नयाँ नेपाल निर्माणका लागि,नयाँ संविधान बनाउन गरिएको संविधानसभाको निर्वाचनमा नयाँ राजनीतिक दल नेकपा माओवादी, विज्ञ विश्लेषकहरुका विश्लेषणहरुलाई असफल गराउदै र आफ्नै आँककलनमा समेत फेल हुदै संसारलाई नै चकित पारेर नेपाली राजनीतिकै ठुलो दलका रुपमा स्थापित हुने क्रममा छ । नयाँ बर्षको बेलामा नयाँ इतिहास रचेको माओवादीले नयाँ बर्षको खुसीयाली सँगै विजय उत्सव मनाईरहेको छ । यसअघिका मितिमा तोकिएका निर्वाचनमा समेत जाउँ कि नजाउँ भनेर डराईरहेको माओवादीले अहिलेको चुनावको संघार सम्मपनि आफ्नो पार्टीले यतिविधि मत र सिट ल्याउँछ भन्ने विश्लेषण गरेको भए सायद एमालेसँग तालमेलको हात पसार्ने थिएन । र आफुले हारेमा पुन बबाल गछौर्ं भन्ने आवाज निकाल्ने थिएन । एमालेले साचेको थियो, गाउँगाउँमो दिएका दुःखका कारण जनताहरु माओवादीसँग विच्किएका छन् । शहरी क्षेत्रका आफ्ना कार्यकर्ताप्रतिवद्ध छन् चलमलाएका छैनन् । जीत एमालेकै पक्का छ । माओवादी त तेस्रो स्थानमा मात्र आउँछ । यहि अनुमान लगाउदै जनताको चाहना र माग विर्सेर एमाले कोठामा बसेर आफ्ना पकेटका भोट गन्दै ' लालकिल्ला' कायम रहनेमा ढुक्क मात्र होइन 'ओभर कन्पिmडेन्ट' भयो । काँग्रेसको दाउ दुई ठुला वाम पार्टी माओवादी र एमाले लडेपछि भोट काटाकाट हुन्छ,जीत्ने चै काँग्रेस नै हो र सायद काँग्रेसले बहुमत ल्याउन सक्छ भन्ने थियो । विभिन्न क्षेत्रका र स्वतन्त्र अधिकांश विश्लेषकहरुलेपनि माओवादीले अहिलेको जस्तो चुनावी परिणाम ल्याउला भन्ने विश्लेषण गर्न सकेका थिएनन् । त्यसकारणपनि यो चुनावी सुनामीदेखि अरु त अरु स्वयम माओवादीसमेत आश्चर्य चकित भएको हुनुपर्छ । माओवादी अध्यक्ष प्रचण्ड यतिबेला सोचिरहेका होलान् -हाम्रो निती, नारा र नयाँ विचार नेपाली जनताले छर्लङ्ग बुझेछन् र त भोट दिए । केहि हद सम्म यो सोचपनि सही नै हो तर त्यो भन्दा बढि सहिकुरा चै के हो भने, नेपाली जनताले धेरै बर्षदेखि परिवर्तन खोजिरहेका छन् । परिवर्तनकालागि जनताहरु अधर्य बनिसकेका छन् । यसअघि काँग्रेस र एमालेलाईपनि जनताले यसरी नै केहि गरिहाल्ला कि भनेर अमुल्य मतदानगरी माथि पुर्याएका थिए । जनताहरु उनिहरुका पक्षमा उभिएका थिए तर प्रजातन्त्र र बहुदलिय व्यवस्थाको यत्रो बर्ष सम्मपनि यि दलबाट जनताले सोचे अनुरुपको व्यवहार नभएपनि, तीनिहरुको विकल्पका रुपमा अर्थात् यसले पो केहि राम्रो गरिहाल्ला कि भनेर माओवादीमा आफ्नो मत दिएर विजयी बनाएका छन् ।