वि.सं. २०२२ धरानमा जन्मनु भएका उपन्यासकार देश सुब्बाले पब्लिक युथ क्याम्पसबाट ब्यवस्थापनमा स्नातकोत्तर सम्मको अध्यायन पुरा गर्नु भएको छ । हाल सम्म दोषी कर्म - २०५०,अपमान - २०५२ दुइ संस्करण,शहीद - २०५६ र भयवादमा आधारीत आदिवासी - २०६४ मा उपन्यास कृतिहरु प्रकाशित भएकाछन् । विभिन्न पत्रपत्रिकामा कथा,कविता र वैचारीक लेखहरु थुप्रै प्रकाशित भै सकेकाछन् ।नेपाली साहित्य प्रतिष्ठान हङकङसंग स्थापनाकाल देखि नै सम्वद्ध हुनुहुन्छ । आदिवासी उपन्यास पछि उनको नया योजना महाकाव्य कविता कृति प्रकाशन गर्ने तर्फ आफु मोडिएको कुरा वताउनु हुन्छ । हङकङलाइ नै लेखनको कर्मथलो मानेर लेख्न थाले पछि मगर संघ हङकङ र किरात याक्थुङ चुम्लुङ हङकङद्वारा २००३ मै सम्मानित हुनुभएको छ । वहा द्वारा प्रवर्तन गरीएको साहित्यमा भयवादले हालसालै नेपाल तथा हङकङको साहित्य लेखन तथा वैचारीक वहसमा खैलावैला मच्चाएको छ । जिवन र जगतलाइ हेर्ने नया चश्माको रुपमा आएको कुरा नेपाली साहित्यका मुर्धन्यहरुले स्विकार गरेकाछन् । हङकङ जस्तो व्यस्त ठाउमा रहेर पनि आफ्नो कृतिहरु लगातार प्रकाशन गर्न पछि पर्नु भएको छैन । वहा नै डायस्पोरीक नेपाली साहित्य लेखनमा वाद अथवा भयवादका पहिला प्रवर्तक पनि हुन् । उनै अत्यान्तै शसक्त,सक्रिय साथै भयवादका प्रवर्तकसंग लिम्वूवान डट व्लगस्पोट डटकमका व्लगर टंक सम्वाहाम्फेले गर्नु भएको कुराकानी पाठकहरुको लागि प्रस्तुत गरीएको छ ।
१.हालसालै तपाईद्वारा प्रतिपादित भयवादमा आधारित उपन्यास आदिवासीको प्रकाशन गराएर हङकङका पाठकहरूको हातमा पुर्याइसक्नु भयो तर कतिपय अन्य देशमा रहने पाठकहरूको हातमा उक्त कृति हात नपरेको हुनसक्छ त्यसैले भयवाद र पुस्तकको वारेमा बताइदिनुहुन्छ कि ?
