Feb 29, 2008

लिम्वुवानभित्र कोचिला र किरात प्रदेशको दाउपेच

दिल पालुङवा लिम्वु
देश अव संविधानतः तथा सैद्धान्तिक हिसावले गणतन्त्र र संघीय प्रणालीमा जाने भैसकेको छ । तर व्यवहारिक रुपमा केही समय पर्खिनु पर्ने देखिन्छ । संघीय प्रणालीमा देश जाने भएपछि अहिले संघीय ढाचाको विभिन्न स्वरुपहरु आईरहेका छन् । कोही जातिय स्वायत्तता, कोही क्षेत्रीय, भाषिक, धार्मिकको आदि । यसै परि प्रेक्षमा पूर्वी नेपालमा लिम्वुवान स्वायत्तताको आवाज चर्को रुपमा उठिरहेको छ । यो आवाज संगठित रुपमा पञ्चायत कालदेखिर्नै उठेको हो भने अहिले आएर र्सार्थकता पाईरहेको छ । पञ्चायत कालमा लिम्वुवान राज्यको आवाज उठाउने आंटी व्यक्ति वीर नेम्वाङ थिए । उनलाई पञ्चायती सरकाले जेलचलान पनि गरेको थियो । साथै उनले निर्वासित जीवन पनि विताउनु परेको थियो । उनको संगठनको साथै आजसम्म आईपुग्दा लिम्वुवानको आवाज उठाउनेहरु धेरै भैरहेका छन् ।
लिम्वुवानको आवाज उठानमा आफ्नै विशेष कारणहरु छन् । अर्थात लिम्वुवान भनेको वि.सं. १८३१ अगाडि एक स्वतन्त्र राज्य थियो । त्यसपछिमात्र गोरखामा सह-राज्यको रुपमा समाहित भएको हो । यो एकिकरण भएर होईन । तर समयक्रममा गोरखा अर्थात नेपालले लिम्वुवानलाई स्वायत्त राज्यको अधिकारवाट वन्चित गर्दै नेपालको उपनिवेशको रुपमा कार्य गर्न थाल्यो । यो क्रम वढ्दै गई अन्त्यमा वि.सं.२०२१ मा आएर भूमि सुधारको नाममा केन्द्रीय सरकारले सैनिकको वलले लिम्वुवानको लिम्वुहरुको भूअधिकार र स्वायत्त अधिकार समाप्त भएको घोषणा गरयो । त्यसैगरी लिम्वुवानको भूमि नापी गरियो । यो क्रम लिम्वुवानको तर्राई क्षेत्र झापा, मोरङ र सुनसरी हुदै पहाडतिर लगियो । वि.सं २०४६ सालमा ताप्लेजुङतिर नापी गरीयो । वि.सं २०५२ मा लिम्वुवानको संखुवासभामा अन्तिम मालपोत खडा गरी लिम्वुवानको सम्पूर्ण अधिकारहरु समाप्त पारियो ।
तत्कालिन समयमा प्रशासनिक निकायको रुपमा लिम्वुवानमा १७ थुमहरु थिए । । पछाडिवाट राणा-.शाहहरुको समयमा केही उपथुमहरु छुटयाएर इलाम र मोरङलाई अलग गरी १९ थुमहरु वनाईएको देखिन्छ । लिम्वुवानको मौलिक थुमहरु अर्थात १० लिम्वुवान १७ थुमहरु अर्न्तर्गत लिम्वुवानको स्वायत्त शासन चल्दथ्यो । यो १० लिम्वुवान १७ थुमहरुको समस्टी लिम्वुवानको सिमाना कस्तो रहेको थियो भने पूर्वमा मेची नदी, पश्चिममा सिस्वा संखुवाखोला अरुण हुदै सप्तकोशी अर्थात हालको सम्पूर्ण संखुवासभा, उत्तरमा हिमालय तिव्वत र दक्षिणमा जोगवनी अर्थात वि.सं.१८३१ तिर लिम्वुवानको पूर्वी सिमाना टिस्टा नदी र दक्षिण सिमाना हाल भारतमा पर्ने जोगवनीदेखि ६२ कि.मी दक्षिण जलालगढसम्म थियो । यी भूमिहरु सुगौली सन्धीको कारण भारतमा परेका छन् ।
यसरी वर्तमान नेपालको पर्रि्रेक्षमा लिम्वुवान पूर्वी नेपालको ९ वटा जिल्लाहरु १) ताप्लेजुङ २)पानथर ३) इलाम ४)झापा ५) संखुवासभा ६) तेरथुम ७) धनकुटा ८) सुनसरी र ९) मोरङ हुन् ।
त्यस्तै तराइका तीन जिल्लाहरु झापा, मोरङ र सुनसरीलाई एक थरीले कोचिला वनाईनुपर्छ भनेका छन् भने अर्को थरीले पूर्ण मिश्रति क्षेत्र त कसैले अन्यनै नामाकरण गरेका छन् । तत्कालिन वि.सं. १८३१ मा त्यो भूमिमा वुद्धिकर्ण राय लिम्वु विजयपूर मोरङ क्षेत्रको राजा थिए । उनको माहतहमा उक्त तराइभूमि जलालगढ -हाल भारत) सम्म शासित थियो । थुमीय हिसावले पहिले चौविस थुम अर्न्तर्गत सुनसरी र मोरङ जिल्लाहरु रहेका थिए र इलाम फाक्फोक थुम अर्न्तर्गत झापा थियो । चौविस थुम भित्रको विजयपूर लिम्वुवानको केन्द्रीय राजधानी थियो । यही केन्द्रीय राजधानीमा वि.सं. १८३१ को गोर्खा र लिम्वुवान विचको लालमोहर सन्धी भएको थियो । यही लालमोहर सन्धी पश्चात मात्र लिम्वुवान राज्य नेपालमा स्वायत्त राज्यको रुपमा प्रवेश भएको थियो । घनाजंगल र हाल केही समयदेखि लिम्वु वाहेक अन्य समूदायको वसोवास भएतापनि लिम्वु भाषाहरु उक्त तराइक्षेत्रमा वाचिरहेको छन् । जस्तो उदाहरणको लागि चाप्पा -झापा) चलाखीहरुको वसोवास, मोरङ-मुरेहाङ्ग राजाको देश राजधानी), इनरुवा -घुम्न मन नलागेको ठाउ), कोशी -मरिन्छ है), वाराकोपामाङ वरहाक्षेत्र र अझ भारतमा पस्ने हो भने नालान्दा -निस्कने ठाउ)आदि । अव यसरी लिम्वुवानको स्पष्ट इतिहास हुँदाहुदै इतिहासमा कही नभएको कोचिला राज्य या पूर्वी मिश्रीत राज्य भनेर लिम्वुवानभित्र भिन्न अर्को राज्यको परिकल्पना किन - किन - एउटा सिङगो छुटै इतिहास वोकेको लिम्वुवानलाई टुक्राउने षडयन्त्र गरिदैछ । किन लिम्वुवानलाई तहसनहस वनाउन खोजिदैछ । किन उसको इतिहासलाई सम्मान गर्न खोजिदैन । सर्वत्र चर्चाको विषय वनिरहेको छ ।
यसर्थ लिम्वुवानको सवालमा सवैजना स्पस्ट भै दिन एकदम जरुरत पर्दछ । सम्वन्धित सवै पक्षले यो पनि वुझिदिनु पर्दछकि लिम्वुवानको छुटै इतिहास छ । त्यस्तै लिम्वुवानले आफ्नो भूमि वाहेक अरु कसैको मौलिक भूमिको दावी गरेको छैन । उसले आफ्नो गुमेको भूमि तथा स्वायत्त अधिकारको पूनस्थापना गर्न चाहेको छ । मात्र त्यति हो । साथै पूनस्थापित भूमि नेपालको स्वायत्त राज्य लिम्वुवानको रुपमा रहन चाहन्छ । साथै अन्य संघीय राज्यहरुसंग हातेमालो गरेर नेपाली राष्ट्रियतालाई सुदृढ वनाउने छ । स्वतन्त्र भएर जाने होईन ।
झट्ट हेर्दा लिम्वुवान लिम्वु जातीको जातिय स्वायत्त देखिन्छ । जुन अहिले विविध क्षेत्र र जातिहरुले माग गरिरहेको छन् त्यस्तै दुरुस्तै होईन । यो चाही लिम्वुवानको गुमेको स्वायत्त अधिकारको पूनस्थापना हो । जातिय र क्षेत्रीय आधारमा मापन गर्ने हो भने यो जातिय विषेशाधिकार भएको क्षेत्रीय स्वायत्तता हो । त्यसैले लिम्वुवानले लिम्वुवान स्वायत्त राज्य ऐतिहासिक आधारमा हुनुपर्दछ भनेको हो ।
अर्थात इतिहासमा उल्लेखित लिम्वुवानको गुमेको अधिकार फिर्ताको साथै सम्पूर्ण लिम्वुवान भूमिको स्वायत्तको कुरा हो न की लिम्वुवान भित्र अन्य राज्य वनाउने या लिम्वुवानको भूमि अरुलाई भागविलो लगाउने हो ।
त्यसैले कुनै पनि लेखक राजनितिक महोदयहरुले जातिय सघन वसोवास हुने वितिकै जातिको अन्तर्गत पृथक भएर राज्य वनाएर लैजानु पर्दछ भन्ने मान्यता राख्नु हुदैन । उदाहरणको लागि हिजो लिम्वुवानको केन्द्रीय राज्य विजयपूर धरान आज अर्को जातिको वाहुल्यता होला भन्दैमा लिम्वुवानको भूमि खम्वुवान अन्तर्गत राखिनु पर्छ भनिनु सोह्रै आना असान्दर्भिक हो । यसो भन्ने मित्रहरुले चौदण्डीमा गएर आफ्नो अधिकारको कुरा उठाउन सान्दर्भिक हुनेछ ।
अर्को कुरा लिम्वुवान हिजोको दिनहरुमा आदिवासी लिम्वुहरुको मात्र वसोवास थियो । वि.सं. १८३१ मा धेरै जातिहरु गोरखाको आक्रमण तथा दवदवा खप्न नसकी लिम्वुवान प्रवेश गरेका थिए । विशेष गरेर खम्वूहरु वढी प्रभावित भएका थिए । उनीहरुलाई लिम्वुवानले शरण दिएको थियो । त्यस्तै तर्राई क्षेत्रमा आसाम वंगाल क्षेत्रमा समस्या आईपर्दा सोह्रौं शताव्दीतिर तर्राई मूलका वासिन्दाहरु लिम्वुवानमा शरण लिन आईपूगेका थिए । आजको वसोवासको क्रममा जनसंख्या वृदि हुदै र केन्द्रीय सरकारको कारण वर्साई सर्राईवाट लिम्वुवानमा अन्य जातिहरुको संख्या वढी भएको आधारमा हिजोको इतिहासलाई जानि जानी लत्याएर लिम्वुवान भूमि हो भन्नुको सट्टा लिम्वुवानलाई चोईट्याएर खम्वूवानमा हाल्न खोज्नु र कोचिला जस्ता अन्य राज्यको कुरा उठाउनु कतिको न्याय संगत होला - तर्सथ वकिलले मरेकोलाई पनि नमरेको प्रमाणित गराउने खेल कुनै पक्षवाट नभई सत्य तथ्यको आधारमा लिम्वुवान राज्यको पूनस्थापना गरिनु नै श्रेयस्कर हुनेछ । विशेष जाती जो अरु क्षेत्रमा नभएका र सघन वसोवास भएको र वढी जनसंख्या भएको तर छरिएर रहेको जातिहरुलाई आ-आफ्नो विशेषता अनुसार विशेषाधिकारको व्यवस्था हुनुपर्दछ । समावेशिकता हुनु पर्दछ । जुन लिम्वुवान राष्ट्रिय मोर्चाको मूल तत्व आसवस -आ-आत्मनिर्णयको अधिकार, स-समावेशी, व-वहुदलीय व्यवस्था, स-सङघीयवादले समायोजना राम्ररी गर्न सक्नेछ ।
अन्त्यमा लिम्वुवानको सवालमा सिमाक्षेत्र स्पष्ट छ । जुन ऐतिहासिक आधारमा पूनस्थापना गरिदिएमा समस्या तत्काल समाधान हुन्छ । यसको साथै हामी सम्पूर्ण नेपालीहरुले एकापसमा खिचातानी नगरी कुनै क्षेत्रको ऐतिहासिकता भए सोही अनुसार र त्यो नभए वैज्ञानिक तवरले संघीयताको विभाजन गर्ने कार्य गर्नुपर्दछ ।
अझ यो अवस्थामा विदेशी चलखेल, अतिक्रमण तथा भारतीय विस्तारवादको सुस्ता लगायत देशको २१ जिल्लाहरुको ५४ ठाउहरुमा ७० हजार हेक्टर भन्दा वढी जग्गा अतिक्रमण भएकोमा यसको विरुद्धमा सवै एकिकृत भएर लाग्नुपर्दछ । विदेशी दलाल नोकरशाहीहरुवाट देश वचाउनु पर्दछ । राष्ट्रियता वलियो वनाउनु पर्दछ । देशभित्रै पनि कतिपय अराष्ट्रिय तत्वहरु हुन्छन् । देशको कुभलो चाहनेहरु हुन्छन् । तिनीहरुको पहिचान गरी तिनीहरुको पत्तासाप गर्नु पनि सम्पूर्ण नेपालीहरुको परम कर्तव्य भएर आएको छ । सेवारो ।।

Feb 26, 2008

अवतार अवतरण


टंक वनेम

चोकेमा मायाको डोरो झुण्ड्याएर
निस्सीम आकासमा साहित्यको रङ पोत्दै
बाढीको आर्तनाद कुर्ले जस्तो
उराली रहने भावनाको साङलो मन
झङ .....झङ .....झङ .....
झङ .....झङ .....झङ .....
अमूर्त बिद्रोह
अस्विकार गदै
जून घाम र तारा बिनाको आकास
पाइतला नअँटेको बिरुद्धमा
एउटा युग पुरुष
फलाक्दै मुन्धुम्को सत्य वाचा
फिजाउँदै आयामका प्वाँखहरु
पल्टाउँदै
दस्तावेजका पन्नाहरु
जपेर चेतनाका मन्त्रहरु
खिपेर जीवनका अर्थहरु
भगाउँदै अध्यारो रातमा
उधुमसंग जागेका प्रेतात्माहरुलाई
धपाउदै-
चुक्मीबा र लादिपा शक्ति
उफ्रन्दै एउटा पहाडबाट
अर्को पहाड
तर्दै-
चेतनाका भङ्गालोहरु
उध्याँउदै
मान्छे हुनुको तरवार ।
हो-
जीवनको फूल ओइलिए पछि
अध्यारो रात ङर्ङराउँथ्यो
बाँच्नुको तमसुक च्यातेर
खस्थे उज्यालो छेक्ने पर्दा
अब उसो-
जून घाम बिनाको आकास हुने छैना
चेतना बिनाका टाउकाहरु
अस्तित्व बिनाका पाइतलाहरु
दृष्टिहिन आँखाहरु ।
बुद्धिको छेलो हानेर
चेतनाको पानसमा
हुर्रहुर्ति आगो बाल्दै
एउटा बिहानको उद्घोष पछि
उज्यालोको ढोकामा
ठिङ्ग उभि रहेछ
चुक्मीबाको अवतार अवतरण
बैरागी काइला ।

नोट - मिथक कथा अनुसार थेबा साम्माङ्बाट शक्ति पाएका चुक्मीबा र लादिपालाई पेवाकुम नेम्बाङहाङ अथार्त उड्ने नेम्बाङ हुन भनी वर्णन गरिएको छ । उनिहरु ढाल तरवार बोकेर वल्लो डाँडा देखि पल्लो डाँडा र खोला वारि पारि उड्ने गर्दथे ।

रुँदै नरुनु है - (लिम्बुवान आन्दोलन गीत)


नगेन्द्र ईङनाम "आठराईली”

लिम्बुवानवासीकि मुटु हुन
सहीदकि छोरी मेन्छिगेन
लिम्बुवान आँखाकि रानी हुन
खसम गुमाएकि सुनमायाँ
समबेदना पितृ वियोगको
समबेदना पति वियोगको
रुँदै नरुनु है मेन्छिगेन
कहिल्यै नरोई देउ सुनमायाँ
माङतोकको चीर शान्तिको
गरिदिउं सबैले कामना -1

सम्हालेर मेन्छिगेनको बालपनलाई
सम्हालौं सुनमायाँको एक्लो पीडा पनि
माङतोक त अघि लागेकामात्रै हुन्
अमर बनी सधैं हाम्रै साथमा छन्
मेट्दैछन् सबै मिथ्या कहानिहरु
लेख्नलाई हाम्रो नयाँ ईतिहास
रुँदै नरुनु है मेन्छिगेन
कहिल्यै नरोई देउ सुनमायाँ
साहस थपि देउ अझ आन्दोलनमा -2

प्रतिक्षामा छन सबै लिम्बुवानी
आउनेछ छिट्टै नै नयाँ बिहानि
बिचलित हुँदै नहोई देउ तिमी
एक्लो छँदै छैनौ मेन्छिगेन्
एक्लो कहिल्यै हुन्नौ सुनमाया
सारा लिम्बुवान छ तिम्रो साथमा
रुँदै नरुनु है मेन्छिगेन
कहिल्यै नरोई देउ सुनमायाँ
साकार पारिदिउँ सहीदको सपना -3

...रुँदै नरुनु है मेन्छिगेन
...कहिल्यै नरोई देउ सुनमायाँ.....
(यो आन्दोलनको गीत - सहीद पत्नी सुनमायाँ र छोरी मेन्छिगेनमा समर्पित)