माओवादीले यति धेरै मत पाउनुका पछाडि अन्य कारणहरुपनि छन् । यि कारण मध्येको अर्को ठुलो कारण नेपाली जनता एक दशक भन्दालामो द्वन्द्वदेखि सारै विचलित भएका छन् । माओवादीले चुनाव अघिदेखि नै आफुले नजिते विद्रोह गर्ने बताउदै आएपछि, जनतालाई माओवादीले हारेभने फेरि बबाल गर्छन् र पहिला जस्तै दुख व्यहोर्नुपर्छ भन्ने लागेको थियो । त्यसकारणपनि कति जनताले त फेरि हात्या,हिंसा र दुख खप्नु भन्दा माओवादीले नै जितोस् न त शान्ति हुन्छ भने भनेरपनि माओवादीलाई मत दिएका छन् । बहुसंख्यक जनताले निर्वाध रुपमा शान्तिपुर्वक 'गरिखाने वातावरण होस्' भन्नाका खातिर माओवादीलाई जिताएका छन् । अनि कतिले चैं माओवादीले उठाएका जातिय,आर्थिक,सांस्कृतिक आदि नीति मनपराएर पनि मत दिएकै हुन् । यत्रो गरेर पनि हार व्यहोर्नु परेको भए माओवादीले जंगल पस्नु मात्र होइन, जंगलै जंगल वनवास जानुको विकल्प बाँकि रहँदैनथ्यो ।यहाँ सम्म आई पुग्न, माओवादीले पार्टीको प्रचारप्रसारमा पनि कम्ति लगानी गरेको छैन । आफ्ना पार्टीका गणतन्त्र एफएम र जनदिशा, जनविद्रोह, कोशी जस्ता अनेकौं मुखपत्रले मात्र प्रचार गर्दा नपुगेर सञ्चार मन्त्रालय नै माओवादीको हातमा थियो । क्रान्तिकारी पत्रकार संघ गठन गर्नु, सरकारी मिडियाहरु नेपाल टेलिभिजन, रेडियो नेपाल, रासस र गोरखापत्रमा आफ्नै पार्टीका मान्छे नियुक्ति गर्नु र यि मिडियाले बारम्बार पार्टीकै बखान गरिरहनु पार्टीको विजयकालागि गरेको पुर्व तयारी नै थिए । जनतालाई एकोहोरो बनाउन पार्टीका र पार्टीको पकडका मिडियाले सकेसम्म र हुने सम्म गरेकै हुन् । यसो गर्दागर्दा एकोहोरोभई एकपक्षिय समेत भएका कारण सरकारी मिडियाप्रति प्रेस काउन्सीलको ध्यान आकर्षणपनि भएको र रेडियो नेपालको घट्ना र विचार जस्ता कार्यक्रम चुनाव बेला बन्द भएका उदाहरणपनि छन् । त्यतिमात्र नभएर अन्य नीजि मिडियाले माओवादीको 'सपोर्ट' नगरेको आरोप लगाउँदै माओवादी अध्यक्ष प्रचण्डले अन्य मिडिया विरुद्ध आमसभामै बक्तव्य दिनुलाई पनि आफ्ना मिडियाले बनाउन खोजेको माहौल भत्केला भनेर हो भन्ने ठाउँ मान्न सकिन्छ । त्यसबाहेक माओवादीले प्रचारमा ल्याएका नाराहरुपनि निक्कै आकर्षक थिए । 