प्रस्ताव -युनाइटेड स्टेटस् अफ) नेपालमा सहभागी अन्य राज्यहरूलाई पनि धोका दिदैं लगे र ती राज्यहरूको अस्तित्वलाई जरैबाट समाप्त पार्ने नीति अपनाए भने विद्रोहको सम्भावनालाई पनि सधैं आत्मसात गरे । गोर्खाभर्तिमा आदिबासीजनजाति विषेशगरिकन मगर, गुरूङ, सुनुवार, शेर्पा, राई, लिम्बू आदिलाई भर्ति गरी विदेश पठाउनु भनेको यी जाति आँधो, मूर्ख, लाटो या हक दाबी नगर्ने भएर होइन । विद्रोह गरेर फेरि आफ्नो राज्य फिर्ता नलगुन्, आफूहरू सधैँ नेपाल राज्यमा हाबी हुन सकौं भनेर शक्ति र सत्ता मुट्ठीमा लिएका शासकहरूले यथार्थमा आदिबासीजनजातिका विषेश जातिहरूलाई भर्ति गरी विदेश पठाएका हुन् । जनजातिहरूलाई राजनीतिक रूपले पछि पार्नक तथाकथित सूचना र ज्ञानका हकदार आफैले आफैलाई चतुर र बाठा ठान्ने तागाधारी जातिले जुन मनोवैज्ञानिक युद्घ लामो समयदेखि गर्दै आएको छ अब उप्रान्त यसलाई नचिरी हुन्न । यी एक देश, एक भेष, एक भुसा, एक भाषा, एक धर्म, एक सास्कृति र एक जातिका सिद्घान्तकार र प्रयोगमार्गीहरूले सधैँ आफूलाई सक्षम शासकीय जातिका रूपमा प्रस्तुत गर्दै अन्य देश-लिम्बुवान, खम्बुवान, कोइचवान..आदि राज्यहरू), अन्य भेष, अन्य भुसा, अन्य भाषा, अन्य धर्म, अन्य सास्कृति र अन्य जातिहरूलाई असक्षम र शासित जाति- या दास)का रूपमा व्याख्या गर्दै आए, अझै पनि तीहरूले यस माटोका असली हकदारहरूलाई लघुताबोध उत्पन्न गराउने अभिव्यक्तिहरू दिन्छन् । यो बुझ्नुपर्दछ । कुनै पनि जातिको विकास तब हुन्छ जब उसमा जातीय अहम्को विकास हुन्छ । तेसकारण नेपालका शासकवर्गले यहाँका रैथाने, उत्पीडित र उपेक्षित जातिको जातीय अहम्लाई दबाउन अनेक प्रपञ्च रच्दछन् । आदिबासीहरू लाटोसोझो, आँदोमूर्ख, घामट हुन्छन् भन्नु तेही प्रपञ्च अन्तर्गत पर्दछ । वास्तवमा आदिबासीजनजातिहरू पनि उत्तिकै बाठा, उत्तिकै ज्ञानी, उत्तिकै सक्षम छन्, उत्तिकै सभ्य र उत्तिकै सुसंस्कृत जाति हुन् ।
तथाकथित शासकवर्ग वेदका सापेक्षमा विद्वान या टाठाबाठा होलान् तर मुन्धुम्को सापेक्षमा आँदोमूर्ख, घामट र लाटोसोझो हुन्छन् । कुनै पनि जातिलाई मानवीय संज्ञानका आधारमा व्याख्या गर्दा त्यो जातिको भाषा, शास्त्र, संस्कृति र सभ्यता निरपेक्ष हुँदैन । तेसकारण आदिबासीजनजातिको बौद्घकि स्तर कति विकसित छ भनेर जाँच्दा वेद या हिन्दुशास्त्रको मापनयन्त्रले सही तथ्याङ्क दिदैँन जसरी यौटा हिन्दुधर्मावलम्बीलाई किरातशास्त्र अनुरूप उसको चेतनाको तह मापन गर्न सकिदैन । नेपालमा शासकवर्गले आदिबासीजनजातिहरूलाई लाटोसोझो भन्नुको पछाडि उनीहरूको चेतना निर्धारण गर्ने संयन्त्र हिन्दुशास्त्र भएकोले हो । यदी आदिबासीजनजातिहरूलाई आदिबासीजनजातिहरूकै भाषा, शास्त्र, संस्कृति र सभ्यता अनुसार जाँच्ने हो भने नेपालका आर्यहरूझैं उनीहरू पनि सक्षम, बौद्घकि र संवेदनशील छन् । खग्रेन्द्र संग्रौलाज्यूलाई म यौटा प्रश्न गर्न चाहन्छु- के तपाइँलाई धान नाच्न आउँछ ? पक्कै आउँदैन किनभने हिन्दुशास्त्रमा धान किन कसरी कहाँ कहिले नाचिन्छ भनेर लेखिएको छैन । तेसकारण धानै नाच्न नआउनेलाई लिम्बूशास्त्र सापेक्षमा बाठो या विद्वान भन्न सकिदैन । हरेक जातिको विद्वत्तता र मूर्ख्र्याइँ तेसकारण तेही जातिकै पाठशालाले मात्रै निर्धारण गर्न सक्दछ । हरेक किरातीहरूको वैचारिक प्रणालीमा डा. स्वामी प्रपन्नाचार्य हेर्न खोज्नु तर्कसंगत हुणदैन । आजसम्म आदिबासीजनजातिहरूलाई हिन्दुधर्मदर्शनले मार्त्रै जोख्न खोजिएकोले राज्यको तीनै संयन्त्रमा उनीहरूको उपस्थिति समानुपातिक र समावेशी देखिदैन ।-
४. -कवि श्रवण मुकारूङ एकल कविता वाचनका निम्ति हङकङ आउनु भएको बेला बिसे नगर्चीको बयान कविताले कविको मृत्यु गराएको उल्लेख गरेको थिएँ । उहाँले निधार निचरेर सोध्नुभयो- कसरी ? मैले प्रष्ट पार्ने प्रयत्न गरें- लोकतन्त्रका निम्ति दर्जनौं कविहरू सडकमा ओर्ले । प्रहरीसित लाप्पा खेले । प्रहरी भ्यानमा आँटी नआँटी घुसेर लोकतन्त्रको नारा घन्काए । तर कविको आवाज कसैले सुनेन । जब बिसे नगर्चीको बयान कविता प्रकाशित भयो तब लाखौं जनता साँच्चै जुर्मुराए र लोकतन्त्र ल्याइछाडे । ४६ सालको प्रजातन्त्र कविहरूले ल्याए होलान् तर ६३ सालको लोकतन्त्र बिसे नगर्ची कविताले ल्याएको हो । तेसकारण कवि शक्तिको मृत्यु भएछ र कविता शक्तिको जन्म भएछ । यो सुनेर कवि श्रवण मुकारूङ डि माइनरमा हाँस्नु भएको थियो ।

सन्दर्भसूचि

गड इज डेड- फेडरिक नित्से
डेथ अफ् आर्ट- हेगल
ट्रेजेडी एन्ड भ्यालु अफ् आर्ट- सोफेनआवर
द डेथ अफ् दी अथर- रोलाँ बार्थ
वाट् इज एन् अथर ?- माइकल फोकल्ट
दी अथर- एन्ड्रयू बेनेट
गड एन्ड द स्टेट- मिखाइल बाकुनिन
साहित्यको अपहरण..- इन्द्रबहादुर राई
समानान्तर नेपाली साहित्य- वैरागी काइँला
कवितामा नस्लबोध र करङको हिरासत- वैरागी काइँला
उत्तरआधुनिक ऐना- गोविन्दराज भट्टराई
लेखकको मृत्यु स्वीकार्नु भनेको शोसकसामन्तहरूको विचार स्वीकार्नु हो- खगे्रन्द्र संग्रौला
अग्रज कविहरूसागको विमति यहीँनेर छ- श्रवण मुकारूङ
राजनीति र नयाँ नेपाली साहित्यको सवाल- हाङयुग अज्ञात
सृजनशील अराजकताको आन्दोलन-२०५७)- हाङयुग अज्ञात, राजन मुकारूङ, उपेन्द्र सुब्बा
सृजनशील उत्तरवर्ती पान्थर- पुष्प सुब्बा, भवानी तावा, राज माङ्लाक, समीर आदि
विषेश रङवाद सातदोबाटो- धमेन्द्र नेम्बाङ, स्वप्नील स्मृति, समदर्शी काइँला, चन्द्रवीर तुम्बापो
मुक्त लेखन दमक- सुन्दर कुरूप, प्रकाश आङदेम्बे, टङ्क आचार्य
जिन्दगीको पहाड र अस्तित्वको राँकुदेले- नरेश सुनुवार
पालामको मूच्र्छना- प्रकाश थाम्सुहाङ

नयाँ लेखकको जन्म - घोषणापत्र कवि हाङयुग अज्ञातले नेपाली साहित्य प्रतिष्ठान हंगकंगको आठौं वार्षिकोत्सवमा वाचन गरि प्रस्तुत गर्नु भएको हो ।

Jun 21, 2008

भारत पश्चिम वंगालमा गोर्खा जनमुक्ति मोर्चाको विद्रोह

मोती चाम्लिड. हंगकंग
गोर्खाल्याण्ड राज्यको यथोचित माग राखेर दशकौं अघि नेपाली मूलका भारत पश्चिम वंगाल अर्न्तर्गत पहाडि जिल्ला दार्जिलिड., कालिम्पोड. खर्साङ ,लगायत तर्राई फांट नक्सलवाढी, सिलिगुढि र मिरिकका भारतीय जनताहरु आन्दोलित वनेका थिए । विगतको त्यो आन्दोलनमा झडप हुंदा संयौंका संख्यामा वंगाली भाषी भारतीय र नेपाली भाषि भारतीय नागरिकहरुले ज्यान गुमाउनु परेको थियो । आन्दोलनको प्रमुख लक्ष्य पश्चिम वंगाल राज्य सरकारवाट छुटिएर अलग्गै समानान्तर गोर्खा राज्य प्रदेशको स्थापना गर्ने उद्धेश्य राखिएको थियो । गोर्खाल्याण्ड आन्दोलनका सुत्रधार सुवास घिसिंग, सिके प्रधान र छत्र सुव्वा जस्ता होनहार नेपाली मूलका पहाडिहरुले जनउभारलाई नेतृत्व गरेका थिए । महिनौ महिनासम्म पश्चिम वंगाल सरकारको एकाधिकारवादी हुकुमलाई अवज्ञा गर्दै अघि वढेको नेपाली भाषि भारतीय नागरिकहरुको गोर्खाल्याण्ड आन्दोलनले निर्णयक उपलव्धी हासिल गर्नु भन्दा पहिल्यै आन्दोलनका प्रमुख नेता सुवास घिसिंग पश्चिम वंगाल सरकारका मुख्य मन्त्री ज्योति वसुको वशमा परिहाले । व्यक्तिगत लालच र क्षणिक प्रलोभनमा सुवास घिसिंगले पश्चिम वंगाल सरकारको इशारामा केन्द्र सरकार नयां दिल्ली पुगेर सम्झौता गरे । उत्तेजक तथा अति कामुक निलोचोली उपन्यासका यौनवादी लेखक समेत रहेका घिसिंगले दिल्ली पुगेर गोर्खाल्याण्डलाई गोर्खा पार्वत्य परिषद ( गोर्खा हिल काउन्सिल) को नाममा खुम्च्याएर दार्जिलिंग आइपुगे । दिल्लीवाट र्फकदा सो परिषदको सभापति पदमा आफैलाई दिल्ली सरकारले नियुक्ति गरेको उपहार लिएर फर्के । पश्चिम वंगालको योजना मुताविक दार्जिलिंग र वरपर नेपाली मूलका वासिन्दा अधिनस्थ क्षेत्रलाई मिलाएर स्वायत्ततातर्फ उन्मुख दार्जिलिंग जिल्ला ( गोर्खा हिल काउन्सिल ) भनिएपनि राज्य सरकार पश्चिम वंगालको मातहतमा रहेर जिल्ला प्रशासकसम्मको अधिकार घिसिंगमा थमौती गरिएको थियो । सांच्चिकैमा भननुपर्दा यो सम्झौता सरासर आन्दोलनको मर्मविपरित नै थियो । अस्तव्यस्त गोर्खाल्यण्डमा घिसिंगको एकल निर्णयले हालीमुहाली मच्चाउन थाल्यो । आन्दोलन मच्चाएर आफू परिषदको सभापति वनेपछि सवैलाई थच्चाए । समय वित्दै जांदा जंगलका राजा सिंहले एउटै जंगलमा अर्को सिंहको रंगरुप देखि सहने कुरै आएन । छत्र सुव्वा, सिके प्रधानहरु दुर्घटना र अप्रत्यासित एन्काउन्टरमा मारिएको समाचारहरु पढन पाइयो । जसको यथार्थ पुष्टि भएका अन्य खवरहरु कतै पढन पाइएन ।
सुन्नमा आएको मात्र होइन कि यथार्थमा घिसिंग गोर्खा हिल काउन्सिलका ठेकेदार भएपछि उसको लालावालाहरुलाई देहरादुनको उच्च वर्गले मात्र पढन पाउने अति सुविधा सम्पन्न विधालयमा सथानान्तर गराए । केन्द्र सरकार दिल्लीको वाक्लो जुसमा डुवेपछि उसले दार्जिंलिंगको तातो चियालाई उपेक्षा गरे । दार्जिलिंग मात्र नभएर खर्साङ, डुवर्स क्षेत्र, कालिम्पोंग, मिरिक र तर्राई फांट नक्सल, सिलिगुढिका नेपाली भाषि जनताहरुले लिएको आस्था र भरोषाको खेतीमा पानी हुलेर चर्लुम्म डुवाए । गोर्खाल्याण्ड आन्दोलनको उपलव्धी भनेको गोर्खा पार्वत्य परिषदको स्थापना भनी परिभाषित हुने कुरै होइन तर पनि सुवास घिसिंगले व्यक्तिगत स्वार्थमा डुवेर अति चलाखिपूर्ण यहिं परिभाषालाई चरितार्थ गरे । जुन परिघटना अधिकांश नेपाली भाषी पश्चिम बंगालवासि भारतीय नागरिकहरुलाई सहृय भएन । घिसिंगको कार्यालय दिल्लीमा तर कार्यक्षेत्र दार्जिलिंगमा थियो । दिल्लीवाट दार्जिलिंग आउंदा राजषि छांटकांटमा सवारी हुने गर्दथे । वाटामा उपाशकहरुको तांतीं, फूलमाला नानाभांती, कलकत्तादेखि दार्जिलिंगसम्म आंउदाको सानसज्जा एकताका नेपालका भुपू राजा ज्ञानेन्द्रको स्वदेश भ्रमण जत्तिकै तामझामले भरिभराउ हुने गर्दथ्यौ । सुरक्षा दस्ताको गोलाभित्र उभेर भाषण गर्दा दार्जिलिंगका नेपाली भाषी दाजुभाई दीदि वहिनीहरुलाई आकाशवाट फूरौला वर्साउँने आश्वासानको सपना वांडने गर्दथे । तर त्यो झूटको खेती सन् २००८ को विगत तीन महिनासम्मको लागी मात्र टिक्यो । र्सवत्र सुवास घिसिंग गोर्खाल्याण्डमा वहिस्कृत भए । नेपालका भूपू राजा ज्ञानेन्द्र जस्तै सधैको लागी वर्साई हिडेर जानु पर्ने भएपछि घिसिंग उठिवास लागे जसरी तत्कालीन महाराज ज्ञानेन्द्रले नारानहिटिवाट वर्साई हिडनु पर्यो । जेवी टुहुरेको लयमा हामी कुनैदिन गीत गाउने गर्दथ्यौं कि,
वर्साई हिडनेको तातीले
वस्नेको मन रुवाउंदछ
लाखौंको लागी उजाड छ यो देश
मुठिभरीलाई र्स्वर्ग छ ।
तर यो गीत आजको संसारमा, नेपाल र दार्जिलिंगको सर्न्दर्भमा भन्नुपर्दा पहिले दीनहिन र गरीवहरुले गाए तर पछिल्लो पटक राजा महाराजा र उपल्लो दर्जाका शासकहरुले गाइरहेका छन् । यो गीत समयको हेराफेरिमा चौघेरालाई सुचित गर्ने आलोपालोको प्रतिकात्मक पहाड भएर उभिए झैं लाग्दछ ।
भारत पश्चिम वंगालका नेपाली भाषीहरुले सुवास घिसिंग र उसको कुत्सित चतुरयाइको मात्र उन्मूलनले आफनो अधिकार सुरक्षित नरहेको राम्रैसंग थाहा पाएपछि उसलाई प्रयोग गर्ने शक्ति केन्द्रहरुलाई वहिस्कार मात्र गरेका छैनन् चुनौती समेत दिएर भारत केन्द्र सरकारसम्म आफनो आन्दोलनको औचित्यलाई पुष्टि गर्ने संघर्ष छेडेका छन् । यो संघर्षले गोर्खाल्याण्डको मागलाई उत्कर्षा पुरयाएर भारतीय गोर्खालीहरु विजयको सफलता नजिक पुगेका छन् । पश्चिम वंगाल सरकारका मुख्य मन्त्री वुद्धदेव भट्टाचार्यको लहलहैमा केन्द्रका गृह मन्त्री प्रणव मुखर्जीको पश्चिम वंगालवाट छुटाएर गोर्खाल्याण्ड दिन नसक्ने अभिव्यक्तिले त झन आन्दोलनको आगोमा घिउ थप्ने काम गरेको छ । भारत जस्तो स्वतन्त्र गणतान्त्रीक मुलुकको वर्तमान सरकारमा वस्ने केन्द्रिय मन्त्रीले यस्तो जनहित विपरित वक्तव्य दिनुले भारतको प्रजातन्त्रमाथि ठाडो उपहास गरेको छ । विहार प्रदेशवाट छुटाएर झारखण्ड प्रदेश वनाउन मिल्ने, सिक्किम निलेर एउटा प्रदेश वनाउन मिल्ने तर लाखौं नेपाली भाषीहरुको निम्ति स्वतन्त्र न्यायपालिकाको स्वाधिन व्यवस्थापनमा चुस्तता ल्याउने प्रगतिशील मागलाई के कारणले असान्दर्भिक ठान्ने - पश्चिम वंगालवाट छुटेर गोर्खाल्याण्ड मात्र हुने हो, गोर्खाल्याण्ड वन्दा पाकिस्तान या नेपालको हिस्सा त पक्कै वन्दैन । गोर्खाल्याण्ड पनि आखिर केन्द्र सरकार भारतकै राष्ट्रिय नितिमा रहने हो । गोर्खाल्याण्ड छुट्टै दिन मिल्दैन भन्नुको यथार्थ नेपाली मूलका भारतीय जनताहरुमाथि थोपरिएको अपहेलना र पक्षपाती नितिको द्योतक सिवाय केहि हुन सक्तैन । भारत केन्द्र सरकारको यस्तो असन्तुलित र हेपाहा अनि पक्षपाती नितिको भण्डाफोर गर्न विश्व मानव समुदायको वीचमा वर्तमानको विद्यमान गोर्खा जनमुक्ति मोर्चाको आवाजलाई प्रत्येक नेपालीले संसारभर पहल गर्न आवश्यक छ । तर्सथ हामीले पनि यो आन्दोनलमा ऐक्यवद्धता जनाउन सक्नु पर्दछ । हंगकंगका नेपाली संघ संस्थाहरुले पनि यो आन्दोलनलाई नैतिक र्समर्थन गर्नु पर्दछ । नेपाली भाषिहरु संसारका जुनसुकै कुनामा वांचेपनि सवैको शरिरमा एउटै रगत वगीरहेको हुन्छ, सवैको दिलमा सगरमाथा हासिरहेकै हुन्छ । भारतको थिचोमिचो र सदियौं प्रशासकिय अन्यायमा परेका गोर्खाल्याण्डका हाम्रा आप्रवासि नेपाली दाजु भाई दीदि वहिनीहरुको आन्दोलनले चरमचुलि पार गरोस भन्ने शुभकामना सहित ऐक्यवद्धताको दरिलो अभिवादन सहित लवर दलपचन वस्ती कालिम्पोड.का काका अभय कोयू र्राईलाई संघर्षको मोर्चामा जुटिरहन तलको हरफले प्रेरणा देओस् ।
नेपाली रगत नेपाली मन नेपाली ढुकढुकी
ढाका टोपी र दौरा सुरुवाल फरिया पटुकी
गोर्खाल्याण्ड पक्कै वन्दैछ अव उठ हे साथी
संघर्ष चर्काउं हिमालै उठाऔं जुटेर नथाकी
धन्यवाद
हेन्नेसि रोड वानचाई हंगकंग
१८ जून २००८