Feb 23, 2008

देश बोक्नुको पीडा पढीसके पछि

दयाकृष्ण राई
युवा कवि तथा पत्रकार शशी लुमुम्वुजीलाई मैले नेपालमा सम्पर्क गरे हाम्रो कुराकानी भयो र उहाँले समय खेरो नफाली मलाई भनीहाल्नु भयो विश्वासजीले
निबन्धकार विश्वासदीप तिगेला र वहाको हालसालै प्रकाशित कृति देश वोक्नुको पीडा
पनि देश बोक्नुको पीडा नामक किताव विमोचन गराउदै हुनुहुन्छ भन्नु भयो । मैले विश्वासजीलाई बेलायतमै हुनुहुन्छ भनेर, मोवाइलमा थुप्रै पटक सम्पर्क गर्न खोजेको थिए । उहाँको मोवाइल मेसेजमा भएकोले मेसेजपनि भरेर छाडेको थिए । तर विश्वासजी नेपाल पुगेर पाठकहरु वीच आफनो सिङ्गो देशको भारि बोकेर विश्व भरि फन्को मारिसकेपछि देश बोक्नुको पीडा विमोचन गरेर पनि भारी विर्साई सकेका रहेछन । मैले यो खवर सुन्न साथ मेरोपनि अलिकति पीडा कमी भएको महसुस गरे । हो हामी सवै नेपालीहरु विश्वको कुनाकाप्चामा रहेर छाती भित्र नेपाल देशलाई बोकेर प्रवासमा पीडादायी, कष्टकर जीवन व्यतित गरिरहेका छौं । मलाई त नारन दाईले गाउनु भएको राष्ट्रिय गीत को सम्झना आयो । (म मरेपनि मलाई मेरो देशको माया छ । यो छाती भरि मुरिका मुरि नेपालको माया छ ।) विश्वास तिमीले मात्रै यो गीतको भाव र मर्मलाई बुझेका रहेछौ । तिमी जस्तै ब्रिटिस सैनिकमा सेवारत र म जस्ता अवकास पछि बसोबास गर्न आएका कुनै कुनै मित्रहरुले बेलायत हाम्रो देश हो भन्दै गर्वकासाथ बेलायतलाई प्राथकिता दिएको र नेपाललाई गौण रुपमा लिएको मैले प्रत्यक्ष सुनेको छु । तिम्रो यो राष्ट्र र राष्ट्रियता प्रतिको माया छाती भरि बोकेर युद्धले छतबिक्षत भएको देशहरुमा संगीनको धारमा जिन्दगीलाई राखेर हिडनु पकैपनि तिम्रो रहर हैन बाध्यतानै हो । यति जोखिमपपूर्ण जिन्दगीलाई पानी भित्र पुणिर्माको रातमा जुनको प्रतिविम्ब हेरेझैं पाठकहरु माझ एउटा जिउदो इतिहास प्रतिविम्वत गराउन सफल भयौ भनेर मैलै मन भित्र सोचे । यी माथी उल्लेखित कुराहरु मैले शशीजी सँग कुरा गर्ने बित्तिकै मन भित्र कल्पना गरेको थिए । विश्वासजी नेपालबाट फर्केपछि पुस्तक प्राप्त गरेर पढन पाउने छु भनेर ज्यादै लालायित थिए । र मैलै फेरि सम्पर्क गरे विश्वासजी फर्केको तीन दिन बिति सकेछ । बधाईका साथ मैले पुस्तकको बारेमा कुरा गरे । तर विश्वासजीले क्षमा याचना गर्दै पुस्तक १५ प्रति जति लिएर आएको सकियो भनेपछि म निरास हुनु स्वभाविक थियो । तर विश्वासजीले मलाई भन्नुभयो दाई तपाईलाई पी. डि. एफ. फाईलमा पठाउने छु । किताव पढे जस्तै हुन्छ भने पछि निरासा खुसीमा परिणत त भयो । र मैले तुरुन्तै मेल मार्फत प्राप्त गरे पछि पढन बसे, कृष्ण धराबासीले लेखेको भुमिका र अन्य भुमिकाहरु पढदै थिए । छोरी आएर गृहकार्य छ भनेपछि कम्प्युटर छाडी दिए । यसरि एउटै कम्प्युटर सबै घर परिवारले चलाउनु पर्ने भएकोले मैले पढी सिध्याउनका लागि समयनै पर्याप्त भएन । यदि मौलिक पुस्तक प्राप्त गरेको भए छोरीको गृहकार्य गर्दागर्दै मैले पढन सक्ने थिए । डिउटी भएको बेला खुसुक्क पढेर सिद्धाउने थिए । यो मेरो अनुभवले यस्तो लाग्यो कि अत्याधुनिक युगले विभिन्न उपकरणहरुको उपभोग गर्न पाए पनि हामीले मौलिकतालाई दिन प्रतिदिन गुमाई रहेका छौं ।इमेल, इन्टरनेट अनलाईन च्याटिङ्ग र वेभ क्यामेराले अनुहार समेत पनि हेर्न पाएता पनि अव आफनो आफन्तजन तथा प्रेमी र प्रेमीकाको मौलिक हस्तलिपिबाट लिखितपत्र पढनबाट हामी बन्चित भई सकेका छौं । २१ औ शताब्दीले विश्वलाई खुम्चाएर विश्वग्राम भनेर हामी जति नजिक भएको अनुभुत गरेपनि मलाई त लाग्छ, वेभ क्यामबाट अनुहार हेर्नु भन्दा त सुन्दर हस्तलिपिले लेखिएको पत्र पढदा कति आत्मियता र मौलिकता पाउन सक्छौं भन्ने त जो हामी इलेक्ट्रोनिक मेल नभएको जमानामा हृयान्ड रिटन मेल हुलाकी दाईले झोलामा बोकेर घर घरमा पुर्‍याउने जमानाका पीडिहरुलाई मात्र थाहा छ । यहि अनुरुप मैले अव मौलिक पुस्तक प्राप्त गर्ने विकल्पहरु खोजे । कवि टंक वनेमजी र मेरो समय समयमा फोन मार्फत साहित्यिक कुराकानी भईरहन्छ । त्यहि क्रममा मैले देश बोक्नुको पीडा पाउन नसकेर पी. डि. एफ.मा पढनु पनि नभ्याएको जानकारी गराए । टंकजी चाहि एकप्रति पाएर पनि पढि सक्ने भाग्यमानी ब्यक्ति पर्नु भएको रहेछ । र उहाले मलाई हुलाक मार्फत पठाउने प्रणगर्नु भयो । भोलीपल्ट टंकजीले पठाइ दिनु भएपछि पर्सिपल्ट पाउन साथ पढन थाले । मैले माथीनै उल्लेख गरिसकेको छु भुमिका चाहि पी. डि.एफ.मा पढि सकेको थिए र सिधै बिषय सुची तिरनै लागे मन घोच्ने केहि गुणासाहरु शीर्षक पढदा नेपालको बिमानस्थलमा हुने लापरवाहि विपन्न भौतिक सुविधा र अन्तर्राष्टिय विमानस्थल एक भन्दा बढी हुनुपर्ने जोड दिएर देश विकाशमा दुरदर्शिता प्रकट गरेका छन लेखकले । यस सन्देशले देशको प्रत्येक सरकार परिवर्तनमा कहिले लुम्विनीमा त कहिले पोखरामा अन्तर्राष्टिय बिमानस्थल बनाउने योजना तर अहिले सम्म त्यहि एउटै बिमानस्थलले चित्त बुझाउनु परेको तितो सत्यलाई औंलाई दिएर देशको अकर्मण्य नेताहरुलाई निकै चोटिलो झापट हिर्काउन सक्षम छन लेखक । जवमा केन्या यात्राको बारेमा पढन थाले म नोष्टालजियाको तलाउमा चुर्लुम्म डुब्न थाले । कारण म पनि १२ बर्षअघि त्यहि विश्वासजीले घुमेका प्रत्येक स्थलहरुमा पुगेको छु । नान्युकिको भुमध्य रेखाको होर्डिङ्गबोर्ड मुनीको विश्वासजीको तस्वीरले झनै ताजा सम्झना दिलायो । त्यहा पुगेपछि सवैले तस्वीर खिच्ने गर्दछन र मेरो पनि त्यो तस्वीर सुरक्षित साथ एल्बममा राखेको छु । राष्ट्रिय निकुन्जका जङ्गली जनावर नजिकबाट दृश्यावलोकन गर्न पाईने र लेखकले त्यो हुटेल २४ सै घण्टा असुरक्षित भएको जानकारी गराउनु भएको सत्य भएपनि, त्यहि जङ्गली जनावरहरुको क्रियाकलाप हेर्ने सुनौलो अवसर भएकोलेनै त्यो होटल राम्ररी सञ्चालन भईरहेको मेरो दावी छ । विश्वासजीले आफु विलासितामा निर्लिप्त भएर पर्यटक हुन चाहेका छैनन । बिभिन्न ठाउँ र परिस्थितिको दर्दनाक जनजीवनले झेलीरहेको कटु अनुभवहरु अनुसन्धान गर्न भ्याएका छन । नातुकू आफनो पतिले अर्कीनै विहे गरेर धोका र क्रमशः एडसबाट पतिको मृत्यु भएपछि पति वियोग त छदै थियो । नातुकू स्वयमलाई पनि एच. आई. भी. संक्रमित भएको थाहा पाए पछि दुइ छोरीलाई वास्ता नगरि आर्चरपोष्टको वासारो नदीमा फालहालेर आत्माहत्या गरेको र नदी किनारमा दुइवटी छोरी आमाको लासतिर हेरेर रोईरहेको दृश्यले त झन मलाई मुटुनै झिकेर फालिदिए जस्तो सम्वेदनाहीन भएको अनुभुत गरे । मुलु गुफाको भ्रमणको अन्तिममा उनका साथी आलेनले तस्वीर खिच्नका लागि युनियन ज्याक झण्डा निकाले पछि लेखकलाई ज्यादै छाती भरि राष्ट्रिय भावनाका छालहरु उर्लेर आउछ । उनको यात्रा निर्रथक सम्झन्छन, लेखक स्वयमले भनेका छन नखाउ भने दिन भरिको शिकार, खाउँ भने कान्छा बाउको अनुहार । नेपाली भुमिमा जन्मेकाले मुटु भरि माया नेपालको छ तर परिबन्दले बेलायतको नुन खानुको आफनो पीडा र बाध्यता त्यहाँ फेरि दोहरियो । मैले नेपालको झण्डा बोकेको भए संसारकै दुर्लभ ठाउँमा प्यारो झण्डा बोकेर फोटो खिच्न पाउने थिए । मन एकतमासाले खेल्यो । मेरो देशको झण्डा सम्झी रहे र बाचा गरे अव देखि जवजव विदेश घुम्न जान्छु नेपालको झण्डा बोक्नेछु । हो लेखकको यो गुणासो हामी सबै नुनको सोझो लाहुरेहरुले आत्मासात गर्नै पर्दछ । हाम्रा पिता पूर्खाहरुले दोस्रो विश्व युद्धमा त्यहि नुनको सोझो भएर गोलो अनुहार, चिम्रो आँखा, नेप्टो नाक भएका हेर्दा एउटै आमाको कोखबाट जन्मेका जुम्ल्याहा सन्तानझै देखिने जपानी नागरिकहरुको घाँटीमा खुकुरि प्रहार गर्नु परेको थियो । यहि प्रसङ्गलाई समेटेर, हामी बुद्धु छौं र त बीर छौं । हामी बीर छौं र त बुद्धु छौं । भनेर कवि भुपी शेरचनले कवितामा इङगित गरेका छन । यसरि हामी बुद्धु र बीर भएर रणभुमिमा नुनको सोझो बनेर नाङ्गो खुकुरीले शत्रुहरुको शिरोच्छेदन गरेर विजय प्राप्तपछि हातमा युनियन ज्याक झण्डा लिएर विजयोत्सव मनाउदैनै आएका छौं । कुनै पनि भ्रमणमा लेखकले चन्द्र सूर्य अङ्कति झण्डा लिएर हर्षोत्कर्षचुम्न खोज्नु भएतापनि, तर ऐतिहासिक विजयहरुमा भने उनको हातमा त्यहि युनियनज्याक झण्डानै बोक्नु बाध्य हुनुपर्ने छ । जो लेखकले जुन खोलाको पानी पिउनु त्यहि खोलाको मंगल गाउनु पर्छ भन्ने कहावतलाई आफैले अभिव्यक्त गरि सकेका छन । कोसभो यात्रामा जिउदी आमाको चिहान तयारि भएको देख्दा तिगेला आश्चर्यचकित हुन्छन । हाम्रो नेपाली परम्परा अनुसार त शिर ढल्छ र अनिष्ट हुन्छ भन्ने गर्छन । जिउदै चिहान तयारि भई सकेको बुढी बजुले राखिया अर्थात स्थानिय रक्सी पिउन कर लगाए पछि तिगेलाले हातको इसाराले नपिउने बताए । लेखकले र्सर्बियन भाषा बोल्न नसक्ने भएकोले आफनो मन भित्रका अभिव्यत्तिहरु बुढी बोजु समक्ष प्रस्फुटन गर्न नसकेको गुनासो गरेका छन । उनले भनेका छन बृद्धाहरुको अनुहारमा एक प्रकार भगवानको रुप देख्छु । उहाँहरुको नजिकमा मात्र पुग्न पाउदा पनि मलाई ज्यादै आनन्द लाग्छ । उहाँहरुको प्रत्येक बोलीमा एउटा बेग्लै किसिमको रस हुन्छ । बृद्धाहरुको मायामा साच्चैनै स्वर्ग झै आनन्द र सन्तुष्टि पाईन्छ । यसरि आफनै पारिवारिक स्नेहलाई सम्झना गरेर आफनै बोजु सामु आई पुगेको भान हुन्छ लेखकलाई । नियात्राकार तिगेलाले गृहयुद्धको पीडा लिएर नेपाली बाङमयमा आफनो पहिलो उपस्थिति जनाएका हुन । अंग्रेजी साहित्यमा सिपाहिकै कलमबाट ब्राभो टु जिरो जस्तो कहाली लाग्दो युद्धसंस्मरण लेखेर सनसनीपूर्ण चर्चामा आएपनि नेपाली सहित्यमा लेख्नु बाँकिनै थियो । यहि नलेखिएको सबैको अधुरो सपना साकार पार्न तत्पर रहेर फेरिपनि दोस्रो कृति देश बोक्नुको पीडा लिएर आम पाठकहरुलाई बेग्लै स्वाद पस्किएका छन तिगेलाले । लैनसिं बाङदेलको स्पेनको सम्झना र ताना शर्माको वेलाईत तिर वरालिदा र पाताल प्रवास लेख्ने यी दुइ अग्रज र्सजकबाटनै नेपाली साहित्यमा नियात्रा लेखनको प्रारम्भ भएको हुनुपर्दछ । ताना शर्माको वेलाईत तिर बरालिदाले मदन पुरष्कार प्राप्त गर्नपनि सफल भएको थियो । अहिले सम्म मैले पढेका नियात्रा संस्मरणहरु एउटै देशको भुगोलिय रेखा भित्र सिमित रहेर लेखिएका छन । तर बिश्वास दीपले एउटै देशको भुगोलिय रेखामा कैद भएर लेख्ने परम्परालाई तोडेर विभिन्न देशहरुको संस्मरण संकलन गरेर घरमै बसेर नेपाल हेर्नु भनेझै पाठकहरुलाई नेपालमै बसेर थुप्रै देशको चक्कर मार्न लगाएका छन । साम्बुरु जाति एक परिचय जस्ता उहाँको संस्मरणले त झनै मानविकिशास्त्र र सामाजशास्त्र अध्यन गर्नेहरुको लागिपनि महत्वपपूर्ण दस्तावेज लिएर आएका छन । माथी उल्लेखित पुराना स्रष्टाहरुको नियात्रामा अत्याधिक रुपमा नोष्टाजियाले सताईरहेको पढन पाईन्छ भने विश्वासजीलाई भने पटक-पटक नेपाल फर्किने मौका मिलेको छ । उनको यो नियात्रा पढदा उनी विश्व विद्यालयबाट अभजर्भेशन टुरमा गएझै पनि लाग्छ । लेखकले अन्य वैभवशाली देशहरुझैं नेपाललाई पनि सम्पन्नराष्ट्र कहिले बन्ने हो भनेर देश विकास यथास्थितिमा रहेको बारे गहिरो चिन्ता व्यक्त गरेको पाईन्छ ।

Feb 21, 2008

भयवादको रङमा रङ्गीएको आदिवासि ।

टंक वनेम
काठमाण्डौको अलि अग्लो थुम्काथुम्कीबाट उत्तर तिर लहरै उभेका सेताम्मे हिम शिखरहरु देख्दा एक किसिमको आनन्दले मन भित्र भित्रै खुशीको लिङ्गे पिङ मचाउँछ । आँखा सौर्न्दयको निलोदहमा डुबुल्कि मार्छ । हिमालमा परेको हिउँको चिसो हावाले हात खुट्टा र शरीर कठ्याँङ्रिदा पनि हिमाल प्रतिको आनी बानी बारे खोजिको बिषय हुँदैन ।
तर हिमशिखर र झयामोलोङ्माको फेदमा बस्ने स्थानिय मानिसहरुले झयामोलोङ्मा बारे धेरै अनुभव गरेका हुन्छन् । झयामोलोङ्मा माथि कस्तो बादल लाग्यो भने के हुन्छ - कस्तो हावा चल्यो भने हिउँ पर्छ । कतिको घाम चर्के पछि हिमालबाट बिस्तारै हिउँ पग्लिन थाल्छ यि यावत कुराहरु त्यहाँका रैथानेहरुले अनुभव गरेको हुनाले
उपन्यासकार देश सुब्बा र भयवादमा आधारीत उनको नया उपन्यास आदिवासी
हिमालको आनीबानी बारे आफ्नै अनुभवको श्रृति कथा नैं तयार गरि सकेका हुन्छन् । देश सुब्बा द्धारा लिखित उपन्यास "आदिवासि" लाई यसरी नैं अभिब्याक्त गर्न खोजिएको हो भन्न सकिन्छ तर टाढाबाट हिमाल हेर्नेहरुको दृष्टिमा हिमालको आनीबानी बारे आफ्नै किसिमले ब्याख्या गर्‍यो भने कस्तो हुन्छ - बिचारणीय छ । श्री कृष्णले बुझने र अर्जुनले नबुझने महाभारतको युद्ध संम्बाद होला कि - यहाँ दुइवटा कुरामा स्पष्ट हुनु पर्छ । पहिलो भयवादको उठान र बैठान दोश्रो आदिवासि ।
भोक शान्त भए पछि निन्द्रा लाग्छ, चेतना भए पछि भय हुन्छ । चेतना र भयको संम्बन्ध जति नजिक हुन्छ, लोभ र चेतनाको साइनो त्यति नजिक मान्न सकिन्दैन । जेब्रा क्रसिङमा उभेर दायाँ बायाँ हेर्नु अनुशासन मात्र होइन चेतना पनि हो । त्यो चेतनामा धेरै बाँच्ने लोभ भन्दा वर्तमान दुर्घटनाको भयले चेतना र भयको तन्तुहरु सशक्त भएका हुन्छन् । यही भय बारेमा धेरै बर्षपहिले एक जना येबा -मुन्धुमका ज्ञाता येबाः लिम्बूजातिय पुरोहितको एउटा वर्ग,नृत्यमा निपुण र नाचेर दुर्घटना,प्रसुति आदिबाट अकाल मृत्यु भइ उत्पन्न जङगली वा असन्तुष्ट प्रेतात्मालाई तह लाउन समर्थ लिम्बू पुरोहित) । Limbu priest,who is well versed in mundhum,skilled in dancing and specialised to appease or control the jungle sprits and the unsatisfied spirits of persons who have met accidental deaths) र गाउँका तुत्तु तुम्याहाङ् -गाउँका प्रमुख पंच भलाद्मी) संग भेट भएको थियो । येबा र तुत्तु तुम्याहाङ्ले दुःख सुःखका गफ मात्र गरेका थिएनन् । शक्ति र सत्यको बिषयमा बहस गरेका थिए । अथवा तन्त्र मन्त्र र सत्यको बिषयमा छलफल गरेका थिए । तन्त्र र मन्त्र एक अर्कोमा बिपरित ध्रुब हुन जसलाई सत्यले अडाएर राखेको छ । यो तर्क तुत्तुले अघि सारेका थिए । साधना गर्न नसकेर मात्र हो मन्त्र भन्दा तन्त्र धेरै कित्ता अघि बढी सकेको बिद्या हो । संसारमा सत्यवाचाको सृष्टि नभएको भए तन्त्र बिद्याले यो संसार निल्ने थियो । येबाले भनेका थिए । शक्ति साधना हो,अभ्यास हो । जसरी बिद्या आर्जन गरेर त्यसलाई अभ्यास गरिएन भने मस्तिष्कबाट बिस्तारै मधुरो हुँदै जान्छ । अर्को कुरा हामीमा सत्य वाचा नगरी कुनै पनि तन्त्रको ज्ञान गुरुबाट प्राप्त हुदैन भन्नुको अर्थ त्यो तन्त्र बिद्या पाएर त्यो बिद्याको दुरुपयोग नहोस । यहाँ भयको सट्टामा "सत्य वाचा" भन्ने शब्द प्रयोग गरिएको छ । यदी येबालाई तन्त्र प्रयोग पछि नोक्सान नहुने डर भए येबाले तन्त्रको प्रयोग द्धारा उसका शत्रु या जहाँ पनि प्रयोग गरि फाइदा लिन सक्थयो । तर उस्लाई सत्यको नाममा "भय" को वाचा बाँधिएको छ । भन्नुको मतलव तन्त्र मन्त्रको शुरुवात धेरै पूरानो बिद्या हो । जब मानव सभ्यताको खुडकिलो उक्लन शुरु गर्‍यो । मानवहरुमा चेतनाको रङ रङ्गीन थाल्यो त्यही बेला देखि नै भयको बीउ रोपिएको थियो भनेर अनुमान लाउन सकिन्छ ।
भरखरै देश सुब्बा द्धारा प्रकाशित आदिबासि उपन्यासले यही कुरालाई उजगार गदै ध्रुबसत्य भयलाई नेपाली साहित्य लेखनको धारमा अगाडी सारेका छन् । डरको बिशाल संञ्जाल जीवनको हरेक पक्षसंग गाँसिएको छ । यदी मान्छेको चेतनामा डरको अंश नहुँदो हो त संसारको सांसारिक जीवन नैं उल्टो दिशातिर घुम्ने थियो होला । इज्यत जान्छ भन्नु नै भयको अर्को रुप हो । समाजमा आफ्नो इज्यत बचाइ राख्नु पर्ने डरले मानवता हुनुको नियम भित्र जीवनको चक्का घुमी हुन्छ । अथवा भयबाट नैं जीवनको ढोका बन्द हुने र खोलिने हुन्छ । भन्नुको अर्थ भोलीको भयले -अवश्यकताले) आजको हाम्रो दिनमा बिहानै आर्लाम लाग्छ र जीवनको रथ गुडाउन थाल्छौं । भोलीको चिन्ता नहुँदो हो त आजको अवश्यकता हुने थिएन् ।
भय शरीरको प्रत्येक नशा नशामा ब्याप्त छ,त्यो भय चेतनासंग नजिकको संम्बन्ध गाँस्छ/राख्छ । एक जना बसौं देखि दाँहिने खुट्टा सोझो नभएर कुजो परेर ओछ्यानमा लडी रहेका थिए । बि.स २०४५ सालको एक बिहानी पख भुइचालो जाँदा उनी ओछ्यानमा भेट्टएिनन् । बारीको सुन्तला बारीमा आरामले डुलि रहेका थिए । पछि कारण बुझदा उनको ओछ्यानको गोडा माथि बाँसको आल्नामा मकैको झुत्ता झुण्डर्‍याइएको रहेछ । जब भुइचालोको कम्पनमा उक्त आल्नाको डोरी चुँडिएर मकैको झुत्ता भुइमा खस्यो । अचानक खसेको मकैको झुत्ताबाट आफ्नो खुट्टा जोगाउने चेतना क्रियाशिल भई भय भएको हुँदा खुम्चिएको खुट्टा अचानक तन्किन पुगेछ । उनको तन्किएको खुट्टा तन्दुरुस्त भएछ । यहाँ चेतनाले भयलाई सक्रियरुपमा काम लगाएको छ । भयकै दमित शक्तिकै कारणले गर्दा उनको खुट्टा तन्किएको थियो ।
अथवा चेतना र भय संगसगैं हुन्छन् । भयकै कारण चेतना शसक्त्त हुन्छ । चेतनाकै कारण भयको उपस्थिति हुन्छ । भय नहुँदो हो त सांसारिक नियमहरु सजिलै संग भत्किने छन् । संसारमा प्रतिपादित धर्महरु पनि भय वा वाचा भन्ने शब्द प्रयोग गरि शुरुमा कानुनको रुपमा प्रयोग भएका थिए । इश्वर बिरुद्ध बोल्नु पाप हो भन्ने वाक्य पनि तिनै धार्मिक ग्रन्थ लेखन शुरु संगै भएको थियो । इश्वर बिरुद्ध बोल्नु हुन्छ या हुँदैन भन्ने वाक्याश भयकै अर्को रुप हो । इश्वरको रुप सिर्जना गरेर डर देखाउदै पाप मोचनका जन्तरहरु बेच्न शुरु गरिएको थियो । उपन्यासको घटना,मुख्य पात्रको यात्रा,काल,स्थान,उत्पति,प्रकृति पूर्बी पहाडी क्षेत्रलाई रोजिएको हुनाले यहाँ त्यही क्षेत्रमा बिश्वास गरिएको मिथक जनबिश्वासलाई जोड्न सार्न्दभिक होला । लिम्बूवानमा लिम्बूहरुले बिबाह बन्धनमा बाँधिन सात पुस्ताको साइनो -आमा र बाबु दुवै तर्फ मिसाउनु हुँदैन यदी मिसायो भने आकासबाट खस्ने बज्रले बज्रप्रहार गरि मार्ने छ भन्ने जन बिश्वास तयार भएको थियो/छ । त्यस बेला भय नै कानुन बनेको थियो ।
भय मानव सभ्यताको शुरुवात देखि नै आराम्भ भएको थियो भन्ने एउटा उदाहरण हो यो । सामाजिक रितिथिति र नियम कानुन जस्तै बज्रप्रहारको भय देखाई एउटा साइनो संम्बन्धको साँध कोरियो । त्यही भयले बिश्वास र परम्पराको थालनी गर्‍यो । यसको अर्थ "भय" बाट सामाजिक परम्परामा कानुन सरहको नियम धेरै पहिले शुरु भएको थियो । देश सुब्बा द्धारा लिखित आदिबासि उपन्यासमा त्यही भयबादी सिर्जनाको लेखन शुरुवात गरिएको छ । यो भयबादी सिर्जनाको उद्घोष संगै उपन्यासको मुख्य मुद्धा चाँहि आदिबासिहरु किन आदिवासि नैं भएर बसेका छन् - भन्ने मुद्धालाई निशाम पात्र द्धारा श्री देखि अन्त गराइएको छ ।
भयबादी रङमा निशामले किन भयको सिकार हुनु पर्‍यो - उनकै बाबुको आदिवासि राजनितिक गतिबिधिले हो या देशको अराजक परिस्थितिले - वा उनका बाबुले पढने वर्तमान आदिवासि पत्रपत्रिका द्धारा उनको मनस्थिति बिग्रिएको हो - पर्दा उघारिएको भए पनि मंचमा केहि अध्याराहरु बाँकि नै छन् । तर जब निशामले अचेत अबस्थामै ढुङ्गाको चेपबाट बिरुवा उम्रेर खुला आकासको हावामा स्वतन्त्र रमाइ रहेका देख्छन् र स्वतन्त्रताको उपभोग गर्न जुनेली रातमा घर छोड्छन् । तब भयबादी शैलीमा देश सुब्बाले धेरै कुरा बोलेका छन् । हिजको अतित खोतलेका छन् र आजको एकलकाँटे वर्तमानको टाउकोमा मज्जाले घन बजारेका छन् । भयबादी सिर्जना र शैलीमा आजको वर्तमान पाठकहरु सामु पुर्‍याउने नयाँ बाटो अन्य पूरानो स्वाद भन्दा साँच्चिकै बेग्लै खालको छ । यो अमूर्त बिद्रोहबाट असन्तुष्टिको छाँयाहरु सल्बलाएका छन् । यो भयबादी सिर्जनाको उद्घोष र आदिवासि चेतनाको सङकघोष मान्न सकिन्छ ।
घरबाट हिडेर केहि दिनमै त्यस्तो यायावर वा प्राचीन बस्तिमा पुग्नु अपत्यारिलो जस्तो लागे पनि बिचार संम्प्रेषणको तालमेल मिलाउन कतै छोटो पाइला र कतै दुतगतिले कलमको पाइतला दौडाउनै पर्ने हुन्छ । शायद त्यही भएर निशामले रात र दिन उज्यालो मात्र देखेका छन् । र अलि अघिल्लै युग तिर पाइतला टेक्न पुगेका छन् । आदिबासि रुखबाट भयको भ्रम अन्त्य हुनु अघि निशामको मुखबाट बोल्न उपन्यासकारले भयवाद बिश्लेशणमा खुबै परिश्रम गरेका छन् । यो भयबादको शुरुवात मात्र होइन अब आदिवासिहरु संस्कारर्,धर्म,भाषा,संस्कृति र चालचलन जोगाइ राख्ने भए पनि चेतनाको मापदण्डमा त्यस्तो नहुने दाबी हो यो । उपन्यासले आधुनिक समाजबाट यायावर जीवन शैली हुँदै फेरि वर्तमान मा फिराउछ । यो उपन्यासमा दुइ कुरा भएका छन् । पहिलो भयबादको उद्घोष र बिश्लेषण, दोश्रो आदिवासि वर्तमान समाजबाट तरुल पर्व संम्मको इतिबृत परिस्थिति ।
अञ्चालीकताको हिसाबले निकै धेरै शब्दहरु पाठकहरुको लागि फलामको च्युरा चपाए जतिकै चाम्रा हुने छन् । जातीय,भाषिक,धार्मिक,सांस्कृतिक,पौराणिक दृष्टिकोणबाट आएका शब्दहरु -च्याब्रुङ,सावाला नदी,तुत्तु,याकसा,तुमवा खोला,सुम्दो गाउँ,तुम्बाङफे,तुङ्वादेन,सेःक्मुरि,मिक्चिरी फुङ,चोःत्लुङ,तुम्सिङ् र तिगेनजोङ्ना आदि । यि बाहेक आदिबासि उपन्यास समस्त पाठकहरुको लागि नौलो स्वाद हो,नौलो प्रयोग हो । वर्तमान र ऐतिहासिक कालखण्डको दस्तावेज हो । आदिवासिहरुको लागि आफैले सम्हाल्न नसकेको ऐना हो । जसमा खिया लागेर आफ्नै अनुहार हेर्न प्रयत्न गर्दा गदै कठिनाई भएको छ । आफ्नै अनुहार चिन्न हैरान हुँदै ऐनाको सूरक्षा गर्न पर कतैबाट आएको सावधानी सङकेत हो । यो सावधानी आदिवासि र अघिबासि दुवै पक्षलाई हुन सक्छ । भयवादको प्रयोग र बिश्लेषण आफ्नै ठाउँमा सूरक्षित छ । समस्तमा भयवादी प्रयोग र आदिवासिहरुको वर्तमान तरुल पर्व संम्मको रुपरेखा कोदै संसारमा भएका सम्पूर्ण आदिवासिहरु प्रतिको समर्पण प्रशंसनीय छ । भयवादी प्रयोग संगै आदिवासि अवचेतन बिचारहरुको रङले रङ्गाइ रहोस उपन्यासकारको भयवादी भावनालाई ।