आफ्नो कृति बढी भन्दा बढी पाठकले पढुन् भन्ने प्रत्येक लेखकको आशा हुन्छ । म पनि यसबाट अलग छैन । विद्युतीय सञ्जालमा कृतिको सञ्चार गराउन सजिलो छ । तर भौतिक रूपमा अन्य देशमा पुर्याउन विभिन्न समस्याहरू छन् । विदेशमा बस्ने नेपालीको ठूलो समस्या व्यस्तता पनि हो । व्यस्तताले गर्दा सोचिएका काम गर्न सकिन्दैन । सर्म्पर्क गर्न खोज्दा पनि सर्म्पर्क गर्न नसकिने अवस्था छ । विभिन्न देशहरूमा पुस्तक पठाउने सोच छ, तर सकिरहेको छुइनँ ।
भय पूर्वीय र पश्चिमी विचारमा, दर्शनमा बोधको रूपमा आइरहेको नै छ । भय विभिन्न रूपमा व्याख्या हुँदै आएको हामी पाउँछौ । ती विचारहरूमा भयलाई बोध सम्म गरेर प्रधान विषयलाई गौण पारेको देखिरहेको छु । मैले यसलाई वादको रूपमा वा प्रधान विषयको रूपमा उठाउन खोजिरहेको छु किनभने जीवनका प्रत्येक गतिविधि साँझदेखि बिहानसम्म भयबाट निर्देशित हुन्छन् । भयको कारणले चेतनशील प्राणीहरू चलयमान हुन्छन् । यसको मूल स्रोत चेतना हो । चेतनाको मात्राहरूले ग्रहण गर्ने भय फरक फरक हुन्छ । एउटै प्रकृतिको भय फरकफरक ग्रहण हुने गर्दछ । उदाहरणको लागि भूतको कुरा गरौ । कसैलाई भूत ज्यादै डर लाग्छ कसैलाई कम । जीवन र जगत पनि त्यस्तै हो । यो श्रृखलाबद्ध हुन्छ । एउटा समाप्त भएपछि अर्को तुरून्तै उपस्थित हुन्छ । यसको माध्यम प्रकट हो । भयका रूप, प्रकार, असर, स्रोत देखाउनु मात्र भयवाद हुँदैन, सहजता तर्फउन्मुख हुने गतिविधिहरू नै भयवाद हुन् अथवा सैद्धान्तिक कुरालाई व्यवहारिकमा जानु भयवाद हो । कुनै मान्छेलाई संक्रमक रोग लागेको छ वा कुनै ढल्दै गरेको टावरभित्र मान्छेले अगाडि आइरहेको मृत्यु देखेर कहालिने, उफ्रने, कुदने जस्ता क्रियाकलाप गर्दछन् । यस्ता घट्ना जीवनभरि नै भैरहन्छ । त्यसले जीवनको आनन्दमा विष घोलिरहेको हुन्छ । एक दिन मान्छे मर्नु त छँदैछ । त्यसलाई सहज ढंगबाट लिँदा जीवन आनन्दमय हुन्छ । ढल्दै गरेको टावरभित्रको मान्छेलाई पनि जीवन एकदिन मर्ने नै हो ढंगको अनुभूति हुन गए उसका धेरै कुरामा फरक पर्दछ । यो अवस्था भयवादको अवस्था हो । जीवनमा भय निरपेक्ष हुन्छ र जगतमा जीवन । जीवनका सबै रसहरू भयमा सापेक्षित छन् र जगतका सबै जीवनमा । जीवनले देखेको सम्म नै संसार हो र संसारमा जीवनलाई सहज बनाउन हिँडिने प्रकटका खुड्किलाहरू भयवाद । भयको कारणले जीवन असहज र भयभीत भइरहेको वर्तमान विश्वमा यसले सहज मार्गमा उन्मुख गराउँछ । भयवाद र भय यसैमा फरक छ ।