Jun 20, 2008

किन बन्न सक्दैन किरातको नाममा राष्ट्र-राज्य

आर के खम्बू
देश संघीय गणतन्त्रमा जाने लगभग निश्चित प्रायः छ । सदियौँदेखि चलिआएको एकछत्र एकल जातीय राज्यसत्ताको शाह वंशको समूल नष्ट भएको अवस्था छ । यस सङ्गीन घडीमा देशमा विद्यमान जातीय अन्तरविरोध कसरी हल गर्ने - यसको लागि आधारभूत राज्यको समावेशी पुनर्संरचना कसरी गर्ने अबको यक्ष प्रश्न यही नै हो ।
यस देशको राजनीतिक चेतनाको स्थिति अब न त १७ साल, न त ३६ साल, न त ४६ सालको अवस्थामा छ । यस बखत हरेक जातजाति, भाषा-भाषीहरु आफ्नो हकअधिकारको ग्यारेण्टी गर्न राज्यको पुनर्संरचनाबारे पनि जानिफकार छन् । जसको बावजुद विभिन्न जातीय मोर्चाहरुले संविधानसभा निर्वाचनअगाडि नै आफ्नो जातीय राज्यको लागि आन्दोलनद्वारा शासक दलहरुलाई मृत्यु पत्रमा सही गराउन सफल भएका छन् । भोलि जातीय, क्षेत्रीय र भाषिक आधारमा राज्यको पुनर्संरचना नभए फेरि उठ्ने आँधिबेहरीले शायद क-कसको अस्तित्व समाप्त पार्नेछ, त्यो अवस्था भरसक यस राष्ट्रमा नआओस् । यो मधेश आन्दोलनले प्रष्ट्याई सकेको छ ।
यसरी राष्ट्र-राज्यको निर्माणबारे विश्लेषण गरिरहँदा यहाँ बेजोड आन्दोलनको उर्वरभूमि खम्बुवान र लिम्बुवानमा उठिरहेको किरात राज्यको बारेमा प्रथमतः स्पष्ट हुनु यस राजनैतिक तरलतामा अत्यन्त जरुरी छ । भोलि यसै लिम्बुवान खम्बुवान र किरातको लफडामा एक आपसमा भिडिरहने हो भने एक अर्काको हल्ला-खल्लाले तेस्रोलाई फाइदा हुने कुरा निश्चित छ । यसकारण राज्यको पुनर्संरचना हुँदा कुन मुद्दालाई लिएर अगाडि बढ्यौँ भने सफलताको गन्तव्य हामीले चुम्न सक्छौँ, हामी स्पष्ट बन्नै पर्दछ । र्सवप्रथम हामी स्वायत्तताको माग गर्ने जातिहरुले के स्पष्ट हुन जरुरी छ भने हामीले जातीय स्वायत्तता पाउने आधार कायम गरेका छौँ कि छैनौं त - जात हुँदैमा जातीय राज्य पाउने हुँदै होइन । यसको प्रथम कसौटी मार्क्सवादी होस् वा पूँजीवादी राजनैतिक वेत्ताको विश्लेषणमा होस्, र्सवप्रथम त्यो जातिले राष्ट्र ९ल्बतष्यल० को हैसियत कायम गरेको हुनैपर्दछ । यसरी राष्ट्र ९ल्बतष्यल०को हैसियत कायम गर्न निम्न मापदण्ड पूरा भएकै हुनुपर्दछ । (१) ऐतिहासिक साझा भूगोल (राज्य भएको) (२) साझा भाषा, संस्कार, संस्कृति, लिपी (३) साझा राजनैतिक मनोविज्ञान (४) साझा आर्थिक जीवन ।
अब यसै कसौटीमा हामीले खम्बू-लिम्बू र किरातलाई घोटेर हेर्नासाथ भन्न सक्छौँ- यहाँ लिम्बुवान, खम्बुवानमात्र बन्न सक्तछ, किरात होइन, किनकि किरात प्रथमतः कुनै जाति होइन । कालान्तरमा सभ्यता वा धर्म बन्न सक्ला । किरातको नाममा कहीँ कतै भूगोल थिएन र छैन पनि । वल्लो किरात, माझ किरात र पल्लो किरात त पृथ्वीनारायण शाहको लिम्बुवान, खम्बुवान विजयपश्चात्को प्रशासनिक इकाई मात्र हो । अर्कोतर्फ किरात भन्ने जुन नाम छ, त्यो एउटा मिथकमात्र हो, जो आर्यहरुको वैदिक शास्त्रबाट आएको छ । अर्थात आयातीत शब्दमात्र हो । यसको संयोजन पनि कसरी भयो भन्नेबारे फरक मत छ । कसैले कैलाशको अपभ्रंश त कसैले चिराइतोको त कोही समुन्द्रसम्मको शासक त कोही सुँगुरको (किर) शिकार गर्ने हुनाले किरात भन्दछन् । स्पष्ट हुन्छ, एउटा भूमिपुत्रको नाम मौलिक भए तानाबाना बुन्नुपथ्र्यो र - यो किरात शब्द तामाङ, गुरुङ, मगर, खम्बू, लिम्बू लगायतलाई हियाएर दिएको उपनाममात्र हो । यसको पुष्टि इतिहास शिरोमणि बाबुराम आचार्यले किरातको अर्थ छेउ लागेर हिड्ने एक जाति भनेर गरेको शब्दार्थबाट स्पष्ट हुन्छ । त्यस बखत हिन्दू वर्णश्रमले दलित भनिएकाहरु बाटोमा भेटिए अछुत भएकाले जदौ भन्दै छेउ लाग्नु पर्दथ्यो । भन्नोस्, किरात नामले तपाईको हैसियत कहाँ पुर्‍याउँदो रहेछ - अर्कोतर्फ १८३० सम्म खम्बुवान संघीय राज्य कायम थियो भने १८३२ सम्म लिम्बुवान राज्य पनि स्वतन्त्र कायम थियो । जसलाई पृथ्वीनारायण शाहले गोर्खाराज्यमा गाभी नेपाल बनाएका हुन् । यसरी प्रथम हाम्रो साझा भूगोल भएकाले हामी खम्बुवान र लिम्बुवान राष्ट्र-राज्यको स्पष्ट हकदारी हौँ । किराती भन्नेहरुसँग यसबारे एक पित्को पनि आधार छैन । अर्कोतर्फ किरात भाषा, लिपी, संस्कार, संस्कृति कहीँ कतै रहेको छैन । जबरजस्ती जाँड-रक्सी र रगतभोग विहीन नयाँ किरात धर्मको संस्कारगत गर्न खोजिदै छ । जसले कुनै समयमा आफ्नो स्थान ग्रहण गर्न सक्छ तर लिम्बू-खम्बूको मुन्धुम संस्कारमा स्पष्ट आफ्नो भाषा, लिपी, संस्कार, संस्कृति सदियौदेखि सनातन चलिआएको छ । मुन्धुमले हिजोदेखि खम्बुवानका हरेक जीव, चराचर जगत र राक्दुङ याक्तुम्बा रहिआएको उल्लेख गर्दछ न कि किरात । किरात भन्ने शब्द जीवनदर्शन मुन्धुममा कहीँ कतै छँदै छैन । यसरी राष्ट्र-राज्य भन्ने महत्वपूर्ण आधार खै कहाँ छ किरात र किरातीभित्र - साझा राजनैतिक मनोविज्ञान अर्को महत्वपूर्ण आधार हो । हिजोदेखि खम्बुवान र लिम्बुवानमा नै साझा आस्था राखेर स्वतन्त्रताको लडाइँ लडिरहेका लिम्बू र खम्बूभित्र कसले प्रवेश गरायो यो किरात - साझा राजनैतिक मनोविज्ञानमा भाँजो हाल्ने आशय के हो ? किरात भनेर । यसले उठाएको शंकास्पद प्रश्न विशेषतः किरात र किराती भन्नेहरुतिर नै गएको छ । भोलि कुनै दिन इतिहासको कठघरामा उभिनु पर्न सक्छ किनकि पहिलो खम्बुवान प्रान्तको लडाइँ नै थियो । किरात त पछिमात्र आएको हो । पहिले खम्बुवान नै सही थियो । स्वयम् लिम्बू र खम्बूले आफूलाई छुट्टाछुट्टै राष्ट्रको रुपमा विश्लेषण गरिरहँदा किरात नामको पिञ्जडामा कैद गर्न मिल्छ र - यो त फेरि दोस्रो पृथ्वीनारायण नै हो भन्दा के फरक पर्छ र ? अर्कोतर्फ लिम्बुवानलाई छुट्याएपछि खम्बुवानलाई मात्र किरात भन्नुको कुनै तुक नै छैन, स्वयम् खारेज छ । यसरी किरात मिथकमा कुनै साझा राजनैतिक मनोविज्ञान छैन । साझा आर्थिक जीवनको बारेमा लिम्बू-खम्बूको चर्चा गरी रहन पर्दैन । यिनीहरु किसान, लाहुरे र परदेशी समान छन् । कोही शासक र शासित छैनन् । अहिलेसम्मको इतिहासमा कोही मन्त्रीसम्म भए पनि ती सब कुनै विचार संस्था वा पार्टीको भरौटेमात्र हुन् । जातिको वास्तविक प्रतिनिधि होइनन् ।
उपरोक्त विषयको उठान गरेर के स्पष्ट पार्न खोजिएको हो भने वर्तमानमा भँडार खनेर आँगन पुर्ने, नाक काटेर के जाति टाल्ने भने भै+m एलाइट ग्रुपले शहरमा सञ्चालन गरेको कथित जातीय संस्था किरात र्राई यायोक्खाले उठाएको बृहत किरात राज्य र नेकपा माओवादीको पुच्छर संगठन किराती मुक्ति मोर्चाले उठाएको किरात राज्य र पूर्वी किरात राज्य वास्तवमा राजनैतिक आधारविहीन मुद्दा हो । यो राष्ट्र-राज्य बन्ने राजनीतिक आधारसम्मत छँदै छैन, बरु यो किरात राज्य होइन, किरात प्रदेशचाहिँ बन्न सक्तछ । तर, किरात प्रदेशको निर्माण गर्दा लिम्बुवान, खम्बुवान, तामाङसालिङ, नेवाःको निषेध गर्नु पर्दछ । यी समग्र जातिलाई नै आर्यनहरुले किराती पगरी गुथाइदिएका हुन् । यसरी किरात प्रदेशभित्र फेरि यी राष्ट्र -जाति)हरुले आन्दोलन गरेर आफ्नो राष्ट्र-राज्य प्राप्त गर्नैपर्छ । अब भन्नोस्, किरात राज्यको लफडा गर्ने कि पुनः लड्न नपर्ने गरी अहिले नै राष्ट्र ९ल्बतष्यल० बनिसकेको जातिलाई राष्ट्र-राज्य बनाउन दिएर लफडा राफसाफ गर्ने -
माथिका यी तमाम् राजनैतिक आधारमा किरातको नाममा राष्ट्र-राज्य बन्न नसक्ने कुरा स्पष्ट हुन आउँछ । अर्कोतर्फ हालसम्मको राजनैतिक आन्दोलनले पनि राष्ट्र-राज्य बन्ने कुन नामलाई वैज्ञानिक आधारमा अनुमोदन गरेको छ । यो विशद विषय हो । किरात नाम माओवादी पार्टी संग जोडिएको भ्रातृ मोर्चाको चर्चा गर्न लायक छैन किनकि यो कुनै राजनैतिक पार्टी होम प्राक्टिस मात्र हो, राजनैतिक अनुमोदित होइन । राजनैतिक अनुमोदित हुन फेरि एकपल्ट ठूलो कोकोहोलो मच्चाउनुपर्ला । त्यतिखेर अन्य समकक्षी दलबाट फेल पनि हुन सक्तछ । एलाइट गु्रपको संस्था यायोक्खाले किरात राज्य भन्नु त बिर्के टोपीमा गुयलाको फूल नै हो । यसको कुनै तुक छैन । तर, लिम्बुवान-खम्बुवान लगायतको राष्ट्र-राज्य बन्ने कुरा वैज्ञानिक आधारमा आन्दोलनको रापतापले सातैवटा सत्ताधारी दलले तत्तत् हुनेछ भनेर मृत्यु-पत्रमा हस्ताक्षर नै गरेका छन् । यसमा किरात भन्नेका टाउकेहरु देव गुरुङ्ग, झलनाथ खनाल, रामचन्द्र पौडेल, गिरिजाप्रसाद कोइराला रहेका छन् । यसरी लिम्बुवान-खम्बुवानले राजनैतिक वैधता प्राप्त गरिसकेको छ । अब त्यो प्रतिबद्धता लागू नगरे पुनः मेचीदेखि महाकालीसम्म आन्दोलनको ज्वालामुखी फुट्नेछ । यसैले छिनोफानो गर्नेछ ।
हाल किरायाको उच्च पदमा बसेर खरामोलाई राजनैतिक संगठन मान्न आन्तरिक बहस गर्न तयार छौँ भन्दै अर्कोतर्फ खम्बुवानलाई ललकार्नेहरुको हरिबिजोक हेर्नुपर्ने दिन पनि टाढा नहुन सक्छ । जसरी कथित डा. सैनेविद् भनिएका ज्ञानेन्द्रको हिजोका भातेहरु आज उसको जुवामा नारिएका छन्, जसलाई सखाप पार्न हिजो दिमाग लगाउँथे ।

Jun 18, 2008

हाम्रा सुनाखरीहरु कसरी जोगाउने ?


