Jul 28, 2010

जापानका कुख्यात अपराधी नेपालमा पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाललाई लागू औषध तस्करहरुले सुनौलो भूमिका रुपमा प्रयोग गरिरहेको भन्ने समाचार बाहिर आइरहेकै बेला जापान सरकारले खोजीको सूचीमा राखेको जापानी नागरिक हिरोकाजु तामुरालाई लागू औषध नियन्त्रण कानुन कार्यान्वयन एकाइ कार्यालयले लागूऔषध चरेशसहित विमानस्थलबाट पक्राउ गरेको छ। काठमाडौंबाट बैंकक जान लागेका हिरोकाजुलाई प्रहरीले १ केजी २ सय ग्राम चरेशसहित पक्राउ गरेको हो। जापानको माफिया समूह इमाकावाको सदस्य रहेका हिरोकाजु यसअघि ९ पटक नेपाल आएको र उनले नेपालको भूमि प्रयोग गरी लागू औषधको कारोबार गर्ने गरेको आशंका सो एकाइले गरेको छ। जापानमा याकुजा नामले प्रसिद्ध यामागुची गुमी सुमियुसी काई र इमाकावा काई नाम गरेका माफिया समूहले जापानमा बसेर संसारभर आफ्नो साजाल फैलाउन सफल सो समूहका सदस्य यसअघि नेपालमा पक्राउ परेको थियो।

दक्षिण कोरियामा नेपाली काव्य महोत्सव सम्पन्न्

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली साहित्य, कला, संगीतलाई विश्व परिवेशमा पुर्याउने उद्देश्य लिएर नेपालबाट हङ्कङ्, हुँदै दक्षण कोरिया आइपुगेका नेपाली श्रष्टाहरुले आइतबार आफ्नो तेस्रो कार्यक्रम दक्षिण कोरियामा प्रस्तुत गर्यो ।नेपाली साहित्य-संगीत सुन्न र कलाकृति हेर्न करीब चार घण्टा एकचित्त भएर बसेका नेपाली तथा कोरियाली पाहुनाहरुले कार्यक्रमको बारेमा खुलेरै प्रसंशा गरे ।संगीत र कलासँगै कला काव्य प्रस्तुती कार्यक्रममा उनीहरुले महाकवि देवकोटाको कविता वाचनदेखि लिएर नेपाली गीत गाएर नृत्यसमेत प्रस्तुत गरे ।नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले आइतबार साउलको छोगेसा गुम्बामा आयोजित उक्त महोत्सवको आइतबार कोरियाका लागि नेपाली राजदूतावासका उपनियोग प्रमुख यादव खनालले उदघाटन गर्नुभयो ।
प्रसिद्ध कलाकार शशी शाह, किरण मानन्धर, कृष्ण मानन्धर, विजय थापा, बुद्धि गुरुङ्, के.के.कर्माचार्य, रबिन कोइराला, धनु याक्खा, र एरिना ताम्राकारका सुन्दर कलाकृति पृष्ठभूमिमा राखेर कवि सरुभक्त, उषा शेरचन, कृष्ण प्रसाई, मोमिला जोशी, राजेश्वर कार्की, अरुणा वैद्य, र महेन्द्र गुरुङ्ले कविता पाठ गर्नुभएको थियो । उहाँहरुको कवितालाई क्रमशः पार्क वान्हो, किम मारिया, ली चए मीन, स्यो दोङ् ई, चाल ब्यून जुङ् काङ् योंगेन, र पार्क ब्याङ् सूले कोरियाली भाषामा प्रस्तुत गर्नुभयो ।उक्त कार्यक्रममा प्रसिद्ध सांगीतिक समुह सुकर्मले आफ्नो सांगीतकि प्रस्तुतिसँगै वाचन गरिएका कवितासँगै सांगीतक धून प्रस्तुत गरेको थियो ।समारोहमा प्रमुख उपनियोग प्रमुख यादव खनालले आउँदा दिनमा यस्ता कार्यक्रम अझ व्यापक रुपले गर्न सकिने बताउँदै कला, साहित्य र संगीतको संयुक्त प्रस्तुती प्रभावकारी भएको विचार व्यक्त गर्नुभयो ।कार्यक्रम आयोजक प्रतिष्ठानका अध्यक्ष एवं श्रष्टा मोमिला र नेपाल पत्रकार महासंघ कोरियाका अध्यक्ष रघु त्रिपाठीको संयुक्त सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा महाकवि देवकोटाको इन्द्रेणी कविता कोरियाली कवि एवं चिकित्सक डा लीले प्रस्तुत गर्दै नेपाल प्राकृतिक दृष्टिलेमात्र सुन्दर नभई संस्कृतिमा पनि त्यत्तिकै सम्पन्न भएको विचार व्यक्त गर्नुभयो ।आयोजकका तर्फबाट अध्यक्ष मोमिलाले साहित्य, कला, संगीतको यो सहयात्रा नेपालमा पहिलोपटक त हुँदै हो भन्दै विश्वमा पनि पहिलो यात्रा हुनुपर्छ भन्ने धारणा व्यक्त गर्नुभयो । सह आयोजक महासंघका अध्यक्ष रघु त्रिपाठीले नेपाली श्रष्टाहरुलाई स्वागत गर्न र कोरियाको इतिहाँसमै अविस्मरणिय रहने अत्यन्तै शुन्दर कार्यक्रमलाई सफल पार्न आउँनुभएका कोरियन तथा नेपाली पाहँनाहरुलाई धन्यवाद ब्यक्त गर्नु भयो । त्यसै गरी सहआयोजक छावी चिवकी नेपाली आमा खुम हृयूनले नेपाली श्रष्टाहरु त्था सुकर्म समुहको प्रस्तुली हेरेपछि नेपाली कविहरु फुल मात्र नभै सृष्टिकै सुन्दर फुल भएको बताउँनु भयो ।छावी चिप, कोरिया र नेपाल पत्रकार महासंघ कोरिया शाखा सह आयोजक रहेको उक्त कार्यक्रममा छावी चिपकी नेपाली आमा ली खुम हृयून महासंघका अध्यक्ष रघु त्रिपाठी लगायत सहभागी कवि तथा कवयित्रीहरुलाई सम्मान गरिएको थियो ।कार्यक्रममा वरिष्ठ समालोचक एवं आख्यानकार प्रा.डा. गोविन्दराज भट्टराईले नेपाली साहित्यको विस्तारबारे कार्यपत्र प्रस्तुत गर्दै विश्व कलासाहित्य यात्राको शभारम्भ पूर्वबाट थालिएको र यसले अन्य मुलुकतर्फ पनि पाइला बढाउने बताउनुभयो ।ेनेपाली राजदूतावासका प्रतिनिधि, कोरियाली कवि, साहित्यकार, पत्रकार, चिकित्सक, समाजसेवी लगायत विविध क्षेत्रका कोरियालीहरुको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा कोरियामा रहेका नेपाली कविहरु तथा कोरियाली कवयित्रीले नेपालीमा कविता प्रस्तुत गरेका थिए ।यसअघि साउन पहिलो सातामा काठमाडौँमा पहिलो प्रस्तुतीको रुपमा काव्य महोत्सव आयोजना गरेको प्रतिष्ठानले दोस्रो कार्यक्रम हङ्कङ्मा प्रस्तुत गरिसकेको छ ।दक्षिण कोरियामा आयोजित तेस्रो काव्य महोत्वसवमा नेपाल पर्यटन बोर्डका कोरियाली प्रतिनिधि केपी सिटौला एनआर एन आइ सिसि प्रतिनिधी डा देवी बाहादुर बस्नेत र अनुवादक एवं लेखक महेश पौड्यालले सयूक्तरुपमा कवि महोत्सवलाई संन्चालन गर्दै कार्यक्रमबारे प्रकाश पार्नुभएको थियो । कार्यक्रमलाई सफल पार्नको लागी एन आर एन एनसिसि नेपाल पर्यटन वोर्ड कोरिया शाखा सोनसिक आपतकालीन नेपाली सेवा समिति लगायतका संघ सस्थाहरुले विशेष सहयोग गरेका थिए भने ब्यबसायी तथा समाजसेवी खगेन्द्र गुरुङ स्वतन्त्र पत्रकार तथा अनुवादक मोहन कार्की पत्रकार तथा समाजसेवी गिरिराज कुवँर तथा डा देवी बाहादूर बस्नेतले कार्यक्रमलाई ब्यवस्थापन गर्नकोलागी महत्वपूर्ण भुमिका निर्भाह गर्नु भएको थियो ।

बैठक बोलाउने बारे एमालेमा मतभेद/नेतृत्वमाथि दबाब

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
श्रावण १२ - प्रधानमन्त्री चुनावमा तटस्थ रहने कि नयाँ विकल्प खोज्ने भन्नेबारे एमाले केन्द्रीय कमिटी बैठक बोलाउन नेतृत्वमाथि दबाब परेको छ । संस्थापन पक्षले बैठक बसाल्नेतिर कुनै संकेत नदिएपछि आक्रोशसमेत बढेको छ । 'तटस्थ बस्नुपर्छ' भन्ने पक्षकै नेताहरूले समेत बैठक राख्नुपर्ने माग गरेका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल र केपी ओली पक्ष नेताहरूले भने गत ५ को चुनावलगत्तै बैठक माग गर्दै आएका थिए ।
बैठक नबस्दा दुई पक्षबीच अविश्वास बढ्दै गएको छ । स्रोतअनुसार अध्यक्ष झलनाथ खनाल १७ गतेअघि बैठक बोलाउने पक्षमा छैनन् । राष्ट्रिय सहमतिका लागि भन्दै एमाले यसअघिका दुईवटा चुनावी प्रक्रियामा तटस्थ बसेको थियो । अर्को चुनावमा पनि तटस्थ बस्ने उसको निर्णय कायमै छ । 'राष्ट्रिय सहमतिका लागि हस्तक्षेपकारी भूमिका निर्वाह गर्नै पनि कसरी जाने भन्ने थप स्पष्टता जरुरी छ,' एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले कान्तिपुरसँग भने, 'तटस्थ बस्ने भनेको सहमतिका लागि हो, त्यसैले अगाडिका सम्भावना के हुने भन्ने धारणा बनाउनु आवश्यक छ ।'