लिम्बुवान जातीय मुक्ति आन्दोलन र चुनौतीहरु

कमल चोङवाङ
लिम्बूवान जातीय मुक्ति आन्दोलन अहिले सामन्ती एकात्मक राज्यसत्तासँग
आमनेसामने वारपारको निर्णायक संघर्षमा गुज्रिरहेको छ भने संघीय राज्य पक्षधरहरुबीच लिम्बूवान स्वायत्त राज्यको वस्तुगत आधार र वैज्ञानिकतको सवालमा लिम्बुवान जातीय स्वागत्त राज्यको सुनिश्चितताको सवालमा यसको भौगोलिक सिमाना र क्षेत्रको सवालमा गम्भिर वैचारिक बहसमा गज्रिरहेको छ । त्यसैगरी लिम्बुवान स्वायत्त राज्यका पक्षधरहरुभित्रै पनि लिम्बुवान मुक्ति आन्दोलनको स्वरुप, प्रकृया र यसको ठोस कार्यदिशाको सवालमा व्यापक सैद्धान्तिक तथा वैचारिक मतभिन्नता र अन्तर संघर्ष चलिरहेको छ । लिम्बुवान जातीय मुक्ति आन्दोलन २ सय ३८ वर्षो इतिहास बोकेको सामन्ती शाही राजतन्त्र र नेपालको राष्ट्रिय राजनीतिलाई आफ्नो स्वार्थ अनुकुल बनाएर राष्ट्रिय अस्मितामाथि खेलवाड गर्ने अमेरिकी साम्राज्यवाद तथा भारतीय विस्तारवादी शक्तिकेन्द्र र यसका दलालहरुसँग शत्रुवत सम्बन्ध राख्दछ भने यस विरुद्धको आन्दोलनमा संघर्षरत सम्पूर्ण प्रगतिशील, लोकतान्त्रिक संघीयवादी राजनीतिक शक्तिहरुसँग मित्रवत सम्बन्ध राख्दछ । त्यसैले लिम्बुवान मुक्ति आन्दोलनको चरित्र घरेलु प्रतिक्रियावादी शक्ति राजतन्त्र विरोधी, अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद विरोधीप्रकृति स्वभाविक रुपमा हुनेछ । लिम्बुवान जातीय मुक्ति आन्दोलनको कुरा गर्दा सामन्ती एकात्मक राज्यका हिमायतीहरु लिम्बुवान जातीय स्वायत्त राज्य हुनै नसक्ने तर्क गर्दछन् । उनीहरु जातीय आधारमा संघीय राज्य गठन हुनै नसक्ने र राज्य पुनर्संरचनाको आधार जातीय रुपमा मान्नै नसकिने तर्क गर्दछन् । यो सरासर सामन्ती सोच हो । फेरि पनि यहाका सोझासाझा आदिवासी जनजातिहरुलाई यो वा त्यो नाउँमा अल्मल्याएर आफ्नो हिजोकै जातीय एकाधिकारलाई निरन्तरता दिन सकिन्छ कि भने सोच र मानसिकताका कारण उनीहरु यसो भनिरहेका छन् । नेपालमा राज्य पुनर्संरचनाको आवश्यकता हिजोको सामन्ती एकात्मक राज्यसत्ता र जातीय एकाधिकारले यस देशको राष्ट्रियता तहसनहस पारेर राष्ट्रिय एकतालाई कथित पृथ्वीनारायण शाहको राष्ट्रिय एकीकरणले समेत लिम्बुवानको अस्तित्वलाई मेटाउन नसकेको लिम्बुवान अहिलेको लोकतान्त्रिक व्यवस्थाले त चाहेर पनि मेटाउन सक्दैन । त्यसैले हिजोका एकात्मक राज्य व्यवस्थाले षडयन्त्रपूर्वक लिम्बुवानको राष्ट्रियतालाई चकनाचुर पारेर नामेट पार्न खोजेकोले अहिलेको लिम्बुवान मुक्ति आन्दोलन आफ्नो राष्ट्रियताको पहिचान र खोजिको आन्दोलन हो । एकात्मक राज्य संरचना र जातीय एकाधिकारका विरुद्ध जातीय समानता र स्वतन्त्रतासहितको जातीय सह-अस्तित्व कायम गराउने आन्दोलन हो ।
लिम्बुवान मुक्ति आन्दोलनको कुरा गर्दा राजनीतिक रुपमा लिम्बुहरुको राज्यधिकार र शासकीय अधिकार गुमेदेखिकै हरहिसाबले लिम्बूहरु शोषण र उत्पीडनमा परेका हुन । केन्द्रीय राज्यसत्ताले लिम्बुवानमा लिम्बूहरुको षडयन्त्रपूर्वक खोसेको राज्यसत्ता र शासकीय अधिकार फिर्ता गरेको खण्डमा मात्र लिम्बूहरुको साँचो मुक्ति सम्भव छ । गुमेको राज्यसत्ता र शासकीय अधिकार फिर्ताविनाको उपलब्धि सबै भ्रम हुन् । त्यसैले लिम्बुवान जातीय स्वायत्त राज्य अपरिहार्य र अनिवार्य छ, लिम्बुहरुको जातीय मुक्तिको लागि ।
लिम्बुवान राज्य बन्ने स्पष्ट आधारहरु हुँदाहुँदै पनि लिम्बुवान मुक्ति आन्दोलनको सामु विभिन्न कठिनाइ र व्यवधानहरुले उत्तिकै जटिलता थपिदिएको छ । लिम्बुवानको सुनिश्चितताको निम्ति सम्भाव्यता र जटिलता दुवै रहेका छन् । अहिले लिम्बुवान मुक्ति आन्दोलनको सवालमा लिम्बुवान स्वायत्त राज्यको पक्षमा आन्दोलतरत पक्षहरुभित्र पनि कतिपय राजनीतिक गलत बुझाइ र चिन्तनले पनि लिम्बुवान आन्दोलनमा आन्तरिक विद्रोहहरु सृजना गरेको छ । विशेषगरी नेपालको जातीय समस्यालाई बुझ्ने, यसको उठान र सामाधान खोज्ने सवालमा अन्धजातिवादी जातीय संकीणतातर्फ धकेल्ने अधिक सम्भावना देखिएको छ । हामीले लिम्बुवान जातीय मुक्ति आन्दोलनलाई समग्र राष्ट्रिय मुक्ति आन्दोलनमा समायोजन गर्न नसकेको खण्डमा लिम्बुवान जातीय मुक्ति आन्दोलनले उचाइ प्राप्त गर्न सक्दैन । सामन्ती एकात्मक राज्य व्यवस्थाले थोपरेको सामाजिक विकृति र विसंगतिको कारण सृजना भएको जातीय समस्यामा मात्र केन्द्रित रहेर अन्य वर्गीय, लैगिक तथा क्षेत्रीय समस्यालाई बेवास्ता गरेको खण्डमा भोलि गएर लिम्बुवान प्राप्त भए पनि अर्को समस्याले विष्फोटनको रुप लिन सक्छ । त्यसैले लिम्बुवान जातीय मुक्तिको सवाल विद्यमान अन्तर विरोधहरुमध्येको एउटा विशिष्ट पक्ष मात्र हो । प्रधान अन्तर विरोध भनेको सामन्ती राजतन्त्रले पारेको कुनै जातीय आधारमा संघ गठन गरेर १ सय ६ राज्य बन्ने कुतर्क पनि गर्ने गरेको सुनिन्छ ।
तर, हामी कुन कुरामा प्रष्ट हुनुपर्दछ भने जुनजुन जातिको राष्ट्र बन्ने वस्तुगत वैज्ञानिक आधार र ऐतिहासिक आधारहरु भएका जातिहरुलाई स्वायत्त राज्यको रुपमा अस्वीकार गर्ने कुरै आउँदैन । त्यस्ता आधार बोकेका जातिहरुले जातीय स्वायत्त राज्यको मागलाई आफ्नो स्वायत्त राज्यको माग एकात्मक सामन्ती चिन्तन र सोच बोकेका शासक जातिहरुको निम्ति बढी शंकाको विषय बनेको छ । यद्यपि जातीय मुक्ति आन्दोलन सिद्धान्ततः जातीय एकाधिकार विरोधी भएकोले कुनै पनि जातीय अस्तित्वलाई धाराशयी बनाउने कल्पना पनि गर्न सकिदैन । नीतिगत रुपमा जातीय समानता र स्वतन्त्रताको आन्दोलनका पक्षपातीले कुनै पनि दोस्रो जातिको अस्तित्व, स्वाभिमान र स्वतन्त्रतालाई कुल्चेर जानै सक्दैन । यद्यपि हिजो उत्पीडित जातिहरुको क्षमता विकासको सवालमा शासक जातिको समतुल्य प्रतिस्पर्धाको हैसियतमा नपुगेसम्म निश्चित समयावधिसम्म खासखास क्षेत्रहरुमा अग्राधिकार र अल्पसंख्यक जातिहरुलाई राज्यको मूल प्रवाहमा ल्याउन विशेषाधिकारको व्यवस्था गरी अल्पसंख्यक जातिहरुको चौतर्फी विकासमा ध्यान दिइन्छ । राजाको सबै निकायमा समान हैसियत र समान पहुँच भई सकेपछि लोकतान्त्रिक मूल्य र मान्यताअनुरुप स्वास्थ प्रतिस्पर्धाद्वारा योग्य, सबल र सक्षम व्यक्ति महत्वपूर्ण निकायमा जानेछ ।
पारेकोले कुनै पनि समयमा पुन अर्को राष्ट्रिय मुक्ति आन्दोलन र विद्रोह हुने स्थिति देखिएपछि त्यो आन्दोलन र विद्रोहहरु रोक्न दमित राष्ट्रियताहरुको न्यायिक सम्बोधन हुने गरी राज्यमा पुनर्संरचानाको आवश्यकता महसुस गरिएको हो । खण्डित राष्ट्रियतालाई जोडेर मजबुत राष्ट्रिय एकता आधार तयार पार्ने गरी राज्यको पुनर्संरचना गर्नुपर्दछ भन्ने मान्यता अनुरुप हामीले राज्यको पुनर्संरचनाको कुरा उठाएका हौं । त्यसैले जातीय एकाधिकारवादीहरुले भनेजस्तो महेन्द्रवंशी पाँच विकास क्षेत्रलाई आधार बनाएर गरिने राज्यको पुनसंरचनाको कुनै अर्थ छैन । हामीले प्रशासनिक संघीयताको कुरा गरेका होइनौं । प्रशासनिक संघीयता र विकेन्द्रीकरणबीच कुनै तात्विक भिन्नता छैन र नेपालमा त्यसको सान्दर्भिकता पनि छैन ।
लिम्बुवान स्वायत्त राज्यको सवालमा यसको आफ्नै विशिष्ट इतिहास छ । लिम्बुवान राज्य केन्द्रीय राज्यमा पूर्ण रुपमा विलय भएको हिजो थिएन । पृथ्वीनारायण शाह र लिम्बुवानबीच भएको १८३१ को सम्झौताले यही भन्छ । साथै केन्द्रीय राज्य र लिम्बुवानबीच भएको पटकपटकको सन्धि सम्झौताले यही भन्छ । त्यो समयमा समेत लिम्बुवानको अस्तित्व एक हदसम्म स्वायत्त राज्यकै रुपमा रहेको थियो । अरु राज्यजस्तो लिम्बुवान युद्धबाट हारेर केन्द्रीय राज्यको अधिनस्थ स्वीकार गरेको पनि होइन । विशेषगरी लिम्बुवान र पृथ्वीनारायण शाहको गोर्खाली फौजबीच जित र हारको परिणाम नआएपछि त्यो बेलाको बेलायती साम्राज्यवादलगायतका विदेशी शत्रुको आक्रमणबाट बच्न र्सतसहित केन्द्रीय राज्यसँग शक्ति बाँडफाडको सिद्धान्तअनुरुप केन्द्रीय राज्यको अधिनस्थ स्वीकार गरेको हो । लिम्बुवानमाथि केन्द्रीय राज्यले हस्तक्षेप नगर्ने उल्लेख गरिएको छ भने लिम्बुवानले पनि केन्द्रीय राज्यको विरुद्धमा विद्रोह नगर्ने पृथ्वीनारायणण शाह र लिम्बुवानबीचको नुनपानीको सम्झौता प्रष्ट रुपमा उल्लेख गरिएको छ तर पछिबाट केन्द्रीय राज्यले यी सम्पूर्ण सन्धि सम्झौतालाई रद्दीको टोकरीमा मात्र मिल्काएन लिम्बुवानको राष्ट्रिय आधारहरुसमेत तहसनहस पारिदियो । क्रमशः

Feb 15, 2008

लिम्बुवान खम्बुवान विवाद र यसको समाधान

चन्द्र दुमि राई
अब उताको दिनहरुमा साम्राज्यवादविरुद्ध सर्वहारा क्रान्तिसँग जातीय मुक्ति आन्दोलनलाई नजोडे त्यो आन्दोलनको सफलता असम्भव छ । किनभने संसारको सबैखाले मुक्ति आन्दोलनको एउटा मात्र मुख्य बाधक भनेको साम्राज्यवादी शक्ति नै हो ।- क. लेनिन