कमल मादेन
आलोपालो नेपाल सुनाखरी धेरै फुल्ने ना चैत, बैशाख र जेष्ठ । सुख्खायाममा सुनाखरीका धेरै प्रजाति फुल्छन । घरभित्र होस वा आगन हिजोआज सुनाखरी रोप्ने चलन बृद्धिएको छ । फूलका प्रेमीहरु मनै लोभ्याउने सुनाखरी ब्रि्रीमा भेटे एउटा गमलाको ८, १० हजार रुपैयासम्ममा किन्न पछि पर्दैनन । धरान-१० का पुष्प व्यवसायी योगेन्द्र फोम्बो सुब्बाको यस्तै अनुभव छ ।
योगेन्द्रलाई मनपर्ने फूल सुनाखरी । धरान छेउछाउ जंगलबाट उनले थुप्रै प्रजातिका सुनाखरी संकलन गरीसकेका छन । कसैले योगेन दाई त्यो जंगलमा राम्रो सुनाखरी फुलेको छ, जाने होइन भने उनी कहिल्यै भन्दैनन् हुदैन । योगेन दाइको आफनै गार्डेनमा सुनाखरीका धेरै प्रजाति जुटाउने शिलशिलामा सुनाखरी प्रति मोह बसेको हो । धरान आसपासको जंगलमा कस्ता सुनाखरी पाइन्छ राम्रो हेक्का राख्ने योगेनले अझ कुन सुनाखरीको प्रजाति कहाको पुष्प प्रदर्शनीमा कसले कतिमा बेच्यो सबै थाहा पाउछन । लेखक - कमल मादेन काठमाडौमा योगेन्द्र जस्तै तर अलि भिन्न प्रकृतिले सुनाखरी पछि दौड्ने लोकेशरत्न शाक्यलाई पनि सुनाखरी प्रेमी भने फरक नपर्ने उनका सहकर्मीहरु बताउूछन । सुनाखरीमा पि।एच।डि। गरेका डा। शाक्यको बिगत नियाल्ने हो भने उनी सुनाखरीका पक्का अनुसंधानकर्ता हुन । बर्षोनी २, ३ चोटि सुनाखरी अनुसंधानमा निस्कने डा। शाक्यले भर्खरै अन्नपूर्ण क्षेत्रबाट बिश्वका लागि नया सुनाखरीको एउटा प्रजाति र एउटा भेयराइटी पत्ता लगाएका छन ।
अन्नपूर्ण क्षेत्रमा पहिलो पटक पाइएको हुनाले उनले त्यो प्रजातिको नाम पनि अन्नपूर्णसंगै जोडेका छन । अब त्यो सुनाखरी इरिया अन्नपुर्र्णोन्स् को नामले संसारभर चिनिने छ । डा. शाक्यले यसअघि पनि बिश्वका लागि नया सुनाखरी अर्थात न्यु टु साइन्स पत्ता लगाइ सकेका छन । सुनाखरीका डाक्टर शाक्यमात्र होइनन् । उनीसूगै अमृत साइन्स कलेजमा अध्यापन गराउने देबेन्द्रमान बज्रचार्य पनि सुनाखरीका डाक्टर हुन । उनको पनि २, ३ प्रजाति न्यू टु साइन्स छ । सुनाखरी अनुसंधानमा लिप्तहुने यी दुई अनुसंधानकर्ता बाहेक पोखराका आबिष्कार सुबेदी सुनाखरी खोजमा लाग्ने अर्का युवा अनुसंधानकर्ता हुन । यी तिनै जनाभन्दा पृथक ढंगले सुनाखरीमा बिशेषज्ञता हासिल गर्ने डा। केशवराज राजजभण्डारीले नेपालका सुन्दर सुनाखरीहरु नामक पुस्तक लेखेका छन । पुस्तक सुनाखरी प्रेमीहरुका निम्ति र बिशेषगरी बनस्पतिशास्त्रमा चासो राख्नेहरुका लागि अत्यन्त लाभदायक छ । उक्त पुस्तकमा १ सय १ प्रजातिका सुनाखरीको रंगिन तस्बिर सहित तिनीहरुको नालीबेली व्याख्यान गरिएको छ । नेपालमा सबैभन्दा बढि सुनाखरी पाइने क्षेत्र मोरङ्गस्थित भोगटेनी गाविसको राजारानी पोखरी हो । यो पोखरी लेटाङ्ग बजारदेखि उत्तर पश्चिमतर्फकरिव १ घण्टाको पैदलदुरीमा छ ।
पोखरी भित्र रहेका स-साना रुखमा सुनाखरीका झुण्डहरु प्रशस्त छन । नेपालमा बिरलै पाइने ७ प्रजातिका सुनाखरी सहित पोखरी र पोखरी आसपासको ४ बर्ग किलोमिटरको क्षेत्रमा ४५ प्रजातिका सुनाखरी पाइएको छ । राजारानीको सुनाखरीका कारण डा। शाक्यले अमेरीका भ्रमण गर्ने अवसर पाएको बताउछन । अमेरीकामा सम्पन्न सुनाखरी सम्बन्धि कार्यशालामा राजारानीका सुनाखरीका बारेमा तथ्याङ्क सुनेर बिश्वको धेरै सुनाखरी बिशेषज्ञहरु दङ्ग परेको डा। शाक्यको अनुभव छ । जापानीजहरुको सुनाखरी प्रति मोह अझ रमाइलो छ । डा। शाक्यले राजारानी पोखरी र त्यहा पाइने केही सुनाखरीका तस्बिर जापानिज मित्रलाई दिएका थिए । ति जापानीज मित्रले त जापानमा आयोजित सुनाखरी सम्बन्धित गोष्ठिमा राजारानीको सुनाखरी जोगाउ भनेर पोष्टर प्रदर्शन नै गरे । डा। शाक्यका अनुसार २ बर्षअघि त्यही पोष्टरका कारण एक हुल जापानिज राजारानी जान काठमाडौं आएका थिए । तर्राईबन्दका कारण उनीहरु राजारानी पुग्न सकेनन् । सुनाखरी पुष्पव्यवसायी र फूलका सौखिनहरुका लागि महत्वपूर्ण भए पनि यसको उचित संरक्षण र र्सवद्वन हुन सकेको छैन ।
राजारानी जस्ता अनेकौं ठाउबाट सुनाखरी बाहिर निर्यात हुने गरेको छ । तर राजारानीबाट भने सुनाखरी बाहिर लैजान बन्देज छ । नियममा सुनाखरी ओसारपसार गर्न नपाइने भए पनि यसको व्यवहारिकता पाइदैन । उदाहरणको लागि सुनाखरीकै पाँचऔले प्रजाति औषधिय दृष्ट्रिकोणले महत्वपूर्ण मानिन्छ । यसको जरा हातको पाँच औला जोडिएको तरुल आकृतिको हुन्छ । हिमाली क्षेत्रमा यसको काण्ड र तरुल आकृतिको जरा टाउको दुखेको, ज्वरो, खोकी, चिसो र घाउ खटिरामा औषधिको रुपमा प्रयोग गर्छन । आयुर्वेद प्रणालीमा यसको जरा तागत बढाउन, यौन शक्ति वा उक्तेजना बढाउन प्रयोग गरिन्छ । स्थानीय बजारमा यसको जरा प्रतिगोटा २० रुपैया सम्म पर्दछ । यसको तरुल आकृतिको जरा ठूलै परिमाणमा बिदेश निर्यात हुने गरेको छ । संखुवासभा टुटेदेउरालीका बासिन्दा छिरिङ्ग लामाका अनुसार ताप्लेजुङ्ग र संखुवासभाको उत्तरी भेगबाट पाचऔले असोज कार्तिक तिर हप्तामा सयौं केजी तिब्बततर्फनिकासी हुने गरेको छ । बिश्वमा पाइने सुनाखरीका करिव १७ हजार प्रजातिमध्ये नेपालमा ४ सय जति प्रजाति पाइएको छ । सुन्दर फूलफुल्ने धेरै नेपाली सुनाखरी प्राकृतिक बासस्थानबाट कमि हुदै गएको छ । हिजोआज ठूला होटल, बंगलाहरुमा सज्जाका लागि बिदेशी सुनाखरी ओइरीन थालेको छ । हाम्रा सुनाखरी कसरी बाहिर निर्यात भइरहे छ, भरपर्दो अभिलेख छैन । यस्तो स्थितिमा हामीले कसरी जोगाउने

जय गणतन्त्र नेपाल !

देबेन्द्र कार्की
लामो समयसम्मको संघर्षपछि मुलुक हिजोकै मितिदेखि संघीय लोकतान्त्रिक गणतन्त्रिक नेपाल भएको छ । ६ सय १ सभासद्द्वारा गणतन्त्र घोषणासँगै २ सय ४० वर्षो कालरात्रिरुपी शाहवंशीय राजतन्त्रको विधिवत् अन्त्य भएको छ । यही कारण पनि जेष्ठ १५ गतेलाई अन्य दिनभन्दा ऐतिहासिक र महत्वपूर्ण दिन मानिएको छ ।
इतिहासको कालखण्डमा प्रसिद्ध कवि गोपालप्रसाद रिमालले भने झै 'एक जुगमा एक दिन एक चोटी आउँछ', हो त्यही दिन थियो १५ गते । आम नागरिकले चुनेका प्रतिनिधिले खुल्ला हृदयले 'गणतन्त्र नेपाल घोषणा गर्दै सामन्ती राजतन्त्रको अवशेष निमिट्यान्न पारिनुले यो पर्वको महत्वपूर्ण अर्थ रहेको छ । गणतन्त्र घोषणासँगै २००७ सालदेखि थाती रहेको नेपाली जनताको सपना साकार भएको छ । त्यसैले सारा नेपालीले मुक्तकण्ठले गणतन्त्रको स्वागत गरेका छन । नेपाली जनताले यो पर्व जेष्ठ १७ गतेसम्म मनाए ।
गणतन्त्र ल्याउनका लागि वीर वीरङ्गनाहरुले जीवन उर्त्सग गरे । साहसी नेपालीका छोराछोरीहरुले शाही सेना र नेपाल प्रहरीको कठोर यातना भोगे र बन्दी जीवन बिताए । कतिपयको उठिबास हुन पुग्यो । कतिपय पलायन हुन बाध्य भए । गणतन्त्र नेपाल सृजना गर्न रगत पसिना बगाउँदै नेपालीहरुले अदम्य शौर्यसँगै आत्मबलिदान प्रदर्शन गरे । २० ५२ सालमा संयुक्त जनमोर्चा नेपालले पेस गरेका ४० बुँदे मागप्रति सरकारी बेवास्ता भएपछि माओवादी जनयुद्ध शुरु भयो । यसकै लागि जनयुद्धमा होमिएका साहसी १३ हजार २ सय ४६ माओवादी योद्धा अन्य देशभक्त सपूतहरुले हाँसीहाँसी कुवानी दिए । उनीहरुकै सुन्दर सपना र निष्ठालाई जीवन्त बनाउन यो खुशीयालीपूर्ण गौरवमय दिनमा नयाँ रेखा कोर्न सम्पूर्ण नेपालीजनले विजय महोत्सवलाई अङ्गीकार गरेर गाँउगाँउ र टोलटोलबाट एकजुट हुनै पर्दछ । २ सय ४० वर्षेखि जरा गाडेको राजतन्त्रलाई विधिवत इति श्री गर्नु र लामो समयदेखि सडक संघर्ष सहमति सम्झौतासँगै ठूला पर्खाल, अवरोध पार गर्दै गणतन्त्रको उदय गराउनु चानचुने कुरा पक्कै होइन । समन्ती युगको अन्त्य र नयाँ युगको सुरुवातलाई जीवनदायी सुवासयुक्त परम्परा र नयाँ संस्कृति प्रारम्भको उद्घोष भएको मान्नुपर्छ ।
कोही कसैको विदाइ गर्दा स्वभाविक रुपमा न्यास्रो र नरमाइलो लाग्छ तर राजतन्त्रको विदाइमा कसैलाई न्यास्रो र नरमाइलो लागेन । बरु सबैमा उत्साह, उमङ्ग र हर्षोल्लास जाग्यो । आदिम विचारशैली, पीडक परम्परा, विभेदकारी नीति नियम चाप्लुसी चाकडी, हैकमवादी र तनाशाही जगमा उभिएको राजतन्त्र फालिँदा नेपाली जनतालाई कुनै विस्मात् भएन । इतिहासका कालखण्डहरुमा निरंकुश राजतन्त्रको जाँतोमा घुनजस्तै निरीहता पूर्वक पिसिइनुलाई आपनो 'कर्म खोटो' भनेर जनताले भन्नुपर्ने बाध्यता थियो । 'दुख्यो' 'ऐया', 'पोल्यो' भन्दा समेत अराष्ट्रिय तत्वको लेबल झुण्ड्याएर निर्ममतापूर्वक यातना दिइन्थ्यो । राजा र तिनका भरौटेहरु, सामन्ती दलालहरुको चक्रव्यूहभित्र नेपाली जनता निस्सासिदै अपमानित, अपहेलित, पीडित भएर बाँच्न विवश थिए । समग्रमा भन्नुपर्दा अपमान, पीडा, हीनताबोध, यातना नै जनतालाई राजतन्त्रले दिएको उपहार थियो । यिनै कारणले राजतन्त्र अलोकप्रिय बन्यो । अन्ततः नेपाली जनताले उसलाई विदा गर्दै नवीन, र समृद्ध नयाँ नेपालको खाका कोर्न अग्रसर भए ।
यही खुशीयालीमा भव्य उत्सव मनाउन जनता फेरि सडकमा उत्रेका छन् । यो जनताले चुनेर नयाँ संविधान बनाउन पठाएका सभासदहरुका लागि खबरदारी पनि हो । जनचाहनाको आत्मसात गरी गरिब, दुःखी, दलित, उत्पीडित आदिवासी जनजाति समुदायको हितमा कानुन बनाउनु आजको टड्कारो आवश्यकता हो । जनताले राजनीतिक दलहरुलाई साझा सहमतिमा अगाडि बढ्न जनादेश दिएका छन् । जनचाहनालाई उच्च कदर गर्दै गणतन्त्रलाई संस्थागत गर्न अब दलहरु घुँडा टेकेर लाग्नुपर्छ । यद्यपि पुराना दलहरुमा भागबण्डा, सत्तामोह अझै समाप्त भइसकेको छैन भन्ने कुरा दलहरुको सहमतिमा ढिलाइ हुनु, २६ सभासद चयन गर्न नसक्नु र तोकिएको समयमा संविधानसभाको बैठक बस्न नसक्नुले प्रष्ट गरिसकेको छ । यस्तो प्रवृत्तिले राजनीतिक दलहरु राजतन्त्र करले फाल्न लागेको हुन् कि भन्ने आभाष हुन्छ ।
त्यसैले आम नेपाली जनता आपनो जीवन गुजाराको मेलोमेसो थाती राखेर गणतन्त्र उत्सवसँगै खबरदारीका लागि सडकमा उत्रिएका छन् । अथक संघर्ष र बलिदानीपछि जनताले जितेको दिन पक्कै पनि अविस्मरणीय हुनेछ, नेपालको इतिहासमा ।
यसै साथ हामी आशा गरौँ अबका दिनमा हामीले दासत्व स्वीकार्नु पर्दैन । स्वतन्त्र रुपले माटोमा पसिना बगाएर सुखसँगै एक छाक खान पाउ, कसैको हुकुमी निरंकुशता स्वीकार गर्न नपरोस् । जनताको छोरो राष्ट्राध्यक्ष भएर देशको सत्ता सञ्चालन गरेको देख्न पाइयोस्, यही छ अर्ढाई करोड नेपालीको चाहना । जय समृद्ध संघीय गणतन्त्र नेपाल †††

Jun 15, 2008

नेपाली उत्तरआधुनिकता, मार्क्सवाद र सृजनशील अराजकता

हाङयुग अज्ञात
समसामयिक नेपाली साहित्यमा उत्तरआधुनिकताका विषयमा खुबै विमर्श बनाउने प्रयत्न भइरहेको पाइन्छ । नेपाली साहित्यमा उत्तरआधुनिकताको धारणालाई भित्र्याउने प्रथम चिन्तक दार्जिलिङका इन्द्रबहादुर र्राई हुन् । उनले उत्तरआधुनिकतालाई उच्चआधुनिकता भनिकन नेपालीपन दिने प्रयत्न गरेका थिए । विषेशगरिकन इन्द्रबहादुर र्राई, बैरागी काइँला र इश्वरवल्लभ प्रक्षेपित आयामिक लेखन नेपाली आधुनिकताको भव्य प्राप्ति हो भने लीला लेखन उत्तरआधुनिकताको धारणा बोकेर आएको थियो । लीला लेखनलाई आयामिक लेखनकै विकसित रूप भनिकन प्रचारप्रसार पनि गरियो र विश्लेषण पनि गरियो । पछिल्लो समयमा बैरागी काइँलाले लेखेका केही कविताहरूमा उत्तरआधुनिकताका केही शिल्प र शैलीलाई समात्ने प्रयत्न गरेको पाइन्छ । उनको गङ्गा नीलो बग्छु-कवितामा पाइने संरचनागत विचलनलाई आधार मान्दा प्रथम उत्तरआधुनिक कवि बैरागी काइँला देखापर्छन् भने कठपुतलीको मन-कथामा इन्द्रबहादुर र्राईले सैद्घान्तिक आधारहरू समेत अग्रसर गराए । तर, उनीहरूले तीसको दशकमा गरेको यस्तो प्रयोगबारे कसैलाई अत्तोपत्तै भएन । भर्खर आधुनिकताले मस्तिष्क रन्थनाइरहेको बेला उत्तरआधुनिकताको माखेसाङ्लोमा नेपाली पाठकहरूलाई फसाउनु अत्याचारै हुन्थ्यो होला । तेसो र काइँला लिम्बू सँस्कृतितिर लागे, इन्द्रबहादुर र्राईले लीला लेखन भन्न थाले । लीला त पुर्वीय दर्शनशास्त्रबाटै उत्पत्ति भएको धारणा हो तेसैले कठपुतलीको मनलाई लीला भन्दा यताका पाठकहरूसित संवाद गर्न सजिलो होला भन्ठानेर उनले उत्तरआधुनिकताको नामै लिएनन् । तर हामीलाई लीला लेखन थाहा पाउन पनि दुइ दशकभन्दा धेरै समय लाग्यो । अन्ततः वि.सं. २०६३ सालमा इन्द्रबहादुर र्राईले लीला लेखनलाई उत्तरआधुनितावादकै कुनै शाखा भएको स्वीकार गरेछन् सिक्किममा ।
कठपुतलीको मनमा उनले लेखेका छन्- ...विनिर्माणवाद..बाट आधार र सकार लीलालेखनलाई प्राप्त । खेलौं बाँच्ने खेल, पात्रहरू पार्रदर्शक र सपाट छन् । उत्तरआधुनिक चिन्तक इहाब हसनले आधुनिकतावाद र उत्तरआधुनिकतावादमा पाइने फरकहरूलाई निम्नानुसार रेखाङ्कन गरेका छन् ।