'सवैलाई हेर्यौं पटक पटक, माओवादीलाई हेरौं यसपटक ' जस्ता चुनावी नाराले जनतालाई ए साँच्चै हो त , हेरौं न त यिनीहरुलाई पनि एक पटक, के के गर्दा रहेछन् भन्ने बनाएको हो । तर, सत्ता प्राप्तिकालागि हिजो माओवादीले जसरी गुलिया कुरा गरेको थियो, अस्ति अस्ति एमाले र काँग्रेसले पनि यसैगरेका थिए । अब भोलि माओवादीलेपनि आफ्नो कुरा अनुसारको काम गरेन भने काँग्रेस र एमाले भन्दा फरक ब्यवहार गर्ने छैनन् नेपाली जनताले माओवादीलाई । यदि अहिले मत देखेर दङ्ग परेर बस्ने अनि भोलिका दिनमा भुमिगतकालमा भात खुवाएका जनताको घर आँगन विर्सने, उकाली ओराली गरेका अफ्यारा बाटाहरु छाडिदिने अनि अरुपार्टी झैं कोठामै बसेर नक्शा हेर्दै यो हाम्रो लाल किल्ला हो भनेर मख्ख पर्न थाले माओवादीपनि दोस्रो एमाले हुनेमा कुनै दुईमत छैन । अबको नेपाली राजनीति माओवादीको व्यवहारमा भरपर्ने प्रष्ट छ । ठुलो दल भएपछि माओवादी र नेपाली सेना समायोजनको प्रमुख जिम्मा माओवादीलाई नै जान्छ । त्यसबाहेक विदेशी शक्तिहरुसँगको व्यवहार कस्तो हुने हो त्यो माओवादीकालागि चुनौतिको विषय हुनेछ । पार्टीको छविलाई केहि हद सम्म नकारात्मक बनाउने वाईसियललाई सुधार्ने वा विघटन गरेर अर्कै केहि राम्रो काम गर्ने समुहको छवि बनाउने त्योपनि माओवादीले तत्काल ध्यान दिनुपर्ने कुराहुन् । यि बाहेक माओवादीकालागि अवका दिनमा नयाँ चुनौतिहरु प्रसस्त देखा पर्ने सम्भावना छन् । पहिलेदेखि असन्तुष्ट जातिय संगठन र गुटहरुलाई मिलाएर लैजानु जस्ता कनेकन चुनौतिपार गर्नु पर्ने छ नै । माओवादीसँग जनताले धेरै आशा र आकांक्षा गरेको यस पटकको चुनावको परिणामले प्रष्ट पारिसकेको छ । यदि माओवादीले आफ्ना आकर्षक नाराहरुलाई जनताको मर्म बुझ्दै व्यवहारमा लागु गरे एमाले जस्ता पार्टी अफै बडारिने निश्चित छ भने माओवादीलेपनि उहि पहिलेकै पार्टीहरुका झैं कुरा जसरी काम गर्न सकेन भने उल्टै माओवादी 'साफ' हुने सम्भावना हुन्छ । हुन त नारा दिए जसरी काम गर्न, आकाश पातालकै फरक हुन्छ । तर कम्तिमा जनताले पनि बुझ्न सक्नेगरी सकेसम्मको कोशीस माओवादीले गर्नैपर्ने छ, आफ्नो अस्तित्व र देश र जनताको भविष्यकालागिपनि ।
Apr 30, 2008
नयाँ नेपालका नयाँ चुनौतिहरु

Apr 23, 2008
बन्द ढोका र हामी
प्रकाश थाम्सुहाङ
किरात प्रदेशको याङरकबाट
चढेर चेतनाको रातो घोडा
अर्जाप्दै मस्तिष्कमा विचारको सिरूपाते खुकुरी
देश थर्काउँदै आवाजले
हो, थर्काउँदै शासकहरूको खुराफाती मुटु पनि..
लु है ! आइपुग्यौं, हामी नेपाल खाल्डोमा
अब खोज्छौं हिसाबकिताब
हाम्रा एकएक उत्सर्गहरु
विभेदको साँवा ब्याज
अरू थुप्रैथुप्रै पीडाहरूको साँवा ब्याज,
हौ, आदाङबा आदाङमा से
लुः एकमुष्ट गरौं असन्तुष्टिको मार्तोल
फोर्नुपर्छ अब
राज्यसत्ताको सुगुप ढोका !