यसै सिद्धान्तलाई व्यवहारिकीकरण गर्न "आदिवासी" उपन्यास बनाइएको छ । उपन्यासमा निसाम् प्रतिनिधि पात्र छन् । ऊ बिरामी भएपछि बढी मात्रामा भयभीत हुन थाल्छन् । यो कुनै घटना, रोगको प्रनिनिधि हो । यस बिरामीले धेरै बिरामीको प्रतिनिधित्व गर्छ । उनमा मानसिक तनाव उत्पन्न भएको छ र भित्रभित्रै खियाउँदै लगेको छ । के कारणले यस्तो भएको हो ऊ जान्न चाहान्छ । धेरै मान्छे जान्न चाहान्छन् । कारण जान्नको लागि ऊ मान्छेहरूसित बुझदछ, सोध्दछ र पढ्दछ । तर पनि ज्ञान पाउन नसकेपछि आफूभित्रको छटपटावटलाई शमन गर्न ऊ घर छोडेर हिँड्दछ । यस्तै किसिमको छटपटावट, तनावले गर्दा मान्छेहरू घर, परिवार छोडेर हिँडिदिन्छन् । देश, विदेश, बनजंगल जानेमान्छे, साधुसन्तको पनि केही न केही यस्तै किसिमको छटपटावट रहेको हुन्छ । यी सबैको पछाडि भय सक्रिय भएको हुन्छ । भयबाट कोही पनि पछुतो रहेका हुँदैनन् । यसैबाट मान्छे निर्देशित हुन्छन् । यसबाट सहज पाउन विभिन्न बाहनामा मान्छे भौतारिन थाल्छ । यसैलाई उपन्यासमा देखाउन खोजिएको छ ।
अर्को तर्फआदिवासीहरूले विभिन्न कारणले आफ्नो जग्गाजमिन गुमाउनु परेको तीतो यथार्थ छ । धुम्रपान, मद्यपानको कुलतले अनेकौ समस्या भोग्नु परिरहेको छ । भाषा, लिपि, धर्मसँस्कार लोप हुने क्रम बढ्दो छ । "मान्छेले आफूलाई चिन्नुपर्छ आफ्नो समस्या चिन्नुपर्छ" भन्ने सन्देश पुस्तकले दिन खोजेको छ । आफ्नो अधिकारको निमित्त ठूलाठूला भाषण र सडक आन्दोलन गरेर मात्र हुँदैन । आदिवासी हुनलाई भाषा, लिपि धर्मसँस्कार, इतिहास, पुरातत्वले प्रमाण दिइएको हुनुपर्छ । ती वस्तुहरूको संकलन, सम्बर्न्धन, गर्ने तर्फध्यान दिनुपर्छ । आदिवासीहरूले नयाँ नयाँ भाषालिपि, धर्म सँस्कृति चार्डपर्व बनाउँदैछन्, यसले आदिवासीलाई कमजोर बनाउँछ भन्ने सन्देश सम्म छ यहाँ ।
२. तपाई लिम्वू स्रष्टा भएकोले हाल चलिरहेको लिम्वूवान स्वायत्त राज्य पुनस्थापनाको मागलाई कसरी हेरिरहनु भएको छ ?
लिम्बूवान स्वायत्त राज्य विकेन्द्रिकरणको नजिक देखिरहेको छु । वर्षौ देखि हाबी भएको केन्द्रकृत व्यवस्थाको विरोधमा उभेको देखिरहेको छु । यो हुनुपर्दछ । लिम्बूवानका मान्छेलाई प्रत्येक वस्तुहरू, प्राणीहरू, वनस्पति, प्रकृति जतिको प्यारो हुन्छ, घनिष्ट हुन्छ, आत्मीय लाग्छ ती प्रकृतिको विकासको निमित्त त्यहाँका स्थानीय मानिस लागिपर्छन्, अन्य क्षेत्रका मान्छे लाग्दैनन् । स्थानीय भाषा, लिपि, धर्मसँस्कृति, चाडपर्व, त्यहीँको