आधुनिकतावाद ----------उत्तरआधुनिकतावादरूप-
संगतिपुर्ण/बन्द)---------अरूप-विसंगतिपुर्ण/खुला)
उद्देश्य ----------------- खेल
योजना-----------------संजोग
राजकता ---------------अराजकता
कला बस्तु/पुर्ण कार्य ---प्रगति/प्रदर्शन/परिघटन
उपस्थिति -------------अनुपस्थिति
केन्द्रीकरण -----------विकेन्द्रीकरण
विधा/सीमा ----------पाठ/पाठ्यपारस्परिक
जरा/गहिर्राई --------गानो/सतह
यस तालिकाबाट हिसाब गर्दा लीलालेखन नामाकरण गरिएको कठपुतलीको मन कथा-सङ्ग्रह) उत्तरआधुनिकतावादमा आधारित प्रथम नेपाली कृति देखिन आउँछ । तर, इहाब हसनले कोरेका प्रस्तुत फरकताहरू या उत्तरआधुनिकताका विषेशताहरू सारसङ्क्षेप हो । उत्तरआधुनिकतावादको कुनै संयुक्त सिद्घान्त छैन । आ-आफ्नो भूगोल, आ-आफ्नो स्वार्थ, आ-आफ्नो सुविधा, आ-आफ्नो कोणबाट यसको व्याख्या तथा प्रयोग हुँदैआएकोले उत्तरआधुनिकतावादको रूप यही नै हो भनेर किटान गर्नु हास्यास्पद हुन्छ । अमेरिकन उत्तरआधुनिकता र अप्रिकन उत्तरआधुनिकतामा भिन्नताहरू छन्, युरोपियन उत्तरआधुनिकता र एसियन उत्तरआधुनिकतामा समानता पाइँदैनन् । फ्रेन्च उत्तरआधुनिकता र जर्मन उत्तरआधुनिकतामा तेस्तै फरकता भेटिन्छ । नेपाली परिवेशको सर्न्दर्भमा भन्ने हो भने नेपाली उत्तरआधुनिकता भनेको उपेक्षित तथा उत्पीडित, शोषित तथा दमित जीवनको उत्थानका निम्ति निर्मित सप्पै नश्ल र चेतनाहरूको समन्वयले विकसित नयाँ परिस्थितिको विचारप्रणाली हो, हुनुपर्छ । उता अमेरिकन र युरोपियन उत्तरआधुनिकताका स्थितिहरू यता नेपालको स्थितिसित मिल्दैन । नेपालमा उत्तरआधुनिकतालाई इन्द्रबहादुर र्राईले नेपाली सामाजिकता अनुसार लेखे । कतिपय विद्वानहरूले चाहिँ उता युरोप अमेरिकातिरकै जस्तो उत्तरआधुनिकता सारेका छन् । जसले गर्दा भ्रान्तिहरूले व्याप्ति पाएका छन् । गाउँ नै गाउँले बनेको नेपालमा शहरी उत्तरआधुनिकताको खेती गर्दैछौं जसले गर्दा एककिसिमको विरोध खेपिरहेका छौं । उत्तरआधुनिकतालाई गाउँले अथवा दुर्गमताको सापेक्षमा पनि व्याख्या गर्न सकिन्छ । हिजोको स्थिति र आजको स्थितिमा धेरै भिन्नताहरू छन्, हुन्छन् । पहाड खिइँदैखिइँदै आइरहेको छ, गाउँले जीवन हिजोको जस्तो छैन । यौटा सय रूपियाँको खासाको रेडियोले गाउँलेहरूको सोच्ने शैली र चिन्तन व्यवस्थामा ठूलो परिवर्तन ल्याइदिएको छ । आजको गाउँ सूचना र क्रियाशीलताले गर्दा अत्यन्तै चुस्त बन्दैछ । यो स्थिति या अवस्थालाई उत्तरआधुनिकता भनौं या अरू केही, हिजोका परम्परा र परिभाषाहरू निश्चय नै भत्केका छन् ।
नेपालमा उत्तरआधुनिकताको धेरै विरोध हुनुको कारण हुबहु उता पश्चिमा उत्तरआधुनिकतावादलाई यता प्रतिस्थापन गर्न खोज्नुले नै हो । विषेशगरिकन नेपालका परम्परागत कम्युनिष्टहरू उत्तरआधुनिकतावादको प्रखर रूपमा विरोध गर्दछन् भने लिबरल र डेमोक्र्याट्सहरू अमेरिकन र युरोपियन उत्तरआधुनिकतावादको र्टाईमा झुन्डिरहेका देखिन्छन् । यिनीहरूको आ-आफ्नै राजनीतिक स्वार्थ छ । मार्क्स, एङ्गेल्स, लेनिन, माओ, ग्राम्सी आदिइत्यादि कम्युनिष्ट विचारकहरूका -तथाकथित अकाट्य विचारहरूमाथि उत्तरआधुनिकतावादका नाममा नवसाम्राज्यवादीहरूले वैचारिक आक्रमण गरेको पत्याउँछन् नेपालका कम्युनिष्टहरू । लिबरल र डेमोक्र्याट्सहरू भने उत्तरआधुनिकतावादको वैचारिक भ्रम फैलाएर उपेक्षित र उत्पीडित, शोषित तथा दमितहरूको आवाजलाई सुनेझैं अभिनय गर्दै नसुन्ने गरिरहेका छन् । विश्वमा उत्तरआधुनिकतावादका प्रवक्ता र प्रस्तावकहरूमा मार्क्सवादी लेखकदार्शनिकहरू अगाडि छन् । फ्रेडरिक जेम्सनले 'postmodernsim or the cultural logic of late capitalism 'मा र डेभिड हार्भेले ' postmodern condition 'मा मार्क्सवादले आजको अवस्थामा कसरी आफूलाई विकसित गरेको छ भन्ने कुरा लेखेका छन् । मार्क्सवादको विकसित रूपलाई उत्तरआधुनिकतावाद भनेर व्याख्या गर्दा कम्युनिष्टहरू आयामिक भएका छन् । तर, उता कट्टरवादी या परम्परावादी कम्युनिष्टहरू भन्छन् जब कम्युनिष्टहरू आयामिक हुन्छन् तब उनीहरू कम्युनिष्ट रहँदैनन् अरू केही हुन्छन् । लगभग दुइ सय वर्षअगाडि मार्क्सले साँङ्लाले बाँधेका दासहरू देखे, हातमा कोर्रा बोकेका मालिकहरू देखे र तेसै अनुरूप कम्युनिष्ट दस्तावेज तयार पारे । जहाँ उनले दासहरू या कामदार वर्गको मुक्तिका लागि सिद्घान्त बनाए । कामदार वर्गलाई मानवीय व्यवहार गरिनुपर्ने, उनीहरूको श्रमको उचित मूल्य दिनुपर्ने लगायत राज्यसत्तामा र्सवहारावर्गको पनि हिस्सा हुनुपर्ने कुराहरू उठे । आज कामदार वर्गका हातखुट्टाबाट फलामका साँङ्लाहरू फुस्किएका छन्, मालिकका हातमा छालाका कोर्राहरु छैनन् । तर, पुँजीवादको नयाँ रूपले आफ्नो शोषणको रूप पनि फेरेको छ । आफैले बनाएको थोक आफैले उपभोग गर्न नपाउने स्थिति छ । ठूलाठूला शहरमा मजदुरी गर्नेहरूको जीवनशैली हिजोकै कुनै दासकै जस्तो छ भने यस्ता शहरका 'टाइकून'हरूको जीवनशैली हिजोकै कुनै मालिकको जस्तो छ । रूप मात्रै फेरिएका छन् तर सारसङ्क्षेप उही छ । हङकङकै सर्न्दर्भमा यहाँका मानिसहरू अग्लाअग्ला घरहरूबाट हाम्फाल्दै आत्महत्या गरिरहेका छन्, दिनै कोही पागल भइरहेको छ । कारण के हो ? यहाँको स्थानिय सरकारले पनि आत्मसात् गरेको छ कि यसप्रकारका घटनाहरू आर्थिकताले सामाजिक जीवनप्रक्रियामा खडा गरेको जटिलताले घट्दछन् । हङकङमा मजदुरहरूको काम गर्ने समय अधिकतम छ । जसले गर्दा अन्य क्रियाकलापबाट वञ्चित हुनुपर्छ उसले । उसको जीवन काममा जाने र सानो चारफिटे कोठामा फर्किने बाहेक अरू खासै हुँदैन । शरीरलाई आवश्यक आराम पनि चाहिन्छ । यो कुरा यहाँको सरकार र बिजिनेस टाइकूनहरूले बुझ्नु जरूरी छ । धेरै काम गराएर धेरै नाफा कमाउन चाहन्छन् यहाँका कम्पनीहरू भने सरकार पनि धेरै कर उठाउन चाहन्छ । जब हाम्रो काम गर्ने समय १२ या १० घण्टाबाट ८ घण्टामा र्झछ तब उत्पादन घट्छ । उत्पादन घट्दा नाफा घट्छ, कर घट्छ । तेसकारण केही सिमित व्यक्तिहरूको नाफाका निम्ति हङकङका मजदुरहरू मेशिनजस्तै खटिरहेका छन् र यो खटाइबाट उचित मूल्य पनि पाइरहेका छैनन् । तीन महिना काम गरेन भने हामी सडकमै आइपुग्छौं । यहाँका वरिष्ठ नागरिकहरूले पेन्सनपछि पनि काम गरिरहेको देखिन्छ । यसलाई बाध्यता भनौं या पुँजीवादी व्यवस्थाको घिनलाग्दो अनुहार, आखिर शोषण या उत्पीडनको रूप मात्रै फेरिएको रहेछ । मार्क्सवादी विद्वानहरू यो बद्लिएको अवस्थालाई उत्तरआधुनिकतावाद भन्दछन् ।
मेरो अघिल्लो आलेख खुला समाजको पक्षमा मा उत्तरआधुनिकताले नेपालमा बुन्न खोजेको चेतनामण्डल बारे थोरै चर्चा गरिसकेको छु । फेरि पनि तेसलाई अरू व्याख्या गर्नु आवश्यक छ । उत्तरआधुनिकतालाई कसरी बुझिरहेका छौं र बुझ्नुपर्ने कसरी ? सम्भवतः प्रस्तुत विचारले सहयोग गर्ला । नेपाली उत्तरआधुनिक अभियन्ताहरू कुकुर र बिरालोलाई साहित्यका विषय बनाइरहेका छन्, मानिसलाई बोका र माउसुलीमा रूपान्तरण गरिरहेका छन् । यौटा सिङ्गो मानवजाति लोप हुने स्थितिमा छ तर नेपाली चिन्तन गैंडा लोप हुन लाग्यो भनेर रूवाबासी गर्दैछ (हेर्नु अन्तरवार्ता बैरागी काइँला) । पशुपङ्क्षी र रूखविरूवाका विषयमा लेख्नु नराम्रो होइन तर नेपालका पिछडिएका र लोप हुने स्थितिमा रहेका मानवजातिहरूलाई नै अवमूल्यन गर्ने काम गर्नु हुँदैन । तेसोर नेपाली उत्तरआधुनिकतावाद भनेको नेपालका सप्पै जातिहरूले प्रतिनिधित्व गर्ने विकास, उन्नति र प्रगतिको साझा विचारप्रणाली हो । विकसित मुलुकहरूमा निश्चय नै पशुपङ्क्षी र रूखविरूवाका हक अधिकारका बारेमा कार्यक्रमहरू हुन्छन् तर त्यहाँ मानवजातिलाई उपेक्षा गरिएको हुँदैन । उत्तरआधुनिकताका नाममा जरूर हामी पशुपङ्क्षी र रूखविरूवाका हक-अधिकारका कुराहरू पनि गरौं तर नेपालमा पिछडिएका मानवजातिहरूलाई बिर्सेर होइन, उनीहरूलाई पनि समान हक-अधिकार, अवसर र सुविधा दिएर । यौटा मानव भोकै छ भने यस्तो अवस्थामा कुकुरलाई बिस्कुट खुवाएर पशुजीवनको सम्मान गरेको गर्व नगरे हुन्छ । राज्यले यो कुरा नबुझेसम्म नेपालको उन्नति र प्रगति असम्भव छ । सृजनशील अराजकताले अघि सारेको नेपाली उत्तरआधुनिकतावादको रूपरेखामा मानवजाति पहिलो र्सत हो, पशुपङ्क्षी र रूखविरूवा दोश्रो र्सत मात्रै हो, यन्त्रहरूको अध्ययन तेस्रो र्सतमा छ । लीलालेखनले प्रक्षेपण गरेको नेपाली उत्तरआधुनिकतावादको क्यान्भासमा छुटेको कुरा यही हो । लीलाले आफूलाई सच्याएर अघि बढ्न सक्छ । निरङ्कुश व्यवस्थाले जातीय अहङ्कारलाई महत्व दिन्छ । लोकतान्त्रिक व्यवस्थाले जातीय चेतनाको विकास गर्छ र सम्मान गर्छ । र, यो जातीय चेतना या नश्लीय चेतनाबिनाको उत्तरआधुनिकतावाद नेपालको सामाजिक संरचनामा स्वीकृत हुँदैन । तेसैले उत्तरआधुनिकतावादका नेपाली संवाहकहरूलाई सुझाव दिन्छौं- जातीय चेतना/नश्लीय चेतनालाई इन्कार गरेर उत्तरआधुनिकतावादको खेलमैदानमा उत्रिनु आफैमा आत्मघाती निर्णय हो । जातीय चेतनालाई सम्मान गर ।
नेपालमा उत्तरआधुनिकतावादका सामाग्रीहरू थोरै मात्र उपलब्ध हुन्छन् । तेसमा पनि मौलिक दस्तावेजहरू त मुश्किलले मात्रै मिल्छन् । यसो हुँदा हामी दोश्रो या तेश्रोचोटि अरूद्वारा व्याख्या गरिएको उत्तरआधुनिकतावाद पढिरहेको हुने भएर पनि कतै गलत दिशातिर हिँडिरहेका हुनसक्छौं । फेरि उत्तरआधुनिकतावाद साहित्यको मात्रै होइन अन्य शास्त्रहरूको पनि चासो हो । राजनीतिशास्त्र, मानवशास्त्र, विज्ञान, कला, आर्किटेक्चर, दर्शनशास्त्र, व्यवस्थापन सबैसबैमा उत्तरआधुनिकतावादका स्थितिहरू विचार गरिएका छन् । नेपालमा यो चिन्तनले सकारात्मक प्रभाव तब मात्रै पार्ला जब हामी यसमा नेपालीपन मिलाउँछौ । र, यो नेपालीपन भनेको माथि नै भनिए झैं जातीय चेतनाले निर्माण हुने नेपालको सामाजिक विविधता, साँस्कृतिक समन्वय, अवसर र न्यायको समान वितरण, लोपोन्मुख मानवीय जातिको उत्थानप्रति प्रतिबद्घता, प्रतेक नश्लहरूको सम्मान, प्रतेक अस्तित्वहरूको मूल्य नै हो । यी विषेशताहरूले उनिएको उत्तरआधुनिकतावाद नेपाली उत्तरआधुनिकतावाद हो । उत्तरआधुनिकतावादको आयात अमेरिका र युरोपबाट नै गरिराख्नु आवश्यक छैन । केही नट र बल्टु ल्याउन सकिन्छ, केही पाटपुर्जा ल्याउन सकिन्छ तर उत्तरआधुनिकतावादको जुन मुटु र मस्तिष्क छ त्यो चाहिँ नेपाली समाजबाटै राख्नुपर्छ । सम्भवतः नेपालका विद्वान लेखक तथा प्राध्यापकहरूले व्याख्या गर्ने गरेको उत्तरआधुनिकतावाद र सृजनशील अराजकतामा हामीले व्याख्या गर्ने गरेको उत्तरआधुनिकतावादमा यही मूलभूत भिन्नता छ । इन्द्रबहादुर र्राईसित भने थोरै मिल्न खोज्छौं । किनभने कठपुतलीको मन कथाको अन्त्यमा उनले केही मुक्तिका आवाज उरालेका छन् । कुनै स्वार्थले हामीमा खाँदेको धारणाबाट मुक्ति अथवा आफ्नो स्वतन्त्र इच्छाको पक्षमा वकालत/ अर्थात् सृजनात्मक निर्णय। नेपाली साहित्यका यी महान् स्रष्टा लेख्छन्- उम्कौं कि जीवनबाट - लीलाबाट । गङ्गा नीलो बग्छुबाट । आगोका फूलहरूबाट । उभिएको कसैको चाहना नबोकी त्यो पर्वत-उभिएको कसैको थाह नबोकी-बनौं । अर्थ चिप्ला लेउ, धारणा धुजिंदा खिया, दागैदाग इतिहास-उम्कौं कि जीवन नाउँको यतिञ्जेल ओढिराखेका यी थाङ्नाभोटाबाट -