आइफोनले यौनकलालाई मूल्याङ्कन गर्ने

यौन सम्पर्कका बेला तपाइँको दक्षता कस्तो हुन्छ ? यसको बारेमा जान्ने उत्सुकता छ भने अब निश्चिन्त हुनुहोस्। आइफोनले एउटा यस्तो प्रविधि बनाएको छ, जसले तपाइको यौनकलालाई मूल्याङ्कन गर्नेछ। प्यासन नामक सफ्टवेयरको मद्दतले आइफोनबाटै तपाइँ यौन सम्पर्कका बेला आफ्नो मूल्याङ्कन गर्न सक्नुहुनेछ।
कसरी गर्छ आइफोनले मूल्याङ्कन?
तपाइलाई आफ्नो यौन कलाको मूल्याङ्कन गर्ने इच्छा लाग्यो भने प्यासनयुक्त आइफोनलाई यौनक्रिडास्थल वा छेउमा राखिदिनुहोस्। यसलाई तपाइँको घाटीमा भिर्न वा पेटीको सहायताले कम्मरमा बाध्न पनि सक्नुहुन्छ। कम्पनीले यो आइफोनलाई पेन्टको बगलीमा पनि राख्न सकिने बताएको छ। तर यौनक्रिडाका बेला धेरै व्यक्तिहरु कपडा खोल्ने भएकाले यो सल्लाह चाहि अलि उपयुक्त नहुसक्छ।तीनवटा आधारमा तपाइँको यौन क्रियालाई मूल्याङ्कन गर्न प्यासनले सहयोग गर्छ। आइफोनलाई उपयुक्त स्थानमा राखिसकेपछि यौनक्रिया सुरु गर्नुहोस्। यौनक्रिया सुरु गर्दा प्यासन सफ्टवेयरको आइफोन बटम क्लिक गरेर अन गर्न भने नभुल्नु होला। बटम क्लिक गरेपछि प्यासनले एस्सिलरोमिटर (मोसन सेन्सर) र माइक्रोफोनको माध्यमबाट तपाइको यौन क्रियाको मूल्याङ्कन गर्न थाल्नेछ। उसले तपाइँको मूल्याङ्कन तीन आधारमा गर्ने छ, एक-तपाई यौन क्रियाका बेला कत्तिको चिच्याउनु हुन्छ, दुई-तपाइँ कति लामो समय सम्म यौन क्रियामा सामेल हुन सक्नुहुन्छ र तीन- तपाइँ यौन क्रियाका बेला कस्तो गति (मोसन) मा हुनुहुन्छ।
राम्रो यौन कला, राम्रै स्कोर
यौनक्रिया सकिएपछि प्यासनयुक्त आइफोनको बटम बन्द गर्नुहोस्। तपाइँको यौन क्रियाको मूल्याङकन प्यासनले १० पूर्णाङ्कमा गरेको हुनेछ। अथवा तपाइलाई १ देखि १० नम्बर सम्ममा कुनै नम्बर प्राप्त भएको हुने छ। हरेका नम्बरका साथमा एक खास मूल्याङ्कन जनाउने वाक्य लेखिएको हुनेछ। तपाइँले नम्बर सँगै हेर्न सक्नुहुन्छ- तपाइको यौनक्रिया राम्रो छ, अति राम्रो छ, खराब छ वा अति खराब के छ ।
चिन्ता नलिनुस् खराब क्रियाका लागि पुनः मौका मिल्नेछ
यदि यौन क्रियाका बेला गरिएको मूल्याङ्कनप्रति तपाई खुशी हुनुहुन्न भने पनि तपाइँका लागि दोस्रो मौका सकिने छैन। तपाइँ दोस्रो पटक पनि यस्तो प्रयोग गर्न सक्नुहुनेछ। फेरि तपाइँ अनलाइन लिडरबोर्डमा आफ्नो स्कोर अपलोड गरेर दुनियाँका बाँकी लभ मेकर्सको यौनक्रिया स्कोरसँग तुलना पनि गर्न सक्नुहुनेछ।
पाँच डलरको प्यासन
यौनक्रियाको मूल्याङ्कन गर्ने रहर छ भने प्यासनलाई आफ्नो आइफोनमा डाउनलोड गर्न सक्नुहुन्छ। यसलाई एप्पलको एप्लिकेसन स्टोरले अनलाइनबाट बिक्री गरिरहेको छ। प्यासन किन्नका लागि तपाइले अन्तरार्ष्ट्रिय बजारमा ४.९९ डलर तिर्नुपर्नेछ।

Jul 27, 2010

भाषा आफै वोल्छ

दिल पालुङवा लिम्वु "नेपाल कुश्शा"

(केही लिम्वूजन्य शव्दहरु, तत्कालिन किरातकालको राज्य भाषा, भाषाविद् डा.जर्ज भ्याण्ड्रिमको अनुसार संसारको सवभन्दा पुरानो तथा चीनीया भाषाको पुरानो गुणहरु अझै जिवीत रहेको समृद्ध भाषा-लिम्वु भाषा)

नेपाल-मैदान वा समतल ठाउ ।
र्इनारुवा (र्इनरुवा)-घुम्दा फिर्दा मन नपराएको छोडेको ठाउ ।
वालाहा "वालावा"(र्इनरुवा दक्षिण रहेको ठाउ) - छ होला ।
पाटन (पातेन)-भाषण गर्ने स्थान,मञ्च ।
चावेल-अन्नपात राम्रो हुने ठाउ ।
वालाजु-पानी सिलीली वगेको (अवस्था) ठाउ ।
थानकोट (थाङ्फो)-माथि (भएको) ।
ट्याङ्ला (त्याङ्ला)-आएको ठाउ ।
चोभार(च्वाभार)-पानी छेकेको, खोलेको ठाउ, पानि भर्ने ठँउ ।
धादिङ (थादिङ)-डाडा देखिन्छ ।
तनहुं-तेनहाङ किराती राजाको राज्य ।
लमजुङ (लामजोङ)-वाटोको माथि किल्ला ।
पालुङ-मूल ढुंगा, पालुङ(वा) लिम्वु थर संग सम्वन्धित ।
नुवाकोट (नुवाकत)- राम्रो भएको ।
केरुङ- केरुङ थरी लिम्वु ।
चेपाङ-गरिखान छाडिएको स्थान (गाउ) ।
मुस्ताङ-तल लमतन्न परेको ठाउ ।
पाल्पा-वावुको ।
लिवाङ(रेल्पकाको)-लिवाङ थरी लिम्वु,लिवाङ गाउ,ताप्लेजुङमा पनि छ ।
अछाम(आसाम)-देवता ।
र्इलाम-घुमाउरो वाटो ।
झापा(चापा)-ध्रुतहरु वसेको ठाउ, कुदुङचापा लिम्वु राजाको देश ।
मोरङ-मोरङ वा मुङ्मावोरङ् लिम्वु राजाको देश ।
रंगेली (लाङ्गेली)-लामो हिड्नु पर्ने- लिम्वु भाषामा र र ल को उच्चारण एउटै शव्दको लागि पनि हुन्छ ।
कोशी -मरिन्छ है ।
नालान्दा (भारत)-पर निस्कने ठाउ (तत्कालिन समयमा जंगलको कारण) ।
चितवान-साह्रै मनपरेको ।
स्याङजा- रणभूमि
चङ्गवाङ्ग-डाँडा गाउ (चुङबाङ्ग)
वालिङ-पानी उम्रने ।
ताप्लेजुङ-ताप्ले राजाको जोङ (किल्ला),गुलेली आकारको ठाउ ।
संखुवासभा-थरको आदान-प्रदान
हरैचा-छिटोपाक्ने ठाउ ।
कञ्चनजंघा-सेञ्सेलुङ (सफा)।
मकालु-सेसेलुङ ।
सगरमाथा-चन्जनलुङ (सवभन्दा अग्लो ठाउ) ।
कुम्भकर्ण - फक्ताङलुङ्ग
थुम्-जिल्ला(तेह्रथुम्)
मेन्छ्यायेम-बयष्क अवस्था (महिला)
लुङ्गथाकी-वर्तमान नुनढाकी
मिल्के-झगडालु डाँडा
(स्रोत-मुजोत्लुङ, सेक्मुरीफुङ थक्लुङ तथा अन्य)

