Oct 18, 2007

उपस्वायत्तता हाम्रो अभीष्ट होइन


नेपालको राजनीतिक इतिहासमा लिम्वुवान स्वायत्तताको प्रश्न हाल उठिरहेका सम्पूर्ण सवालहरुभन्दा पुरानो रहेको तथ्य जगजाहेर छ । इतिहासको कालखण्डलाई पछाडि फर्केर हेर्दा लिम्वुवान स्वयत्तताको सवाल २३८ वर्ष पुरानो भइसकेको तथ्य किन खुल्न आउँछ भने र्सवप्रथम विजयपुर राज्य, गोर्खा राज्यमा एक स्वायत्त प्रदेशको रुपमा सामेल भएपछि त्यहाँका अपदस्थ राजा बुद्धिकर्ण खेवाङ (राय) ले आफ्नो राज्यको पूर्ण स्वतन्त्रताको निम्ति विभिन्न प्रयासहरु गरेका थिए । जुन सफल हुन सकेन । त्यो त्यसै स्पष्ट छ । पल्लो किरात अथवा लिम्वुवानी जनताले आफ्नो माटोप्रतिको अगाध प्रेमको कारण पृथ्वी नारायण शाहको अत्यन्तै शक्तिशाली र आधुनिक हात हतियारले सुसज्जित सेनासँग केवल धनुकाँड, भाला, खुकुरी तरवार आदिको भरमा अपराजित युद्ध लडेका थिए । यो युद्धलाई शक्ति सन्तुलनको हिसाबले र अन्य केही कारणहरुले ठ्याक्कै एङ्ग्लो नेपाल युद्धसँग दाँज्न सकिन्छ । युद्धमा जित्न नसकेपछि पृथ्वी नारायण शाहले कुटनैतिक दाउपेच गरी लिम्वुवान राज्यसँग नुनपानीको सन्धी गरे । नुनपानीको सन्धी यसलाई किन भनिएको होला, यो जान्ने उत्सुकता सबैलाई हुन सक्छ । त्यो उत्सुकताको निवारण गर्नुपर्ने लेखकीय दायित्व सम्झेर यो प्रसँग यहाँ उल्लेख गर्न गइरहेको छु । अन्यथा सन्धिमा के के भएको थियो ?- त्यो त भनिरहनु आवश्यक छैन ।जब पृथ्वी नारायण शाहले पल्लो किरातका लिम्वूहरुलाई “तिमीहरुको राज्यको स्वयत्तताको सुरक्षा हुन्छ, मात्र, तिमीहरु हामीलाई राजा मान या हाम्रो केन्द्रीयता स्वीकार गर” भन्ने प्रस्ताव गरे, तब लिम्वुवानी नेताहरुले एउटा ठूलो तामाको खड्कुँडा, फसी या भाँडामा भरी-पानी राखे, त्यसपछि त्यो भाँडामा तामाकै पाथीमा भरेर एक पाथी नुन हालेर घोल्न लगाए, गोर्खालीहरु लिम्वूहरुको यो चर्तिकाला देखेर जिल्ल परिरहेका थिए । के गर्न लागेको हो या के हुन गइरहेछ, यसको छेउ छन्द नपाएर उनीहरु अलमल र असमन्जसको स्थितिमा रुमल्लिरहेका थिए । जब भाँडामा नुन पूरा बिलाएर गयो, त्यसपछि लिम्वू राजप्रतिनिधिहरुले भने, -”ल ! हेर्नुहोस, यो भाँडामा यो नुन कसरी बिलाएर गयो । के यो भाँडाभित्र नुनको अस्तित्व देख्न सकिन्छ ?” उनीहरुले गोर्खालीहरुलाई प्रश्न गरे । गोर्खालीहरुले स्वाभाविक जवाफ दिए, -”अहँ ! भाँडाभित्र नुनको अस्तित्व देख्न सकिंदैन ।” त्यसपछि लिम्वू नेताहरुले भने -”गोर्खा राज्य यो भाँडाको पानी जस्तै छभने हामीहरु यहाँ घोलिएको नुन जस्तै छौं । हामी कसरी नुन जस्तो बिलाएर जान सक्छौं ?” लिम्वूहरुको यो प्रश्न सुनेर गोर्खालीहरुको चेत खुल्यो । त्यसपश्चात दुवै तर्फका राजप्रतिनिधिहरुले पालैपालो भाँडामा भएको नुनपानी पिउँदै कसम खाए । अभिमान सिंहको नेतृत्वमा गएको गोर्खालीहरुको समूहले लिम्वूहरुको मागबमोजिम सेन राजाहरुले जस्तै उनीहरुको माटोको पूर्ण स्वतन्त्रतामा कहिले भाँजो नहाल्ने र केही गरी भाँजो हाले यही नुनपानीको कसमले र्सवनास भई जान परोस् या गोर्खा राज्य यो पानीमा नुनसरी बिलाई जावस् भनी किरिया खाए । त्यसैगरी लिम्वू राजप्रतिनिधिहरुले पनि अबउप्रान्त गोर्खाका राजालाई आफ्नो महाराजधिराज स्वीकार्दै “नेपाल अधिराज्यको केन्द्रीयताविरुद्ध कहिले विद्रोह गर्ने छैनौँ” भनी किरिया खाए । त्यसमुताविक तसल्लीपत्रको लालमोहोर गोर्खाराजाको तर्फवाट लिम्वूहरुलाई प्राप्त भयो । जुन लालमोहोरमा स्पष्ट शब्दमा लेखिएको छ, “तिमीहरु नौ लाख किरात र्राई -खम्वुवान) जस्तो मासिने राजा होइन, तिमीहरुको माटोको अधिकार हामीले खोसे-मासे हामीले मानी-पुजी ल्याएको देवताले हाम्रो राजकाज भङ्ग गरोस् ।” यसरी उक्त सन्धी-सम्झौताबमोजिम लिम्वुवान राज्य धेरै वर्षसम्म नेपाल अधिराज्यको केन्द्रीयताअन्तर्गत एक स्वायत्त राज्यको रुपमा रहिआएको थियो । तर त्यो ऐतिहासिक सन्धी-सम्झौताको किञ्चित वास्ता नगरी लिम्वुवान राज्यको स्वायत्तता उपर केन्द्र सरकारले धावा बोल्यो । अन्ततः लिम्वूहरु आफ्नै माटोमा माटोविहीन भए । तर लिम्वूहरु चुप लागेर बसेनन् । आजसम्म स्वयत्तताको निम्ति भनेर यो देशमा सबसे धेरै पटक र सबसे लामो समयदेखि लिम्वूहरुले आवाज बुलन्द गर्दै आइरहेका छन् । त्यसैले भनेको, लिम्वुवान स्वायत्तताको प्रश्न अरु स्वायत्तताको प्रश्नभन्दा ज्यादा मौलिक, ऐतिहासिक, र सान्दर्भिक लाग्दछ । त्यसको अर्थ कदाचित यो नलागोस् कि उठेका अरु स्वायत्तताका सवालहरु असान्दर्भिक छन् ।
लिम्वूहरुको स्वायत्तताको यो एतिहासिक उचाइलाई कुल्चदै माआवादीले हठात् किरातप्रदेशको प्रस्ताव गरिदिँदा लिम्वुवानका तमाम बासिन्दाहरुको भावनामा गहिरो चोट पुगेको थियो । पछिल्लो समयमा नेपालमा जुन राजनीतिक परिदृश्यहरु परिवर्तन भए, त्यसअनुसार माओवादीहरुको आधिकारिक धारणामा पनि परिवर्तन आइसकेको छ । माओवादी केन्द्रीय नेता देव गुरुङले लिम्वुवान स्वायत्तताको सवाललाई आफूहरुले संधै सम्मान गरेको विचार व्यक्त गर्नुभएको छ । विगतमा गरिएका नौ स्वायत्त प्रदेशको अवधारणा केवल नेपाली जनतालाई अभ्यासमा उतार्न मात्र ल्याइएको वहाँको स्पष्ट धारणा आएको छ । केही समयअगाडि माओवादी केन्द्रीय सदस्य गोपाल र्राई (खम्वू) (किराती) ले अत्यन्तै निम्नकोटीको र निराधार लाञ्छना लगाउँदै “लिम्वुवान स्वायत्तताको कुरा गर्नेहरु राजावादी हुन्” भने । उनको यो अभिव्यक्ति साह्रै तूच्छ र पूर्वाग्रही लाग्दछ । विगतमा खम्वुवान मुक्तिमोर्चा गठन गरेर खम्वुवान मुक्तिको आवाज उठार्इ हिंड्दा उनको नाम गोपाल र्राईबाट गोपाल खम्वू भयो, आज किरात प्रदेशको कुरा गर्दैछन् उनी र नाम पनि एकाएक गोपाल किराती हुन पुगेको छ । यो छेपारे प्रवृत्तिले अन्ततः उनैलाई घाटा लाग्ने छ । माओवादी केही नेताहरु गोपाल खम्वूहरुको प्रभावमा परेको देखिन्छ । जस्तै राम बहादुर थापाहरुले खम्वूको बोलीमा बोली मिलाए । तर त्यो मिथ्यावचन सावित भइसकेको छ ।