कति बाँधिनु -
तथाकथित नियमकानुनको साँघुरो परिधि
माकति खुम्चिनु -
एक भाषा, एक धर्म र एक देशको
खोक्रो राष्ट्रियतामा,
कति शहीद पार्नु हाम्रो जिजीविषालाई -
बाँधेर तानाशाहको क्रुर फलामे साङ्लीझैं
यो देशको संविधानमा
निकालेर जब्बर तर्क मस्तिष्कबाट
त्यस्तो नाथे अन्तरिम संविधान
उहिल्यै जलाइदियौं माइतिघर मण्डलामा !
सधैं बाहिर
सधैं पाखा
बनाएर पराई हामीलाई
खुलेनन् ढोकाहरू,
किन खुलेनन् ढोकाहरू -
ढोका- अवसरको
ढोका- अधिकारको
ढोका- समावेशिताको
ढोका- आत्मनिर्णनयको
ढोका- राज्यनीतिको
फगत बाँचिरह्यौं
अजिन्दगी !
हरायौं आफ्नो कुरा सप्पैसप्पै
अनुहार, रङ
भाषा, धर्म
जग्गा, किपट
र भूमिपुत्र नै
भूमिहीन बाँचिरह्यौं,
ढोका अझै बन्द छ
अझै पनि ढोका बन्द छ
काङसोरे तिम्रो बलिदानको कसम
हामी चेतनाको रातो घोडा चढी
मस्तिष्कमा विचारको सिरूपाते अर्जाप्दै
बन्द ढोका फोर्न अग्रसर छौं
बन्द ढोका फोर्न कटिबद्घ छौं ।
Apr 21, 2008
इर्ष्याको आख्यान
सृष्टिको निर्माण पछि
इर्ष्याको बीउ रोपियो टुसाउँदै
बिचरा !
सृष्टिको निर्माण गर्ने पोराक्मी नैं
इर्ष्याको बाणले हानिएर
मृत्यु वरण गर्न पुगे
थोकपेत तेम्बेको उकालोमा
सुसुवेङ लालावेङ
सौताहरुको डाहीले
भोक भोकै मरे
चुङजीगेन येत्छाले
नपाए पछि बीउबिजन
ढुकुरको गाँडबाट
अन्न झिकी
बीउ छरेर गरिखाए ।
ढुङ्गे खोपिल्टामा जमेको पानीले
तृष्णा मेट्दा
मेल्लङहाङ्माले
केसामी र नामसामी जन्माइन
सिल्लरी फूल जाग्दा
अन्दङ फूल ओइलियो
सुम्दाङगेन तक्मी जस्तो
भिमकाय जनवारलाई
नाथे-
भुइमा कुदिहिड्ने
खाम्लुङ अईले
बङरंघ खाड्लमा खसाली दियो ।
हो-
हात्ती बिनाको
इक्सा खाम्बेक
सुहाँउदो भएन पक्कै
अनित
तेलेले तेन्छाममुक र
तेन्जीयेप येवाले
हात्तीको उद्धार गरे
रुख माथि शितल ताप्दै
सृष्टिको मज्जा लिंदा
अहा ! क्या सुरिलो स्वरले
गाउँन थाल्यो माङनेने
त्यही स्वर खोज्न खबुहाङ
ताघाप हिराबाट
स्वात्तै झिकी
माङनेने खोज्न हिड्दा खबुहाङ्
खबुहाङमाको इर्ष्याले
तातियो प्रचण्ड घाम
त्यही तापले सुकाइ दिए
खबुहाङको थुङदे लेवा ।
याक्चाना घाटमा युमा
.......तम्मरको छाल घुसाउँदै
तान बुन्दै थिईन ब्यास्त
यत्तिकैमा आई पुगे
काप्पोबा साम्माङ
......... टेकेर
कामुक काप्पोबा र युमा
होमिए संम्भोगको समाधिमा
काल्लेरे भए काप्पोबा
अरुले देखे पछि
छुट्टनि त छुट्टयिो
अतृप्त यौंन इच्छा
तर-
पृथ्वीको लागि
सुहाउँदो भएर टाँगिएन