Jul 17, 2010

साझा नेपाली चाडः साउने सङ्क्रान्ति अर्थात् सिसेःक्पा तङ्नाम

डी. बी. आङ्बुङ लिम्बू
["सायद, धेरैजसोले आजसम्म बुझ्ने साउने सङ्क्रान्तिप्रतिको बुझाई 'काण्डरक' नामक राक्षसको पूजा गरी असारे हिलामैलोको समयमा छालामा लाग्ने रोग लुतो फाल्ने चाड हो । तर, नेपालमा आदिमकालदेखि बसिआएका विभिन्न आदिवासी/जनजातिहरु पूर्वका किरात लिम्बू, खम्बू तराइका थारु र पश्चिमका मगर, गुरुङ आदिले यो साउने सङ्क्रान्ति पर्वलाई केवल त्यही 'लुतो' फाल्ने चाडको रुपमा मात्र मान्दैनन् ।"]
साउन १ गते साउने सङ्क्रान्ति पर्व । यो पर्व प्रायजसो सबै नेपालीको चाड हो । स्वदेश तथा विदेशमा रहने नेपालीहरुले साउने सङ्क्रान्ति पर्व आ-आफ्नै साँस्कृतिक मान्यता र परिस्थितिअनुसार मनाउने गर्दछन् । यसको मौलिक विशेषता के हो भने विभिन्न धार्मिक-साँस्कृतिक समुदाय अनुसार साउने सङ्क्रान्ति पर्वलाई बुझ्ने र मनाउने तौर तरिकाहरु पनि केही भिन्न छन् । ती भिन्नताले भिन्दाभिन्दै किसिमका साँस्कृतिक सन्देशहरु दिन्छन् । यस्ता भिन्नता र समानताहरुलाई सही तवरले बुझ्न नसक्दा चाडपर्वहरु र यसप्रतिका सकारात्मक सन्देश वा प्रभावहरु पनि एकापसमा बाझिएर खप्टिन गई विरोधाभासपूर्ण तरिकाले अलमल्लमा परेजस्तो लाग्न सक्छन् । यसर्थ, अबदेखि यस्ता धार्मिक-साँस्कृतिक महत्व राख्ने चाडपर्वहरुप्रतिको हेराइ बुझाइ विश्लेषण वा सम्प्रेषण गराईमा पनि पुनर्संरचना हुन आवश्यक छ । आजसम्म, राष्ट्रव्यापीरुपमा आएका साउने सङ्क्रान्तिपर्वप्रतिका अभिलेख तथा सम्प्रेषणहरु केवल एउटै जाति वर्ग र धार्मिक-साँस्कृतिक समुदायको मान्यता एवम् चिन्तन विशेषमामात्र केन्द्रित् छन् । अब यी र यस्ता चाडपर्वहरुलाई सबै नेपालीको साझा चाडको रुपमा विकसित गरी धार्मिक-साँस्कृतिक सहिष्णुता कायम गराउने हो भने राष्ट्रिय तहका विभिन्न सञ्चारमाध्यमहरुले विशेष अभियानको रुपमा विभिन्न जाति, वर्ग र समुदायमा गई कुन मुल्य-मान्यताको आधारमा कसरी मानी-बुझिल्याएका रहेछन् भनेर खोजी गरी प्रकाशमा ल्याउनु अपरिहार्य छ । सायद, धेरैजसोले आजसम्म बुझ्ने साउने सङ्क्रान्तिप्रतिको बुझाई 'काण्डरक' नामक राक्षसको पूजा गरी असारे हिलामैलोको समयमा छालामा लाग्ने रोग लुतो फाल्ने चाड हो । तर, नेपालमा आदिमकालदेखि बसिआएका विभिन्न आदिवासी/जनजातिहरु पूर्वका किरात लिम्बू, खम्बू तराइका थारु र पश्चिमका मगर, गुरुङ आदिले यो साउने सङ्क्रान्ति पर्वलाई केवल त्यही 'लुतो' फाल्ने चाडको रुपमा मात्र मान्दैनन् । किरात समुदायमा 'काण्डरक' राक्षसभन्दा फरक प्रसङ्गमा 'माङहाङ' नामक एक आदिम पूर्खा वा राजनेता र उनको जनतामा आइपरेको दैवीप्रकोप तथा सामना गर्नुपरेको अनिकालको कारुणिक कहानीसँग यो साउने सङ्क्रान्ति पर्वले तादात्म्यता राख्दछ । यसर्थ, यो चाडलाई प्रकृतिको पूजा पूर्खाको सम्झना-सम्मान तथा विगत र वर्तमानको समीक्षा गर्ने र भविष्यको योजना बनाउने पर्वको रुपमा पनि मान्ने गरिन्छ । नेपालको पूर्वमा लिम्बुवान, खम्बुवानतिर साउने सङ्क्रान्तिको दिन बिहानै खेतबारी वा नजिकको वन-जङ्गलतिर गई साउने सङ्क्रान्तिका लागि आवश्यक अन्न, फल, फूल र पात(च्योङ्हरु) सङ्कलन गरी ल्याउने गरिन्छ । दिउँसो हरियो बाबियोको डोरी बाटी त्यसमा लहरै सिउरेर घरको मूलढोकामाथि वरिपरि टाँगेर झुण्ड्याउने चलन रहिआएको छ । सबै परिवार मिलेर अलिक सबेरै आफ्नो घरमा जे भएको अन्न, फलफूल र अन्य परिकारको खानपिन खाएर रमाइलो गर्दछन् । साउने सङ्क्रान्तिको दिन साँझपख गाउँघरमा मिठो-मसिनो खानपिन खाइपिइसकेपछि वरपर, तलमाथि, वारिपारि सबैतिर एक्कासी बन्दुकहरु पड्कन्छन् । थाल, झयाम्टा, नाङ्लो र ढोलहरु बज्छन् । प्रत्येक घरका हिँडडुल गर्नसक्ने बच्चादेखि युवा-युवतीहरुले घरमुली बुढापाकाको निर्देशन र उत्प्रेरणामा घरभित्रका सबै ठाउँ र घरवरिपरिसमेत घुमेर यी सामग्रीहरु बजाउँदै केही खराब तत्वलाई घरभित्रबाट बाहिरतिर खेदाएर निकालेका हुन्छन् । यसरी खराब कुरालाई खेदाइरहेको बेला कुनै भूभप्रेत वा भौतिक शत्रू चोर, डाका आदिलाई खेदाइएका हुँदैनन् । विचरा किसानका छोराछोरीहरुले आफ्नै मातृभाषामा 'सङ्क्रान्ति जाऊ मङ्ग्रान्ति आऊ; अनिकाल जाऊ सहकाल आऊ' भन्ने आदि भावमा 'अनिकाल वा दुःख-पीडा' लाई त्यसरी पर्वको रुपमा मनाउँदै खेदाएर रमाएका हुन्छन् । यसैगरी, उनीहरुले घरपरिवारमा रहेको बाझोजुझो गाउँघरमा रहेको सामाजिक-साँस्कृतिक विकृति-विसंगति र सिङ्गो राष्ट्रमा व्याप्त राजनीतिक अस्थिरता द्वन्द्व र अशान्ति आदिको अन्त्यको कामना र प्रार्थना गरेका शब्द भावहरु पनि प्रकट गर्दै सङ्क्रान्तिसँगै खेदाउन घरमुलीहरुले आग्रह गरेकाहुन्छन् । अर्थात् अब त नयाँ अन्नबाली र फलफूलहरु पाके । यसकारण, अब हामी कम्तीमा ६ महिना माघे सङ्क्रान्तिसम्म बाँच्ने भयौं भनेर रमाएका हुन् रे उनीहरु । त्यस्तै संयोगवस नेपालमा पुरानो आर्थिक वर्षको समाप्ती र नयाँ आर्थिक वर्षको शुभाराम्भ पनि यही साउने १ गतेबाट हुने हुनाले अब सामाजिक-साँस्कृतिक रुपमै कहाँ के कति राजनीतिक रुपमा राम्रा काम र नरम्रा भ्रष्टाचार भए भनेर समीक्षा गर्ने पर्वको रुपमा पनि यो चाडलाई विकसित गरेर लान सकिन्छ । वैज्ञानिक मतमा साउने संक्रान्तिको दिनलाई 'कर्कट सङ्क्रान्ति' पनि भनिन्छ । यो दिन सूर्य दक्षिणायनतिर सङ्क्रमण भई कर्कट रेखामाथि पुग्ने हुनाले साउने सङ्क्रान्तिको दिनलाई कर्कट क्रान्ति/सङ्क्रान्ति पनि भन्ने गरिन्छ । यही कारण यो दिनमा वर्षको सबैभन्दा लामो दिन र छोटो रात पनि हुने विश्वास गरिन्छ । परम्परागत रुपमा एक हिसाबले यो साउने सङ्क्रान्तिको दिनबाट वर्षायामको अन्त भई हिउँदको प्रारम्भ हुन्छ भन्ने मान्यता रहिआएको छ ।विशेषगरी हिन्दू सम्प्रदायमा साउने सङ्क्रान्तिको दिन नासपाति कागती, निबुवा, अम्बा, अनार फलफूल आदि चढाई काण्डरक राक्षसको पूजा गरेमा दाद लुतो खटिराजस्ता विभिन्न रोगहरुबाट मुक्त भइन्छ भन्ने विश्वास छ । साथै कुकुरडाइनो, कागभलायो, कुरिलो, सिस्नो, पानीसरो, देवीसरो, पुरेनी र गलेनीजस्ता औषधिका रुपमा प्रयोग हुने वनस्पतिको आगो बालेर ताप्ने तथा आ-आफ्ना घर आँगनबाट चारै दिशामा अगुल्टोद्वारा लुतो फाल्ने गरिन्छ । यही साउन महिनालाई हिन्दू महिलाहरुले विशेष पर्वको रुपमा मनाउने गर्दछन् । महिलाहरुले आफ्ना पतिको सुस्वास्थ्य र दीर्घायुको लागि शिवजीको बर्त बस्ने र हातमा मेहन्दी लगाई साउनभरि हरियो चुरा लगाए पतिको सुरक्षा हुने विश्वास पनि गरिन्छ । तर, यो मान्यता आदिवासी समुदायमा त्यति पाइँदैन ।कृषिप्रधान राष्ट्र नेपालमा कृषकहरु दिनरात माना खाएर मुरी उब्जाउने काममा लागिरहेको बेला सरकारले कुनै सहयोग वा राहतहरु त दिएको पाइँदैन । तर, यही बीचमा पनि हिमाल पहाड र तराई सबैतिरका किसानहरुले यो साउने सङ्क्रान्तिलाई एकदिन भए पनि पर्वको रुपमा मनाई अलिक सुविस्तामा सबै परिवार एकसाथ भई मिठा खानेपिन खाएर रमाइलो गर्ने गर्दछन् । त्यसैले यो साउने सङ्क्रान्ति नेपाली किसानहरुको महान चाड हो पनि भन्न सकिन्छ ।यो साउने सङ्क्रान्ति पर्वलाई आजकल स्वदेशमा मात्र नभएर विदेश हङकङ, युके, यु एस ए, अष्टेलिया र खाडीमुलुक आदि ठाउँमा पनि आफ्नो सुविधा र परिस्थिति अनुसार नेपालीहरु एक भई पार्टी वा वनभोजको आयोजना गरी हर्षल्लासका साथ आफ्नो संस्कृति र मातृभूमि नेपालको सम्झना गर्दै मनाउने गर्दछन् । नेपालभित्र मगरहरुले साउने सङ्क्रान्ति र माघे सङ्क्रान्तिलाई महान पर्वको रुपमा मनाउने गर्दछन् । साउने सङ्क्रान्तिलाई 'हिउँद लाग्यो अब बाँचिन्छ र राम्रो हुन्छ' भनी मनाउँछन् भने माघे सङ्क्रान्तिलाई 'वर्षा लाग्यो अब मरिन्छ कि बाँचिन्छ' भनी मनाउने गर्दछन् । अर्थात् माघे सङ्क्रान्ति 'मरिन्छ कि' भनेर मनाउने हो भने साउने सङ्क्रान्ति 'लौ बाँचियो' भनेर मनाउने हो । थकाली आदिवासी जनजातिको परम्परागत धर्म-सङ्गठन मुखियाप्रणाली हो । यो सामाजिकि संस्थाले पनि साउने सङ्क्रान्तिको दिनमा एक दिन त्यो समुदायलाई चाड मान्ने र जूवातास खेल्नसमेत छुट दिने गरेको छ । तर अरु दिनमा पनि जूवातास खेलिएमा त्यही संस्थाले नै दण्ड वा जरिवाना गर्ने चलनसमेत रहेको छ । त्यसैगरी तमु-गुरुङ बरामु माझी जिरेल छन्त्याल याक्खा सुनुवार आदि जातिले पनि आफ्नै तरिकाले साउने संक्रान्ति मनाउने गर्दछन् । पूर्वी तराईका आदिवासी धिमालहरुले असारको अन्तिम मसान्तको दिनलाई जेठदेखि मानिल्याएको सिर्जात वा असारे पूजा र धङधङगे मेलाको समापन गर्न विशेष चाडको रुपमा मनाउने गर्दछन् । पश्चिम कर्णालीको हुम्ला जुम्लातिर देउडा गीत र नाचलाई आफ्नो विशेष साँस्कृतिक नीधिको रुपमा मान्ने आइडी जातिहरुले पनि यो साउने सङ्क्रान्ति पर्वलाई आफ्नै तरिकाले बलिरहेको अगुल्टोलाई दक्षिणतिर हानी पठाएर आफ्नै भाषामा देवतालाई सम्बोधन गरी ''वरिपरिका नराम्रा रोगव्याधहरु सबै हटिजाऊ दुर्भाग्यको प्रतीक रातो गोरु निस्किजा, शुभलक्षण वा सौभाग्यको प्रतीक सेतो गोरु भित्र आऊ, अनिकाल जा सहकाल आइज" भन्ने भावमा कराउँदै नराम्रो कुराहरु खेदाइ पठाएर साउने सङ्क्रान्ति मान्ने गर्दछन् ।पृथ्बीको निश्चित भूभागमा प्राकृतिक तथा मौसमी परिवर्तनका विशेष समय वा दिनलाई त्यहाँका सबै मानव समुदायले आ-आफ्नै तरिकाले बुझेर ग्रहण गरिल्याएका हुन्छन् । त्यही मौलिक बुझाइ र ग्रहण गराइअनुसार नै त्यस घटना वा विशेष समयप्रतिको मान्यताहरु विकसित गरी ल्याएका हुन्छन् । कतिपय तिनै मान्यताहरुले नै सामुहिक मान्यताको रुपधारण गर्दै विशेष चाड वा पर्वको मान्यता पाउँदछन् । यसमा सापेक्ष वैज्ञानिकता र सत्यताको खोजीसँगै एकापसमा राम्रो वा नराम्रो जे जस्तो लागे पनि सबैलाई समान मान्यता र अवसर दिएर संरक्षण गर्दै लैजाने कर्तव्य र जिम्मेवारी सम्वद्धजाति धार्मिक वा साँस्कृतिक समुदाय र सरकारकोसमेत हुन्छ । साउने सङ्क्रान्तिको हकमा यो सबै जाति वर्ग समुदाय र क्षेत्रको साझा चाड भएकोले यसलाई सबै नेपालीको साझा पर्वको रुपमा स्वीकार गरी नेपाल सरकारले सार्वजनिक विदा घोषणा गरेर यसको सम्मान र सम्बोधन गर्नुपर्दछ ।

