Mar 27, 2010

निद्रा र घुर्ने समस्या

घुर्ने आम समस्या हो । घुर्ने समस्या कुनै न कुनै समय वा उमेरमा जो-कसैलाई पनि हुने गर्छ । कहिलेकाहीँ घुर्नु गम्भीर समस्या होइन । तर, मोटा मान्छेमा यो समस्या बढी हुने गर्छ । ४५ प्रतिशत वयस्क कहिलेकाहीँ घुर्ने गर्छन् । तर, २५ प्रतिशतमा नियमित घुर्ने समस्या रहेको अध्ययनले देखाएको छ । घुर्ने समस्या ठूलो वा गम्भीर प्रकृतिको समस्या नभए पनि सँगै सुतेकालाई त्यसले ठूलै समस्या हुन्छ । तर, नियमित घुर्नेले आफ्नो सँगै सुत्नेलाई मात्र डिस्टर्ब गर्दैन, ऊ आफैँले पनि राम्ररी निद्रा पाएको हुँदैन । सुतेर उठ्दा ऊ लखतरान देखिन्छ । आराम गरेर उठेको मानिस स्फूर्त हुनुपर्नेमा लखतरान हुनु स्वास्थ्यको दृष्टिले पनि राम्रो होइन । त्यस्ता समस्या भए चिकित्सकलाई देखाएर उपचार गराउनुपर्छ ।
किन घुर्छ मानिस ?
श्वास-प्रश्वासमा अवरोध हुँदा मान्छे घुर्ने गर्छ । मुख तथा नाकबाट श्वास लिँदा तथा बाहिर फाल्दा अवरोध भए मानिस घुर्छ । श्वास फेर्दा सहज तरिकाबाट श्वास लिन र छाड्न नसक्दा घाँटीका भित्तामा कम्पन हुन्छ । श्वास-प्रश्वासमा अवरोध गराउने केही तत्त्व हुन्छन् ।
नाकको प्वालमा अवरोध : यदि, नाकको प्वाल वा त्यसको नलीमा केही वस्तु अड्किएर अवरोध पुर्‍यायो भने सुतिरहेको वेला श्वास फेर्न अतिरिक्त कोसिस गर्नुपर्ने हुन्छ । यसले कण्ठको अति कमला र अडिग रूपमा नबस्ने तन्तुलाई एकै ठाउँमा खिच्छ वा तिनलाई ध्वस्त पार्छ अनि मानिस घुर्छ । पिनासको संक्रमण भएका मानिस एलर्जी हुने याममा मात्रै घुर्छन् । एक नासिकाबाट अर्को नासिकालाई छुटयाउने भित्ताको संरचना बिग्रन गएमा वा नासिकाको पोलिप्स (उयथिउक) ले पनि अवरोध उत्पन्न गर्न सक्छ र निद्रामा समस्या आउन सक्छ ।
जिब्रो तथा घाँटीका मांशपेसीको खराब ध्वनि : कण्ठ तथा जिब्रोका मांशपेसी धेरै लचिला भए भने या ती नासिने या वायुनलीतिर र्फकने सम्भावना हुन्छ । गहिरो निद्रा, रक्सीको नसा वा निद्रा लाग्ने औषधि खाएका कारण यस्तो हुन्छ । सामान्य बुढयौलीमा पनि यस्ता मांशपेसी खुकुला बन्छन् र घुराइको कारण बन्न सक्छन् ।
घाँटीका तन्तु मोटा भएमा : बढी वजन हुने व्यक्तिको घाँटीका तन्तु मोटा हुन्छन् । ठूला टन्सिल भएका वा नाकका पोरा ठूला भएका बालबालिका प्रायःजसो घुर्छन् ।
नरम तालु वा किलकिले लामो भएमा : लामा नरम तालु वा किलकिले लामो भएमा त्यसले नाकदेखि मुखसम्म जाने नलीलाई साँघुरो बनाइदिन्छ । निदाएको वेला यी संरचनामा कम्पन उत्पन्न हुँदा वा एक-अर्कोमा टकराउँदा वायुनलीमा अवरोध उत्पन्न भई मानिस घुर्न थाल्छ ।
के-के खतरा हुन्छ ?
घुर्ने बानी परेका व्यक्तिको स्वास्थ्य गम्भीर खतरामा हुन सक्छ । सुताइमा अवरोध खडा हुनु एकप्रकारको बिरामी हुनु हो र यो प्रायःजसो विकृत घुराइसँग सम्बन्धित हुन्छ । यस्तो अवस्थाले कैयौँ समस्या खडा गर्छ । जस्तैः निदाएको वेला दस सेकेन्डभन्दा बढी समयसमम श्वास फेराइमा लामो अवरोध भएमा श्वासनलीमा आंशिक वा पूर्ण अवरोध आउन सक्छ । यस्तो गम्भीर अवरोध रातभरिमा सयौँचोटि पनि हुन सक्छ ।
आफूलाई थाहा नभए पनि निद्राबाट बारबार ब्युँतने समस्या हुन सक्छ । अवरोध उत्पन्न भई निद्रामा घुर्नेहरू हलुका मात्र सुत्न सक्छन् किनभने तिनलाई निरन्तर वायुप्रवाहका लागि आफ्नो घाँटीका मांशपेसी तन्काइराख्नु आवश्यक हुन्छ । धेरैजसो, रगतमा अक्सिजनको मात्रा कम हुन्छ । यसले गर्दा मुटु बेस्सरी चल्नुपर्ने हुन्छ र रक्तचाप बढ्न जान्छ । यसले छटपटी हुनुका साथै निद्रा लाग्दैन । दिनभरि आलश्य हुन्छ र व्यक्तिको जीवनको गुणस्तरमा नकारात्मक असर पार्छ । लिामो समयम्म यस्तो अवरोध रहिरहयो भने रक्तचाप बढ्दै जान्छ अनि मुटुको आकार ठूलो हुन सक्छ र हृदयाघात हुने एकदमै खतरा हुन्छ ।
सूचना ! . . . . . . . . . . . . सूचना !! . . . . . . . . . . . . . . सूचना !!!

मातृभूमि नेपालको बर्तमान राजनीतिक परिस्थितिलाई मध्यनजर राख्दै निम्न मिति, समय र स्थानमा निम्न शिर्षकमा एक दिने बिचार गोष्ठीको आयोजना गरिने भएकोले उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।
शिर्षकः "अग्राधिकार, आत्मनिर्णयको अधिकार तथा जातीय स्वायत्तता" ।
मितिः मे २ आइतबार, २०१० ।
समयः दिनको ठीक १२ देखि साँझ ६ बजे सम्म ।
स्थानः याक एण्ड येती रेष्टुरेण्ट, प्रथम तला, जोर्डन ।
प्रयोग हुने भाषाः नेपाली वा अंग्रेजी ।
प्रस्तुति विधिः लेख्य रुपमा वा मौखिक ।

सम्पर्कः 62558702- J.B. Okhrabu, 97730264-Bhupendra Chemjong
नोटः केही आधारभूत शर्तहरु-
· प्रस्तोताले तोकिएको शीर्षकमा आफ्नो लिखित वा मौखिक प्रस्तुति २० मिनट भित्रमा प्रस्तुत गरी सक्न पर्नेछ ।
· प्रस्तति सके सम्म सरल, बोधगम्य, बिषयगत एवं सन्दर्भ सामाग्रिमा आधारित भएको हुनु पर्नेछ ।
· प्रस्तुति कुनै ब्यक्ति वा संघ संगठन बिशेषलाई कुनै पनि किसिम वा रुपको गाली गलौज वा आक्षेप लाग्ने हुन हुँदैन ।
· दर्ता हुन आएको नामहरु मध्येबाट अंग्रेजी अल्फाबेट A,B,C नाम भएकोबाट शुरु हुनेछ ।