जन्म र मृत्युको जीवनरुपी धागो
इष्याको ब्याडमा झाँगियो
काँडेदार इष्याका फूलहरु ।
लिम्बुवानमा माओवादी पराजित
रविन गिरी
धरान, ६ बैशाखः जातीयताको आधारमा छुट्टै स्वायत्त राज्यका रुपमा नेपाल कम्युनिष्ट पार्टीले-माओवादी) प्रस्ताव गरेको लिम्बुवान क्षेंत्रका अधिकांश स्थानमा माओवादी स्वयंले पराजय ब्योहोरेको छ । माओवादीद्धारा पारित लिम्बुवान क्षेंत्रमा पूर्वी पहाडका छ जिल्ला समेटिएका छन । जसमा इलाम,पाचथर,ताप्लेजुग,संखुवासभा,तेह्रथुम र धनकुटा पर्दछन । ती जिल्लाका कुल १२ निर्वाचन क्षेंत्रमध्ये धनकुटाका दुई र संखुवासभाका एक गरी तीन निर्वाचन क्षेंत्रमा मात्र सिमित हुन माओवादी हुन बाध्य भएको छ ।लिम्बुवान अलग राज्यका लागि पार्टीभित्रै लामो संघर्ष गरेर लिम्बुवानका नेतृत्व लिएका कतिपय शीर्षस्थ नेताहरु समेत आफ्नै क्षेंत्रको हार शिकार बन्नुभएको छ । जसमा माओवादीद्धारा घोषित लिम्बुवान राष्टि्य मुक्ति मोर्चाका अध्यक्ष श्रीप्रसाद जवेगु र पार्टीका तर्फबाट लिम्बुवान राज्य समितिका ईन्चार्जसमेत रहनुभएका सुरेन्द्र कुमार कार्की-पार्थ)समेत हुनुहुन्छ ।पाँचथर निर्वाचन क्षेंत्र न.१बाट निर्वाचनमा उम्मेदवारी दिनुभएका मोर्चाका अध्यक्ष जवेगु पराजित हुनुभएको थियो । विजयी नेपाली कांग्रेसका पूर्ण कुमार सेर्माको प्रमुख प्रतिस्पर्धी नेकपाका-एमाले) गणेश कुमार काङबाङ बन्नुभएको थियो भने जवेगुले तेस्रो स्थानमै चित्त बुझाउनुपरेको थियो । पाचथरकै क्षेंत्र नं.२ मा भने एमालेका डम्बरसिं सम्बाहाम्फे विजयी बन्नुभएको थियो । यस क्षेंत्रमा पनि नेपाली कांग्रेसका भीष्मराज आङदेम्बे दोस्रो स्थानमा रहनुहुँदा माओवादीका प्रत्यासी अमरसिं थापा तेस्रो स्थानमा रहनुभएको थियो । उता पार्टीमा पूर्वी क्षेंत्रका प्रभावशाली मध्येका एक नेताका रुपमा मानिनुहुने कार्की पनि ताप्लेजुङ क्षेंत्र न.१बाट नेपाली कांग्रेसकै उम्मेदवार सुर्यमान गुरुङसँग पराजय स्वीकार गर्नुपरेको थियो । सोही जिल्लाकै क्षेंत्र न.२मा पनि माओवादी उम्मेदवार एवं विधायक टंक प्रसाद आङबुहाङलाई हराउदै एमालेकै डम्बरध्वज तुम्बाहाम्फे विजयी बन्नुभएको थियो । मोर्चाकै केन्द्रीय सचिवसमेत रहनुभएका हर्क बहादुर लावती-कान्छा) लिम्बुवान क्षेंत्र मानिने इलाम क्षेंत्र न.२ बाट एमालेका सुभासचन्द्र नेम्बाङको निकटतम प्रतिस्पर्धी समेत बन्न सक्नुभएन । लावती प्रतिस्पर्धामा काग्रेसका केशव थापा भन्दा धेरै पछि रहनुभएको थियो । जिल्लाकै क्षेंत्र नं.