Jun 13, 2008

सामान्य रङ्गवादको आयतन : एक प्रतिबद्धता-पत्र

धर्मेन्द्रविक्रमनेम्वाङ
भीरैभीरको रङ्ग कविताकृतिको प्रकाशन २०६० सालको अन्ततिरमा 'विशेष रङ्गवादको घोषणा'ले विषय प्रवेश पाएबमोजिम प्रस्तुत आलेखन 'विशेष रङ्गवादको आयतन एक प्रतिबद्धता पत्र' शीर्षक अगाडि सारिएको छ । 'जे-जति थियो, छ, हुँदछ रङ्ग मात्तै' भन्ने रङ्गको प्रधान अस्तित्वको दलबलको भेटघाटपछि 'रङ्गको सृष्टिमा वापतको भान पनि अन्तरिम छ, भेड्तैभेड्तै अन्सारले क्रियाकलापको अल्मल् लिऔं' भन्ने नाराका साथ विशेष रङ्गवाद नेपाली जमीनको साहित्यबाट प्रसारण आरम्भ भएको व्यष्टि या आयतन हो ।
खासगरी प्राथमिक रङ्ग रातो, पहेंलो, नीलोको मिश्रण र विघटनबाट बन्ने अगणित रङ्गको विभिन्नताबाट अस्तित्व, क्रियाकलाप, व्यहोरा हुन्छ- लाई जग्गा मान्नु, प्राणीको बनोट र गुण रङ्गबाट सञ्चालित छ- को बन्दोबस्ती । बाँकी नै नभई पुरापुर पृथ्वी रङ्ग हो मान्नु । यसको विघटन, मिश्रण, प्रवृति, चरित्र, प्रक्रिया, प्रक्रम खोज्नु । यसै सिद्धान्तलाई रङ्गवाद भनिएको छ र त्यसलाई थप साझा या रङगिनमा जोड दिनु अगाडिपट्टकिो 'विशेष' काटिएर 'सामान्य'मा शंसोधन थपिएको छ ।
पूर्वतिरको एउटा दन्त्यकथा यस्तो छ । बनी गर्न टाढा जानुपर्ने, बाबु-आमाले बोली फुटिनसकेको आफ्नो छोरालाई कुकुरसँग बाँधेर राख्ने गर्दथे रे, पछि वोलि फुट्दाको बेलामा छोरोले कुकुरजस्तै भुक्यो रे ।
एउटा किरात लोककथा यस्तो छ । तिगेन्जङ्ना (महिला पात्र)को एउटा केशामी र अर्को नाम्सामी दुइ जना छोराहरू थियो । केशामी बाघ थियो भने नामशामी मान्छे । उमेर पुग्दैजाँदा बाघले मान्छे खानु खोज्नु थाले । आमाले नाना जुक्तिको साथ लुकाउदा पनि आमा माथि नै खनिनु थाल्यो । नभेटाइदिए आमालाई नै खाने जस्तो वचन गर्नु थाल्यो । यस्तै हैरानीले एकदिन आमाले देखाईदियो कि तल सिमलको रुखमा छ भनेर । केशामी सरासर आरालो लागेर सिमलको रुख चढ्नु थाल्यो । संकेतको लागि तिगेन्जङ्नाले रोपेको दुइवटा फूल मध्ये सिल्लरी फुलचाहिँ ओइलिनु थाल्यो क्रमश लामो समयसम्म । जति बाघ चड्दै गयो, डराउदै, अत्तालिन्दै गयो नाम्सामी, उति ओइलाउदै गयो सिल्लरी, आमाको सास रोकिनुगरि । नजिकमा पुगेपछि डराएको नाम्सामीले वाँड् छोड्यो । एकसेएक सिल्लरी मौलियो, अन्दङ् चाहिँ सुकेर गयो । आमा ढुक्क भयो । केशामी यहाँ पराजित भयो ।
यो वातावरण, तापक्रम र जीन, अनुवंशिकताको सम्बन्धनको कुरा हो । चीजसँग हरेकमा यसको उपस्थिति, प्रस्तुति रहन्छ । यसको समन्वय, सहअस्तित्व, विरोधाभाष छ । ढुङ्गा र माटोको आआफ्नै भर जस्तै । तापक्रमले होराइजोन्टल तानीइ राखेको छ प्रकृतिलाई यसमा । विपरीत जीन, अनुवंशिक्ता भर्टिकल पक्रिरहन्छ । तानातानको हलचल, चलमल प्रधान, कहिले कता, कता कहिले, असमानता, विपरितताको उपस्थितिको भागीमा अस्तित्व र गतिशीलता र रङ्ग त्यही छ पनि । वस्तुमा, चीजमा, थोकमा, मनमा, मस्तिस्कमा सदा यो रङ्ग अजीव छँदैछ ।
केहीप्रकारमा
-बाँध्नु या केशामी पक्षले तापक्रम, वातावरण, पर्यावरण, प्रतिरङ्गसँग सम्बन्ध राख्छ ।
-बोल्नु या नाम्सामी पक्षले जीन, अनुवंशिकता, अन्तरङ्गसँग सम्बन्ध राख्छ ।
दुइ फरक कथामा यहाँ एउटामा अनुवंशिकताको पराजय या दुर्वलता भेट खाएको छ भने अर्कोमा वातावरणको पराजय या दुर्वलता भेटिएको छ । यी पराजित, विस्थापित पक्षहरू विजयीको छवैमा अलि छेलिएर भने वसेको छ । यो सामाजिक सिक्रिको सूचना हो । एतिका साथ सामान्य रङ्गवाद यो दन्त्यकथाहरूको निगमनको साधारण आगमन प्रणालीबाट उद्गमन भएको बनावटी हो ।
नेपाली सिमानाको इतिहासले प्रदर्शन गरेको मनोविज्ञानिक भूगोलको केही विभाग यस्तो छ । आम सामाजिक व्यापारको ओरिपरि साहित्य उभिन्छ । एक आपसको पक्षगत घुलमिलको नियन्त्रण कुनैचिज बाहिर रहने कुरो छैन । उपलब्ध समयको धेरै हद नियन्त्रण राजनीतिक चहलपहलको अचेतनाले ठाडो गर्दैछ । अब शासकीय इतिहास यो माटोमा, हामी उभिन्दै गर्दाको ठाउँमा भएको प्रमुख चलखेलहरू अलिकति वर्गिकरण गर्दछु । साहित्यको विकासक्रमलाई यसले देख्नु सजिलो पर्छ । सुगौली सन्धी (डिसम्बर-२, १९१५) पछि दरबारिया बाँडफाँडको झैझगडामा फस्यो । निश्चित वंशभित्र सत्ता, शासन हत्याउनु एक सूत्रीय सोच बन्यो । शक्तिशालीले भनुँ, शक्तिमा पुगेपछि भनुँ, शक्तिमा पुग्नु भनुँ, मारकाट, र्सवस्वहरण, देशनिकाला, कारावास आदि रुपको माध्यम मात्र चल्यो । बि.सं. १९०३ को कोत हत्याकाण्ड पछि अरु वंशहरू किनारा लागे । एकै परिवारभित्रको प्रक्रिया चाहिँ उही नै थियो । बि.सं. २००७ सालको परिवर्तन संस्थागत हुन्दै गर्दाको २०१७ को घटना पछि निर्दलियको शासनको प्रथा शुरु भयो । बि.सं. २०४६ पछि धेरैवटा दलले शासन गर्ने प्रथा देखियो । धानिँदै आएका कुराहरूको लिष्ट यस्तो देखिन्छ । सूचकांकले हयाँ धकेलेको छ । छेकेको छ । सप्पै प्रकारको आन्दोलन माओवादीको सशस्त्र आन्दोलन, दलहरूको सडक आन्दोलन, जातिय, महिला, मधेशी, कर्णालीको आन्दोलन यस्तै यस्तै भत्काउनु र बनाउनुको आन्दोलनको चाङ्को बीचैबाट साहित्यमा पुनसंरचनाको लागि वि. सं. २०६० को राजनीतिक तापक्रममा हामी कुरो राख्तैछौ, मिश्रणको, बहुलताको, असमानताको, विपरीतताको, सपअस्तित्वको या रङ्गको गुण र विशेस्ताको ।
एसबीच सप्पै कालमा आजसम्म भगवानको नाममा धर्म अगाडि छ । धर्म शासक बनेको छ । समस्या र अप्ठ्यारामा आइनपुग्दै, जुध्नु नपरी इश्वरको जिम्मामा लगाइँदैछ । बेसी भाग्यले शासन गर्दैछ । व्यक्ति कसै अरुको अधिनमा छोडेर रहेको जस्तो । जसले प्रत्येक मान्छेलाई बालक नै बनाइराखेको अभियोग पत्र दर्ता छ । आफ्नो अभिभावक आफैँ बन्न नखोजेको, नसकेको, नचाहेको अभियानमा । सच्याउनुलाई यस्तो पूर्वीय दर्शनमा परिवर्तन गर्नु, विघटन गर्नु, विज्ञान थप्नु हाम्रो यात्रा रहन्छ ।
१० एसोरी जम्माजम्मी अघि भेटघाट भएको दर्शनहरू एकीकृत, केन्द्रीकृत देखिन्छ । अझ कि बढी इश्वरकृत देख्छु कि अर्कोतिर अति भौतिकवादी रुट । मानवताको पक्षमा पनि दाँदे कुदाउँदै छ । धर्मको लागि मान्छे भन्ने मन्त्रमा गोलमटोल पारेर थुपारेको छ । चलमल गर्न नसक्नेगरी पोको पारेको छ । राजनीतिक चिन्तनले मान्छेसम्म झारेर केन्द्रविन्दु बनाएर अठ्याउँछ । मान्छे भन्नु अगणित विशेषता, अपरिमित विभिन्नता, असंख्य सम्भाव्यतालाई पन्छाएर समग्रतामा पुर्याई थुपार्नु मिल्दैन भन्छु । जो पनि मान्छे अमान्छे कसै छैन । रगत सप्पैको रातो हुन्छ भन्नु सरासर समष्टितिर लाग्नु नै हुन्छ । यसबाट समष्टि, समग्र, सम्पुर्ण छोड्दै अपुर्ण, अंशसंख्या, प्रकार, किसिमको कुरो बोक्नु छौ ।
११ पश्चिम भूगोलको नक्शातिर इतिहासको चरमसीमा या दशाको कुरो उठेको छ । निर्माणको चरण पछि, आविष्कारको चरणपछि मान्छेलाई व्याख्या गर्न अब दर्शनहरूको खाल्सा, फाल्सा प्रायशः अनुपस्थित पछि औधोगिकता एवम् आधुनिकताको चरमसीमा या अन्तिम सीमाभन्दा अगाडि बढिसके पछि वर्तमान समयलाई इतिहास रोकिन पुगेको भन्ने मत छ । मानव विकासको इतिहास यहाँभन्दा अघि बढ्ने सम्भावना नरहेको भन्ने निष्कर्षविद्वानहरूको छ । यसबाट केही प्रतिशत भिन्नता, नयाँपनकोसाथ घट्ना अगाडि बढ्छ, त्यो निकै पर पुग्दा निकै नयाँ बन्छ, देखाउनुछ प्रत्येक दिन झुल्किने घाममा व्यक्तिको क्रिया र घट्ना स्वभाविक भिन्न, नयाँ, अरु रङ्ग बन्दै जान्छ ।
१२ आधुनिक विश्व प्रविधिको राज्यमा यन्त्रको उपयोग र उपभोगले दिनदिनै मान्छेलाई यन्त्रमा उल्था गर्दैछ । आविष्कारले उपलब्ध गरेको सुविधा मानवजीवन प्रति नै समर्पित छ । जसको एकोहोरोमा पेलाई छ । यो असर र प्रभावको मार्कामा जीवन परेको छ । यसबाट क्लनिङ्लाई पनि तालमेल गर्नुछ । व्यक्तिलाई मान्छेले जित्न सक्तैन । व्यक्तिले अचेतनलाई जित्न सक्तैन, चिनाउनुछ ।
१३ समाज, संस्कार, धर्म, कानुन आदिको रोकावटले छेकेको धेरै इच्छा या पक्षका थोकहरू मनको अचेतन तहमा भरिएको व्यक्तिको संरचनामा अचेतनाको भूमिका हुन्छ भन्ने मनोविज्ञानको विश्लेषणको मान्यताले यहाँ भेट खानुपर्छ । यही±यसरी±यति सम्पत्ति पक्रेको भन्ने देख्नुछ । व्यक्ति स्वचालनको कार्यकारण अचेतना मान्दै यसको हिसावकिताव गर्नुछ ।
१४ ह्याँबाट भन्नु पनि छ । एकजना सीधा मान्छे हुँदैन । मान्छे हुनको लागि जाति हुनुपर्छ । जाति हुनुको लागि व्यक्ति त हुनुपर्छ । राज्य, सत्ता, संस्था कमशल हुनुपर्छ तर प्रत्येकको ठेगानाले र्सतमा जहीँको तहीँ ठामको ठाम, मितिको मितिमा फरकता पर्छ । एकापसमा ओहोरदोहोर गराएर अनेकनताको हेरचाह गर्नुपर्छ । अपूर्णताको पक्षमा स्थितिको खण्ड-खण्ड छुट्याएर जिम्मा लिनुपर्छ । यस अघि मरिहत्ते गरेको कुनै पनि दर्शनले समानतामा, एकतामा, सम्पूर्णतामा, सम्याउनु सकेन, सक्दैन, हुँदैन पनि । अब व्यक्ति संस्था सर्वोपरि छ । आफूलाई भेट्दा, आफूले भेट्दा अरु छ नहराऔँ, नबिर्र्सौँ, नभुलौँ । फरकता हो, हुन्छ, हुनुपर्छ । अनेकता हो, हुन्छ, हुनुपर्छ । सपअस्तित्वको समन्वय गर्नुछ यो रङ्गदृष्टिकोणको चालचलनमा ।
१५ यो अव्यवस्थाको प्रवन्ध सही ढंगमा रङ्गले, रङ्ग प्रवृतिले, रङ्ग दृष्टिले गर्नु भ्याउछ भन्नु हाम्रो हिसाव छ । मानिलिउँ कोठाभित्र हुनुहुन्छ । भीत्ता देख्नु रङ्ग । कोट्याउनु रङ्ग । टुक्रयाउनु रङ्ग । घर पूरै भत्काउनु रङ्ग । यस्तो छ खेल, दृष्टिमा । रङ्गको अन्तिम छैन । जीवन छैन । शून्य पनि रङ्ग, गतिशीलता, क्रियाशीलता, अस्तित्व बराबर रङ्ग बन्छ ।
१६ रङ्गको हालिमुहालि, छ्यापछ्याप्ति रङ्गको आयोजना जगत र जिवनमा क्रिया छ । क्रियाहरू रङ्ग हुन् । क्रिया शिद्धान्तबाट क्रियाकलाप व्यवहारवाद हुँदोछ । रङ्गको क्रिया, अन्तरिम, आवधिक, क्षणिक छ । रङ्गको बिशेष्तामा, गुणमा, मिश्रणवाद, भन्नु बहुलवाद, बहुलवाद भन्नू, विपरिततावाद, विपरिततावाद भन्नू असमानतावाद, असमानतावाद भन्नु सवअस्तित्ववाद, सवअस्तित्ववाद भन्नू दोहोरो मापदण्ड आदि इत्यादि भने घुमेको छ । कारण रङग भन्नु एक भएन अनेकौं हो एक संख्या होइन, असंख्य, एकता होइन अनेकनता ।
१७ विघटनसँग संङ्गठन चलिरहने प्रथाले बाँधेको छ चलनलाई, शब्दमा, आवाजमा, वातावरणमा, चित्रमा, स्थितिमा, संसारमा, ठाममा, साक्षीमा । विभिन्नता, विविधता सप्पैमा रङ्ग छ, पदार्थ र क्रोमोजोम दुइ विपरीत नै रङ्ग भए वापत बग्छ, बहन्छ, फैलिन्छ, उफ्रीन्छ, घुम्छ रङ्गीता । एकापसको अनुभूतात्मक, निजात्मक, तालमेलमा खेलकूद आयोजितमा नजित्ने गरिकन । फरक-फरक ढङ्गको क्रियाकलापको सामान्य रङ्गवादी निर्माणको मनसायले क्षेत्रफलको प्रान्तमा टुक्रिऔं ।
१) वर्तमानको विघटन गर्नु । २) खेलाँचीको सिद्धान्त आत्मसात गर्नु । ३) केन्द्रीयरहति स्थितिको निर्माण गर्नु । ४) मिश्रणलाई भेटघाट गर्नु । ५) स्वफैसलालाई आत्मसात गर्नु । ६) रङ्गीताकोमा भानमा पुग्नु । ७) अ अक्षरसँग सहयात्री हुनु । ८) खुल्ला चिन्तनको रक्षा गर्नु । ९) प्रतिरङ्ग, अन्तरङ्ग संस्कृतिको व्यवस्थापन गर्नु
१८ उसो त रङ्गभन्दा विशेष केही छैन । बेसी केही छैन । व्यापक केही छैन । पर केही छैन । रङ्ग किताब । हरफ । धर्म । संस्कृति । विनियम । प्रक्रिया हो । ह्याँ अब नयाँ ठाउँ देखौँ । नयाँ ठाउँमा उभौँ । नयाँ थोकमा लिऔँ । छौँ मान्नु । यो निष्कर्षो पानामा हामी गतिशील उभिएको छौ ।
एतिवेला,
पौवासारताप, पान्थर
लगायत