आयोजक
लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा
प्रबास समिति, हङकङ

Mar 25, 2010

हङकङेली नेपाली भाषा र साहित्य

प्रा.डा. टङ्कप्रसाद न्यौपाने
महेन्द्र बहुमुखी क्याम्पस, धरान
अहिलेका लोकतान्त्रिक युगमा संसारभरि सबै किसिमका एकल पहिचान, एकल चिन्तन, एकल दर्शन, एकल शासकीय राजनीति वा एकल अस्तित्वको अन्त्य भएका लहरले अवशिष्ट क्षेत्रहरूलाई पनि छोइसकेको छ । हरेक समाजमा शुद्धतावाद प्रतिगामी हुन्छ, यसले पुरातनमार्गतिर मानवीय सभ्यतालाई तान्दै अग्रगमनतिर जान रोक्छ । विविधता नै प्रकृति हो। सयौँ किसिमका चराचुरुङ्गीहरूका कलरवले, रङ्गीचङ्गी वनकुसुमले नै वनजङ्गलको छटा आच्छादित हुन्छ । उन्नत समाजको प्रकृति पनि विषमरूपी हुन्छ । यहाँ बाहुन, छेत्री, लिम्बू, राई, मगर, नेवार, सुनुवार, तामाङ जस्ता सयौं थुङ्गाबाट नेपाली समाजको माला बुनिएको छ । यी सबैको आफ्नो पहिचान हुँदाहुँदै पनि यिनीहरूका समष्टिबाट एउटा देश बन्छ, नेपाल बन्छ, बनेको छ । नेपाली आफैंमा एउटा मौलिकपन हो । जहाँ विभिन्न जात, जाति, जनजाति, रहन्छन्, त्यहीं नेपाली मौलिक परिचयले बाँचेका हुन्छन् । यस्तै बहुलवाद र बहुकेन्द्रबाट देशको निर्माण हुन्छ । हङकङेली नेपाली समाज पनि लाग्दछ, नेपाल जस्तै बहुजाति, बहुसंस्कृति र बहुभाषाबाट बनेको एउटा विषमरूपी समाज हो । यहाँ आएर पनि यी सबै जात-जाति-जनजातिले स्वपहिचानसहित नेपाली भाषा र संस्कृतिलई विकसित गर्दै जानामा यस्तै विविधताभित्रको मनःसांस्कृतिक एकत्वको भूमिका देखिएको छ । यस्तै बानी साहित्यबाट मुखरित हुन थालेको छ र समाचारबाट बोलिरहेको छ । भनौं, सबै किसिमका श्रव्यदृश्य सिर्जनाबाट अभिव्यक्त भएको छ । हामी हाँस्छौं नेपालीमा, रुन्छौं नेपालीमा, सपना देख्छौं नेपालीमा, गाली गर्र्छौ नेपालीमा र कल्पन्छौं नेपालीमा नै । म हङकङमा त्यही सुनिरहेछु, देखिरहेछु । किसन राई, हाडयुग अज्ञात, देश सुब्बादेखि हाल चम्किली देखिएकी दीपा एवाई राईसम्मका अनुभूतिहरू-अभिव्यक्तिहरू यसै माध्यममा पोखिएको पढिरहेछु । यसरी हङहङमा नेपाली साहित्य निकै मौलाउँदै गएको देखिरहेछु । भाषा र साहित्यका माध्यमबाट राष्ट्रियताको विकास गर्ने यस महायात्रामा विशेषतः जनजातिहरू अभियन्ता बनेको देख्दछु, नेपाली साहित्यका अभावहरू, रिक्तताहरू भर्न हङकङेली नेपाली स्रष्टाहरू लागिपरेको देखिरहेछु । यस कारण एउटा नेपाली भएका नाताले, नेपाली भाषा र साहित्यका प्राध्यापक भएका नाताले म ती सम्पूण स्रष्टाहरूप्रति न्यानो अभिवादन चढाउँछु । मैले देखें सम्पूण हङकङेली समाजको अहिलेको पुस्ता कि त एकभाषिक छ, कि त द्वैभाषिक छ । दुवै अवस्थामा नेपाली नै एउटा भाषिक माध्यम छ । विषमजातिभाषिक समाजको स्थिति र आवश्यकता पनि यही हो । हङकङमा मात्र होइन बेलायत, अमेरिका, मलेसिया, दुबई, भारत जहाँ पनि हामी यस्तै स्थिति भेट्दछौं । वर्तमान आधुनिक र विश्व एउटै सञ्जालभित्र समेटिन थालेका युगमा आधुनिकताका तीव्र लहरको परिणाम हो यो, जसलाई अस्वीकार गर्दा हामी आफैं छलिन्छौं र थलिन्छौं । त्यसैले यो समुदाय आधुनिकिकरणका निम्ति नेपाली साहित्यका क्षेत्रमा प्रवेश गरेको देखिन्छ । यसका प्रवेशले समुदाय आफैंलाई र नेपाली भाषा र साहित्यका क्षेत्रलाई समेत उन्नत बनाएको छ । जहाँ भाषिक साहित्यिक विविधता हुन्छ त्यहाँ भाषा र साहित्य दुवै उत्तिकै जीवन्त हुन्छन् भन्ने कुरा अङ्ग्रेजी भाषा र साहित्यले पनि प्रमाणित गरेको छ । यस्तो विविधता शब्द, वाक्य वा व्याकरणमा मात्र नभएर विषयवस्तुमा पनि स्वतः हुन पुग्छ । यसैले गर्दा यो भाषा खस भाषा होइन, नेपाली नै हो भन्ने कुरा तपाईहरू आफैंले प्रमाणित गरिसक्नु भएको छ ।
आज नेपालभित्र र बाहिर नेपाली भाषा र साहित्यलाई हेर्ने दुइ धारहरू देखिएका छन् एउटा रामचन्द्र, कृष्ण, सीता, रूपमती, इन्दिराहरूबाट प्रभावित धार जुन हिन्दू परम्परावादी छ, शुद्धतावादी छ, जातीय स्वर वा मिथकहरूदेखि अपरिचित तथा आशङ्कित हुँदै साधनाशील छ । अर्को धार युगौंदेखि थिचिएका, जाति, भाषा र संस्कृतिको पहिचान गुमाइएको बुझेर स्वपहिचानका निम्ति आन्दोलित र आक्रोशित हुँदै आएको छ र यस भाषालाई खस भाषा भन्न रुचाउँछ । यस दोस्रा धारलाई मार्जिनल विश्व पनि भन्ने गरिन्छ । यी दुवै अतिवादी धार देखिएका छन् किनभने यस दोस्रा धारले पनि त्यस निषेधलाई पनि निषेधित गरेको छ । यी दुइ धार एक अर्काका ठिक विपरीत दिशामा रहेका छन् । यी दुवै धारका बीचबाट तेस्रो धार देखिन थालेको छ जसलाई राम्ररी पहिचान गर्न सकिएको छैन । यस तेस्रा धारभित्र नेपालभित्र र बाहिरका थुप्रै नेपालीहरू जानीनजानी, भनौं मनोनिर्देशले स्वतः छिरेका छन्, छिर्दै छन् । यो तेस्रो धार नयाँ स्वरूपमा देखा पर्न लागेको धार हो । यसले नेपालभित्र र बाहिर हङकङ, बेलायत, अमेरिका, सिङ्गापुर, दुबई, मलेसिया जहाँ रहेर पनि एउटै भाषा र साहित्यमा सिर्जना प्रवाहित गर्दैछ । उनीहरूले भूगोलका अवरोधलाई पन्छाएर आँखामा नेपाल भलझली देखेका छन् र जाति तथा देशलाई यसरी चिनेका छन् ।
मेरो जाति मैले बुझेको भन्दा पनि गहिरो रहेछ ।
मेरो देश मैले देखेको भन्दा पनि ठूलो रहेछ ।
उनीहरूले त मेरो जाति टुक्राउने कुरा गरिरहेका थिए ।
मेरो अंशवण्डा गरिरहेका थिए ।
मैले थाहा नै नपाई आँखाको तलाउ सुकेर कतिखेरदेखि
ह्वारह्वारती आगो बल्न थालेछ ।
-देश सुब्बा (जाति)
साहित्यसँगै भाषा टाँसिन्छ, यी दुवै एकै वस्तुका आत्मा हुन् जसलाई छुट्याउँ“दा एकातिर भौतिक संरचना मात्र हुन्छ, अर्कातिर अमूर्त चेतना । साहित्यमा विकास हुनु भनेकै भाषा समृद्ध हुनु हो । नेपाली जनजातिहरूको प्रवेश र विकास नेपाली साहित्यमा हु“दा स्वतः नेपाली भाषाको पनि विकास हुन्छ । आजका नेपाली साहित्यलाई नेपालभित्र र बाहिर कुना कुनामा विस्तारित गर्दै नेपाली माध्यममा विविधतापूण् चामत्कारिक सृजनाहरू ल्याउने पहिलो पुस्ता होइन, पछिल्लो पुस्ता हो । हेर्दैमा चिल्लापाते यस समसामयिक पुस्ताको पहिलो भाषा नेपाली होइन, यो दोस्रो लक्ष्य भाषाका रूपमा नेपाली स्वीकार गर्नेहरूको ठूलो रहरलाग्दो जमात हो । यस जमातमा एकपछि अर्का स्रष्टाहरू छिर्दैछन्, जसले नेपाली भाषालाई सम्पर्क भाषा भन्दा माथि पुर्याउँदै कोइने भाषाका स्तरमा प्रतिष्ठित गरेका छन् । यसो हुँदा यो भाषा खस, पर्वते गोर्खाली होइन भन्ने स्पष्ट हुन पुगेको छ । यस जनजातीय स्रष्टा समूहले विश्वसाहित्यमा उडान भर्न लागेको यस भाषालाई खस, पर्वते र गोर्खाली जस्ता जातीय, नस्लीय, एकल राजनैतिक वा क्षेत्रीय नाममा सीमित गर्न खोज्नु यस भाषा र साहित्यमा ठूलो योगदान गरिरहेका स्रष्टा प्रतिभाको अवमूल्यन हुनेछ र यसै भनियो भने भविष्यले ती स्रष्टाप्रतिभाहरूप्रति नकारात्मक मूल्याङ्कन गर्ने सम्भावना देखिन्छ । जहाँसम्म नेपालका विभिन्न भाषाहरूमा लेखिएका साहित्यको प्रश्न छ, ती भाषा र साहित्यलाई नेपालेली भन्नु उपयुक्त हुन्छ जसले नेपालका सबै मातृभाषा र तिनमा रचिएका साहित्यलाई समान हैसियतमा प्रतिष्ठित गराउँछ ।
एउटै भाषा विशिष्ट आमूल परिवर्तनकारी कारणविना भिन्नाभिन्नै नामले चिनाइँदा पाठक, श्रोता र समाजशास्त्रीलाई कति कठिन होला ? उही बोली भारत, हङकङ, अमेरिकामा नेपाली तर नेपालमा चाहिँ खस भनियो भने यो दुवैका भेदलाई भाषाशास्त्रले कसरी खुट्याउने होला -यस भाषाका मान्यताका निम्ति हङकङ लगायत विदेशमा भएका आन्दोलनको मूल्याङ्कन कसरी गर्ने ? नेपाली भाषाका मान्यताका निमित गरिएका आन्दोलनका परिणामस्वरुप २००३ सन् मा पञ्जीकृत हङकङ नेपाली पाठ्यक्रम विकास परिषदबाट छ विषयमध्ये एक विषयका रुपमा दिइएको मान्यता, १९९६ देखिका सशक्त संघर्षका परिणामस्वरूप २००५ देखि २२ वटा प्रा.वि., मा.वि तथा उच्च मा.विलाई डेजिक्नेटेड स्कुलक रुपमा छुट्याई नेपाली विषय र माध्यम दुवैका पठन-पाठनमा हङकङ सरकारबाट दिइएको स्वीकृति, यहाँ संचालित हुँदै आएका भानुजयन्ती, देवकोटा जयन्ती, पूर्खा दिवस जस्ता सांस्कृतिक कार्यक्रमहरूमा भइरहेका नेपाली माध्यमको प्रयोग जस्ता उपलब्धि र साहित्य प्रतिष्ठानका अघि नेपाली शब्द राख्ने परिकल्पनाकारहरू, संस्थापक अध्यक्ष राई चन्द्र दुमी लगायतका प्रतिभाहरूका योगदानलाई के भन्ने ? यस्तो लामो परम्परा भइसकेका यस स्थितिमा भोगिएको इतिहास र भोग्दै गरेका वर्तमानबाट हामीले विश्वग्राममा चिनिन र लोकल कलरसहित वा प्रत्येक जनजातीय पहिचान लिएर आधुनिकीकरणमा फ्युजन खोजिरहेको देखिन्छ अर्थात् हामीले जातीय/नस्लीय संस्कार पनि अभिव्यक्त गर्नुछ र सिङ्गो नेपाली पनि हुनु छ । यस अभियानमा सक्रिय सहभागिता मात्र नभएर नेतृत्वका अग्र पङ्क्तिमा उभिने श्रेय नेपालबाहिर हङकङले लिएको देखिन्छ । हङकङेली नेपाली साहित्यको यस्तो प्रवृत्ति अत्यन्तै आशलाग्दो उज्यालो भविष्यको शुभसङ्केत हो । यसै परिप्रेक्ष्यमा हङकङेली नेपाली सहित्यको अध्ययन अपेक्षित हुन्छ । यसै सिलसिलामा केवलपुरे किसान पुस्तकालय खुल्नुले यसको गरिमालाई झनै बढाएको छ ।
अब नेपाल र नेपाली काठमाडौं, भक्तपुर र ललितपुर वा नेपालभित्र मात्र बाँधिन सकेनन् । यिनीहरूका आयामहरू विस्तारित भएका छन्, क्षितिजहरू फराकिएका छन् । एउटै भाषा र साहित्य बहुरङ्गले रङिएकोछ । यो नौरङी डाँफे वा सप्तरङ्गी इन्द्रेणी भएको छ । यसमा विभिन्न जातजाति र जनजातिका आस्थाहरू प्रकट हुन थालेका छन्, बन्धनहरू खुकुलिँदै छन् । अब बिसे नगर्चीको गुनासो सुनिन थालेको छ, रामभरोसाको पीडा पोखिन थालेको छ, यलम्बर-बलिहाङहरू बोल्न थालेका छन्, निसाम (आदिवासी उपन्यासको नायक) ले भयको कारण बुझदै त्यसबाट मुक्ति पाउने उपाय पनि बुझ्न थालेको छ । यसरी नेपालीमा जनजातीय साहित्य र समालोचनाहरू लेखिन थालेका छन्, गीत, सङ्गीतहरू गुन्जिन थालेका छन् । लाग्छः नेपाली गायन र वादन त जनजातिको एकाधिकार जस्तै हुन पुगेको छ । हराउन लागेका टुङ्ना, मर्चुङ्गा, विनायोहरूको पुनर्निर्माण सुरु भएको छ ।
म डायस्पोरा साहित्यबाट निकै टाढा रहेको र पुरानो शास्त्रीयताले थिचिएको मान्छे । हङकङेली नेपाली साहित्यसँग मेरो कुनै सम्पर्क पनि थिएन तर सम्पर्क गाँसियो देश सुब्बाजीको अपमान उपन्यासबाट । २०६४ मा धरानको होटल अम्बेसेडरमा प्रदीप मेन्याङबोका संयोजकत्वमा आयोजित परिचर्चाबाट मैले हङकङको साहित्यिक गतिविधिबारे थोरै जानकारी पाएको हुँ तर त्यहाँ हङहङको भन्दा अपमान उपन्यासको चर्चा बढी भएको थियो । त्यसपछि धरानमा पत्रकार महासंघको कार्यालयमा डि.बी. पालुङ्वाको आलाप सि.डी.को विमोचन, देश सुब्बाका भयवाद र आदिवासीको राष्ट्रिय बहस, भयवादः वैचारिक चिन्तनप्रतिको अन्तक्रिया, दिल पालुङ्वाको छोटो फ्रक, नेपाली साहित्य प्रतिष्ठानबाट प्रकाशित यथार्थका चोइटाहरू र दीपा एवाई राईको समुच्च विचार र त्यसका यात्रामा प्रकाशित अर्धवृत्त हुँदै म हङकङेली नेपाली साहित्य र समाजस“ग नजिकिन आइपुगेको हुँ । यसै क्रममा काठमाडौंमा भरखरै परिचित उपेन्द्र सुब्बा, सिर्जनशील साहित्य तथा हङकङमा कविता र भर्खरै विमोचित नेपाली साहित्य प्रतिष्ठानको दसौं वाषिर्क स्मारिकाबाट हङकङेली नेपालीलाई चिन्न थालेको छु । परिचयका यी स्रोतबाट मलाई के लाग्यो भने हङकङले छुट्टै तर फराकिदै गएको आफ्नै नेपाली साहित्यको केन्द्र बनाउन थालेको रहेछ जसमा नेपाली साहित्य प्रतिष्ठान र यसका पदाधिकारी, प्रेरकहरू राई चन्द्र दुमी, गणेश राई, प्रकाश छाङ्छा राई, क्रान्ति सुब्बा, टङ्क सम्बाहाङ्फे, देश सुब्बा, शरण सुब्बा, वसन्त निरौला, डि.बी. पालुङ्वा, बिमल राई, अशोक राई, नरेन्द्र सेन्दाङ, नरेश सुनुवारका योगदानमा यहाँका भाषिक-साहित्यिक गतिविधिहरू फस्टाउँदै गएका देखिन्छन् ।
राईफल, गैंती, बेल्चा उचाल्दै बेलायती दासत्वमा बाँच्ने बाध्यतामा पिरोलिएर पनि पर्वते पत्रिकादेखि नै उदाउन थालेका नेपाली सिर्जनशील व्यक्तित्वले विशेषतः बेलायतले छाडेर चीनका मातहतमा, त्यसमा पनि एक देश दुइ नीति अन्तर्गत हङकङको शासकीय व्यवस्थापन सुरु भएपछि हङकङेली नेपाली साहित्य फस्टाउन थालेको देखिन्छ । भूपेन्द्र चेम्जोङ, चन्द्र मादेन आन्छन्हरूका नेतृत्वमा सन् १९९८ डिसेम्बर १३ का दिन बायोनियल हल, मङ्ककमा पहिलो कवितागोष्ठी भएका परिणामतः टङ्क सम्बाहाङ्फे अनुसार २००० मार्च ५ तारिखका दिन साहित्यकार, गीतकार र पत्रकारमाझ स्थापित नेपाली साहित्य प्रतिष्ठानले जातीय, क्षेत्रीय, सामाजिक तथा राजनैतिक संस्थाबाट एकदमै पृथक् रहेर साझा नेपाली साहित्यको विचार प्रवाह गर्दै आएको सुन्दा मलाई नेपाली हुनुको गौरवको आभास भएको छ । त्यसमा पनि संस्थामा आबद्ध भएर आफू पनि लेख्ने र अरूलाई पनि लेख्न प्रोत्साहन दिने परिपाटी बसाइएको कुरा थाहा पाउँदा मेरो छाती गर्वले फराकिलो भएको छ र शिर उचालिएको छ । यस दश वर्षा छोटा अवधिमा हङकङेली नेपाली भाषा र साहित्यले संस्था, पत्रपत्रिका, फुटकर तथा पुस्तकाकार कृतिहरू, डट कम र वेभ सइटहरू, विविध विधा र माध्यमबाट आफूलाई विस्तारित गरेको छ । पूवक्षितिज ( प्र.सं. राई चन्द् दुमी), अविराम (सं. क्रान्ति सुब्बा) , जनजाति, चौबिसेका गोरेटाहरू, यलम्बर, सेक्मुरी, सम्वाद, एभरेस्ट (सं. किसिन राई ), सनराइज (सं. भूपेन्द्र चेमजोङ), परदेशी, पाहुर, नेपालपोष्ट ओभरसिज, भरखरै प्रकाशन सुरु गरेको साप्लाबुङ, नमस्ते हङकङ जस्ता नियमित-अनियमित पत्रपत्रिकाहरूबाट धेरै नेपालीको सिर्जना मुखरित भएको छ । यसै गरी नेपाल डट.कम, एचकेनेपाल, कविता कुसुम, स्रष्टा ब्लगहरूका योगदानको पनि यस बेला कदर गर्नुपर्ने हुन्छ । नेपाली साहित्य प्रतिष्ठानका अतिरिक्त सिर्जनशील साहित्य समाज, जनजाति साहित्य समूह, आदिवासी गीतकार समाज, नेपाली कला मन्दिर, नेपाली साहित्य परिषद्जस्ता झन्डै एक दर्जन संस्थाहरूले प्रतिभाहरूलाई एक सिर्जनाका लिकमा हिंडाएका छन् । यसका साथै विद्यालय र छात्रछात्राहरूलाई सक्रिय सहभागी गराउँदै देवकोटा जयन्ती लगायत विविध कार्यक्रमहरू गर्दै रहेका देवराज राई र उनका सहयोगीहरूका क्रियाकलापबाट पनि यहाँ नेपाली भाषा र साहित्यका विकासमा राम्रो वातावरणको निर्माण गरेको छ ।
एकातिर देश सुब्बा, गणेश राई, हाङयुग अज्ञात, शरण सुब्बा, टङ्क सम्बाहाङ्फे, भोगेन एक्ले, नरजीत राई, महेश साम्पाङ, हिमकला राई, जया राई, देवेन्द्र खेरेस, विमल राई, प्रकाश के.सी., प्रदीप कन्दङबा, राई चन्द्र दुमी, नरेश सुनुवार, भूपेन्द्र चेम्जोङ, शिव प्रधान, मालिकराम राई, राजाराम शाही, अशोक गहतराज, भवानी मास्के, सुरेन लिम्बू, कमल पौडेल, डि.बी. पालुङ्वा, दिल पालुङवाहरू यहाँका पुराना प्रतिभाहरू देखिन्छन् भने यसै वर्ष नयाँ विचार र अर्धवृत्त कविता सङ्ग्रहबाट चिनिएकी दीपा राई स्थापित भइसकेकी छन् । अर्कातिर किन्दर राई भगत सुब्बा, लोक सिङ्गक, जितबहादुर राई, इप्सु थापा जस्ता बीसौं व्यक्तित्वहरू स्थापनाका चरणमा छन् । हङकङले कविता, गीत, कथा, उपन्यास र समालोचना क्षेत्रमा उपलब्धिपूण् काम गरेको देखिन्छ । हाङयुग अज्ञात, रामकृष्ण बान्तवा, प्रदीप कन्दङ्वा, नरेश सुनुवारका दरा समालोचक पनि देखिएका छन् । उपन्यासका क्षेत्रमा देश सुब्बाको आदिवासी नेपाली साहित्यकै एक क्षेत्रको विशिष्ट उदाहरण हुन पुगेको छ । यसले अपमान (२०५२) बाट प्रस्तुत जनजातीय-नस्लीयबोधलाई भयवादका दार्शनिक धरातलमा जातिसांस्कृतिक उपन्यासका रूपमा उचालेको छ । पुस्तक प्रकाशनमा पनि हङकङ उतिकै सक्रिय देखिएको छ । प्रकाश छाङ्छा राई ( पराजित अनुहारहरू २०३५, १९वर्षो युद्धः २०३६, भग्नावशेष मायाका छालहरूः २०४५, अभिव्यक्ति केही आवाजः २०४७, र पुल तरेपछि हराएको मान्छेः २०६४), देश सुब्बा - दोषी कर्मः २०५०, अपमानः २०५२, शहीदः २०५६ र आदिवासीः २०६४),शिव प्रधान (छरिएको सिन्दूरः २०५६), गणेश राई ( राइफलको नालबाट जीवन नियाल्दा), रामकृष्ण बान्तवा ( सघन तुवालो), टङ्क सम्बाहाङ्फे ( युद्धभित्र उभिएका बुद्धहरू), प्रद्वय अर्थात् प्रकाश के.सी. र प्रदीप कन्दङ्वा ( शब्दघोष जिजीविषा), नरेश सुनुवार ( अस्तित्वको राँकुदेले सेक्सेलेले), नेपाल कुश्शा ( त्यान्द्रोः २०५९ र छोटो फ्रक), मालिकराम राई ( सयपत्री), भोगेन एक्ले ( बेनाम), दीपा एवाई राई ( अर्धवृत्तः २०६६) लगायत एक सगर दुइ तारा, जिन्दगीको पहाड, यथार्थका चोइटाहरू, ककफिक, मिशाल, आकाश खोज्दै जाँदा, हङकङमा कविता, सृजनशील साहित्य, रुङरीको बयान र नदी किनारा जस्ता पुस्तकहरू उल्लेखनीय देखिएका छन् । गीतका क्षेत्रमा पनि टङ्क सम्बाहाङ्फे, विमल राई, डि.बी. पालुङ्वाहरू सक्रिय देखिएका छन् ।
यी र यस्ता रचनाहरूबाट नेपाली साहित्यमा निम्नलिखित उपलब्धि भएका देखिन्छन्
- विदेशमा बसेर पनि नेपाल र नेपालीका पीडाको अभिव्यक्ति
- जनजातीय लेखन
- कवितामा नयाँ शिल्प र शैली (जस्तैः मोटा अक्षर, शब्द, अक्षर र पंक्तिविन्यासमा नवीनता, अंक, चक्र र रङ्ग कविता) ।
- संगठित रूपमा साहित्य
-कलाको प्रचारप्रसार
- उत्तरआधुनिक समालोचनामा विवादित लेखकको मृत्यु सम्बन्धी हाङयुग अज्ञातको नया व्याख्या र प्रदीप कन्दङ्वाबाट नयाँ पाठकको जन्म सम्बन्धी विचारको पूर्वतयारी
- सबैभन्दा ठूलो प्राप्ति देश सुब्बाको भय दर्शन र दीपा राईको समुच्च विचारको प्रतिपादन
यसरी हङकङले हङकङ र नेपाल मात्र होइन, विश्वलाई नै दृष्टिकोण, विचार र दर्शन दिएको छ । उच्चतम प्राप्तिको मूल्याङ्कन अझै भइसकेको छैन तथापि हङकङलाई नेपालले अब पढ्न पढाउन थालिसकेको छ । भर्खरै यसै बर्षेखि लागू नेपाली पाठ्यक्रममा हङकङेली डायस्पोराको पनि समावेश गरिएको छ । यसकारण सबै स्रष्टाहरू, चिन्तकहरू र हङकङेली नेपालीहरूलाई बधाई दिन्छु र यस चिन्तन, लेखन र संस्थापनमा हङकङ एउटा आदर्श बन्न सकोस् भन्ने समेत शुभकामना ।
नेपाली साहित्य प्रतिष्ठान,हङकङ सन् २०१०/०२/१३ आयोजित कार्यक्रममा प्रस्तुत कार्यपत्र

Mar 24, 2010

हिटलरका दस रोचक तथ्य


'मानवतावाद मूर्खता र कायरताको अभिव्यक्ति हो,' संसारलाई दोस्रो विश्वयुद्धको कोसेली दिने नेसनल सोसलिस्ट पार्टीका नेता नाजी तानाशाह हिटलरको भनाइ हो यो । उनी १९३३ देखि १९४५ सम्म जर्मनीका चान्सलर थिए । यी खलनायकबारे अहिलेसम्म सर्वसाधारणको जानकारीमा नआएका दस रोचक तथ्य यहाँ प्रस्तुत छन्:
करोडौं मानिसको ज्यान लिने हिटलर स्वयं भने शाकाहारी थिए । कुनै पनि नसाको लत नभएका हिटलरलाई स्पीड अर्थात् तीव्र गतिमा भने निकै गहिरो मोह थियो ।
हिटलरले १६ वर्षकै उमेरमा विद्यालय जान छाडे । उनका बाबुले उनलाई भन्सारको जागिरमा लगाउन खोजेका थिए, तर उनी भने पेन्टर बन्न चाहन्थे । बाबु मरेपछि हिटलर भियना गए । पेन्टिङको औपचारिक शिक्षा लिन उनले प्रवेश परीक्षा दिएका थिए, तर फेल भए । निराशाको वेला उनी कफी हाउस र सडकतिर जान्थे, जहाँ उनको भेट राजनीति गर्नेहरूसँग हुन्थ्यो । यसले उनमा राजनीतिप्रति रुचि उत्पन्न गरायो ।

बाबुको सम्पत्ति सकिएपछि हिटलरलाई पैसाको अभाव हुन थाल्यो । नपढेकाले गतिलो काम पनि पाउने कुरा भएन । पत्रपत्रिकामा लेखेर गुजारा चलाउन थाले । विस्तारै उनको राजनीतिमा दख्खल बढ्दै गयो । सम्पर्क र लेखनकै माध्यमबाट उनले घर र गाडीको जोगाड गर्न सके ।
हिटलरमा आफ्नो भाषणले श्रोतालाई मन्त्रमुग्ध पार्नसक्ने क्षमता थियो । उनको भाषण सुनेर मानिस भावुक बन्थे, उत्तेजित हुन्थे । उनी भाषणको पूर्वाभ्यास (रिहर्सल) गर्थे । रिचर्ड वाग्नरको ओपेरा वा संगीतका बारेमा उनी बोल्न थाले भने कसैले पनि उनलाई रोक्न सक्दैनथ्यो ।
हिटलरको हस्तलिपि बडो सफा र सुन्दर थिए । तर, उनी सुझबुझका साथ विचारबद्ध भएर लेख्न भने जान्दैनथे । उनको आत्मकथा 'मेन क्याम्फ' पढ्नेहरू यस्तै भन्छन् ।
हिटलर चलचित्र र पेस्ट्रीका निकै सोखिन थिए । उनी निजी थिएटरमा नियमित रूपमा फिल्म हेर्ने गर्थे । उनलाई कमेडी फिल्म मन पथ्र्यो । बढी मात्रामा उनी जर्मनका लागि प्रतिबन्ध लगाइएका विदेशी फिल्म हेर्थे । सर्कसका करामत उनलाई निकै रमाइलो लाग्थ्यो । उनी वेला-वेला सर्कसका कलाकारलाई चकलेट, पेस्ट्री र फूल उपहार दिने गर्थे । उनलाई जिप्सी संगीत मन पथ्र्यो, उनी वाग्नरका पुजारी थिए ।
उनलाई खेलकुद र व्यायाममा कुनै रुचि थिएन । कहिलेकाहीँ हिँडडुल भने गर्थे ।
आफैँ भएको न्युजरिल हेर्न उनलाई निकै मन पथ्र्यो । राजनीतिक प्रचारका लागि उनले सुरु- सुरुमा रेडियो प्रसारण, र्‍याली, लाउडस्पिकरको प्रयोग गरेका थिए । हिटलर विश्वकै पहिलो यस्ता राष्ट्रप्रमुख हुन्, जसको निजी हवाईजहाज थियो र पाइलट पनि ।
अहिले पनि विश्वप्रख्यात मानिने अमेरिकी म्यागेजिन 'टाइम' ले उनलाई १९३८ को 'वर्षपुरुष' घोषणा गरेको थियो ।
घरपरिवार तथा बिहेजस्ता कुरामा हिटलरको कुनै रुचि थिएन । तीबाट उनी टाढै बस्थे । हिटलरको मृत्यु ३० अपि्रल १९४५ मा बर्लिनमा संदिग्ध अवस्थामा भएको थियो र ठीक अघिल्लो दिन इवा ब्राउनसँग उनले बिहे गरेका थिए । उनले आफ्नो पाल्तु कुकुरसँगै साइनाइड नामक विष खाएर आत्महत्या गरेका थिए ।