हावापानी, माटोसँग गाढा सम्बन्ध राख्दै विकास भएको हुन्छ । त्यहाँको क्षेत्रलाई त्यहाँको मान्छेले धेरै बुझदछन् । त्यसैले पनि स्वायत्त दिनुपर्छ । जहाँ सम्म पुनस्थापनाको कुरा छ, यसभित्र धेरै अन्यौल छन् । कुन बेलाको पुनस्थापना - नेपाल एकिकरण अगाडिको कुरा सुन्दैछु, लिम्बूवान नेपाल एकिकरण पछि बनाइएको बुझदैछु । नेपाल एकिकरण अगाडि सत्रथुम, दश लिम्बूवान थियो । त्यो भन्दापनि सानासाना थुमहरू थिए लाग्दैछ । दश लिम्बूवान कुन कुन थिए लाग्दैछ । दश लिम्बूवानभित्र पनि दाबेदार थुप्रै देख्दैछु । यस अर्थमा यो जटिल छ । नारा र भाषणजतिको सजिलो छैन । थुमहरूको पुनस्थापना भयो रे मानौँ ती थुमका मान्छेहरू पनि कताकता पुगिसके अब । कुन थुममा कुन लिम्बूहरू थिए भनेर किटानी गर्न सकिन्छ जस्तो लाग्दैन । फेरि अर्को कुरा लिम्बूवानमा बसोबास गर्ने गैर लिम्बूहरूको मत उतिकै महत्वपूर्ण छ । यी जातीय सन्तुलनमा अलिकति मात्र गडबडी भयो भने संकट लाग्न सक्छ । राज्यको कुरा त्यति सजिलो हुँदैन । गएको समय फर्केर पनि आउँदैन । हामीसित जहिले पनि वर्तमान हुन्छ । वर्तमानलाई सुन्दर बनाउनु ठूलो बुद्धिमानी हुन्छ । एक जाति, एक भाषा, एक लिपि, एक धर्म, एक चार्डपर्वको विरोध हुनुपर्दछ । यो देश विकासको ठूलो वाधक हो । हाम्रो ध्यान त्यतातिर जाँदा राम्रो हुन्छ जस्तो लाग्छ ।
३. अवका दिनहरूमा लिम्वू स्रष्टाहरूले लिम्वूवान आन्दोलनलाई सघाउ पुग्ने गरी आफ्नो सिर्जनाकर्म गर्नु पर्छ जस्तो लाग्दैन ?
लिम्बूवान आन्दोलन के को लागि - राज्य पुनस्थापनाको लागि वा लिम्बूजातिको लागि ! हामीले कुन उद्देश्यको लागि लेख्ने हो त्यहाँ । जहाँ सम्म लिम्बूजातिको सवाल छ, लेख्नुपर्छ । हाम्रा संस्कृति, मिथक, मुन्धुम, अधिकार । किनभने लिम्बू जातिको संस्कृति राष्ट्रको सम्पत्ति हो । यसलाई कसैले अन्यथा लिनु हुँदैन । जबसम्म साहित्यमा हाम्रा मुन्धुम, मिथक, संस्कृति लेखिन्दैन, तबसम्म त्यो दीर्घायु हुँदैन । हाम्रा भाषा, लिपि, धर्मसंस्कृतिको जगेर्ना भएन भने हाम्रो अस्तित्व संकटमा पर्छ । मैले यही कुरा लेख्न खोजेको छु आदिवासी उपन्यासमा ।
४. अन्तरिम नेपाल सरकारले नेपाललाई संघीय गणतन्त्रको रूपमा घोषण गरिसकेको छ त्यसकै आधारले पनि लिम्वूवान स्वायत्त राज्य पाउने आधार निर्माण भएको जस्तो लाग्दैन - तर सरकारले भने स्वायत्त राज्य दिने वारेमा कुनै निर्णय गरेको छैन तपाईको विचारमा सरकारले यसो गर्नुको प्रमुख कारण के होला ?