Jun 11, 2008

गणतन्त्र लिम्वूवान र राष्ट्रपतिमण्डलको प्रस्ताव

कुमार लिङ्द्देन "मिराक"
लिम्बुवान र सिङ्गो नेपाललाई २४० बर्षसम्म जहानिया,निरकुंश शाशन मार्फ दमन,शोषण, अन्याय, अत्याचार गर्ने शाहवंशीय राजतन्त्रलाई नेपाली जनताको अथक संघर्ष र लिदानले अन्ततः धुलो चटाईदियो । २०६५जेष्ठ १५ गते राती ११ बजेर २५मिनटमा ऐतिहासिक संविधानसभाको पहिलो बैठकले नेपाललाई एक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य घोषणा गर्‍यो । गणतन्त्रको समर्थनमा ५६० र विपक्षमा ४ मत पर्‍यो । राजतन्त्र फ्यालेर गणतन्त्र ल्याउने उक्त ऐतिहासिक प्रस्तावको पक्षमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषदका तर्फबाट चुनिएका सभासदले पनि हस्ताक्षर गरे । यो युगान्तकारी परिवर्तनको क्षणमा विशुद्ध लिम्बुवान आन्दोलनको प्रतिनिधिले पनि गणतन्त्रको पक्षमा सहिछाप गर्ने सु-अवसर पाउनु सम्पूर्ण लिम्बुवानवासीको गौरबको कुरा हो, सम्पूर्ण लिम्बुवानको शिर ठाडो भएको छ, लिम्बुवानको माङ्गेन्ना-चोत्लुङ उठेको छ । लिम्बुवान भूमिमा दोस्रोपल्ट गणतन्त्र आएको छ । यो कुरा सुन्दा धेरैलाई अचम्म र अनौठो लाग्न सक्छ तर यो सत्य हो ।आजभन्दा १३ सय बर्षअघि वा सातौं शताब्दीमा लिम्बुवानमा ठूलो जनक्रान्ती भएर गणतन्त्र स्थापना भएको थियो । इतिहासकार इमानसिं चेम्जोङका अनुसार हाल लिम्बुवान भूमिमा सातौं शताब्दीको समयमा आठ किराती हाङ (राजा)हरुले शाशन गर्दथे । उनीहरुको शाशन धेरै निरंकुश र जनविरोधी थियो ।जनताहरुमा हाङहरु प्रति ठूलो असन्तोष थियो । त्यसैले सम्पूर्ण जनताका प्रतिनिधिहरु पान्थर फेदेनको आम्बेपोजोक्मामा भेला भए । अब कसरी मुक्ति पाउने भन्ने बारेमा व्यापक छलफल भयो । सम्पूर्ण प्रतिनिधिबाट एउटै आवाज निस्क्यो । मुक्तिको लागि आठ हाङहरुको विरुद्धमा सम्पूर्ण जनता उठेर शशक्त जनक्रान्ती शुरु गर्ने ।तब जनक्रान्ती शुरु भयो । जनताका सेना र आठहाङका सेनाहरु बिच घमासान लडाई शुरु भयो । करिब दुइ महिना चलेको यस संघर्षमा ठूलो धनजनको क्षति भयो । लोकोक्ती अनुसार करिब १० हजार मानिसहरुले बलिदान दिए । अन्ततःजनताहरुको जित भयो र आठ हाङहरुको हार भयो । क्रान्तीमा जनताको जित भए पछि फेरि पनि सम्पूर्ण जनप्रतिनिधिहरु एकठाउँमा भेला भए र दुइवटा महत्वपूर्ण विषयमा छलफल शुरु गरे । पहिलो,विजय भएको यस भू-भागको नामाकरण के राख्ने ? अर्को, यस भू-भागमा अब कस्तो शाशन पद्दति अवलम्बन गर्ने ? प्रतिनिधिहरु बिच धेरै छलफल भएपछि धनुषकाँडको अत्यधिक प्रयोग गरी क्रान्ति सफल गरेको हुनाले यस भू-भागको नाम लि-आवुआङ (धनुष काँड प्रयोग गरि) वा "लिम्बुवान" राख्ने निर्णय गरियो । अव लिम्बुवानमा कस्तो शाशन पद्दति शरु गर्ने भन्ने बारमा निकै लामो वहश चल्यो । कहिले प्रस्ताव गरे- अब लिम्बुवानको शाशन हाँक्नको लागि एकजना नायक वा राष्ट्रपति जस्तै चुन्नुपर्छ ।तर धेरैको विचार के आयो भने-भर्खरमात्र आठहाङहरुको विरुद्धमा गणतान्त्रिक क्रान्ति सफल गरेकोले फेरि पनि सम्पूर्ण लिम्बुवानको शाशनभार एकजनालाई मात्र सुम्पदा निरंकुश हुन्छ त्यसैले लिम्बुवानलाई दश क्षेत्रमा विभाजन गरि संघीय ढाचाँले शाशन चलाऔ। यस रायमा सबैजना सहमत भए । लिम्बुवानको शाशन-प्रशासन दश क्रान्तीकारी नायकहरुबाट संचालन गरिने भयो ।यसरी १३ सय वर्षअघि लिम्बुवान भूमिमा सम्पन्न गणतान्त्रिक क्रान्तिको व्यवस्थापन पनि भयो ।लिम्बुवान, लिम्बु भन्ने शब्दावलीहरु उक्त गणतान्त्रिक क्रान्तिको उपज हो । तर कालान्तरमा त्यहि दश जना क्रान्तिकारी नायकका सन्तानहरु फेरि हाङ(राजा)को रुपमा उदाए । पूर्खाहरुले रगत दिएर लडेको लिम्बुवानी गणतान्त्रिक क्रान्तिको विस्तारै पत्तन शुरु भयो ।हुदाहुँदा आउने पुस्ताहरुले कुनै दिन लिम्बुवानमा गणतन्त्र आएको थियो भन्ने पनि विर्सदै लगे ।वि.सं. १८३१ भन्दा अघि लिम्बुवान र शाहवंशीय राजतन्त्र विचमा गोरु वेचेको साईनो पनि थिएन । तर जब १८३० को अन्त र ३१ को शुरुतिर अरुण नदीको आसपासमा लिम्बुवानी र गोर्खाली सेना विच भिषण युद्धहरु शुरु भयो तब मात्र लिम्बुवान र शाहवंश बिच चिनजान भयो । उक्त दुइ पक्षिय युद्ध हारजीतमा होइन,एउटा सन्धीमा टुङ्गीयो ।जुन सन्धीलाई १८३१ को लालमोहर भनेर चिनिन्छ । उक्त सन्धी पत्रको मूल मर्म नेपालमा लिम्बुवान स्वायत्त राज्यको रुपमा समाहित हुने भन्ने नै हो । त्यस सन्धी पत्रमा कसमको कुरा पनि छ । उक्त सन्धीलाई उल्लंघन गरे वा लिम्बुवानको स्वायत्तताको अपहरण गरे भने शाहवंशको सम्पूर्ण वंशविनाश हुने कसम पनि पृथ्वीनारायण शाहले गरेका छन् । हुनत शाहवंश र पछि राणाहरुले सन्धी विपरित लिम्बुवानको स्वायत्ततालाई शुरु देखि नै हस्तक्षेप गर्दै आएका थिए । तर महेन्द्र शाहले खतरनाक खेल खेले ।२०१७ साल पौष १ गते महेन्द्रले संसदिय व्यवस्था भंग गरि पंचायत व्यवस्थाको शुरुआत गरे । उनलाई समर्थनको खाँचो थियो । तब के जुक्ति निकाले भने लिम्बुवान स्वायत्तताको म रक्षा गर्छु भन्नेलाई सहयोग गर भने । उनले २०१७ चैत्र १७ गते १८३१ को लालमोहर सदर गरे तर २०२१ सालमा त्यहि महेन्द्रले सदाको लागि १८३१ को लालमोहर वा सन्धीलाई च्यातचुत पारे । आफुलाई अप्ठारो परेको बेला त्यहि लिम्बुवानलाई साथ लिन खोज्ने र आफू मजवुत भएपछि त्यहि लिम्बुवानलाई ध्वस्त गर्ने। शाहवशंले लिम्बुवानलाई भयंकर धोका दियो ।राजनैतिक विश्लेषण गर्दा यो प्रष्ट हुन्छ कि शाहवंश र लिम्बुवानको सम्बन्ध सदाको लागि २०२१ सालमा नै अन्त भईसकेको थियो । २०२१साल देखि नै सम्पूर्ण लिम्बुवान गणतन्त्र पक्षधर हुनु पर्ने हो ।पंचायत कालमा तत्कालिन शाही सेनाका जर्नेलहरु वोक्ने डायरीहरुमा नेपालको नक्शाको लिम्बुवान क्षेत्रलाई रातो मसिले रङ्गाएका हुन्थे भन्ने बहुचर्चित छ । यसको अर्थ लिम्बुवान क्षेत्रमा कुनै पनि वेला राजतन्त्रविरोधी वा गणतान्त्रिक क्रान्ती हुनसक्छ भन्ने तत्कालिन सुरक्षा संयन्त्रको निचोड थियो ।तर त्यसेवला शाहवंश र लिम्बुवानको सम्बन्धलाई प्रगतिशिल आँखाले विश्लेषण गर्न सक्ने राज नेताको अभाव भयो । एकपक्षिय रुपमा महेन्द्रले १८३१ को सन्धीलाई २०२१सालमा उल्लंघन गरिसकेपछि त्यहि दिन, त्यहि क्षण देखि लिम्बुवान र शाहवंशको कुनै सम्बन्ध छैन भनेर एउटा राजनैतिक लाईन स्थापित गर्नु पथ्र्यो । तर दुर्भाग्य त्यसो गरिएन । लिम्बुवानका केहि गण्यमान्य भनिएका व्यक्तिहरु नै लिम्बुवानलाई धोका दिने राजतन्त्रको भक्त भएर निस्के । २०२१ सालदेखि ०४६ साल सम्मको लिम्बुवानको राजनैतिक इतिहास अत्यन्त तितो,दुर्भाग्य र कालो छ । सायद अबको पाँच सय वर्षपछि जन्मने लिम्बुवानी सन्तानहरुले यस बिच (२०२१-०४६)जन्मिएका र लिम्बुवानका लागि केहि गर्न नसकेका हामी सबैलाई धिक्कार्ने छन् ।जब पछिल्लो समयमा लिम्बुवान आन्दोलन शुरु भयो तब यो लिम्बुवानी आन्दोलनलाई स्पष्ट रुपमा गणतान्त्रिक धारमा लाने प्रयास हुँदै आएको छ । खास गरि २०६२ मंसिर २६/२७ गते संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र त्यसको केहि समय पछि मञ्चको स्वायत्त संगठनको रुपमा संघीय लिम्बुवान राज्य परिषदको गठन भयो, गठन भए देखि नै मञ्च सम्बद्ध यस स.लि.रा. परिषदले गणतान्त्रिक लिम्बुवानको खाका कोरेको छ । यस बिचमा मञ्च सम्बद्ध परिषदलाई धेरै-धेरै अवरोध, छेकथुनहरु आए तर पनि साहसकासाथ ति अवरोधहरुलाई पार गर्दै मञ्च सम्बद्ध परिषद अघि बढिरहेको छ । मञ्च सम्बद्ध परिषदलाई थाहा थियो अब देश गणतन्त्रमा जान्छ, जान्छ ।गणतन्त्रमा लानुपर्छ, पर्छ । त्यो गणतन्त्र घोषणा भएको दिनमा एकजना मात्र भएपनि लिम्बुवानको प्रतिनिधि त्यहाँ पुगोस् र उसले गणतन्त्रको पक्षमा सहि गरोस् भन्ने लक्ष्य र सपना थियो । जुन सपना पुरा भएको छ । किनकि सम्पूर्ण नेपालको गणतान्त्रिक आन्दोलन नै लिम्बुवानले नेतृत्व गर्नु पर्थ्यो ।लिम्बुवानको जन्म नै १३ सय वर्षअघिको गणतान्त्रिक क्रान्तिले गरेको हुनाले गणतन्त्रको अगुवा लिम्बुवान हुनु पर्थ्यो । तर ०२१ साल पछिको आफै भित्रको कमी कमजोरीले गर्दा सम्पूर्ण लिम्बुवान गणतन्त्रको नेतृत्व गर्ने क्षमतामा पुग्न सकने ।लिम्बुवानले गणतन्त्रको सम्पूर्ण नेतृत्व गर्न नसके पनि देशमा हुन गईरहेको गणतान्त्रिक आन्दोलनलाई लिम्बुवानले जिउ ज्यान दिएर सहयागे गर्नुपर्छ।कुनै पनि वहानामा लिम्बुवान गणतन्त्र प्राप्तीका वाधक हनु हुदैन भनरे मञ्च सम्बद्ध परिषदले स्पस्ट राजनैतिक लाईन कोरेको थियो । तर यो राजनैतिक लाईनलाई सफल बनाएर यहाँसम्म ल्याई पुर्‍याउनको लागि धेरै धेरै परिश्रम गर्नुपर्यो ।कतिपय साथीहरुले यसो पनि भने लिम्बुवान स्वायत्तता चाहिन्छ । तर १८३१ को सन्धी शाहवंशसँग भएकोले लिम्बुवान पाऊनको लागि शाहवंश चाहिन्छ ।यसमा मञ्च सम्बद्ध परिषदले स्पष्ट भन्यो १८३१ को सन्धी लिम्बुवान र केन्द्र सरकार बिच भएको सन्धी हो । त्यसबेला केन्द्रमा शाहहरु थिए त्यसैले उनीहरुसँग सन्धी भयो । यदि उनीहरुको ठाउँमा कोही भएको भए त्यहिसँग सन्धी हुने थियो । २०२१सालमा शाहवंशीय राजतन्त्रले लिम्बुवानलाई धोका दिई सकेकोले अब लिम्बुवान र राजतन्त्रको कुनै सम्बन्ध छैन । केन्द्रमा राजतन्त्र हटनुपर्छ, गणतान्त्रिक राष्ट्रपति र प्रधानमन्त्री आउनुपर्छ र त्यो गणतान्त्रिक सरकारले आधुनिक रुपमा १८३१ को सन्धीलाई नविकरण गर्नुपर्छ ।’ यो स्पस्ट राजनैतिक लाईन भएकोले मञ्च सम्वद्ध परिषद पहिले गणतन्त्र त्यसपछि लिम्बुवान भनेर अघि बढिरह्यो र आज सम्मानजनक स्थानमा आईपुगेको छ ।कतिपय साथीहरुले यसो पनि भने- लिम्बुवानको लागि कराउनुपर्छ । तर लिम्बुवानको पार्टी दर्ता गराउनु हुँदैन, चुनावमा आफै लड्नु हुँदैन अरुलाई भोट दिनुपर्छ ।यसमा मञ्च सम्बद्ध परिषदले स्पष्ट भन्यो ।"लिम्बुवान आन्दोलन शुरु भएदेखि नै यसका विरोधीहरुले यो आन्दोलन प्रित थुप्रै प्रश्न र आरोपहरु लगाएका छन् । जस्तोः यो लिम्बुवान कसैको पुच्छर होला ? यो लिम्बुवान गणतन्त्रवादी हो के ? यो लिम्बुवान आफै पनि
संविधानसभा लड्दैन केवल चुनाव भाड्न मात्र खोजिरहेको छ । यो लिम्बुवानसँग सडकमा ढुङ्गा हान्ने मात्र क्षमता छ, राजनैतिक प्रतिस्पर्धा गर्ने सिप, कौशल छैन ।आदि-इत्यादि । यो आरोपहरुलाई चिर्नको लागि आफ्नो मागहरुलाई केहि समय सुरक्षित राख्दै भएपनि लिम्बुवान आन्दोलनलाई संविधान सभाको चुनावसम्म पुर्‍याउनु आवश्यक थियो । जुन काम मञ्च सम्बद्ध परिषदले गर्‍यो । मञ्च सम्बद्ध परिषद संविधान सभाको चुनावमा संलग्न भई लिम्बुवानबाट ३६ हजार मत प्राप्त गरेपछि धेरै प्रश्नहरुको उत्तर स्वतः आयो ।
जस्तैः- लिम्बुवान आन्दोलन कसैको पुच्छर वा कसैले उचालेको होइन रहेछ । यो आफ्नै खुट्टामा उभेर चुनाव लड्न सक्दो रहेछ ।लिम्बुवानले संविधानसभा र गणतन्त्रको लागि वातावरण बनायो ।संविधानसभाको प्रथम वैठकमा गणतन्त्र पक्षमा मतदान गर्‍यो ।त्यसैले लिम्बुवान गणतन्त्रवादी रहेछ ।लिम्बुवान आन्दोलनले संविधानसभा भाड्न खोजेको होइन रहेछ तर संविधानसभालाई अर्थपूर्ण वनाउन र संविधानसभा पछि लिम्बुवान सुनिश्चित गराउन संघर्ष गरेको रहेछ ।लिम्बुवान आन्दोलन सडकमा संघर्ष गर्न मात्र होइन एकदमै छोटो समयमा अरु दलहरुसँग राजनैतिक प्रतिस्पर्धा गर्न पनि सक्षम रहेछ ।" मञ्च सम्बद्ध परिषदले अरु साथीहरुलाई यसरी बुझाउन खोजेको थियो तर साथीहरुले बुझे कि बुझेनन त्यो साथीहरुकै कुरा हो ।कतिपय साथीहरुले यसो पनि भने ०६३ वैशाख ११ गते ज्ञानेन्द्रले जनताको नासो जनतालाई नै फर्काए भनेकोले लिम्बुवान स्वतन्त्र भईसक्यो । नेपालले राजा हटाओस् कि राखोस हामीलाई मतबल छैन ।संविधानसभाको चुनाव बहिष्कार गर्र्छौ ।’ मञ्च सम्बद्ध परिषदले भन्यो "ज्ञानेन्द्रले त्यति भनेकै भरमा लिम्बुवान स्वतन्त्र भयो भन्नु तर्कपूर्ण नहोला । बरु १८३१ को सन्धी ०२१मा एकपक्षिय उल्लंघन भएकोले लिम्बुवान १८३१ को भन्दा अघिको अवस्थामा छ भन्दा तर्कपूर्ण होला ।अर्को, २४० वर्षसम्म नेपाल र लिम्बुवानलाई चुस्ने राजतन्त्र हटाउन सम्पूर्ण नेपाली लागिरहेको वेला केही व्यक्तिहरु मतलब छैन भन्दै चुप बस्ने हो भने गलत अर्थ निस्कन सक्छ ।कपडामा लागेका सबै खाले दागहरु केमिकल्स प्रयोग गरेर धुन सकिन्छ तर इतिहासमा लाग्ने दाग धुन सकिदैन । लिम्बुवान स्वायत्त हुन्छ वा स्वतन्त्र त्यो भोली वहश छलफल गर्दै जाउला । स्वायत्तताको,स्वतन्त्रताको लडाई एकदिनमा एक रातमा सकिने होइन, यसको लागि सयौं वर्ष सम्म लड्नुपर्ने हुन्छ भोलिको दिनमा लड्दै जाऊला । तर अहिले एकात्मक राज्य संरचनाको नाईके राजतन्त्रलाई हटाउने अभियानमा लिम्बुवानले सक्दो सहयोग गर्नुपर्छ।सक्दो सहयोग गरौं।" मञ्च सम्बद्ध परिषदको यो कुरा साथीहरुले कति बुझे त्यो साथीहरुलाई नै थाहा होला ।फाल्गुन १ देखि १८ गते सम्मको लामो लिम्बुवान, खम्बुवान, तामाङशालिङ, थारुहट, मधेश वन्दको आन्दोलन र फाल्गुन १८ गते राज्य पक्षसँग सहमति गरेर संविधान सभाको चुनावमा जाने-नजाने बारे संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च भित्रै पनि फरक विचारहरु आए । ति फरक विचारहरुको बारेमा पनि आगामी दिनमा छलफल, वहश गर्नैपर्छ । अब हरके कुराहरु पारदर्शि रुपमा छलफल गर्दै त्यसमा जनताको राय, सुझाव,म्याण्डेट लिदै अघि बढ्नु पर्छ ।यी अनेक व्यवधानहरु पार गर्दै मञ्च सम्बद्ध परिषद संविधानसभाको चुनावमा सहभागि भयो । छोटो समयमा भएपनि लिम्बुवानका जनताहरुको अपार माया पाऊन सफल भयो । संविधानसभामा एकजना मात्र भएपनि लिम्बुवानको तर्फबाट सभासद पठाउन सफल भयो । लिम्बुवानी सभासदले गणतन्त्रको पक्षमा हस्ताक्षर गरे । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र आयो । लिम्बुवानमा दोस्रो पटक गणतन्त्रको किरण छायो ।गणतन्त्र आयो ।राजाको ठाउँमा अब राष्ट्रपति चुनिनेछन यो प्रस्टै छ । तर राष्ट्रपति कस्तो हुने ? यो गम्भीर वहश शुरु भएको छ । नेपाल अब कस्तो खालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हुने ? अमेरिकाको जस्तो राष्ट्रपति शक्तिशाली हुने, संघीय लोक गणतन्त्र हो वा भारतको जस्तो प्रधानमन्त्री शक्तिशाली र राष्ट्रपति सेरेमोनियमल हुने, संसदनात्मक संघीय गणतन्त्र हो वा स्वीजरलैण्डको जस्तो धेरै जना राष्ट्रपति हुने वहुलवादी संघीय गणतन्त्र हुने, वहस हुनुपर्छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले अमेरिका, भारत र स्वीजरलैण्ड तीनैवटा सफल संघीय देशका अनुभवहरुलाई फ्यूजन गरेर प्रस्ताव अघि सारेको छ । भारतको जस्तो प्रधानमन्त्री शक्तिशाली हुने तर राष्ट्रपति चाहि सेरेमोनियल नै भएपनि स्वीरजलैण्डको जस्तो वहुलवादी हुने, अमेरिकाको सिनेट जस्तो शक्तिशाली जातिय सभा हुने खालको खाका नेपालको लागि उपयुक्त हुनेछ । राष्ट्रपति भनेको देशको सर्वोच्च पद हो । यो पदमा राष्ट्रपति होइन राष्ट्रपति मण्डल हुनुपर्छ । राष्ट्रपति मण्डल पाँच जनाको हुनुपर्छ । पाँच जना राष्ट्रपति मण्डलको सदस्यहरुमा वाहुनक्षेत्री-१, दलित-१, मधेशी-१, आदिवासी-१ र महिला -१हुनुपर्छ । यी पाँचवटा क्षेत्रलाई समेट्न सकियो भने नेपालको वास्तविक तस्विर आउँछ । नेपालमा मुख्य गरेर रहेका समुदायहरु यि पाँचवटै हुन । यी सबैलाई समेटियो र प्रत्येक सदस्यले एक-एक वर्षकार्यकारी राष्ट्रपति हुने र वाँकी समय राष्ट्रपति मण्डल सदस्य भएर रहने हो भने नेपालका कुनै पनि पक्षले अपहेलित, उपेक्षित, वहिस्कृत महशसु गर्ने छैनन्। अबको राजनीति भनेको पहिचानको राजनीति हो ।वरु मान्छे भोकै वस्न तयार छ तर मान्छेले आफ्नो अस्तित्व र पहिचान खोज्छ । तर यो वास्तविकतालाई नबुझि फेरि पनि राष्ट्रपति,प्रधानमन्त्री एउटै जातको, एउटै थरको हुन थाल्यो भने नेपालमा कहिल्यै शान्ति आउने छैन । जसरी सं.लो.रा. मञ्चले राष्ट्रपति मण्डलको प्रस्ताव गरेर एउटा नयाँ विचार छलफल र वहशको लागि अघि ल्याएको छ । त्यसरी नै नेपालका लिम्बुवानका बुद्धिजिवीहरुले पनि नयाँ नेपालको लागि सान्दर्भिक नयाँ विचारहरु-ल्याउनु पर्‍यो ।बुद्धिजिवीहरु नेताहरुको पछि मात्र दगुर्नु भएन । बुद्धिजिवीको चिन्तनको पछि नेताहरुलाई दगुर्‍याउनु पर्‍यो ।अन्त्यमा, कतिपय साथीहरु भन्दैछन् अरे "मञ्च सम्बद्ध परिषद चुनावमा गएर सिद्धियो । अब केहि गर्न सक्दैन ।"मञ्च सम्बद्ध परिषद चुनावमा गएर सिद्धियो कि एकसय वर्षो लागि लिम्बुवानी जनताको मन-मस्तिस्कमा जरा गाडेर स्थापित भयो, त्यो त आउने दिनले देखाउने छ । यो परिषदले केहि गर्न सक्दैन कि लिम्बुवान मुक्तिको अधिवेहरी ल्याउन सक्छ त्यो पनि हेर्दै जाऊ ।मञ्च सम्बद्ध परिषद कुरामा भन्दा काममा विश्वास गर्छ । जनताले मिठो कुराभन्दा काममा विश्वास गर्छन र सोही अनुसार मुल्यांकन गर्छन् लिम्बुवानका जनताहरु प्रित मञ्च सम्बद्ध परिषदको सदैव विश्वास र सम्मान छ । लिम्बुवान आन्दोलन शुरु देखि अन्त्य सम्म गणतन्त्रवादी हो, कसैको पुच्छर होइन । लिम्बुवानको माटोमा काङसोरे, श्रीजंगा, फाल्गुनन्द, इमानसिं र माङतोकको कसम खाएर हुर्के बढेको आन्दोलन हो कसैको आर्शिवादमा बाँचेको होइन भनेर दुनियालाई प्रष्टयाऊने कोशिश गर्‍यौं । राम्रो गर्‍यौं वा गल्ती भयो लिम्बुवानका जनताहरु बोलिदिनु होला।