Mar 20, 2010

७ वेभसाइट जसले संसार बदल्यो

यी ती वेभसाइट हुन जुन छैन भने आज इन्टरनेट र जीवनको कल्पना गर्न कठिन छ। जो कुनै व्यक्तिले पनि एक पटक इन्टरनेटको प्रयोग गरेको छ भने उसले यी सबै वा यसमध्ये अधिकांश साइटमा ब्राउज गरेको हुनुपर्छ । यी साइटहरु स्वयममा एउटा उदाहरण हुन्-
1.विकीपेडिया
जानकारी प्राप्त गर्न सकिने सर्वश्रेष्ठ माध्यम हो विकीपेडिया । आज कुनै पनि विषयमा आधारित खोज गर्नुस् पहिलो लिंक तपाईले विकीपेडियाकै पाउनु हुनेछ। विकी पेडियाको आगमनअघि पनि अनलाइन इन्साक्लोपेडिया त कैयौ थिए तर ती सबैमा कमै मात्र जानकारी हुने गर्दथ्यो र तिनीहरुको प्रयोग पनि कठिन थियो ।तर विकीपेडियाको आगमनसँगै पुरै परिस्थितिमा परिवर्तन आयो । विकीपेडिया एउटा निःशुल्क ज्ञानकोष हो । यसलाई कुनै पनि व्यक्तिले सम्पादन गर्न सक्दछ र लाखौ स्वयमसेवकका कारण हरेक दिन यसको ज्ञानकोषको उचाई कयौ गुना बढिरहेको छ।आजभोलि यो ज्ञानकोष अंग्रेजीमा मात्र नभएर नेपालीलगायत हरेक भाषामा उपलव्ध छ।
सुरुवातः १५ जनवरी २००१
निर्माताः जिम्मी वालेस, ल्यारी सैंगर
भाषाः २४०
2.हटमेल
आजको नयाँ पिढीले यो नाम पहिचान गरुन वा पहिचानका लागि ध्यान नदिउन् तर हटमेलले कुनै समय इमेलको परिभाषा नै बदलिदिएको थियो । हटमेलभन्दा पहिला इमेल गर्नु र इमेल प्राप्त गर्नु दुर्लभ कार्य थियो । अनलाइन इमेल क्लाइन्ट सफ्टवेयर उपलव्ध थिएन । तपाई जब इमेललाई आफ्नो एक पीसीमा डाउनलोड गर्नुहुन्थ्यो तब रिमोट सर्भरबाट त्यो डिलेट हुने गर्दथ्यो । अर्थात एउटा इमेल एक स्थानमा मात्र हेर्न सकिन्थ्यो ।हटमेलले वेभमेलको सुरुवात गर्‍यो । हटमेललाई कुनै पनि पीसीमा ब्राउज गर्न सकिन्थ्यो । कुनै इमेललाई कयौ स्थानबाट खोल्न सकिन्थ्यो । शब्बीर भाटिया र केही अन्य व्यक्तिको यो खोजले इमेल गर्ने तौरतरिकामै बदलाव ल्यायो । पछि माइक्रोसफ्टले हटमेल किन्यो र अहिले यो ब्राण्ड समाप्त भइसक्यो । त्यसको स्थान माइक्रोसफ्ट लाइभ मेलले लिएको छ। तर, हटमेलको याद मानिसहरु अहिले पनि गर्दछन् ।
सुरुवातः ४ जुलाई १९९६
निर्माताः शब्बीर भाटिया र अन्य
अधिग्रहणः माइक्रोसफ्ट
3.फेसबुक
फेसबुक विश्वको सबैभन्दा लोकप्रीय सामाजिक सञ्जाल साइट हो । अमेरिकाजस्ता देशमा त यसले गुगललाई पनि उछिनेर सबैभन्दा लोकप्रीय साइटको गौरव पनि प्राप्त गरिसकेको छ। फेसबुकका प्रयोगकर्ताहरु करोडौको संख्यामा छन् र कैयौ मानिसको त दिन र रात फेसबुकमै बित्ने गरेको छ।तर फेसबुक पहिलो सामाजिक सञ्जाल साइट भने थिएन । तर,m यसले सामाजिक सञ्जालको सिद्धान्तनै परिवर्तन गरिदियो । फेसबुकले थर्ड पार्टी एप्लिकेशनहरुलाई मन्जुरी दिएर आफ्नो लोकप्रीयतामा तिब्रताका साथ बढायो । फेसबुक लोकप्रीय बनिरह्यो किनभने उसले आफूलाई समय अनुसार परिर्वतन गर्दै गयो ।
सुरुवातः ४ फेब्रुअरी २००४
निर्माताः र्माक जकरवर्ग
4.ट्वीटर
के राजनेता, के अभिनेता, के समाजसेवी, के धर्मगुरु, के आम नागरिक । आज सबैजसो ट्वीटरमा उपस्थित छन् । १४० अक्षरका साथ तपाई संसारभरसँग जोडिन सक्नु हुन्छ। के केही वर्ष पहिलेसम्म कुनै कल्पना गर्न सक्दथ्यो कि एउटा सामान्य व्यक्ति विल गेट्सलगायतका चर्चित हस्तीहरुसँग सिधा प्रश्न गर्न सक्छ कि आफूले उत्तर पनि पाउने गरी ।यो ट्वीटरकै कमाल हो, जसले आम र विशेषको भेद मेटाइदियो । अब हरेक ‘विशेष’ व्यक्ति ट्वीटरको माध्यमबाट आम संसारसंग जोडिन चाहन्छ । संसारभरको सरकारका सरकारहरु यो सेवादेखि डराउन थालिसकेका छन् । किनभने सूचनाको अति तिब्र माध्यम क्षणभरमा पलपलको खबर संसारको कुनाकुनामा पुर्‍याइरहेको छ। ट्वीटर आज जीवनको एउटा महत्वपूर्ण हिस्सा बनेको छ।
सुरुवातः २००६
निर्माताः ज्याक डोर्सी, इवान विलियम्स, विज स्टोन
5.युट्युब
युट्युवले मनोरञ्जनको अर्थ नै परिवर्तन गरिदियो । युट्युवभन्दा पहिला अनलाइन भिडियो हेर्न सकिने राम्रो माध्यम थिएन । युट्युवको सुरुवात जब भयो तब विश्वभर निकै ब्याण्डविथ नै उपलव्ध थिएन । त्यतिबेला मानिसहरु सोच्थे यो साइट चल्दैन । किनभने लामा लामा भिडियो मानिसहरुले कसरी हेर्ने छन्? मानिसहरु आफ्नो साइटमा भिडियो अपलोड गर्दैन थिए किनकि यसबाट उनीहरुको ब्याण्डविथ खर्च ह्वात्तै बढाउथ्यो ।तर युट्युवको आगमनका साथै परिस्थिति बदलियो । युट्युवले मानिसहरुलाई अचम्ममा पार्‍यो । अब निशुल्क भिडियो अपलोड गर्न सकिन्थ्यो र त्यसलाई कुनै पनि साइटमा राख्न पनि सकिन्थ्यो ।अहिले गुगलले लिएको यो सेवामा हजारौ भिडियो दैनिक अपलोड हुने गर्दछन् । र, लाखौ मानिस यो भिडियो हेर्ने गर्दछन् ।
सुरुवातः फेब्रुअरी २००५
निर्माताः चाड हर्ली, जावेद, करिब, स्टीभ चैन
अधिग्रहण : गुगल (२००६)
6.गुगल
नाम मात्रै पर्याप्त छ । इन्टरनेटबारे सामान्य मात्र ज्ञान राख्ने शायदै कुनै व्यक्ति होलान् जो गुगलका विषयमा थाहा नहोस् । गुगल अर्थात खोज खोज अर्थात गुगल । यतिबेला मानिसहरु भौतिक सामग्री हराए पनि झक्किएर गुगलमा खोजी गर्न जाने बेला भइसकेको छ। मानिसहरु भन्छन्, कुनै जानकारी चाहियो गुगलमा जानुस् न ।अहिले इन्टरनेटमा चाहे जेसुकै गरियोस प्रयोगकर्ताहरु गुगलमा एक पटक जान्छन् । गुगलमा खोजी नगरे पनि यसका असंख्य निःशुल्क सेवाको प्रयोग सबैले गर्छन । जीमेल छ, रिडर छ, ब्लगपोष्ट छ, पिकासा छ, युट्युव छ, सूची लामो हुनेछ । आफै सोच्नुस्।
सुरुवातः ४ सेप्टेम्बर १९९८
निर्माताः सर्जेई विन, लारेन्स पैज
7.अमेजन
किनमेल त्यसै पनि हुन सक्दछ। पसल नै नगई घरै बसेर लगइन गर्नुस् । आफूले मन पराएको उत्पादन छान्नुस् । क्रेडिट कार्डबाट शुल्क तिर्नुस् काम सकियो । घरमै बसेर तपाईलाई आफूले किनेको सामान प्राप्त हुनेछ। अमेजनले मानिसहरुको किनमेलको बानी नै परिवर्तन गरिदियो । अहिले इन्टरनेटमा असंख्य अनलाइन सपिङ्ग साइट छन् तर यस उद्योगको सुरुवात अमेजनले नै गरेको थियो ।
सुरुवातः १९९४
निर्माताः जैफरी विजोज

गिरिजाप्रसाद कोइरालाको जीवन गाथा

तिलक पाठक
पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ८६ वर्षको उमेरमा शनिबार मण्डिखाटारस्थित छोरी सुजाताको निवासमा देहावसान भयो। नेपाली कांग्रेसका सभापति एवं उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक समेत रहेका कोइरालाको जीवन अन्तिम अवस्थासम्म सक्रिय रह्यो।जमानाका 'चेन स्मोकर' कोइरालालाई दिनको तीन बट्टासम्म चुरोट चाहिन्थ्यो। तीन वर्षअघि चिकित्सकको सल्लाहमा सिगार छाडे पनि धूमपानको लतले उनलाई गाँज्यो। फोक्सोमा भएको संक्रमण कहिल्यै नियन्त्रणमा आएन। १९८१ असार १८ गते बिहारको (टेढी) दीपनगरमा जन्मिएका कोइरालाले प्रारम्भिक शिक्षा विराटनगरबाट लिएका हुन्। बनारसबाट 'म्याटि्रकुलेसन', बेसेन्ट कलेज हुँदै बनारस हिन्दू विश्वविद्यालयमा अध्ययन गरेका उनी मनमोहन अधिकारीलगायतको संगतले कोइराला कम्युनिस्टतिर तानिए। दाजु बीपी कोइरालाले सम्झाएपछि उनमा कम्युनिस्टप्रति संशय बढयो। र, कांग्रेसको राजनीतिमा सक्रिय रूपमा लागे। विराटनगर फर्किएपछि कटन मिलमा काम थाले। र, त्यहीँबाट मजदुर आन्दोलन चलाए। आन्दोलन चलेको २१ दिनपछि पक्राउ परे। उनलाई पद्मशमशेरको काठमाडौ"स्थित विशालनगर दरबारमा राखियो। केही समयपछि छुटे। फेरि विराटनगरमै पक्राउ परे पनि जेलबाट भाग्न सफल भए। ००७ साले राणा शासनविरोधी जनक्रान्तिमा राजनीतिक कमिसार रहेका कोइराला प्रजातन्त्र बहाली भएपछि भने 'हाई प्रोफाइल'मा रहेनन्। केही समय शोखका रूपमा फोटोग्राफी गरे। त्यसैबेला परिवारको विरोध हुँदाहुँदै कलकत्ता पुगी सुषमा उपाध्यायसँग भागी विवाह गरे। कोइरालाकै घरमा डेरा गरेर बस्ने सुषमा त्यतिबेला विराटनगरस्थित नारी जागृति स्कुलमा पढाउँथिन्। २०१७ सालसम्म कोइराला मोरङ कांग्रेसको सभापति र केन्द्रीय समिति सदस्य भइसकेका थिए। शाही 'कु' सँगै पक्राउ परे। त्यसको ६ वर्षपछि भाइ तारिणीप्रसाद कोइराला, कांग्रेस महामन्त्री श्रीभद्र शर्मालगायत नेता 'शान्तिपूर्ण किसिमबाट बस्ने' कागजमा हस्ताक्षर गरेर छुटे। तर, उनी त्यता लागेनन्। एक वर्षपछि आमरण अनसन गरेर जेलबाहिर निस्के।सशस्त्र क्रान्तिबिना नेपालमा प्रजातन्त्र बहाली हुन नसक्ने बीपी र कांग्रेसको निष्कर्ष रह्यो। सशस्त्र क्रान्तिको कमान्डर थिए, गिरिजाप्रसाद कोइराला। सेना बनाउनेदेखि तिनलाई खुवाउने र हतियार बटुल्ने जिम्मा उनकै थियो। सेनालाई खुवाउने र हतियार बटुल्न सकस परेपछि जहाज अपहरणको योजना बनाएको कोइरालाले एक टेलिभिजन कार्यक्रममा स्विकारेका छन्। प्लेन अपहरण योजनामा बीपीको स्वीकृति लिएका थिए उनले। उनको योजनामा दुर्गा सुवेदी, वसन्त भट्टराई, चक्र वास्तोलालगायत युवाको साथ थियो। अपहरणबाट लुटिएको पैसा बीपी कोइराला बस्ने ठाउँमा दार्जिलिङ पुर्‍याए।सशस्त्र क्रान्तिकै बेला कोइरालकै पहलमा कांग्रेसले ओखलढुंगा कब्जा योजना बनायो। तर, ओखलढुङ्गा काण्डले ठूलो क्षति पुर्‍याएपछि कांग्रेसले सशस्त्र क्रान्तिको बाटो छाड्यो। मेलमिलाप नीति लिएर २०३३ पुसमा स्वदेश फर्कनुअघि बीपीले पटना विमानस्थलमा कोइरालालाई पार्टीको महामन्त्रीमा नियुक्त गरेको पत्र थमाए। 'म जेल पर्न सक्छु, मर्न पनि सक्छु। तेरो नियुक्ति पत्रबारे म नेपाल प्रवेश गरिसकेपछि मात्र अरूलाई जानकारी गराउनू,' दाजु बीपीले उनलाई भनेका रहेछन्।बीपी त्रिभुवन विमानस्थलमै पक्राउ परेपछि कोइरालाले सीमा आसपास कांग्रेसको संगठन विस्तार गरे। राजा र बीपीबीच जनमत संग्रह गर्ने र प्रवासमा रहेका कांग्रेस नेतालाई आम माफी दिने सहमति भएपछि स्वदेश फर्के। ०४२ को सत्याग्रह होस् वा ०४६ को जनआन्दोलनमा उनको नेतृत्वदायी भूमिका रह्यो। ०४६ फागुन ७ मा गणेशमान सिंहको घरमा भएको कांग्रेस सम्मेलनले जनआन्दोलन थाल्ने निर्णय गर्‍यो। प्रजातन्त्रको पुनर्बहालीपछि चैत २६ गते टुँडिखेलमा दिएको उनको भाषणको चौतर्फी आलोचना भयो। 'प्रजातन्त्रको लडाइँमा कसैको हार हुँदैन सबैको जित हुन्छ। त्यसैले आज सम्पूर्ण नागरिकको जित भएको छ। यो जित भनेको राजा र पञ्चहरूको पनि जित हो,' कोइरालाले यसो भन्नेबित्तिकै उनीमाथि ढुंगा, जुत्ता र चप्पल बर्सियो। त्यसपछि उनले भाषणै रोक्नुपर्‍यो। २०४८ सालको आम चुनावमा कृष्णप्रसाद भट्टराईको चुनावी पराजयपछि सत्ताको बागडोरको जिम्मा कोइरालाकै काँधमा पुग्यो। पार्टीको सुविधाजनक बहुमत हुँदाहुँदै ०५१ सालमा उनले प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनाव घोषणा गरे। उनको कदमले सबैभन्दा ठूलो दलको हैसियतले एमाले सत्तामा पुग्यो। यद्यपि अल्पमतको सरकार भएका कारण नेपाली राजनीतिमा अस्थिरता सुरु भयो। त्यसपछि 'पञ्चायती नायक' लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापालाई आलोपालो प्रधानमन्त्री बन्ने अवसर मिल्यो। त्यतिबेला कोइरालाले संसद्मा भाषण गरे, 'हिजो मैले यो जित भनेको पञ्चहरूको पनि हो भन्दा ढुंगा, इँटा र जुत्ता खाए"। आज तिनै पञ्चायतका प्रधानमन्त्री चन्द र थापा प्रधानमन्त्री भएका छन्। त्यो बेला सत्य बोल्दा तपाईंहरूले मलाई जुत्ता हान्नुभयो।' उनको भनाइ संसद्मा रहेका एमाले र तिनका नेताहरूप्रति लक्षित थियो। त्यतिबेलासम्म कोइरालाको छवि नै कम्युनिस्टविरोधी थियो। कुनै बेला उनले भनेका थिए, 'माले, मसाले र मण्डले एकै हुन्।' प्रधानमन्त्री भएका बेला एमालेले धेरैपटक सदन र सडक आन्दोलन गर्‍यो। माओवादी सशस्त्र युद्धमा आक्रोशको तारो पनि उनै थिए। किलो सेरा टुलगायत प्रहरी कारबाही चलाएका कोइराला नै माओवादीको पहिलो नम्बर शत्रु थिए। एमालेले दासढुंगा दुर्घटना र माओवादीले दरबार हत्याकाण्डमाउनको नाम मुछेर राजनीतिक अभियानै चलाएका थिए। तिनै कोइराला जीवनको आखिरी खण्डमा एमाले र माओवादीका समेत साझा र प्रिय नेता बन्न पुगे। सशस्त्र हिंसामा रहेको माओवादीलाई राजनीतिक मूलधारमा ल्याउनेदेखि एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई सरकारको नेतृत्वमा पुर्‍याउन उनकै भूमिका रह्यो।कोइराला मुलुकका सबै राजनीतिक दलका भरोसाका पात्र थिए। 'प्रजातन्त्र एकथरीका लागि मात्र होइन,' कोइराला भनिरहन्थे, 'एकथरीको मात्र ठान्नेहरूले तानाशाही शासन व्यवस्थाको प्रतिनिधित्व गर्छन्।' राजनीतिमा ६ दसकभन्दा बढी सक्रिय कोइरालामा 'भनेको कुरा गरेरै छाड्ने' स्वभाव थियो। राजा ज्ञानेन्द्रको सक्रिय शासनताका निरन्तर चर्काे आलोचना गर्ने र अडान नछाड्ने एक्लो नेता हुन्, कोइराला। भ्रष्टाचारको अभियोगमा सर्वाेच्च अदालतले प्रस्टीकरणको आदेश दिँदा उनले सार्वजनिक रूपमै भनिदिए, 'सुप्रिम कोर्ट निरीह र विवेकशून्य भएको छ। म एउटा सुझाव दिन चाहन्छु, सुप्रिम कोर्टलाई नारायणहिटी दरबारभित्र लगे हुन्छ। म अख्तियारमा बयान दिन जान्नँ बरू जेल जान्छु।' अदालतको फैसलालाई प्रायोजित भएको संज्ञा दिँदै उनले भने, 'मेरो मनोबल गिराउने चेष्टा हो भने यो भूल हो। राजाले त्यो दिवास्वप्न नदेखे हुन्छ।' मनमा लागेको कुरा नहिच्किचाइकन बोल्ने कोइरालाको विशेषता निरन्तरता, दौडाहा र अडान हुन्। ०६२/०६३ को जनआन्दोलनका कमान्डर कोइरालाले संसद् पुनर्स्थापनाको रोडम्यापमा सबैलाई हिँडाएर छाडे। लोकतन्त्रको पुनर्स्थापनासँगै कोइरालाले सरकार प्रमुखको जिम्मेवारी मात्र सम्हालेनन्, नेपाली राजनीतिको मियो बन्न सफल भए। अन्तरिम संविधान जारी गर्दै संविधानसभाको चुनाव गराए। त्यही संविधानसभामार्फत गणतन्त्र घोषणा गरेर राजतन्त्रको शान्तिपूर्ण अन्त्य गराएर मुलुकलाई नयाँ युगमा प्रवेश गराए। पछिल्लो समय शान्ति प्रक्रिया र संविधान निर्माणको लक्ष्य लिएर निरन्तर रूपमा लागिरहेका कोइरालालाई नेपाल सरकारले 'लोकतान्त्रिक आन्दोलनका शिखर पुरूष' को संज्ञा दिएको छ। सत्तामा रहँदा ज्यादै अलोकप्रिय कोइरालाको छवि सिंहदरबार र बालुवाटारबाट बाहिरिनेबित्तिकै उँचो हुन्थ्यो। कोइरालाले भन्दै आएको र रहस्य नखोलेको विषय चाहिँ दरबार हत्याकाण्डको 'ग्य्रान्ड डिजाइन' हो। यो अमूर्त प्रसंग कोइरालाले पटक पटक दोहोर्‍याए। समय आएपछि रहस्य खोल्ने दाबी पनि गरे। तर, उनको जीवनकालमा त्यो समय कहिल्यै आएन। कोइरालाले कहिल्यै पनि सम्झौतापरस्त राजनीति गरेनन्। माओवादीविरूद्ध सेना परिचालन गर्न नचाहने दरबारको नीतिसँग असहमति बढ्दै जाँदा २०५८ असारको होलेरी काण्डपछि कोइराला राजीनामा दिन बाध्य भए। त्यसपछि सुरू भएको द्वन्द्व असोज १८ पछि चुलियो। र, माघ १९ को कदमपछि पूर्णरूपमा विद्रोही भए। संविधानसभा, गणतन्त्र, संघीय प्रणालीलगायत राज्यको पुनर्संरचना गर्न माओवादीले अघि सारेको अग्रगामी एजेन्डालाई राजनीतिक नेतृत्व दिने काम गरे। पाँचपटक प्रधानमन्त्री भएका कोइराला आठ वर्षभन्दा बढी समय प्रधानमन्त्री भए। कोइराला ०५३ देखि लगातार तीनपटक कांग्रेसको सभापति बने। धमिजा प्रकरणदेखि लाउडा काण्डसम्म विपक्षी दल एमालेले उनको राजीनामा माग्यो। तर, कुनै खालको दबाबमा परेर उनले पद छाडेनन्।कोइरालाका कमजोरीले पार्टी समेत विभाजन भयो। पार्टीभित्रका आलोचकसँग उनले सन्तुलित सम्बन्ध राख्न सकेनन्। गणेशमान सिंहसँगको टकराव होस् वा कृष्णप्रसाद भट्टराई वा शेरबहादुर देउवासँग द्वन्द्व यसकै नमुना हुन्। यद्यपि, आफ्नै कार्यकालमा उनले पार्टीलाई एकीकृत बनाए। पछिल्लो समय कोइरालाको राजनीतिक रटान थियो, सहमति, सहकार्य र एकता। 'राजनीतिक स्थायित्वका लागि शान्ति र संविधान निर्माणपछि पनि कम्तीमा दस वर्षसम्म राष्ट्रिय सहमतिको राजनीति गर्नुपर्छ,' उनी भनिरहन्थे। तर, दलहरूबीच राष्ट्रिय सहमति गराएर शान्ति प्रक्रियाको तार्किक निष्कर्ष र संविधानसभामार्फत जनताको संविधान बनाउने उनको सपना अधुरै रह्यो। आशा गरौँ, शान्ति र संविधानको जिम्मेवारी समयमै पूरा गरेर प्रमुख राजनीतिक दलहरूले कोइरालाको सपना साकार पार्नेछन्।
(१९८१ असार १८- २०६६ ७ गते)
कोइरालाको कार्यकाल
२०४८ जेठ १५ - २०५१ मंसीर १३
२०५५ वैशाख २ - २०५६ जेठ १६
२०५६ चैत ८ - २०५८ साउन १०
२०६३ वैशाख १२ - २०६५ साउन ३१
बीपीको आँखामा जीपी कोइराला
• १९४७ मार्चको कुरा हो। जनवरी २५ मा नेपाली राष्ट्रिय कांग्रेस बन्छ र मार्चमा आन्दोलन सुरु हुन्छ। त्यो आन्दोलन गिरिजाको नेतृत्वमा भएको थियो। मजदुरहरुको कुनै अधिकार थिएन। मिल मालिकले जे मन लाग्यो, गर्थ्यो। गिरिजाहरु त्यस मिलमा कारिन्दाको काम गर्थे। गिरिजा, तारणी, मनमोहन अधिकारी, युवराज, यिनीहरु सबै त्यस मिलका कर्मचारी थिए। 'त्यो नेपालको भूमिमा खुला रुपले निर्धक्क भएर सरकारको अवज्ञा गरेको पहिलो आन्दोलन थियो।
• गिरिजाकी दुलही सुषमा आगो लागेर मरेकी थिइन्। त्यस काण्डको वेदनालाई गिरिजा ध्यानै नदिएर यो सारा कुरा मिलाएर वार्तामा लागिरहेको थियो। र, गिरिजाको महत्व त्यस बखतमा देखिएको थियो। गणेशमानजीले भन्नुभयो, गिरिजा यत्रो कुशल वार्ताकार हो भन्ने मलाई थाहा थिएन, राजनीतिक रुपमा त्यति परिपक्व छ भन्ने लागेको थिएन। (विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्तवाट)