१ र ३ मा पनि माओवादी उम्मेदवारहरु क्रमशःसुर्य प्रकाश बाला र सरिता राई तेस्रो स्थानमै रहनुपर्यो । क्षेंत्र नं १ मा कांग्रेसका बेनुपराज प्रसाईलाई हराउदै एमालेका झलनाथ खनाल विजयी बन्नुभयो भने क्षेंत्र न.३मा कांग्रेसका कुल बहादुर गुरुङले एमालेका धर्म प्रसाल उप्रेतीलाई पराजित गर्नुभएको थियो । तेह्रथुममा कांग्रेसका तुलसी सुब्बाले एमालेको भवानी खापुङलाई करिब चार हजार मत अन्तरले हराउदा माओवादीका नरबहादुर लिम्बू भने नौ हजार मतले तेस्रो स्थानमा हुनुहुन्थ्यो । संखुवासभामा भने दुई मध्ये माओवादी र एमालेले एक,एक स्थान बाडेका थिए । क्षेत्र नं.१मा माओवादीका पूर्ण प्रसाद राईले एमालेका कवानसेन राईलाई हराउनुभएको थियो भने क्षेत्र नं.२ मा राजेन्द्र कुमार किरातीलाई एमालेका डम्बरबहादुर खडकाले पराजय चखाउनुभएको थियो । लिम्बुवान प्रस्ताव जिल्ला मध्ये धनकुटामा भने माओवादीले शानदार विजय हासिल गरेको थियो । धनकुटाका क्षेंत्र न.१मा माओवादीका हेमराज भण्डारीले एमालेका पूर्व सांसद रकम चेम्जोङलाई स्तब्ध पार्नुभएको थियो । पूर्व प्रधानमन्त्री सुर्य बहादुर थापाले उम्मेदवारी दिनुभएको क्षेत्र नं.२मा पनि एमालेका धर्मराज पौडेललाई थोरै मतले हराउदै माओवादीका हरिराज लिम्बू विजयी बन्नुभएको थियो । मोर्चाका महासचिव मुक्सामहाङ मेन्याङबोले लिम्बुवान क्षेंत्रमा पार्टीका नेताहरुको पराजयको कुनै ठूलो कारण नभएको बताउनुभयो । हुनसक्छ हामी शहरमा केन्दि्रत हुँदा आफ्नै ठाउँमा राम्रो प्रचार गर्न सकेनौ,उहाँले भन्नुभयो । शीर्ष नेताको पराजयका कारण पनि लिम्बुवान प्राप्तिमा भने कुनै शंका नलिन उहाँको आग्रह थियो । लिम्बुवानको राजनीतिःईतिहास,वर्तमान र दस्तावेज नामक पुस्तकका लेखक भवानी बरालले भने गएको भदौमा मात्र माओवादीले किराती राज्यबाट लिम्बुवानलाई छुट्याएको जसका कारण पर्याप्त प्रचारकै कमीले उनीहरु पराजय भएको हुनसक्ने बताउनुभयो । ऐतिहासिकताको आधारमा लिम्बुवान कतिपय जिल्लाहरुलाई कोचिला प्रदेश बनाईनु अनि लिम्बू र किरातकै सीमामा समेत अस्पटता भएकाले पनि जनताको यस्तो प्रतिक्रिया आएको हुनुपर्छ,बराल विश्लेषण थियो ।
सपना नदीको मृत्युमा
Apr 17, 2008
मनोभावको माइनर अपरेसन