Jul 3, 2010

फ्रान्समा जन्म, अर्जेन्टिनामा हिट

सन् २००४ मा गोन्जालो गेरार्डो हिगुइन १६ वर्षका थिए। उनी त्यतिबेला अर्जेन्टिनाको चर्चित रिभर प्लेट क्लबबाट पहिलोपल्ट खेल्न अनुबन्धित हुँदै थिए। क्लबका प्रशिक्षक थिए, सन् १९७८ को विश्वकप विजेता अर्जेन्टिनी टोलीका सदस्य तथा १९९८ विश्वकपमा अर्जेन्टिनी टोलीका प्रशिक्षक, डानियल पासारेला।
उनले त्यतिबेलै हिगुइनबारे भविष्यवाणी गरेका थिए- 'यो केटाको राम्रो भविष्य छ। र, यसमा स्टार बन्ने खुबी छ।'
पासारेलाले भविष्यवाणी गरेको ३ वर्षभित्रै युरोपको महंगो क्लब रियल म्याड्रिडले ६ फिट १ इन्च अग्ला यी स्ट्राइकरप्रति आसक्तिमात्र देखाएन, १९ वर्षे हिगुइनलाई किन्न रिभर प्लेटलाई १ करोड ३० लाख युरो तिर्न राजी भयो। उनका लागि सुरुमा रियल म्याड्रिडले १ करोडको प्रस्ताव राखेको थियो। तर, रिभर प्लेटले त्यो रकम ठाडै अस्वीकार गरेपछि रियल म्याड्रिड हिगुइनका लागि ३० लाख युरो थप्न बाध्य भयो। वास्तवमा रियल म्याड्रिड हिगुइनलाई अनुबन्धित गर्ने निर्णयमा त्यतिबेला पुगेको थियो, जब उनले सन् २००६ को एउटा घरेलु लिगमा रिभर प्लेटका चिरप्रतिद्वन्द्वी बोका जुनियर्सलाई ३-१ गोलले हराउन २ उत्कृष्ट गोल गरेका थिए।
रिभर प्लेटकै पूर्व सेन्टर डिफेन्डर आफ्ना बुवा जर्जे निकोलासका कारण फ्रान्सको नागरिकता बोक्न बाध्य हिगुइन अहिले दक्षिण अफ्रिकामा आयोजना भइरहेको २०१० विश्वकप फुटबलका सबभन्दा आकर्षक अर्जेन्टिनी स्ट्राइकर हुन्। उनले यो विश्वकपका ४ खेलमा ४ गोल गरिसकेका छन्। र, अहिले स्पेनका डेभिड भिल्ला र प्रतियोगिताबाट बाहिर भइसकेको स्लोभाकियाका रोबर्ट भिटेकसँगै सर्वाधिक गोल गर्ने खेलाडीको पंक्तिमा छन्।
हिगुइनका बुवा जर्जे व्यावसायिक फुटबल खेल्न सन् १९८७ मा फ्रान्सको स्टेड ब्रेस्टोइस २९ क्लबमा आबद्ध हुँदा उनको जन्म ब्रेस्टमा भएको थियो। हिगुइनकी आमा नान्सी जाकारिस कलाकार थिइन्।
जर्जेले १ वर्ष फ्रान्सबाट व्यावसायिक फुटबल खेल्ने क्रममा आफ्नो परिवारको सुन्दर भविष्यको कल्पना गर्दै फ्रान्सको दोहोरो नागरिकता स्वीकार गरेका थिए। तर, अर्को वर्ष रिभर प्लेट फर्किने क्रममा १० महिनाका गोन्जालो हिगुइन पनि परिवारसँगै अर्जेन्टिना फर्किएका थिए। उनी १० वर्ष फ्रान्स आएनन्। सन् १९९८ को विश्वकपपछि उनी पहिलोपल्ट फ्रान्स फर्किएका थिए। त्यतिबेला फ्रान्सको नागरिक भए पनि उनलाई फ्रेन्च भाषामा कुरा गर्न आउँदैनथ्यो।
रियल म्याड्रिडको अनुबन्धनसँगै एकाएक चर्चामा छाएका हिगुइनलाई फ्रान्सका हालका प्रशिक्षक रेमोन्ड डोमेनेचले सन् २००६ पछि नै आफ्नो टोलीमा समावेश गर्न ठूलो प्रयास गरेका थिए। तर, उनले डोमेनेचको प्रस्ताव ठाडै अस्वीकार गरे। डोमेनेचले त्यतिबेला हिगुइनलाई फ्रान्सको राष्ट्रिय टोलीमा समावेश गराए उनको स्थान अर्जेन्टिनामा जन्मिएका पूर्व स्टार खेलाडी डेभिड ट्रेजेगुएटजस्तै हुने आश्वासन दिएका थिए। उनले फ्रेन्च टोलीमा २६ नम्बर जर्सी लगाएर खेल्ने ट्रेजेगुएटको जर्सी हिगुइनलाई सर्म्पण गर्ने बताएका थिए। हुन त उनलाई यति नै बेला अर्जेन्टिनाबाट खेल्न डिएगो म्याराडोनाअघि राष्ट्रिय टोली सम्हालेका अल्फो बासेलले पनि प्रस्ताव राखेका थिए। त्यतिबेला हिगुइनले यी दुवै प्रशिक्षकको प्रस्ताव अस्वीकार गरेका थिए। तर, फ्रान्सले पछ्याइरहेकै बेला उनले सन् २००७ जनवरीमा अर्जेन्टिनाको नागरिकता पाउन निवेदन हालेपछि फ्रान्सका सबै प्रयास असफल भएका थिए।
हिगुइनलाई अर्जेन्टिनाले अन्तर्राष्ट्रिय खेल खेल्न सन् २००८ मा देश बोलाएको थियो। उनलाई पहिलो अन्तर्राष्ट्रिय खेलका रूपमा त्यही वर्ष ओलम्पिकको तयारी स्वरुप ग्वाटेमालाविरुद्ध मैत्रीपूर्ण खेलमा बोलाइएको थियो। ५-० ले अर्जेन्टिना विजयी भएको त्यो खेलमा हिगुइनले २ गोल गरेका थिए। तर, फिफाले त्यो मैत्रीपूर्ण खेललाई मान्यता नदिएपछि उनको पहिलो अन्तर्राष्ट्रिय गोलको कीर्तिमान ओझल पर्‍यो।
डिएगो म्याराडोनाले सन् २०१० को विश्वकप छनोट खेलमा पहिले हिगुइनलाई राष्ट्रिय टोलीमा समावेश गर्न मानेका थिएनन्। उनले हिगुइनको खेलमा दक्षिण अमेरिकी स्टाइल नभएको भन्दै टोलीमा राख्न अस्वीकार गर्दै आइरहेका थिए। हिगुइनलाई अहिले पनि त्यही आरोप लाग्ने गर्छ।
तर, विश्वकप छनोटमा अर्जेन्टिनाको खराब प्रदर्शनपछि म्याराडोनामाथि हिगुइनलाई टोलीमा समावेश गर्ने दबाब बढ्न थालेको थियो। म्याराडोनाले पेरु र उरुग्वेविरुद्ध २ वटा छनोट खेलमा हिगुइनलाई स्थान दिएका थिए। हिगुइनले पेरुविरुद्ध २-१ ले विजयी खेलमा अर्जेन्टिनाबाट डेब्यु गर्ने क्रममा ४९ औं मिनेटमा गोल गरेका थिए। अन्तिम समय अर्जेन्टिना विश्वकपमा छनोट भएपछि म्याराडोनाले आफ्नो टोलीमा हिगुइनलाई पनि मौका दिए। हिगुइन दक्षिण कोरियाविरुद्ध लिग चरणको खेलमा ह्याटि्रक गर्ने क्रममा सन् २००२ पछि विश्वकपमा यो उपलब्धि चुम्ने पहिलो खेलाडी बन्न पुगेका छन्। उनी अर्जेन्टिनाका गुइलेर्मो इस्टाबेल (सन् १९३०) र गाब्रियल बाटिस्टुटा (सन् १९९४, १९९८) पछि विश्वकपमा ह्याट्रिक गर्ने तेस्रो अर्जेन्टिनी खेलाडीसमेत बन्न पुगे।
स्पेनी नागरिक पेड्रो आरिको सुआरेज (१९३० विश्वकप) र पाराग्वेका नागरिक कोस्टान्टिनो उरिबेटा सोसा (सन् १९३४ विश्वकप) पछि तेस्रो विदेशी नागरिकता भएको खेलाडीका रूपमा अर्जेन्टिनाबाट विश्वकप खेलिरहेका हिगुइनका लागि अहिले विश्वका थुप्रै महंगा क्लब उच्च रकम तिर्न तयार देखिन्छन्। तर, रियल म्याड्रिड आफ्नो २२ वर्षे स्टार स्ट्राइकरलाई बेच्न तत्काल तयार देखिँदैन। उनलाई इङ्ल्यान्डको म्यानचेस्टर युनाइटेड क्लबले अनुबन्धनका लागि २ करोड ५० लाख रुपैयाँ खर्चिने बताइसकेको छ। म्याड्रिड भने यति पैसामा उनलाई बेच्न तयार छैन।

केही अनौठा तथ्य

- हिटलर र नेपोलियन दुवैका एक-एकवटा मात्र अण्डकोष थिए ।
- अमेरिकामा प्रत्येक दिन औसत ५ सय विज्ञापन प्रकाशित हुन्छन् ।
- रोममा एकचोटि अदालतमा एक व्यक्तिले बयान दिँदा आफ्नो अण्डकोषको कसम खाएको थियो ।
- सन् १९७३ सम्म अमेरिकाकी साइकियाटि्रक एसोसिएसनले समलैंगिकतालाई मानसिक रोगको सूचीमा राखेको थियो ।
- हरिण सिकार गरिरहेका पेला कसैको कानमा गएर फुस्फुसाउनु अलास्कामा गैरकानुनी मानिन्छ ।
- खाएको खाना पूर्णरूपमा पचाउन तपाईंको शरीरलाई ४८ घन्टा लाग्छ ।
- विलोडेलको कानुनअनुसार यौनसम्पर्कका वेला लोग्नेमानिसले फोहोरी बोल्न पाउँदैन ।
- मह यस्तो एक मात्र खानेकुरा हो जुन कहिले पनि बिग्रीदैन ।
- मानवशरीरमा रहेका टेपवर्म २२.९ मिटरसम्म बढ्न सक्छन् ।
- प्रत्येक सयजनामध्ये दुईजना महिला एउटा अतिरिक्त निप्पल (दूधको मुन्टो) लिएर जन्मेका हुन्छन् ।
- जिराफलाई टेलिफोनको पोल वा सडकबत्तीको पोलमा बाँध्न एट्लान्टामा निषेध छ ।
- मानिस एक मात्र प्राणी हो जो भावना प्रकट गर्न हाँस्ने गर्छ ।
- बेलायतमा १९औँ शताब्दीमा आत्महत्यामा असफल हुनेलाई झुन्ड्याइन्थ्यो ।
- एउटा औसत अमेरिकी राष्ट्रपतिले आफ्नो जीवनभरि ५० टनभन्दा बढी खाना खान्छ भने १३ हजार ग्यालिन तरल पदार्थ पिउँछ ।
- सन् १३८६ मा बच्चा मारेको कसुरमा एउटा सुँगुरलाई सार्वजनिक ठाउँमा झुन्ड्याएर मृत्युदण्ड दिइएको थियो ।
- क्यालिफोर्नियामा स्कुल वा धार्मिकस्थलभन्दा १५ सय फिट वरपर जनावरलाई यौनक्रिया गराउन प्रतिबन्धित छ ।
- हाम्सटरले एकचोटिमा एउटा आँखा झिम्क्याउँछन् ।
- यदि कुनै मानिसको कलेजोको दुईतिहाइ भाग सर्जरी गरेर निकालियो भने चार साताभित्र बढेर पुरानै आकारमा आउँछ ।
- मानिसको तिघ्राको हड्डी पत्थरभन्दा कडा हुन्छ, अर्कान्ससमा नीला बल्व किन्न र बेच्न प्रतिबन्ध छ । - बिच्छीको शरीरमा थोरै रक्सी खन्याइदियो भने कि यो बहुलाउँछ कि मर्छ ।
- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिंकनलाई जब भनियो कि जनरल ग्रान्टले सैनिक टुकडीको नेतृत्व गर्दा हि्वस्की पिएका थिए, उनले जवाफ दिए, 'त्यसको ब्रान्ड पत्ता लगाऊ, म अरू जनरललाई पनि दिन चाहन्छु ।'