Mar 19, 2010

राष्ट्रिय मुक्ति आन्दोलन र संघीयता पक्षधरहरुको ध्रुविकरण

छवि सम्वाहाङफे
१. पृष्ठभूमि/राष्ट्रिय परिस्थिति :
संविधान सभाका विभिन्न समितिहरुबाट प्रस्ताव गरिएका प्रतिवेदनहरुबाट राज्य पुनःसंरचनाका खाका र अवधारणा जनताको भावना, आकांक्षा र चाहना बमोजिम मुखरित भएनन् । राज्य पुनःसंरचना तथा शक्ति बाँडफाँड समितिद्वारा प्रस्तुत १४ प्रदेशहरुको खाकाले व्यापक अन्यौलता सृजना गरेको छ । नेपाली कांग्रेस लगायतका केहि रुडिवादी मार्गदर्शन बोकेका राजनीतिक दलहरु मुलुकको जातीय, धार्मिक, भाषिक तथा साँस्कृतिक विविधता र राजनैतिकरुपले ऐतिहासिक पृष्ठभूमि भएका भौगोलिक क्षेत्रलाई आधार मानेर स्वायत्त राज्य वा प्रदेश बनाउने पक्षमा विल्कुल असमत छन् । प्रस्तावित १४ प्रदेश एकीकृत नेकपा (माओवादी) को खाका भएता पनि पछिल्लो बिकसीत राजनीतिक घट्नाक्रममा उसका शिर्षनेतृत्व पक्ष त्यसप्रति असहमत थिए । उनीहरु एमाले र कांग्रेससँग दलाली गर्ने उर्जा बढाउनका लागि १४ प्रदेशको प्रस्तावलाई नाटकीय ढंगले दलील गर्ने काम गरिरहेका छन् । जातीय राज्य र आत्मनिर्णयको अधिकार दिने ललिपपमा आकर्षित गरेर जनयुद्धताका पार्टीभित्र जम्मा गरिएका आदिवासी योद्धाहरु माओवादी नेताहरुको ढुल्मुले प्रवृत्ति हावी हुँदै गएपछि कार्यकर्ता विचलनले पराकाष्ठा नाघिसकेको छ । कार्यकर्ताहरुलाई पार्टीको नक्कलि माखेसाङलोमा उल्झाई राख्नको लागि एकीकृत नेकपा (माओवादी) लाई ठूलो चुनौति आईपरेको छ । त्यस पार्टीबाट आफ्नो राजनीतिक भविष्य देख्ने जातीय नेताहरुले उनीहरुको शिर्षनेताहरुसँग व्यक्त गरेका असहमतिको वावजुद विषयगत समितिबाट सार्वजनिक भएको संघीय गणतन्त्र नेपालको १४ प्रदेश हो । किनभने त्यस समितिमा एकीकृत नेकपा (माओवादी) को तर्फबाट केहि प्रभावशाली जातीय नेताहरुको सहभागिता थियो । त्यसैगरि अन्य राजनीतिक पार्टीले पनि आफ्नो पार्टीको तर्फबाट केहि प्रभावशाली जातीय नेताहरुलाई त्यस समितिमा पठाएकोले केहि जातीय राज्यको प्रस्ताव हुन सकेको देखिन्छ । संविधान सभाको विषयगत समिति "राज्य पुनःसंरचना तथा शक्ति बाँडफाँड समिति" ले प्रस्ताव गरेका कतिपय प्रदेशहरु मनगढन्ते र काल्पनिक आधारमा आएका छन् भने जनताले आन्दोलनमार्फत माग गरेका ऐतिहासिक पृष्ठभूमिको आधारलाई विल्कुलै वेवास्ता गरिएको छ । उदाहरणका लागि लिम्बुवानको ऐतिहासिक पृष्ठभूमिले चर्चेका अभिन्न भूभागहरु झापा, मोरङ र सुनसरी जिल्लालाई खण्डितगरि मधेस, मिथिला, अवध र कोचिला नामको नयाँ राज्य सृजनागरि त्यसमा गाभिएको छ । यसैगरि तामाङसालिङको ऐतिहासिक भूभागलाई पनि खण्डितगरि सुनकोसी नामको नयाँ राज्य (प्रदेश) बनाईएको छ । आन्दोलनमार्फत जनताले राज्य (प्रदेश) माग्दै नमागेको शेर्पा, खप्तड, गण्डकी आदि कृत्रिमरुपमा सृजनागरि प्रस्ताव गरिएको छ । प्रान्तीय संरचना आर्थिकरुपमा सम्भाव्य बनाउने तर्क गरेर नथाक्ने नेपालका सत्ताधारी र तीनका पृष्ठपोषक पण्डितहरु जनताको भावना र आकांक्षा विभाजन नगरि सत्तामा विस्थापित भईने भयबाट त्रसित भई ल्याईएको प्रस्तावित संरचनाको स्वरुप नै १४ प्रदेश हो । यसको भित्रि आसय प्रदेशहरु राजकीय अधिकाररहित बनाई केन्द्रमा आश्रीत हुनैपर्ने बाध्यात्मक परिस्थिति खडा गरेर स्वायत्तता उपभोग गर्नसक्ने बनाउनुको सट्टा नाम मात्रको स्वायत्त प्रदेश बनाएर प्रशासकीय र्इकाइ बनाई सम्पूर्ण अधिकार केन्द्र वा संघीय सरकारमा नै सिमित राख्ने हो । विशिष्ठ वा अवशिष्ट अधिकार राज्य (प्रदेश) लाई दिएमा त्यसको उपभोग गर्ने राज्यहरुले आत्मनिर्णयको अधिकार सृजनागरि संघीय सरकारप्रति राज्य सरकार उत्तरदायि बन्नसक्ने अवस्था कमजोर रहन्छ भन्ने मनोविज्ञानबाट र्सवसत्तावादीहरु भयवित भएको देखिन्छ । तर, कानूनीरुपमा अधिकार प्रत्यायोजन वा प्रत्याभूति गर्नाले बिद्रोहमा गाँजिएका जनतालाई द्वन्दबाट अलग्याउन सकिन्छ भन्ने आधुनिक राजनीतिक विज्ञानको मान्यता र सिद्धान्त जनतामा मात्र स्थापित भएको छ । यूगौंदेखि नेपालमा उल्झीरहेको समस्या भनेको जातीय, सामाजिक, धार्मिक, लैंगिक, भाषिक तथा साँस्कृतिक विविधतालाई आत्मसात्गरि त्यसको राजनैतिक सम्बोधन र व्यवस्थापन गर्न नसक्नु नै हो । विश्वमा यस्ता उत्पीडनहरुले धेरै राष्ट्रमा रक्तपात र हिंसात्मक रुपलिई त्यहाँका सामाजिक जीवनलाई तहस नहस गरेका कैयौं उदाहरणहरु छन् । तर, भाग्यवस नेपालमा यी उत्पीडनहरु मुखरित हुनेक्रम शान्तिपूर्ण आन्दोलनहरुबाट नै भयो र जनताकै प्रतिनिधित्वबाट स्थापना भएको राजनैतिक सत्ताले यस्ता उत्पीडनहरुको अन्त्य गर्दै संवैधानिकरुपमा जनताको हकअधिकार संस्थागत गर्ने जिम्मेवारी पाएको छ । राजनीतिको नाममा अखण्डताको अलाप जप्न नथाक्नेहरु विखण्डनको कारण के हो ? भनि पहिचान गर्न सकिरहेका छैनन् । यसको एउटै कारण नेपालको सत्तासमिकरणमा हिन्दुअतिवादको मार्गदर्शनबाट निर्देशित भएका समुदायको मात्र आजसम्म एकलौटी वर्चश्व कायम रहँदै आउनु हो । हिन्दुबाहेकका अन्य धार्मिक तथा साँस्कृतिक मान्यता बोक्नेहरु बेलाबेलामा सत्तामा सहभागि भएता पनि उनीहरुको भूमिका निर्णायक हुन नसकेकोले गैरहिन्दुहरुको साँस्कृतिक र धार्मिक मुल्यमान्यताहरु राजनीतिक मार्गदर्शनका लागि स्थापित हुन सकेनन् । यीनै उत्पीडनहरु जनआन्दोलन २०६२/६३ मार्फत उजागर भई नेपालका आदिवासी/जनजातिहरु राज्यव्यस्था परिवर्तनका लागि राजनीतिकरुपले आन्दोलित भएका हुन् । जनआन्दोलन पश्चात राज्यसत्तामा पहुँच राख्ने दलहरुबाट आफ्नो राजनैतिक, आर्थिक, सामाजिक, धार्मिक, लैंगिक, भाषिक तथा साँस्कृतिक उत्पीडनको सामुलरुपमा अन्त्यहुने अपेक्षाकासाथ नेपालका उत्पीडित जाति तथा वर्गहरु आशातित भईरहेको अवस्था थियो । संविधान निर्माणप्रक्रियाको अन्तिम टुंगोमा मुलुक पुग्न लागेको अवस्थामा पनि हालसम्म सार्वजनिक भएका संविधानका मस्यौदाहरुले उपरोक्त उत्पीडनको अन्त्य गर्ने कानूनी व्यवस्था गर्न मुख्य राजनीतिक दलहरु कन्जुस मात्र होईन विल्कुलै असहमत भईरहेको अवस्थाले अब मुलुक नयाँ ढङ्गको अग्रगामी क्रान्तितर्फअगाडि बढ्नैपर्ने बाध्यात्मक परिस्थिति निर्माण भएको छ ।
२. राष्ट्रिय मुक्ति आन्दोलनको कार्यदिसा :
नेपालको अन्तरिम संविधान बमोजिम तोकिएकै मितिमा नयाँ संविधान जारी हुनसक्ने परिस्थिति कमजोर बन्दै गएको अवस्था एकातिर छ भने अर्कोतिर संविधान जारी भैहालेता पनि उत्पीडित आदिवासी जनजाति लगायत विभिन्न वर्ग, समुदाय, लिंग आदिको राजनीतिक लगायतका अधिकारहरु नयाँ संविधानमा प्रत्याभूत हुनसक्ने अवस्था विद्यमान छैन । संविधान सभाका विषयगत समितिहरुबाट प्रस्ताव गरिएका प्रदेश (राज्य) को अधिकार केन्द्रद्वारा नियन्त्रित प्रशासकीय अधिकारमा सिमित गरिएको छ । संघात्मक राज्यप्रणालीको राजनैतिक सिद्धान्त र मान्यता अनुरुप जनतालाई अधिकार सम्पन्न बनाउन उनीहरुलाई आत्मनिर्णयको अधिकारसहित अवशिष्ट अधिकार प्रत्ययोजन गरिनु पर्दछ । यो अधिकारले मात्र जनतालाई राजकीय अधिकारको प्रत्याभूति गर्दछ र उनीहरुमा मुलुकप्रतिको सम्प्रभु भावना जागृत हुन सक्दछ । राज्यसत्तामा आफु स्वयम् प्रतिनिधित्व भईरहेको छु भन्ने सोच जबसम्म जनताले राख्न सक्ने राजनीतिक संयन्त्रको बिकास हुँदैन तबसम्म उनीहरुमा मुलुकप्रतिको जिम्मेवारी र संवेदनसीलता उत्पन्न हुन सक्दैन । यी आधारभूत मान्यताहरु स्थापित नभएसम्म मानवअधिकारको वहालि र प्रत्याभूतिका सन्दर्भहरु ठगिखाने साधनबाहेक केहि हुन सक्दैनन् । नेपालको राजनीतिक सत्तामा वर्चश्व कायम गरिरहेका वर्तमान सत्ताधारीहरु किन जनतालाई सम्प्रभू अधिकारले सम्पन्न गराउने कार्यमा उदासीन छन् ? यसको अर्थ उनीहरु विगतका विभिन्न राजनीतिक परिवर्तनहरुमा पनि सत्तामा स्थापित भएर जनतालाई उत्पीडन दिने समुदाय र उत्पीडक वर्गमा पर्दछन् र जनताको अधिकार स्थापित भई उनीहरुको उत्पीडन अन्त्य भएमा उत्पीडित हामी हुन पुग्छौं भन्ने मनोविज्ञानबाट भयभित भएको देखिन्छ । तर, लोकतान्त्रिक राज्यप्रणालीका मान्यताहरु कुनै वर्ग वा समुदायलाई दमन र उत्पीडनमा पार्ने होईन बरु अधिकार र शक्ति बाँडफाँडको माध्यमबाट सन्तुलित समाजको निर्माणगरि दिगो शान्ति कायम गर्नु हुन्छ । यी मान्यताहरुबाट मुलुकलाई पुनःसंरचना गर्न नेपालका सत्ताधारी दलहरु तयार नभएको कारणले आज मुलुक गम्भिर द्वन्दमा जाकिन गईरहेको छ । यो विषम परिस्थितिबाट मुलुकलाई दीर्घकालीन निकास दिनका लागि राष्ट्रिय मुलप्रवाहबाट पाखा लगाईएका आदिवासी जनजाति, दलित, महिला, मुस्लिम लगायतका वर्ग, तह र तप्काका उत्पीडित जनताहरुले राष्ट्रि मुक्ति आन्दोलनको आँधिवेरी ल्याउने राजनीतिक कार्यक्रमका साथ मोर्चामा जुट्नु पर्दछ ।
३. संघीयता पक्षधरहरुको एकता र राजनैतिक नेतृत्व :
वर्तमान नेपालको राजनीतिक परिस्थितिको सर्न्दर्भमा विष्लेषण गर्दा सत्ताधारी मुख्य राजनीतिक दलहरु संविधान जारी भएपश्चात कसरी आफ्नो दलको सत्ता कायमगरि ढलिमलि गर्न पाईन्छ भन्ने स्वार्थलिप्सापूर्ण चिन्तनबाट मात्र अभिमुख भईरहेका छन् । उनीहरु कुनैपनि हालतमा नेपालको राजनैतिक सत्ता र संयन्त्रमा समानुपातिकरुपमा उत्पीडित जनताहरु सहभागि हुनसक्ने कानूनी प्रावधान र मान्यताहरु संस्थागत गर्न चाहदैनन् । त्यसकारणले उनीहरुको वर्चश्व र नेतृत्वमा बन्ने नेपालको संविधान र कानूनहरु उत्पीडित जाति र वर्गको संरक्षण र हितको पक्षमा हुन्छ भनि सोच्नु दिवा सपना सरह हो । यसर्थ जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालभित्र आफ्नो पहिचान र आत्मनिर्णयको अधिकारसहित स्वायत्तता कायमगरि उत्पीडित जाति, वर्ग, समुदाय र लिंगको मुक्तिका लागि राजनीतिक लक्ष्य, उद्देश्य र कार्यक्रम भएका राजनीतिक पार्टी (दल) तथा संगठनहरु एकीकृत भई राजनैतिक आन्दोलनको नेतृत्व गर्न अपरिहार्य छ ।
४. उपसंहार :
शान्पिूर्ण आन्दोलन र यसको अधिकतमरुप सशस्त्र जनव्रि्रोहद्वारा राष्ट्रिय मुक्ति आन्दोलनको कार्यदिसा तर्जुमा नगरिएमा सामन्ति दलाल नोकरशाही पूँजीवादको जगमा अडिएका हिन्दुअतिवादी शासकहरुलाई परास्त गर्न कठिन छ । यीनिहरुलाई परास्त नगरेसम्म कुनैपनि बेला जनविरोधि प्रतिगमन मौलाउने अवसर सृजना हुनसक्ने सम्भावना बढिरहेको छ । यसका लागि आफ्नो नीहितस्वार्थ त्यागेर सबै राष्ट्रिय मुक्ति आन्दोलनका पक्षधर राजनीतिक शक्तिहरु एकठाउँमा उभिएर मुलुकलाई सशक्त नेतृत्व प्रदान गर्नुपर्दछ । यसै परीप्रेक्ष्यलाई सार्थक परिणाम दिनका लागि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले विगत २०६६ फागुन ७ र ८ गते एकताको विषेश महाधिवेसन बोलाई आदिवासी/जनजाति, दलित, महिला, मुस्लिम लगायतका उत्पीडित समुदाय र वर्गका जनताहरुको राष्ट्रिय मुक्ति आन्दोलनलाई साकार बनाउन राजनीतिक उद्देश्य बोकेका दल र संगठनहरुसँग एकाकार भई नेपाली जनतालाई नयाँ ढंगले राजनीतिक विज्ञानसम्मत नेतृत्व दिनसक्ने पार्टी निर्माण गर्न महान लक्ष्यसहित घोषणा-पत्र र राजनीतिक दस्तावेज पारित गरेको छ । यसपश्चात भएका एकताका प्रक्रियाहरुमा विभिन्न राजनीतिक दलहरुसँग वार्ता, सम्वाद र छलफल भईरहेका छन । यसैक्रममा राष्ट्रिय जनमुक्ति पार्टीसँग गतः २०६६ फागुन २४ गते पार्टी एकताको सहमति भैसकेको छ भने दलित जनजाति पार्टी, मधेसी जनअधिकार फोरम, नेकपा (माओवादी) पुनर्गठित लगायतका दलहरुसँग वार्ता र सम्वाद जारी छ । निकट भविष्यमै सघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको पहलमा जारी रहेको पार्टी एकीकरणले सार्थक परिणाम हासिलगरि मुलुकमा तेश्रो राष्ट्रिय राजनीतिक शक्तिको उदय हुनेछ र यसले मात्र सिंगो मुलुकको सबै खाले उत्पीडन अन्त्यगरि जनताको हातमा सार्वभौमसत्ता स्थापना गर्नेछ । समाप्त
(लेखक संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको प्रवक्ता हुन)