आज मुलुकको बदलिँदो परिस्थितिसँगै हामीबीच आ-आफ्नै शैली र ढाँचाका कतिपय विषयवस्तुहरु बहसमा उत्रन थालेको छ । मुलुकमा उठेको जातीय, क्षेत्रीय मुक्तिको लागि भनिएको संघर्ष र भइरहेको आन्दोलनहरु छन्, ती आन्दोलनकारीहरुले यथार्थलाई आत्मसात गर्न नसके त्यो वितण्डा साम्प्रदायिकता, र बिखण्डनतिर स्वतः जान्छ र गइरहेको देखिरहेका छौँ । नेपालको सामन्तवादले आफ्नो सुरक्षा साम्राज्यवादी शक्तिमा देखेको छ र त्यसको शरणमा पुगिसकेको छ र हाम्रो अबको अन्तिम लडाइँ पनि त्यहाँ नै केन्द्रित हुनुपर्दछ । तर यो एकीकृत हुनुपर्ने अवस्थामा खरो नभए पनि धीमा रुपले यौटा मनोक्रान्तिको रुप खम्बुवान लिम्बुवानभित्र सूक्ष्म रुपमा देखिएको छ र यसले पनि बिखण्डनको बाटो अख्तियार गर्ला कि भन्ने त्रासको सूत्रपात भएको छ । बढता, मौका हेरेर बसेको ब्राम्हाणवादले (विभिन्न नामका सबैखाले राजतन्त्रवादीहरु) एउटा विज्ञानसम्मत् उनीहरुको बहसलाई उठाएर उनीहरु जस्तै युद्धमा उतर्ने कसरत गर्न थालेको अभियान सबैलाई पत्तो नहुनसक्छ । यतिबेला जनजातिहरुलाई केन्द्रमा राखेर आत्मनिर्णयसहित साङ्घात्मक सरकारको माग पूरा हुने प्राय निश्चित भइरहेको घडीमा सबैभन्दा बलियो साइनोमा हामीहरु एकट्ठा हुन आइपुग्यौँ भने, त्यो एकताले फेरि अरु ७०० वर्ष सुदृढ हुन्छ भन्ने भयले थर्कमान एकतन्त्री सामन्ती नोकरशाही सरकार सबैभन्दा पहिले हामी जनजातिहरुको अवसान चाहन्छ । त्यसपछि मात्र अन्य उत्पीडित जाति र वर्गहरुको नाममा औँला भाँच्दछ ।
कस्तो विवाद छ त खम्बुवान लिम्बुवानभित्र ?
४६ सालको झिनो अधिकार प्राप्त परिवर्तनले जब बोल्न पाइने सीमित अधिकार दियो, त्यसको साथै जातीय मुक्तिलाई विज्ञानले निर्दृष्ट गरेको बाटोमा लगेर वर्गीय युद्धसँगै बढाए मात्र उचाइमा पुर्‍याउन सकिने ज्ञानबाट बञ्चित सेतामगुराली मार्काका समूहहरुबाटै आरम्भ भएको हो विवाद । त्यसपछि दोश्रो स्टेपमा आएर जब राजतन्त्रको इशारामा नाच्न थाल्यो त्यसको अगुवाहरु, उनीहरुले नै यो खाडललाई बढाएर लगे । ४६ सालको बोल्ने स्वतन्त्रताले धमाधम खुलेका राजनैतिक पार्टीहरु कसले हाम्रा अधिकारहरुको संरक्षण गर्दै दीर्घकालसम्म आफ्नो पार्टीको एजेण्डा बनाएर उभ्याउँछ, उहीसँग कार्यगत एकता गर्न सकिने एउटा मोर्चाको रुपमा उभिएर बन्दुक चलाउन तयार एउटा चनाखो सिपार्इं जस्तो भएर केही समय प्रतीक्षा गर्न नसकेर मुक्ति मोर्चाबाट जनमुक्ति पार्टीसम्मको महत्वाकाङ्क्षा राख्दै दरबारले फ्याँकेको जुठो मासुको चोक्टा उठाउन हाम फाल्दै आईपुगे यिनीहरु । यसले जातीय सँस्थाहरुलाई आफ्नो भाषा, लिपी, धर्म सँस्कृति परम्पराको संरक्षण गर्ने भन्दा पनि फुट ल्याउनेतिर डोर्‍यायो । साङ्घात्मक राज्य प्रणालीको गुलियो भाषणसँगै यहाँका रैथाने सो सरहका क्षेत्री बाहुनलाई दूरदूर गर्दागर्दै राई लिम्बूको सात पुस्ते केलाउने क्रम सुरु हुनगयो म अगुवा भन्ने अहंकार पाल्दै । यो क्रमले उनीहरुमा वर्गीय सोचाइलाई पूर्ण रुपले तिलाञ्जली दिइने मन्द बिषको सञ्चार भयो र भित्रभित्रै म जेठो तँ कान्छो मात्र नभएर खुनी राजा पृथ्वी नारायण शाहसँगको साहसिक युद्धलाई हेर्ने दृष्टिकोणमा पनि फरक मत हुनथाल्यो र स्वच्छ पवित्र सम्बन्धमा आबद्ध यी खम्बुवान लिम्बुवानमा मनैमन एउटा तुसको बीजारोपण भयो र हेर्दा हेर्दै हामी राई लिम्बू दाजुभाइ भन्ने पवित्र सम्बोधन र सम्बन्धबाट जेठो र कान्छोको झिनो मतमतान्तरसम्म आइपुग्यो र साँध सिमानामा लफडा गर्न थाले । यति खम्बुवान र यति लिम्बुवान भन्दै दरिद्र मानसिकताका कतिपय ब्यक्तित्वहरु मात्र होइन, विद्वान वर्गमै पनि विगत र वर्तमानका झिनो समूहमा रहेका अगुवा राई लिम्बूहरुलाई औँलामा गन्दै केटाकेटीले मिठाई साली पार्ने जस्ता घटिया कुराहरुमा विवाद बढाउन थाले ।
आजको हाम्रो पहिलो आवश्यकता
वास्तवमा नेपाललाई आफ्नो पसिनाले सिंचे खेतीयोग्य उर्वर भूमिमा परिणत गरेर बसोवास शुरु गर्ने आदिवासी मात्र होइन, पहिलो बासिन्दा हौँ हामी । आफ्नो नितान्त बेग्लै प्राचिन धर्म सँस्कृति बोकेको जनजाति हामी आज आफ्नो राज्यबाट बञ्चित सर्वहाराहरु हौँ । आदि इतिहास मनन् गर्दै राज्य पूननिर्माणको लागि अत्रि्रमणकारीहरुको राज्यसत्तामा बुलेट भएर धावा बोल्ने कि, कल्पनामा साँध सिमानाको लागि कलह मच्चाइरहने ? -गम्भीर प्रश्न यो छ । यो त एकजुट भएर सामन्ती सरकारको हातबाट दुबैले लडेर लिने हो र सिमानासम्बन्धी बिवाद त त्यसपछिको विषय हो जो इतिहास र वर्तमानलाई हिसाब गरेर वैज्ञानिक जनवादी ढंगले सुल्झाउनु पर्दछ । केही चर्को रुपमा यदाकदा हङकङमा समेत पेश भइआएको लिम्बूहरुको गणराज्यताकाको जहाँसम्म यो सीमासम्बन्धी सवाल छ, त्यसलाई आम छलफल र बहसबाट टुङ्ग्याउनु पर्ने हुन्छ । प्रमुख कुरा त मुक्तिको हो त्यसपछि मात्र तपसिलका कुरा आउँछन् । यतिबेला हामी दुबै पक्ष शोषित, शासित र पीडित छौँ । सबैभन्दा पहिले हामी उन्मुक्त वातावरण तयार गर्छौं, त्यसपछिका कुरा हुन्….तिमीहरु त्यति खाऊ, हामी यति खान्छौँ । छुट्टिएर रहन पाउने सवालमा आत्मनिर्णयको अधिकारको जुन कुराहरु छन् वाहृय हस्तक्षेपबाट खतरा छैन, उसको स्वायत्त सरकार आफै सक्षम छ भने छुट्टै रहन पनि सक्छ, किनभने आम शोषित पीडित समूहले ठूलो देश, धनी देश, बलियो देश होइन, स्वाधीन र स्वतन्त्र रहन चाहन्छ । मोरिसस भन्ने यस्तो यौटा राज्य छ, त्यहाँ ११ लाखमात्र जनसंख्या छ र यो स्वतन्त्र राज्यको क्षेत्रफल २३०० कि. मी. मात्र छ । सर्वहारा वर्गको विश्व इतिहासलाई हेर्दा स्वतन्त्र स्वायत भन्ने कुराको यसरी पुष्टि हुन्छ ।
लेनिनले ६० प्रतिशत रुसी र ४० गैर रुसीजाति भएको रुसमा ४० को पक्ष लिएर लड्नुभयो र सत्ता आफ्नो कब्जामा आइसकेपछि सीमासम्बन्धी विवादमा ब्यावहारिक उत्तर दिंदै पोल्याण्ड, फिन्लैण्डको छुटेर जाने मागलाई सहर्ष स्वीकार्नुभयो र पहिलो दौत्य सम्बन्ध पनि उसैसँग कायम गर्नुभयो । (राज्यको पुनसंरचना सुरेश आले) । त्यस्तै ९३ प्रतिशत हान जाति भएको मुलुक चीनमा माओले उत्पीडित गैरहानहरुको पक्षमा लड्नु भयो, जस्तो अहिले ने. क. पा. माओबादीले नेपालभरिका उत्पीडित पीडित जातिहरुको पक्षमा बलिदानी संघर्ष गर्दै आइरहेको छ भने २१ सौँ शताब्दीको सम्पन्न र विकसित साम्राज्यवाद दलाल चरित्र बोकेको नेपालको सामन्तवादको सही चरित्रलाई नबुझेर चर्को नाराको भरमा यो दुनियाँमा जातीय मुक्ति सम्भव छैन, न कि कुनै एउटा द्वन्द्ववादी सिद्धान्तमा अडिग लडाकू बिनामोर्चा । हतारोमा आफैंमा विवाद निस्केला जस्तो स्थितितिर उन्मुख लिम्बुवान खम्बुवान स्वयं मुक्त नभएको अवस्थामा छोरो पाउनुअघि कोक्रो बुन्ने हतार भइरहेको छ अंशबण्डाको कुरा । स्वभाविक हिसावले चरम उत्पीडनको कारण शीघ्र मुक्तिको चाहना राख्ने लिम्बुवानको समर्थन ती आज उठेका आन्दोलनकारीहरुले पाउलान् तर त्यो क्षणिक मात्र हुनेछ । किनभने सही विचार सही नेतृत्व, र सही कार्यदिशाको अभावमा त्यो आन्दोलन र त्यो क्षणिक समर्थन विचलनसिवाय अरु केही हुँदैन । जनताको बीचबाट जन्मेको सेनामा शौर्य, सहनशीलता, साहसीपन, चेतनशील, प्रगतिशील, विवेकी र अग्रगमनको सोँच र आचरण ब्याप्त समूहको नेतृत्वमा अन्ततः पुग्ने नै छन् । भनाइ छ, तपार्इंले युद्धलाई चासो नराखे पनि युद्धले तपाईंलाई चासो राख्दछ, तसर्थ उल्लेखित आचरण र क्षमताले युक्त जनताको मोर्चामा आबद्ध नहुनु भनेको आफ्नै लक्षको अवरोध जस्तो मात्र हुनेछ । यो कुरालाई बुझेर क्रान्तिकारी समूहको मूलधारमा समाहित हुन जरुरी छ ।
केही लिम्बुवान विचार र वास्तविकता
लेखमा लिम्बू जातिहरुलाई बढी सम्बोधन किन गरिएको छ भने सारपक्ष जे सुकै भए पनि रुपपक्षमा उनीहरु खम्बुभन्दा बढी चासो र रुचि तथा तदरुकताको साथ राज्यको पूनर्संरचानाको खातिर अगाडि आएको देखिएको छ । लिम्बूहरुमा तीन जति समूहहरु हङकङमै देखिएका छन् । कतिपयको वैचारिक पृष्ठभूमि शंकास्पद छ भने कति स्पष्ट खुलेका छैनन् । समग्रमा उनीहरुको आवाज लिम्बुवान राज्य पूनर्निर्माण वा पूनर्स्थापनाकै हो । ज्ञानेन्द्रले आफ्नो दाजुको वंशनास गरेर राज्यारोहण गरेको लगत्तै खान्दानी भाषाशैली प्रयोग भएको एउटा पर्चा आईपुगेको थियो । सम्भवतः राजा महेन्द्रले २०२२ सालमा खोसी लिएको लिम्बू किपट फिर्ता हुने आसयका झर्ला र खाउँलाका अभिभूतवादी सोचाइ रहेको कुराहरु उठाइएको थियो पर्चामा । केही महिनाअघि एक भरपर्दा लिम्बू कलाकारले कविता लेखे सनराइजमा पृथ्वी नारायण शाहको स्तुतिगान गाएर । बुझिन्छ के भने १८३१ मा पृथ्वी नारायणले खुनी आक्रामण गर्दै आउने क्रममा १० लिम्बूराज्यको केन्द्र विजयपुरलाई कति गर्दा पनि हराउन, हत्याउन नसकेपछि आफ्नो पुरानो योग्य सेनापति रामभद्र थापा मगरमार्फत विस्तारवादी नीति लागू गरेर कुटनैतिक जाल गरे । लिम्बू सेनापति वीर काङ्सोरेलाई मगर र लिम्बू सिमाङ्गढबाट आएको एउटै बोटको र्दुइ सन्तान, हतियार नचलाऔँ मिलेर जानुपर्छ भनेर सम्झौता गरे । रामभद्र थापाले लिम्बू र मगरको वंशावली भिडाएर केलाएर पृथ्वी नारायणको अधीनमा रहने यो सम्झौता नभएको हो भने पृथ्वी नारायणको आसिल हिन्दूस्थाना राज्यको बिरलै कल्पना गर्न सकिन्थ्यो । अर्को एउटा उल्लेख्य घटना, यो सम्झौता हुन निकै लामो बहस र जिकिरहरु भएको थियो । कथंकाल एकदिन मात्र पछाडि भइदिएको हो भने पनि नेपालको इतिहास ठीक आजको विपरीत लेखिन्थ्यो । किनभने बाहुबलमा मात्र नभएर विवेकमा पनि छिप्पिएको टिस्टा पारिका सिक्किमे याक्थुम्बाहरु जो सीमारेखाको किचोलालाई बिर्सेर पहिला खुन बचाउनुपर्छ, भाइ बचाउनुपर्छ भन्ने अठोट गरेर गोर्खाली सेना सिध्याउन अघिल्लैदिन टिस्टा तरिसकेका थिए । नेपालभूमि टेकिसकेका टिस्टा पारिका याक्थुम्वाहरुले पराजीत गोर्खालीहरुसँग युद्ध लडिरहन आवश्यक थिएन । खालि खसहरुले भोलि हामीमाथि रजाइं गर्नेछन्, रामभद्र थापा हाम्रा सन्तती भए पनि उनी पृथ्वी नारायणका चाटुकार मात्र हुन्, हामीसँगको मिलोमतोमा राज गर्ने होइनन् भन्ने दिब्य ज्ञान उनीहरुको मस्तिष्कको सतहमा घुस्नुपर्थ्यो ।
वीर तर इमान्दार सोझा याक्थुम्बाहरुलाई यस्तो धूर्त खेलमा फँसाइसकेपछि अन्य अधिकारहरु विस्तारवादी ढंगले हडप्दै गयो । आफ्नो आधिपत्यमा रहेका लिम्बूहरुलाई १८३१ श्रावण २२ गते किपट ब्यवस्था गरेर सुब्बा बनाउँदै लिम्बूहरुको पूर्ण स्वतन्त्र अस्तित्वको अन्त्य गर्‍यो गोर्खाले, दोश्रो घटना । १८७४ सम्म बिस्तारै-बिस्तारै लिम्बुवानलाई गोर्खामा गाभियो र प्रादेशिक स्वतन्त्रता जस्तोमा मात्र सीमित राखियो, तेश्रो घटना । चौथो चरणमा आएर २०२१, २२ सालतिर भूमिसुधारको नाउँमा उनीहरुलाई सम्पूर्ण हकअधिकारबाट बञ्चित गरियो, रैती बनाएर याक्थुम्बा स्वाभिमानमा बलात् लात मारियो महेन्द्रका पालामा । यी सबलाई टुलुटुलु हेरेर किन सहनु पर्‍यो ? शौर्य साहस हुँदाहुँदै याक्थुम्बाहरुले उठेको झिनो विद्रोहलाई किन आकार दिँदै इंटको जवाफ पत्थरले दिन सकेनन् भने, उनीहरुसँग लडाकू सेना थिएन, साधनको रुपमा विचारलाई डोर्‍याउने बन्दुक थिएन, जसरी आज माओवादीहरुले विचार र बन्दुकमा फ्युजन गरेर यहाँ सम्मको यात्रा तय गरे ।
के हुनसक्छ समाधान ?
खुनी राजा पृथ्वी नारायणले रक्तपात गरेर राज्य हर्न नसकेपछि विस्तारवादी नीति अख्तियार गरेर आफूले नसके पनि उसको सन्तानले भििष्यमा जनजातिहरुमाथि राज्य गर्ने बाटो खोलिदिएको थियो र वर्तमानमा कस्ले वैचारिक रुपले यो सबैखाले शोषण, अत्रि्रमणको अन्त्य गर्नसक्छ ? धैर्यताकासाथ मनन् गरेर सबैखाले हठ र स्वैर कल्पनालाई त्यागेर क्रान्तिकारी मूलधारमा आउन जरुरी छ सबै लिम्बूहरुले, खम्बुहरुले । माओले भन्नुभएको थियो “जहाँको जनताहरुसँग आफ्नो सेना छैनभने उनीहरुको आफ्नो भन्ने पनि केही हुँदैन” । नेपालमा बलियो वैचारिक हतियार भिरेर विचारको बलमा क्रान्ति गर्ने एक मात्र पार्टी माओवादीले समयानुकूल जातिहरुको समस्यालाई आत्मनिर्णय सहितको स्वायत सरकारको विषयलाई वर्गसंघर्षसँग जोडेर लगेको छ । लिम्बुवान खम्बुवान मात्र नभएर धमाधम जन्मन लागेको विशेष गरेर मधेसको समूह जो सुकैले पनि आफनो जातीय क्षेत्रीय मुक्तिको लागि सर्वहारा वर्गसँग एकाकार हुनैपर्दछ, यस महान अभियानमा एक भएर जानैपर्दछ समाधान त्यहाँ मात्र छ । इतिहासका यी हर्कतहरु हेर्दा र वर्तमानको पूँजिवाद एकाधिकार पूँजिवादमा समाहित भइसकेको हिसावले पनि जातजातिहरुको मुक्ति गर्न सक्दैन पूँजिवादले । भन्नाले, नेपालको राजसँस्था सामन्तवाद हो, नेपाली कांग्रेसलाई सामन्तवादभन्दा एक स्टपअगाडि पूँजिवादी कित्तामा राखेर हेर्न सकिन्छ । अन्तमा आजको युगमा पनि मार्क्सवादलाई वैज्ञानिक दर्शन नमान्नु बहुलट्ठीपन मात्र हुनेछ । फुटाऊ र राज गर उनीहरुको जुन सनातान धर्म हो, त्यो हतियार अब हामी आफूले खोसेर उनीहरुलाई प्रहार गर्नु पर्दछ, जसरी उनीहरुको बन्दुक खोसेर जनताले उनीहरुलाई नै परास्त गरे आजको समस्याको समाधान यो नै हो ।
Source by - www.nepal.hk

Feb 13, 2008

दिल पालुङवा

तस्विरहरु हेर्न यहा क्लिक गर्नुहोस् ।
वि.सं.२०२८ फागुन ५,ताप्लजुड.,फुङलिङ . सिम्ले जन्म दिल पालुङवा उर्फ नेपाल कुश्शा अंग्रेजी साहित्य र अर्थशास्त्रमा,म.व. क्याम्पस,धरानबाट स्नातक पुरा गरेका हुन् । हाल सम्म उनका यथार्थका चोइटाहरु - २०६१-कथासंग्रह संयुक्त,त्यान्द्रा,छाटोफ्रक - उपन्यास,किरात लाजे लिम्बुवान सामान्यज्ञान २०५९ आदि पुस्तकहरु प्रकाशित भैसकेकाछन् । वहा नेपाली साहित्य प्रतिष्ठान,हंगकंग - सदस्य विद्यार्थी राजनीतिमा विभिन्न स्थानमा सदस्य,संयोजक तथा संस्थापक ,गोर्खाज फोरम काउलन क्षेत्रिय कमिटी -सचिव,हाल सदस्य,कि.या.चु.हंगकंग केन्द्रिय कमिटी - भू.पू.सचिव,हंगकंग कन्स्ट्रक्सन वर्कर पुनियनमा समेत संलग्न हुनुहुन्छ ।वहा कि.या.चु.हंगकंगबाट प्रकाशित सेक्मुरीको सम्पादन समेत गरीसक्नु भएको छ ।
वहाका थुप्रै कथा,कविता,वैचारिक लेख विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । साथै वहा मगर संघ हंगकंग र किरात याक्थुड. चुम्लुड. हंगकंगव्दारा सन् २००३मा सम्मानित भैसक्नु भएकोछ ।वहा लिम्वूवान राष्ट्रिय मोर्चा हंगकंगका अध्यक्ष समेत हुनुहुन्छ ।उनै प्रतिभाशाली नेता तथा लेखकसंग लिम्वूवान ब्लगर टंक सम्वाहाम्फेले गर्नु भएको कुराकानी पाठकहरुको लागि प्रस्तुत गरीएकोछ ।
१. तपाई हङकङमा खोलिएको लिम्वूवान पार्टीको अध्यक्ष हुनुहुन्छ भन्ने कुरा सुनियो उक्त पार्टीको नाम के हो ? कहिले स्थापना भएको हो र लिम्वूवानको लागि के के काम गर्दछ ?
तपाईले सुन्नुभएको कुरा सही हो म हङकङवाट स्थापना गरिएको लिम्वुवान पार्टीको अध्यक्ष हुं र यस पार्टीको नाम लिम्वुवान राष्ट्रिय मोर्चा हो । यसको स्थापना सन् २००३ अक्टोवर १ तारिखको दिन भएको हो । तर त्यो वेला यसलाई मञ्चको रुपमा अगाडि वर्ढाईएको थियो । सन् २००७ मे २० तारिखमा एक वृहत कार्यक्रमको आयोजना गरि घोषणा पत्र तयार पारी तथा घोषणा गरि लिम्वुवान राष्ट्रिय मोर्चामा परिणत गरिएको हो । यसले के के काम गर्दछ भन्ने सम्वन्धमा यस मोर्चाको मूख्य कार्य भनेको वि.सं. १८३१ देखि गोर्खामा सह-राज्य अर्थात स्वायत्त राज्यको रुपमा सामेल भएको लिम्वुवान वि.सं.२०२१ सालदेखि नेपाल केन्द्रीय सरकारले एकतर्फी ढंगले स्वायत्त राज्यको अधिकार समाप्त पारिएकोले उक्त लिम्वुवानको स्वायत्त अधिकारलाई पूनस्थापित गर्न हो । साथै आधुनिक हिसावमा "प्रजातान्त्रिक प्रगतिशील समाजवाद र राष्ट्रियता"को सिद्धान्त लिई "आसवस"-आत्मानिर्णय, समावेसी, वहुददलीय व्यवस्था र सङघीयवाद)को मूल तत्व अपनाई स्वायत्त शासन सञ्चालन तथा लिम्वुवानको चौतर्फी उन्नति गर्न र देशको राष्ट्रियता प्रवल वनाउन हो ।