प्रथम कुरा त वर्तमान अन्तरिम सरकार भन्नु पनि एक जातिको सरकार हो । अहिलेसम्म एक जातिको सरकारले गर्ने निर्णय एकपक्षीय हुँदै आएको छ । यस्तो निर्णयहरूले आम जनताको समस्यालाई समाधान गर्न नसकेर नै जनआन्दोलन, जनयुद्ध भएका छन् । ती युद्धहरूको लक्ष्य बहुजातिहरूको कुराहरू भएपनि त्यहाँभित्र पनि एक जातिको निर्णय हाबी हुने भएकोले लिम्बूवान स्वायत्तका कुरा मात्र होइन अधिकार प्रत्योजनका कुराहरू गौण भएका छन् । विकेन्द्रित वा संघीय राज्य व्यवस्थामा जाने बित्तिकै एक जातिको हालीमुहाली कम हुन जान्छ । त्यसैले यसलाई प्राथमिकतामा नराखिएको हो । सरकार जबसम्म संघीय लोकतान्त्रिक गणतन्त्रमा जाँदैन तबसम्म निर्णयहरू आत्मघाती हुँदैन जान्छन् । यसले राष्ट्रलाई घात गर्दछ । वर्षौदेखि उनीहरूले राष्ट्रलाई घात गरेको हुनाले राष्ट्र लुते कुकुर भएको छ । सधैँसधैँ एक जातिलाई राज्य व्यवस्था सञ्चालन गर्ने अधिकार छैन । संघीय लोकतान्त्रिक गणतन्त्रमा जानैपर्छ । त्यस अन्तर्गत लिम्बूवान स्वायत्त राज्य पनि आउन सक्दछ ।
५. नेपालमा नेपाल सरकारले लिम्वूभाषालाई सरकारी विद्यालयमा पढ्न र पढाउन पाउने व्यवस्था समेत गरिसकेको हुनाले तपाईले आफ्नो कृतिहरूलाई लिम्वूभाषामा प्रकाशन गराउनु पर्छ भन्ने सोच लिनु भएको छैन ?
विभिन्न भाषामा आफ्नो कृति छपाउन कुन लेखकलाई मन लाग्दैन । म आफै लिम्बू । लिम्बू भाषामा प्रकाशन गर्न पाउनु सौभाग्यको कुरा । फेरि स्थानीय वस्तुहरू, स्थानीय भाषामा हुने भएकोले हामी जति गहिराइबाट मातृभाषाबाट लेख्न र बुझन सक्छौ, त्यतिको अन्य भाषामा गर्न सक्दैनौ । यो मेरो मात्र अनुभव होइन, अमेरिका, बेलायत गएर बस्ने धेरै भारतीय मूलका लेखकले पनि अनुभव गरेको कुरा हो । तर त्यहाँ प्राविधिक कुराहरू धेरै छन् । त्यसले पनि समस्या भैरहेको छ ।
६. लिम्वूवान स्वायत राज्य पुन प्राप्तिको आन्दोलनलाई सफल पार्न लिम्वूवान पार्टी र लिम्वूवानवासी लिम्वूहरूले कस्तो पाइला चाल्न आवश्यक छ होला जस्तो लाग्छ ?