Jun 8, 2008

किन लिम्बुवानलाई स्वायत्तता दिइनुपर्छ ?

प्रसाद थेबे
पृष्टभूमिः
बिगत २४० बर्षदेखि नेपालमा सामन्ति राजाको नतृत्वको एकल ब्राहृमणवादी राज्यसत्ताले केन्द्रिकृत एकात्मक राज्य व्यवस्था अन्तर्गत अन्धजातिवादी बाहुनबादी हैकमबाद लादेर लिम्बु जाति माथी शोषण दमन उत्पिडन र भेदभाव गरिरहेको छ । वस्तुगत दृष्टिले हेर्दा राज्यमा १०३ जातिहरु बसोबास गर्छन् र यहाँ १२२ प्रकारका भाषा बोलिन्छन् । देशको यस्तो बहुरंगी स्वरुपलाई राज्यले स्वीकार नगरी जातिहरुलाई ध्वस्त पार्ने एकाधिकारवादी नीतिले उनीहरुलाई राजनैतिक आर्थिक भाषिक सांस्कृतिक र धार्मिक क्षेत्रमा बिकास हुनबाट बञ्चित गरेकोछ । राज्यको नीति नियम बनाउने तहमा मंगोलहरुको सहभागीता ७.१ प्रतिशत छ भने खसबाहुनहरुको ६६.५ प्रतिशत छ । लिम्बुवानको ९ जिल्लामा जम्मा ३१,५८,१७८ जनतामाथि शासन गर्ने प्रमूख प्रशासकहरु जहिले पनि बाहुनहरुमात्र रही आएकाछन् । ७५ जना प्रजिअहरुमध्ये ६२ जना खसबाहुन छन् तर मंगोल जाति एकजना मात्र छ । यहि प्रकारले हेर्दा देशका ८७.२७ प्रतिशत अन्य जातिमाथि १२.७३ प्रतिशत बाहुनले शासन गरिरहेको यथार्थ छ । एक भाषा एक भेषको नीतिले लिम्बुहरुको भाषामाथि दमन गरेर आपनो भाषा पढ्नलेख्नमा समेत रोक लगाइएको थियो । खस भाषाको एकाधिकार लादेर लिम्बुको भाषिक साँस्कृतिक पहिचानलाई ध्वस्त पार्ने कसरत गरियो । लिम्बुवानमा उत्पादनको अनुपातमा नभइ जातको आधारमा बाहुनलाई ६० पैसाको तुलनामा लिम्बुलाई रू.७/५० पैसासम्म तिरो लाएर आर्थिक रुपमा कंगाल बनाइयो । हिन्दु धर्मभित्रका चार्डपर्वलाई मात्र राष्ट्रिय मान्यता दिएर जातिहरुको चार्डपर्वलाई पर्वाह नगरी लिम्बु जातिको संस्कृतिमाथि अतिक्रमण गरीआएकोछ । खस भाषा र धर्मकोलागि राज्यकोषबाट करोडौं खर्च गरिएकोछ तर लिम्बु भाषालाई स्थानिय पहलमा विकास गर्ने कार्यमा समेत राज्यले अवरोध गरेकोछ । लिम्बुवान क्षेत्रको प्राकृतिक श्रोतहरुमाथि राज्यले कब्जा जमाएर बाहुनवादी एकाधिकार जमाउने कार्यमा भरमग्दुर खर्च गरेकोछ तर लिम्बुकोलागि एकपैसा खर्च गरेको छैन । हरेक लिम्बुले नेपाली हुन गर्व गर्नुपर्ने हो तर लिम्बुले आफु नेपाली भएरपनि नेपाली नभएको महसुस हरेकक्षण गरिरहनु परेकोछ । बाहुनवादले साम्प्रदायिकताको हाउगुजि देखाएर जातीय राज्य कायम भएमा देश टुक्रिन्छ भनेर जातीय उत्थानको मार्गमा तगारो हालेकोछ । राजनैतिक अधिकार सम्पन्न स्वायत्त राज्य निर्माण भयोभने सबै जातिले बराबर हक अधिकार प्राप्त गर्नेछन् र जातिहरुले आफुपनि नेपाली भएको अनि देशको राष्ट्रिय मामिलामा आफ्नो पनि बराबर पहुच पुगेको महशुस गर्नेछन् । भावनात्मक रूपले राष्ट्रिय एकता बलियो हुनेछ । बाहुनबादी एकाधिकार लामो समयसम्म कायम रहेको कुरा बाहुन आफैले पनि महशुस गर्नुपर्दछ । एघार बर्षो जनयुद्घ र जनआन्दोलन ०६२/०६३ मार्फत जनताले प्रकट गरेको अभिमत अनुसार केन्द्रिकृत एकात्मक शासन प्रणालिलाई संघात्मक गणतन्त्रात्मक राज्य प्रणालिमा रुपान्तरण गरी जातिहरुलाई मुक्ति दिलाउनुपर्छ भन्ने रहेकोछ । यस अर्थमा लिम्बुहरु पनि सत्ताको साझेदार बन्नकोलागि संघात्मक गणतन्त्रात्मक शासन प्रणालि अर्न्तर्गत आत्मनिर्णयको अधिकार सहितको लिम्बुवान स्वायत्त राज्य निर्माण गरेर जातिय शोषण, उत्पिडन, दमन र भेदभावबाट मुक्त हुनुपर्दछ ।
ऐतिहासिक आधारः
मानवशाश्त्रीहरुको अध्ययन अनुसार हिमालय पर्वतको उत्तरपट्टकिो मध्य एशियामा आदिम मानवको उत्पति भएको थियो । फ्रान्सेली भूगर्भशाश्त्रीहरुले पछिल्लो समयमा नेपालको सिवालिक पहाडी क्षेत्रमा बुटवलको तिनाउ नदीको किनारमा प्राप्त गरेका २० लाख बर्षअघिको रामापिथेकसर्-अर्धमानव)को अवशेषको आधारमा हिमालय पर्वतमालाको दक्षिणपट्टी पनि आदीम मानवको बिकास भएको थियो भन्न सकिने स्थिति देखापरेको छ । मानवविदहरुले यिनै आदिम मानवहरु एशियाका मंगोल नश्लका मानिसहरुको पूर्खा हुन भन्ने विश्वास गरेकाछन् । आर्यहरु भारतमा प्रवेश गर्नअघि यहाँ मंगोलवंशको आधिपत्य थियो । इसापूर्व १५०० तिर आर्यहरु भारतमा प्रवेश गरेपछि उनिहरुले आफ्नै आर्य भाषामा यहाँका रैथाने मानिसहर्रुलई किरात नाम लाइदिएका हन् । यहाका किरातहरु अरु कतैबाट आएका होइनन र यही उत्पति भएका आदीबासी हुन भन्ने पछिल्ला बिद्वानहरुमा डा. जि.पि. सिंह र डा.स्वामी प्रपन्नाचार्य जस्ता प्रकाण्ड किरातविदहरु छन् ।मानव विकासक्रममा परिवारको निर्माण समुहहरुकोगठन रबसाइसराइका कारणले यो मंगोल जातिबाट थुप्रै उपजातिहरुको निर्माण हुन गयो । नेपालभित्रका मगर, थारु, तामाङ्, नेवार, र्राई, गरुङ्ग, लिम्बु, शेर्पा, धिमाल, र्घर्ति, कुमाल, माझि, दनुवार, थामि, सुनुवार, राजवंशी (कोचे), चेपाङ, भोटे, याखा, दराइ, पहरी, छन्तेल , बरामु, बोटे, थकाली, जिरेल, राजी, लेप्चा र राउटे आदि मंगोल जातिभित्र पर्दछन् । कालान्तरमा अरुणकोशी पूर्वको क्षेत्र यी आदीबासीहरुमध्ये लिम्बुहरुको आदीमभूमि बन्न पुगेको बुझिन्छ । किरातविद इमानसिंह चेम्जोङका अनुसार इसाको छैटौं शताब्दिमा दक्षिणपूर्व चीनबाट एक हुल शानमकवान बंसका मानिसहरु वर्माहुदै आसाम नेपाल आएर स्थानीय मंगोल जातिसँग मिसिएर बसे । सातौं शताब्दिमा राजा मावरोङहाङको राज्य तिब्बतदेखि दक्षिण मिथिलासम्म र दुधकोशीदेखि मेची नदीतक फैलिएको थियो । भोटचिनी भाषामा लि बु को अर्थ बढी परीश्रम र वानको अर्थ ठाउ बिशेष बुझिन्छ - जस्तै ताइ-वान-ताइवान देश), सेचु-वान-चीनको एक प्रान्त), चेङसा-वान-हङकङ) आदी । यसैले कडा मेहेनतले आर्जेको भूमि भनि लिम्बुवान नामाकरण भएको बुझिन्छ । उनैले विजयपुरदेखि दक्षिणको भागलाई मावरोङ-मोरोङ) नामाकरण गरेका थिए ।
नवौं शताब्दिमा राजा उबाहाङको राज्यको सिमाना पनि उत्तरमा तिब्बत र दक्षिणमा मिथिलासम्म कायम थियो । सम्बत १४२१ मा मोरोङ राज्यका लिम्बु राजा साङलाइङको राज्यको दक्षिण सिमाना जलालगढसम्म कायम रहेको थियो । सेन राजाहरुको समय सम्बत १७६३ मा मोरोङ राज्यको सिमाना पूर्वमा टिष्टा नदी र दक्षिणमा जलालगढ नै कायम भएको पाइन्छ । सम्बत १८३१ अघिसम्म लिम्बुवानकेा उपरोक्त सिमाना कायमै थियो । पछि सम्बत १८७३-सन १८१६) को सुगौलि सन्धि पछि मात्र उत्तर भोट, दक्षिण जोगवनी/गलगलिया पूर्वमा टिष्टा नदीबाट मेची नदीमा सारेको र पश्चिममा साबिक अरुण नदी कायम भईआएको तथ्य छ ।
यस प्रकारले इतिहासको थालनीदेखि नै लिम्बुवानको भौगोलिक क्षेत्रको बेग्लै सिमांकन भईआएको तथ्य पाइन्छ । यही एैतिहासिक साँधसिमानाको आधारमा लिम्बुवानलाई स्वायत्त राज्य दिइनुपर्छ ।
सम्बत १८३१ को गोर्खा-लिम्बु संझौता र किपटः
गोर्खाली सेनाले सम्बत १८३० मा लिम्बुवानमाथि पनि खुनी आक्रमण सुरु गर्यो; सत्र पटकसम्म हमला गर्दापनि सत्रै पटक उनीहरुको हार भयो । यसरी युद्घ गरेर लिम्बुहरुलाई जित्न सम्भव नहुने महसुस गरेपछि पृथ्वीनारायण शाहले चालवाजीबाट हातलिने प्रयास थाले । गुप्तचरहरु पठाएर फकाइ फुल्याइ तीन महिनाको प्रयासपछि वल्लतल्ल संवत १८३१/४/२२ मा संझौता गर्न तयार बनाए ।
यो संझौता बिजुयपर दरबारमा भएको थियो । गोर्खा राजाको तर्फबाट अभिमानसिंह बस्नेत र लिम्बुहरुको तर्फबाट सुन राय, कुम राय र जंग राय उपस्थित थिए । गोर्खाको तर्फबाट ताम्रपत्र लालमोहोर दिइयो, लिम्बुहरुले गोर्खाहरुलाई नुनपानीको कसम खुवाए । यस संझौता अनुसार सातौ शताब्दिमा मोरंगका राजा मावरोङहाङले मोरंग लगायत लिम्बुवान भर थुमथुमका लिम्बु राजाहरुलाई दिएको रीतिथीति परम्परामा आधारीत स्वायत्ततालाई सेन राजाहरुले यथावत थामीदिए जस्तैगरी गोर्खाली राजाले पनि लिम्बु राजाहरुलाई आपनै भाई सरहको दर्जामा राखी उनिहरुको परम्परा रीतिथीति जग्गाजमिन हकअधिकार जस्ताकोतस्तै थामी दिएर भूमि रहन्जेलतक लिम्बुका सन्तानदरसन्तानले सो परम्परागत अधिकार चलन गर्नपाउने र कान्तिपुरलाई केन्द्र सरकार मान्ने व्यवस्था भएको थियो । यो लालमोहोर सम्झौता प्रकरणलाई बालचन्द्र शर्माले लिम्बुले आत्मर्समर्पण गरेको, बाबुराम आचार्यले सुखिमको डरले लिम्बु गोर्खासग मिलेको र अन्यले सम्झौता होइन निगाहा हो समेत भनेका छन । म.च. रेग्मीले गोर्खालीले लिम्बुहरुलाई क्षमा दिएको पनि भनेका छन् । तर लालमोहोरमा लेखिएका कुराले यी माथिका सबै तर्क झूटको खेतिमात्र भएको ठहर्याउँछ ।
पृथ्वीनारायण शाहले लालमोहोरमा -"याहाकोलागि ताहालाई कुल चाहियो; जजस्को ज्येज्ये तम्रा खैनपैन र लुङवाङगड सिङवाङगड असुधलाई सब खतवात सभा सुध गरी खानामा हिजुको तिम्रा मुलुक भित्रको सबै थामी बक्स्यौं"- भनेका छन् । अर्को ठाउमा उनले फेरि-"हिजु आफैआफ आपुँगी बसी आए बमोजिम त्यो मुलुक सम्भार गरी जिमी भूमि रहन्ज्याल तिम्रा साखा सन्तानतक भोग्ये गर" - अनि "अरु राजा मासिने हुँदा तिमीहरु राजा नै भन्ने नमासिने हौ" - र उनले अन्तमा-"माथि लेखेबमोजिम जिमीभूमी जानी चलन गरीखानु हामीले खोसीमासे मानीपूजि ल्याएको देवताले हाम्रो राजकाज भंग नासोस भन्ने ताम्रपत्र वाचाको तसली मुलुकी मोहेार बाधी माथी लेखिने लिम्बु कुल भाईलाई दियौं"- भनेका छन् । यसबाट के बुझिन्छ भने लालमोहोर भएपछि लिम्बुहरु गोर्खाली राजाको भाई राजा भएर रहनेछन । भूमि रहन्ज्येलसम्म लिम्बुवान क्षेत्रभित्रको जमिनको मालिक लिम्बुहरु नै रहनेछन । गोर्खा राजाले लिम्बुवानको भूमिमाथि कहिल्यै हस्तक्षेप गर्नेछैन भनेर कसम पनि खाएका छन । हारेर आत्मर्समर्पण गर्नेले र माग्नेले पृथ्वीनारायण जस्ता व्यक्तिबाट यी माथीका सबै कुरा प्राप्त गर्न सम्भव छ त ? लिम्बुहरुको जीत भएकोले यो सम्झौता सम्भव भएको हो भन्ने बुझ्नुपर्ने हुन्छ । यसबाट १८३१ प्छिको लिम्बु र लिम्बुवानको हैसियत विशिष्टको थियो भन्ने प्रष्ट हुन्छ । लिम्बुवानको भूमिको अधिकार र र्सार्वभौमिकता दुवै लिम्बु किपटीयामा निहीत थियो । किपट जमिन लिम्बु किपटिया परिवारभित्र मात्र भागबण्डा लाग्न सक्थयो अरुलाई त परैजावोस किपटिया भित्रपनि बेचविखन वा अन्य कनै प्रकारले स्वामित्व हस्तान्तरण हुन सक्तैनथ्यो । महेशचन्द्र रेग्मीले यो प्रथालाई जमिनमाथिको पारिवारिक स्वामित्व प्रथा भनेकाछन । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको सबै अधिकार लिम्बुहरुले प्रयोग गरिआएका थिए । अरुण पश्चिम महाकाली पूर्वको देशको मालिक नेपाल सरकार थियो । राज्यले त्यसभित्रको भूमि माथिको अधिकार कसैलाई र जग्गा धनिले अर्को व्यक्तिलाई हस्तान्तरण गर्न सक्ने थियो । अरुण पूर्वको लिम्बुवान भूमिको मालिक लिम्बु सुब्बाहरु नै थिए त्यहाँ नेपाल सरकारको समेत हकदावी लाग्न सक्तैनथ्यो लिम्बुहरुको मात्र हकडक थियो अथवा लिम्बुवान स्वायत्त थियो ।