२. हालसालै नेपालमा चलिरहेको लिम्वूवान स्वायत राज्य पुनस्थापनाको आन्दोलनमा यो मोर्चा पनि समाहित भएको छ ? छ भने कसरी विदेशवाट उक्त आन्दोलनमा समाहित भयो होला ?
स्थापनकालिन समयदेखिनै आन्दोलनमा लागिरहेको यो मोर्चाले अहिलेको लिम्वूवान स्वायत राज्य पुनस्थापनाको आन्दोलनमा समाहित नहुने कुरै हुदैन । समाहित भईनै रहेको छ । विषेश गरेर मोर्चाको नेपाल तथा लिम्वुवानमा स्थापित संगठनहरुवाट कार्यहरु भईरहेका छन् । यहा“वाट आर्थिक सहयोग, वैचारिक सहयोग तथा नितीगत सहयोगहरु वारम्वार भईनै रहेका छन् । संघीय लिम्वुवान राज्य परिषदसंग कतिपय सवालहरुमा मिलेर कार्यहरु भईनैरहेका छन् । त्यस्तै लिम्वुवान सञ्जाल मार्फत पनि कार्यहरु भईनैरहेका छन् ।

३. तपाई पार्टीको नेता भएकाले पक्कै पनि थाहा होला लिम्वूवान स्वायत राज्य प्राप्ति गर्ने आधार र प्रमाणहरु के के हुन् ?
लिम्वुवानको स्वायत्त राज्य प्राप्त गर्ने धेरै आधारहरु छन् । पहिलो तथा मूख्य कुरा के हो भने लिम्वुवान तत्कालिन गोर्खा अर्थात नेपालले जितेर लिएको भुमि होईन । आजको नेपाल हुनु अगाडि यो एक स्वतन्त्र राज्य थियो । तर गोर्खा राज्य विस्तारको क्रममा लिम्वुवानमा आईपुगेको थियो । त्यसवेला लिम्वुवान र गोर्खा विचमा घमासान युद्ध भएको थियो । उल्लेख्य रुपमा १७ पटक युद्ध भएको र प्रतेक पटक लिम्वुवानले नराम्ररी गोर्खालाई जितेको इतिहासमा उल्लेख छ । त्यसैले गोर्खाले लिम्वुवानलाई सत्रजित पनि भन्ने गर्दछन् । तर जतिपटक हारेपनि गोर्खाले लिम्वुवानलाई आफ्नो समर्थनमा ल्याउने प्रयास गर्यो । सो वमोजिम उसले वि.सं. १८३१ को लालमोहर सन्धी गर्न पुग्यो । यसलाई वि.सं. १८३१ को तसल्ली लालमोहर भनिन्छ । उक्त लालमोहर सम्झौता अनुसार लिम्वुवान तत्कालिन गोर्खाको सह-राज्यमा रहने र लिम्वुवानको शासन तथा उक्त क्षेत्रको भूमिको अधिकार लिम्वुहरुको साखा सन्तान रहुन्जेल भोगचलन गर्न पाउने सम्झौता भएको थियो । सो सम्झौतालाई स्वीकार गरेर लिम्वुवानले गोर्खाको केन्द्रीय सरकारलाई समर्थन गरेको थियो । यो क्रम केही तलमाथि हुदै वि.सं. २०२१ मा आएर महेन्द्र राजाले आफ्नो पूर्खाको कसम तोड्दै कथित भूमिसुधार लागु गरेर लिम्वुवानको भूमि सम्वन्धी अधिकार समाप्त भएको नाटक गरे । लिम्वुवानले त्यसको र्समर्थन गर्ने कुरै भएन । यसरी समर्थन नगर्दा हाम्रा पूर्खाहरुलाई दुख दिने काम भयो । जेल नेल र हत्या गर्ने कार्य भयो । अर्थात सैनिक लगाएर हाम्रो लिम्वुवानको आवाजलाई कुल्चिने कार्य भयो । त्यसरी एकतर्फी ढंगले नेपालको तर्फवाट लिम्वुवानको अधिकार कटौती गरियो । हाम्रो लिम्वुवान राज्यलाई हडप्ने कार्य भयो । यसर्थ हाम्रो लडाइ अहिले मात्र होईन । पहिलेदेखिनै भएको हो । यही लर्डाईको क्रममा आजसम्म आईपुगिएको छ । यसरी लिम्वुवानको अधिकार एकतर्फाट उल्लङघन गरेर कदापी हुदैन । यदि हुन्छ भने लिम्वुवान पनि स्वतन्त्र हुने आधारहरु हुनेछन् । तर स्वतन्त्र लिम्वुवान हाम्रो अभिष्ट होईन । नेपाल भित्र एक स्वायत्त राज्यमा रहने हो । तर संधै नेपाल केन्द्रीय सरकारको लिम्वुवान विरोधी भावना भईरहे लिम्वुवान स्वतन्त्र नरहन भने सक्दैन ।

४. विदेशमा खोलिएको पार्टीले नेपालमा मान्यता पाउछ होला ?यदि मान्यता पाउनुका आधारहरु के के हुन ?
विदेशमा खोलिएको पार्टीले नेपालमा मान्यता पाउछ होला भन्ने जुन प्रश्न छ-यसमा के भन्न सकिन्छ भने पार्टी जहा“ अनुकुल हुन्छ त्यहा“ खोल्न सकिन्छ । हामीलाई हङकङ अनुकुल भयो यहा“ पार्टी खोलियो । यहीवाट संगठन विस्तार गरियो अर्थात भैपनिरहेको छ । शुरुवात जहा“भएपनि कार्यक्षेत्र नेपाल लिम्वुवान हो । लिम्वुवानमा हाम्रो संगठनहरु भैरहेका छन् । तसर्थ मान्यता पाउने नपाउने कुराहरु नहुने कुरै छैन । अर्को विदेशमा वसेर यस्तो कार्यहरु सम्भव होला भन्ने भनाईहरु पनि नभएका होईनन् । तर संसारमा प्रमाणित भएकै कुरा हो वीन लादेनले कहा“वाट अमेरिकालाई तहल्का मच्चायो । गान्धी पनि विदेशमै थिए । नेपालकै माओवादीहरु पनि नेपाल वाहिरै थिए । एमाले काग्रेसका नेताहरु पनि नेपाल वाहिरै थिए । त्यसैले यो सम्भव नहुने कुरै हुदैन । जुन कार्यक्रमले निर्दिष्ट गर्ने कुराहरु हुन् ।

५. तपाई एउटा लेखक स्रष्टा कसरी पार्टीको नेता हुन अभिप्रेरीत हुनु भयो ? राजनितीमा लाग्दा साहित्य लेखनलाई प्रभाव पार्दैन ?
पार्टीको नेता हुनु मेरो वाध्यता हो । वाध्यता कसरी भयो भने म एउटा लिम्वु अर्थात लिम्वुवानको छोरा हुं । मैले मेरो आमाको पिडालाई सहन सकिन । भनाईको मतलव लिम्वुवानलाई जवर्जस्ती नेपालमा गाभ्ने कार्य जुन नेपाल सरकारले गर्यो । यो काम सहि थिएन । त्यसरी नेपालमा जवर्जस्ती लादेपछि लिम्वुवानको दुर्दशा शुरु भयो । म स्वयंले पनि प्रत्यक्ष रुपमा भोग्नु पर्यो । हामी अहिले पनि एक उपनिवेशको मान्छे जस्तो जिवन विताउन वाध्य भएका छौं । हाम्रो अस्तित्व समाप्त पारियो । हामीलाई यती गरिवी पनि पारियोकि नेपालको सवैभन्दा गरिवीको रेखाभन्दा वढी भैयो । हिजोको आदिवासी भूमिपुत्र तथा राजसी ठा“टमा वसेकोहरु थोरै समयमा अरुको कारणवाट मगन्तेको रुपमा पारिनुलाई कसले राम्रो भन्छ । त्यस्तै लिम्वुवानलाई माया गर्नुपर्छ, वचाइ राख्नुपर्छ र नेपलवाट पनि यस्तो कार्य गरिनु हुन्न भन्ने हाम्रा पूर्खाहरुलाई अमानवीय तरिकाले झुण्डयाएर, गोली हानेर, कुटेर मार्ने कार्य भयो । नेपाली वोल्न नजान्ने हाम्रा पूर्खाहरुलाई जवर्जस्ती नेपाली वोल्न लगाईयो । वोल्न नजान्दा दमन गरियो जेलनेल लगियो । डेड सयलाई तेर सय भनियो-पारियो । अनी लिम्वुहरुको राम्रो तथा धेरै धेरै जग्गा जमिन जालसांजी गरेर खोसियो । यसको विरोध गर्दा मारियो । लिम्वु भाषा लिपीको कार्य गर्नेलाई पनि सताउनसम्म सताईयो । मुन्धुम वा पूजाआजा लुकी लुकी राती गर्नु पर्ने वाध्यता वनाईयो । यस्ता दमनकारी कार्यहरुको लेखाजोखा गरेर साध्य छैन । समग्रमा हेर्दा लिम्वुहरुले नारकीय जीवन विताउनु पर्यो । यी यावत कारणहरुले गर्दा मैले लिम्वुवानको मुक्तिको वाटो खोजेको हो । मानवीय उन्मुक्तिको वाटो रोजेको हो । जुन वाटो प्रजातान्त्रिक प्रगतिशिल समाजवादी र राष्ट्रियताले ओतप्रोत हुनेछ । यसले साहित्य लेखनलाई अवश्य प्रभाव नपारेको भने होईन । धेरै प्रभाव पारेको छ । मैले जति पनि लेख्ने जमर्को गरेको थिए र छु त्यो गर्न सकेको छुइन । तर यसलाई के विचार गरेको छु भने अवश्य भविष्यमा समय मिल्छ होला त्यो वेला पुरा गर्नेछु ।

६. लिम्वूवान पार्टीहरु र लिम्वूवानवासी लिम्वूहरु लिम्वूवान स्वायत राज्य पुन प्राप्तिको लागि आन्दोलनमा उत्रि सकेकाछन् तर सरकारले त्यसको पूर्ण वेवस्ता गरी रहेछ यस्तो परिस्थितीमा हामी लिम्वूहरुले लिम्वूवान स्वायत राज्य पुन प्राप्ति हुन्छ भन्ने कुरामा कसरी विश्वस्त हुने होला ?
लिम्वुवानको आन्दोलनलाई सरकारले पूर्ण व्यवस्था गरेको भन्न मिल्दैन । उसले लिम्वुवान आन्दोलनलाई सकारात्मक सोचेरनै वार्ताको टेवलमा वोलाएको हो । यद्यपी लिम्वुवानले आन्दोलनको ज्वारभाटाचाहीं ल्याउनुपर्छ । लिम्वुवान स्वायत्त राज्य पूनप्राप्ति हुने कुरामा शंका छैन । किनकी लिम्वुवानले नितीगत विषयहरुलाई उठान गरेर आन्दोलन गरेको छ । त्यस्तै स्वायत्तको आन्दोलन गरेको छ-स्वतन्त्रताको होईन । तर स्वतन्त्रताको आन्दोलन भयो भने पनि सफल नहुने कुरा भने आउदैन । किनकी यो प्रमाणित भएको कुरा हो कुनै कुराको थालनी भएपछि त्यसको अन्त्य अवश्य हुन्छ ।

७. विदेशमा लिम्वूवान पार्टी खोलेर पछि लिम्वूवान स्वायत राज्य प्राप्ति भए पछि सत्ताको साझेदार मात्र हुन खोज्नु भएको त होइन ? किनकी आन्दोलनमा नारा जुलुस लाउन उपस्थित हुनु पर्नेमा तपाई पार्टीको मुख्य नेता नै हङकङमा हुनुहुन्छ कसरी लिम्वूवानवासी लिम्वूहरुको मन जित्न सक्नु हुन्छ ?
पहिलो कुरा हामीले लिम्वुवानको पार्टी हङकङमा खोलेका हौं । जुन हामी हङकङ वसोवासको कारणले हो । यो पार्टी हामीले यो स्वायत्त आन्दोलन भन्दा धेरै अगाडिनै खोलेका हौं । हाम्रो उद्धेश्य अहिलेनै आन्दोलनमा गईहाल्ने थिएन । त्यसको लागि राम्ररी गृहकार्य गर्ने सोच थियो । साथै धेरै क्यार्डसहरु वनाउने र सम्पूर्ण लिम्वुवान लिम्वुवानवादीमय वनाउने थियो । तर के भईदियो भने नेपालमा लोकतन्त्रको आन्दोलनले गर्दा हाम्रो उद्धेश्यलाई माथ गर्दै स्वायत्तको कुराहरु अरुहरुद्वरा उठाउन थालियो । त्यसैले गर्दा हामी भन्दा अन्य संगठनहरु अघि देखिएका हुन सक्छन् । तर त्यहा हाम्रो समुहहरु अर्थात कार्यकर्ताहरु नभएको होईनन् । हाम्रो कार्यकर्ताहरु पनि अन्य संगठनहरुसंग मिलेर आन्दोलन गरिरहेका छन् । लिम्वुवान सञ्जालमा रहेर कार्यहरु भईरहेको छ । हामी पोलिसी मेकिङ गरिदिन्छौ । हाम्रो लिम्वुवान अर्थात नेपालमा रहने नेताहरुले त्यसको कार्यन्वयन गर्दछन् । जुन हाम्रो घोषणा पत्रले पनि कार्य गरिरहेको छ । त्यसैले हाम्रो उद्धेश्य भनेको सत्ताको साझेदारी होईन । प्रमुख कुराचाही लिम्वुवान स्वायत्त हो । हामी अहिले यहा हङकङमा छौं । समयसापेक्ष भएपछि हामी लिम्वुवान फर्कनेछौं । हाम्रो ध्येय भनेको सधैभरी हङकङ रहने पनि होईन । तर हामी जहा“ छौं त्यहावाट पनि काम गरौं अनि समय मिलाएर आफ्नो मातृभूमि जाऔं भन्ने हो । साथै लिम्वुवानलाई पनि हङकङ जस्तो वनाउने हो ।

८. यदि लिम्वूवान स्वायत्त राज्य शान्तिपूर्ण ढङ्गले प्राप्ति भएन भने अन्य विकल्पहरु लिम्वूवान स्वायत राज्यको लागि कसरी खोज्न सकिन्छ ?
यदि लिम्वूवान स्वायत राज्य शान्तिपूर्ण ढङ्गले प्राप्ति भएन भने विकल्पको रुपमा समय सापेक्ष हामी शसक्त क्रान्तीको माध्यम अपनाउनेछौं । हामी युद्ध गरेर भएपनि लिम्वुवान आमालाई मुक्त गर्न चाहान्छौं । हाम्रो पहिलो कुरा भनेको नेपालको स्वायत्त राज्यमा रहने हो । जुन हाम्रो पूर्खाले वि.सं. १८३१ मा सर्त गरेका थिए । यो सोही मुताविक हुनेछ । यदि यो हाम्रो कुरालाई केन्द्रीय सरकार या कसैले लत्याउछ भने हामीलाई स्वायत्त लिम्वुवान होईन । स्वतन्त्र लिम्वुवान चाहिनेछ । तर्सथ स्वतन्त्र लिम्वुवानको लागि हामीले कस्तो कस्तो रणनितीहरु अपनाउनुपर्ने हुन्छ-त्यो अपनाएर छाड्नेछौं ।



९. तपाई एउटा लेखक पनि राजनैतिक नेता पनि त्यसैले कुन कर्ममा वढी आनन्द अनुभूति गर्नु हुन्छ र किन ?
मलाई लेखनमा वढी आनन्द अनुभूति हुन्छ । किनकी राजनिती स्वतन्त्र तथा स्वच्छन्द हुदैन । यो कुनै न कुनै माध्यमवाट वांधिएको हुन्छ । तर लेखनको कुरा स्वच्छन्द र स्वतन्त्रताको कुरा हो । यहा“ आफुलाई जस्तो मन लाग्यो त्यो लेख्न पाईयो । जस्तो अभिव्यक्ति दिन चाह्यो त्यो दिन सकियो । तर राजनितीमा त्यस्तो पटक्कै हुदैन सवै कुरा पार्टीको निर्णयमा चल्नु पर्छ । कहिलेकाही वाटो फरक फरक तथा अप्ठयारो पनि समाउनु पर्ने हुन्छ । जुन मानव समुदायको लागि असरदार नहुन भने सक्दैन । आफ्नो जीवन पनि अप्रत्यक्ष रुपमा वांधिएर रहन पुग्छ । यद्दपी केही समयलाई वाध्यता भएकोले लिम्वुवानको आन्दोलनमा लागेको हुं राजनितीसंगै साहित्यलाई पनि निरन्तरता दिदै । राजनितीको रिटायर्ड अवस्थामा पून लेखनलाई सुचारु राख्ने सोच राखिएको छ ।

१०. उपन्यास लेखनमा त्यान्द्रो देखि छोटो फ्रकसम्म आइपुग्दा लेखन कार्यलाई अगाडि वढाउनु पर्छ जस्तो लागेन ? कुनै नया कृति प्रकाशन गर्ने तरखरमा हुनुहुन्छ कि ?
लेखनलाई अगाडि वढाउनु पर्छ भनेर नलागेको होईन-लागिरहेको छ । पहिलो कुरा मेरो वढी समय दैनिक पेशागत कार्यमा जानेछ । त्यसपछि लिम्वुवानको राजनितीमा । अनी अन्य आवद्ध संस्थागत सामाजिक कार्यहरुमा जान्छ । केही समय परिवारलाई । कहिले तत्काल लेखिहाल्नु पर्ने लेखहरुमा । कहिलेका“ही विभिन्न संस्थाहरुवाट आएको अनुरोधमा विभिन्न स्मारिका तथा पत्रकारिता आदिमा पनि समय जादैछ । अनी त्यसमा पनि वचेको थोरै समयमा कुनैन कुनै साहित्यको विषयमा थोरै लेखिरहेको छु - त्यस्तै लिम्वु तथा लिम्वुवानको इतिहासको विषयमा । यसरी गुज्रदा गुज्रदै एउटा सानो आकारको लिम्वुवानको संक्षिप्त इतिहास र पूनस्थापना पुस्तक प्रकाशनको क्रममा छ । जसले लिम्वुवानको आन्दोलन तथा वहसलाई सहजीकरण गर्नमा मद्दत पुग्ने सम्झेको छु । त्यस्तै विदेशमा वस्ने क्रममा विदेशी महिलाहरुसंग प्रेम प्रसंग चली अवैध जन्मेका सन्तान अर्थात छोरी मान्छेको आफ्नो वावुको खोजिमा भौतारिएको जीवन कहानीमा आधारित एउटा उपन्यासको पाण्डुलिपी तयारी भएको छ । निकट दिनमानै प्रकाशन गर्ने सोचाईमा छु ।