Jul 1, 2010

किरात याक्थुङ चुम्लुङ हङकङको उदेश्य र गतिविधिहरु

नन्द चङसु लिम्बू
हङकङमा रहेका सम्पूर्ण लिम्बूहरुलाई संगठित गरि अनेकतामा एकता कायम गर्दै लिम्बूहरुको सर्वाङ्गीय हितको निमित्त एउटा बिकसित तथा समृद्ध समाजको निर्माण गर्नुका साथै लिम्बू भाषा, लिपी, कला, साहित्य, संस्कृति, मुन्धुम तथा र्इतिहास र पुरातात्विक सम्पदाहरुको संरक्षण संवर्द्धन र विकासको लागि सदैव क्रियाशिल रहि विभिन्न समुदाय तथा संघ संस्थाबिच सामाजिक सद्भावना र आपसी सहयोगको भावना अभिवृद्धि गर्दै हङकङसंग सम्बन्धित विभिन्न विषयमा जानकारी गर्न गराउन गैर सरकारी, गैर राजनीतिक, गैर नाफामुखी, एउटा विशुद्ध सामाजिक संस्थाको सञ्चालन गर्ने उदेश्यले सन् १९९६ मा किरात याक्थुङ चुम्लुङ हङकङ, हङकङमा स्थापना भएको कुरा सर्वविदितै छ । बिगत १५ वर्षदेखि हङकङमा क्रियाशिल चुम्लुङलाई यहाँ रहेका तमाम लिम्बू तथा नेपालीहरुको अमूल्य सहयोगले आफ्नो जातिय संगठनलाई सकृय तुल्याउदै हङकङमा रहेका नेपाली समुदायको साझा सवालहरुको निमित्त हङकङ नेपाली महासंघ साथै जातीय पहिचान तथा संस्कृतिक विविधताको संरक्षण र विकासको लागि आदिवासी जनजाति महासंघ हङकङको सदस्य संस्थाको रुपमा रहि सदस्य संगठनको काम, कर्तब्य र अधिकारको ख्याल रार्ख्र्दै सकृय रुपमा सहयोग गर्दै आईरहेकोछ । किरात याक्थुङ चुम्लुङ विशुद्ध सामाजिक एवंम जातीय संस्था भएको नाताले हङकङमा रहेका लिम्बू समुदायको हितको निमित्त बढि सकृय रहि विभिन्न कार्यहरु सम्पन्न गर्दै आईरहेकोछ । लिम्बूहरु नेपालको आदिवासी, मूलवासी अनि त्यहा“को भूमिपुत्र भएकाले ऐतिहासीक कालदेखि मान्दै ल्याएको मौलिक संस्कृतिले सम्पन्न छन् । त्यसो भएको हुनाले हङकङमा पनि लिम्बू संस्कृतिको विकासको लागि नभुलौं आफ्नो राष्ट्र, भाषा, लिपी, संस्कृति तथा जातीय उत्थानका लागि समर्पित ब्यक्तित्वहरुलाई” भन्ने उदेश्यका साथ स्थापित किरात याक्थुङ चुम्लुङ हङकङको सातौं महाधिवेशनबाट मलाई पनि कार्य समितिमा रहेर काम गर्ने सुनौलो अवसर प्राप्त भयो । मलाई विश्वास गरि यो अवसर दिनुहुने सबैमा आभार तथा कृतज्ञता व्यक्त गर्दछु । साथै ४,जुलाई २०१० को दिन सम्पन्न हुन गईरहेको आठौं महाधिवेशनबाट सक्षम नेतृत्वको चयन हुन सकोस भन्ने शुभकामना सहित तात्कालिन कार्यसमितिले दुर्इ वर्षको अवधिमा सम्पन्न गरेका कार्यहरुको सम्बन्धमा संक्षिप्त चर्चा गर्ने प्रयासलाई अन्यथा नलिईदिन हुन सबैमा म हार्दिक अनुरोध गर्दछु ७,जुन २००८ को दिन सम्पन्न महाधिवेशन पश्चात नया जोस, जागर र उत्साहका साथ पदिय दायित्वलाई आत्मसाथ गरि मनमुटाव रहित हङकङमा रहेका तमाम लिम्बूहरुको र्सवाङ्गीय हितको निमित्त योगदान दिने संकल्पका साथ कार्य आरम्भ गरियो । आर्थिक स्थिति नाजुक भएता पनि केहि गर्न सकिन्छ भन्ने कुरामा हामी विश्वस्त साथै उत्साहित भएकाले नव निर्वाचित समितिको हरेक पदाधिकारी तथा सदस्यहरुले हङकङ डलर एक १००० को दरले लेवि उठाउने निर्णय गर्दै पहिलो बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भयो । उक्त निर्णयले हामीलाई थप उर्जा मिल्यो त्यसपछि निवर्तमान कार्यसमिति,सल्लाहकार, क्षेत्रीय विभाग, खेलकुद विभाग, तथा सांस्कृतिक विभाग साथै सातौ महाधिवेशनका अध्यक्ष मण्डल, निर्वाचन मण्डल तथा मेलमिलाप समितिलाई नव कार्यसमितिको तर्फबाट २५, जुन २००८ को बेलुका नेपाल क्लवमा बिदाई तथा धन्यवाद कार्यक्रमको आयोजना गरिएको थियो ।कार्य क्षेत्रमा असामयिक निधन भएका ताप्लेजुङ निवासी स्वार्गीय मोहन कुमार मेन्याङवोको परिवारलाई हङकङ डलर ९,५०८ आर्थिक संकलन गरि ३ अगष्ट २००८ को दिन मेन्याङबो समाज हङकङलाई हस्तान्तरण गर्ने कार्य भयो । हङकङ नेपाली महासंघले बेर्इजिङ ओलम्पीकको समर्थनमा आयोजना गरेको वृहत साँस्कृतिक कार्यक्रममा चुम्लुङको तर्फबाट केलाङ र माङलाङ प्रस्तुत गरिएको थियो । २४, अगष्ट २००८ को दिन आदिवासी जनजाती महासंघ हङकङले आयोजना गरेको १४ औं विश्व आदिवासी दिवसको अवसरमा के लाङ सहित लिम्बुवानको ऐतिहासीक सम्पदाहरु फोटो प्रदर्शनी गरिको थियो । २५, सेप्टेम्बर २००८ को दिन सभासद विश्वदीप लिङदेनको सम्मानमा जोर्डन स्थित चेलीबेटी रेष्टुरेण्टमा अर्न्तरक्रिया तथा दिवाभोज कार्यक्रम सम्पन्न भयो । विगतका वर्ष रुपमा जस्तै येले तङ्वे ५०६८ सालको वलिहाङ तङनामको उपलक्क्षमा लारिङगेक, नामलिङगेक २८ अक्टोबर देखि ३१ सम्म खेलियो भने १५, नोभेम्बर २००८ को बेलुका चेलिबेटी रेष्टुरेण्टमा समापन गरिएको थियो । १० नोभेम्बर २००८ को बेलुका चेलीबेटी रेष्टुरेण्टमा विभूति महागुरु फाल्गुनन्द लिङदेन ज्यूको १२४ औं जन्म जयन्ती भब्य रुपमा सम्पन्न गरियो । चुम्लुङको पाँचौं कार्यसमितिले पात्रो प्रकाशन गर्ने निर्णय गरेता पनि विभिन्न कारणले प्रकाशन हुन नसकिरहेको अवश्थामा तात्कालिन समितिले २५, डिसेम्बर २००८ को दिन चासोक तङनाममा र्सार्वजनिक गरेको थियो । २५,डीसेम्बर २००८ को दिन मंकी हिलमा येले तङ्वे ५०६८ को चासोक तङ्नाम भब्यताका साथ सम्पन्न भयो । १४,जनवरी २००९ को बेलुका चुम्लुङको कार्यालयमा हङकङमा पहिलो पल्ट कुशङ तङ्वे (नयाँ वर्ष) ५०६९ को उपलक्क्षमा भब्य रुपमा कार्यक्रम सम्पन्न भयो । ८,फरवरी २००९ आईतबारको दिन मंकी हिलमा चुम्लुङले कलाकार तथा खेलाडीहरुको सम्मानमा एक कार्यक्रमको आयोजना गरि प्रशंसा-पत्र वितरण गरिएको भयो । १५,फरवरी २००९ मा सम्पन्न भएको नेपाल कपमा चुम्लुङ सहभागी भई उत्कृष्ठ खेल प्रदर्शन गरेको थियो । कोशी वाढीपिडीतहरुको सहयोगार्थ स्वरुप संकलित रकम हङकङ डलर २,९०० तथा ६ जेब्रा लक्ताकपडा २३, फरवरी २००९ को दिन हङकङ नेपाली महासंघ मार्फत नेपाल पठाउने कार्य भयो । साथै सोहि दिन सम्पन्न भएको बुढा सुब्बा कपमा चुम्लुङ सहभागी भई खेल पदर्शन गरेको थियो । २७, मार्च २००९ को दिन हङकङ पुलिस व्दारा मारिएका स्वार्गीय दिल बहादुर लिम्बूको सम्बन्धमा आयोजित र्यालीमा ५०० प्रति प्ले कार्ड र कालो पट्टी बनाउने कार्य भयो । साथै ७, जुन २००९ को दिन हुङहामको युनिभर्सल पार्लरमा श्रद्धाञ्जली अर्पण गर्न आउने मासलाई ब्यवस्थित गर्न स्वमसेवकको कार्य गर्नुका साथै हङकङ डलर ४,३१५ रकम संकलन गरि सहयोग गरिएको थियो । अगष्ट ९,२००९ को दिन आदिवासी जनजाति हङकङले आयोजना गरेको १५ औं विश्व आदिवासी दिवसमा चुम्लुङले केलाङ र हाक्पारे साम्लो सहित प्रतिनिधित्व गरेको थियो । अगष्ट १९,२००९ को दिन चुम्लुङको कार्यालयमा वृहत कार्यक्रमको साथमा चुम्लुङको वेवर्साईट उदघाटन गरिएको थियो । सेप्टेम्बर १३, २००९ को बेलुका याउ माते कम्यूनिटी हलमा लिम्बू कथानक चलचित्र चेसुङ भब्य रुपमा पर््रर्द्धशन गरिएको थियो । अक्टोबर १,२००९ को बेलुका मनकामना रेष्टुरेण्टमा चेसुङ चलचित्र निर्मात्री भिष्मा चेम्जोङ र शशी चेम्जोङलाई विदाई तथा सम्मान कार्यक्रमको आयोजना गरिएको थियो । येले तङ्वे ५०६९ को बलिहाङ तङ्नामको उपलक्क्षमा अक्टोबर १७,१८,१९ र २० गरि चार रात लारिङगेक-नामलिङगेक खेलिएको थियो । १,नोभेम्बर २००९ को दिन काउलन पार्कमा प्रथम श्रीजङघा स्मृति कप खेलाईएको थियो । स्मरण रहोस उक्त खेलमा १३ टिमले भाग लिएका थिए । ११,नोभेम्बर २००९ को बेलुका चुम्लुङको कार्यालयमा बिभूती महागुरु फाल्गुनन्द ज्यूको १२५ औं जन्मजयन्ती मनाईएको थियो । ६,डिसेम्बर २००९ को दिन मंकी हिलमा येले तङवे ५०७० को चासोक तङ्नाम भब्य रुपमा सम्पन्न गरिएको थियो । २७, डिसेम्बर २००९ को दिन हङकङ नेपाली कला मन्दिरले आयोजना गरेको नेपाली सप्ताह २००९ मा केलाङ सहित शोभायात्रामा चुम्लुङ सहभागी भएको थियो । १५, जनवरी २०१० को बेलुका चुम्लुङको कार्यालयमा येले तङ्बे ५०७० को कक्फेवा तङ्नाम मनाईएको थियो । ३१, जनवरी २०१० को बेलुका किरात राई यायोख्खा हङकङले आयोजना गरेको यलम्वर नाईट तेस्रोमा केलाङ सहित सहभागि भएको थियो । फरवरी ८, २०१० को बेलुका याक एण्ड यतिमा लक्स नेपाल स्टार २००६ विष्णु चम्जोङ तथा श्रेया सोताङ र नविन र्राईको सम्मानमा सांगीतिक भेटघाट कार्यक्रम सम्पन्न गरिएको थियो । ५, जुन २०१० को बेलुका पाकिस्तान क्लवमा चुम्लुङको १५ औं वाषिर्क कार्यक्रमको अवसरमा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति वैरागी काइलालाई अभिनन्दन तथा चुम्लुङलाई योगदान दिने विभिन्न लिम्बू ब्यतित्वहरुलाई सम्मान गरिएको थियो । १३,जुन २०१० को दिन मंकी हिलमा चुम्लुङको संयोजनमा संयुक्त लिम्बुवान मोर्चा हङकङको आयोजनामा वृहत सभा तथा जनजागरण कार्यक्रम सम्पन्न भएको थियो । अन्त्यमा, हङकङमा रहेका लिम्बू तथा नेपालीहरुको सर्वाङ्गीय हितको निमित्त समाज सेवा गर्ने अवसर कतिको उपलब्धीमुलक रहयो सो सम्बन्धमा यहाहरुले मूल्याङ्कन गरि सुझाव दिनुहोला भन्ने अपेक्षा राख्दै विदा चाहान्छु । धन्यवाद ।
लेखक किरात याक्थुङ चुम्लुङ हङकङको सचिव हुनुहुन्छ ।

जातीय स्वायत्त राज्यहरु नै किन ?