राजनैतिक प्रश्न मलाई अप्ठयारा लाग्छन् । जति सजिलो आन्दोलन र जुलुसहरूको आवाज, कदम हुन्छ त्यति सजिलो स्वायत्त राज्य हुँदैन । आन्दोलन जुलुस, भनेको माध्यमहरू हुन् । यसले क्षणिक लक्ष्य प्राप्त गर्न सक्छ । लिम्बू र लिम्बूवान कै कुरा गरेर लाने हो भने लिम्बूहरूको भाषा, लिपि, धर्म संस्कृति, पुरातत्व नै हो । लिम्बूवान स्वायत्त राज्य प्राप्त गरेपनि भाषा, लिपि, धर्मसंस्कृति, पूरातत्वको अभावमा केही समयपछि लिम्बूहरू गैर लिम्बू हुन जान्छन् । लिम्बूहरूको भाषा, लिपि, धर्मसंस्कृति पूरातात्विक महत्वका वस्तुहरू प्रयाप्त भएमा गैर लिम्बूवानभित्र पनि लिम्बूहरू नै भनेर बाँच्न सक्छन् । लिम्बूहरूमा थर, उपथर लेख्ने परम्पराले भविष्यमा लिम्बूवान नै प्राप्त गरेपनि लिम्बू नलेख्ने लिम्बूहरू गैर लिम्बू हुन जान्छन् । यो खतरा देखिन थालेको छ । जातिलाई राजनीतिले भन्दा भाषा, लिपि, धर्मसंस्कृतिले बचाउँछ । विश्वको धेरै जातिहरूमा देखिएको यथार्थ हो यो । त्यसैले लिम्बूवान पार्टी र लिम्बूवानवासी लिम्बूहरूले राजनीतिलाई माध्यम मानेर भाषा, लिपि, धर्म संस्कृतिमा लाग्नुपर्छ र हाम्रा पुरातात्विक वस्तुहरूको खोज, अनुसन्धान र जगेर्ना गर्नुपर्दछ । एकिकरण ताका ती वस्तुहरूको नास गरिएको छ । कताकता छिटपुट अझै फेला पर्दैछ । त्यसलाई खोजेर भेला गर्नुपर्दछ र त्यसको अध्ययन गर्नुपर्दछ । त्यसले लिम्बूहरूको बारेमा नयाँ कुराको आविष्कार गर्दछ । कुनै ठाउँमा दरबार भेट्टाएको सुनिन्छ, कुनै ठाउँमा हातहतियार, शिलालेख । जातिको लागि त्यसको ज्यादै ठूलो महत्व छ । यसले लिम्बूहरूको वास्तविक इतिहास खोतल्न मद्दत गर्छ । यसले नै लिम्बूवान र लिम्बूहरूलाई बलियो बनाउँछ ।

-
७. लिम्वूवान स्वायत्त राज्य पुनप्राप्ति हुन्छ भन्ने कुरामा कतिको विश्वस्त हुनुहुन्छ ?
पुन प्राप्ति भन्ने कुरा संभव हुँदैन । भन्नुको तात्पर्य समय नै अढाइ सय वर्ष फरक भैसक्यो । हिजो हजारको संख्यामा भएको जनसंख्या लाखौ पुगिसके । लिम्बू जाति मात्र भएको क्षेत्रमा गैर लिम्बूहरूको बाहुल्य भैसक्यो । यी परिस्थितिलाई मध्य नजर गर्दा धेरै कुराको फरक भैसक्यो र वि.सं. १८३१ भन्दा अगाडि त्यहाँ लिम्बूवान भएको कुरा कतै देखिन्दैन भने पुन प्राप्ति केलाई भन्ने । हामी अहिले अधिकारको युद्धमा छौँ, स्वायत्तताको युद्धमा छौँ । यो कुरा हुन सक्छ । यसलाई पुन प्राप्ति भन्न मिल्छ जस्तो मलाई लाग्दैन ।
८. लेखन क्षेत्रमा कसैको प्रेरणा वा प्रभाववाट लाग्नु भएको हो कि - साहित्य लेख्दा तपाईले कस्तो महसुस गर्नु हुन्छ - कुन उदेश्यले बढी प्रेरित भएर लेख्नु हुन्छ - कुनै नयाँ कृतिको लागि योजनाहरू छन् कि ?