११. लिम्वूवान व्लगस्पोट डटकम मार्फत लिम्वूवानवासीहरु र संसारभर छरीएर रहेका पाठक तथा शुभचिन्तकहरुलाई केहि सन्देश दिन चाहानु हुन्छ कि ?
लिम्वूवान व्लगस्पोट डटकम मार्फत लिम्वूवानवासीहरु र संसारभर छरीएर रहेका पाठक तथा शुभचिन्तकहरुलाई म के भन्न चाहान्छु भने अहिले हामी सवै लिम्वुवान स्वायत्तको आन्दोलनमा लागौं । सवै मिलेर लिम्वुवान स्वायत्तको आन्दोलनमा लाग्यौं भने अवश्य हामीले चाहेको लिम्वुवान प्राप्त हुनेछ । यसको लागि म विषेश गरेर नेपालको विभिन्न पार्टीहरुमा अर्थात कांग्रेस, एमाले, माओवादी, राप्रपा, जनमुक्ति लगायत सम्पूर्ण पार्टीहरुमा आवद्ध लिम्वुवानवासीहरुलाई आफ्नो पार्टीगत स्वार्थभन्दा माथि उठी लिम्वुवान स्वायत्त आन्दोलनमा एक भएर लागौं भन्न चाहान्छु । जुन स्वायत्त राज्य मेची पश्चिम, सिस्वा संखुवा अरुण हुदै सप्तकोशी पूर्व, हिमालय दक्षिण र जोगवनी अर्थात नेपालको ऐजन सिमाना उत्तर अर्थात यस भित्र पर्ने ताप्लेजुङ, पानथर, इलाम, झापा, संखुवासभा, तेरथुम, धनकुटा, सुनसरी र मोरङ गरि नेपालको ९ जिल्लाहरु पर्नेछन् । यसभित्र कुनै कोचिला राज्यको प्रसंग आउदैन । कुनै किरात राज्यको कुरा आउदैन । हुन्छ त केवल ऐतिहासिक आधारको लिम्वुवान राज्य । त्यसैले हाम्रो यो भूमिलाई कसैले पनि टुक्रा टुक्रा पार्ने कार्य नगरौं । विषेश गरेर माओवादी लिम्वुवानी मित्रहरुले ५ वटा पहाडि जिल्लाहरुलाई मात्र लिम्वुवान स्वायत्त राज्य भित्र राख्न खोजेको पाईन्छ । यो महागल्तीलाई तुरुन्त सच्याएर सम्पूर्ण माथि उल्लेखित ९ जिल्लाहरुलाई लिम्वुवान स्वायत्त राज्यको रुपमा लिएर लागौं ।
त्यस्तै स्वायत्त आन्दोलनको दौरानमा कसैले पनि वाटो विराउन नपुगौ । साथै लिम्वुवान स्वायत्तवादीहरुवाट पनि सुवास घिसिङको जस्तो कसैले कार्य नगरौं । गैह्र लिम्वुहरुको कतिपय लिम्वुवान आन्दोलनको जांतोमा परिन्छ कि भन्ने सोचहरु पनि पाईयो । यसमा डराउने कार्य नगरौं । किनकी लिम्वुवान सम्पूर्ण लिम्वुवानवासीहरुको हो । यो कुरालाई मनन गरौं । वरु लिम्वुवान स्वायत्त आन्दोलनमा साथमा साथ दिऔं । कसैको गल्ती कार्यको कारण स्वतन्त्र लिम्वुवानको लागि शसस्त्र युद्धको सामना गर्न वाध्यता नआओस् । त्यसैले सवैले सोचेर वुझेर कार्य गरौं । यो हाम्रो घरको समस्या सम्झौं र घर परिवारवाट मिलाउने कार्यमा लागौं । त्यस्तै फुटेर होईन जुटेर कार्य गरौं । यदि हामीले जुटेर कार्य गरेमा संसारको कुनै पनि अजेय शक्तिले परास्त गर्ने छैन । यो सवैले वुझौं । सेवारो ।

Feb 12, 2008

नेपालको राजनैतिक स्वरुप

भवानी वराल
नेपालको वर्तमानको यो राजनैतिक स्वरुप पृथ्वीनारायण शाहको 'एकीकरण' बाट बनेको होईन । लिच्छवी, मल्ल, किरात कालखण्डमा पनि वर्तमानकै सिङ्गो स्वरुपको नाम नेपाल थियो । पृथ्वीनारायणले गोर्खा राज्य विस्तार गर्नु अघि स-साना ५२ वटा जातीय गणराज्यहरु अस्तित्वमा थिए । ति सबैको समग्र नाम नेपाल थियो । चिनिया यात्री हुएन सांगले भारत भ्रमण गर्दा यो कुराको पुष्टी गरेका छन् । उनले भारत भ्रमण सकेर चीन फर्कि चीनका सम्राटलाई प्रतिवेदन बुझाउदा भारत भन्दा उत्तरतर्फ सानो देश रहेको र यसको लम्बाई १४ सय लि -चिनीयाँ नाप) लामो रहेको उल्लेख गरेका छन् । जुन नाप अहिलेको नेपालको करिव बराबर छ ।पृथ्वीनारायणले गोर्खा राज्य विस्तार गर्नु पूर्व उपत्यका पश्चिमका गण्डक प्रदेशमा २४ वटा, कर्णाली प्रदेशमा २२ वटा, उपत्यकामा ३ वटा र उपत्यका पूर्व ३ वटा गरी ५२ गणराज्यहरु थिए । पृथ्वीनारायणले यिनै स-साना गणराज्यलाई बलपूर्वक गोर्खा राज्यमा गाभे । तर १८१४ देखि १८१६ सम्मको अंग्रेज-नेपाल युद्धमा अर्थात् १८१६ को सुगौली सन्धी पछि तत्कालीन नेपालको भू-भाग पूर्वमा टीष्टासम्म र पश्चिममा कांगडासम्म गुम्यो । तराईका केही भाग पनि ब्रिटिश भारतको कब्जामा गयो । पछि लखनउको सिपाही बिद्रोहलाई दबाउन अंग्रेज सरकारलाई सघाए बापत जंगबहादुरले नया मुलुक बाके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्ला बक्सिस स्वरुप ब्रिटिशबाट पाए । पछि राणा प्रधानमन्त्री वीर शमशेरले पहाडलाई २३ जिल्ला र तराईलाई १२ जिल्ला गरी ३५ जिल्ला तहसील कायम गरे । यसअघि नेपाल ३९ जिल्लामा विभाजित थियो । उपत्यकादेखि पश्चिम काली गण्डकीसम्मको पहाडलाई पश्चिम १ नम्बर देखि ४ नम्बरसम्म, उपत्यका पश्चिम अरुणसम्म पूर्व १ नम्बरदेखि ४ सम्म । तराईका जिल्लाहरु प्रगन्ना, महल, टप्पा, अमाल र मौजा नामको प्रशासनिक इकाईको नाम दिइयो । पहाडी जिल्ला थुम, मौजा र अमाल नाममा प्रशासनिक विभाजन गरिए ।यसपछि चन्द्र शमशेरले पहाडमा २०, तराईमा १२ र काठमाडौंमा १ गरी ३३ जिल्ला बनाए । २०१५ सालसम्म यी जिल्लाहरु गौंडा, गोश्वारा, जिल्लामा प्रशासनिक व्यवस्था भए । बडा हाकिम मजिष्ट्रेट प्रशासनिक प्रमुख हुन्थे । वि.सं. २०१८ सालमा राजा महेन्द्रले १४ अञ्चल, ७५ जिल्ला, करिब ४ हजार गाउ बनाउने घोषणा गरेर २०१९ सालको पञ्चायती संविधानले यसलाई औपचारिकता दिइयो । २०४६ को जनआन्दोलन पछि बनेको २०४७ को संविधानले पनि यहि संरचनालाई स्वीकार गर्‍यो । अर्थात पृथ्वीनारायण शाहले बलपूर्वक भत्काएको नेपालको तत्कालीन संघीय राज्य स्वरुपलाई आजपर्यन्त स्वीकारिएको छ । २०६३ सालको अन्तरिम संविधानले करिव २४० वर्ष अघि पृथ्वीनारायणले स्थापित गरेको एकात्मक राज्यलाई विघटन गर्ने प्रतिवद्धता जनाएको छ । मधेसको आन्दोलनपछि संघात्मकमा जान संविधान संशोधन गर्ने प्रतिवद्धता जनाएपनि त्यसले मूर्त रुप भने लिन सकेको छैन । पृथ्वीनारायण शाहले स्थापना गरेको हिन्दु एक जातिवादी, एकात्मक सामन्तवादी राज्य हो ।
एकात्मक र संघात्मक राज्य
एकात्मक राज्य एउटै केन्द्रीय सत्ताद्वारा सञ्चालित राज्यको नमूना हो । एकात्मक शब्दले एक भएको, एकाकार अभिन्न भन्ने अर्थ दिन्छ । प्रकृति, गुण आदिका दृष्टिले समान हुने भाव, गुण वा स्थितिलाई एकात्मक भनिन्छ । राजनैतिक शास्त्रमा एकात्मक शासनलाई अभिभाज्य र एकिकृत शासन व्यवस्था मानिन्छ । जसको विशेषता भनेको एउटै मात्र केन्द्रीय सरकार हुनु, प्रान्त वा क्षेत्रको छुट्टै अस्तित्व नहुनु, एउटै संविधान, एउटै मात्र नागरिक पहिचान, प्रशासनिक शक्ति एउटै केन्द्रमा हुनु हो । पुरै राष्ट्र एक मात्र केन्द्रीय सत्ताको अधिनमा हुनुलाई एकात्मक संरचना मानिन्छ । जहा शासन पद्धतीमा कुनै मौलिकता हुन्न ।प्रचलित मान्यता अनुसार विदेश मामिला, रक्षा र मुद्रा आदि जस्ता समान उपयोगका प्रमुख विषय केन्द्रीय सत्तामा राखी अन्य कुरामा स्वायत्त शासनको अधिकार प्रयोग गर्ने राज्यको संगठनलाई संघात्मक भनिन्छ । संघात्मक शब्द ल्याटिन भाषाको फेयोडेस शब्दबाट आएको हो । जसको अर्थ सन्धी, सम्झौता भनिन्छ । धेरै राष्ट्रहरुको सम्मिलनद्वारा बनेको राज्य नै संघीय राज्य हो । संघीय राज्यमा राष्ट्रहरुको स्वतन्त्रता पहिलो सर्त हो । संघीय राष्ट्र आत्मनिर्णयको अधिकारको नीति र स्वायत्तताको योजना र कार्यक्रमले निर्माण गर्नुपर्छ । एक राष्ट्रद्वारा अर्को राष्ट्रमाथि उत्पीडन भयो भने मुक्तिको निम्ति विद्रोह, न्यायपूर्ण मानिन्छ । राज्यको स्वतन्त्रता,राष्ट्रको मुक्ति, जनताको हक स्थापनाको निम्ति विद्रोह वा क्रान्ति अनिवार्य नियम हो । संघात्मक राज्य रचनामा साचो अर्थमा जनता सार्वभौम हुन्छन् । विशेषाधिकार, समानुपातिक प्रतिनिधित्व, संविधान -विधि) को सर्वोच्चता, बहु-विधान र बहु-पहिचान यसका उल्लेख गर्न लायक विशेषता हो । यो प्राचिन प्रजातान्त्रिक शासन पद्धती पनि हो ।
जुन देशको समुदायमा बहु विविधता
जातीय, भाषिक, सास्कृतिक, धार्मिक) हुन्छ त्यहा संघात्मक राज्य संरचनाको अनिवार्य आवश्यकता हुन्छ ।
समसामयिक राजनीति र जनान्दोलनको आदेश
अहिलेको परिवर्तनको जग २०६२ मंसीर ७ गते भएको थियो । शसस्त्र युद्ध गरिरहेको नेकपा -माओवादी) र राजतन्त्रको निरंकुशता विरुद्ध आन्दोलन गरिरहेका सात राजनैतिक दलबीच ऐतिहासिक १२ बुँदे दिल्ली सम्झौता भयो । त्यो सहमतिको प्रस्तावनामा 'निरंकुश राजतन्त्रको अन्त्य गरी पूर्णलोकतन्त्र स्थापना गर्दै राजनीतिक, सामाजिक, संस्कृतिक सबै क्षेत्रको वर्गीय, जातीय, लिंगीय, क्षेत्रीय आदि समस्याहरुको समाधान गर्न राज्यको अग्रगामी पुनर्संरचना गर्दै पूर्ण लोकतन्त्रको आवधारणालाई कार्यान्वयन गर्नु अपरिहार्य आवश्यकता भएको छ ।' यस्तो भाषाको प्रतिवद्धता आएको थियो । त्यहि सहमतिमा आन्दोलन गर्ने समझ्दारी पनि बन्यो । नेेपाली जनता यहि प्रतिबद्धतामा विश्वास गर्दै आन्दोलनमा हामी , १२ बुदे समझ्दारीको अर्को महत्वपूर्ण सहमति भनेको संविधानसभाको निर्वाचन हो । जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउन दोस्रो बुँदामा संविधानसभाको निर्वाचन गर्ने प्रतिबद्धता थियो । यि दुई विषयलाई नेपाली जनताले संकट निकासको गुरुमन्त्र माने । र १९ दिनको जनान्दोलनको परिणामले तार्किक निश्कर्षमा जाने बाटो खोलिदियो । जनान्दोलनको सफलतापछि १२ बुदे समझदारी मुताविक प्रतिनिधिसभाको पुनस्र्थापना भयो । शान्ति सम्झौता, हतियार व्यवस्थापन, अन्तरिम संसद, अन्तरिम संविधान र अन्तरिम सरकारको गठन पनि भैसकेको छ । आठै राजनीतिक दल सत्ताधारी भैसकेका छन् । अन्तरिम संविधानमै जेठ महिनामा संविधानसभा निर्वाचन गर्ने लेखियो त्यसलाई सारेर असार ६ गते पुर्‍याईयो । तर यि सबै कार्यतालिका धरापमा परेका छन् । निर्वाचन आयोगले समय सीमा नपुग्ने बताएपछि संविधानसभा कहिले हुने केही ठेगान छैन । आठ दलले औपचारिक निर्णय गर्न सकिरहेका छैन । जनान्दोलनको आदेशलाई सिरोपर गर्न दलहरुले सकिरहेका छैनन् । यस्तो स्थितिमा संविधानसभा मार्फत संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने मुद्धा टाढिदै गएको महसुस हुन्छ । प्रायः राजनैतिक दल गणतन्त्रको पक्षमा छन् । तिनकै बर्चस्व तिन तिहाई बहुमत संसदमा छ । तर, राजतन्त्रको अन्त्य गरेर गणतन्त्र घोषणा गर्न सकिरहेका छैनन् । राजतन्त्रलाई अन्त्य गर्न जनतालाई आग्रह गर्न पनि सकिरहेका छैनन् । हिजो राजतन्त्रको अत्न्य गर्ने विधि जनमत स्रग्रह लाई प्रतिगामीको विल्ला भिराएर पन्छाए । आज त्यहि जनमत संग्रहको मुद्धालाई अगाडि सारेर राजनीतिको बर्खे वाली लाउन तम्तयार छन् । यद्धपी यतिका दिन वित्यो त्यो पनि गर्न सकेका होइनन् ।
अन्तिरम संविधानले उब्जाएको प्रश्न
२०६३ माघ १ गते नेपालको अन्तरिम संविधान जारी भयो । तर अन्तरिम संविधानले अग्रगमनको बाटो खोलेन । संविधान जारी भै नसक्दै जल्न थाल्यो । आदिवासी/जनजाति, मधेसी, महिला लगायत समाजका सवै क्षेत्रले संविधान प्रति असन्तुष्टी जाहेर गरे । यो संविधानकै कारण मधेसमा आगो बल्यो । करिव ४० जनाले मृत्युको घाटमा पुग्नु पर्‍यो । गौर हत्याकाण्ड भयो । दलहरुले अग्रगमनको दस्ताबेज भनेर हर्षबढाई गर्दै ल्याएको संविधान दलहरुबीचको किर्ते तमसुक ठहरियो । अन्तरिम संविधान गन्तव्य हिन छ । यसले समाजका हरेक क्षेत्रलाई समेट्न सकेन । संविधानको प्रस्तावनामा राज्यको गन्तव्य तय भएको छैन । अन्योलग्रस्त छ । संविधानले दलहरुलाई मात्र सार्वभौम बनाएको छ । मौलिक अधिकार, प्रेस स्वतन्त्रतलाई संविधानले कुन्ठीत गरेको छ । राज्यको अग्रगामी पुनर्संरचना कसरी गर्ने निश्चित छैन । राज्यको पुनर्संरचना गर्ने कुरा सुझाव आयोगको टोकरीमा फालि दिएको छ । मन्त्री परिषदलाई असिमित अधिकार दिएर सर्वसत्तावाद लादेको छ । संविधानसभको गठन, कार्यविधी सवै अलोकतान्त्रिक छन् । संविधानसभा गठन नै हुन नसक्ने, भईहाले परिणाम निकाल्न नसक्ने 'फर्मेट' को छ ।
रहल-पहल
राष्ट्रिय राजनीतिको यो परिदृश्य सत्ताधारी दलले नै ल्याएका हुन् । राजनैतिक सुझबुझलाई एकातिर पन्छाएर गुटीय स्वार्थलाई स्थापित गराउन खोज्दा अन्तरिम संविधान उँट जस्तो कुरुप भएको छ । आठ राजनैतिक दलले यो फोहोर सोर्न पर्छ । राजनैतिक दलले के बुझ्नु पर्छ भने संविधान जनताले बनाउने हो । जनताले बनाएको संविधानमा बसेर दलले राज्यसत्ता संचालन गर्ने हो । तर दलले नै संविधान पनि बनाउने सत्ता पनि सञ्चालन गर्ने निर्णय भयो भने त्यसले शान्ति होइन गृह युद्ध निम्त्याउछ । दलहरुले जनाताको जनादेशलाई संस्थागत गर्ने काम मात्र गर्नु पर्छ । जनादेश भनेको त्यहि हो । यसैकारण संविधानसभा मुद्धाविहिन हुदैछ । राजनैतिक दल -संसद) को चुनाव जस्तो यसको गठन विधि अपनाईदै छ । जुन विलकुल गलत हुनेछ । संविधानसभा संसदको चुनाव जस्तो भयो भने त्यो मुद्धाविहिन हु्न्छ । पार्टी पार्टी वीचको चुनाव जस्तो संविधानसभालाई बनाउनु कदापी हुदैन ।