भूपेन्द्र चेम्जोङ
नेपाल वहुजाति, वहुभाषिक,वहुसाँस्कृति तथा वहुधर्मीहरुको देश हो । ती सवै जात जातिको समुचित तथा समानुपातिक विकास नभएसम्म देशको विकास हुन सक्दैन । ती सम्पूर्ण जाति तथा समुदाय राज्यको मूलधारमा प्रवेश गराउन जातिहरु संरक्षित स्वायत्त राज्यहरुको अर्को विकल्प छैन । २४० वर्षसम्म एकात्मक राज्यले जातीय, भाषिक, साँस्कृतिक तथा धार्मिक रुपमा पछाडि पारेका जातिहरुको उत्थान केवल जातीय स्वशासन सहितको संघीय नेपाल भित्रमात्र सम्भव छ । नेपालका आदिवासी जनजातिहरुलाई हिन्दू एकाधिकारवादी निरंकुश राज्यसत्ताव्दारा युगौयुगदेखि धार्मिक,साँस्कृतिक,शैक्षिक,सामाजिक तथा सवै खाले अन्यायमा पारिएपछि मानसिक रुपमा पीडा खेपिरहको ती आदिवासी जनजातिहरुसंग राज्यले प्रायश्चित गर्ने वेला पनि यतिखेर नै हो । अव वन्ने राज्यसत्ता साँचै जनताको वन्ने हो भने ती राज्यले जिम्मेवारीको हिसावले अघिल्ला निरंकुश तथा एकात्मक राज्यले गरेको अन्यायको लागि ती आदिवासी जनजातिहरुसंग माफी माग्नु पर्दछ । करोडौं अग्रजहरु जसले समकक्षी उच्च जातजातिहरु समान अधिकार नपाउँदै जीनवलीला समाप्त गरे । उनीहरुको आत्माको शान्तिको लागि उनीहरुको सन्तलिहरुलाई अव राज्यले उनीहरुको नाममा जातिय स्वायत्तता राज्यहरु घोषणा गरेर सम्मान गर्नुपर्दछ । भेदभावको अन्त्य केवल अर्काको सम्मानवाट शुरु हुन्छ । आज देशमा फेरि तीनै पुरानासत्ताका भाइरसहरु म्युटेशन भएर नेपालमा कुनै जातिको वाहुल्य नभएकोले जातीय आधारमा राज्य हुन सक्दैन भन्ने हौवा फैलाई रहेकाछन् । फेरिपनि क्षेत्रीय संघीयताको नाममा पुरानै सत्ता दोहोर्याउन चाहान्छन् । उनीहरु २५ वर्षअगाडिको इतिहास विर्सन्छन् । मैले किन २५ वर्षभन्दै छु भन्ने कुरा प्रष्ट्याउन लिम्वूवानको उदाहरण लिन चाहान्छु । लिम्वूवान परापूर्वकालदेखि स्वतन्त्र अस्तित्वमा रहेको राज्य हो । १८३१ मा गोर्खा राज्य र लिम्वूवान राज्यवीचको सन्धिले समेत लिम्वूवानको अस्तित्वलाई मान्यता दिइएको छ । विसं २०२१ सालमा किपट उन्मुलन गरिएको घोषणा गरिएतापनि २०४२ साल अघिसम्म व्यवहारिक रुपमा उन्मुलन हुन सकेकेा देखिदैन । जव २०४२ सालमा पछिल्लो चोटि श्री५को सरकारले ताप्लेजुङ जिल्लामा नापी सिध्यायो त्यसपछि मात्र लिम्वूवान राज्यको विधिवत अन्त्य भयो । फलतः प्रचीनकालमा यलम्वरले नेपाल खाल्डोमा स्थापना गरेको किरात शासनकाल हजारौ वर्षपछि विसं २०४२ सालमा अन्त्यभयो । अव के २५ वर्षअघिसम्म अस्तित्वमा रहेको किरात राज्यलाई विर्सन मिल्छ ? कदापि मिल्दैन । इतिहास दोहोन्दिैन तर मेटिदैन । तर्सथ लिम्वूवान विस १८३१ को सन्धि अगाडि नफर्किएला तर लिम्वूवानकेा अस्तित्व हराउन सक्दैन । आज जातीय राज्यको आधारमा राष्ट्रलाई विभाजन गरियो भने देश टुक्रन्छ भन्ने भनाई २४० वर्षम्म एकलजातीय राज्यसत्ता चलाउँदै आएका मुठीभर समूहवाट आउने गरेको छ । त्यो भनाई केवल आदिवासीजनजाति तथा पिछडिएका अन्य समूहमा निरन्तर उत्पीडन र शोषण गर्ने आशय भन्दा अन्य केही हुन सक्दैन । जातीय स्वायत्त प्रदेशहरुमा देश विभाजन गरी नेपालमा रहेका आदिवासी जनजातिहरुको अस्तित्व नस्वीकार्नेहो भने देश टुक्रन सक्छ । खोक्रो नेपालीत्वको नाममा जातीय अस्तित्व र स्वभिमान खर्च गर्न अव कुनै आदिवासी जनजाति तयार छैनन् । किनभने जातीय स्वभिमान हजारौ वर्षेखिको अस्तित्वको निरन्तरता हो भने राष्ट्रियता केही वर्षपुरानो मात्र हो । राष्ट्रियता कुनैवेला निर्माण हुन सक्छ वा भत्किन सक्छ । आज हजारौ नेपालीले दिनहूँ आफ्नो नेपालीत्व त्यागेर विदेशी नागरिकता लिइरहेकाछन् । तर कसैले पनि जाति त्यागेको हामीले सुनेका छैनौ । त्यसैले हजारौं वर्षलगाएर निर्माण गरिएका जातीय पहिचान केही वर्षअघि विकसित भएको लंगडो नेपाली राष्ट्रियताको नाममा नेपालका कुनै आदिवासी जनजातिले आफ्नो जातीय स्वभिमान समर्पित गर्ने छैनन् । यदि संविधानसभाले नेपाली राष्ट्रिय एकताको पहल गर्ने हो भने जातीय आधारमा सम्भव भएका राज्यहरुमा जातीय स्वायत्त राज्य नदिई धरै छैन । यदि ती राज्यहरुको इतिहास हराउने हो भने उनीहरु पनि आफ्नो पहिचानको लागि अन्य वाटो रोज्न सक्छन् । त्यतिखेर नेपाली राष्ट्रियता धेरै गौण र जातीय स्वभिमान अत्यन्तै महत्वपूर्ण भएर जानसक्ने सम्भावना रहन्छ । आज नेपालका पुरातनवादीहरुको जनतालाई संघीय राज्यवाट वन्देज गराउने षडयन्त्र र जालझेलकै कारण कतिपय क्षेत्रहरुमा पृथकतावादी सोच अगाडि आउन थालेकाछन् । उदाहरणको लागि लिम्वूवानका केही समूहलाई लिन सकिन्छ । १८३१ सालको सन्धीमा शाहवंशी राजा र लिम्वू राजावीच सम्झौता भई लिम्वूवानलाई एक स्वायत्त प्रदेशको रुपमा स्वीकारिएको थियो । पृथ्वीनारायण शाहको वंशज समाप्त भएपछि लिम्वुवान स्वतन्त्र भइसक्यो भन्ने भनाइ अगाडि राख्दै पृथक लिम्वुवानको वकालत गर्दै आएकाछन् । उनीहरु भन्ने गर्छन् "जसरी अमेरिका, अफ्रीका तथा एशियामा युरोपियनहरुले स्वतन्त्र राज्यमाथि आफ्नो उपनिवेश खडा गरेका थिए,हाल आएर उनीहरुले आफ्नो उपनिवेश समाप्त पार्न वाध्य भए। हङकङ र मकाउ क्रमश : वेलायत र पोर्चुगालले फर्काउन वाध्य भए । अमेरिका,भारत तथा विश्वका सयौ राष्ट्रहरु युरोपियन उपनिवेशवाट मुक्त भए । ५०० वर्षको उपनिवेश मकाउ मुक्त हुन सक्छ भने २४० वर्षो उपनिवेश लिम्वूवान मुक्त किन नहुने -" राज्यपुनसंरचनामा जातीय स्वायत्तताको कुरा अटाइएन भने स्वतन्त्र राज्यका स्वरहरु तीव्र नवन्लान् भन्न सकिन्न । यसको मतवल आदिवासीहरु राष्ट्र विखण्डन गर्न तत्परछन भन्ने चाहि होइन । नेपालका सवै आदिवासी जनजातिहरु नेपाली राष्ट्रियता भित्र आफ्नो पहिचान खोज्न चाहान्छन । सम्मान,पहिचान र समान अवसर नै राष्ट्रिय एकताको मूल कडी हो । केन्द्रकृत राज्यका षड्यन्त्रकारीहरुले जनसंख्याको कुरा उठार्इ नेपालमा जातीय स्वायत्त राज्यहरु वन्नवाट रोक्ने प्रयास गरिरहेकाछन् । नेपालको कुनै प्रदेशमा पनि कुनै जातिको वाहुल्य नभएकोले जातीय आधारमा प्रदेश वन्न सक्दैन भन्ने गरेकाछन् । स्वायत्त प्रदेशहरु विभाजन गर्दा हालको जनसंख्या वितरणलाई हेरेर नभई यसको ऐतिहासिकता तथा राज्य हुनलाई आवश्यक सवै कुरा-भाषा,संस्कृति,भूगोल,जनसंख्या जस्ता कुराहरु हुन आवश्यक हुन्छ । जनसंख्या वाहुल्य भएकै आधारमा त्यस जातिको राज्य हुने कुरा आउँदैन कुनै भूभागले राज्यको आकार ग्रहण गर्नको लागि माथि भनिएका शर्तहरु पूरा गर्नु पर्दछ । नेपालको पविेशमा जातीय राज्यहरु वन्नुको मतलव त्यस क्षेत्रका पिछडिएका आदिवासी जनजातिहरुलाई माथि उठाउने हो । उनीहरुको भूगोलभित्र अग्राधिकार सहितको स्वशासन दिइयो भनेमात्र उनीहरुले हालका व्रम्हाणाक्षेत्रीहरु सरह केही वर्षा आफूलाई विकास गर्न सक्छन् । यस्ता उदाहरण खोज्न हामी धेरै टाडा जानु पर्दैन । हाम्रा छिमेकी चिनमा यस्ता थुप्रै प्रान्तहरु छन जसमा आदिवासीहरुको नाममा प्रदेशहरुको नाम राखिएकाछन् । तर ती आदिवासीहरु त्यहाँ आफै अल्पमतमाछन् । चीनको सेन्जेन उइगर प्रदेशमा भूगोल सम्वद्ध जाति केवल ३८ प्रतिशत छन् । भित्री मंगोलिया प्रान्तमा मंगोलियनहरु ११ प्रतिशत मात्र छन वाँकी सवै हान जाति वा अन्य जातिहरु रहेकाछन् । त्यस्तै कुआङ सिचुआङ,निङसिया हुर्इ आदि प्रान्तहरुमा पनि भूगोल सम्वद्ध जातिहरु अल्पमतमाछन् । यसै विषयमा पर्शुराम तामाङ लेख्छन् "स्वायत्त शासनको गठनको कुराले जातीय जनसंख्यासंग कुनै सम्वन्ध राख्दैन , त्यो जातिको ऐतिहासिक,भैागोलिक सम्वन्ध र राज्यको अन्य जातिभन्दा फरक जातिको विषेशतामा आधिारित हुन्छ ।"-नयाँ संविधान र अल्पसंख्यक आदिवासी जनजाति पृ.१४५) तामाङ अगाडि लेख्छन "जातीय स्वयत्त प्रदेश वनाउनुको उद्देश्य भनेको अल्पसंख्यका आदिवासीहरु उत्पीडनमा नपरुन भन्ने नै हो ।" यी भनाइहरुवाट के प्रष्ट हुन्छभने उत्पीडनको मुक्ति जातीय स्वायत्त प्रदेशवाट मात्र सम्भव छ । जातीय स्वयत्तता प्रदेश त्यस प्रदेशको ऐतिहासिक वसोवास गर्ने जातिहरुको लागि मात्र लागु हुने होइन । जातीय स्वयत्तता भन्ने वित्तिक्कै सवै जात जातिहरुलाई लागु हुन्छ भन्ने कुरा वुझ्न आवश्यक छ । जातीय आधारमा राज्य वनाउने भनेको नेपालका सवै जात जातिहरुलाई राज्य सत्तामा पुर्याउनु हो । जुन राज्यमा केाही शासित हुँदैनन् सवै शासक मात्र हुन्छन। उदाहरणको लागि लिम्वूवानमा वसोवास गर्ने लिम्वूहरुलाई पाउने जातीय अधिकार त्यस प्रदेशमा वसोवास गर्ने अन्य सवै जात जातिहरुले समान रुपमा जनसंख्याको समानुपातिक हिसावले उपभोग गर्न पाउछन् ।