Mar 18, 2010

बेग्लै छ ब्लगको मज्जा

मदनमणि अधिकारी
ब्लग' धेरैले सुनेको, पढेको र कमेन्ट गरेको अनलाइनको स्वतन्त्र पेज। नेपालीमा ठ्याक्कै अर्थ खोज्ने हो भने 'ब्लग' भनेको हो, टिप्पणी । सम्पादक लगायत पत्रकारिताका विभिन्न गेटकिपिडबाट स्वतन्त्र हुने भएकाले स्वतन्त्र टिप्पणी पनि भन्छन् ब्लगलाई। फिप्थ फ्रिडम भन्छन् अनलाइनमा फ्रिमा पाइने स्पेस र डोमेनको टिप्पणी। त्यही निशुल्क टिप्पणीमा जोडिने जोशिलो भाषाको टाँसोमा भावना र सृजना पोख्छन् जीवनको स्वतन्त्र उमेरमा रहेका युवा। कक्षाको जिम्मेवारीबाट मुक्त समयमा समाज र राजनीति प्रतिका आफ्ना दृष्टिकोणलाई पस्कन्छन् स्वतन्त्र माध्यममा। २१औं शताब्दीको मिडिया कन्भर्जेन्सले दिएको टेक्स्ट, अडियो र भिडियो अपलोडको सुविधालाई आफ्नो सृजना देखाउने थलो बनाएकी छिन् उषा पराजुलीले। डेढ वर्षअगाडी काठमाडौं विश्वविद्यालयको आमसञ्चार विषयको कक्षामा चर्चा भएपछि ब्लगमा साइन अप गरेकी उनका लागि ब्लग आफ्नो मिडिया हो। आफैले तोक्ने सम्पादकीय नीतिमा चल्ने मिडिया। त्रिभूवन विश्वविद्यालय, रत्नराज्यलक्ष्मी क्याम्पसमा स्नातक तहमा न्यूमिडियाको क्लासबाट निस्कने मिडियाका विद्यार्थी पनि आफ्नै मिडियाका रुपमा तयार पार्छन वेब ब्लग। स्नातक तहको इर्न्र्टनशिपको अप्सनका रुपमा ब्लग बनाउन सिकाउँछन् किरण चापागाइँ। आरआरको कक्षाबाट ब्लगको स्वतन्त्रता बुझेका सन्जु काउछा मगरले फलो गरे अनलाइन मिडियाको रिसेन्ट ट्रेण्ड। गुगलको भातृ अनलाइन सेवा ब्लगरले दिएको निशुल्क ब्लगिडको अवसरलाई गुल्मी दर्शनको टाइटलबाट सुरु गरे। २०६५ मा स्नातक तहको दोस्रो वर्षा आमसञ्चार तथा पत्रकारितामा इर्न्र्टनशिपको विकल्पबाट सुरु गरेको हुँ भन्छन् सन्जु। त्यतिबेला आरआरको कक्षामा ऋषिकेश दहालले ब्लग गर भने मैले पनि गरें त्यहीँबाट अध्यनय र कामको बिदाले ब्लगमा टाँसो जन्माउन थाल्यो।
ढुंगा पनि पचाउन सक्ने भनिने उमेरको जोशलाई क्रियशनको क्षेत्रमा लगाएका छन् पराजुली र मगरले। क्लासका एसाइनमेन्ट देखी आफ्नो लेन्सले देखेका दृश्यलाई साझे बनाउँछिन् पराजुली ब्लगमा। मगरले चाहिँ आफ्नो गाउँ गुल्मीलाई केन्द्र बनाएका छन् विचारको। प्रिल्युड पर्फेक्सन शिर्ष हो अन्जली तिमल्सिनाको ब्लगको। तीन वर्षअगाडी पहिलो पल्ट टाँसो राख्दाको रोमान्च रिन्यु हुन्छ आज पनि नयाँ टाँसो राख्दा। तिमल्सिनाको अधिकांश बिदा समय ब्लगमा बित्छ। नयाँ विचार, सृजना पस्कनका लागि उत्तिकै हतार। नेपालमा क्याम्पसे जीवनमा सिकेको ब्लगिडलाई लुइजियानामा एकाउन्टिडको बिदा बिताउने माध्यम बनाएकी छिन् उनले। जापानमा अध्ययन र कामका लागि लागेका कुमार मोक्तानले आफ्नो मिडियाको रुपमा विकास गरेका छन् आफ्नो संसार डटकमलाई। ब्लगका रुपमा कुरा राख्न स्वतन्त्र हुने भएकाले यो मेरो माध्यम हो डाउनका मानिसको माध्यम कुमार भन्छन्। टिम ब्लगिगंको उदाहरण बनेको छ दौतरी डट ओआरजी। फरक फरक पृष्ठभूमिका ब्लगरले समाज र राजनीतिमा फरक फरक एंगल देखाउँछन्। अनि त्यही टाँसोमा कमेन्ट माथि कमेन्ट गर्छन् ब्लगका पाठक। दुई वर्षअगाडी अमेरिकाबासी मेकानिकल इंजिनियर मदन बरालले सुरु गरेको दौंतरी नेपाली भाषाको ब्लग मध्ये लोकप्रिय पनि छ। विभिन्न मुलुकमा अध्ययन र जागिरका लागि गएकाहरुको साझा प्रयास हो दौंतरी भन्छन् बराल। सबै साथीहरुले बिदाको समयलाई लगाउनु भएको छन् नेपाललियन उपनाममा लेख्ने बराल भन्छन्।
स्वेता बानिया डट वर्डप्रेस डट कममा अंग्रेजीमा एमए गरिरहेकी स्वेता बानिया आफ्ना भावना पोख्छिन्। साहित्य र समाजबारेका आफ्ना रचना र विचार प्रकाशनका लागि ठूला मिडिया हाउस सम्म पहुँच नभएपनि मासमा पुर्याउन सक्ने बनाएको छ उनलाई ब्लगले। अध्ययन र रोजगारीका लागि विदेशीने नेपाली विद्यार्थीका लागि ब्लग नेपालको समाजसँग जोडिने माध्यम बनेको छ। काम र क्याम्पसबाट मिलेको बिदालाई सदुपयोग गर्छन् विद्यार्थी ब्लगमा। अमेरिकाको लसएन्जलस पुगेका मिलन लम्साल पनि त्यही ब्लग सांड्लोमा छन्। प्रकाशक, सम्पादक र विज्ञापक कसैको पनि कैंची नचल्ने अनलाइनको माध्यम ब्लगमा समसामयिक गफगाफको सिलसिला चलाइरहेका छन् प्रवेश पौडेल। गफगाफ डट कममा। नियमित नयाँ टाँसो राख्ने उनका लागि मिनपचास होस् या शनिबार सबै बिदा ब्लग सजाउने समय हुन्। म बिदामा साजसज्जामा ध्यान दिन्छु पौडेल भन्छन्। हाम्रोअभियान डट ब्लगस्पट डट कममा बसन्त पुरुष बिदा बिताउँछन्। आकार पोष्टको टाइटलमा ब्लग लेख्छन् र्सलाहीका अनिल प्रसाद घिमिरे। ब्लग दैनिकीका अभिन्न अंग हुन अपलोड र एडिट। ब्लगमा साइनइन पछि मोडरेसनमा रहेका कमेन्ट अप्रूभ गरेर पब्लिस गर्नुबाट सुरु हुन्छ उनको ब्लग दैनिकी। नयाँ कुरा थाहा पाउनासाथ नयाँ टाँसो तयार पारिहाल्छन् उनी। काठमाडौं विश्वविद्यालयमा कम्प्युटर इञ्जिनियरिड तेस्रो वर्षा अध्ययन गर्ने उनको ब्लग यात्राले उनलाई धेरैका सामु चिनाएको छ। धेरै मानिससँग अर्न्तक्रिया र छलफल गर्ने प्लेटर्फम भयो मेरो ब्लग अनिल भन्छन्। ब्लगको दैनिक दुई घण्टे यात्रामा उनले साथी मात्र होइन केही सय डलर पनि बनाए। गुगलको एडसेन्सबाट आएको रकम भन्दा पनि रकमी भावना दुनियाँलाई आफ्नै पारामा सुनाउन र पढाउन पाउनु नै ठूलो हो भन्छन् उनी।
शेखर केसी र राजन कठेत काठमाडौं विश्वविद्यालयमा मिडियाका विद्यार्थी मात्र होइनन् राम्रा ब्लगर पनि हुन। मिडियाको अध्ययनमा क्लासमा सिकेको कुरा हो अल्टरनेटिभ मिडिया त्यही मिडियाको रुपमा चलेको माध्यम ब्लग। त्यसैलाई आफ्नो विचार पोख्ने माध्यम बनाएका छन् शेखर र राजनले। भावना साटासाटको श्रृड्खला भनेर टु वे कम्युनिकेसन गर्न खोजेको हुँ ब्लगमा भन्छन् शेखर। मास कम्युनिकेसनमा फिडब्याक कम हुने भएकाले यो मासमा पुगेर पनि इन्र्याक्टिभ माध्यमलाई छानेको बताउने शेखर कक्षाका एसाइनमेन्ट देखी पत्रकारिताका सिद्धान्तका बारेमा समेत आफ्नो धारणा राख्छन्। राजन कठेतको ब्लग यात्रा वातावरणिय सुरक्षाका लागि हो। उनी ब्लगमा टप डाउन कम्युनिकेसनको नेचरलाई डाउन टु टप मात्र गरिरहेका छैनन् साइकल सिटीको पक्षमा विचार मन्थन पनि गरिरहेका छन्।
सुमती महर्जनका लागि आफ्नो विचार पोख्न ठूला मिडिया सम्म नभएको पहुँचको बिकल्प हो ब्लग। सामयिक घटना र विषयवस्तुमा पब्लिक ओपिनियन दिन रोजिन ब्लग। म मेरा कुराहरु अनलाइनको फोरममा सेयर गर्छु जाहां सबैले पढ्न सक्छन् उनी भन्छिन्। काठमाडौं विश्वविद्यालयको मिडियाको क्लासमा कम्पल्सरी जस्तै भयो ब्लग। सबैको छ ब्लग। त्यस्तै अवस्था छ आरआरको स्नातक र स्नातकोत्तरका क्लास पनि। आमसञ्चारका विद्यार्थी ब्लग कम्युनिटीका सदस्य बनिसकेका छन्। फ्री मार्केट अफ आइडियाको अवधारणा र वाक् स्वतन्त्रताको अधिकारलाई निशुल्क फोरम दिएको ब्लग पत्रकारबाट विद्यार्थीको हातमा पुगेको छ। न्यूजपोर्टलमा राखिने ब्लगलाई चुनौति दिन थालेका छन् स्टुडेन्ट ब्लगरले। उमेश श्रेष्ठको माईसंसारले नेपाली ब्लगको रुपमा हल्ली खल्ली मच्चाएपछि आमसञ्चारका विद्यार्थीले सम्हाले ब्लग परम्परा। केपी ढुंगानाको हाम्रो ब्लग,दिनेश वाग्ले र उज्ज्वल आचार्यको युनाइटेड वी ब्लगको परम्परालाई धान्न महिला ब्लगरको रुपमा उषा, स्वेता, अञ्जली, सुमती उदाएका छन्। त्रिभूवन विश्वविद्यालयकी मनु थाडा मगर त्रिविको स्नातकोत्तरमा जनसंख्याको क्लासबाट निस्केर बिदामा ब्लग गर्थिन। अहिले लोकेसन चेन्ज भएको छ लण्डनमा हेमिल्टन कलेजको बिदाको सेड्युल हेर्छिन उनी। बिदामा ब्लग गर्नु, नयाँ टाँसो राख्नु उनका लागि नियमित आकस्मिकता हो।
अप्रिल १९९७ मा न्यूयोर्कका डेव वाइनरले स्क्रिप्टिगं न्यूज नामको वेबसाइट बाट सुरु गरेको ब्लगिङ्गको अवधारणा अपनाउन थालेका छन् नेपाली विद्यार्थी। आमसञ्चार देखी इञ्जिनियरिड सम्मका विद्यार्थीले साहित्य, कला र समाजका विभिन्न पक्षमा ब्लग गर्छन् नयाँ नयाँ टाँसो भर्छन्। सन् १९९७ डिसेम्बरमा जोन बार्गरले रोबोटविजडम डट कम को सुरुवात गरेर पहिलो पटक वेब ब्लगको नाम दिए । त्यसपछि सुरु भएको वेबमा डायरी लेख्ने क्रम, विना छेकवार स्वतन्त्रता पूर्वक आफ्ना धारणा राख्नेकामले टप डाउनबाट आमसञ्चारलाई डाउन टु टप बनायो। त्यही डाउनबाट टपमा फ्लो गरिरहेका छन् बिदाको मौका पारेर विद्यार्थी। नब्बेको दशकको सुरुवात देखीनै जिओसिटिज डट कम, ट्राइपोड डटकम एटएम डटकम होमपेज डटकम आदिले आम मानिसलाई आफ्नो निजी इन्टरनेट होमपेज बनाउने सुविधा दिएका थिए। त्यसलाई निरन्तरता दिएका छन् ब्लगर, वर्डपेस, माईस्पेश,ब्लग डटकम, टाइपप्याड, पिटासले। त्यसैमा खेलिरहेका छन् बिदामा युवा बिन्दास पारामा विचारको खुला बजार बनाउन।
अन्नपूर्ण पोष्टबाट साभार