किरात लिम्वू र खम्वूबीच परापूर्व कालदेखि नै भ्रातृत्वको सम्बन्ध रहिआएको छ । यद्यपि र्दुइ अलग भौगोलिक सिमानामा छुटि्टएर र्दुइ अलग संस्कृति भएका, र्दुइ अलग भाषा भएका, र्दुइ अलग धार्मिक दर्शन भएका, र्दुइ अलग जातिको रुपमा हामीहरु रहिआएका छौं । यस्तो एउटा विशिष्ट परिस्थितिमा रहेका र्दुइ भिन्न जातिहरुलाई एउटै स्वायत्त राज्यको रुपमा परिकल्पना गर्नु तमुवानलाई मगरातभित्र छिर्राई दिँदाको अवस्था जस्तै बडो विडम्वनायुक्त भएको छ । सबभन्दा ठूलो विडम्वना के भएको छभने, किरात र्राई यायोख्खाको भरखरै सम्पन्न भएको दमक महाधिवेशनले र्सवसम्मतीबाट किरात राज्यको अवधारणलाई अनुमोदन गरेको छ । यायोख्खाले यस्तो निर्णय गर्ला, सोच्नु बहुत गलत लाग्थ्यो । त्यसो त नसोचिएका धेरै घटनाहरु राजनीतिक वृत्तमा देखापरिरहेका छन् । तर्राईको आन्दोलनले नेपालको संविधान सँशोधन गरिदेला भन्ने कसले सोच्थ्यो होला उबेला । यायोख्खाले गरेको यो भ्रातृघाती निर्णय धेरै हदसम्म माओवादीको विगतको प्रस्तावमाथि उभिएको छ भनेर नभनी नहुने भएको छ । उनीहरु स्वीकार्दैनन्, कुरा बेग्ले हो । त्यसमा गोपाल खम्वूहरुको पुठ प्राप्त भएको होला, सोच्नु अस्वाभाविक लाग्दैन । तर कल्पनै गर्न नसकिने गरी राजनीतिक निर्णयहरु परिवर्तन भइरहेका छन् देशमा, त्यसरी हर्ेदा यायोख्खाले यो निर्णय लिन केही पर्खिएको भए राम्रो हुने रहेछ जस्तो देखिएको छ । यायोख्खा केन्द्रीय अध्यक्ष सूमाया र्राईले माओवादीलाई नयाँ शक्तिको रुपमा चित्रित गर्दै किरात राज्यको अवधारणा यायोख्खाको मौलिक अवधारणा भएको कुरा भन्नुभएको छ । तर योभन्दा अगाडि कहिले कुनै र्राई या र्राई समुदायले किरात राज्यको सवाल उठाएको थिएन । यो कुरा दुनियाँलाई थाहा छ । अब सूमाय र्राईको अभिव्यक्ति कुन सत्यको उपज हो, बुझ्न गाह्रो परोइन । सूमाया र्राईले उपस्वायत्तताको कुरा गर्नु भएको छ । के लिम्वूहरुको सहमति छ त्यसमा ? लिम्वूहरुलाई नसोधी र उनीहरुको भावनाविपरीत गरिएको यो निर्णयभित्र बलमिच्याँइ गर्न खोजेको ठाडो आभास पाइन्छ । लिम्वूहरुले वर्षौदेखि लडेको उपस्वायत्तताको लागि होइन, यो कुरा बुझी-बुझी बुझ पचाउनेहरुले एकदिन अवश्य पछुताउनु पर्ने छ । लिम्वूहरुले प्रस्तावित किरात प्रदेशको विरोध गर्दा कुनै र्राई समूह व्यक्तिबाट लिम्वूहरुले कि किरात शब्द छोड्नुपर्ने, कि किरात प्रदेशलाई मान्नुपर्ने, खालको अत्यन्तै असभ्य अभिव्यक्तिहरु दिएका छन् । यसको पछाडि एउटै तर्क छ, त्यो हो सम्पूर्ण किरातहरुको एउटै राज्यप्रदेश, अर्को कारण छ, किरात प्रदेशमा र्सर्वेर्सवा हुने भित्री मनासय । झट्ट हेर्दा यो आरोपजस्तो देखिन्छ, तर माझकिरात या खम्वूवान राज्यको एैतिहासिक गरिमालाई चटक्क बिर्सेर हठात किरात प्रदेशको सोच राख्नुको पछाडि एकताको भन्दा स्वार्थको गन्ध ज्यादा आउँछ । अहिले लिम्वूहरुले लिम्वुवान स्वायत्त राज्यको कुरा गर्दा किरात छाड्नुपर्ने तूच्छ कुरा आएको छ तर इतिहास हेरौं, एकपटक, के इतिहासमा अहिले प्रस्ताव गरिएको किरात प्रदेश तीन राज्यमा रमाएको थिएन ? इतिहासमा वल्लो किरात, माझ किरात र पल्लो किरातको गौरवगाथालाई दन्ते कथा ठानेका छन् कि क्या हो मान्छेहरुले ? यदि त्यो सत्य होभने, त्यो बेला माझकिरात मात्र नभएर वल्लो र पल्लो किरात कसरी रहन गयो ? आज वल्लो किरातमा किरात कोइन्च राज्यको माग भइरहेको छ । उनीहरुलाई पनि किरात छाड या किरात प्रदेशमा आओ भन्ने ?