लिम्वूवानीसभामा लिम्वूवानमा वसोवास गर्ने सवै जातजातिको समानुपातिक प्रतिनिधत्व हुन्छ । लिम्वूवानमा केन्द्रीकृत राज्य प्रणालीले लिम्वूवानमा वसोवास गर्ने अन्य जातिहरुले लिम्वूहरुको उत्पीडन भोग्न वाध्य वनायो । लिम्वुवानको पाँचथरमा लगभग ९० प्रतिशतभन्दा वढी अवस्थामा संसद जित्ने लिम्वूहरु मात्र हुन सक्छन् । किनभने त्यहा लिम्वू मतदाताहरुको वमुमत छ । त्यस क्षेत्रमा वसोवास गर्ने रार्इ,सुनुवार, गुरुङ,मगर लगायतका जातिहरु संसद वा सभासद हुन सकेकाछैनन् । उनीहरु लिम्वूजातिको उत्पीडनमा परेकाछन् । जातीय स्वायत्त प्रदेशको व्यवस्था गरियो भने लिम्वूवानले ती उत्पीडित जातिहरुको जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व गर्ने व्यवस्था गर्नेछ ता कि लिम्वूवानीसभामा सवै जात जातिको प्रतिनिधित्व हुन्छ । अव विचार गरौं जातीय राज्यले त्यहाँको अन्य जातिहरुले सम्मान गर्यो कि गरेन । लिम्वूवानमा जातीय राज्यको सट्टा क्षेत्रीय राज्यले अन्य जातिहरुलाई जातीय उत्पीडनवाट मुक्ति दिन्छ कि दिन्न - मानौ लिम्वूवानको सट्टा "तमोर प्रदेश" वा "कंचनजंगा प्रदेश" वनायौ जातीय राज्यको सट्टा भौगोलिक राज्य वनायौ ।फेरि पनि त्यहाँका अन्य जातिहरु त वहुसंख्याक लिम्वुहरुको उत्पीडनमा पर्ने नै भए । तमोर प्रदेशको तमोरसभामा लिम्वूहरुले नै वढी सीट जितेर आउने भए । तमोरसभामा लिम्वूहरु वहुमतमा हुने भए । त्यहाँका अल्पसंख्यामा रहेको वाहुन क्षेत्री रार्इ, गुरुङ मगरको उपस्थिति प्रादेशिक सभामा कि हुदै नहुने भयो कि ज्यादै न्युन । अव लिम्वूहरु वाहुल्य भएको सभाले कुनै पनि प्रस्तावहरु एकलौटी पारित गर्ने भो । एकलौटी प्रादेशिकसभा गठन गर्ने भो । चाहे भने भाषा,संस्कृति तथा अन्य कुराहरु प्रतिवन्ध गर्ने वा लाद्न सक्ने भए । अव अन्य जातिहरु तमोर प्रदेशमा उत्पीडनमा परे कि परेनन् ? यो कुरा भूगोल असम्वद्ध जातिहरुले वुझ्नु पर्ने कुरा हो । काठमाण्डौमा लगभग पचास हजारको संख्यामा लिम्वूहरु वसोवास गर्छन् । त्यहँा लिम्वूहरुले प्रतिनिधित्व जनाउन नेवा राज्य भयो भने मात्र सम्भव छ । भौगोलिक आधारमा प्रदेश भयो भने सम्भव हुन्न । आफ्नो अधिकार रक्षाको लागि भूगोल सम्वद्ध जातिको नाममा जातीय स्वायत्त प्रदेश रोज्ने कि त्यस जातिको नाममा राज्य भयो भने आफूलाई उत्पीडनमा पर्लार् कि भन्ने शंकाले आफू वसोवास गरेको राज्यमा आफ्नो अधिकारवाट वन्चित हुने ?अवश्य हामीलाई अधिकार चाहिएको छ । त्यसैले सवै जात जातिको अधिकारको लागि जातीय स्वायत्त राज्यको अर्को विकल्प छैन । जहाँसम्म समावेशी तथा समानुपातिक प्रतिनिधित्वको कुरा छ । त्यो पनि घुमाउरो पाराले आदिवासी जनजातिहरुलाई पछाडि पार्ने षड्यन्त्र नै हो । समानुपातिक प्रतिनिधित्व केवल संख्यात्मक - (quantitative) प्रकृया हो भने स्वायत्त स्वशासन प्रणाणी गुणात्मक (Qualitative) प्रकृया हो । समानुपातिक प्रतिनिधित्वमा केवल संख्या पुगे हुन्छ । त्यसमा स्तरको आवश्यता पर्दैन । देशको संसदीय चुनाव जातीय समानुपातिक आधारमा भयो भने पार्टीहरुले पार्टीले चाहे अनुसारको व्यक्तिलाई मात्र टिकट दिन सक्छन् । । यस अवस्थामा संसदमा फेरिपनि आदिवासी जनजाति "येसमेन"हरुको जमघट संसदमा हुनपुग्छ । सवै घुमाई फिराई माथिल्ला नेताहरुले प्रयोग गर्न सक्ने भए । फेरि क्षेत्रीय पार्टीहरुको हैसियत के हुने भन्ने पनि प्रष्ट छैन । माथिल्ला ओहोदा र राम्रा ओहोदामा व्यक्तिको हनुमानहरुको हावी हुनपुग्छ । पार्टीहरु आफ्नो कठपुतली व्यक्तिलाई चुन्छन । त्यतिखेर आदिवासी जनजातिको आवाज वोकेका व्यक्तिहरुले संसद टेक्न पाउने छैनन् । आदिवासीको नाममा केवल व्यक्तिका हुनमानहरुको जमघट हुन पुग्छ संसद । पञ्चायतकालमा पनि समवेशी जस्तो हुने छ । पंचायतकालमा मंत्रीमंडलमा एक -एकजना जनजाति मिसाएका हुन्थे । सवै जनजातिहरु आफ्नो प्रतिनिधित्व भयो भनेर खुशी माने तर ती प्रतिनिधिहरुले राजाको सेवावाहेक केही गरेनन् । अर्कोतिर अग्राधिकार सहितको जातीय स्वायत्त प्रदेशहरु भएका खण्डमा त्यस प्रदेशभित्रका हरेक ओहोदामा सम्वन्धित जातिहरुले शासनको अनुभव गर्ने र त्यस प्रदेशको नीति निर्माण गर्न पाउनेछन् । कम्तिमा पनि आ-आफ्नो प्रदेशमा मुख्य मन्त्री आफै भई शासनकेा प्रादेशिक शासनको सर्वोच्च पदमा पुग्न सक्छन । राष्ट्रियसभामा समेत ती प्रदेशले शिफारिस गरेपछि मात्र जाने प्रावधान राखेपछि प्रतिनिधिमूलक तथा सक्षम व्यक्तिहरु राष्ट्रिय संसदमा पुग्न पाउने भए । जातीय समानुपातिकता मात्र अपनाइयो भने कुनै पनि गोरवशाली पदमा आदिवासी जनजातिहरु पुग्ने ग्यारेन्टी हुन्न । तसर्थ जातीय स्वयत्तताको विकल्प समानुपातिक प्रतिनिधित्व होइन । समानुपातिक प्रतिनिधित्वमा आफूलाई आफैलाई शासन गर्न पाउने आत्मनिर्णयको अधिकारवाट पिछडिएका वर्गहरु वन्चित हुन्छन् । राज्य जहिले पनि जनताले भेट्न र छुन सक्ने ठाउँमा हुनुपर्दछ । स्वायत्त शासनमा मात्र सरकार जनताले भेट्न सक्ने ठाउँमा रहन सक्छ । संघीय स्वायत्त राज्यहरु स्थापना भएपनि त्यस राज्य भित्रका प्राकृति सम्पदा तथा जनशक्ति प्रभावकारी रुपमा परिचालन हुन्छ किनभने त्यहाँ हाम्रो भन्ने भावना प्रवल भएर जान्छ । प्रशासनिक क्षेत्र चुस्त र दुरुस्त हुन्छ । किनभने प्रदेशहरु आकारमा साना हुन्छन् । न्याय तथा कानून लागु गर्न पनि सजिलो हुने हुनाले प्रभावकारी हुन्छ । न्याय,प्रशासन,शिक्षा,स्वास्थ्य जस्ता जनताका आधारभूत आवश्यकताहरु प्रदेशहरुभित्रै सम्पन्न हुने हुनाले राजधानी धाएर जनताको समय र खर्च वरवाद हुनवाट वचाउन सकिन्छ । त्यसभेगका जनताहरु विकासमा सहभागितामा उत्साह वढने हुनाले रोजगारी वढ्ने तथा राजस्व समेत प्रभावकारी ढंगले असुल गर्न सकिन्छ । राज्यहरुवीच विकासको प्रतिस्पर्धा हुन्छ जस्ले गर्दा देश विकास द्रुत गतिमा हुन्छ ।
अग्राधिकार के हो ?
अग्राधिकारलाई विग्रह गर्दा अग्र र अधिकार अर्थात अग्र माने पहिलो अधिकार त अधिकार भइहाल्यो । यो कुरा राज्यमा सुनिश्चित गरिने अधिकारको अलावा राज्य सिमाना भित्र रहेको जमीन,जल र जंगलको स्वामित्व र त्यसको उपयोगमा पनि लागु हुन सक्छ । जातीय अग्राधिकार विषेश गरी राज्यव्दारा होस वा उनीहरुको सामाजिक परम्पार,जीवन शैलीले पछाडि परेका अल्पसंख्याख जातिहरु जसले प्रतिस्पर्धामा आएर माथि अधिकार लिन प्राय असम्भव हुन्छ त्यस्ता जातिहरुको उत्थान गर्नलाई यो कुराको उल्लेख गर्ने गरेको पाइन्छ । अग्राधिकार राजनीतिक क्षेत्रमा मात्र नभएर प्राकृतिक सम्पदा उपभोगमा समेत लागु हुन्छ । प्राकृतिक सम्पदा जल,जमीन र जंगलमा पनि त्यस भूगोलसंग सम्वद्ध जातिहरुलाई अग्राधिार दिइनु पर्दछ । अन्तराष्ट्रिय श्रम संगठनको महासन्धी नं १६९ले आदिवासी जनजातिहरुको परम्परागत माटोको सीमानाभित्र रहेका जल ,जमीन र जंगल जस्ता प्राकृतिक सम्पदाहरुको उपयोग तथा वाँडफाँटमा त्यहाँका आदिवासीहरुको अग्राधिकार रहन्छ भन्ने किटान गरेको छ । यसको मतलव आदिवासी जनजातिहरुको क्षेत्रलाई कव्जा गर्नुपर्ने खालको कुनै योजना रहेमा त्यहाँका आदिवासीहरुको सहमति हुन आवश्यकछ । उदाहरणको लागि तमोर नदीमा राष्ट्रिय स्तरको विद्युत निकाल्नु परेमा त्यहाँका आदिवासीहरुको सममति पहिले जुटाउनु पर्नेछ । त्यहाँवाट निकालिएको विद्युतको उपयोगमा उनीहरुको अग्राधिकार हुनुपर्दछ । अर्थात उनीहरुले विद्युतको प्रथम उपभोक्ता हुनुपर्दछ ।
आदिवासी जनजातिहरुले अग्राधिकार किन ?
गोर्खाका राज पृथ्वीनारायण शाहले यहाँका स-सना राज्यहरुमा अ तिक्रमण गर्नु अगाडि नेपालमा कैयौ ससाना राज्यहरु रहेका थिए । ती राज्यहरुमा पृथ्वीनारायण शाहले विजय प्राप्त गरिसकेपछि विजित राज्यहरुमा आफ्नो संस्कार,संस्कृति,धर्म र भाषा लाद्ने काम अति तीव्ररुपमा गर्यो । त्यसको अलावा मुलुकमा हिन्दू वर्णाश्रमको आधारमा श्रमविभाजनलाई निरन्तरता दिने काम गर्यो । जसको कारणले जातीय विकासमा असमानताको खाल्डो वन्न शुरु भयो । विजित राज्यमा वसोवास गर्ने आदिवासीहरु पनि त्यही वर्णाश्रमको आधारमा नै विभाजित हुन पुगे । हिन्दूधर्म नमान्ने आदिवासी जनजाति जसलाई मतवाली -मात्ने चीज (जाँड रक्सी) आदि खाने भनेर भनिन्थ्यो उनीहरुलाई शुद्र वर्गमा राखियो । शुद्रलाई दुर्इ वर्गमा विभाजित गरियो - पानी चल र पानी अचल गरेर । मतवालीहरुलाई पानी चल शुद्र अन्तरगत वर्गीकरण गरियो । हिन्दू वर्णाश्रमको आधारमा विभाजन गरिएपछि स्वतः राज्यवाट पाउने सुविधावाट यसरी उनीहरु वन्चित भए । हिन्दु वर्णाश्रम व्यवस्थामा उपल्लो दर्जामा रहेका व्रम्हाजीको मुखवाट निस्किएका भनिएका वाहुनले हलो जोत्न नहुने जजमान गरेर खानुपर्ने,अर्काको कमाई मात्र खानुपर्ने नियम वसाइयो भने व्रम्हाजीको पाखुरावाट निस्केको भनिएको क्षेत्रीलाई राजकाज गर्ने अधिकार र पढलेख गर्ने अधिकार दिइयो । तर व्रम्हाजीको खुट्टावाट पलाएको शुद्रहरुको त शास्त्र अनुसार वाहुन र क्षेत्रीले गर्ने कुनै काम गर्न पाएनन् । उसको काम भनेको केवल ती दुइ उच्च वर्गको सेवाकेा लागि मात्र हो । उनीहरुले वेद सुनेमा कानमा तातो सीसा पगालेर हालिदिनु पर्ने र पढेमा जिव्रो निकालेर फ्याकिदिनुपर्ने। लेख्नेको हात काट्नुपर्ने जस्ता सजायँ हिन्दू ग्रन्थ मनुस्मिृतिमा तोकिएको छ । करीव २४० वर्षम्म राज्यको निर्देशक सिद्धान्त मनुस्मृति नै हुन पुगेको थियो । यतिका लामो वर्षम्म हिन्दू वर्णाश्रम व्यवस्थाले ठगिएका यी आदिवासी जनजातिहरुको विकास उपल्लो वर्ग भनिएका वाहुन - क्षेत्री सो सरह विकास हुन असम्भव थियो । आदिवासी जनजातिहरुले पढलेख गर्न थालेको ४० वर्षो इतिहास पनि छैन जवकि वाहुन र क्षेत्रीले हिन्दू राज्यमा निरन्तर रुपमा पढलेख गर्ने ज्ञान र सम्पति आर्जन गर्ने शीप तथा कौशल सिक्दै आएकाछन् ।