Mar 14, 2010

गाउन मात्रै जानेँ, धाउन जानिनँ

प्रस्तुतिः राजेश राई
मायाले मूलबाटो भुलेछ, टाढा भए के भो मायालु, सागर रहेछ माया, बिरानो आकाशमा जस्ता चर्चित गीतका गायक कुवेर राईलाई एक समय दोस्रो पुस्ताका नारायणगोपाल भन्ने धेरै थिए । पाँच दर्जनभन्दा बढी गीत गाइसकेका राईलाई 'स्वर कुवेर' को उपाधि दिने पनि कम्ती थिएनन् । तर, उनलाई विभिन्न 'उपाधि' ले विभूषित गरिदिने उदारमना महानुभावलाई थाहा नहुन सक्छ- अहिले उनी इलामका बारी, खेत, भीरपाखामा गाइरहेका छन् । पूर्वमा सम्भवतः सबैभन्दा लोकपि्रय गायक हुन् उनी । गायक बन्न काठमाडौं आएका उनी काठमाडौंमा टिक्न सकेनन्, जन्मथलो श्रीअन्तुडाँडामै फर्किन बाध्य भए । अहिले उनी खेती-किसानी गरिरहेका छन् । उनै गायक-किसान (या किसान-गायक) का विगत/वर्तमान उनकै बोलीमाः
बाबित्नु भएपछि म जेठो छोरो भएकाले परिवारको सम्पूर्ण जिम्मेवारी मेरो कलिलो काँधमा आयो । अल्लारे थिएँ म- दुनियाँका चालचलनबाट बेखबर । आफ्ना रहर र सपनालाई एउटा कुनामा थन्क्याएर घर चलाउनुपर्‍यो मैले । पढाइमा पूर्णविराम लाग्यो । दस कक्षासम्म पढेको छु ।
गाउन असाध्यै रहर लाग्थ्यो । मीठो गाउँछस् भन्थे साथीभाइ । मेरा लागि संगीतको गुरु भने पनि, पाठशाला भने पनि लाहुरेको काँधमा झुन्डिएर आउने रेडियो थियो । गाउँमा लाहुरे घर आउँदा बुट बजार्दै, रेडियो घन्काउँदै आउँथे । उनीहरूले ल्याएका रेडियोबाट घन्किने गीत एकसरो सुन्नासाथ मलाई कण्ठ हुन्थ्यो । गीत सुन्नेबित्तिकै म गाउन थालिहाल्थेँ । रेडियो सुनेकै भरमा म राम्रो गाउन सक्ने भएँ ।
एक दिन संगीतकार दाइ मानसिंह थुलुङले भन्नुभयो, 'कुवेर, तिम्रो स्वर राम्रो छ । काठमाडौं गएर रेडियो नेपालमा स्वर परीक्षा देऊ ।'
०३८ सालमा मलाई मानसिंह दाइले स्वर परीक्षाका लागि काठमाडौं ल्याउनुभयो । पहिलो प्रयासमै मैले स्वर परीक्षा पास गरेँ । त्यसपछि 'गाउन सक्ने रहेछु' भन्ने आत्मविश्वास बढयो । स्वर परीक्षा पास गरेको दिन मेरा लागि किन पनि महत्त्वपूर्ण छ भने यसै दिन मैले संगीतमा केही गर्ने संकल्प गरेको थिएँ । घरमा चाँजोपाँजो मिलाई काठमाडौं आएर संगीत क्षेत्रमा संघर्ष गर्ने योजनाका साथ इलाम फर्केँ ।
त्यसको एक वर्षपछि घरमा सबै व्यवस्था मिलाएर काठमाडौं आएँ- गायक बन्ने धुनमा । मसँग केही थिएन । थिए त सपना र उज्यालो भविष्यको आशा । बिरानो देशजस्तो काठमाडौंमा मेरा आफ्ना भन्नु कोही थिएनन्, मानसिंह दाइ सिवाय । उहाँले नै काठमाडौंमा बस्ने व्यवस्था मिलाइ दिनुभयो ।
तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा मैले नेपाली संगीतका हस्ती अम्बर गुरुङसँग केही समय संगीत सिक्न पाएँ । दीपक जंगमजस्ता गुरुहरूले मलाई धेरै कुरा सिकाउनुभयो ।
०४२ मा रेडियो नेपालले आयोजना गरेको आधुनिक गीत प्रतियोगितामा 'मायाले मूलबाटो भुलेछ' बोलको गीत गाएर प्रथम भएँ । त्यो प्रतियोगितामा रामकृष्ण ढकाल दोस्रो र ईश्वर अमात्य तेस्रो हुनुभएको थियो । मानसिंह दाइले प्रज्ञामा संगीत अध्ययनको चाँजोपाँजो मिलाइदिनुभएको थियो ।
प्रज्ञामा संगीत अध्ययन सकिएपछि अब गाएर बाँच्न सकिन्छ होला भन्ने सोचेको थिएँ । दालभातका लागि केही न केही त गर्नु नै थियो । पाटनको गजल रेस्टुरेन्टमा केही समय गाएँ । तर, गीत गाएर काठमाडौंमा बाँच्न सकिँदैन भन्ने मैले चाँडै थाहा पाएँ ।
मसँग गायकको एउटा मात्रै योग्यता थियो । त्यो के भने म गीत गाउन जान्दथेँ । तर, गाउन जान्नु मात्रै पर्याप्त नहुँदोरहेछ । म सोझो गाउँले, त्यसमाथि एसएलसी पनि पास नगरेको ! त्यसैले मलाई गाउनुबाहेक गायकका अरू योग्यता पनि हुनु जरुरी छ भन्ने थाहा भएन । मलाई धाउन जान्नु गायकको ठूलो योग्यता हो भन्ने ज्ञान भएन । 'चाकरी' नगरी संगीत क्षेत्रमा टिक्न सकिन्न भन्ने मैले बुझिनँ । गाउनमात्रै जान्ने, धाउन र चाकरी गर्न नजान्ने भएकाले म भोको पेट बोकेर काठमाडौंका सडकमा हल्लिरहेँ ।
मलाई राम्रै याद छ- पैसा नहुँदा एकजना साथीसँग अलिकति पैसा सापट मागेर एक पाउन्ड पाउरोटी किनेको । त्यसले चार छाक धानेँ मैले । पानी र पाउरोटीका भरमा मात्रै म धेरै दिन बाँचेको छु । मैले भोगेको अभाव र पाएका दुःखका यस्ता किस्सा कति छन् कति ।
हद भएपछि एक दिन मैले निष्कर्ष निकालेँ- काठमाडौं मजस्ता सोझा बस्ने सहर होइन । मैले आफूलाई भनेँ, 'कुवेर, काठमाडौं तँजस्ताका लागि होइन । तँ भोकले मरे पनि काठमाडौंले पर्वाह गर्दैन ।' काठमाडांैमा भोकै मर्नुभन्दा श्रीअन्तु गएर खनिखस्री खानु बेस ठानेर म ०४२ को अन्त्यतिर इलाम फर्केँ ।
काठमाडौंबाट इलाम फर्केपछि 'व्यवहार' तिर लागेँ । बिहे गरेँ । घरायसी काम, कर्तव्यमा अल्भिmएँ । तर, गीत गाउने धोको भने मरेको थिएन । केही गर्ने उत्साह जीवितै
थियो । किनभने त्यसवेला मैले गाएका केही गीत चर्चित भइसकेका थिए ।
खेत खन्दा, गोरु जोत्दा, मेलापात जाँदा मन भने संगीतमै हुन्थ्यो । खेतीपातीबाट गुजारा चलिरहेकै थियो, घरपरिवार खुसी नै थिए । तर, मभित्र भने एकखालको असन्तुष्टिले डेरा जमाएको थियो । धित मर्नेगरी गाउन पाएकै थिइनँ मैले । संगीतको तिर्खा झन्झन् चर्का हुँदै गइरहेको थियो ।
अघि काठमाडौंमा जति दुःख पाए पनि फेरि एकपटक काठमाडौं फर्किने निर्णयमा पुगेँ । काठमाडौंमै बसेर गायन क्षेत्रमा केही गर्ने सपना बोकेर ०४८ मा श्रीमती, छोराछोरी लिएर म काठमाडौं आएँ, तेस्रोपटक ।
काठमाडौं आएपछि दिउँसो स्कुलमा संगीत सिकाउने राति होटलमा गीत गाउने काम सुरु गरेँ । यति गर्दा जेनतेन भात खानचाहिँ पुग्ने भयो । दिन-रात संगीतकै काम गरेर परिवार पालेँ, आफू पालिएँ ।
त्यतिवेला अवसर नआएका होइनन् । मौकामा चौका हान्न जानेको भए म पनि 'माथि' पुग्थेँ होला । तर, चाकरी गर्न र धाउन नजानेपछि अवसर एक-एक गरेर फुत्किन थाले ।
तेस्रोपटकको काठमाडौं बसाइ पनि मेरो खासै उपलब्धिपूर्ण हुन सकेन । दिन-रात काम गर्दा पनि छाक टार्न धौ-धौ थियो । अनि, 'किन यस्तो दुःख सहेर बस्ने काठमाडौंमा ? इलाममा घरखेत छँदै छ । पाखुरा बजार्‍यो भने दुई छाक सुबिस्तैसित खान पाइन्छ,' भन्ने सोचेर इलाम फर्किनै जाती सम्झेँ । र, ०५४ मा इलाम र्फकेँ । इलाम फर्किने रात मलाई धेरै पीडा भयो तसर्थ धेरै रोएँ । झोलाभरि बोकर ल्याएका रंगीन रहर र सपना बागमतीमा बगाएर इलाम र्फकेँ । थानकोटको ओरालो झर्दा 'अब काठमाडौं आउँदिनँ' भनेर कसम खाएँ ।
इलाम र्फकेपछि संगीत छाडेर खेती किसानतिर लागेँ । एक हिसाबले संगीतबाटै पलायन भएँ ।
पछि, मेरो र गायक धीरज राईको तुलना गरेर प्रणय लिम्बूले वृत्तचित्र 'इतिहास जित्नेहरूको' बनाएपछि मलाई धेरैले सोधीखोजी गर्न थाले । मानिसहरू मलाई खोज्दै आउन थाले । त्यसपछि मेरो एल्बम निकालिदिने पनि धेरै पाएँ ।
तेस्रोपटक काठमाडौं छाडेर जाँदा अब कहिल्यै नफर्किने कसम खाए पनि फेरि काठमाडौं आउन बाध्य भएँ । गीत रेकर्ड गर्न आएको वेला मेरा पुराना साथीहरू सोध्छन्, 'कुवेर, इलाममा तिमी के गर्दै छौ हिजोआज ?' मेरा श्रोता र शुभचिन्तक पनि सोध्छन् यसैगरी ।
इलामको श्रीअन्तुमा खेतीपाती गरिरहेको छु । आलु रोप्यो, मकै रोप्यो, चिया टिप्यो... यसरी नै चलिरहेको छ जीवन । कहिलेकाहीँ सांगीतिक कार्यक्रममा निम्ता आउँदा गाउन जान्छु । गाउँमा स्कुल र क्लबका कार्यक्रममा पनि गाउन बोलाउँछन् । यस्ता ठाउँमा गाउनुको आनन्द नै बेग्लै छ ।
मेलापात, अर्मपर्ममा जिन्दगी रमाइलै गरी बितिरहेको छ । मेरा गीत सुन्नेले मलाई फोन गरेर अहिले पनि भन्ने गर्छन्, 'कुवेर दाइ, तपाइर्ंको स्वर गज्जब राम्रो छ, काठमाडौं आएर गायन पेसामै लागे भइहाल्छ नि ।' तर, उनीहरूलाई के थाहा- गीत गाउन जानेर मात्रै हुन्न । गाउन जानेर मात्रै के गर्ने ? अनेकखालका तिकडम हुँदा रहेछन् संगीतमा पनि । अरू जस्तै काठमाडौंमा बसेर गीत मात्रै गाएर बस्ने रहर त मेरो पनि नभएको कहाँ हो र ? तर, मजस्तो सोझोमान्छे काठमाडौंमा बस्नु भनेको दुःख र पीडाको भागीदार बन्नु मात्रै हो ।
मसँगै गाउन सुरु गरेका साथीहरूको बंगला छ, गाडी छ, दाम छ, नाम छ । मचाहिँ इलाममा मेलापात गरिरहेको छु । तैपनि म दुःखी छैन । न मैले गाउन छाडेको छु । काठमाडौंमा बसेर गाउनेहरूसँग धेरैथोक हुन सक्ला । उनीहरूका तुलनामा मजस्तो गाउँमा बसेर गाउनेसित केही पनि छैन होला । तर, मेलापातमा गाउनुको आनन्द छ मसित ।

Mar 13, 2010

काइँलाका तगारा

विमल भौकाजी
कैयन् वर्षको अन्तरालपछि कवि वैरागी काइँलाले एउटा कविता लेखे, 'शरणार्थी विचार र मालीगाउँमा चितुवा' । अत्यन्त प्रतीकात्मक तवरले लेखिएको उक्त कविता शारदामा छापेका थिए । नागरिक जो अनागरिक बनेर शरणार्थीको रूपमा बाँचेको छ । तथापि ऊ देशको आदिवासी हो- उसलाई देशमा कथित उँचो जातिविशेषले थिचोमिचो गरेर राखेको छ र ऊ निरन्तर लखेटिइरहेको छ, भौंतारिइरहेको छ देशभित्रै ऊ र मारिने क्रम-उपक्रममा अन्ततः मारिएको छ । उही बेला मालीगाउँमा बाटो भुलेर प्रवेश गरेको एक चितुवालाई गोली हानेर ढालिएको थियो । कवितामा वैरागी काइँला त्यही चितुवामा आफ्नो उपस्थिति खोज्छन्-
......गौरवगाथा लुटिएर श्रीहीन
हामी प्रकृतिका सन्तति, घरबारविहीन
विस्थापित शरणार्थी चिन्तन
यो चितुवाको तन
यो आदिवासी मन.......
जातिगत दृष्टिले किरातहरूलाई 'चितुवा'को रूपमा हेरिने परम्परालाई बडो रोमाञ्चकारी ढङ्गले वैरागी काइँला कवितामा प्रस्तुत भएका छन् । आफूलाई चितुवाको प्रतीकमा देश खोज्दै हिँडेको शरणार्थी मानेका छन् । र यतिखेर एउटा रमाइलो संयोग बनेको छ- मालीगाउँमा मृत्यु भोगेको भनिएको चितुवा मरेको रहेनछ । आफूलाई चितुवा भनाउने उनै वैरागी काइँला नेपाल प्रज्ञा-प्रतिष्ठानमा कुलपति बनेका छन् । त्यसो त उनले भनेका छन्- म यति ठूलो भारी बोक्न सक्तिन होला । यो उनको विनम्रता पनि हुनसक्छ वा उमेरको कारणले यथार्थता प्रकट गरिएको पनि हुनसक्छ । सत्ताको लुछाचुँडी, भागबन्डा, भनसुन, चाकडी-चाप्लुसीको विसङ्गतपूर्ण परिवेशमा उनको यो भनाइ आश्चर्यजनक लाग्न सक्छ ।
प्राज्ञविहीन प्रज्ञा-प्रतिष्ठानले वैरागी काइँलाजस्ता व्यक्तित्वको संरक्षण प्राप्त गरेको छ । तर उनका सामु ठूलठूला चुनौतीहरू तगाराका रूपमा खडा छन् । पार्टीको भागबन्डामा प्राज्ञहरू चयन भएका छन्,
तिनको तालमेल मिलाएर अघि बढ्नुछ, उनलाई । विषयहरूलाई प्राज्ञ कमिटीबाट 'पास' गराउन कत्तिको समर्थ हुन्छन् उनी ?
उनी आजको स्थितिमा विवादमुक्त साहित्यिक व्यक्ति हुन् । जनआन्दोलनताकाका सर्वाधिक उँचो साहित्यिक आन्दोलनकारी पनि हुन् । यस दृष्टिकोणले नयाँ बनेको प्राज्ञ कमिटीमा सबै सदस्यहरूले उनलाई सघाउन आवश्यक छ । यसका लागि उनले प्रज्ञा-प्रतिष्ठानमा विगतका प्राज्ञहरूले झैं आफूखुसी काम गर्ने छैनन् भन्नेमा सबैलाई विश्वास दिलाउनुपर्छ ।
भत्केकोलाई सपार्नु कठिन कार्य हो । प्रज्ञा-प्रतिष्ठान भौतिक संरचनाको दृष्टिले एउटा सिङ्गो आवरणमा देखिए पनि भित्री रूपले क्षतविक्षत भइसकेको संस्था हो । प्रशासनिक क्षेत्रमा समेत त्यसको असर देखिन्छ । केही अघि सार्वजनिक भएको तथ्याङ्कले करोडौं रुपैयाँ विनामतलब दुरुपयोग भएको देखाएको थियो । कर्मचारीतन्त्र बलियो भइसकेको ठाउँ हो, प्रज्ञा-प्रतिष्ठान । त्यो आर्थिक हिनामिनाको क्षतिपूर्ति कसरी गर्न सक्ला, यो कमिटीले ?
नवनियुक्त प्राज्ञहरू राजनीतिक भागबन्डाका अंश हुन् । कर्मचारीहरू पनि राजनीतिक चेतनाबाट विमुख छैनन् । कर्मचारी र प्राज्ञहरूबीच कत्तिको आपसी समझदारी रहने हो ? राजा महेन्द्रले खडा गरेको प्रज्ञा-प्रतिष्ठानमा उनकै सालिक फोडिएको कटु यथार्थबीच कर्मचारीहरूसँग आ-आफ्नै राजनीतिक पार्टीका झण्डाहरू फहराउने अधिकार सुरक्षित छ, यो लोकतन्त्रको समय हो । कलम बन्द, घेराउ र हडताल त्यहाँ पनि लागू नहुने कुनै ग्यारेन्टी छैन । पुलिस प्रशासनको शक्तिको कुनै अर्थ छैन । समय यस्तो छ, जोकसैले समूहगत रूपमा प्राज्ञहरूलाई कुनै विशेष निहुँ बनाई मूलगेटबाटै प्रवेश निषेध गराउन सक्छ । त्यस्तोमा पाइला अड्कलेर चाल्नसक्ने विवेक यो कमिटीको आदर्श बन्न सक्ला ?
वैरागी काइँला र उनका सहयात्रीहरूले प्रज्ञालाई साँच्चैको प्रज्ञा-प्रतिष्ठान बनाउन आफैंले दह्रो खुट्टा टेकुन् ।
इकान्तिपुरबाट

Mar 5, 2010

'हङकङ डलर त यसरी पो फल्दो रहेछ'