म लेखनमा व्यक्ति विशेषको प्रभावले लागेको होइन, बढी रहरको कारणले लागेको हुन सक्छु । लेखक भन्ने महान् हुन्छन् र उनीहरूले किताब लेखेपछि सबैतिर प्रशंसा हुन्छ भन्ने लागेको थियो । उनीहरूको जीवनस्तर उच्च हुन्छ भन्ने मनोविज्ञान थियो ममा । म कसैको प्रेरणाले भन्दापनि महान् हुने सपना बोकेर लागेको हुँ । तर आज बुझदैछु, वास्तवमा त्यस्तो होइन रहेछ । यो काम बडो कठिन हुँदोरहेछ । त्यसमा पनि हाम्रो जस्तो सानो बजार, प्रकाशक र वितरक नभएको बजार, भएका प्रकाशक र वितरक पनि संकुचित । यस्तो वातावरणमा धेरै समस्या हुँदोरहेछ । लेख्ने, छपाउने, वितरण गर्ने सबै काम गर्दा गाह्रो हुँदोरहेछ । हामी आदिवासी, लिम्बूवानको लागि लेखिरहेपनि औलामा गन्न सकिने मान्छेले पनि "आदिवासी, लिम्बूवानको लागि लेखिरहनु भएको छ" भन्न गाह्रो मान्दारहेछन् । यस्तो अवस्थामा समाजको लागि लेख्दैछु भन्नु पनि कताकता असजिलो लागिरहेछ मलाई ।
अरूलाई कस्तो लाग्छ कुन्नी साहित्य लेख्दा आनन्द लाग्न थालेको छ । जति लेख्दापनि लेखुँलेखुँ लाग्छ, सच्याउसच्याउ लाग्छ । आदिवासी उपन्यास मैले बीस पटकभन्दा बढी सच्याएको छु । किन हो मलाई यो जति हेर्यो उति मजा लाग्छ । अझै पनि घरीघरी पढ्न अल्सी लाग्दैन । कताकता भन्न खोजेको कुरा भन्न सकिनँ कि लाग्छ । समयलाई यसले सबैभन्दा राम्रो समातेको ठानेको छु । त्यसैले प्रकाशन गरिहालेँ । अन्यथा अझै हेर्ने विचार थियो ।
मेरो लेखनको उद्देश्य चेतना हो । खासगरी आदिवासी जनजातिहरूको चेतना । हामी कुन अवस्थामा छौँ । हिजो कुन अवस्थामा थियौ । किन हामी अधिकारबाट बञ्चित छौ - अब के गर्नुपर्दछ भन्ने खालको आदिवासी चेतना लिएर साहित्यमा आएको छु । नेपालमा आदिवासी साहित्य आदिवासी समालोचना कहिले गरिएन, त्यसैले यस्तो साहित्य पनि लेखिनुपर्छ भन्ने साहित्य लेख्न खोजिरहेको छु । केही वर्षदेखि जीवनलाई भयवादिय दृष्टिकोणबाट हेर्दा कस्तो देखिन्छ भनेर उतातिर पनि अगाडि बढ्दैछु ।
नयाँ कृतिमा उपन्यासको एउटा पाण्डुलिपि छ । त्यसले मेरो मन तान्न सकेको छैन । एउटा भयवादको काव्य छ । पुरानो भाषामा महाकाव्य हुन्छ म यसलाई भयवाद काव्य भन्न रूचाइरहेको छु । यो अन्तिम तयारीमा छ । यसमा धेरै प्रयोग बनाएको छु । पाठकलाई भद्दा लाग्न सक्छ । मलाई किन हो मजा लागिरहेको छ । दिन जुरेछ भने आउँदो वर्षप्रकाशन गर्ने इच्छामा छु । त्यही काव्यलाई अनुप्रास नयाँ ढंगले राखेर र कथा, मिथक नयाँ हालेर अर्को काव्य बनाउने पनि सोचिरहेको छु । काव्यको लागि हाम्रा मिथक, कथा हाल्ने विचारमा छु । यसले हाम्रा मिथकहरूलाई स्थापित गराउँछ । मुन्धुमलाई साहित्यमा कसरी लेख्ने हो त्यो पनि सोचिरहेको छु ।

९. डायस्पोरिक नेपाली साहित्य लेखनमा तपाई नै प्रथम भयवादको प्रवर्तक हुनुहुन्छ यो वादलाई नेपाली साहित्यको मुलधारको लेखन चिन्तन र प्रयोगमा कसरी प्रभावकारी ढङ्गले लैजान सकिन्छ होला ?