आदवासी जनजातिहरु राज्यको नीति निर्माण गर्ने ठाउँमा पहुँच रहेको छैन । नेपालका प्राय सवै पार्टीहरुमा ती उच्च वर्गकै पहुँच वढी रहेको छ । त्यस्तै व्युरोक्रेसीमा भनौ वा अन्य शैक्षिक वा आर्थिक गतिविधिमा समेत आदिवासी जनजातिहरु पछि परेकाछन् । यस परिस्थितिमा आदिवासी जनजातिहरुलाई प्रतिस्पर्धामा आएर देखाउ भन्न कतिको उचित हुन्छ । यस्तो अवस्थामा प्रतिस्पर्धा गरेर आउने भन्ने भनाई मोटर सार्इकलमा सवार व्यक्तिलाई खाली खुट्टाले दौडने चुनौति दिनु सो सरह हुनेछ । राजनैतिक, शैक्षिक, आर्थिका वा अन्य सवै खाले गतिविधिहरुमा आफ्नो समकक्षी जातिहरुसंग प्रतिस्पर्धा गर्नलाई आ-आफ्नो प्रदेशमा केही दशकसम्म राजनैतिक वा शैक्षिक अग्राधिकार दिइनु पर्दछ ताकि प्रादेशिक स्तरवाट केही दशकभित्रै राष्ट्रिय स्तरमा अन्य जातिहरुको पतिस्पर्धामा आउन सक्छन् । अग्राधिकार नदिने हो भने वैयक्तिक विकासमा तलपर्दछन् र प्रतिस्पर्धा गर्न सक्दैनन् । भूगोल सम्वद्ध जातिहरुलाई अग्राधिकार दिइएन भने उनीहरुमा नेतृत्व विकास हुन्न र नीति निर्माणमा उनीहरुको पहुँच रहेन भने उनीहरुले आफ्नो पहिचानलाई वचाई राख्न सक्दैनन् । त्यस क्षेत्रमा रहेमो अन्य जातिहरुको लागि आ-आफ्नो वाहुल्य क्षेत्रमा अग्राधिकार रहनुका साथै ती जातिहरुको कतै न कतै देशमा अग्राधिकार सहितको राज्य प्राप्त गरेका हुन्छ । त्यसैले ती जातिहरु अन्यायमा परेको भन्न मिल्दैन । उदाहरणकोलागि लिम्वुवानमा वस्ने मगरहरुको लागि मगरातमा आफ्नो प्रादेशिक अग्राधिकार कायम रहने हुनाले मगर लिम्वूवानको मुख्य मन्त्री भएन भनेर चित्त दुखाउने ठाउँ रहँदैन । अग्राधिकार केवल राजनैतिक,शैक्षिक वा अन्य इन्ट्यान्जिवल कुराहरुमा मात्र हने होइन वरु जल,जमीन र जंगलमा समेत उनीहरुको अग्राधिकार हुनुपर्दछ । यसो भएमात्र उनीहरु आर्थिक रुपमा आत्मनिर्भर भई आफ्नो पहिचानलाई जोगाइ राख्न सक्छन् । जमीन, वन र जल सम्पदामा आफ्नो अग्राधिकार नहुने हो आर्थिक तथा शैक्षिक रुपमा सम्पन्न समूहवाट आक्रमण जुनसुकै वेला हुनसक्छ । त्यतिखेर आदिवासी जनजातिहरुले आर्थिक रुपमा वा शैक्षिक रुपमा आफूलाई प्रतिरक्षागर्न सक्ने छैनन् । उनीहरु आफ्नो मूख्य भूमीवाट विस्थापित हुन वाध्य हुनेछन् । फल स्वरुप ती प्राकृतिक सम्पदाहरु वाहृय आक्रमणकारीकहरु फेरि पुग्नेछ र आदिवासीहरु फेरि २४० वर्षको इतिहासतिर फर्केर मुक्तिको लागि आनिश्चित कालीन समयसम्म पर्खनुपर्ने हुन सक्छ । । राज्यनीतिको कारणले पछाडि पारिएको यी जातिहरुको उत्थान राज्यले नै गर्नुपर्दछ । आज ती पछाडि पारिएका आदिवासी जनजातिहरुलाई अग्राधिकार सहितको समानुपातिक प्रतिनिधित्व तथा जातीय स्वयत्तता वाहेक अर्को विकल्प हामीसंग रहेको छैन । अग्राधिकार विना ती जातिहरुको समानुपातिक विकास हुन सक्दैन । अग्राधिकार भनेको २४० वर्ष सम्म राज्यले गरेको जातीय शोषण र दमनको क्षतिपूर्ति भन्न सकिन्छ । निश्चित अवधिसम्म आ-आफ्ना क्षेत्रमा अग्राधिकार दिएपछि सवै जात जातिहरुको विकासले उपल्लो वर्गको जातिको विकासलाई भेट्न सक्छ । ती क्षेत्रका आदिवासी जनजातिहरु अग्राधिकार पाएपछि निश्चित अवधिमा राजनैतिक,शैक्षिक,सामाजिक,साँस्कृतिक तथा धार्मिक रुपमा आफूलाई अन्य जातजाति सरह विकास गर्न सक्छन् । विश्वमा यस्ता धेरै उदाहरणहरु छन जस्मा आदिवासी जनजातिहरुलाई जल जमीन र जंगलमा अग्राधिाकार दिइको हुन्छ हामी व्राजिल वा अर्जेन्टिनाको उदाहरण लिन सकिन्छ । त्यहाँ आदिवासीहरु विस्थापिन नहुन भन्ना खातिर कुनै पनि राष्ट्रिय परियोजना लागु गर्न अघि उनीहरुको सहमति लिनुपर्ने हुन्छ । जातीय अग्राधिकार नदिने हो भने फेरिपनि आदिवासी जनजातिहरु षडयन्त्रमा पारिएर नीतिनिर्माणमा पुर्याउन वन्चित गराइन सक्छ ।
आत्मनिर्णयको अधिकार
आत्मनिर्णयको अधिकार राज्यका जातिहरुले पाउने एक सर्वोच्च अधिकार हो । जस अन्तरगत जातिले छुट्टै राज्य समेत वनाउन सक्छ । आफ्नो भाग्य आफैले निर्धारण गर्न पाउने मानव अधिकार नै आत्मनिर्णयको अधिकार हो । आफू को हुँ, र म के गर्छु भन्ने आफैले निर्धारण गर्न पाउने अधिकार नै आत्मनिर्णयको अधिकार हो । राजनैतिक हिसावले यो स्वशासनसंग जोडेर पनि हेर्न सकिन्छ । नेपालको परिवेशमा जातीय,क्षेत्रीय वा भाषिक स्वायत्त राज्यहरु मार्फ त्यस भूगोलसंग सम्वद्ध व्यत्तिहरुले आफूलाई आफैलाई शासन गर्न पाउनु पनि आत्मनिर्णयको अधिकार भित्रै पर्दछ । आत्मनिर्णयको अधिकार भित्र कुनै जाति अर्को जातिसंग मिलेर वस्ने वा वेग्लै वस्ने भन्ने सम्म निर्णय गर्ने अधिकार हुन्छ । लेलिनले आत्मा निर्णयको अधिकारलाई लोग्ने स्वास्नीको पारपाचुके अधिकारसंग जोडेर व्यख्या गरेकाछन् । उनका अनुसार लोग्ने स्वास्नीको पारपाचुकोको अधिकार छ भन्दैमा लोग्ने स्वास्नी छुटिहाल्दैनन् । लोग्नेस्वास्नीवीच सम्वन्ध यसरी विग्रियो कि अव संगै वस्ने स्थिति छैन भनेपछि मात्र यो पारपाचुकेको अधिकार प्रयोग गर्दछन् । पारपाचुको अधिकार विद्यामान भएपछि लोग्नेले स्वास्नीलाई उत्पीडनमा पार्नु हुन्न भन्ने ज्ञान हुन्छ जसले गर्दा श्रीमतिमाथि शोषण गर्दैन । त्यसैगरी शोसन र उत्पीडन रोक्न पनि आत्मनिर्णयको अधिकार जातिहरुलाई दिइनु पर्दछ । जुन अधिकारले गर्दा राज्यले आदिवासी जनजातिहरुलाई थिचो मिचो गर्दैन । त्यसैले आत्मनिर्णयको माग नेपालको सर्न्दर्भमा विखण्डनवादी माग नभएर जातीय शोषण समाप्त पार्दै विखण्डन रोक्ने एक महत्वपूर्ण अधिकार हो । लेलिनले भनेका छन् "आत्म निर्णयको अधिकारको माग राज्यको विखण्डन एवं स-साना राज्यहरुको स्थापनाको मागको समतुल्य होइन। जातीय उत्पीडनको विरुद्ध संघर्षको एक सुसंगत अभिव्यक्ति हो ।"यहीवाट प्रस्ट हुन्छ कि यो माग कुनै स्वतन्त्र राज्य स्थापना गर्ने माग होइन ।
आत्मानिर्णयको अधिकारको विशेष गरी अठारौ शताव्दीको उतरार्द्धदेखि प्रयोगमा आएको देखिन्छ । युरिपीयन राष्ट्रहरुले पाँचैवटा महादेशमा आफ्नो अधिपत्य जमाएपछि उनीहरुको अधिपत्यवाट मुक्तहुनलाई त्यहाँका वासिन्दाहरुले आत्मानिर्णको कुरा र्सवप्रथम उठाएका थिए । अमेरिका आफैपनि औपनिवेशिक राज्य भएकोले उनले पनि र्समर्थ गरे । रस्सिया लगायत त्यतिखेरका शक्तिशाली राज्यहरुले समेत जातीको आत्मनिर्णयको पक्षमा वकालत गरे । शुरुमा सोभियतसंघवाट वाल्टिक गणराज्यहरु जनमत संग्रहव्दारा आत्म निर्णयको अधिकार प्रयोग गरी सोभियत विखण्डन हुनु अगावै अलग्ग भए । पछि वाट १५ वटै राज्यहरु यही अधिकारको प्रयोग गरी अलग्ग भए । संयुक्त राष्ट्रसंघको आदिवासीजातिहरुको अधिकार सम्वन्धि घोषणापत्रको धारा ३मा आदिवासीहरुको आत्मानिर्णयको अधिकार हुन्छ भनिएको छ । जातीको आत्मनिर्णयको अधिकार सम्वन्धि परशुराम तमाङ भन्छन् । "आत्मनिर्णयको अधिकार प्रवर्धन गर्ने महासंन्धि सम्झौताहरु त्यतिखेर मात्र लागु हुन सक्दछ जव राष्ट्रिय एकताको सर्न्दर्भमा समान हैसियतको सम्वन्ध व्यवस्थ गर्नको लागि सवै संभव शान्तिपूर्ण तरीकाहरु प्रयोग गरी सकिन्छ र वहुसंख्यक र प्रभावशाली जाति वा राज्य शान्तिपूर्ण उपायका रुपमा रहेका कानुन मान्न इन्कार गर्छन वा लागु गर्न असफल हुन्छ र समाधानको लागि आवश्यता पर्दछ भनी विश्वास दिलाउन सकिन्छ । "।
फेरि आत्मा निर्णयको अधिकार पाउने वित्तिक्कै जनता विखण्डन नै चाहन्छन- पक्कै चहान्दैनन । आत्मा निर्णयको कुरा विशेष गरेर न्याय र समानतको कुरा हो । नेपालका कुनै पनि जात जाति अलग भएर रहन चहान्दैनन् । सवै नेपालीहरु आ-आफ्नो ऐतिहासिक भूमिमा स्वशासन सहितको स्वयत्ता लिएर नेपालको समृछिद्ध र विकास चहान्छन् । तसर्थ आत्म निर्णयको अधिकारसंग डराउने पर्ने कुरा केही छैन ।