दिलेन्द कुमार तुम्बाहाङफे
गर्मीमा कति गर्मी अति नै गर्मी । हुप्ब, एउटा पात हलेको छैन । हावा नि कहाँ मरेको होला । पसिना तरर अनुहार कालो पार्दै एक अर्कामा हेराहेर गरेको याद कहिल्यै बिर्सन सकिन । हुन पनि गर्मीयामतिर हङकङमा ताइफन चलेको बाहेक हावा भेटाउनै गाह्रो जस्तो हुन्छ । जनसंख्याको चाप, उर्जा शक्तिको अधिकतम खपत, सवारी साधन तथा कलकारखानाको रसायानिक पदार्थहरुले हङकङ जस्तो सुन्दर शहरलाई प्रदुषणले वारी र पारी देख्नै नसकिने गरी कूरुपतिर चेप्टाउंदै लगिरहेको छ । एबर्डीन भन्ने ठाउँमा पल्लोपटि टोपी खस्ला झै भीर छ । पत्थरका चोइटाहरु उप्केर मोटरवेमा नजाओस भनेर रोकथामको लागी मर्मत गर्नु पर्ने रहेछ । त्यो भीरमा पनि सेफ्टी बेल्ट बांधेर कुभिन्डो फले झै तुलुङ्ग झुण्डिएर काम गरिरहेका छन् साथीहरु । वल्लोपटि गहिरो ठाउँमा ट्रकको ट्रक सिमेन्ट र बालुवाको सुख्खा मसला बनाएर बेल्चाले मेशिनमा लाउँदै घ्वार्र घ्वार्र भीर छयाप्नु पर्ने रहेछ । गहिरो ठाउँमा ब्वाङ ब्वाङ उडेको सिमेन्टको धूलोले कुहिरो भित्रको काग जस्तो देखिने उकुसमुकुस धूलो र पसिनाले आँखा पोलेर शेषै पारेको थियो । यसो हेरे कोही साथीहरु अनुहार राताम्मै माटो फाल्दैछन् । कति गह्रौं भारी लगाएको कुन्नि बि.ए एम.ए पढ्ने कोही साथीहरु तीन-तीनवटाको दरले सीमेन्ट खुट्टा बाङ्गीदै ठेला गाडीमा सकि नसकी धकेल्दैछन् । कोही भने काँधै पिल्सिने गरी ४० एम एमको फलाम ओसारेको ओसारेकै गर्दा रुन मात्र नसकेर ओठ झरी गाको छ । चीना-चाइनीज)ले एकछिन न बस भन्छ न पानी पिऊ भन्छ । मैले सम्झे यो कस्तो नाटक हो की मान्छे मर्ने ठाउं मशान घाट हो । बाफ् रे जून जूलाईको घाम पनि कस्तो हो टिलिक्क निधारैमा टल्किने खालको । धूलो र घामले रातभरिमा पनि टाउको दुखाई र तातेको जीउ सेल्न सकेन । आम्मै π हङकङ डलर कमाउँन त तोरी फुल्दो रहेछ थुइय्या.... । त्यति मात्र कहाँ हो र । तीर्खाले पानी नपाएर ज्यान नै कक्रक्क सुक्ला झै थामी नसक्नु थियो । पानीको २,४ बोतल लोभी बोसले किनेर ल्याउँदा रहेछ । धेरै मान्छेमा एक एक घुटुक्क पनि नपुग्दो रहेछ । पानीको साहै प्यासले होला एउटा साथीले त तलतिर खोल्सीको पानी खाँए भन्यो । मैले हत्तपत सोधे त्यो पिउँन मिल्ने सफा हो र - भन्दा गलेको आवाजमा झर्किन्दै हे π जे सुक्कै होस, मर्नु भन्दा बौलनु बेश तर पानी अलिक चिप्लो चिप्लो थियो मात्र भन्न भ्यायो बिचराले । पाठक बृन्द π हङकङ भन्नु मात्रै यस्तो दुख पनि छ हङकङमा । फेरी यतिमात्र कहाँ हो र चीनाले तिउले लम्बू पनि दिएकै छ । यस्तो उपद्रो शब्दहरुले खाला जस्तो कराउँदा पनि पसिनाले निथु्रक्क भिज्दै मूसा झै लुसुक्क भएर काम गर्दा रहेछन् बिचराहरु । दिनभर लगातार बेल्चा हान्दा हान्दा गलिएर अलिकति के ढीलो हुन मात्र खोज्दै थियो । परबाट चिनाले निधार खुम्च्याएर घाँटी तन्काएर कराउँदै आयो । यता आएर के चैं गर्दा रहेछ भनेर सोचे । कि बेल्चा हान्न सहयोग गर्ने पो हो कि जस्तो पनि लाग्यो । एकछिन सघाँए त ठूलो शास आउने थियो भनेको त के को आएर छेउछाउको बेल्चा र गैंती खन्त्र्याङ्ग फाल्न थाल्यो । अनि भ्यागुतोले घाँटी फुलाए झै फुलाएर भकानो सुक्ने गरी उनकै भाषामा कराउँन थाल्यो । मरुन्जेल बेल्चा हान्दा पनि कराउने कतै साथी पनि रीसाउने हो कि भनेर हेरे । तर कुनै छाँटकाँट देखिन । झन-झन आत्तिएर ४५ के.जी.को सिमेन्ट हवात्त हवात्तै उचाल्न थाल्यो । जब चीना फनक्क फर्केर गयो अनि पो साथीको बोली फुट्यो । एसलाई नेपालमा भए त कागती निचोरे झै निचोर्थे भाई ..... । तर के गर्नु कोठा भाडा तिर्नै पर्‍यो । बिजूली बत्तिको बिल तिर्नै पर्‍यो । बालबच्चा पाल्नै पर्‍यो नभए घरतिर फर्किनु पर्‍यो । अनि मैले प्राय सबै साथीहरुलाई भ्याए सम्मलाई सोधे होइन, यो कम्पनिमा काम गर्नु भएको कति भयो ? मात्र भने महिना बर्षकेही सोधिन किनभने मैले सोचे कि यस्तो भोकमरीको काममा कस्ले पो लामो समय गर्न सक्ला भनेको त हरे, एउटाले भन्छ ५ बर्षअर्कोले भन्छ ३ बर्ष। अनि मैले अरु कुरा सोध्न मन लागेन । बिदेशमा यस्तो दुख रहेछ । नेपालमा बस्नेहरुले रुखको पात टिपेर ल्याए झै सम्झीन्छन् । तब मेरो देशको याद आयो नेपालमा पनि यस्तै दुख गरे स्वाच्छ हिमालयको देश बिश्वकै सुन्दर र समृद्ध बन्ने थियो । तर के गर्नु नेपालमा यसरी जोत्तिएर काम गर्न लाज लाग्छरे । घर खेतबारी बेचेर भए पनि बिदेश भने पछि हुरुक्कै हुन्छन् आजकालका युवायुवतीहरु । कोही दलालको फन्दामा सुकुम्बासी हुन्छन् । बल्ल तल्ल बिदेश पुग्नेहरु पनि कोही मालिकले रीत्तो घर पठार्इ दिन्छ । कति बलत्कारको शिकार हुन्छन् त कति इराकमा रेटेर मारे झै अकालमा मर्छन् भने कुनै गाउंघरको याद अनि कलिलो बालबच्चाहरुको माया थाम्न नसकि रातभरि आशुँले भिज्दै दिन गन्दै बस्छन् । चाकडी चाप्लुसी गर्नु रहर या बाध्यता ! यसमा परदेशीको गल्ती मात्र हेर्न मिल्दैन राज्य पक्षको ठूलो कमजोरी देखिन्छ जति सकिन्छ जनशक्ति रोकथाम गर्नुको अलावा फटाफट पठाएर बैदेशिक रोजगारबाट प्राप्त रेमिटयान्स नै अर्थतन्त्र सम्झीनु ठूलो भूल हो । बार्षिक २ खर्ब रुपैया रेमिटयान्सले बाँचेको छौ भन्न दीर्घकालीन अर्थतन्त्रलाई टेवा पुर्याउँने सोच होइन । राजनीतिक अस्थिरता भए पनि मन्त्रिपरिषद, शिक्षा, श्रम मन्त्रिहरुको कुर्सी कहिल्यै खाली हुदैन । नेपालको सैदान्तिक शिक्षा नीतिलाई ब्याबहारीक, आधुनिक कृषी प्रणाली तथा आजको उच्चत्तम बिज्ञान र प्रविधिलाई केही हद सम्म सदुपयोग गर्दै रोजगारमूलक शिक्षा नीति अवलम्बन गर्नु जरुरी छ । भारत बाहेक बैदेशिक रोजगार बिभागको तथ्याङ्क अनुसार ३० लाख नेपालीहरु रोजागारीको लागि विदेशिएका छन् । भारतमा मात्र ५० लाख नेपालीहरु रहेको अनुमान गरिएको छ । राष्ट्र हाँक्ने सेवकहरु आफु मुखि गोजीतिर खोस्टा लुकाउँनमै ठिक हुन्छन् । कारबाही गर्ने कर्णधार युवाहरु बिदेश भाग्दै ठिक हुन्छन् अनि कहाँबाट होस देशको उन्नति ? प्रभू

बढ्यो यौन उन्माद

पश्चिमा खुला समाज र डिजिटल प्रविधिको सुविधाबाट प्रेरित नेपाली युवाहरू आफ्नै अश्लील भिडियो रेकर्ड गरी आनन्द लिँदैछन् । सहरिया तन्नेरीहरू मात्र होइन, ग्रामीण युवायुवतीहरूसमेत यौन स्वच्छन्दताको राजमार्गमा खुला विचरण गरिरहेका छन् । साइबर क्याफेको च्याटको कुनो, फेसबुकमार्फत फोन साटासाट गरेर घण्टौं फोनसेक्समा आनन्द लिनेहरू पनि छन् । रातभर वेबक्यामको सहायताले भिडियो सेक्सको आनन्द लिने, घण्टौं पोर्नोसाइट एवं आफ्नै अश्लील चलचित्रको स्वादमा लिप्त रहने युवायुवतीको संख्या बढ्दै गएको छ । यौनसम्बन्धलाई शारीरिक प्यास मेटाउने माध्यमका रूपमा मात्र लिनेहरूको जमात बढिरहेको छ ।
डान्सबार र रेस्टुराँहरूमा पुग्ने र स्टेजमा नर्तकीले लुगा फुकाल्दै जाँदा जिब्रो टोक्ने नेपाली युवाहरू नेपाली जोडीको रतिक्रीडा हेर्दै रमाउन थालेका छन् । उनीहरू पश्चिमा शैलीका अश्लील भिडियोहरूभन्दा लजालु नेपाली युवतीसँग रेकर्ड गरिएका अश्लील चलचित्रतिर आकषिर्त हुँदैछन् । यस्ता चलचित्र केही नितान्त व्यक्तिगत मनोरञ्जन र केही व्यवसायिक हिसाबले बनाइएका छन्, जसलाई डिजिटलमय प्रविधिले सबैको हातहातमा पुर्‍याएको छ । एक दशकअघि लुकीलुकी अश्लील चलचित्र हेर्ने नेपालीहरूका कम्प्युटरका हार्डडिक्स, मोबाइल र आइपोडको मेमोरीमा आफ्नै अनुहारका यस्ता चलचित्र प्रशस्त भेटिन थालेका छन् । लुकीलुकी यस्ता चलचित्र बनाउने र शयनकक्षमा त्यसकै सिको गर्नेहरू पनि बढ्दैछन् । यौन र विवाह भन्ने कुरा अहिलेको जोडीलाई धेरै महत्त्वको विषय रहेन । यौनसम्बन्ध लोग्ने वा स्वास्नीसँग मात्र राख्नुपर्ने नेपाली समाजको पुरातन मान्यतामा परिवर्तन आउन थालेको छ । नेपाली समाजमा पारपाचुके र पुनःविवाहले मान्यता पाउने क्रम पनि बढ्दैछ । कञ्चनपुरकी एक युवतीले तीन वर्षसम्म लगातार तीन जनासँग सम्बन्ध कायम गरिन् । पोखरा, काठमाडौं र धनगढीका तीन युवकसँगको सम्बन्धपछि उनले अन्ततः काठमाडौको एक युवकसँग लगनगाँठो कसिन् । उनले विवाह गरेपछि धनगढी र पोखराका युवकले आफ्नी गर्लफ्रेन्ड भएको भन्दै बेला-बेलामा भएका शारीरिक सम्बन्धहरूका बारेमा उनका पतिलाई भने, तर उनले सहज रूपमा आफूलाई हिजो जे गरेको भए पनि श्रीमतीका रूपमा स्वीकार्य रहेको बताए । यो श्रीमतीसँग हिँड्दैमा शंका गर्ने नेपाली समाजको परिवर्तित सन्दर्भको परिचायक घटना हो । 'उसले मसँग कैयौं रात बिताएकी छे । शारीरिक सम्बन्ध कति पटक भयो भन्ने गनेर साध्य छैन, तर उसको लोग्नेलाई यसको कुनै परवाह छैन,' उनका एक पूर्व ब्वाइफ्रेन्डले बताए । यस्ता घटना नेपाली समाजको बदलिएको यौनजीवनका लागि अब नौला कुरा रहेनन् । प्लस टु जीवनका दुई वर्षमा ५ जना गर्लफ्रेन्डसँग सयौँ पटक डेटिङ हिँडेका समीर पशुपतिदेखि नगरकोट हुँदै चोभारसम्म पुगेका छन् । समीर भन्छन्, 'आज एक जनासँग गइन्छ भोलि अर्कोसँग जानुपर्छ, के गर्ने एक जनासँगको सम्बन्ध 'लङ लास्टिङ' बनाउन सकिँदैन । उनको विचारमा पछिल्लो जेनेरेसन प्रेम र विवाहको मामिलामा फरक सोच राख्छ । उनको अनुभवमा टिनएजरहरूको सोचमा व्यापक परिवर्तन आएको छ । प्रेम र विवाहको परिभाषा बदलिएको छ । क्षणिक मनोरञ्जनका लागि प्रेम गर्नेहरू बढ्दै गएका छन् । राजधानीका प्लस टुदेखि स्नातक तहका क्याम्पसहरूसम्म यस्तै प्रेमको बोलवाला छ । गोदावरीमा सानो खुद्रा पसल चलाएर बसेका हरि बस्नेत प्रेम र यौनप्रति उदार बन्दै गएको नयाँ पुस्ताका बारेमा भन्छन्, 'अब एक अर्कालाई चुम्बन गर्नु, अँगालोमा कस्नु, स्पर्शमा रमाउनु नयाँ कुरा रहेन ।' उनले दैनिक ५० भन्दा बढी जोडी गोदावरी क्षेत्रका रूखहरूमा बसेर मायाप्रीति साट्ने बताउँदै भने, 'रूख र एकान्त परेका खाल्डाहरूमा चुम्बन र स्पर्शमा रमाइरहेका हुन्छन् । ६० वर्ष कटेका बस्नेतले नेपाली युवायुवतीहरूमा केही वर्षयता यस्तो खुलापन निकै बढेको बताए । पश्चिमा संस्कृतिप्रति आकषिर्त हुँदै गएको नयाँ पुस्ता यौन स्वच्छन्दताको खोजीमा छ । यौन उत्तेजक औषधीहरू सेवन गरी मसाज सेन्टर र राजधानीका कोठीहरूमा लामो समयसम्म यौनको स्वाद लिनेहरू पनि छन् । धरानका विजय सातामा दुई दिन राजधानीका यौनकेन्द्रहरूमा पुग्छन्, जसमा उनी लामो समयसम्म रतिक्रीडामा रहन औषधी सेवन गर्छन् । विजय भन्छन्, 'औषधी प्रयोग गर्दा लामो समयसम्म यौनसम्पर्क गर्न सकिन्छ ।' तर यस्ता कतिपय औषधीले यौनाङ्गलाई कमजोर एवं दुव्यर्सनी बनाउने कुरातिर भने उनी पूरै अनभिज्ञ छन् । पश्चिमी यौनजीवन र अङ्ग्रेजी चलचित्रको अन्धनक्कल गर्ने दुस्साहसी युवाजमातले दीर्घकालीन परिणामलाई भन्दा क्षणिक सन्तुष्टिलाई केन्द्रमा राख्ने हुनाले पनि धेरै युवा विजयकै बाटोमा छन् ।
यौन उदारताको परिणति
उदार यौनजीवनले नेपाली सामाजिक जीवनका हरेक पक्षमा समस्या पनि जन्माइरहेको छ । शारीरिक सम्बन्ध भैसकेपछि कैयौँ युवतीले आत्महत्याको बाटो रोजिरहेका छन् । केटाहरू पनि प्रेममा धोका खाएपछि यही बाटो पछ्याइरहेका छन् । असुरक्षित यौनसम्बन्धका कारण पछिल्लो समयमा गर्भ तुहाउनेहरू पनि बढ्न थालेका छन् । १४ वर्षका युवतीहरू पनि गर्भ तुहाउन आएको एक प्रसूति विशेषज्ञले बताए । उनले भने, 'यौन उदारताको परिणति हो यो ।' यसले पनि यौन उदारताले निम्त्याउने परिणामलाई देखाएको छ ।