डायस्पोरिक नेपाली साहित्य लेखनमा भयवाद निकै मजबूत बन्दै गइरहेको छ । यसका अवधारणाहरू आइसकेका छन् । अवधारणामा नेपालका र हङकङका विद्धान्हरू बीच वृहत छलफल भइसकेको छ । यसको साहित्यिक प्रयोग आदिवासी उपन्यासमा बनेको छ । अवधारणा र साहित्यिक प्रयोगमाथि नेपालमा भरखरै वृहत छलफल भएको छ । भयवाद र भयवादिय साहित्यबारेमा धमाधम समाचार, लेख, साहित्य लेखिन थालेको छ । यसले डायस्पोरिक नेपाली साहित्यको उचाइ बढाउन मद्दत पुर्याएको छ र हिजोको पुराना विस्वासहरूमा नयाँ विस्वासहरू बन्न थालेका छन् । जीवन र जगतलाई हेर्ने नयाँ नयाँ मान्यताहरू बन्न थालेका छन् । यो नै सकारात्मक पक्ष हो । आफूलाई मूलधारको साहित्यकार भन्ने एक किसिमको घमण्ड बोक्ने साहित्यकारको झुण्डलाई यसले घचघचाउन थालेको छ । घमण्डले सृजना गर्दैन भन्ने कुरा बताउन थालेको छ । मूलधारको साहित्यिक कुनाबाट भन्दा बेग्लै धारको साहित्यको आवाज ठूलठूलो सुनिन थालेको छ । जसको आवाज चारैतिर सुनिन्छ ऊ नै मूलधार बन्न सक्छ । जहाँ सम्म अहिले केही साहित्यकारहरूले मानिरहेको मूलधारको कुरा छ त्यहाँ प्रवेश गर्ने दुइटा बाटाहरू छन् एक बेगल धारको साहित्यलाई मूलधार बनाउँदै लैजाने र अर्को अहिलेका मूलधारको साहित्यकारको बीचमा छलफल, अन्तरक्रिया, समाचार, समिक्षा लिएर हस्तक्षेप गर्ने । जसको जति धेरै प्रसारप्रसार हुन्छ ऊ नै मूलधार बन्ने हो । त्यसैले मूलधारमा प्रवेश गर्न उम्दा साहित्य, विचार लिएर हल्लाखल्ला गर्ने हो । अन्यथा जति नै राम्रो साहित्य गरेपनि किनारामा फालिन्छ । मूलधारको भनिने अहिलेको चर्चित उपन्यासहरू पल्पसा क्याफे, राधा, घनचक्करभन्दा आदिवासी कम छ जस्तो लाग्दैन । अझै यसमा नवीन विचार छ । तर पनि किनारामा फाल्न खोजिएको छ । नेपाली मूलधारको साहित्यले अन्तराष्ट्रिय जञ्जलजस्तै चरित्र देखाउँदै आएको छ । यो साहित्य विकासको लागि घातक हुन्छ ।

१०. लिम्वूवान डट व्लगस्पोट डटकम मार्फत समस्त तपाईका पाठक तथा शुभचिन्तकहरूलाई केही सन्देश दिन चाहानु हुन्छ कि ?
यस लिम्वूवान डट व्लगस्पोट डटकम मार्फत म के भन्न चाहान्छु भने साहित्य जीवनको अभिन्न अंग हो । यसलाई आत्मसात गर्नुपर्छ । आन्दोलन, जुलुस, भाषण गरेर मात्र दीर्घकालिन लक्ष्य प्राप्त गर्न सकिन्न । दीर्घकालिन लक्ष्य त साहित्य, भाषा, लिपि, धर्मसंस्कारले बोकेको हुन्छ । त्यसैले आन्दोलन, जुलुस र भाषणमा लागेका सबै मान्छेहरूलाई म साहित्य पनि पढ्ने आग्रह गर्दछु ।

Limbuwan sochma dherai padhera hundaina pare pachhi matra huncha bujine sir.
ReplyDeleteHijo samma Limbuwan bhanda ghrina, tiraskar, Topa bhani, sangkirna dharana rakhnu hunthiyo badhai chha tapainko abasarbadi dharana lai.
ReplyDelete