आम किरातीहरुमा किरात शब्दप्रति केही भ्रम रहेको पाइएको छ । यो भ्रमको बीउ र्छर्ने काम पनि एकाध र्राई दाजुभाईहरुबाट भएको देख्दा एकाएक यो किरात प्रदेशको सोच देखिनुलाई सुनियोजित पो थियो कि भन्ने शंका पनि लाग्न थालेको छ । जस्तै टँक बहादुर र्राईले आफ्नो एतिहासिक पुस्तक किरात इतिहासको रुपरेखामा अनेक तर्क प्रस्तुत गर्दै, अनेक व्यक्ति विद्वानहरुको हवाला दिंदै लिम्वूहरु किरात हुन नसक्ने जिकिर गर्नु भएको छ । अनौठो के छभने, यता डा. स्वामी प्रपन्नाचार्य उर्फ कालु र्राईको दावी छ, संसारमा देखिने मङ्गोल अनुहारको मान्छेहरु सबै किरात हुन् । झट्ट यो कुरा सुन्दा बकवासजस्तो लागे पनि यसको पछाडि प्रपन्नाचार्यले गतिलो तर्क पेश गरेका छन् । जस्तै मङ्गोल शब्दको इतिहास र किरात शब्दको इतिहासको नजीरले उनको तर्कलाई बलियो बनाएको छ । मङ्गोल शब्दको सुरुवात आजभन्दा लगभग हजार वर्षअगाडि अथवा बाह्रौ शताब्दितिर मङ्गोल सम्राट चङ्गेज खाँको पालादेखि मात्र चलेको हो -जतिखेर मङ्गोल साम्राज्यको संसारभरि जगजगी थियो । चङ्गेज खाँले पूर्वमा एसियादेखि पश्चिममा युरोपसम्म आफ्नो साम्राज्य बिस्तार गरेका थिए । संसारभरि फैलिएको मङ्गोल साम्राज्यको प्रभावस्वरुप मानव नरवंशशास्त्रीहरुले संसारमा देखिने मङ्गोल कद काँठीका मान्छेहरुलाई मङ्गोलाइद भनिदिए तर ती सबै किरात थिए । किनभने किरात सभ्यताको विकाश भारतभूमिमा आर्य सभ्यताभन्दा पनि पुरानो छ । यसको एउटा ज्वलन्त प्रमाण यस्तो छ, जस्तै हिन्दूको मात्र नभएर संसारकै प्राचीन धर्मग्रन्थमध्ये एक ऋगवेदमा किरात शब्दको थुप्रै चर्चा भएको छ । यसरी हेर्दा किरात सभ्यता लगभग पाँच हजार वर्ष पुरानो देखिन्छ । प्रपन्नचार्यको भनाईलाई सहयोग पुर्‍याउने अरु कैयौं विद्वान इतिहासकारहरु छन् । जस्तै डा. कमला सांस्कृत्ययान, इमानसिंह चेमजोङ, डा. हर्षबहादुर बुडामगर आदि । यसरी हेर्दा नेपालमा बसोबास गर्ने मङ्गोल अनुहारका सबै मान्छेहरु किरात देखिन्छन् । मगर र लिम्वूहरु एउटै किरात कूलको भएको कुरा इतिहासकारहरुले धेरै ठाउँमा लेखेका छन् । अरु थुपै्र ऐतिहासिक प्रमाणहरु छन् जो केलाउन थाल्दा यहाँ विषायन्तर होला । अब माथिको पृष्ठभूमिमा लिम्वूहरुले लिम्वुवान स्वायत्तता माग्दा किरात त्याग्नुपर्ने भन्ने कस्तो कुरा हो ? यदि किरात प्रदेशको प्रस्ताव लिम्वूहरुले गरेका भए के ‘र्राईहरु कि किरात त्याग कि किरात प्रदेश स्वीकार’ भन्न मिल्छ ? किरात शब्द या सभ्यता जे भए पनि यो कसैको बाउको विरासत होइन, कसैले त्याग भनेर त्यागिने पनि होइन र अपना भनेर अपनाईने पनि होइन । यो त जन्मसिद्ध हो । नैर्सर्गिक हो । जसले यो बोली बोले पनि यो फगत पानी-फोका हो भूपिको शैलीमा ‘फगत….पानीका निर्बलिया थोपा !’

नोट - नेपाल डट एचके वेवबाट साभार

No comments:

Post a Comment