Mar 2, 2010

विमिलको एकदिन

धर्मेन्द्रविक्रम नेम्बाङ्
बहुरङ्गवादी कवि प्रकाश विमिलले सनराइज पोष्ट साप्ताहिक नयाँ पत्रिका दैनिकमा युवा विचारको सन्दर्भ र आवश्यकताको शीर्षकमा विचार सम्प्रेषण गरेपछि म नराम्ररी यो शीर्षकको विचारमा फसेँ । यो शीर्षकमा केही गर्नुपर्छ भन्ने लागिरह्यो । विमिललाई भेटमा भने युवा विचार तिमीले नछोड्नु लेखेर थामेर जानु यसलाई एउटा विचारधाराको रुपमा स्थापित गर्नु पर्छ । समृद्ध राष्ट्र निर्माण गर्नुको लागि विचार चाहिन्छ त्यो विचार युवा हुनुपर्छ युवाको लागि हुनुपर्छ युवाबाटै हुनुपर्छ । त्यो समृद्ध राष्ट्र नेपाल बनाउने युवाहरु हामी नै हौँ । हामीले त्यो ऐतिहासिक जिम्मेवारीलाई बुझेर ुएक्सनुमा अगाडि बढ्नुपर्छ । पुरानो पुस्ता बूढो पुस्ताबाट अब अरु आसा भरोसा गर्नु सकिँदैन । त्यो निराशाको संरचनालाई भत्काएर नयाँ नेपाल बनाउनुपर्छ । यसको सहायक हुनुपर्छ युवा विचार । युवा विचारको प्रतिकि्रयाहरु तापक्रमहरु मन मस्तिस्कमा सलबलाउदै गर्दा विमिलको 'भ्यालि छोड्दैछु दाइ' बोलको 'टेक्स्ट मेसेज' आइपुग्यो मोबाइलमा । यसले लाग्यो अब बहुरङ्गवादको प्रथम अभियन्ता भीर अथवा रङ्ग कविता सङ्ग्रहको खेलक कवि विमिल काठमाण्डुको खाल्डोमा भेटिने छैन । हामीलाई लाग्यो भोलिदेखि यो बजार मान्छेको भीड् विमिलविनाको रहनेछ । अव्यवस्थित यो सहरमा जति व्यक्ति केलाउँदै जाँदा पनि हाम्रा पि्रय अभियन्ता साथी भेटिने छैन । यो पीरले हामीलाई अलि गलाएको छ । मेरो मन निवासभरि बेठेगान हल्लिएको छ । विमिल नजिकै बस्ता पनि टाढा हुन्छ । टाढा हुँदापनि नजिकै हुन्छ । उ तिखेदेवलमा बस्ता पनि म ताल्छिखेल निवासी भेट कमै मात्र हुन्छ । उ कुपण्डोल डेरा सर्छ त्येतिवेला पनि भेट पातलो नै हुन्छ । विशेषता उनको हो आफ्नै प्रोग्राममा 'विजि' हुन्छ । उसँग एउटा जागिर हुन्छ । बाँकी समयको व्यवस्थापन आफैँ गर्छ । उसले खोजेको समयमा भेट हुनुपर्छ । नभए भेटिनु उ भनेको बजारको बाटोमा हिँड्दैगर्दा अफिसबाट फकिँदै गर्दा किनमेल गर्दै गर्दा मात्रै हो । त्येतिबेला टाढैबाट चिनिन्छ हातमा कुनै एउटा पुस्तक च्यापेको हुन्छ । त्यसको साथमा कुनै पत्रिका खिपेको हुन्छ । एतिभएपछि उ निश्चित विमिल हो हाम्रो असान्दर्भिक भेट हुन्छ । नजिकतिरको चिया पसलमा छिर्नुपर्छ । उसको अघिल्तिरको र मेरो अघिल्तिरको काम अब थाँति हुन्छ । टेवलमा दुइकप चिया आइपुगेपछि उ शुरु गर्छ वौद्धिक दार्शनिक गफ । छेउमा बसेर म सुनिदिन्छु । साँझ झिपिक्कै परिसक्तासम्म छोड्दैन । १ कप चियाले यत्रो बस्नुहुन्न लागेपछि अरु कप चिया थपिन्दै जान्छ । घडि हेरेर साँझ परिसकेको उठनुलाई सङ्केत गरिसकेपछि सोध्छु 'ओ. सी.मा के हेर्छौ' ऊ भन्छ 'इतिहास र फरेन पोलिसि हेर्छु ।' विमिललाई भेटिने यसरी नै हो । उसँगको गफ यस्तो नै हो । शुरु शुरुमा उनको गफ वेशी अराजक लाग्छ । व्यक्तिको पूर्ण स्वतन्त्रता राज्य सत्ता संस्थाको अंश सकि्रयतामा ऊ विश्वास गर्छ । भीर अथवा रङ्ग जस्तो उत्कृष्ट कृति प्रकाशन गरिसकेको विमिलबाट मैले बहुरङ्गवादी आन्दोलनमा बौद्धिक नेतृत्वको भरोसा राखेको छु । जसले सामूहिक बौद्धिक बहस गर्ने थलो ओरिएन्ट सर्कल बनाएर लगातार ५ वर्ष साचालन गरिसकेको छ । हाम्रो देशको विभिन्न समस्याका साथ राजनीतिशास्त्र समाजशास्त्र विज्ञान मनोविज्ञान इतिहास अर्थशास्त्र दर्शनशास्त्रमाथिको विभिन्न 'सेक्टर' अध्ययन गर्दै विश्लेषण विमर्श गर्दै निरन्तर संगठित रुपमा लामो वर्ष बितायो । जसको मुख्य उदेश्य बौद्धिक क्षेत्रमा देखा परेको खरेडीबाट सही बौद्धिक जमातको निर्माण गर्नु हो । समस्याको सहि पहिचान गरेर सप्पै क्षेत्रको विशेषज्ञता तयार गर्नु हो । सप्पै क्षेत्रको सही कार्यपत्र कार्यदिशा निर्माण गरेर मुलुकलाई व्यवस्थित र समृद्ध राष्ट्र निर्माण गर्नु हो । यो संस्थाले करिब ५ वर्षको यात्रा सिध्याएको छ । शुरुको २ वर्ष प्रत्येक शनिवारको छलफल हुन्दै त्यसपछिको २ वर्ष महिनाको एक शनिार हुन्दै त्यसपछिको २ महिनाको एउटा शनिबार यसकै लागि बिताए । अहिले कोर ग्रुप एट८मा आइपुगेको छ । विमिल आफैले नेतृत्व गरेको यो ग्रुपमा अहिले लोकमणि राई चिरञ्जिवी खड्का जे. वि. विश्वकर्मा तिलकराज तामाङ बलराम खड्का दुर्गाप्रसाद खनालले योगदान गरिरहेका छन् । यो युवाहरुले राष्ट्रको लागि गम्भीर तरिकाले सोचेर एक्सन गर्दै छन् । यो ज्यादै महत्वको कुरो हो । विमिल 'एक्सन'मा उति विश्वास गर्ने चरित्र लाग्छ मलाई । २०६२-०६३को जनआन्दोलनले जनआन्दोलनमा सडकमा भेटिन्थ्यो । कहिले नीजि शिक्षकहरुको संगठन निर्माण गरेर शिक्षकहरुको हक हितको लागि दगुर्दै गरेको भेटिन्थ्यो । कहिले शिक्षामा नीजिकरणको विरोध गर्दै सडकमा भेटिन्थ्यो । भर्खरै संविधान निर्माण क्राइसिसमा पर्यो मुलुक क्राइसिसमा पर्यो नागरिक समाजको भूमिका पनि अस्पष्ट देखियो निष्कर्ष निकाल्दै युवा दबाव समूह निर्माण गरेको छ उनको संयोजकत्वमा । प्लान र एक्सन दुवै गर्ने खुबि उनमा देख्छु । समदर्शी काइँलाले मान्छेको आत्महत्याको जग्गा कविता सङ्ग्रहमा 'एउटा विजि मान्छे भेटाए उ धर्मेन्द्र हो' भनेर खेलेको छ । मेरो विचारमा व्यस्तता पनि अचम्मको छ । समाज प्रत्यक्ष परिवर्तनको प्राप्तिमा प्रधान जिम्मेवारीको वहानाले पूर्वी पश्चिम नेपालमा कुदिबस्छु । व्यक्तिगततामा म 'डिमक्रेसी'को विश्वव्यापि मूल्यहरुमा विश्वास गर्छु । नेपालमा यसको मौलिक र सिर्जनात्मक प्रयोग हुनुपर्छ भन्छु । बहुरङ्गवादलाई नेपाली समाजशास्त्रको सिद्धान्त बनाउनुपर्छ भन्ने कुरामा विश्वस्त छु । प्रकाश विमिल 'free leftist' मान्छ आफुलाई । 'डिमक्रेसी'को मुल्य र माक्स्रसिस्ट इकनमीको पुयुजनबाट हाम्रो देश अगाडि जानु सक्छ भन्ने कुरोमा ऊ विश्वास गर्छ । बहुरङ्गवादलाई राजनीतिशास्त्रको आधारमा बिश्लेषण गरिनुपर्छ भन्ने कुरामा ऊ विश्वस्त छ । स्वर्गीय स्वप्निल स्मृति कम्युनिष्ट आन्दोलनमा एक्सन नै गर्ने दश वर्षे जनयुद्धमा भूमिगत भएर युद्ध मोर्चामा बन्दुक पड्काउने योद्धा हो । विमिलको कर्म त्यसलाई व्याख्या विश्लेषण गर्नु । हाम्रो सामूहिक वैचारिक शैद्धान्तिक भेटघाट बहुरङ्गवादमार्पुत् नयाँ राजनीतिशास्त्र नयाँ समाजशास्त्र नयाँ इतिहास नयाँ अर्थशास्त्र नयाँ विज्ञान नयाँ दर्शनशास्त्र निर्माण गर्नु हो । त्यो नयाँ भनेको नेपाली । यो वैचारिक दार्शनिक शैद्धान्तिक जिम्मेवारी बोधले आफु बसेको मुलुक निर्माणको कार्यभारले हामीलाई एउटै अभियानमा उभ्याएको छ । एउटै व्यानरमा संगठित गरेको छ । दृढता र प्रतिवद्धताका साथ लगातार मिहिनेतमा सरिक गराएको छ । बहुरङ्गवाद जाति भाषा धर्म आस्था राजनीति निरपेक्ष छ । यसका अभियन्ताहरु जाति भाषा धर्म आस्था राजनीति सापेक्ष छन् । त्यसकारण यो बहुजाति बहुभाषा बहुसंस्कृति बहुआस्था बहुविचार बहुराजनीतिले बहुरङ्गीन भएको छ । विराटनगर कार्यक्रमसम्मलाई बहुरङ्ग फाँटले प्रथम अभियन्ताको चरण मानेको छ । अमर न्यौपाने सीमा आभाष समदर्शी काइँला चन्द्र योङ्या चन्द्रवीर तुम्बापो प्रकाश विमिल स्व। स्वप्नील स्मृति म लगायतको प्रथम अभियन्ताहरु यसको व्यवस्थापनमा निरन्तर कि्रयाशील छौं । अब पहिलो चरणको आन्दोलनलाई स्थगन गरेर दोस्रो चरणमा प्रवेश गर्ने चरणमा प्रवेश गर्दै छौं। दोस्रो चरणको आन्दोलन विशिष्टिकरणको आन्दोलन हुने छ । यो उदेश्य प्राप्तिकालागि दोस्रो चरणको अभियन्ताहरु पनि थप हुने छन् । दोस्रो चरणको वैचारिक सैद्धान्तिक नेतृत्व चेवन राईले गर्दैछ । यो करिव आठ दश वर्षे अवधिको आन्दोलन हुनेछ । त्यसपछि हाम्रो आन्दोलनको उपलब्धिको समीक्षा गर्दै हामी तेस्रो चरणको आन्दोलनमा प्रस्थान गर्नेछौं । तेस्रो चरणको आन्दोलनको प्रधान लक्ष्य सामान्य बहुरङ्गवादको आन्दोलनलाई अन्तर्राष्ट्रियकरण गराउनु हुनेछ । नेपाली वौद्धिकताको मूल्यलाई अन्तर्राष्ट्रिय बजारमा डायलगु गर्दै यो देशको वर्तमान छविलाई विघटन गर्दै नयाँ छविको स्थापना गर्नु हुनेछ । तत्कालिक विज्ञानले तेस्रो चरणको अभियन्ताको निर्माण उदेश्य प्राप्तिका लागि गर्नेछ । यसको नेतृत्व युवराज अर्यालले गर्दैछ । हाम्रो आन्दोलनको यो कार्यदिशाले हामीलाई बाँधेको छ । हामी यो उदेश्य प्राप्तिका लागि निरन्तर कि्रयाशिल छाँै । काइँला विदेशमा छ फेसवुकमा झुण्डिबस्छ । योङ्या लिम्बुवानको फेदेन रुङ्गेर बसेको छ मोबाइल चलाइबस्छ । सीमा भोजपुरा कोचिला मधेश राज्यको विराटनगरमा छ वेलावेला नेट चलाउछ । चन्द्रवीर नेवा राज्यको बजारमा छ जतिबेला पनि भेट भैहाल्छ । अमर नारायणी प्रदेशको चितवनबाट मोबाइल चलाउँछ । स्वर्गीय विन्दास छ भट्टि पसलको बाटोमा भेट हुन्छ । विमिल मोवाइल पनि कम्ति चलाउछ नेट पनि कम्ति चलाउछ । यस्तो वेलामा नेवा राज्यको काठमाण्डौमा उपलब्ध हामीबीच भलाकुसारी कम्ति भइरहेकोमा लिम्बुवानबाट आइपुगेपछि केही समय अघि उपलब्ध साथीहरुलाई ताल्छिखेलको सुम्निमा रेष्टुरेन्टमा जम्मा गर्छु । जुन ताल्छिखेल चोकलाई हाम्रो आधार शिविर पनि भन्ने चलन छ । हङकङबाट आएको समुच्च विचारको प्रवर्तक कवि दिपा एवाइ राईले हाम्रो भेटघाटको संयोग उपलब्ध गराउँछ । हामी सुम्निमा रेष्टुरेन्टमा जम्मा हुन्छौ । कुमारी रेष्टुरेन्ट पुतली सडकमा बैठक बस्छौ । केही साथीहरु पहिलो चोटि देख्तै गरेको अर्धवृत कविता सङ्ग्रहका खेलक कवि दिपा एवाइ राईलाई सोध्छु 'कस्तो छ साथीहरुको भस्रन' उनको टिप्पणी आउँछ 'विमिल अराजक देखि पनि महाअराजक' । विमिल एक दिन कोठामा देखा पर्छ । लामो विरामी परेर म आराम गरिरहेको छु । भेटेपछि उप्काउने सधँ झँ दार्शनिक गफ उप्काएपछि ओछ्यानबाट उठ्नु बाध्य छु । उनको चिन्ता राष्ट्रिय समस्यामा छ । संविधान समयमा लेखिन्छ कि लेखिन्न । कस्तो लेखिन्छ । राजनीतिक नेतृत्वले विश्वास कमाउनु सकेन । युनिभसर्ीटीले विषय विशेषज्ञ उत्पादन गर्नु सकेन । आर्थिक नीतिको चुनौतिलाई पार्टीहरुले बोक्नु सकेन । एस्तो थियो उनको सुर्ता । एनेकपा माओवादीको एकाइसौ शताव्दीको जनवाद एमालेको जनताको बहुदलीय जनवाद नेपाली कांग्रेसको प्रजातान्त्रिक समाजवादको सम्बन्धमा लामो छलफल चलाउँछ । यो तिनै सिद्धान्त एक ठाउँमा उभिने दस्तावेजबाट राज्य अगाडि जानु सक्छ भन्ने धारणा थियो । विद्वानहरुले प्रशस्तै बहस यो विषयमा चलाउनुपर्छ र एक ठाउँमा उभियाउनुपर्छ भन्ने मत राख्छ । जोड उनको छ लोकतन्त्रवादीहरुले अध्ययन केन्द्रको स्थापना गरेर अगाडि बढ्नुपर्छ । हुँदाहुदा थप्तै छ 'यो सपको जिम्मा तपाईले लिनुपर्छ ।' यो सपको जिम्मा त म कहाँ लिनु सक्छु र सोध्छु 'गाइघाटको प्रोग्राम' भन्छ 'कलेज पढाउँछु प्लस टु पढाउँछु । बाँकी समय लेखपढ समाज अध्ययन ।' थप्छु 'बाँकी समय उबि्रएला जस्तो लागेन नि ।' पुरानै मोडलमा खितखिताउँछ । विमिल जानुलाई उठ्छ । स्वीकृतिको सूचनामा म पनि उठ्छु । ढोकामा पुग्नु लागेको छ सोध्छु 'दिपाको कविता कस्तो लाग्यो' भन्छ 'मिथको विघटन फेमिनिस्ट एङ्गलबाट ठीक छ ।' उभिएरै बात मार्दै छौ सोध्छु 'समुच्च विचार कस्तो छ' । भन्छ 'अर्धवृत महिला सौन्दर्यको खेलमा अर्ध नाघेर वृतको पारो पूर्णतातिर लाग्दै गर्दा पूर्णता त सम्भव छैन समुच्च विचार हुन्छ । समुच्च विचार बहुरङ्गवादमा आइपुग्दा समुच्चवाद हुन्छ ।' एति बकेपछि शरीर कोल्टे पार्दै बाहिरिन्छ । छुट्टिको लागि राखेको धारणाले तर्कले दुवैलाई धकेल्छ । 'हाम्रो देशमा सम्झौताहीन विघटनवादी महिला सौन्दर्यको धार निर्माण गर्नु जरुरी छ । धेरै भत्काइसकेपछि सपअस्तित्ववादको कुरो गर्ने हो । अहिले सम्झौताहीन हुनु जरुरी छ हैन विमिल ।' विदाइमा कराइ पठाउँछु । दुइचारवटा सिढी ओर्लिसकेको घुम्नु लाग्दा हतारमा 'हो दाजु लेख्छु' भन्नु भ्याउँछ र टाउको एक सर्को दायाँबाट बायाँ हल्लाउनु भ्याइपठाउँछ । बहुरङ्गको केन्द्रको नाउँमा केन्द्रीय रहित राज्य व्यवस्थाको लागि हामीले लड्यौँ । नाम मात्रको कमजोर केन्द्र भएको राज्य पुनस्रंरचनामा प्राप्त गर्यौँ । चौधवटा प्रान्तको बहुरङ्गीन केन्द्र पायौ । सुहाउँदिलो देखिएको नेपालको नक्सालाई । यसमा स्यानुसमा जे जति हाम्रो लगानी छ । यो नै हाम्रो सैद्धान्तिक मूल्य हो त भन्दैनाँै । हामी त प्रत्येक व्यक्ति प्रत्येक राष्ट्र एक व्यक्ति एक राज्यको अवधारणामा छाँै । मानव जिवनको उच्चत्तम विकासको राज्य व्यवस्थाको उच्चत्तम विकासको परिकल्पनामा छौँ । बहुलवादीय पद्धतीको विशिष्ट विकासको परिकल्पनामा छौ । प्रयोग उपयोग र विघटनको नीतिमा अहिलेको परिवर्तनलाई आत्मसात सिद्धान्तिकृत गर्दै छौ । अब बहुसंघको प्रारुप अनुरुप चौध प्रान्तमा छरिएर समाज अध्ययन गर्नु बहुरङ्ग फाँटको तत्कालिक कार्य योजना हो अहिलेलाई । एतिबेला हामी अभियन्ताहरुको लगानी यहिनिर हुनु पर्छ । यसबाट समाजलाई विकसित गर्दै हाम्रो मूल्य बहुरङ्गवादी राज्य स्थापनाको दिशामा अगाडि बढ्नु पर्छ । हाम्रो राज्य निर्माणको साधन भनेकै विचार सिद्धान्त हो । र हाम्रो राज्यको साध्य भनेकै वैचारिक दार्शनिक बौद्धिक सैद्धान्तिक राज्य हो । यसको नीति निर्माण हाम्रो डकुमेण्टुसँग सम्बन्धित छ । यसको लागि विमिल किरात प्रदेशको गाइघाटमा बसेर कि्रयाकलाप गर्नेछ । म पनि छिट्टै नेवा राज्यबाट कुम्लो कुटुरो कसेर लिम्बुवान प्रान्तको फेदेनमा निवास जमाउनेछु । अन्य साथीहरु विभिन्न प्रान्तमा छरिनेछ । अहिले हामीलाई तत्कालिक यो कार्ययोजनाले छरेको छ । एतिबेला कम्ति मोबाइल खेल्ने म मोबाइल खेलाउँदै छु । अर्को कम्ति मोबाइल खेल्ने प्रकाश विमिलको मेसेज आइपुगेको छ 'लु है दाजु अब भ्यालि छोडियो थानकोट नाघ्दैछु ।' मोबाइल खेल्दै कुदिरहेको छु फेसवुकमा कुदाउनुलाई प्रोफाइलमा । 'आज एउटा कवि भावुक छ । विमिल अब भ्यालिमा रहेन ।' एतिबेला we.rangabadi@yahoo.com