खम्बुवानको पृष्ठ भुमीमा लिम्बुवानको अस्तित्व

खम्वुहाङ छिन्तागें
खम्बुवानको बृहत् राज्य चोइटिने टुक्रिने क्रममा पछिल्लो पटक खम्बुवानको सुदुरपूर्वी भाग जलजले, मिल्के र तीनजुरेको सिंहलिला पर्वत हुँदै तमोर नदीपूर्व लिम्बुवान बन्यो । तमोरपारिको सुसुवादेनबाट शुरु भएको लिम्बुवानको बीजारोपण अन्ततः फेदापको फेदेनलाई -आम्बेपोजोक्मा) लाई केन्द्र बनाई आठ खम्बूहाङहरुलाई सफाया गरी चोङफुङ रीतिको थीति बर्साई नयाँ राज्य लिम्बुवान बन्न पुग्यो र यस राज्यमा बस्ने सम्पूर्ण वासीले लिम्बू नाम धारण गरे । यसरी लिम्बू नाम धारण गर्नेहरुमा केही स्वयम् खम्बू, सारछोक्पा, चीनियाँ चोङहरु, सेन, कोच इत्यादि थिए ।
यसरी खम्बुवानको एक भाग चोइटिएपछि यता खम्बुवानको पाँच खप्पनअर्न्तर्गत हालको संखुवासभा, धनकुटा, सुनसरी र मोरङ्गको केही भाग पर्दथ्यो । यसभित्र हाल मोरङ्गमा पर्ने धनपालगढी, सुनसरीमा पर्ने सानगढी, धनकुटामा पर्ने पेलारागढी, संखुवागढी इत्यादि प्रख्यात गढीहरु हुन् । पछिल्लो चरणमा उता सानमकवान वंशीहरुले खम्बुवानको चौदण्डीगढी-मावागढी र पाँचखप्पन आफ्नो कब्जामा पारेपछि मोरेहाङ र सम्पूर्ण लिम्बुवान पनि उसको कब्जामा परेको देखिन्छ । यस पश्चात् आफ्नो कब्जामा परेका मोरेहाङको राज्य खम्बुवानको केही भूमि र सम्पूर्ण लिम्बुवानलाई शासन गर्न मकवानपुर भन्दा दोस्रो वा अर्को तहसिल राजधानी विजयपुरमा खडा गरेका हुन् । वास्तवमा विजयपुर सेनवंशीको तहसिल राजधानी हो । यो लिम्बुवानको राजधानी होइन । स्पष्ट पार्न खोजिएको के हो भने लिम्बुवान राजधानी त फेदाप हो । सेनहरुले नै पुरानो खम्बुवानको सानगढी थुमलाई खारेज गरी मिकलुक -चौबीस) थुम बनाएका हुन् । सेनहरुले यसरी १८३१ सम्म शासन सत्ता चलाइरहँदा खम्बुवानको मावा र चौदण्डीमा कर्ण
मान चौतरिया अगमसिंह खम्बू थिए भने विजयपुरमा दिवान बुद्धिकर्ण थिए । यसै बखत पृथ्वीनारायण शाहले र्सवप्रथम स्वतन्त्र रहेको खम्बुवानसँगै चौदण्डी विजय गरेको देखिन्छ । त्यसपछि सेनको अधिनमा रहेको खम्बुवानको पाँचखप्पन र विजयपुरअर्न्तर्गतको मोरेहाङको राज्यसमेत कब्जा गरेको देखिन्छ । बाँकी रहेको -सेनको कब्जामा रहेको) तमोरपारिको लिम्बुवानलाई सम्झौता गरी आफ्नो अधिन स्वीकार गर्न लगाएको देखिन्छ । पृथ्वीनारायण शाहले अधिनस्थ स्वीकार गर्न लेखेको चिठ्ठीमा "हिजु मकुवानीसेन राजाका भला सेवक हौ" भनी उल्लेख गरेबाट के स्पष्ट हुन्छ भने जलजले, मिल्के, तीनजुरेको पानीढलो पूर्वी तमोरपारी नै वास्तविक लिम्बुवान हो किनकि खम्बुवानको पाँचखप्पन र चौदण्डी वर्तमान सुनसरी -विजयपुर) कब्जापश्चात् मात्र लिम्बूहरुलाई उक्त पत्र दिइएको छ । वर्तमानमा पनि ती स्थानमा मात्र लिम्बूहरु रहेका छन् । सुनसरीको धरानमा -विजयपुरमा) त हिजोआज मात्र लिम्बूहरु झरेका हुन् । धरान झरे पनि विजयपुर -हाङखिम) मा अझ पनि लिम्बूहरु बस्न सक्तैनन् ।
संखुवासभा, धनकुटाको खम्बूक्षेत्र, सुनसरीको सम्पूर्ण खम्बूक्षेत्रमा लिम्बूहरु उछिट्टीएर पुगेका बाहेक कहीँ पनि बीऊ पाइँदैन । पृथ्वीनारायण शाहलाई सभक्तिपूर्वक स्वीकार गरी सेनहरुले कब्जा गरेको भूभागहरुलाई नै लिम्बुवान भन्ने आधार विज्ञान सम्मत छैन र हुनै सक्तैन । स्वघोषित विद्वानहरु बराल, तिगेला जस्ताले कसरी अरुणलाई सिमाना कोरे इतिहासले प्रष्ट्याउनेछ । अरुण ठूलो खोला साँध लाग्यो भनेर पृथ्वीनारायण शाहका सिपाहीले गरेको रिपोर्ट त 'अरुणसम्म जित हासिल गर्‍यौँ भन्ने मात्र हो । यदि सुनसरी, धनकुटा र संखुवासभा लिम्बुवान भएको भए किन ती स्थानमा लिम्बूहरुको बसोबास शून्य छ, यो वर्तमानको प्रष्ट प्रमाण हो ।
यस लेखमा के स्पष्ट पार्न खोजिएको हो भने सम्पूर्ण लिम्बुवान हिजोको खम्बुवानको एउटा अभिन्न हिस्सा नै हो । त्यसभित्रको लिपि, भाषा, संस्कार, सँस्कृति खम्बू आधारमा नै परिष्कृत र परिमार्जित भएको हो । त्यसमध्ये पनि समय अन्तरालमा कति आगन्तुक, तत्सम, तद्भव मिसिएर भाषा र सँस्कारमा केही भिन्नता मात्र आएको हो । आज पनि मुन्धुमले प्रमाणित गर्दछ कि लिम्बू-खम्बू सहोदर सदस्यहरु नै हुन् भनेर । तर, अतिक्रमणकारीहरुले आफ्नो अनुकुलतालाई ध्यान दिएर कोरेको सीमारेखा आज लिम्बुवान र खम्बुवानको सीमा किमार्थ हुन सक्तैन र बनाउनु पनि हुँदैन । हिजो जतिखेर स्वतन्त्र लिम्बुवान र खम्बुवान राष्ट्र राज्य हुँदा जहाँ सीमाङ्कन थिए त्यसैलाई तथ्य मान्नुपर्दछ ।
यही वैज्ञानिक तथ्यलाई मानेर लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका तत्कालस्न अध्यक्ष स्व. भक्तराज कन्दङवाले सिंहलिला पहाड र तमोर नदीलाई नै लिम्बुवानको सीमा भनी ठोकुवा गरेका छन् । लिम्बूहरुकै चबेगू वंशावलीले पनि यही कुरा लेख्दछ । यसैगरी विभिन्न समयमा लेखिएका अन्य पौराणिक दस्तावेजहरुले लिम्बुवान जलेजले, मिल्के, तीनजुरे पहाड हुँदै सोह्र खाल्लापारि सुसुवादेन तमोर
पूर्व लिम्बुवान भएको स्पष्ट पारेको छ । अर्कोतर्फ आजको वर्तमान भौतिक युगमा भोलि यी अरुण पूर्व पर्ने धनकुटा, संखुवासभा, सुनसरी र मोरङ्गका केही भागमा जनमत संग्रह नै गर्दा पनि लिम्बूहरु अल्पमतमा पर्ने स्पष्ट छ र यी स्थानहरु खम्बुवानमा अनुमोदन हुनेमा दुइ मत छैन ।
आज जति पनि लिम्बूजन्य संघ संगठनले अगाडि सार्ने गरेका दस्तावेजहरु छन् र जुनजुन दस्तावेजमा अरुणलाई सीमा हो भनेका छन्, ती सम्पूर्ण तथ्यहरु पृथ्वीनारायण शाह र रणबहादुर शाहसँग जोडिएका चिठ्ठीपत्र र कथित ताम्रपत्रहरु नै हुन् । यी सम्पूर्ण लिखित कुराहरु सेनवंशीलाई पराजित गर्दाको सीमाना तोकाइ मात्र हो । हिजो सेनवंशीले हडप गरेको खम्बुवान र त्यस बखतको लिम्बुवानको सीमाना चाहिँ यथार्थता हो र वास्तविक सीमाना पछिल्लो होइन, अघिल्लोलाई मान्नु उपयुक्त हुन्छ । किनकि, आजपर्यन्त त्यही सेनवंशले हडप गरेको बखतको खम्बुवानको अवस्थामा खम्बूहरुको सघन बसोबास रहेको छ । २१ औं शताब्दीमा राष्ट्र राज्य बन्ने आधार बसोबासको सघनता पनि हो भनेर कदापि भुल्नु हुँदैन ।

Feb 8, 2008

पेन्जिरी पेन्मिक्हा- -भुल गर्ने जोडी आँखाहरु माथि दृष्टिकोण


स्व.स्वप्निल स्मृति

कक्-फुङ फेक्किल्ले
याम्मु निङ्वा- सुमथिक ताःकर
तोजो मेघेःङ्नेन्
तेङःबेःक्ल फा-साङ
निङ्वा- सुम्मेन् मेदेङ्नेन्
हेक्केल्लेसा
कक्फुङ्ङनि् फेक्किल्ले
याम्मु थिक्कलेङ
निङ्वा- सुम् हत्छे से .....।।
-निङ्वा--सुम पृष्ठ १३ बाट)

लिम्बू जातिमा फुङ -फूल) को ठूलो महात्व छ । प्रकृतिपूजक किराती लिम्बूहरुमा ऋतु परिवर्तनको मापक हो चाँपको थुङ्गा -कक्-फुङ) । जब चाँप फुल्छ तब उभौली शुरु हुन्छ । चाँप फुलेपछि याम मात्र परिर्वन हुँदैन । प्रकृतिकपुजक किरातीहरुको मनोविज्ञानमा यसले ठूलो उथलपुथल नै ल्याउँछ । पुराना संम्झनाहरु फेरि नवीकृत हुन्छन् । भनूँ -चाँप फूलले निष्ठुर जीवन यात्रामा प्रश्न उठाउँछ । जीवन त सतत् गइरहन्छ खोला जस्तै,किन चाँप फूल जस्तो वर्षोनी फुल्दैन - बरु वर्षोनी फुल्ने चाँपले जीवनप्रति मोहमात्र बढाउँछ । कवि टंक वनेमले पेन्जिरी पेन्मिक्हा- -भूल गर्ने जोडी आँखाहरु) कविता कृतिमा यसरी नैं जीवन र फूललाई एकै ठाउँ सिउरेर त्यसको सौर्न्दर्य र क्षणभङ्गुरतालाई नियालेका छन् ।
पेशाले टंक वनेम एक ब्रिटिस लाहुरे हुन् । हतियारले सिँगारिन्छ अक्सर लाहुरेको जीवन । वीरता,शुरता परिचय बन्छ । तर टंक वनेमका बन्दुक बोक्ने हातमा कलम छ । कलम र बन्दुक परस्पर अन्तर्बिरोधी त हुँदैहुन् । "लाहुरे" आफैमा लिम्बू जातिको कृतिम संस्कृति नै बनिसक्यो,राज्यद्धारा जबर्जस्ती थोपरिएको । सायद यसैले होला, उनका लिम्बू कवितामा लाहुरका कुनै प्रसङ्गहरु छैनान् । कविता कृतिम हुन सक्दैन । कविता प्राकृतिक हुन्छ - जस्तो कि एउटा लिम्बूको अवचेतनमा के छ - त्यही नै कविता हो । टंक वनेमका लिम्बू कविताहरुमा पाइने लिम्बूत्वले यही भन्छ ।
हाक्पारे साम्लो साम्लोराङः
साम्लोनु लोनु लाम्लोराङः
थो.. धो मेन्छ्यायेम थेगुत्थो
सुरीतेन सक्ते सुरुरु
आमिकवा थाबे चुरुरु ।।
-मेन्छ्यायेम थेगु थो पृष्ठ ३६ बाट)

स्थानीयता,जातिय चेत र एकताको आहृान,आफ्नो वीरासत उपर मोह,आफ्नो जातिय अस्तित्वप्रति गौरव तथा चिन्ता र चिन्तन नै टंक वनेमका लिम्बू कविताका विशेषता हुन । उनले कवितामा लिम्बूवानप्रति अशिम प्रेम प्रदर्शन गरेका छन् । अर्कोतिर इतिहासको धुलोमा मिलेको लिम्बूवानको ऐतिहासिक पृष्ठभूमि संम्झेर चुक्चुकाएका छन् । आधुनिकताको हुरी बतासले लिम्बू जातिका असली पहिचान,संस्कृति,भाषा र साहित्यको छानो उखेलिरहेकोमा पुनर्जागरणको उदघोष गरेका छन् । मुन्धुमी मूल्यहरु लोप हुँदै गएको विवशतालाई उनले कविता मार्फ अभिब्यक्त गरेका छन् । उनका प्रायःजसो कविताहरु लिम्बू जातिकै सामूहिक अवचेतनका विस्फोटक अभिब्याक्ति हुन । उनी कवितामार्फ् लिम्बू जातिमा बारम्बार जागरण,एकता र अघि बढन् आहृान गरिरहन्छन्, लिम्बूवानको ऐतिहासिक वीरासतलाई थाम्न वा उनी अहिलेको राजनीतिक परिस्थितिमा लिम्बू मनहरुलाई त्यतातिर विकेन्द्रीत गर्न चाहान्छन् । लिम्बू जातिको यस्तो साझा महसुसलाई साहित्यमा उतारेर उनले पुष्टि गरेका छन् ।

फक्ताङलुङ फाङ्जङ् नाम ओःत्ते
याक्थुङ्बा लाम्मिन् लाम पोःत्ते
निसाम्ले लाम्मिन् तेम्सुम्माङ
लत्थिक लाम् आल्लग नातुम्लो
मेन्निफागर खाओःत मेदानेन् ।।

त्यसो त उनका केहि प्रेम कवितासमेत रहेका छन् । तर त्यो एउटा युवकले एउटा युवती प्रति प्रत्यारोपण गरेको सामान्य प्रेम होइन,एउटा नालिगेन थाङबेन -लिम्बू युवक) ले एउटी सिसागेन् मेन्छिन् -लिम्बूनी युवती) लाई गर्ने विशेष प्रेम हो । प्रेमको परिभाषा र यसको अनुभूति आम मानिसमा साझा होइन, त्यो जातिसापेक्ष, वर्ग सापेक्ष,ब्याक्ति सापेक्ष हुन्छ भन्ने कुरा उनका कविताले उजागर गर्दछ ।
उनका थुप्रै कविता मुन्धुममा पसेर आधुनिक कविता भएर निस्किएका छन् । नावा चअिःत् यस्तो खालको कविता हो,जहाँ मुन्धुम अनुसार पोरोक्मी यम्फामीले सृष्टि रचना गर्छन्, आकाश,धर्ती,घाम,जून,जङ्गल,समुन्द्रदेखि मानिस रचनाको आख्यान गाउँदै-गाउँदै कवि यसलाई संसारको सबै भन्दा उत्कृष्ट कविता भन्छन् र कविता सकिन्छ । यो कवितालाई केहि कोणबाट ब्याख्या गर्न सकिन्छ । एक त,यसमा मुन्धुमलाई साहित्य मात्र मानिएको छ । अर्को मुन्धुम्लाई कवितामा प्रयोग गरेर आधुनिक कविता बनाइएको छ । मुन्धुम् आफैमा कविता हो तर क्लासिक । नावा चअिःत् क्लासिक कविता र आधुनिक कविताको "फ्युजन" अथवा रिमिक्स हो ।
उनको कविताको भाषा सरल,सरस र लेखन शैली मूर्त रहेको पाईन्छ । उनले कतिपय कविता लिम्बू लोक छन्दमा लेखेका छन् भने धेरै जसो उनका कविताहरु गद्यपरक नै छन् । उनले विम्व,प्रतीक,मीथक लिम्बू जातिमा प्रचलित मुन्धुम्,संस्कृति,सभ्यताबाटै लिएका छन् । लिम्बू जातिमा फूल,चरा,लुङ -ढुङ्गा) यङ्घङ् -खोला नाला) थेगु माङ्वा -डाँडा काँडा) थुमथुमको विशेष महात्व र सिमेक्वा चराको आफ्नै कथा छ,अन्दङ् फुङ -बाबरी फूल) र सेक्मुरी फुङ -सेल्लेरी फूल) एकआपसमा लिम्बू जातिमा विपरीत अर्थबोधक प्रतीक हुन् । अन्दङ् फुङ् -बाबरी फूल) मृत्युको प्रतीक हो भने सेक्मुरी फुङ् जीवनको प्रतीक हो । उनले यस्ता धेरै लिम्बू प्रतीकलाई प्रयोग गरेका छन् । त्यस्तै प्रयोगले उनका कविता साँच्चिकै मौलिक लिम्बू कविता बनेका छन् । उनका लिम्बू कविताले जहाँ भएपनि पाठकलाई लिम्बूवान पुर्‍याउँछ । मेन्छ्यायेम -मिल्के पर्बतमाला) फक्ताङ्लुङ् -कुम्भकर्ण हिमाल) एम्बीरी याङधाङवा -तमोर नदी) मुजोत्लुङ् -सिद्धि स्थल,धरोहर) जस्ता लिम्बूवान र मुन्धुमी मुल्यसंग गाँसिएका अनेक प्रसङ्गहरुले उनका कविता लिम्बूमय बनेका छन् । भाषा लिम्बू हुँदैमा लिम्बू कविता बन्ने होइन,अनुभूति,बिषय वस्तु,निचोड,कल्पनाशीलता पनि लिम्बूपरक छन् उनका कवितामा । यो कविता संङग्रहमा जम्मा २७ वटा लिम्बू कविताहरु रहेका छन् । आधुनिक लिम्बू कविताको क्षेत्रमा यो कविता संङग्रहलाई कोषेढुङ्गा हो भन्दा बात नलाग्नु पर्ने हो ।

