Jan 3, 2008

राष्ट्रवाद दि पोलिटिक्स्

विजय लिम्बू
आज मेन्जो सेन्जो राजनैतिक गफ गरौं .....के गर्ने देशमा अन्योल ग्रस्त राजनीति भए सम्म हरेक तहमा राजनीतिको नै चर्चा हुदो रहेछ । हामी पनि त्यस्तै गफ गरौं...नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष प्रचण्डले राजा वरिपरी रहेका राष्ट्रवादीहरुलाई पनि समेटेर अगाडी बढ्नु पर्ने कुरा राखे पछि नेपालको राजनीति एका एक यस पुषको जाडोमा पनि गरम भएकोछ ।अन्य दलहरु जो नेकपा माओवादीसंग सहकार्य गरि रहेका छन् उनीहरु उसलाई राजावादी शक्तिको रुपमा देखाउन जीउ ज्यान फालेर लागी परेका छन् भने अध्यक्ष प्रचण्डको बिचार जोगाउन नेकपा माओवादीका कार्यकर्ताहरु लागी परेका छन् । मलाई कस्तो लाग्छ भने अध्यक्ष प्रचण्डले कुनै पनि नया कुरा गर्नु भएको छैन । जुन नेपालमा नभएको होस् त्यस्तै बिचारका अभिव्यक्तीहरु त नेपालका सबै नेताहरुले दिइ नै रहेका छन् भने किन अध्यक्ष प्रचण्डको खेदो गर्ने । नेपालको ईतिहास हेर्ने हो भने राष्ट्रियता -राष्ट्रवाद) को नाममा सधै राजनीति हुदै आएको छ । सायद राजनैतिक इतिहासका विधार्थीहरुलाई राम्ररी थाहा छ होला । गोर्खाका राजा पृथ्वीनारायण शाहले आफुलाई खाट्ट हिन्दुराजा देखाएका थिए भने अरु जात जातीहरुलाई रिझाउन आफुलाई मगरातको राजा समेत धोषणा गरे । राणा शासनकाल भरी नेपाली राष्ट्रवादको वकालत गरे, यद्यपी देशमा बेलायती औपनिवेशिक चरित्र थियो । आधुनिक नेपालका नेपालीको हावापानी सुहाउदो राजनीति वकालत गर्ने राजा महेन्द्रले अझ चर्का रुपमा राष्ट्रवादको नारा लगाएका थिए । यही नारामा ३० बर्ष सम्म पञ्चायती व्यवस्था टिकेको थियो । मलाई थाहा भए सम्म पञ्चायतकालमा अझ एक भाषा, एक धर्म, एक देश जस्ता चर्का राष्ट्रवादको नारा दिएका थियो । यसर्थ राजाको राष्ट्रवादको कुनै अर्थ थिएन, थियो त सत्ता बचाउने चाल मात्र ।पञ्चायतकालको मात्र किन कुरा गर्ने ? २०४६ सालको जनआन्दोलन पश्चात भएको पहिलो आम निर्वाचनमा बामपन्थी दलहरुले चर्का रुपमा राष्ट्रवादको नारा दिए, खास गरि भारत विरुद्व, त्यही मतको आधारमा बामपन्थीहरुले धेरै मत पाए । नेपाली कांग्रेसले पनि राष्ट्रियवादको नारा लगाएका थिए । जय नेपालको नारा, मुख्य गरी कम्युनिष्टहरुको अन्तराष्ट्रियवादको विरुद्घ,त्यसैले मलाई कस्तो लाग्छ भने राष्ट्रियवाद सबै दलहरुको आ?नो डम्फु भएको छ । जसले जुनतालमा बजाउन मन पर्छ सोही तालमा बजाउन सक्छ । राजा ज्ञानेन्द्रले पनि राष्ट्रवादको नाममा नै सत्ता आ?नो हातमा लिएका थिए । र संसदीय व्यवस्थाको धज्जी उडाएका थिए । सायद अहिले सम्म राजाको शासन भएको भए राष्ट्रवादको नाममा नै निरंकुश शासन गर्दथे । त्यसैले अहिले लाग्छ राष्ट्रवाद सबैको मागी खाने भाडो भएको छ ।अध्यक्ष प्रचण्डले राष्ट्रवादको कुरा गर्नु अनौंठो होइन तर त्यस राष्ट्रवादमा दरवारका आसेपासेहरुको सहभागीता खोज्नु चै अनौंठो हो । किन खोजे होला उसले यी सब ? कि सातदल संगको समिकरणमा फरक ल्याउन खोजेको हो अथवा दरबार र माओवादीको मोर्चा बन्दीको शुरुवात हो किन की राजा सिंहानुक बनाउन प्रस्ताव माओवादी कै थिए । तर एउटा कुरा के सत्य हो भने राजाको राष्ट्रबादले कहिल्यै नेपालीलाई एउटै सुत्रमा बाध्न सकेन । एउटा कुरा के पनि सत्य हो भने नेपालका कम्युनिष्टमा रायमाझी चरित्र पनि छ । कतै नया रायमाझी त होइन ? यस्ता अनेकौं प्रश्नहरु आउछ मेरा मनमा किन की प्रचण्डको छवि मैले अरु नै सुनेको थिए । एक संधर्षशिल नेता, माओवादका सच्चा कार्यन्वयनकर्ता, अनि जनताका पक्षधर कर्मी । कठै यी सब सपना होस् ।मलाई कस्तो लाग्छ भने राष्ट्रवाद कसैले पढाई रहनु पर्ने विषय होइन, नेपाली जनता स्वंयमले जान्दछन् यो बिषय । नेपाली जनताले बुझेको राष्ट्रवाद भनेको देश प्रतिको माया हो । नेपाली संस्कृती भाषा, धर्म र संस्कार प्रतिको समर्पण हो तर राष्ट्र्र्वाद राजनीति होइन । कसैले राष्ट्र्र्रवादमा राजनीति नगरुन् । आज नेपाली जनता भलै अशिक्षित् होला भलै गरिबीको रेखा मुनि होला तर पनि राष्ट्र प्रति धात कदापी गदैनन् । बरु नेताहरुले गरेका राष्ट्रधात देख्न सक्छन् ...........बरु हिम्मत् छ भने चुनाव गराओस् न ..देखा जाएगा

No comments:

Post a Comment