शब्द,संगीत र स्वरको संयोजन नै गीत हो भन्ने आधारभूत तथा प्रचलित परिभाषा रहिआएको छ । तर शब्द मात्रै या संगीत मात्रै या स्वर मात्रै पनि गीत हुन्छ भन्ने मान्यता पनि विश्वका कलाप्रेमीहरु माझ व्याप्त छ । कति शब्दकार अथवा गीतकार भन्दछन् 'शब्द स्वयंले संगीत र स्वरको प्रकार मागिरहेको हुन्छ ।' त्यस्तै संगीतकारहरु भन्दछन्'संगीतले पोशब्द र स्वरको प्रकार खोज्दछ त ।' फेरि गायकको आफ्नै जिकिर हुन्छ 'होइन स्वरको तह हेरेर पो शब्द र संगीतको निर्माण हुन्छ त ।' जेहोस् गीत तयार हुन तीन थोक मिल्नै पर्दछ । यद्यपी,असल गीत बन्नलाई चाँहि शब्द,संगीत,स्वरको सन्तुलित र उत्कृष्ट तालमेल हुन आवश्यक पर्दछ । नत्र गीत आँडे हुन्छ । यहाँ त्यस्तैसन्तुलित र उत्कृष्ट तालमेलमा तयार भएको गीतहरुको संग्रह 'मनोभाव' बारे संक्षिप्त चर्चा गर्ने प्रयास गरिन्छ ।
'मनोभाव' मा संगीतकार र गीतकार सिङ्गो छन् । अर्थात,सम्पूर्ण संगीत एकल संगीतकार दिनेश सुब्बा र सम्पूर्ण गीत या शब्द एकल गीतकार टंक सम्वाहाम्फेको छ भने स्वर विविध प्रकारका गायकहरुको छ । गीतको पहिलो र्सत हो आनन्द दिनु । सो,मनोभावले श्रोताहरुलाई भरपुर आनन्द दिन्छ नै। तर आनन्द दिंदादिदैपनि कहीँ कहीँ भात खाँदा दाँतमा ढुंगा परेझैँ लाग्दछ ।
शब्दको आधारमा मनोभावको अप्रेसन गर्ने हो भने यहाँ चार प्रकारका गीतहरु संग्रहित छन् ।
प्रकार एकमा राष्ट्रिय गीत,प्रकार दुइमा जीवन-दर्शन गीत,प्रकार तीनमा मायाको ट्रयाजिक गीत र प्रकार चारमा नारी साइकोलोजीको गीत । शान्ति आहृवान र दुखियाको गीत प्रकार एकको गीत हुन् । जीवन के हो,सोच्दा यहाँ र चट्याङ पर्यो प्रकारका दुइका गीत हुन् । माथि चढुँ हिउँ पहिरो,आजकालको समय,ढुंगा कस्ले हान्योर हे चरी भुरुरु प्रकार तीनका गीत हुन् र लाज लाग्छ तथा बसन्तको आँगनीमा प्रकार चारका गीत हुन् । यसरी चार प्रकार गीतहरु एउटै एलबम या संग्रहमा राख्नसक्नु गीतकार टंक सम्वाहाम्फेको सामर्थ्य हो । शब्द चयनको यस दृष्टिकोणबाट हेर्दा निश्चय नै गीतकार सम्वाहाम्फे नेपालका उत्कृष्ट गीतकारहरुको कोटिमा पर्दछन् । यद्यपि,दुइएक ठाउँमा उनले शब्दलाई अर्थै नबुझी प्रयोग गरेको अनुभूति हुन्छ । जस्तो कि दुखियाको गीतमा भाका पूर्वेली छ,गीत सुन्दा पूर्वेली गाउँको तस्वीर आउँछ तर गीतको दास्रो अन्तरामा 'दोहोरी' शब्द प्रयोग गरिएको छ । नेपालको पूर्वतिर दोहोरी भाका नगाइएर 'जुहारी' चाँहि गाइन्छ ।