छलफलको लागि प्रस्तावित लिम्वूवानको खाका

परिभाषा
‘लिम्बूवान‘ भन्नाले लिम्बूवान स्वायत्त राज्यलाई सम्झनु पर्नेछ ।
‘राज्य‘ भन्नाले लिम्बूवान स्वायत्त राज्यलाई सम्झनु पर्नेछ ।
‘व्यवस्थापिका‘ भन्नाले लिम्बूवानको व्यवस्थापिका सम्झनु पर्नेछ ।
‘संघिय संविधन‘ भन्नाले केन्द्रिय संविधान सम्झनु पर्नेछ ।
‘संघिय सरकार‘ भन्नाले केन्द्रिय सरकारलाई सम्झनु पर्नेछ ।
‘संघिय व्यवस्थापीका‘ भन्नाले केन्द्रिय व्यवस्थापीकालाई सम्झनु पर्नेछ ।
प्रस्तावना: हामी लिम्बूवानवासीहरुको इच्छा र चाहनालाइ सम्मान गर्दै लिम्बूवानको ऐतिहासिक पृष्तभूमी, जातिय, भाषा, सस्कृतीक, धार्मीक बहुलवादमा अधारित रुपमा तयार गर्ने ।
१. राज्यको नामः राज्यको नाम लिम्बूवान हुनेछ ।
२. संविधान : लिम्बूवानको आङ्खनै लिखित संविधान हुनेछ । संविधान संघिय लोकतान्त्रिक गणतन्त्रात्मक कानूनी राज्यमा आधारित हुनेछ ।
३. लिम्बूवान :
(१) लिम्बूवान सघिय नेपाल भित्रको आत्मनिर्णय सहितको एक स्वायत्त राज्य हुनेछ ।
(२) लिम्बूवान राज्यको सिमाना देहाय वमोजिमको हुनेछ :-
(क) अरुण र कोशि नदी पुर्व,
(ख) मेची नदि पश्चिम,
(ग) भारतको वंगाल प्रदेशको सिमान उत्तर र
(घ) चिनको स्वशासित क्षेत्र तिव्वत सिमाना दक्षिण ।
यी चारकिल्ला भित्रको भूभाग लिम्बूवान स्वयत्त राज्यको क्षेत्र हुनेछ ।
४. भाषा :
(1)लिम्बूवानमा बहुभाषीक नीति अपनाइएनेछ जसअन्तर्गत सबै भाषाको समान अधिकार हुने व्यवूथा हुनेछ ।
(२) माथि धार -४)को उपधार -१)मा जे लेखिएता पनि विषेश श्वायत्तता प्राप्त जातीलाई आङ्खनो भाषा र लिपी संरक्षणको अधिकार आफैमा प्रदान गरिनेछ । र्राई, सुनुवार, भूजेल, योल्मो, शेर्पा, तामाङ, गुरुङ, मगर, नेवार आदीको भाषा र लिपी संरक्षणको लागि ती समूदायको चाहना वमोजिम व्यवस्था हुनेछ ।
(३) लिम्बूवानमा स्थापित विश्वविद्यालय अन्तर्गत विभिन्न समुदायको चाहना वमोजिम भाषा शिक्षण विभागहरु स्थापना गरिनेछ ।
५. झण्डा : लिम्बूवानको झण्डा अनुसुचि एक बमोजिम हुनेछ ।
६. नागरीकता : लिम्बूवानमा दोहोरो नागरीकता प्रणाली हुनेछ ।
(१) नेपालको संविधान वमोजिम यो संविधान प्ररम्भ हुदाका बखत नेपालको नागरीकता प्रप्त गरीसकेका लिम्बूवानका नेपाली नागरीकहरु र यो धारा वमोजिम नागरीकता प्र।प्त गर्न योग्य व्यक्तिहरु लिम्बूवानको नागरीक हुनेछन् ।
(२) यो संविधान प्ररम्भ हुदाका बखत नेपालको नागरीकता प्रप्त गरीसकेका लिम्बूवानका नेपाली नागरीकहरुले लिम्बूवानको नागरीकता अनिवार्य लिनु पर्नेछ । यो संविधान प्ररम्भ भएको मिति पछि नेपाली नागरीकता पाउन अगाडीनै लिम्बूवानको नागरीकता लिइसकेको हुनुपर्नेछ ।
७. धर्म : लिम्बूवान धर्म निरपेक्ष राज्य हुनेछ ।
८. कार्यपलिका (लिम्बूवान राज्य मन्त्रि परिषद/मन्त्रि मण्डल) : लिम्बूवानको एउटा कार्यपलिका हुनेछ ।
(१) कार्यपालीकाको काम, कर्तव्य र अधिकारहरु
(क) व्यवस्थापीकाले पारित गरेको कानून लागु गर्ने ।
(ख) वाषिर्क प्रतिवेदन व्यवस्थापीकामा पेश गर्ने ।
(२) कार्यपालीकाको गठन
(क) मुख्य मन्त्रि कार्यपालिका प्रमुख हुनेछ । मुख्यमन्त्री लिम्बुवानवासी जोकोही पनि बन्न सक्नेछ । मुख्य मन्त्रिको नेतृत्वमा कार्यपालिकाको गठन हुनेछ । व्यवस्थापिका वाहिरका व्यक्तिलाई कार्यपालिकामा ल्याउन सकिने छैन ।
(ख) कार्यपालिका गठनमा ५० प्रतिशत लिम्बू प्रतिनिधित्व अनिवार्य हुनु पर्नेछ ।
(ग) मुख्य मन्त्रिको चयन अप्रत्यक्ष निर्वाचन प्रणालीवाट हुनेछ । मुख्य मन्त्रि चयनका लागि व्यवस्थापीकाका सदस्यहरु, विशेष स्वायत्त क्षेत्रका प्रमुख र उप-प्रमुखहरु, इलाका प्रमुख र उप-प्रमुखहरु र गाउँ तथा नगरका प्रमुख र उपप्रमुखहरु मतदाता हुनेछन ।
(घ) मुख्य मन्त्रि र मन्त्रिहरुको पदावदी ५ वर्षो हुनेछ ।
९. व्यवस्थापिका (लिम्बूवान राज्य परिषद/लिम्बूवान जनसभा/लिम्बूवान सभा): लिम्बूवानमा एक सदनात्मक निर्वाचित व्यवस्थापिका हुनेछ ।
(१) व्यवस्थापिकाको काम, कर्तव्य र अधिकारहरु
(क) लिम्बूवान राज्यको ऐन कानून निर्माण गर्ने ।
(ख) आवस्यकता अनुशार संघिय ऐन लागु गर्न स्वीकृति दिने ।
(ग) लिम्बूवान राज्यको बजेट तयार गर्ने ।
(घ) लिम्बूवानमा कर लगाउने र हटाउने निर्णय गर्ने ।
(ङ) लिम्बूवान सरकारले ऋण लिन स्विकृती प्रदान गर्ने ।
(च) लिम्बूवान भित्रको ब्रि्रोह साम्य पार्न सेना बोलाउन सक्नेछ ।
(छ) लिम्बूवानको कानून बिरुद्ध काम गरी दण्ड पाउनेले पाएको सजायको क्षमादान दिन सक्नेछ ।
(२) व्यवस्थापिका गठन
(क) लिम्बूवानलाई एक निर्वाचन क्षेत्र मानी ५० प्रतिशत सबै जातजातीहरुको जनसंख्याको अधारमा समानुपातिक प्रतिनिधित्व हुनेगरी प्रतिनिधि रहने ।
(ख) बाकी ५० प्रतिशत प्रथम हुने निर्वाचित हुने प्रणालीबाट इलाका र विशेष स्वायत्त क्षेत्रवात निर्वाचीत भई आउने प्रतिनिधिहरु रहनेछन् ।
(ग) धारा -९) उपधारा -२) को -ख) वमोजिम निर्वाचित भएर आउने प्रतिधिहरुमा ५०∞ अनिवार्य लिम्बू प्रतिनिधि हुनुपर्ने छ ।
(घ) दुबै निर्वाचन प्रणलीवाट प्रतिनिधित्व हुन नसकेका जातिहरुको लागि एक जाति एक प्रतिनिधिको सिद्धान्तको आधारमा आरक्षणको व्यवस्था हुनेछ ।
(ङ) व्यवस्थापिका सदस्यहरुको पदावधि ५ वर्षो हुनेछ ।
१०. न्यायपालिका (लिम्बूवान/राज्य उच्च न्यायलय): लिम्बूवानको आङ्खनै न्यायपालिका हुनेछ । यो संघिय न्यायलयको शाखा हुनेछैन् । लिम्बूवानमा दोहोरो न्याय व्यवस्था हुने छैन ।
(१) न्यायपालिकाको काम, कर्तव्य र अधिकारहरु
(२) न्यायपालिकाको गठन
(क) एक निर्वाचित न्यायपालिका प्रमुख सहितको न्यायपालीको गठन हुनेछ ।
(ख) जसमा समावेशी रुपमा न्यापालीका प्रमुख सहित ५० प्रतिशत योग्यता पुगेका मध्येहरुवाट निर्वाचीत र बाकी ५० प्रतिशत योग्यता प्रणालीवाट छानीएका न्यायधीसहरु रहनेछन् ।
(ग) निर्वाचीत मुख्य न्यायधीस र न्यायधीसहरुको पदावधी ५ वर्षो हुनेछ ।
(घ) गाउ“ /शहर न्यायलयको फैसलाको विरुर्द्दर् इलाका न्यायलयमा र्रर् इलाका न्यायलयको फैसला विरुद्दमा उच्च न्यायलयमा पुनरावेदन गर्न सक्ने व्यवस्था हुनेछ । विशेष स्वायत्त क्षेत्रको हकमा गाउ /शहर न्यायलयको फैसलाको विरुद्द विशेष स्वायत्त न्यायलयमा र विशेष स्वायत्त न्यायलयको फैसला विरुद्दमा उच्च न्यायलयमा पुनरावेदन गर्न सक्ने व्यवस्था हुनेछ ।
(ङ) केन्द्रिय न्यायलयको अधिकारमा तोकिएको विषयहरुमा वाहेक लिम्बूवान उच्च न्ययलयले गरेको सबै मुद्दाको फैसला अन्तिम निर्णय हुनेछ ।
११. विशेष स्वायत्तता क्षेत्र -विशेष स्वायत्त परिषद) : लिम्बूवान राज्यका त्यही भित्रका भूगोलसहितका आदिवासीहरु (लिम्बू, लेप्चा, याखा, अठपहरीया, लोहोरुङ, याम्फू धिमाल मेचे, राजवंशी, माझी, कोचिल-राजवंशी), ताजपुरिया र उराव जातिको लागि विशेष स्वायत्त क्षेत्रको व्यवस्था हुनेछ । विशेष स्वायत्त क्षेत्रको आङ्खनै व्यवस्थापिका, कार्यपालिका र व्यायपालिका हुनेछ । लिम्बूवानका त्यही भित्रका भूगोलसहितका आदिवासीहरुको पहिचान विज्ञ तथा लिम्बूवानवासीहरुको जानकारीको आधारमा गरीनेछ ।
(१) विशेष स्वायत्तता क्षेत्र कार्यपालिकाको काम, कर्तव्य र अधिकारहरु
(२) विशेष स्वायत्तता क्षेत्र कार्यपालिका गठन
(क) प्रत्येक विशेष स्वायत्त क्षेत्रहरुमा एक कार्यपालिकाको गठन हुनेछ ।
(ख) कार्यपालिकामा निर्वाचित एक प्रमुख, उपप्रमुख र सदस्यहरु रहनेछन् ।
(ग) कार्यपालिका प्रमुख जुन समुदायको नाममा उपस्वयत्तता छुिट्टएको हो उहि समुदायको मात्र निर्वाचित हुन पाउनेछ । तर उपप्रमुख र सदस्यहरु जुनसुकै समुदायको पनि हुन सक्नेछन् ।
(घ) कार्यपालिकामा प्रमुख र उपप्रमुख प्रत्यक्ष निर्वाचन प्रणालीवाट छानिनेछन् । कार्यपालिका सदस्यहरु प्रमुखद्वारा नियुक्त गरीनेछन् ।
­(ङ) कार्यपालिकामा प्रमुख, उपप्रमुख र सदस्यहरुको पदावदि ५ वर्षको हुनेछ ।
(३) विशेष स्वायत्तता क्षेत्र व्यवस्थापिका गठन
(क) प्रत्येक विशेष स्वायत्त क्षेत्रहरुमा एक व्यवस्थापिकाको गठन हुनेछ ।
(ख) प्रत्यक्ष निर्वाचन प्रणालीद्वारा निर्वाचित सदस्यहरु रहनेछन् ।
(ग) वयवस्थापिका सदस्यहरुमा सबै जातजाति समुदाय र वर्गको समानुपातिक प्रतिनिधित्व हुनुपर्नेछ ।
(घ) व्यवस्थापिका सदस्यहरुको पदावदी ५ वर्षो हुनेछ ।
(३) विशेष स्वायत्तता क्षेत्र न्यायपालिका गठन
१२. इलाका -इलाका सभा/समिति) विशेष स्वयत्तताले समेट्न नसकेका भूगोलमा जातिय, भाषिक, सासकृतिक र क्षेत्रको अनुकुलताको आधारमा पुरै राज्यलाई विभिीन्न इलाकामा विभाजित गरिनेछ । इलाका विभाजन गर्न आयोग गठन गरीनेछ ।
(१) आयोगमा निम्न सदस्यहरु रहनेछन
(क) भूगोलविद एक जना ।
(ख) जनसंख्याविद एकजना ।
(ग) …………..
(१) इलाकाको काम, कर्तव्य र अधिकारहरु
(२) इलाकाको गठन
(क) गऊ“/नगर सभा/समिति र टोल/वार्ड सभा/समिति प्रमुख र उपप्रमुखहरुले इलाका सभा/समिति सदस्यहरु निर्वाचित गर्दछन् ।
(ख) इलाका सभा/समिति सदस्यहरुले एक इलाका प्रमुख र एक इलाका उपप्रमुख निर्वाचित गर्नेछ ।
(ग) इलाक सभा/समितिलाई इलाका प्रमुखले नेतृत्व गर्नेछ ।
१३. गऊ/नगर - गऊ/नगर सभा/समिति): प्रत्येक इलाकाभित्र जातिय सघनता र भौगोलिक अनुकुलतालाइ हेरी गऊ“/नगरहरुको क्षेत्र छुट्याइनेछ ।
१४. टोल/वार्ड -टोल/वार्ड सभा/समिति): प्रत्येक गाऊ/नगरलाई जातिय सघनता र भौगोलिक अुकुलतालाइ हेरी टोल/वार्डहरुमा छुट्याइनेछ ।
१५. दलिय व्यवस्था: लिम्बूवानमा बहुदलिय व्यवस्था हुनेछ ।
१६. प्रत्याहृान: लिम्बूवाका जनताले निर्वाचित गरि कुनैपनि ठाउमा प्रतिनिधित्व गराएको प्रतिनिधिले लिम्बूवानवासीहरुको हित विपरित काम गरेको प्रमाणित भएमा ……….जनाको हस्ताक्षरमा विधि पुर्याई फिर्ता वोलाउन सकिनेछ ।
१७. प्रतिनिधित्व :
(१) लिम्बूवानमा महिलाहरुको सबै क्षेत्रमा ५० प्रतिशत प्रतिनिधित्वको सुनिश्चितता गरिनेछ ।
(२) लिम्बूवानमा राज्य सरकार देखि वडा/टोल सम्मको राजनीतिक गठनमा साथै प्रशासनिक संरचनामा अग्राधिकार कायम गरीएका स्थानहरुमा बाहेकमा सम्पूर्ण जातजाति, बर्ग र क्षेत्रको समानुपातिक प्रतिनिधित्वको सुनिस्चितता गरिनेछ ।
१८. प्रशासन:
(१) लिम्बूवानमा छुट्टै प्रशासनिक र असैनिक -प्रहरी) सेवाको व्यवस्था हुने ।
(२) लिम्बुवान प्रशासनिक र असैनिक -प्रहरी) सेवा ५०प्रतिशत लिम्बू प्रतिनिधिको सुनिश्चितता गरिनेछ ।
(३) धारा -१८)को उपधारा -२) बाकी ५० प्रतिशतमा सबै जातजातिको समानुपातिक प्रतिनिधित्वको आधारमा प्रतिनिधित्व गर्राईनेछ ।
१९. अग्राधिकार/विशेषाधिकार: लिम्बुवानमा देहायका विषयहरुमा अग्रधिकार कयम गरिनेछ :
(१) धार (४)को उपधार (१)मा जे लेखिएको भएता पनि लिम्बूवानमा किरात सिरिजङ्गा लिपिमा लिम्बू भाषालाई सरकारी कामकाजको प्रयोगवाट हटाउन सकिने छैन् ।
(२) धारा (८) उपधारा (२) को (ख), धारा (९) उपधारा (२) को (ख), धारा (१८) को उपधारा (३) अदिमा व्यवस्था भएको लिम्बू समूदायको अग्राधिकार/विशेषाधिकार बाहेक भूमि र सम्पूण प्राकृतिक श्रोतसाधनमा लिम्बूवान भित्रका स्थानिय आदिवासीहरु लिम्बू, लेप्चा, याखा, अठपहरीया, लोहोरुङ, याम्फू धिमाल मेचे, राजवंशी, माझी, कोचिल-राजवंशी), ताजपुरिया र उराउ जातिको ५०प्रतिशत अग्राधिकार/विशेषाधिकारको सुनिश्चित गरिनेछ ।
(३) लिम्बूवान भित्रको राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा महत्व राख्ने कुनै पनि विषय वष्तु तथा स्थालहरुको नया“ नामाकरण गर्नु परेमा लिम्बू भाषावाट नामाकरण गर्नु पर्ने ।
२०. अर्थ व्यवस्था: लिम्बूवानमा मिश्रीत अर्थप्रणाली अपननइनेछ । विश्वव्यापीकरणको सकारात्मक पक्षलाई स्वीकार्ने । लिम्बूवानमा आदिवासी जनजातिहरुको आग्रधिकारको अधिकारहरु संरक्षित राख्दै वैज्ञानिक भूमिसुधार लागु गरिनेछ ।
२१. शिक्षा: लिम्बूवानमा निर्माण गरिने पाठ्यक्रममा स्थानिय ऐतिहासिक व्यक्तीत्व वा स्थानिय महत्वका विषयवस्तुलाई पनि समावेश गरिने शिक्षनीति हुनेछ ।
२१. केन्द्र र लिम्बूवान दूवैको दोहोरो सहमतिका विषयहरु:
१. लिम्बूवानमा रहेका राष्ट्रिय, अन्तराष्ट्रिय महत्वका विषयहरु र लिम्बूवानमा संचालन गरिने मेघा परियोजनाहरुको वारेमा राज्य सरकार र केन्द्रि्रय सरकार दुबैको सहमतिमा निर्णय हुनेछ ।
न्यायपालिका: केन्द्र र प्रान्तको न्यायपालिकाको सम्बन्धको वारे प्रष्ट हुनु पर्यो ।
केन्द्रिय सरकारले गर्न नहुने विषयहरु
· केन्द्रिय सरकारले संविधानको सर्बोच्चता राख्ने नाममा लिम्बूवान सरकारको प्रशासनिक कार्यलाई अवैधानिक घोषणा गर्न सक्ने छैन ।
· केन्द्रीय सरकारले लिम्बूवान स्वायत्त सरकारको कार्यविधिमा हस्तछेप गर्न सक्नेछैन ।
लिम्बूवान राज्यलाई मध्यनजर राखि केन्द्रिय सरकारले लागु गर्नु पर्ने कुराहरु
· लिम्बूवान लगायत राज्यहरुको शक्ति मौलिक शक्ति हुनेछ । संघिय सरकारको शक्ति प्रदक्त शक्ति (delegated power) हुनेछ । तर्सथ संघिय सरकारको शक्ति निश्चित गरिएको हुनेछ, बाकी शक्तिहरु लिम्बूवान राज्य सरकारमा हुनेछ । वा अवशिष्ट शक्ति (residuary power) लिम्बूवान सरकार/स्वायत्त राज्यहरुमा नै प्रदान गरिनु पर्दछ । संघिय संविधान संशोधनमा लिम्बूवान लगायत स्वायत्त राज्यहरुको हात बलियो हुने व्यवस्था हुनु पर्दछ ।
· संघिय सरकारले मुद्रा टंकन गर्दा किरात सिरिजङगा लिपि लगायत सम्पुर्ण नेपालमा अस्तित्वमा रहेका लिपिहरुको अनिवार्य समावेश हुनु पर्नेछ ।
· संघिय नेपालमा वहुभाषिक नीतिको व्यवस्था हुनु पर्नेछ ।
· संघिय नेपालको सैनिक सेवा संरचनामा लिम्बूवानवासीहरुले अर्थपुर्ण र समानुपातिक प्रतिनिधित्व पाउने व्यवस्था हुनु पर्दछ । लिम्बूवान क्षेत्रको विभाग प्रमुख लिम्बुवानवासी नै हुनु पर्दछ ।
· संघिय व्यवस्थापीकामा पठाइने प्रतिनिधिको पदावधी लिम्बूवान राज्य अफैंले तोक्नेछ अर्को राज्यसंग मिल्नै पर्ने कुनै वाध्यता हुनेछैन ।
· केन्द्रिय सरकारद्वरा लिम्बूवान राज्यका लिम्बूवानवासी र लिम्बूहरुको हित विपरीत कुनै पनि प्रकारको नीति निर्माण गर्न खोजिएमा लिम्बूवान राज्यको प्रतिनिधिले भिटो (विशेषाधिकार) लगाउन पाउने अधिकारको संघिय संविधानमा प्रत्याभूति हुनु पर्दछ ।
· केन्द्रीय व्यवस्थापीकामा समान शक्ति भएको दुइ सदन हुनु पर्ने र दुवै सदनमा लिम्बूवानवाट निर्वाचित प्रतिनिधि जाने व्यवस्था हुने । सबै स्वयत्त राज्यहरुको प्रतिनिधित्व वरावर हुनुपर्नेछ ।
· केन्द्रीय सरकार र लिम्बूवान राज्यबीच र लिम्बुवान र अन्य राज्यबीचको मुद्धा, झगडा वा विवाद छिनोफानो गर्ने अधिकार संघिय न्यायलयमा भएता पनि विखण्डनता वाहेक लिम्बूवानसंगको केहि गम्भिर सरोकारको विषयहरुमा अधिकार सिमित गरिएको हुनुपर्दछ ।
· केन्द्रिय संबैधानिक अंगहरुमा लिम्बूवानवासीहरुको प्रतिनिधित्वको सुनिश्चितता केन्द्रले गनु पर्दछ ।
लिम्बूवान सरकारले गर्न सक्ने थप अधिकारहरु
· परराष्ट्र नीति, रक्षा, र मुद्रा वाहेकका सम्पूर्ण आन्तरिक तथा स्थानीय मामला लिम्बूवान सरकारद्वारा नै परिचालित हुने । जस्तै: - संस्कृती, भाषा, शिक्षा, स्वास्थ्य, संचार, आवास, समाज कल्याण, निर्माण, यातायात, रोजगार, आर्थीक गतिविधि, भूमि र प्राकृतिक स्रोत व्यवस्थापन, वातावरण संरक्षण, परम्परागत ज्ञान, शीप, कला, पर्यटन, व्यापार, बौधिक सम्पति लगायतको विकास र उन्नतिको लागि योजना वनाई, नीति निर्णय गरी, कार्यान्यन गर्ने अधिकार लिम्बूवान अफैमा हुनेछ ।
· लिम्बुवानले विदेशमा आफनो छुट्टै वाणिज्य र सांस्कृतिक दुतहरु राख्न र विदेशी दातृनिकायहरुसँग सोझै सम्वन्ध राखी सहयोग लिन दिन पाउने व्यवस्थ हुनुपर्दछ ।
· लिम्बूवानले स्वायत्त राज्यहरुको अपसी हितका लागि विभिन्न स्वायत्त राज्यहरुसंग र अन्य देशहरुसंग समानता र सह-अस्तित्वको सिद्धान्तमा सम्बन्ध वढाउन सक्नेछ ।
· लिम्बूवानका लिम्बू एबं सबै गैर लिम्बू जातजातिहरुलाई अन्य स्वायत्त राज्यका र नेपाल बाहिरका लिम्बू एबं गैर लिम्बू जातजातिहरुसंग आध्यात्मिक, सास्कृतिक, आरि्थक, सामाजिक, राजनैतिक उद्देश्यले सम्पर्क, सम्बन्ध र सहयोग बढाउने अधिकारको ब्यवस्था हुनेछ ।
· लिम्बूवानले आफै कर लगाउन सक्नेछ । लिम्बूवानमा उठेको सम्पूर्ण कर राजस्वको ७५∞ लिम्बूवान राज्य सरकारले सिधै लिन र खर्च गर्न सक्नेछ ।
· लिम्बूवानको राजधानी भौतिक सुविधा, भौगोलिक, ऐतिहासिकता लगायतका सम्पूर्ण सम्भव्यताहरुलाई अध्ययन गरी तोकिनेछ ।
अन्य
लिम्बूवान राज्यको आङ्खनै राष्ट्रिय गान, धुन, निशान छाप, फूल, रंग, जनावर, पंक्षि, खेल, इत्यादी वारे सोच्ने ।
राज्यको दायित्व निर्देशक सिद्धान्त र नीतिहरु
· संघिय लोकतान्त्रिक गणतन्त्रात्मक र कानूनी राज्यको सिद्धान्तमा आधारित लिम्बुवान राज्यमा वाक तथा प्रेस स्वतन्त्रता, आवधिक निर्वाचन, मानवअधिकारको रक्षा जस्ता लोकतन्त्रको सम्पूर्ण मापदण्डहरुलाई प्रतिवद्द ।
· ऐतिहासिक तत्व ,स्थल र वस्तुहरुको संरक्षण र सम्बर्द्धन गर्ने साथै नाम यथावत राख्ने ।
· गरिब र विपन्न वर्गलाई राज्यले आरि्थक आरक्षण दिएर सक्षम बनाउँदै लैजाने ।
· पर्यटनलाई मुख्य उद्योगको रुपमा विकास गर्ने ।
· लिम्बुवानको आदिवासी ज्ञान र परम्परागत प्रविधि र गहनाको रुपमा रहेर तानलाई उद्योगमा परिणत गर्ने ।
· लिम्बुवानको जलश्रोतको पूर्ण उपयोग गरी राज्यको मूल आयश्रोत वनाउने ।
· प्रत्येक लिम्बुवानवासीलाई आधुनिक ज्ञान, शीप, कला र दक्षताको अभिबृद्धि गर्ने वातावरण सृजना गरि मानव संसाधन विकास गर्ने ।
· प्राविधिक शिक्षामा जोड दिइ बहुभाषिक, अनिवार्य र माध्यमिक स्तरसम्म निशुःल्क शिक्षा नीति लागु गर्ने ।
· प्रगतिशील भूमिसुधार लागू गरिने ।
· बालबालिका र बृद्धलाई निशुल्क स्वास्थ्य उपचार । वृद्धभत्ता र अशक्त भत्ता नीतिको व्यवस्था ।
· विश्वब्यापी रुपमा स्वीकृत मानवअधिकारको अवधारणाको पूर्ण परिपालन गर्ने ।
अनुसुची -१
(धारा - ५ संग सम्वन्धित)
(क) झण्डा लिम्बूवान क्षेत्रका सम्पूर्ण लिम्बूवानवासी र गैर लिम्बुवाननिवासी सम्पूर्ण नेपाली लिम्बूहरुवीच खुला प्रतिस्पर्धा गर्राई उत्कृष्टलाई छनौट गरिने छ ।
(ख) प्रतिस्पर्धावाट आएका प्रस्तावित झण्डा छनौट गर्न एक आयोग वनाइनेछ ।
प्रारम्भिक छलफलको लागि लिम्बूवानको खाका
किरात याक्थुङ चुम्लुङ
लिम्बूवान जनजागरण समिति
परिस्थिति विश्लेशण उपसमिति
अर्न्तर्गत
-लिम्बूवान खाका निर्माण समिति
संयोजकः प्रेम येक्तेन
सदस्यः उत्तमसिं थाङदेन
सदस्यः देव कुमारी लिम्बू)
२०६४/०५/०६