ऐतिहासिक दस्ताबेजहरुमा लिम्बुवान
किरात इतिहासविद इमानसिंह चेम्जोंगको किरात इतिहास र संस्कृति नामको पुस्तकमा इसाको छैटौं शताब्दि मै लिम्बुवान राज्यको स्थापना भइसकेको कुराको उल्लेख पाइन्छ । सातौ शताब्दिमा राजा मावरोङको राज्यलाई पनि लिम्बुवान नै भनिन्थ्यो । सम्बत १६६६ मा मकवानपुरका राजा लोहाङसेनले हात पारेपछि यो देशलाई मोरङ राज्य र लिम्बुवान राज्य गरी दईभागमा बिभाजन गरेको देखिन्छ । सम्बत १८३१ मा भएको सम्झौता पछि नेपालका शाह र राणा शासकहरुले लिम्बुहरुलाई पटक पटक दिएको लालमोहोर, सनद, रुक्का र इस्तिहारहरुमा अरुण पूर्व र मेची पश्चिमको क्षेत्रलाई लिम्बुवान वा पल्लोकिरात भनि किटान गरिएकोछ । उदाहरणको लागी १८९१ केा रुक्कामा अरुण पूर्वमेची पश्चिम भर लिम्बुवान, १९१७ को रुक्कामा पल्लो किरात भ र मुलुकका आदी उल्लेख भएको पाइन्छ । २००८ मा राजा त्रीभूवनले दिएको लालमोहोरमा त अरुण पूर्वमेची पश्चिम भोट दक्षिण भनि लिम्बुवानको स्पष्ट सीमाङकन गरेको पाइन्छ । २०१७ मा राजा महेन्द्रले दिएको लालमोहोरमा समेत पल्लो किरातका लिम्बु किपटिया भनी सम्बोधन गर्दै तिमीहरुको अघिदेखिको रीतिथीति कायम गरी बक्सेका छौं समेत भनिएकोछ ।
यसप्रकारले अरुणदेखि पूर्वको क्षेत्रलाई छैटौं शताब्दिदेखि उन्नाइसौं शताब्दिसम्म लिम्बुवान अनि त्यसपछि लिम्बुवान र पल्लो किरात समेत भनिदै आएको लामो इतिहास पाइन्छ । भौगोलिक एकता भन्दा भावनात्मक एकता बलियो हुन्छः लिम्बुवान भित्रका लिम्बुहरुको भावनालाई सम्बोधन गर्न नसके हालको लोकतान्त्रिक आन्दोलनले पूर्णता पाउन सक्तैन । लिम्बुवानको मागको आवाज जातीय समानताको लागि जातिहरुको हैसियत एक अर्कामा बराबरको होस भन्ने हो । समानताको कुरा गर्दा अरुको हैसियतलाई स्वत सम्मान गरिन्छ भन्ने बुझ्नुपर्छ । जातीय समानताको लागि उठेको आवाजमा जातिय संकीर्णता हुदैन । जातिहरुको आपसमा बराबर सम्मान आदर हुने हुनाले जातिजाति बीचमा भावनात्मक एकता दहरो हुन्छ र एकार्कामा विद्रोहको भावनाले जागृत हुने ठाउ पाउदैन, जातीय अन्तरविरोध बढेर जाने सम्भावना एकदम न्यून भएर जान्छ । लिम्बुको भावनालाई कदर गर्नु भनेको लिम्बुहरुलाई जातीय मूक्ति आन्दोलनमा समावेश गराउनु हो ।
लिम्बुवान स्वायत्त राज्य कायम गर्दा जातीय मूक्ति आन्दोलन कमजोर हुन जान्छ र देश टुक्रिन्छ भन्ने निष्कर्षा कोही पुग्छ भने त्यो हाउगुजि देखाउने काम बाहेक केही होइन । भावनात्मक एकता नभएको भौगोलिक एकता अर्थहीन हुन्छ जातिहरु आफै सामेल भएर गरेको निर्णय दिगो र शान्तिपूर्ण हुनेछ । यस्तो भावनाको विपरीत लिम्बु जातिको अस्तित्वलाई ओझेलमा पारेको खण्डमा पूर्ण लोकतान्त्रिक आन्दोलन सफल हुन सक्तैन र यसले भोली गएर ढिलो चाडो फरक किसिमको मूक्ति आन्दोलन जन्माउन सक्छ भन्ने बुझ्नु पर्दछ ।
लिम्बुवान स्वायत्त राज्यको माग गर्दै भएका संघर्षको इतिहासः
पूर्वी नेपालको जातीय मूक्ति आन्दोलनको सवाल लिम्बुहरुले २२२ वर्षअघिदेखि उठाइल्याएको हो । १८३१ को गोर्खासंगको संझौतामा उत्तरी लिम्बुवानका सुब्बाहरु सामेल थिएनन । उनिहरु गोर्खासँग मिल्ने पक्षमा पनि थिएनन् । उनिहरुले हस्तपुरका यङहाङ राजाको नेतृत्वमा १८६० को दशकसम्म गोर्खाको विरुद्दमा लडदैरहे भने दक्षिणी लिम्बुवानमा सम्वत १८४१ मा गजदल याक्थुङले लिम्बुवान स्वतन्त्रताको लागि व्रि्रेाह गरे । तर गोर्खा शासकले त्यो विद्रोह
लाई दवाएका कारण उनले भागेर सुखिम जानपर्यो । त्यसको लगत्तै सम्वत १८४२ पनि मुरेगान र थामुया याक्थुङहरुले गोर्खाली साम्राज्यबाट लिम्बुवानलाई मूक्त गर्नकोलागिछापामार युद्ध संचालन गरे तर फेरी गोर्खाले दमन गर्यो । १८४५ मा शिरीजंगा थेवेले भाषालिपीको माध्यमबाट क्रान्तिकारी अभियान चलाए तर गोर्खाले उनको ज्यानको खोजी गरेकोले उनि पनि सुखिमतिर भाग्न बाध्य भए । यसपछि सम्वत १८७३ को पृथसिंह लिम्बुको नेतृत्वमा भएको आन्दोलनलाई गोर्खाली सेनाले विफल पारीदियो । गोर्खा सरकारले लिम्बुवानमा ठाना चौकी राख्दा सुब्बाको हक कटौति भएको भनी लिम्बुहरुले त्यसको विरोध गरेका थिए । यस काण्डमा केही अगुवा लिम्बुहरु मारिए र भाग्न सफल हुनेहरु सुखिम पसे । सम्बत १९७१ मा लालसोर सेन्दाङले पनि भाषालिपीको लागि अभियान चलाउदा सरकारी दमनका कारण सुखिम पलायन हुनपर्यो ।
२००६ सालमा लिम्बुहरुले याक्थुङ चम्लुङ सभा गठन गरी राणा विरोधि आन्दोलनलाई उर्जा प्रदान गरेका थिए । २००७ सालको क्रान्ति पछि ललितबहादुर तुम्बाहाङफेको नेतृत्वमा लिम्बुवान स्वायत्त सरकारको गठन भएको थियो तर राणा र कांग्रेस मन्त्री मण्डलले अनेक करतुत प्रयोग गरी यस्को विघटन गरिदियो । यसपछि २००८ मा अखिल नेपाल किरात लिगले घुमाइफिराइ स्वायत्तताकै आवाज उठाएका थिए । २००९ मा अखिल नेपाल लिम्बुवान चुम्लुङ सभा नामक सगठनले त आपनो नीति र कार्यक्रमको घोषणापत्रको धारा -२) मा रक्षा मुद्रा र यातायात केन्द्र सरकारमा राखी लिम्बुवानलाई परानै रीतिथीति संस्कार नियम अनुसारकै स्वायत्त शासन दिनुपर्छ भन्ने मागको उल्लेख गरेको पाइन्छ । २०१३ मा ललितबहादुर तुम्बाहाङफेको नेतृत्वमा र २०१४ मा देउमान आङदेम्बेका नेतृत्वमा लिम्बुवानबाट प्रतिनीधि मण्डल काठमाण्डू गएर सरकारमा लिम्बुवानको किपट हक वा स्वायत्तताको मागलाई शान्तिपूर्ण ढंगले राखेका हुन । २०२३ मा लिम्बुवान राज्यको माग सहित प्रतिनिधि मण्डल लिएर काठमाण्डौ गएका कप्तान दिलबहादर लिम्बु र लप्टन लालबहादुर लिम्बु मध्ये पछिल्लोलाई जेलमा हालियो र जेलैमा उनको मृत्यु भयो । २०२१मा भूमि सम्बन्धि नयाँ ऐन बनेपछि २०२४ मा सुब्बा प्रेमबहादर माबोहाङको नेतृत्वमा एक प्रतिनिधि मण्डल काठमाण्डू गएर किपट हक वा स्वायत्तता कायमै राख्ने माग सरकारमा प्रस्तुत गरेका थिए । यसपछि राष्ट्रिय जन सम्मेलन समिति भाषा प्रेमी स्वाभिमानी युवा परिवार लिम्बुवान र याक्थुङ योभोसाओ पेलिसक नामका संस्थाहरुले कुनै न कुनै प्रकारले लिम्बुवान स्वायत्तताको आवाजलाई निरन्तरता दिए । त्यसपछि २०४३ मा वीर नेम्वाङको नेतृत्वमा गठन भएको लिम्बुवान मूक्तिमोर्चाले लिम्वुवान स्वायत्तताको आवाजलाई झन ठूलो गरी घन्काएको थियो । २०४६ मा स्थापित किरात याक्थुङ चुम्लुङले आदिवासी लिम्बुहरुको विकास सम्बन्धि एजेण्डा २०६१ को दफा १०५ मा लिम्बुवानलाई आत्मनिर्णयको अधिकार छ र दिइनुपर्छ , दफा १०७ मा लिम्बुवानलाई स्वायत्तता प्रदान गर्नुपर्छ र दफा १०८ मा लिम्बुवानकेा नाम पल्लो किरात लिम्बुवान स्वायत्त प्रदेश राखिनुपर्दछ र मुद्रा, विदेश र रक्षा केन्द्र सरकारको जिम्मामा र अन्य सम्पूर्ण अधिकार प्रादेशिक सरकारमा रहनुपर्ने माग अगाडि सारेकोछ । यसको मतलब संघात्मक शासन व्यवस्थाको माग नै हो । त्यतिवेला भएका विद्रोहहरु लिम्बुको मात्र हक अधिकार कायम राख्नको लागि हो भन्ने जस्तो बुझिन गएपनि वर्तमान सर्न्दर्भमा लिम्बुवानकोलागि उठेको आवाज लिम्बुको लागिमात्र होइन तर लिम्बुवान भित्र बस्ने सम्पूर्ण लिम्बुवानबासीको लागि हो भन्ने बुझ्नुपर्छ । यस प्रकार लिम्बुहरुले लामो समयदेखि नेपालको जातीय मूक्ति आन्दोलन संचालन गर्दै आएका हुन । राज्यको पूनर्संरचना हुदा लिम्बुहरुको यो चाहाना र महान गैरवशाली व्रि्रोह्रको इतिहासलाई सम्मान गरीनुपर्दछ ।
निष्कर्षः
शताब्दियौंसम्म उकुसमुकुसिएर बसेको शोषण दमन र उत्पिडनले एघार बर्षो जनयुद्घ हुदै जनआन्दोलन ०६२/०६३ को रुपमा विष्फोट हुदा सामन्ति एकाधिकारवादी हैकमवाद ढलेकोछ । उन्नाइस दिनसम्मको आन्दोलन मार्फत जनताले राजतन्त्र र केन्द्रिकृत एकात्मक शासन व्यवस्थाको अन्त्य अनि गणतन्त्र र संघीय शासन प्रणालीको व्यवस्थापन हुनुपर्छ भन्ने अभिमत जाहेर गरेका थिए । यो जनाभिमतको अक्षरस पालना गरीनु पर्दछ । संघात्मकताको व्यवस्थापनकोलागि राज्यको पुनर्संरचना हुदा जातिहरुको सामाजिक भाषिक सांस्कृतिक र भौगोलिक इतिहासको आधारमा गरीनुपर्दछ । यो नै प्रमुख वैज्ञानिक मापदण्ड हो । यसो गर्दा सबै जातिहरुको चित्त बुभ्नेछ । कुनै विवाद उत्पन्न भएमा सरोकारवालामा जन्मत संग्रह समेत गरेर पनि तर्कसम्मत ढंगले निष्कर्षनिकाल्नुपर्ने हुन्छ । जातीय राज्य भन्नाले जुन जातिको नाममुताबिक राज्य छ त्यो जाति नै त्यहाँ र्सर्बेर्सबा हुने भन्ने होइन, त्यो राज्यमा बसोबास गर्ने सबै जातिहरुले जनसंख्याको आधारमा समानुपातिक हिसाबले सत्तामा सहभागि हुन पाउनेछन । खालि त्यो क्षेत्रको नाम ऐतिहासिक आधारमा राखिनुपर्छ भन्नेमात्र हो । यही भौगोलिक इतिहासको र देशको इतिहासमा लिम्बुवानको विशिष्ट स्थान रहीआएको आधारले हालका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेरथुम र संखुवासभा जिल्लाहरु लिम्बुवान राज्यभित्र पारेर आत्मनिर्णय अधिकार सहितको पूर्ण राजनैतिक अधिकार सम्पन्न स्वायत्तता दिइनुपर्छ । आवश्यकता अनुसार यसभित्र अन्य जातीय इलाकाहरुलाई उपस्वायत्तता प्रदान गरीनुपर्दछ ।
(लेखक लिम्बुवान स्वायत्त सरोकार मञ्चका पूर्व संस्थापक अध्यक्ष हुनुहुन्छ)