दोहोरी नेपालको पश्चिमको विम्व हो । पूर्वेली भाकामा दोहोरी शब्द गाउँदा अस्वभाविक लाग्दो रहेछ । मानूँ टिसर्टमा टाइ लाए जस्तो । जे होस्,दुइएक भ्रम नराखी गीत 'पपुलर' हुदैन भन्ने मान्यता पनि नेपाली गीत संगीतको फाँटमा मौलाउँदै गएको पाइन्छ । प्रसंगबस् श्रवण मुकारुङको 'माथिमाथि सैलुङ्गेमा....' भन्ने गीतको कुरा कोट्याऔं । 'मारुनी' भनेको केटाले कटी बनिएर नाच्नु हो । तर,यहाँ कुन्ती मोक्तान गाउँछिन्,'मैले जति मारुनी कल्ले नाचेको छ -' त्यसकारण कतिपय विद्वानहरु भन्दछन् गीत भनेको अवचेतनाको मीठो प्रतिफल हो । समग्रमा 'मनोभाव' भित्रका शब्दहरु विशिष्ट,परिपक्क,सुन्दर एवं मन छुने किसिमका छन् । यसका निम्ति गीतकार टंक सम्वाहाम्फेलाई जति बधाई दिए पनि र जति प्रशंशा गरे पनि थोरै हुनेछ । उनी जस्तो प्रतिभाशाली गीतकार नेपाली गीतसंगीतले पाउनु ठूलो उपलब्धी हो ।
अन्तमा यस्तो महत्वपूर्ण एल्बम् निर्माण गर्ने साहसी निर्माताद्वय कमला सुब्बा र मातृदीप राइ,एल्बमकी उद्घाषिका अरमाली श्रेष्ठ र आवरण सज्जाका निम्ति सुरज श्रेष्ठ सप्पै धन्यवादका पात्र छन् । एकचोटी प्रत्येकले सुन्नै पर्ने मनोभावमा पक्कै पनि परदेशमा बाँचिरहेका नेपालीहरुको मनोभाव छ मनोव्यथा छ ।
Apr 16, 2008
गन्थन सुभाज्यू संग...................
यसरी आफ्नो परबेटी कुरा गरेर
हजूरलाई बस्नु न उठ्नुको,
असमञ्जसमा पार्नु नहुने थियो ।
यी सन्तानहरु कहिल्यै मिलेर बस्न सकेनन् ।
कहिले रोटीमा झगडा गर्छन् ।
कहिले भेटिमा लुछाचुडी गर्छन् ।
आफै नियम बनाउछन् / आफै बिगार्छन् ।
यी चार जातीका छत्तीस् वर्णहरु,
चार वर्णका छत्तीस् जातीहरु ,
अंश वण्डा मागी रहेका छन् अहिले ।
सुभा ज्यू !
यसरी आफ्नो परबेटी कुरा गरेर
हजूरलाई बस्नु न उठ्नुको,
असमञ्जसमा पार्नु नहुने थियो ।
यो पिरोलो घरको पनि, कहिल्यै बिसेक नहुने भयो ।
इतिहास देखि नै यहाँ
किसिम किसिम हुदै आएको छ ।
येस खेप, यो दाफा
कानले के के सुने पनि,
आँखाले थरी थरी देखे पनि,
अखबारमा बाङ्गो टिङ्गो पढे पनि,
टि भिमा नौटङकी हेरे पनि, मेरो मनको देवता मान्दैन ।
यहाँ नेर तुस् छ है.........तु......स........
प्रसंगले गलत अर्थ लागेमा, रिसानी माफ पाऊँ ।
मनमा के के लागिरह्यो,
भित्र भित्रै पोलीरह्यो, सो बोलि दिए, सो ओकलि दिए ।
सुभा ज्यू !
यसरी आफ्नो परबेटी कुरा गरेर
हजूरलाई बस्नु न उठ्नुको,
असमञ्जसमा पार्नु नहुने थियो ।