Jan 6, 2008

लुङा

लोकेश याक्थुङ्बा

आसेवारो लुङा,
भौगोलिकतामा टाढा रहेर होला।
आजकाल नभेटेको पनि निकै धेरै भयो होइन र?
अस्ती सम्म मेलापात बजार अनी मेखिमहरुमा
केलाङ् या? लाङ् संगसंगै
लुङा तिमीले
कोकिलको मधुर स्वर झै हाक्पारे,पालाम् र ख्यालि गुन्जाउथ्यौ।
याक्वा,चसोक् ,बलिहाङ्,कक्फेक्वा र सिसेक्पा तङ्नामहरु घुम्दै आउदा,
गाउ बस्तिहरु अप्सरा झै सिङ्गारेर
लुङा तिमी यसैमा रमाउथ्यौ।
अनी,
यहाँङ्,सोधुगेन् लेप्मुहङ्,कान्देहाङ्,माबोहाङ् श्रीजङाहाङ् र फाल्गुनन्दको उपदेशसँग हातेमालो गर्दै,
आफ्नो संस्कृति भेसमा गाउ शहर घुम्दा,
निकै सभ्य र उतम देखिन्थ्यौ,
तर,
आजकाल त लुङा खोइ?
केलाङ्,या?लाङ् नाच्ने निर्मल् मैदानहरु
युध्द गर्ने युध्द भुमी पो बनाउदै छौ रे।
मुन्धुम् पढ्न छाडेर
एका बिहान तुङ्बा र रक्सी पिउदै
मातेर हिंड्न पो थलिसकेको छौ रे।
लोल्लोरी र नवप्मा गाउने गला बाट
सेक्सी अङ्ग्रेजी गीतहरु
नजानी नजानी गाउन थालिसकेको छौ रे।
मुहिङ्गुम् र सोधुङ्गेनहरुको उपदेशलाई रुढीबादी भन्दै
आफ्नोपना गुमाउदै छौ रे।
लुङा अब त,
तिम्रो केलाङ्,या?लङ् पुन्; नाच्दै
मधुर स्वर ले पालाम्,हाक्पारे,ख्यालि र लोल्लोरी गाई देउ।
गाउ बस्तीहरुमा गुज्रिरहेको अन्धकारलाई हटाउदै
आफ्नो ईतिहासको पाना पल्टाउन सिकिदेउ।
आफ्नो अस्तितव् बाचाइ देउ।
बिकृति नानीम्त्याइ देउ।
बिन्ती छ लुङा बिन्ती।


फाकुम्बा-१,ताप्लेजुङ्हाल-मलेशिया

No comments:

Post a Comment